विकासन्युज

सरकार र विश्व बैंकबीच साढे २७ अर्बकाे ऋण सम्झौता

काठमाडौं । सरकार र विश्व बैंक समुहको अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए) सँग २७ अर्ब ६५ करोड रुपैयाँकाको ऋण सहायता स्वीकार गर्ने सम्बन्धि सम्झौता हुने भएको छ । अर्थमन्त्रालयले जनाएअनुसार आईडीएसँग बजेट सहायताको रुपमा करिब रु २० अर्ब ७९ करोड (२०० मिलियन अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण सम्झौता बिहीबार हुने भएको छ । रानी जमरा कुलरीया सिँचाई आयोजनाको दोस्रो चरणको लागि प्राप्त हुने करीब रु ६ अर्ब ८६ करोड(६६ मिलियन अमेरिकी डलर) ऋण सहयाता स्वीकार गर्ने सम्बन्धि सम्झौता पनि सोही अवसरमा हुने भएको अर्थमन्त्रालयको भनाइ छ । सम्झौताको लागि नेपाल सरकार र विश्व बैंकबीच हस्ताक्षार कार्यक्रम समेत तय भइसकेको छ ।

वोमी माइक्रोफाइनान्सको जेठ ४ गते बुक क्लोज, ३० प्रतिशत हकप्रद जारी गर्दै

काठमाडौं । वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको आगामी जेठ ४ गते बुक क्लोज हुने भएको छ । संस्थाले ३० प्रतिशत अर्थात (१० बराबर ३को अनुपातमा हकप्रद जारी गर्ने प्रयोजनको लागि उक्त दिन कम्पनीको बुक क्लोज हुन लागेको हो । उक्त निर्णय संस्थाको १०३औँ सञ्चालक समितिको बैठकले गरेको हो । हाल संस्थाको चुक्ता पुँजी ७ करोड ७७ लाख ६० हजार रुपैयाँ रहेको छ । ३० प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी १० करोड रुपैया नाघ्ने छ । पछिल्लो समय यस संस्थाको सेयर मूल्य प्रतिकित्ता १७५८ रुपैयाँमा कारोबार भएको छ ।

नेपाल बङ्लादेश बैंकको ५७ औं शाखा साल्पासिलिछोमा

काठमाडौं । नेपाल बङ्लादेश बैंक लिमिटेडले शाखा बिस्तारको क्रममा आफ्नो ५७ औं शाखा सञ्चालनमा ल्याएको छ । मंगलबार भोजपुर जिल्लाको साल्पासिलिछोमा नयाँ शाखाको औपचारिक कारोबार शुरु गरिएको छ । शाखाको उद्घाटन, कार्यक्रमका अतिथि बैंकका सञ्चालक दिपक कार्कीद्वारा गरिएको थियो । साथै यस शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पुर्ण बैंकिङ सेवा प्राप्त गर्न सक्ने जनाएको छ । साल्पासिलिछो शाखा सहित बैंकले ५७ शाखा, ५ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बंैकिङ सेवा तथा ५० वटा एटीएम सेवामार्फत सेवा प्रदान गर्दै अएकोक जानकारी गराइएको छ ।

तीन कम्पनीको ३५ लाख कित्ता सेयर सूचिकृत, क-कसको कति ?

काठमाडौं । बुधबार विभिन्न तीन कम्पनीको ३५ लाख ८ हजार १०५ कित्ता सेयर सूचिकृत भएको छ । सो दिन कन्काई विकास बैंक, काबेली विकास बैंक र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको बोनस र हकप्रद गरी सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा थपिएका छन् । कन्काईको बोनसपछि र काबेली विकास बैंक र इन्भेष्टमेन्ट फाइनान्सको हकप्रद पछिकाे सेयर थपिएका छन् । सो मध्ये कन्काईको २ लाख ९० हजार कित्ता बोनस सेयर सूचिकृत भएको छ । त्यस्तै, काबेली विकास बैंकको ३ लाख ५० हजार ८८० र इन्भेष्टमेन्ट फाइनान्सको २६ लाख ६७ हजार २२५ कित्ता हकप्रद नेप्सेमा थपिएको छ ।

राष्ट्रपतिको जोड कृषिमा आधारित उद्योग

काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले राष्ट्रको मुख्य एजेण्डा विकास भएको बताएका छन् । यसप्रति सबैको एक मत भएको हालको अबस्थामा सरकारको विकास, नीति र निर्माण योजना मार्फत थप सहयोग मिल्ने उनको भनाइ छ । उनले अर्थतन्त्रको विकासको लागि जमिनमा टेकेर कृषिमा आधारित उद्योगको स्थापनामा जोड दिएका छन् । उनले उद्योग परिसंघका पदाधिकारीहरुसँग बुधरबार भएको भेटवार्तामा उद्यमी—व्यवसायीले सरकारलाई राजस्व बुझाएको र रोजगारी उपलब्ध गराएको भन्दै उच्च मनोवलका साथ उद्यम विकास गरि मुलुकको समग्र अर्थतन्त्रमा टेवा दिन सुझाएका थिइन् । सो भेटमा मुलुकको समृद्धिलाई केन्द्रमा राखेर परिसंघले तयार पारेको मार्गचित्र समेत राष्ट्रपतिले अध्ययन गरेको बताइएको छ । सो अवसरमा परिसंघ—प्रवुद्ध परिषदका संयोजक प्राडा शम्भुराम सिंखडाले राज्यले अंगीकार गरेको समृद्ध नेपाल सुखी नेपालीलाई व्यवहारीक बनाउन कृषि क्षेत्रको आमूल रुपान्तरण र सुशासनको आवश्यकतामा जोड दिएका थिए ।

अब दराजको स्वामित्व अलिबाबालाई, एकैपटक ५ मुलुककाे ४६ करोड जनसंख्यामा बजार विस्तार

काठमाडौं । पाकिस्तान, बंलादेश, श्रीलङ्का, म्यानमार र नेपालको प्रमुख इ–कर्मश कम्पनी दराज गु्रप अलिबाबाले प्राप्त(एक्विजिशन) गरेको र अब दराज अलिबाबा गु्रपको सदस्य भएको सार्वजनिक गरिएको छ । दराजले अलिबाबाको प्रविधि, अनलाइन कर्मश सञ्चलानमा भएको अनुभव र नेतृत्वलाई करिब ४६ करोड जनासङ्ख्या समेट्ने दक्षिण एसियाका ५ देशहरुमा आफ्नो बजारलाई विस्तार गर्न प्रयोग गर्ने भएको छ । दराज सन् २०१२ मा संस्थापना भइ–कर्मश प्लाटफर्मको प्रमुख गन्तव्यको रुपमा स्थापित भएको छ । दराज हाल पाकिस्तान, बंलादेश, श्रीलङ्का, म्यानमार र नेपालमा सञ्चालनमा छ । अलिबाबा गु्रप अन्तर्गत पनि दराज आफ्नै ब्रान्ड ‘दराज’ सहित सञ्चालन हुनेछ । दराजका सह–प्रमुख कार्यकारी अधिकृत, बिर्याके मिकेल्सनले भनेका छन्, ‘यस कारोबारसँगै दराजले अलिबाबा परिवारमा सदस्यता पाएको छ र हामी जहाँ पनि व्यापार गर्न सहज यस अभियानमा सहभागी हुन पाउँदा गर्ववान्वित भएका छौँ,’ उनले थपेका छन् ‘हामीले धेरै परिश्रम र सर्मपणका साथ दक्षिण एसियाका ५ देशहरुमा इ–कर्मशको यात्रा शुरु ग¥या,ैँ यद्यपि हामीले यी देशहरुमा इ–कर्मशमा पूर्ण क्षमताका साथ कार्य गर्न बाँकी नै छ ।’ दराजका सह–प्रमुख कार्यकारी अधिकृत डा.जोनाथन डोअरले भनेका छन् ‘हामी अलिबाबासँगको सहकार्यमा यस क्षेत्रका उद्यमीहरुको सशक्तिकरणमा सहयोग पु¥याउन र ग्राहकलाई सरलताका साथ गुणस्तरिय उत्पादनहरु उपलब्ध गराउन गरेको प्रतिज्ञा पुरा गर्न तत्पर छौँ । यसलाई उच्चस्तरको प्रविधि, बलियो सञ्चालन सञ्जाल र जोसिला स्थानीय समुदायको साथले सर्मथन गर्ने आश गरेका छौं ।’ दराज ग्रुपकाले आवश्यकता अनुसारको प्रवद्धन, डाटा र सर्भिस सलुसनले दक्षिण एसियाको अग्रणी इ–कर्मश प्लाटफर्मसँग हाल ३०,००० विक्रता, ५०० ब्रान्ड र ५० लाख ग्राहक रहेका छन् । २० लाख उत्पादनहरुका साथ, दराजले इलेक्टोनिक्सदेखि घरायसी सामग्रीहरु, सौन्र्दय, खेल समग्री र ग्रोसरीहरु उपलब्ध गराउँदै आएको छ । अहिले अलिबाबा गु्रप होल्डिङ लिमिटेडले दराजको पुर्ण स्वामित्व ग्रहण गरेको छ ।

सेयर बजारका लगानीकर्तालाई अर्थमन्त्रीको सुझाव: ‘नाफा घाटा ब्यहोर्नुस्, सरकारलाई धारे हात नलगाउनुस्’

काठमाडौं । सेयर बजारका लगानीकर्तालाई अर्थमन्त्री युवराज खतिवडाले नाफा घाटा आफैं बेहोर्न सुझाएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री खतिवाडाले सेयर बजारको नाफाघाटा सरकारले ब्यहोर्न नसक्ने बताएका हुन् । उनले ब्याङग्य गर्दै भने ‘लगानी गर्ने तपाइहरुले हो यसमा सरकारले कुनै जिम्मा लिन सक्दैन, नाफा भए आफैं खानुस् घाटा भए ब्यहोर्नुस अब सरकारलाई धारे हात नलगाउनुहोस् ।’ उनीले पुँजी बजारको विकासमा सरकारले कुनै कन्जुस्याँई नगर्ने बताउँदै पुँजी बजारको विकासमा आफुलाई नसिकाउन समेत चेतावनी दिए । बजारका विद्धानहरु पुँजीबजारको ‘क’ ‘ख’ सिक्दै गर्दा आफु पुँजिबजारको किताब लेख्ने भैसकेको बताउदै यस विषयमा कुनै कुरा सिकाउनु नपर्ने उनले बताए । मन्त्रीले अहिले बजारको म्युचुअल फन्ट कमजोर हुँदै गएकोले सेयर बजारमा जोखिम बढ्दै गएको बताए । जोखिम कम हुने क्षेत्रमा मात्र लगानी गर्न सुझाव दिदैं नाफा भएनी मलाई दिनु पर्दैन घाटा भएनी सरकारले बेहोर्न सक्दैन कमजोर मुटु हनेले सेयरमा लगानी नै नगर्न मन्त्री खतिवाडाले सुझाव दिए । जलविद्युतमा सबै नेपालीको लागानी हास् भन्ने सरकारको चाहाना रहेको पनि खतिवाडाले बताए ।

मालपोतमा भ्रष्ट्राचार गर्ने खरिदार धर्मराज सुवेदी र ओमबहादुर सुनार विरुद्ध अदालतमा मद्दा दायर

काठमाडौं । मालपोत कार्यालय, सुर्खेतको मुद्दा फाँटमा कार्यरत खरिदार धर्मराज सुवेदी रओमबहादुर सुनार विरुद्ध अदालतमा मुद्धा दायर भएको छ । २ लाख घुस लिएको रंगेहात भेटेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मद्दा दायर भएको हो । उनीहरुले कार्यलयमा कानून अनुसार हुने कामलाई समेत पैसा लाग्छ भनी २ लाख घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । अब उनीहरु विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ बमोजिम बिगो २लाख कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ र सोही दफाको उपदफा ९१० को देहाय ९घ० बमोजिम मद्दा चल्नेछ । कानूनन अनुसार उनीहरुलाई बिगो दाबी सहित एक वर्ष ६ महिना सम्म कैद हुने व्यवस्था रहेको छ ।