विकासन्युज

सामुदायिक लघुवित्तमा अनियमितता, राष्ट्र बैंकले तत्कालिन सीईओ स्वयम्भुराज जोशीलाई लगायो ५ लाख जरिवाना

काठमाडौं । नेपाल राष्ट्र बैंकले सामुदायिक सेवा लघुवित्त संस्था लिमिटेडका तत्कालिन प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई कार्वाही गरेको छ । केन्द्रीय बैंकले संस्थागत सुशान विपरित काम गरेको भन्दै जोशीलाई ५ लाख रुपैयाँ जरिवाना लगाएका हो । संस्थागत सुशासन विपरित र पटक पटक दिएको निर्देशनलाई अवज्ञा गरेको केन्द्रीय बैंकको जिकिर छ । जोशीका कारण राष्ट्र बैंकले साधारण सेयर (आईपीओ) निष्कासन रोकेको छ । पटकपटक स्पष्टिकरण माग्दा चित्त बुझदो जवाफ नदिएकाले जरिवाना लगाएको राष्ट्र बैंकले जनाएको छ । तत्कालिन राष्ट्र बैंकले दिएको निर्देशन पालना नगर्ने, कार्यान्वयनमा अवरोध गर्ने संस्थागत सुशासन कायम नराख्ने, सञ्चालन समितिले दिएको निर्देशन पालना नगर्ने र सीमा भन्दा बढी सेयर धारणा गरेकाले तत्कालिन सीईओ जोशीले कार्वाही गरेको केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकको सुझावमा धितोपत्र बोर्डले सामुदायीक लघुवित्त वित्तको आईपीओ निष्कासन रोकेको छ । संस्थाले पुस ९ गते मंगलबार ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको थियो । सामुदायिकमा ७ करोड रुपैयाँ अर्थात ७ लाख कित्ता संस्थापक लगानी रहेको छ । आइपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।

सेयर बजार फेरी ओरालो, अर्थमन्त्री देखि गभर्नरका टिप्सले पनि काम गरेन

काठमाडौं । पुँजी बजारको विकासका लागि भन्दै आयोजना गरिएको एक्स्पोमा बुधबार अर्थमन्त्रीदेखि गभर्नरसम्मले लगानीकर्तालाई टिप्स सुनाए तर सेयर बजार भने ओरालो नै लाग्यो । अर्थमन्त्री डा. युवराज खतिवडा, राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल, धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहाद’र कार्की, बीमा समितिका अध्यक्ष चिरञ्जीवी नेपाल र नेप्सेका महाप्रबन्धक चन्द्रसिंह साउदले सेयर बजारमा लगानी गर्दाका जोखिम र त्यसबाट बच्ने उपाय सुनाएका थिए । खचाखच भरिएका लगानीकर्ताले उनीहरुका टिप्स सुने, ताली बजाए तर सोही दिन सेयर बजार भने फेरी पनि ओरालो लाग्यो । बुधबार सेयर बजार ४.८७ अंकले आरोलो लागेर १३५६.१५ अंकमा झरेको छ । १६० कम्पनीको कारोबार भएको बजारमा कुल ३४ करोड ७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बजारमा अन्य समूह बाहेक बाँकी समूहको परिसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूह १८ अंकले घटेको छ । सामान्य अंकले घटेको बजारमा सबैभन्दा बढी सिन्धु विकास बैंकको सेयर मूल्य ६.८५ प्रतिशतले घटेको छ । सबैभन्दा बढी समाता माइक्रोफाइनान्सको सेयर मूल्य ३.९१ प्रतिशतले बढेको छ ।

बीकेटीले भित्र्यायो अफ हाइवे ओटीआर टायर

काठमाडौं । बीकेटी टायरको नेपालका लागि आधिकारिक विक्रेता डेल्टा डिष्ट्रिब्युटर्सले नेपाली बजारमा अफ द हाइवे सेग्मेन्टको ओटीआर टायर भित्र्याएको छ । नयाँ टायर माइनिङ लगायतका औद्योगिक क्षेत्रमा प्रयोग हुने गाडीका लागि उपयुक्त अर्थम्याक्स रेडियल टायर (ओटीआर)लाई कम्पनीले नेपाली बजारमा भित्र्याएको हो । कम्पनीकोअनुसार उक्त टायर टिकाउ, शतप्रतिशत पन्चर प्रुफ र तापक्रम प्रतिरोधक छ । टायर विभिन्न चार साइजमा उपलब्ध छ । टायर यो सेग्मेन्टमै पहिलो रेडियल टायर हो । केही दिनअघि मात्रै कम्पनीले डिलर मिट कार्यक्रम समेत सम्पन्न गरेको छ । धुलिखेल लज रिसोर्टमा आयोजना गरिएको उक्त कार्यक्रममा बीकेटीको देशभरका डिलर प्रतिनिधिहरुले सहभागिता जनाएका थिए । कार्यक्रममा डिलरहरुलाई सम्मान गरिएको जानकारी गराइएको छ । बीकेटीले खासगरी अफ द हाइवे सेगमेन्टका टायर उत्पादन गर्दै आएको छ । अन्य कम्पनीले मास प्रोडक्सनका भेइकलका टायरतर्फ ध्यान दिएको समयमा बीकेटीले सन् ९० को दशकमा यो क्षेत्रमा हात हालेको थियो । उच्च हर्सपावरयुक्त ट्रयाक्टर, कम्बाइन हार्भेस्टर, जिपिएस कन्ट्रोल्ड भेइकल, लगायतमा प्रयोग हुने टायर कम्पनीले उत्पादन गर्दै आइरहेको छ । हाल बीकेटीका उत्पादन बिश्वका ५ महादेशका १ सय ३० भन्दा बढी राष्ट्रमा बिक्री भइरहेको कम्पनीको भनाइ छ ।    

वैदेशिक सहायतालाई अब ठूला पुर्वाधारमा मात्र प्रयोग गरिन्छ: अर्थमन्त्री खतिवडा

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले विदेशी सहायतालाई अब ठुला पुर्वाधारको लागि मात्र प्रयोग गरिने बताएका छन् । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा खतिवडाले सो कुरा बताएका हुन् ।   बैठकमा खतिवडाले वैदेशिक सहायतालाई अब ठुला पुर्वाधारका लागि मात्रै प्रयोग गरिने, सामजिक सुरक्षालाई थप विस्तार गर्दै एकिकृत बनाईने बताए । निजी क्षेत्रलाई समाजिक जिम्मेवारी सहितको राष्ट्रिय पुँजी निर्माणमा लगाउने तयारी सरकारले गरको छ । तीनै तहका सरकारहरुबिच सहकार्य साना भई सानो आयोजनामा बजेट विनियोजन हुने छैन् । मौलिक हकहरुकोको कार्यान्वयन सबै नागरिकलाई स्वास्थ्य बीमाको दायरामा ल्याइनेछ । सबै नेपालीलाई गुणस्तरिय शिक्षा र निजी तथा सरकारी शिक्षाबिचको विभेद घटाउने रणनीतिक सडक, द्रुत मार्ग, रेलमार्ग र ठुला जलविद्युत आयोजना प्राथमिकतामा, जलमार्ग विकासको काम अघि बढाइने मन्त्री खतिवडाले जानकारी दिए ।

वार्षिक ६० लाख घनफिट काठ उत्पादन गरिने, सबै स्थानीय तहमा फर्निचर उद्योग

काठमाडौं । वन तथा वातावरण मन्त्रालयले वैज्ञानिक वन व्यवस्थापन गरी वार्षिक ६० लाख घनफिट काठ उत्पादन गर्ने कार्ययोजना अघि सारेको छ । मन्त्रालयले वन व्यवस्थापन तथा उपयोगका सम्बन्धमा उत्पादनशील वनमा वैज्ञानिक वन व्यवस्थापन प्रणालीको प्रभावकारी कार्यान्वयन गर्ने जनाएको छ । मन्त्री शक्तिबहादुर बस्नेतले चक्ला वन व्यवस्थापनमा निजी क्षेत्रको संलग्नता अभिवृद्धि, समुदायमा आधारित वन व्यवस्थापनलाई व्यापकता दिने, निजी वनबाट हुने वन पैदावारको उत्पादनमा अभिवृद्धिलगायत कार्य गर्नेसहितको कार्ययोजना अघि सारेका हुन् । वन क्षेत्रको संरक्षण, संवद्र्धन र उपयोगका साथै वनको बहुआयामिक उपयोगबाट जनताको आर्थिक अवस्थामा सुधार, रोजगारीका अवसरको सिर्जना गर्ने उद्देश्यका साथ कार्ययोजना ल्याइएको हो । कार्ययोजना अनुसार नीतिगत तथा कानूनी सुधार, संघीय शासन प्रणालीअनुरुप वन तथा वातारण क्षेत्रको सांगठनिक संरचना तर्जुमा, वन पैदावार प्राधिकरण गठन, जडीबुटी तथा गैह्रकाष्ठ वन पैदावार विकास केन्द्र र निर्देशनालय गठन, सामुदायिक वनको अन्तर्राष्ट्रिय अध्ययन केन्द्रको स्थापना गर्ने कार्य रहेका छन् । वन क्षेत्रमा एक लाख रोजगारी सिर्जना मन्त्रायलयले सातै प्रदेशमा रोजगार सिर्जना गर्ने उद्योग, आयोजना सञ्चालन गरी एक वर्षमा एक लाख थप पूर्ण रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ । साथै वनजन्य उद्योग र उद्यमको विकास र विस्तार, काष्ठ प्रविधिको विकास र विस्तार, तराई–मधेस एवं भित्री तराई क्षेत्रका १० लाख हेक्टर भूमिमा उच्चस्तरको फर्निचर काठ उत्पादन हुने कृषि वन प्रणालीको विकास गरिने मन्त्रालयले जनाएको छ । पहाडी भू-भागका स्थान विशेषमा सुहाउँदो कृषि–वन मोडलको विकास र विस्तार गरी भूमिको उत्पादन र उत्पादकत्वमा अभिवृद्धिका साथै रोजगारी सिर्जनाको विशेष कार्यक्रम सञ्चालन गर्ने मन्त्री बस्नेतको भनाइ छ । मन्त्रालयले वन पैदावारमा आत्मनिर्भर तथा यसको बिक्री वितरणमा एकद्वार प्रणाली कायम गर्ने, निकुञ्ज र आरक्ष संरक्षित क्षेत्र आसपासका बसोवासमा होमस्टेको निमित्त पूर्वाधार निर्माण, सामुदायिक वनमा पर्या-पर्यटन अभिवृद्धि गर्ने र पहिलो वर्ष पाँच हजार सामुदायिक वनमा यो गतिविधि सञ्चालन गर्ने योजना अघि सारेको मन्त्रालयका प्रवक्ता धनञ्जय पौडेलले बताए । मन्त्रालयले वैज्ञानिक र दिगो व्यवस्थापनका कार्ययोजनाको निर्माण, खेती विस्तार र प्रविधि हस्तान्तरण, सातै प्रदेशमा मूल्य अभिवृद्धिका लागि प्रशोधन प्लाण्टको स्थापना, जडीबुटीको उपलब्धताको आधारमा स्थान विशेष जडीबुटी पकेट क्षेत्रको विकास गरी रोजगारी सिर्जना गर्ने भएको छ । स्वच्छ वातावरणका लागि महाअभियान मन्त्रालयले सरकारी, गैरसरकारी, निजी एवं नागरिक स्तरको सहभागितामा नेपाल स्वच्छ वातावरण महाअभियान २०७५ सञ्चालन गर्ने भएको छ । महाअभियान सञ्चालनको लागि आवश्यक विशेष संरचनाको व्यवस्था गरी काठमाडौं उपत्यका र अन्य भागमा समेत सञ्चालित विभिन्न सरसफाइ अभियानलाई समेत महाअभियानको हिस्सा बनाउने प्रवक्ता पौडेलले बताएका छन् । मन्त्रलयले हरेक स्थानीय तहमा कम्तीमा १० प्रतिशत भू–भाग हरियाली कायम गर्न सडक, नदी उकास, धार्मिक एवं पर्यटकीय स्थलमा र अन्य खाली क्षेत्रमा हरियाली प्रवद्र्धन कार्यक्रम सञ्चालन, हरेक घरले समेत रूख बिरूवा रोप्ने व्यवस्था समेत मिलाउने कार्ययोजना अघि सारेको छ । फोहोर जलाउने कार्यलाई निरूत्साहित, प्लास्टिक झोला नियन्त्रण गर्न “नगर तथा गाउँको सरसफाइमा ध्यान, अनि बन्छ देश सुसंस्कृत र महान” भन्ने नारालाई मूर्तरूप दिन सहरी क्षेत्रमा एक घर एक फोहरदानी र एक घर एक बिरूवा रोपणको अभियान सञ्चालन गरिने छ । प्लास्टिक झोला, घरेलु फोहर, इलेक्ट्रिकल, वायोमेडिकल, निर्माण सामग्री तथा हानिकारक पदार्थ सम्बन्धी विषयको नियमनलाई प्रभावकारी तुल्याउने, फोहरमैलाबाट जैविक मल तथा जैविक ऊर्जा उत्पादन गर्न गराउन प्रोत्साहनमूलक व्यवस्था अवलम्बन गरिने मन्त्रालयले जनाएको छ । सबै स्थानीय तहमा फर्निचर उद्योग मन्त्रालयले प्रत्येक स्थानीय तहमा कम्तीमा एक फर्निचर उद्योग स्थापना गर्ने लक्ष्य लिएको छ । यसका लागि मन्त्रालयले निजी वन प्रवद्र्धन तथा निजी र सहकारी क्षेत्रको वन क्षेत्रमा संलग्नता बढाउने जनाएको छ । निजी वनबाट उत्पादित हुने काठको कटानी, ओसारपसार र बिक्रि वितरणलाई सहज तुल्याउने, प्रत्येक प्रदेश सरकारसँग समन्वय गरी एक/एक वन उद्योगको स्थापना गरिने प्रवक्ता पौडेलले जानकारी दिए । काठमाडौं उपत्यकाभित्र विद्युतीय सवारी साधन उपयोग गर्न सरकार तथा सरोकारवालासहितको सहभागितामा कार्ययोजना तयारी र स्वीकृत गर्ने मन्त्रालयको तयारी छ । यसका लागि सडक सुधार, जोनिङ र पार्किङको व्यवस्था, प्रविधि विस्तार, ऊर्जा सञ्चित तथा चार्जिङ स्टेशनको व्यवस्था, कानूनी तथा वित्तीय खाका तयार र कार्यान्वयन गरिने छ । भूकम्प प्रभावित जिल्लामा काठको सहुलियत पूर्ण बिक्री वितरणलाई प्रभावकारी तुल्याउने र प्रक्रियागत सरलीकरण गर्ने भूकम्प प्रभावित जिल्लामा सामुदायिक वनको कार्ययोजना नवीकरण र वार्षिक स्वीकार्य कटान सरलिकृत गर्ने पुरातात्विक महत्वका संरचनालाई आवश्यक काठ आपूर्ति गर्ने लक्ष्यसहितको कार्ययोजना अघि सरिएको हो । रासस

महिन्द्रा टुह्वीलरको टुएस काठमाडौंको मित्रपार्कमा

काठमाडौं । नेपालको लागि महिन्द्रा टु ह्वीलरहरुको आधिकारिक विक्रेता अग्निमोटो इन्कले आफ्नो आधिकारिक सर्भिस नेटवर्क काठमाडौंको मित्रपार्कमा विस्तार गरेको छ । सिंह अटो प्रा. लि. रुपमा स्थापना गरिएको उक्त सर्भिस सेन्टरद्धारा मित्रपार्क, चावहिल लगायत आसपासका सम्पूर्ण ग्राहकले सरल तथा सुविधा लिन सक्नेछन् । साथै, सम्पूर्ण महिन्द्रा टु ह्वीलरहरुका स्कुटर तथा बाईकको गुणस्तरीय सेवा तथा जेन्युन पार्टस् सहज रुपमा उपलब्ध हुने छ । नयाँ आधिकारिक टुएस नेटवर्कको स्थापनासँगै ग्राहकले सर्वसुलभ तरिकाबाट सर्भिसिङ्ग तथा स्पेयर पार्टस्हरुको सुविधा पाउने छन् ।

राधी विधुत कम्पनीको अध्यक्षमा विनयकुमार भण्डारी

काठमाडौं । राधी विधुत कम्पनी लिमिटेडको अध्यक्षमा विनयकुमार भण्डारी नियुक्त भएका छन् । वैशाख २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले भण्डारीलाई फाइनान्सको अध्यक्षमा नियुक्त गराएको हो । भण्डारीले नियुक्त भएको दिनदेखि नै कम्पनीको अध्यक्षको पदभार सम्हाली सकेका छन् । नवनियुक्त भण्डारीलाई हाइड्रोपावर क्षेत्र सम्बन्धि २३ वर्षको अनुभव रहेको छ ।

चिकित्सा शिक्षा अध्याधेस २०७५ स्वीकृत

काठमाडौं । चिकित्सा शिक्षा अध्याधेस २०७५ स्वीकृत भएको छ । बुधबार बसेको प्रतिनिधि सभाको बैठकले  उक्त अध्याधेसलाई स्वीकृत गरिको हो । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले उक्त विधेयकलाई स्वीकृति दिन गरेको प्रस्तावलाई बैठकमा बहुमत सदस्यले स्वीकृति दिएका हुन् । अध्यादेश अस्वीकार गर्न सासंद प्रेम सुवालले प्रस्ताव राखेका थिए । उक्त अध्यादेसले विदेशी विद्यार्थी उत्साह, स्वदेशी निरुत्साह, ६० लाख खर्चेर विदेशमा डाक्टर पढ्नुपर्ने अवस्था सृजना हुने संसद सुवालले बताएका थिए ।