विकासन्युज

एनसेलले ल्यायो ‘इन्टरनेशनल कल प्याक’ रु २.५० प्रतिमिनेटमा २० मुलुकमा कल गर्न सकिने

काठमाडौंं। एनसेलका ग्राहकले नेपाल बाहिर रहेका आफ्ना परिवार तथा साथिभाईसँग अब अझ सुलभ दरमा कुरा गर्न सक्ने भएका छन् । एनसेल प्राइभेट लिमिटेडले आफ्ना ग्राहकका लागि आकर्षक ‘इन्टरनेशनल कल प्याक’ल्याएको छ, जसअन्तर्गत एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले विश्वका २० मुलुकमा कर सहितमात्र रु २.५० प्रतिमिनेटमा कुरा गर्न सक्नेछन् । यहि शुक्रबार (असार ९) गतेदेखि लागु हुने यस कलप्याक योजनाअन्तर्गत एनसेलका सबै ग्राहकले कर सहित रु २५ मा १० मिनेट अन्र्तराष्ट्रिय टक टाइमबाट फाइदालिन सक्नेछन् । यो टक टाइम ग्राहकले भारत, चीन, अमेरिका, युके, क्यानडा, हङकङ, अस्ट्रेलिया, जापान, जर्मनी, सिङ्गापुर, दक्षिण कोरिया, बङ्गलादेश, साइप्रस, भुटान, फ्रान्स, स्पेन, डेनमार्क, इजराइल, बेल्जियम र इटालीमा सुलभ दरमा कुरा गर्न प्रयोग गर्न सक्नेछन् । यो योजनाअन्तर्गत सुलभ दरमा अन्तर्राष्ट्रिय कलको लाभ लिन एनसेलका ग्राहकले १७१०७ डायल गरी निर्देशनअनुसार प्याक सुचारु गर्न सक्नेछन् । त्यसैगरी ग्राहकले एस्ट्रिक्स १७१०७ ह्यास डायल गरी निर्देशनअनुसार वा अंगे्रजी अंक १० टाइप गरी १७१०७ मा एसएमएस पठाएर पनि यो प्याक सुचारु गर्न सक्ने कम्पनीले जनाएको छ । “विदेशमा रहेका आफ्ना परिवार तथा साथीभाईसँग सुलभ दरमा सजिलै सम्पर्कमा रहनयोगदान पुर्याउने यो इन्टरनेशनल कल प्याक ल्याउन पाउँदा हामी हर्षित छौ । लोकल कलको दरमा विदेशमा कुरा गर्न सकिने यो प्याकले ग्राहकलाई थप लाभ प्रदान गर्नेमा हामी विश्वस्त छौ, ”एनसेलका संवाद विज्ञ मिलन शर्माले भने । प्याकअन्तर्गत अन्तर्राष्ट्रिय कलको लागिप्राप्त टक टाइम सकिएपछि सम्बन्धित देशको लागि नेपालबाट कलगर्दा लाग्ने विद्यमानशुल्कलाग्नेछ । ग्राहकले एनसेलको आधिकारीक वेबसाइटमा गएर विभिन्न देशकालागिलाग्ने कलको शुल्क हेर्न सक्छन् । यस इन्टरनेशनलकलप्याकमाउपलब्ध टक टाइम २४ घण्टाको लागिमान्य हुनेछ । यस प्याकको लागिपल्स रेट ३० सेकेण्डको रहनेछ र ग्राहकले आफ्नो बाँकी रहेको टक टाइमकोे जानकारी लिनकालागि एस्ट्रिक्स१०१ह्यास डायल गर्न सक्नेछन् ।

एभरेष्ट इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा कमल गौतम नियुक्त

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा कमल गौतम नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिले गौतमलाई आगामी ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो । गौतमले असार ११ गतेदेखि कम्पनीको जिम्मेवारी समाल्ने बताएका छन् । १७ वटा निर्जीवन बीमा कम्पनी मध्ये सबैभन्दा पछाडि रहेको र अरु कम्पनीसँग प्रतिस्पर्धामा नरहेको यस कम्पनीलाई प्रतिस्पर्धी बनाउने गौतमले बताए । २६ वर्षसम्म बैकिङ पेशामा क्रियाशिल गौतमको लागि बीमा नितान्त नयाँ पेशा हो । ‘अनुभवको दृष्टिले बीमा मेरो लागि नितान्त नयाँ क्षेत्र हो । मनमा नयाँ कामप्रति उत्सुकता हुनुका साथै सफलता पूर्वक जिम्मेवारी निर्वाह गर्ने चुनौति पनि उत्तिकै छ’ गौतमले विकासन्युजसँग भने-समस्यामा परेको इन्फ्राष्ट्रक्चर डेभलपमेन्ट बैंक सुधारमा पाएको सफलताले एभेरेष्ट इन्स्योरेन्स कम्पनी पनि सुधार गर्ने आँट र अठौत मसँग छ ।’ नेपाल ग्रिनलेज बैंकबाट बैकिङ पेशामा प्रवेश गरेका गौतमले हिमालयन बैंक, नेपाल बंगलादेश बैंक, सनराईज बैंक, एनसीसी बैंक, एनआईसी एशिया हुुँदै इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत भएका थिए । इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक एनसीसी बैंकमा विलय भएपछि उनी एनसीसी बैंकमा डीजीएम थिए ।

एभरेष्ट बैंकको ८९औँ एटिएम सेवा किर्तिपुरमा

काठमाडौं । एभरेष्ट बैंकले किर्तिपुरमा आफ्नो ८९औँ एटिएम सेवा उद्घाटन गरेको छ । उक्त सेवाको उद्घाटन किर्तिपुर नगरपालिकाका मेयर रमेश श्रेष्ठ र एभरेष्ट बैंकको प्रमुखकार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्त रुपमा गरेका हुन् । उक्त कार्यक्रममा स्थानिय विशिष्ट व्यक्ति लगायत बैंकका अन्य पदाधिकारीहरुको पनि उपस्थिति थियो । बैंकका नायव महाप्रबन्धक राजीब जैनले बैंकको सेवा बिस्तार गर्ने रणनीति अन्तर्गत, आगामी दिनहरुमा बैंकले देशका विभिन्न स्थानमा नयाँ आउटलेटहरु खोल्ने योजना लिएको जानकारी दिए । हाल बैंकले नेपाल भरी आफ्ना ८९ एटिएम, ६०वटा शाखाहरु, ६ एक्सटेन्सन काउन्टर र २५ राजश्व संकलन काउन्टरका साथै भारतमा पन्जाब नेशनल बैंकको ७००० भन्दा बढि एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

जेटटिइ ब्लेड ए २ प्लस स्मार्टफोन नेपाली बजारमा, मुल्य २३ हजार ९ सय रुपैयाँ मात्र

काठमाडौं । नेपालका लागि जेटिइ मोबाइल ब्रान्डको अधिकृत विक्रेता इभोलुशन इन्टरप्राइजेज प्रा.लि.ले जेडटिइ ब्लेड ए२ प्लस स्मार्टफोन बजारमा उपलब्ध गराएको छ । उच्चतम मेमोरी र उत्कृष्ट ब्याट्री ब्याकअप चाहनेको लागि जेडटिइ ब्लेड ए २ प्लस लक्षित गरिएको छ । यसमा ४ जिबी र्यामको प्रयोग गरिएकाले फोन द्रुत गतिमा चल्नुका साथै ठूलो गेम खेल्न, वेब ब्राउजिङ गर्न तथा मल्टि टास्किङ स्मार्टफोन उपयुक्त छ । ३२ जिबीको इन्र्टनल स्टोरेजलाई १२८ जिबीसम्मको एसडीकार्ड प्रयोग गरेर बढाउन सकिने सुविधा रहेको छ । स्मार्टफोनमा १.५ गिगाहर्जको अक्टा-कोर मिडियाटेक एमटि ६७५० टि प्रोसेसर प्रयोग गरिएको छ । यसैगरी, ब्लेड ए२ प्लसको अर्को शक्तिशाली फिचर भनेको यसमा प्रयोग भएको ५००० एमएएचको नन रिमुभेबल ब्याट्री हो । यति ठूलो क्षमताको ब्याट्री ब्याकअप चाहनेका लागि यो स्मार्टफोन उत्कृष्ट रोजाइ हो । यसले ओटिजी रिभर्स चार्जिङ प्रविधि पनि प्रयोग गरिएको छ, जसले चाडै व्याट्री चार्ज हुनेछ । ब्लेड ए२ प्लसमा ५.५ इन्चको एचडी डिस्प्ले (१०८०×१९२० पिक्सेल रेजोेलुशन) र ४०१ पिक्सेल डेन्सिटी रहेको छ । यसले गर्दा सफा पिक्चर डिस्प्ले हुन्छ । ठूलो स्क्रिन भए पनि कम पावर खपत गर्दछ । जेडटिइ ब्लेड ए२ प्लसको एउटा आकर्षक पक्ष क्यामेरा हो । फोनमा १३ मेगापिक्सलको रियर पिडिएपएफ क्यामेरा र सेल्फीका लागि ८ मेगाफिक्सलको क्यामेरा प्रयोग गरिएको छ । क्यामेरामा ०.३ फेज-डिटेक्सन अटो-फ्लास, ०.३ सेकेन्डमा एकुरेट फोकसिङ, दौडिरहेका वस्तु वा मानिसको तस्विर सटिक तस्विर लिन, तथा पानोरोमा सेल्फीजस्ता फिचरहरु रहेका छन भने फ्रन्टमा स्क्रिन फ्लास पनि प्रयोग गरिएको कम्पनीले जनाएको छ । स्क्रिन फ्लासबाट रातिको समयमा नेचुरल फोटो खिच्नको लागि स्मार्टफोनको पूरै स्क्रिनबाट फ्लास आउदछ । पानोरोमा सेल्फी फिचर भएकाले वाइड-एङ्गल तस्विरहरु लिन सकिने छ । स्मार्टफोनका अन्य फिचरहरु डुअल सिम सपोर्ट (थ्रिजी/फोरजी), एक्सेलेरोमिटर सेन्सर, प्रोक्सिमिटी सेन्सर, कम्पास, हल सेन्सर, एफएम रेडियोलगायतका फिचरहरु रहेका छन् । नेपाली बजारमा यसको मुल्य २३ हजार ९ सय रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

भार्गव विकास बैंकको बिक्री प्रवन्धकमा एनएमबि क्यापिटल नियुक्त

काठमाडौं । भार्गव विकास बैंक लिमिटेडले हकप्रद सेयर निष्काशन तथा बिक्री प्रवन्धकमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बिहीबार बैंकले २१ लाख १२ हजार कित्ता हकप्रद सेयर जारी गर्नको लागि काठमाडौंको नागपोखरीमा रहेको उक्त क्यापिटलाई बिक्री प्रवन्धकमा नियुक्त गर्ने सम्झौता गरेको हो । उक्त कार्यका लागि भार्गव विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्कर राज जोशी तथा एनएमबि क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । साथै, एनएमबि क्यापिटलले निकट भविष्यमा बैंकको उक्त हकप्रद शेयर निष्काशन गर्ने बताएको छ ।

भूकम्प पीडितलाई त्रिपाल अभाव, ३० करोडको जस्तापाता गोदाम मै

काठमाडौं । भूकम्प पीडित जनताले दोश्रो बर्षातः पनि त्रिपाल मुनी बिताउनुपर्ने अवस्था श्रृजना भैरहँदा तीनै भूकम्प पीडितका लागि भनेर खरिद गरिएको करोडौं मुल्यको जस्तापाता भने गोदाममै थन्किएर बसेको छ । यति मात्रै होइन, त्यहि जस्तापाताका बिषयमा अर्थ मन्त्रालय र आपुर्ति मन्त्रालयबिच वाक युद्ध नै चलिरहेको छ । तत्कालिन प्रधानमन्त्री सुशिल कोइरालाको अध्यक्षतामा बसेको दैवी प्रकोप उद्धार समिति बैठकले साल्ट ट्रेडिङलाई जस्तापाता खरिद गरेर भूकम्पले भत्काएका सरकारी संरचना निर्माणमा उपलब्ध गराउन निर्देशन दिएको थियो । सोही निर्णयका आधारमा साल्ट ट्रेडिङले ३० करोड मूल्यमा ५० हजार बण्डल जस्तापाता खरिद गरेको थियो । सरकारी विद्यालय, स्वास्थ्य चौकी र सरकारी भवनहरु निर्माणका लागि जस्तापाता बेच्ने जिम्मेवारी पाएको ट्रेडिङले सो जस्तापाता अझै बेच्न सकेको छैन् । सो अवधीमा ट्रेडिङले ब्याज मात्रै ४ करोड ६७ लाख तिरिसकेको छ । त्यस्तै भण्डारण लगायतका लागि पनि ट्रेडिङले ६ करोड ६८ लाख तिरेको छ । ट्रेडिङले जस्तापाता आफुखुसी बेच्न नदिएर अर्थ मन्त्रालयले आफुलाई ठुलो नोक्सानी पुर्याएकाले ११ करोड ६७ लाख क्षतिपुर्ति मागिरहेको छ । तर अर्थ मन्त्रालयले भने त्यसमा आफ्नो कुनै दायित्व नरहेको दावी गर्दै आएको छ ।‘साल्ट ट्रेडिङ व्यापारका लागि स्वतन्त्र निकाय हो, उसको नाफा वा घाटासँग हामीलाई मतलब छैन’, अर्थ मन्त्रालयका सह सचिव गणेशप्रसाद पाण्डेले भने । तर साल्ट ट्रेडिङकी प्रबन्ध निर्देशक उर्मिला श्रेष्ठले भने अर्थ मन्त्रालयकै कारण आफुहरुले जस्तापाता बेच्न नपाएकाले त्यसको नोक्सानी वापतको क्षतिपुर्ति पाउनुपर्ने बताइन् ।

प्रभु बैंकको १४ करोडको प्रमोटर सेयर बिक्री, बिहीबार ६७ करोडको सेयर कारोबार

काठमाडौं । बिहीबार सबैभन्दा बढी प्रभु बैंकको १४ करोड १२ लाख रुपैयाँ बराबरको प्रमोटर सेयर कारोबार भएको छ । सो दिन यस बैंकको प्रमोटर सेयर प्रतिकित्ता २०१ रुपैयाँमा कारोबार भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा स्थिर रहेको छ । त्यस्तै, यस बैंकको पब्लिक सेयर पब्लिक सेयर प्रतिकित्ता ३३९ देखि ४०३ रुपैयाँसम्ममा किनबेच भएको छ । बजार बन्द हुँदा बैंकको पब्लिक सेयर प्रतिकित्ता ४०० रुपैयाँ रहेको छ । जुन रकम अघिल्लो दिनको तुलनामा २ अंकले बढी हो । बिहीबारको सेयर बजारमा ६७ करोड १८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस दिन करिब १३९ कम्पनीको १५ लाख ७७ हजार कित्ता सेयर किनबेच भएको छ । सो दिन नेप्से परिसूचक ४ दशमलब ८० अंकले बढेर १५५९ दशमलब ४९ अंकमा पुगेको छ । बजारमा बीमा बाहेक बाँकी समूहको परिसूचक सामान्य अंकले उकालो लागेका छन् । बीमा समूहको परिसूचक भने ३३ अंकले ओरालो लागेको छ ।

कतार एयरवेजलाई चौथौँ पटक एयरलाइन अफ द इयरको उपाधी, विश्वको छनोटमा पर्न सफल

पेरिस । पेरिस एयर शोमा आयोजित बहुप्रतिष्ठित २०१७ स्काइट्र्याक्स वल्र्ड एयरलाइन एवार्डमा कतार एयरवेजलाई एयरलाइन अफ द इयर उपाधीद्वारा सम्मानित गरिएको छ । वैश्विक स्तरमा विश्वकै उत्कृष्ट एयरलाइनको उपाधी कतार एयरवेजलाई प्रदान गरिएको यो चौथौँ पल्ट हो । विश्व भरका यात्रीद्वारा प्रदान गरिएको भोटका आधारमा उत्कृष्ट एयरलाइनको उपाधीका साथै कतार एयरवेजले बेष्ट एयरलाइन इन द मिडल इष्ट, वल्र्ड्स बेष्ट बिजनेश क्लास र बेष्ट फस्र्ट क्लास एयरलाइन लाउन्ज लगायत प्रमुख उपाधीपनि हात पार्न सफल भएको छ । कतार एयरवेजको ‘होम एण्ड हब’ हमाद ईन्टरनेशनल एयरपोर्टलाई यस बर्षपनि स्काइट्र्याक्सद्वारा पाँच तारेको उपाधी प्रदान गरिएको छ । यो उपाधी हमाद ईन्टरनेशनल एयरपोर्ट लगायत विश्वका अन्य ४ विमान स्थललाई मात्र प्रदान गरिएको छ । कतार एयरवेजलाई प्रदान गरिएको विश्वकै उत्कृष्ट विमान स्थलको यो उपाधी आफ्ना यात्रीहरुको अटुट विश्वासको प्रमाण भएको कतार एयरवेजका गु्रप चिफ एक्जेक्यूटिभ महामहिम अकबर अल बाकरले बताए । ‘यात्रीलाई पूर्ण सन्तुष्टि प्रदान गर्ने हाम्रो निरन्तर प्रयासको सम्मानका रुपमा हामीले यसलाई लिएका छौँ’, उनले भने ‘यात्रीहरुको प्रत्यक्ष भोटका आधारमा प्रदान गरिएको यो उपाधीले हाम्रा लागि अहम महत्व राख्छ । यसका लागि हामी तिनलाई धन्यवाद ज्ञापन गर्दै थप सेवा गर्ने मौका प्रदान गर्नेमा आशावादी छु ।’ अवार्डका बारेमा बोल्दै अनधिकृत रुपमा लगाइएको फ्लाइट बन्देजको समयमा प्राप्त यो अवार्ड आफू वा एयरलाइनको लागि नभइ समग्र देशका लागि भएको बताए । गत बर्ष वल्र्ड्स बेष्ट बिजनेश क्लास, बेष्ट बिजनेश क्लास लाउन्ज र बेष्ट एयरलाइन स्टाफ सर्भिस ईन द मिडल इष्ट उपाधी हात पार्न सफल कतार एयरलाइन्सले वैश्विक विस्तार योजना, प्रडक्ट डेभलपमेण्टका क्षेत्रमा थप आशातित नतिजा हात पार्दै आइरहेको छ । साथै, यही हप्ता सेवा सञ्चालन गर्नु पूर्व कम्पनीको पूर्णरुपमा तयार विमानलाई पेरिस एयर शोमा समेत प्रदर्शित गरिने विज्ञप्ति मार्फत जानकारी दिइएको छ ।