ओलीलाई कमल थापाको प्रश्नः चुल्हो बल्न नदिने मोदीलाई नागरिक अभिनन्दन गर्ने कस्तो राष्ट्रवाद ?
काठमाडौं । संबिधानलाई स्वागत नगरेको र आर्थिक नाकाबन्दी प्रति दुःख समेत प्रकट नगरेको अवस्थामा भारतीय प्रम नरेन्द्र मोदीजीको नागरिक अभिनन्दन अस्वभाविक र अनाबश्यक । भारतीय प्रधानमन्त्रि नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणमा यहि बैशाख २८ गते आउनु हुने निश्चित भएको छ । अतिथि देवो भवःको संस्कार, मान्यता र आदर्शलाई आत्मसात गर्ने नेपालीहरुले आगन्तुक बिशिष्ठ पाहुनाको सत्कार, स्वागत र सम्मान गर्नु पर्दछ । यद्यपि मोदीजीको आशन्न भ्रमणको महत्व र औचित्य स्पष्ट छैन, यसवारे बिभिन्न कोणबाट बहस हुनसक्दछ । नेपालका प्रधानमन्त्रि के पि ओलीले भारत भ्रमण गर्नु भएको एक महिना भित्र हुनलागेको यो उच्च स्तरिय भ्रमणको अर्थ र उपलब्धिका वारेमा छलफल हुने नै छ । अरुण तेस्रो जलबिद्युत आयोजनाको शिलान्यासका लागि काठमाण्डौबाट रिमोट थिच्न मात्र नरेन्द्र मोदीजी जस्तो हाईप्रोफाईल र व्यस्त अन्तर्राष्ट्रिय स्तरका नेता नेपाल आउनु भएको हो भन्नु भ्रमण कै अवमुल्यन हुनेछ । भारतीय प्रधानमन्त्रिको नेपाल भ्रमण सफल होस्– मेरो हार्दिक शुभकामना छ । नेपाल भ्रमणको क्रममा भारतीय प्रधानमन्त्रिलाई जनकपुरमा भव्य र बिशाल नागरिक अभिनन्दन गरिने समाचार भने स्वभावतः मेरो मन मस्तिष्कमा बिझि रहेकोे छ । थुप्रै कमि कमजोरीका बावजुद सर्वाभौम नेपाली जनताद्वारा निर्वाचित प्रतिनिधिहरुले विधिपुर्वक निर्माण गरेको संबिधानलाई स्वागत नगरेको र आफुले लगाएको आर्थिक नाकाबन्दी प्रति दुःख समेत प्रकट नगरेको अवस्थामा नरेन्द्र मोदीजीको नागरिक अभिनन्दन अस्वभािवक र अनाबश्यक छ । गत २०७२ असोजरकार्तिक देखि शुरु भएको करिव ५ महिने भारतीय आर्थिक नाकाबन्दीले नेपालको आर्थिक सामजिक क्षेत्रमा अकल्पनिय क्षति पुरायो । महाभूकम्पको पिडा सेलाउन नपाउंदै लगाईएको नाकाबन्दीबाट भूकम्पले भन्दा पनि बढि आर्थिक नोक्सानी नेपालीले व्योहर्नु परेको तथ्य सर्वविदित छ । दशैं, तिहार र छठ जस्ता पर्वहरुमा जनताले घरमा चुल्हो बाल्न पाएनन् । त्यो घटना अमानविय थियो र त्यसले पुराएको घाउ निको हुन समय लाग्छ । नाकाबन्दी भूपरिवेष्ठित राष्ट्र नेपालको नैसर्गिक अधिकार तथा अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लंघन थियो । तत्कालिन अवस्थामा उपप्रधानमन्त्रि सहित परराष्ट्र मन्त्रालयको जिम्मेवारी वहन गरेको नाताले नाकाबन्दीसंग गांसिएको उतार चढाव तथा क्रिया प्रतिक्रिया सम्बन्धमा मेरो आफ्नै अविस्मरणिय अनुभूती रहेको छ । जेनेभामा भएको संयुक्त राष्ट्र संघको एक सभामा भारतीय प्रतिनिधिले नेपालको संबिधान, मानव अधिकार स्थिति र मधेस आन्दोलनका वारेमा गरेका अतिरंजित नकरात्मक टिप्पणी अहिले पनि मेरो कानमा गुंजिरहेको छ । पटक पटकको भारत भ्रमणको क्रममा सुन्नु परेका दवावमुलक भनाईहरु बिर्सेको छैन । संबिधान अपूर्ण, असमावेशी र सर्वस्विकार्य छैन भनि वाशिंगटन देखि बेलायत र ब्रसेल्स सम्म भारतीय पक्षबाट एकोहोरो गरिएको प्रचार अभियान चिर्न कति कठिन थियो, त्यसवारे भविष्यमा अझ थप चर्चा हुने नै छ । नाकाबन्दी अन्तः भएपछि तत्कालिन प्रधानमन्त्रि के पी ओलीको भारत भ्रमणका बेला संयुक्त बिज्ञप्ति प्रकशित हुन नसकेको तितो संझना पनि नेपाल भारत सम्बन्धको ईतिहासमा उल्लेखनिय रहने छ । नाकाबन्दी र संबिधानवारे भारतीय व्यवहारका भुक्तभोगी प्रधानमन्त्रि के पि ओलीले नागरिक अभिनन्दनलाई कसरि पुष्ठि गर्नु हुनेछ, त्यो मेरा लागि जिज्ञासाको बिषय हो । निर्वाचन र सरकार निर्माणका वारेमा हाल आएर भारत सरकारले गरेको सकारात्मक टिप्पणी भने स्वागत योग्य छ । तर, नेपालको संबिधानका वारेमा भारतको नकरात्मक सोचाईमा सुधार र नाकाबन्दी प्रतिको दुःख प्रकटको भने सदैव अपेक्षा रहने छ । भारतीय प्रधानमन्त्रिलाई स्वागत र शुभकामना (थापाले फेसबुकमा व्यक्त गरेको विचार)
सिटी एक्सप्रेस र कुवेतको अल मुजैनी एक्स्चेन्ज बिच रेमिट्यान्स सेवा शुरु
काठमाडौं । मेगा बैंक र सिटी एक्सप्रेस मनी ट्रान्सफरको सहकार्यमा कुवेतको मनी ट्रान्सफर अल मुजैनी एक्स्चेन्ज बिच रेमिट्यान्स सेवा शुरु भएको छ । उक्त सेवा अन्तर्गत अल मुजैनी एक्स्चेन्जको ८६ भन्दा बढि रेमिटान्स सेन्टरहरु बाट मेगा बैंक मार्फत सिटी एक्सप्रेसको कुनै पनि ५५०० एजेन्टहरु र मेगा बैंकको ४७ ब्रान्चहरुबाट नगद वा कुनै पनि बैंक खातामा पैसा जम्मा गर्न सकिने छ । अल मुजैनी एक्स्चेन्जका उच्च अधिकारीहरुले सिटी एक्सप्रेस तथा मेगा बैंकको सहकार्यमा सम्झौता भएकोमा खुशी गरेका छन् । साथै, आगामी दिनहरुमा नयाँ प्रविधि र बृहत बजार रणनितीको साथ अगाडी बढ्ने उनीहरूले बताएका छन् ।
यातायात व्यवस्था विभागले भन्यो : ४ बजेसम्म विवरण संकलन, ५ बजे रुट इजाजत खारेज
काठमाडौं । यातायात व्यवस्था विभागले सिन्डिकेटको माग गर्दै सवारीसाधन नचलाउने यातायात व्यवसायीको तथ्याङक संकलन थालेको छ । विभागले सवारी नचलाउने व्यवसायीको रुट इजाजत खारेज गर्नका लागि विवरण संकलन थालेको हो। यातायात व्यवस्था विभागका सूचना अधिकृत तुलसीराम अर्यालका अनुसार अहिले देशैभरी सवारी नचलाउने व्यवसायीको तथ्याङक संकलन भैरहेको छ । “कानूनले हामीलाई यातायात क्षेत्रमा अवरोध गर्ने व्यवसायीको रुट परमिट खारेज गर्ने अधिकार दिएको छ, आजको ४ बजेसम्म तथ्याङक संकलन गर्नेछौं, त्यसपछि तुरुन्त एक्सनमा जान्छौं,” अर्यालले विकासन्युसँग भने । उनले विवरण संकलनपछि हडताल गर्ने व्यवसायीको रुट इजाजत खारेज गर्ने स्पष्ट पारे । यातायात व्यवस्था विभागको साबिकमा रहेको १४ वटै यातायात कार्यालयबाट तथ्याङक संकलनको काम भैरहेको छ । ४ बजे अघिसम्म सार्वजनिक सवारी साधन तोकेको गन्तव्यमा नगुडाए व्यवसायीको रुट परमिट खारेजी हुनेछ । उता गृहमन्त्रालले सडकमा गुडेका सम्पुर्ण सवारीसाधनको पुर्ण सुरक्षा दिने बताएको छ । गृहले बिहानैदेखि नेपाल प्रहरी र शसस्त्रलाई सञ्चालनमा आएका सवारी सुरक्षामा खटाएको छ । मयुर यातायातलाई नागढुङगा, कलंकीदेखि धुलिखेलसम्म प्रहरीले स्कटिङको व्यवस्था गरेको छ । यस्तै आन्दोलनमा जाने व्यवसायीको अब पुन नविकरण नगर्ने तयारी समेत गरेको छ ।
सिनर्जी फाइनान्सको १ लाख ३६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौं । सिनर्जी फाइनान्स लिमिटेडको संस्थापक सेयर बिक्री खुला भएको छ । संस्थापक सेयरधनी विशन शाक्यले १ लाख ३६ हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लागेका हुन् । फाइनान्सले संस्थापक सेयर बिक्री खुला गरेको छ । ३५ दिनभित्र सेयर खरिदका लागि प्रस्ताव आब्हान समेत गरेको छ । फाइनान्सका संस्थापकलाई पहिलो प्राथमिकता दिइने र यदी खरिद नभए कानून बमोजिम बिक्री हुने भएको छ ।
मेगा बैंक र टुरिजम डेभलपमेन्ट बैंकले बैंशाख ३० गतेदेखि एकिकृत कारोबार गर्दे, चुक्तापुँजी ९४७ करोड
काठमाडौं । मेगा बैंक र टुरिजम डेभलमेन्ट बैंकले बैंशाख ३० गतेदेखि एकिकृत बैंकिङ कारोबार गर्ने भएका छन् । दुबै बैंक एकआपसमा गाभिएर मेगा बैंक नेपाल लिमिटेडको नामबाट बैशाख ३० गते आइतबारदेखि एकिृकत कारोबार गर्ने भएका हुन् । दुबै बैंकको साधारणसभाले गत पुसमा एकआपसमा गाभिने प्रस्ताव पारित गरेपछि मेगा बैंकको नामबाट एकिकृत कारोबार सुरु हुन लागेको हो । मेगा बैैंकको प्रतिशेयर मुल्य १०० रुपैँया बराबर टुरिजम बैंकको प्रतिशेयर मुल्य ९५ कायम भएको छ भने टुरिजमको १ कित्ता शेयर हुने शेयरधनीले ०.९५ कित्ताको अनुपातमा शेयर पाउनेछन् । टुरिजमसँगको मर्जर प्रक्रियापछि मेगा बैंकको बढी पुँजी भएको बैंकहरुमध्येमा पर्ने छ । मर्ज भएपछि चुक्ता पुँजी बढेर ९ अर्ब ४७ करोड रुपैयाँ पुग्ने छ ।
गण्डकी विकास बैंकको साधारणसभा जेठ २५ मा, ४४ करोड ५० लाख रुपैयाँ बोनस सेयर वितरण गर्ने
काठमाडौं । गण्डकी विकास बैंकको १० औं वार्षिक साधारणसभा जेठ २५ गते पोखरामा हुने भएको छ । बैंकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १९.३१ प्रतिशत अर्थात ४४ करोड ५० लाख ९२ हजार रुपैयाँ बराबरको बोनस सेयर वितरणको पारित गर्ने छ । बोनस सेयर वितरण भएपछि बैंकको चुक्तापुँजी बढेर २ अर्ब ७५ करोड पुग्ने छ । पुँजी वृद्धिको प्रस्ताव पनि सभाले पारित गर्ने भएको छ । अन्य बैंक तथा वित्तीय संस्थासंग गाभ्ने र प्राप्ति गर्ने अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ । संस्थापक र सर्वसाधारणतर्फ प्रतिनिधित्व गर्ने ६ जना सञ्चालकको चयन र सञ्चालकको भक्ता र सुविधा वृद्धि गर्ने प्रस्ताव पारित हुने बैंकले जनाएको छ ।
रैराङ हाइड्रोपावरको आईपीओ बैशाख ३१ देखि, ४ हजार २०० कित्तासम्म आवेदन दिन पाइने
काठमाडौं । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले बैशाख ३१ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्नेभएको छ । कम्पनीले प्रति सेयर १०० रुपैयाँ अंकित दरका ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन बन्द छिटोमा जेठ ३ गते र ढिलोमा जेठ २९ गतेसम्म हुने निष्कासन तथा बिक्री प्रवन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ । न्युनतम ५० र अधिकतम् ४ हजार २०० कित्ता खरिदका लागि आवेदन दिन पाउने एनआईबीएलले जनाएको छ । कुल निष्कासन मध्ये ३३ हजार ६०० कित्ता कर्मचारी र ४२ हजार कित्ता सामुहिक लगानी कोषलार्य सुरक्षित गरिएको छ । कम्पनीको स्वामित्वमा धादिङमा ५०० किलोवाटको रैराङ साना जलविद्युत आयोजना २०६१ सालदेखि सञ्चालनमा छ । कम्पनीले हाल ९.९ मेगावाटको इवाखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजना आउदो जेठ १ गते सम्पन्न हुने कम्पनीले जनाएको छ । आयोजना बनाउन १ अर्ब ६० करोड रुपैयाँ लागेको छ । आयोजनाको प्रतिमेगावाट लागत १६ करोड १६ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ । यसअघि आयोजना प्रभावित पाँचथर र ताप्लेजुङका स्थानीयबासिन्दालाई १० प्रतिशत अर्थात ५ करोड ६० लाख रुपैयाँ बराबरको ५ लाख ६० हजार कित्ता गत भदौमा निष्कासन गरी बाँडफाँड पनि भइसकेको छ । कम्पनीको जारीपुँजी ५६ करोड रुपैयाँ रहेको छ । जसमध्ये २५ प्रतिशत सर्वसाधारण र बाँकी ४२ करोड रुपैयाँ संस्थापक लगानी हुने गरी सेयर संरचना तयार पारिएको छ । आयोजनाबाट बिजुली उत्पादन भइनसकेकाले प्रतिसेयर नेटवर्थ ९७ रुपैयाँ ४४ पैसा छ । धितोपत्र बोर्डले बैशाख ९ गते चुक्तापुँजीको १५ प्रतिशत अर्थात ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको हो ।
सिण्डिकेट माग गर्दै यातायात व्यवसायी हड्तालमा, जनजीवन प्रभावित
काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारबाट विसं २०७४ चैत १८ मा जारी गरेको यातायात निर्देशिका खारेजीको माग गर्दै यातायात सञ्चालनमा रोक लगाएको छ । महासंघले व्यवसायीसँग छलफल नगरी सरकारले यातायात निर्देशिका जारी गरेको भन्दै आज देशभरका यातायात सञ्चालनमा रोक लगाएपछि उपत्यकालगायत देशभरको जनजीवन प्रभावित भएको छ । महासंघका महासचिव सरोज सिटौलाले व्यवसायीले यातायात राम्रो बनाउनका लागि सरकार, व्यवसायी र उपभोक्ता रहने गरी अधिकार सम्पन्न प्राधिकरणको माग गरिरहेका बेला सरकारले अकस्मात् ढंगले निर्देशिका जारी गरेको भन्दै आफूहरुले सवारी संचालन बन्द गर्नुपरेको दावी गरे । “यातायात क्षेत्रमा देखिएको विकृतिको अन्त्य गर्ने हाम्रो पनि उद्देश्य हो, तर सरकार बिना छलफल चल्न खोजेपछि उक्त कदम चाल्न बाध्य भएका हौँ,”– उनले भने । महासचिव सिटौलाले आफ्नो माग सुनुवाइ नभए चरणबद्ध आन्दोलन गर्नेसमेत जानकारी दिए । अर्कातिर, कम्पनीमा आबद्ध यातायात व्यवसायीले भने आफ्नो सेवालाई आज पनि निरन्तरता दिने भएका छन् । बिहीबार कम्पनीमा आबद्ध व्यवसायीको यातायात व्यवस्था विभागमा भएको छलफलपछि सेवा दिन तयार रहेको टुरिष्ट बस एशोसिएशन अफ नेपाल (टिवान) का महासचिव कृष्ण आचार्यले जानकारी दिए। “हामीलाई राज्यले सुरक्षा दिन्छ भने हाम्रो कम्पनीअन्तर्गतका सबै सवारीसाधन सडकमा गुडाउँछौँ,”– उनले भने। महासंघअन्तर्गत अहिले देशभरका ३०५ समितिमा झण्डै ४ लाख सार्वजनिक यातायात सञ्चालनमा छन् । रासस