‘वाईवाई ग्लोकल टिन हिरो’को चौथो संस्करणका लागि आवेदन खुला, २० वर्षमुनिकाले भर्न पाउने
काठमाडौं । ‘वाईवाई ग्लोकल टिन हिरो’को चौथो संस्करणका लागि आवेदनको आह्वान गरिएकाे छ । किशोर किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरुमाझ चिनाउन यस कार्यक्रमकाे अायाेजना गरिएकाे हाे । यस मन्चमार्फत किशोर-किशोरीहरुमा भएको उत्साह, रचनात्मक र सुरुवातको चाहनाको पहिचान गरी राष्ट्रको अन्य किशोर-किशोरीहरुलाई उद्यमी सोचाइको विकास गर्न उत्प्रेरित गर्नेछ। समर्पित र रचनात्मक किशोर-किशोरीहरुको पहिचान गरी सुरुवातको लागि हौसला प्रदान गर्ने देशको पहिलो कार्यक्रमको यो चौथो वर्ष हो। यस वर्ष देशको विभिन्न ठाउँबाट किशोर किशोरीहरुलाई यस कार्यक्रममा सहभागी गराउने उद्येश्यले काठमाडौं उपत्यका लगायत धनगडी, महेन्द्रनगर, नेपालगञ्ज, बाग्लुंग, बुटवल, भैरहवा, जनकपुर, झापा, बिराटनगर, लहान र पोखरा गरी विभिन्न २८ सहरहरुमा ग्लोकल समूह लगाएत गत वर्षका टिन हिरो २० अन्डर २० सदस्यहरु जाने भएको छ । ‘हामी नेपालको ४०० वटा स्कूलहरुमा पुग्ने छौ र ८ देखि १२ कक्षाका ५०००० विद्यार्थीहरुसंग कार्यक्रमको छलफल गर्नेछौ साथ-साथै सुरुंगा, बिराटनगर, जनकपुर, बुटवल, नेपालगञ्ज, धनगडी र पोखरामा कार्यक्रमको बिस्तृत गतिबिधिहरुको छलफल गर्ने निर्णय गरेका छौ।’ ग्लोकल प्रा.ली.कीपि.आर.म्यानेजर र वाईवाई ग्लोकल टिन हिरोकी संयोजक काजोल झाले बताए । पहिलो चरणमा कुल आबेदनहरुलाई अन्तरबार्ता र दस्ताबेज समिक्क्षाको आधारमा ग्लोकल २०अन्डर २०को घोषणा गरिनेछ। त्यसपछि उनीहरुको कामको सुरुवात र प्रभावको आधारमा उत्कृष्ट ६को छनोट हुनेछ र अन्तिम चरणमा ६ जनाको व्यक्तित्व मापदण्ड, डोमेन ज्ञान र दुरदर्सनको मापनको लागि अन्तर्बाता हुनेछ र २०१८को बिजेता घोषणा गरिनेछ। वाईवाई ग्लोकल टिन हिरोका सहभागीहरुको निर्णायको लागि ५ जुरी सदस्यको समूह हुनेछ जसमा, अम्बुजसिंह, कन्ट्री डिरेक्टर, कोकाकोला नेपाल, युएनडीपी निर्देशक रेनौ डमेएर, वैद्य उद्योग संगठनका अध्यक्ष्य सुरज वैद्य, सोल्टी क्रावने प्लाजाका महाप्रबन्धक, उपलमजुमदार, स्याकर ट्रडिंगकी मुख्य ब्राडिंग अधिकारी जनाज्योति र प्रिस्माका मुख्य कार्यकारी अधिकारी रंजित आचार्य रहनेछन्। ‘ ग्लोकल टिन हिरोको बिगत तिन वर्षमा हामीले राम्रो सोच र क्षमता भएका सहभागीहरु पाएका थियौ । किशोर-किशोरीहरुसँग पनि विभिन्न क्षमता छ। उनीहरु समाज र राष्ट्रको विकासका लागि प्रभाव पार्ने विभिन्न कार्यक्रमहरु गर्दै आएका छन्, तर उनीहरुको क्षमता प्रदर्शन गर्न कुनै मन्चन भएको कारण उनीहरुलाई आफ्नो र देशको विकास गर्न एक मौका र मन्च प्रदान गर्ने उदेश्यले यस कार्यक्रम सन्चालन गर्दै आएको हो ।’ ग्लोकल प्रा.ली.का कार्यकारी निर्देशक आशिष ठाकुरले बताए । ग्लोकल टिन हिरो २०१८को पुरस्कार समारोह सेप्तेम्बेर१,२०१८मा राजनीतिज्ञ, फिल्म कलाकार, उद्यमशील व्यक्तित्व, युवा नेताहरु गरी नेपालका २५०ं प्रख्यात व्यक्तित्वहरुको उपस्थितिमा हुन लागेको हो। यस वर्ष ग्लोकल टिन हिरोको आवेदन ५मे,२०१८बाट खुल्ने छ र अनलाइन आवेदन www.nepal.glocalteenhero.com मार्फत निशुल्क भर्न सकिन्छ। वाईवाईद्धारा प्रस्तुत ग्लोकल अन्तराष्ट्रिय टिन सम्मेलन २०१८को दोश्रो संस्करण त्यसैगरी, सेप्तेम्बेर१,२०१८मा वाईवाईद्वारा प्रस्तुत ग्लोकल अन्तराष्ट्रिय टिन सम्मेलन२०१८को दोश्रो संस्करण सम्मेलन आयोजना गर्न लागेको हो। यो सम्मेलन किशोरकिशोरीहरुको आफ्नो हितको प्रमाणित मुद्दा, राष्ट्रिय विकासका बाधा र जनेरेस्नल बाधाहरु बुझ्न अधिकारिक रुपमा छलफल गर्न अवसर हो। यस सम्मेलनले विभिन्न राष्ट्र जस्तै भारत, बंगलादेश, नेपाल, जमैका, मलावी, भिएतनाम, घानाआदिका किशोर किशोरीहरुको विचार, अनुभव, भोगाईहरुलाई प्यानल छलफलमार्फत प्रदर्शन गरिनेछ। सम्मेलनमा मुख्य प्यानलको रुपमा उद्यमशीलता, शशक्तिकरण र सामाजिक परिप्रेक्ष्यमा आधार भई छलफल गरिनेछ जसमा किशोर किशोरीले आफ्नो प्रस्तुतीकरण गर्ने मौका पनि पाउनेछन्। यस सम्मेलनको मुख्य उदेश्य भन्नुपर्दा जस्तो पनि गाह्रो परिस्थिति भएका देशहरुमा काम गर्ने किशोरकिशोरीहरुको उदाहरण कायम गर्न र प्रयास गरे सबै सम्भव छ भन्ने सकारात्मक विचार फैलाउने रहेको छ। विभिन्न देशका साथीहरुसंग सहभागी कर अन्तरक्रियात्मक कार्यक्रमद्वारा ज्ञान र अनुभव सिक्ने मंच प्रदान गर्नेछ जसबाट उनीहरुले नेतृत्व, शशक्तिकरण, सामाजिक परिप्रेक्ष्यको बारे ज्ञान लिन सक्नेछन्। यस सम्मेलन पश्चात वाईवाई ग्लोकल टिन हिरो २०१८ को बिजेता घोषणा गरिनेछ।
रत्नपार्कदेखि नयाँ बसपार्कसम्म दिगो सार्वजनिक यातायातले पायो रुट इजाजत, कम्पनीको मात्र टिकट बिक्री काउन्टर
काठमाडौं । यातायात व्यवस्था विभागले राजधानीको रत्नपार्कदेखि नयाँ वसपार्कसम्मको रुट इजाजत खारेज गरेर दिगो सार्वजनिक यातायात सेवा प्राइभेट लिमिटेडलाई अनुमति दिएको छ । शनिबारदेखि सो रुटमा दिगो यातायातका सबारीसाधन मात्र सञ्चालन हुने भएका छन् । सो क्षेत्रमा चल्दै आएका २६ वटा माइक्रोबसको इजाजत रद्ध गरेको विभागका सुचना अधिकृत तुलसीराम अर्यालले बताए । राजधानीमा सबैभन्दा बढी सवारी चल्ने सो रुटमा शुक्रबार सिण्डिकेटधारी यातायात व्यवसायीले गाडी नचाएपछि विभागले पहिलो चरणमा यो सडकको रुट इजाजत निलम्बन गरेको हो । विभागमा दर्ता भएका सवारीसाधनले मात्र शनिबारदेखि सञ्चालन हुन पाउनेछन् । नयाँ बसपार्कमा अबदेखि कम्पनीको मात्र टिकट बिक्रीकाउन्टर रहने भएको छ । समितिका काउण्टर खारेज गरिएको विभागले जनाएको छ ।
यातायात व्यवस्था विभागको सिन्डिकेट विरुद्ध काउन्टर: २६ माइक्रोबसको रुट परमिट खारेज सूचिसहित
काठमाडौं । यातायात व्यवस्था विभागले सिन्डिकेट विरुद्ध कडा निर्णय लिएको छ । विभागले आन्दोलन गर्ने व्यवसायीका २६ माइक्रोबसको रुट परमिट खारेज गरेको हो । सूचि हेर्नुहोस
साउदी जेलमा बन्दी रहेका प्रेमबहादुर राईलाई छुटाउन प्रधानमन्त्रीले दिए ३० लाख रुपैयाँ
काठमाडौं । २ वर्ष देखि साउदी जेलमा बन्दीजीवन बिताइरहेका प्रेमबहादुर राईको रिहाइको सहयोगार्थ उठेको रकम प्रधानमन्त्री केपी शर्मा ओलीले परिवारका सदस्यहरुलाई हस्तान्तरण गरेका छन् । यातायात दुर्घटनामा जेल परेका राईलाई साउदीअदालतले तोकेको जरिवाना तिर्न नसकेपछि उनले २ वर्ष देखि बन्दी जीवन बिताइरहेका थिए । इन्द्रेणी कार्यक्रमले संकलन गरेको ३० लाख ९ हजार ४७ रुपैयाँ नगद प्रधानमन्त्री ओलीले प्रेमबहादुर राईकी धर्मपत्नी सरिता राईलाई प्रदान गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा राईको परिवार र इन्द्रेणी सांगीतिक समूहसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले जेल प्रेमबहादुरको जेल मुक्तिकालागि साउदी सरकारसँग कुरा गर्ने बताएका छन् । सो अवसरमा प्रधानमन्त्री ओलीले विश्वको अन्य देशका नागरिक र नेपाली नागरिक विदेशिनु पर्ने कारण फरक रहेको बताए । नेपाली नागरिक विदेशिने तरिका डरलाग्दो रहेको उनले बताए। ‘अरु देशका नागरिक फरक तरिकाले विदेश जान्छन् । हामी जस्तो प्रकारले विदेशगएका छौं, त्यो डरलाग्दो छ । गरिवी र दुःख हटाउन जान्छौं, त्यसमाथि ठगिन्छौं । अज्ञानता र सोझोपनको शिकार हुन्छौं र झन् दुःख पाउँछौं ।’ प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो राष्ट्रको ढुकुटीको अवस्थात्यति राम्रो छैन, तर अब हामीले हाम्रै देशमा उत्पादन बढाउनु छ, उद्योग खोल्नु छ, यहिँ रोजगारी रिर्जना गर्नुछ । त्यसका लागि यो सरकार बनेको हो । नेपालीहरुलाई स्वदेशमै रोजगारी दिलाउन र गरिवी हटाउन आफ्नो नेतृत्वमा सरकार बनेको ओलीले बताए । विदेशमा बन्दी जीवन बिताइरहेका नेपालीको उद्धारका लागि सहयोग संकलन गरेकामा इन्द्रेणी सांगीतिक कार्यक्रमको टोलीलाई प्रधानमन्त्री ओलीले धन्यवाद दिएका छन् । कार्यक्रममा इन्द्रेणी सांगीतिक समूहका कृष्ण कंडेलले प्रेमबहादुर राईको रिहाइका लागि ९५ लाख नेपाली रुपैयाँ चाहिने र अहिलेसम्म ७१ लाख रुपैयाँ संकलन भइसकेको बताएका छन् ।
सिण्डिकेटधारी यातायात व्यवसायीमाथि सरकारको पहिलो प्रहार, रत्पार्कदेखि नयाँ बसपार्कसम्म रुट इजाजत खारेज
काठमाडौं । यातायात व्यवस्था विभागले राजधानीको रत्नपार्कदेखि नयाँ वसपार्कसम्मको रुट इजाजत निलम्बन गरेको छ । राजधानीमा सबैभन्दा बढी सवारी चल्ने सो रुटमा शुक्रबार सिण्डिकेटधारी यातायात व्यवसायीले गाडी नचाएपछि विभागले पहिलो चरणमा यो सडकको रुट इजाजत निलम्बन गरेको हो । विभागमा दर्ता भएका सवारीसाधनले मात्र शनिबारदेखि सञ्चालन हुन पाउनेछन् । रुटमा चल्ने सबै सवारीसाधनको इजाजतपत्र रद्ध भएको विभागका सुचना अधिकृत तुल्सीराम अर्यालले बताए । उनकाअनुसार शनिबारदेखि सो रुटमा नयाँ इजाजत पाएका गाडी चल्ने छन् । २६ वटा माइक्राबसलगायत सबैको रुट इजाजत खारेज भएको छ । यो पनि हेर्नुहोस् यातायात व्यवस्था विभागले भन्यो : ४ बजेसम्म विवरण संकलन, ५ बजे रुट इजाजत खारेज
व्यवसायी खोरमा, ग्यारेजमा रहेका १ लाख बढी सवारीको रुट परमिट खारेज गर्न बैठक सुरु
काठमाडौं । सिन्डिकेटको माग गर्दै आन्दोलनमा उत्रिएका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला सहित अन्य व्यक्तिहरु प्रहरी हिरासतमा पुगेका छन् । उनीहरु विरुद्ध अत्यावश्यक सेवा ऐन २०१४ अनुसार कारबाहि प्रक्रिया अघि बढेको छ । गृहमन्त्रालयले व्यवसायीहरुको बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्र समेत काटिसकेको छ । उता यातायात व्यवस्था विभागले ग्यारेजमा रहेका सबै सवारीहरुको रुट परमिट खारेज गर्न बैंठक सुरु भएको छ । देशभरबाट यातायात सञ्चालन नगर्ने व्यवसायीहरुको तथ्यांक संकलन भैसकेको विभागका सूचना अधिककृत तुलसीराम अर्यालले जानकारी दिए । “हामीले तथ्याङक संकलन गरिसकेका छौं, अब बैठक बसी कहाँबाट रुट परमिट खारेज गर्ने भन्ने बारेमा निर्णय लिन्छौं,”अधिकृत अर्यालले विकासन्युजसँग भने । विभागले सबैभन्दा धेरै समस्या रहेको क्षेत्रबाट रुट परमिट खारेज गर्ने तयारी गरेको छ ।
नेपाल इन्स्योरेन्सको ४.५२ प्रतिशत बोनस र ६५ प्रतिशत हकप्रद पारित, पुँजी एक अर्ब नाघ्याे
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको प्रस्तावित ४.५२ प्रतिशत बोनस सेयर पारित भएको छ । शुक्रबार(आज) सम्पन्न कम्पनीको ६९औँ वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । साथै, सभाले बोनस वितरण पश्चात कायम हुने पुँजीको ६५ प्रतिशतका दरले हकप्रद सेयर जारी गर्ने प्रस्तावलाई पनि पारित गरेको छ । कम्पनीले पुँजी वृद्धि गर्न सो मात्राको हकप्रद जारी गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पुँजी ५९ करोड ९ लाख रुपैयाँ रहेको छ । ४.५२ प्रतिशत बोनस पश्चात कम्पनीको चुक्ता पुँजी ६१ करोड ७६ लाख रुपैयाँ पुगेकाे छ । त्यसपश्चात यस पुँजीको ६५ प्रतिशतका दरले हकप्रद सेयर निष्काशन गर्ने भएकाे छ । सो मात्राको हकप्रद पश्चात यस इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब एक करोड रुपैयाँ नाघ्ने कम्पनीले जनाएकाे छ ।
बजेटमा लगानीकर्ताका मागः १५ खर्बको सेयर बजार २७ किलोमिटर भित्र, ब्रोकरको सिण्डीकेट कहिलेसम्म ?
काठमाडौं । नेपाल इन्भेष्टर्स फोरमले १५ खर्ब रुपैयाँको सेयर बजारलाई २७ किलोमिटर भित्र नखुम्च्याउन माग गरेको छ । फोरमले अर्थमन्त्री डा. युवराज खतिवडालाई बुझाउन तयार पारेको ज्ञापन पत्रमा सेयर बजार विस्तार सम्बन्धी आफ्ना धारणा अघि सारेको छ । फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले अर्थमन्त्रीलाई भेटेर सेयर बजारको विस्तार र विकासका लागि नयाँ बजेटमा आफ्ना सुझाव दिने तयारी भैरहेको बताए ।फोरमले १५ खर्ब रुपैयाँको सेयर बजारलाई २७ किलोमिटरको रिङरोडभित्र कैद नगर्न, सेयर बजारमा ब्रोकरको सिण्डीकेट तोड्न माग गरेका छन् । फोरमले यी बिषय समेटेर अर्थमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदैछ बैंकलाई ब्रोकर लाइसेन्स दिने प्रक्रिया तत्काल कार्यान्वयन गर्ने बाटो खोलियोस् । ब्रोकर लाइसेन्स मर्चेण्ट बैंकरलाई दिए पनि हुन्छ । बैंक वा मर्चेण्ट बैंकरलाई ब्रोकर लाइसेन्स दिएर ७७ वटै जिल्लामा सेयर बजारलाई विस्तार गरियोस् । ५० वटा ब्रोकर कम्पनीबाट सेयर बजारलाई मुक्त गरियोस् । यातायात क्षेत्रको सिण्डीकेट अन्त्य भयो अब पुँजी बजारको सिण्डीकेट कहिले हट्छ ? उपत्यका भित्र ५० वटा र बाहिर ५० वटा गरि १०० ब्रोकरलाई लाइसेन्स दिनुपर्छ । ब्रोकर कमिसन घटाउनु पर्यो । ब्रोकर कमसिन नै पुँजी बजारको बाधक हो । यसलाई घटाएर बजार बढाउन सहयोग गर्नुपर्छ । एनआरएनलाई पनि सेयर बजारमा लगानीको वातावरण बनाउनु पर्छ । एनआरएनलाई लगानी गर्न झ्याल खुलेको छ अब ढोका खुलाउनु पर्छ । उनीहरुलाई सहि बाटोबाट लगानी गर्न दिने र त्यस्तो लगानीबाट आएको मुनाफा फिर्ता लैजाने वातावरण बनाइदिनु पर्छ । अनलाईन कारोबारलाई तोकिएकै समयमा ल्याउनु पर्छ । कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई मार्केट डिलरको लाइसेन्स दिनुपर्छ । म्युचुअल फण्डलाई उचित नियमन गरिनु पर्छ । पुँजी बजारमा भ्याट लगाउनै हुन्न् । भ्याट भनेको अन्तिम उपभोक्ताले तिर्ने हो । सेयर बजारका लगानी कर्ता अन्तिम उपभोक्ता होइनन् । पुँजी बजार भनेको चल सम्पति हो । चल सम्पतिमा भ्याट लगाउने नियम संसारमै छैन् । नेपालमा पनि भ्याट लगाउने कुराले पुँजी बजारको विस्तार हुनै सक्दैन् ।