विकासन्युज

वायुसेवा निगमलाई जहाज भाडामा दिन भुटान एयरलान्सले बाजी मार्यो, दुई महिने जहाज भाडाको सम्झौता भोली

काठमाडौं । नेपाल वायुसेवा निगमलाई जहाज भाडमा दिन भुटानी र युक्रेनी वायुसेवाबीचको प्रतिस्पर्धामा भुटानी वायुसेवाले बाजी मारेको छ । निगमले जहाज भाडामा लिन मागेको प्रस्तावमा भुटानको टासी गु्रप अन्तर्गतको भुटान एयरलाइन्स र युक्रेनको टुवेल्भ स्टार एभिएसन अन्तर्गतको स्टार एयरलाइन्सले प्रस्ताव पेश गरेका थिए । यी दुई वायुसेवाको प्रस्तावमा प्राविधिक र आर्थिक दुबैमा भुटान एयरलाइन्सको उपयुक्त पाइएको निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले जानकारी दिए । निगमले मागेको वेट लिज (जहाजसहित क्याविन क्रुको टोली)को प्रस्ताव उपयुक्त भएकोले भोली बुधबार सम्झौता हुने भएको छ । निगमले भुटान एयरलान्सबाट एयरवसको ए३२० नामक १५० सिट क्षमताको जहाज भाडामा लिन लागेको हो । भुटान एयरलाइन्ससँग ए३१९ नामक १२२ सिट क्षमताको जहाज पनि रहेको छ । निगमको तयारी अनुसार एउटा ए३२० जहाजबाटै निगमको उडान हुने गरी सम्झौता हुने भएको छ । भुटान एयरलाइन्स भुटानको पहिलो निजी क्षेत्रबाट सञ्चाललिन जहाज पनि हो । निगमका अनुसार यो वायुसेवाले कति मूल्यमा मासिक उडान गर्ने भएको छ भन्ने जानकारी भने भोली वायुसेवा निगम र भुटान एयरलाइन्सबीच हुने दुईपक्षिय सम्झौतापछि मात्रै सार्वजनिक गरिने जानकारी दिए । निगमका अनुसार भुटान एयरलाइन्सको जहाज भाडामा लिने सुनिश्चित भएको छ । हामीसँग भएको २ वटा एयरवस नियमति उडानमै रहेकोले थप जनशक्ति नभएकोले पनि निगमले वेट लिजमा जहाज लिन लागेको हो । जहाजसँगै भुटान एयरलाइन्सकै पाइलट, इन्जिनियर, एयरहोस्टेज हुनेछन भने नेपाली यात्रुलाई सेवा दिने काम मात्रै हुने भएको छ । यो जहाज भाडामा लिएवापन मासिक तोकिएको शुल्क तिर्ने र त्यसबाट आएको लाभ सबै निगमलाई हुने भएकोले पनि उल्लेख छ । निगमसँग भएको २ वटा १९० पसट क्षमतको बोइङलाई आवश्यक मर्मत गर्नुपर्ने भएकोले पनि जहाज भाडामा लिन लागेको हो । निगमले हरके १८ महिनामा गर्नुपर्ने इन्जिन बाहेककको सम्पूर्ण मर्मत सिचेकका लागि सिंगापुर पठाउँर्दै छ । सिचेकका लागि कम्तिमा एक महिना लाग्ने भएकोले पनि सो समयमा भाडामा लिएको जहाजबाट नियमतिउडान नरोकिने गरी सेवा प्रदान गरिने भएको छ । निगमको अर्को एउटा बोइङ भने विक्रीका लागि राखिएको छ । निगमले भाडामा लिएको जहाजबाट मलेसियाको क्वालालाम्पुर, कतारको दोहा, भारतको दिल्ली र बैंगलोरसहितका हाल उडान गरिरहेकै गन्तव्यमा सेवा दिने जानकारी दिएको छ । निगमले भाडामा लिने जहाज भने आगामी साउन २ गतेबाट मत्रै लिने भएको छ । निगमसँग हाल १५८ सिट क्षमताको एयरवसको ए३२० नामक दुईवटा न्यारोवडी जहाज उडानमा छ ।

भरतपुर १९ को पुनः मतदान सम्बन्धी मुद्दा गोपाल पराजुली र हरिकृष्ण कार्कीको बेञ्चमा

काठमाडौं । भरतपुर महागरपालिका वडा नम्बर १९ मा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय विरुद्ध परेको मुद्धा कायम मुकायम प्रधान न्यायधिश गोपाल पराजुली र हरिकृष्ण कार्कीको बेञ्चमा परेको छ । यस अघि २२ गते न्यायधिश चोलेन्द्र शमशेर जबराको एकल इजलासले पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको थियो । नेकपा(एमाले)को तर्फबाट वडा नम्बर १९ मा खुल्ला सदस्य पदका उम्मेदवार गुञ्जमान बि.कले पुनः मतदान गराउने निर्णय खारेज गरि मतगणनाको माग गर्दै जेठ २१ गते सर्वाेच्च अदालतमा मुद्धा दायर गरेका थिए । चोलेन्द्र शमशेरले २८ गतेका लागि पेशी तोकेका थिए । न्यायधिश विश्वम्भर प्रसाद श्रेष्ठ र प्रकाश मानसिंह राउतको बेञ्चमा परेको सो मुद्धा हेर्दा हेर्दैमा राखिएको थियो ।  

एक बर्षमै तेश्रो जन्मः गोपाल पराजुलीका नाममा आठौं आश्चर्य

काठमाडौं । मान्छे एक पटक जन्मन्छ र एक पटक मर्छ पनि । यो प्राकृतिक नियम नै हो । ठूला दुर्घटनाहरुबाट बाच्न सफल भएकाहरुलाई दोश्रो जन्म मान्ने चलन छ । नेपालमा एक जना यस्ता पात्र छन् जसले तेश्रो जन्म पाएका छन् तर उनले पाएको थप २ वटा जन्मसँग न कुनै ठूलो दुर्घटना जोडिएको छ न त कुनै ठूलो रोगको अचानक निदान नै । यसरी संसारकै लागि आठौं आश्चर्यको इतिहास रच्न सफल भएका व्यक्ति हुन गोपाल पराजुली । तीनै पराजुली केहि समयपछि नै सर्वाेच्च अदालतको प्रधानन्यायधिसको कुसीमा आसिन हुँदैछन् । पौने तीन करोड नेपालीलाई न्याय दिलाउने कुर्सीमा आसिन हुनै लागेका पराजुलीले एक वर्षको अवधिमै तीन पटक जन्म लिएको तथ्यहरुले देखाउँछ । उनलाई अतिरिक्त २ वटा जन्म दिलाउने कुनै ईश्वरीय शक्ति वा उनका अविभावक भने होइनन् । पराजुली आफैंले तीन पटक जन्म लिएको प्रमाणहरु तयार पारेका हुन् । २०३० साउन २१ गते जारी गरिएको नागरिकतामा उनको उमेर २१ वर्ष लेखिएको छ । जन्म मिति नखुलाएर उमेर मात्रै लेखिएको सो नागरिकताका आधारमा पराजुलीको जन्म २००९ सालमा भएको देखिन्छ । तर पराजुलीले २०६७ साल मंसिर ९ गते नागरिकताको अर्काे प्रतिलिपी बनाएका छन् । सो प्रतिलिपिमा उनको जन्म २०१० बैशाख १६ गते भएको उल्लेख छ । त्यसो त पराजुलीले सर्वाेच्च अदालतमा बुझाएको कागजातमा पनि उनको जन्म २००९ साल साउन २१ गते लेखिएको थियो । उनको पेन्सन पट्टामा भने जन्म मिति २०१० साल बैशाख १३ गते लेखिएको छ । यसरी गोपाल पराजुली एक वर्षमै तीन पटक जन्म लिने ऐतिहासिक व्यक्ति बन्न सफल भएका छन् । आफ्नै हात जगन्नाथ पराजुलीले आफ्नै नेतृत्वमा बसेको न्यायपरिषद बैठकबाट आफ्नो तीन वटा जन्ममध्ये सबै भन्दा कान्छो मिति अर्थात २०१० साल बैशाख १६ गतेलाई बैधानिकता दिलाएका छन् । अदालत भनेको जनताको अन्तिम आस्थाको केन्द्र हो तर त्यहि अदालतको नेतृत्वमा बस्नेहरुले आफ्ना लागि जस्तो सुकै निर्णय गराउने प्रवृत्तिले अदालत प्रतिको जन विश्वासमा ह्रास आउने जानकारहरू बताउँछन् । पराजुलीको उमेर सम्बन्धी विवाद न्याय परिषदमा पुगेको थियो, तर पराजुलीले आफ्नै नेतृत्वको बैठकबाट आफ्नो उमेर सच्याए । आफुले आफैंलाई न्याय दिने नियम पनि सायद संसारमा आठौं आश्चर्यमै पर्ला । सायद यसैलाई भन्छन होला–आफ्नो हात जगन्नाथ पनि ।

दार्जिलिङमा सबै सञ्चारमाध्यम बन्द

इलाम । अलग गोर्खाल्याण राजयको माग गर्दै पश्चिम बंगालको दार्जिलिङ र आसपासमा निरन्तर भइरहेको अनिश्चितकालीन बन्द र प्रदर्शनपछि बंगाल सरकारले इन्टरनेट प्रदायक कम्पनीलाई पत्र लेखेरै सेवा बन्द गर्न निर्देशन दिएको छ। इन्टरनेट बन्द भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ता र कतिपय सेवा प्रदायक समेत मारमा परेको गोर्खा जनमुक्ति मोर्चाका सहसचिव विनय तामाङले जानकारी दिनुभयो। उहाँले बंगाल सरकारको सो कदमलाई ‘राज्य आतंक’ को संज्ञा दिनुभएको छ। बंगाल सरकारले इन्टरनेटको कारण हिंसा भड्कने भन्दै सेवा बन्द गर्न निर्देशन दिएको हो। बंगाल सरकारको पहाड तथा गृह मामिला विभागले पत्रप ठाएर सेवा बन्द गर्न लगाएको हो। आन्दोलनकारीले फोटो र भिडियो मार्फत सूचना प्रवाह गरेको बंगाल सरकारको विश्लेषण पछि सेवा बनद गरेको हो। शनिबार प्रदर्शनकारी र बंगाल प्रहरीबीच भएको भिडन्तमा तीन जनाको मृत्यु भएको खबरलाई अवेरसम्म प्रशासनले लुकाएपछि मोर्चाका कार्यकताले भिडियो र तस्बिर सार्वजनिक गरेका थिए। त्यसपछि मात्र प्रशासनले तीन जनाको मृत्यु भएको स्वीकार गरेको थियो। बंगाल सरकारले दार्जिलिङर आसपासमा आइतबारसम्म तीनजना भन्दा बढी भेला नहुन आदेश दिए पनि दैनिक प्रदर्शन भइरहेको छ। सोमबार पनि दार्जिलिङका विभिन्न स्थान, कालेबुङ खरसाङमिरिक लगायतका सहरमा मौन जुलुस निस्केको मोर्चाकी नेतृ निरा शर्माले जानकारी दिनुभयो। बंगाल प्रहरीले बिहीबार बिहान गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष एवम् गोर्खा टेरीटोरीयल एडमिनिस्टेटीव९जिटिए० प्रमुख विमल गुरुङको दार्जिलिङस्थित घर र कार्यालयमा छापा मारेर तोडफोड गरेपछि भड्किएको आन्दोलनमा प्रहरीले हस्तक्षेप गर्दा शनिबार तीन जनाको मृत्यु भएको थियो। मोर्चाको आव्हानमा चलो पातलेवाँस अभियानको दोस्रो दिन मोर्चाको नारी मोर्चाले निकालेको डण्डी मोर्चामा प्रहरीले हस्तक्षेप गरेपछि भड्किएको मोर्चाका कार्यकर्ताले ढुङ्गा प्रहार गरेपछि प्रहरीले दार्जिलिङको विजनवारी नजिक प्रहरीले गोली चलाउँदा तीन जनाको मृत्यु भएको थियो। मृतकको नाममा सहरका विभिन्न स्थानमा विद्यार्थी मोर्चाले केण्डील जुलुस निकालेको मोर्चाकी कार्यकर्ता अनिता बस्नेतले जानकारी दिनुभयो। अन्नपूर्ण पोस्टबाट ।

चुनावी राैनककाे प्रभाव: मधेशी दलका नेता उपेन्द्र र महन्थबीचमै विवाद, एउटै पदमा आमा छोरी भिड्दै

काठमाडौं । चुनावमा होमिएको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र चुनाव विथोल्न आन्दोलनमा उत्रिको राजपा नेतृत्वबीच द्धन्द्ध बढ्न थालेको छ । राजपाका नेताहरुले अहिले कांग्रेस, एमाले र माओवादीका नेतालाई भन्दा फोरम नेपालका अध्यक्ष यादवलाई बढी गाली गर्ने गरेका छन् । यादवले पनि राजपाका केन्द्रीय तथा स्थानीय कार्यकर्तालाई प्रायः दिनदिनै आफ्नो पार्टीमाा प्रवेश गराईरहेका छन् । यादव अहिले पनि पार्टी प्रवेश कार्यक्रम व्यस्त छन् । यसकारण पनि रजापाक नेताहरु यादवसंग आक्रिशित भएका हुन् । आमा छोरी एउटै पदमा भिड्दै खोटाङ । स्थानीय तहको निर्वाचनका लागि खोटाङमा फरक पार्टीबाट एउटै पदमाा आमा छोरी चुनावी मैदानमा उत्रिएका छन् । बाह्रपोखरी गाउापालकिा ३ साउनचौरमा दलित महिला सदस्य पदमा आमा र छोरीले मनोनयन दर्ता गराएको हुन् । आमा मनमाया बिक र छोरी अनिता बिकले मनोनयन दर्ता गराएका छन् । साकिको साउनेचौर ५ की आमा मनमायाँलाई नेपाली कांग्रेसर छोरी अनितालाई नेकमा माओवादी केन्द्रले वडा सदस्यमा टिक दिएको हो । दोधारमा थवाङबासी विगतमा निर्वाचनका बेला अलग निर्णय गरेर छुट्टै इतिहास बनाएको थवाङमा यतिबेला चुनावी सरगर्मी बढेको छ । सधैं एकजुट बनेर विद्रोह गर्ने यहाँको राजनीतिमा स्थानीय निर्वाचनका कारण विभाजनको रेखा कोरिन थालेको छन्। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको बाहुल्य रहेको थवाङमा यतिखेर माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एमाले र स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । नेकपाले थवाङमा कुनै पनि उम्मेदवार आफ्नो नभएको दाबी गरे पनि उसकै विद्यार्थी संगठनका नेताले स्वतन्त्र उम्मेदवारी दिएका छन्। मतदानको दिन नजिकिँदै गर्दा थवाङवासी दोधारमा परेका छन् । हिजोसम्म सबै एक हुने गरेकोमा चिनजानका मान्छे नै फरकफरक राजनीतिक झन्डा लिएर चुनावमा आएपछि थवाङवासी कसलाई भोट दिने भन्ने अन्योलपमा परेका हुन् । नागरिक दैनिकबाट ।

ब्लड बैंकबाट लिएकै रगत असुरक्षित, रगत लिँदा १६ वर्षे युवालाई एचआईभी सर्‍यो

काठमाडौं । हरेक महिना रगत चढाउनुपर्ने रोगबाट पीडित एक १६ वर्षे युवामा हालै परीक्षण गर्दा एचआईभी एड्स संक्रमण देखिएको छ। ‘चढाइएको रगतबाट ती युवालाई एचआईभी एड्स संक्रमण हुन पुगेको हो,’ उपचारमा संलग्न कान्ति बाल अस्पतालका डा. अजित रायमाझीले भने, ‘मुलुकमा संकलित रगत सुरक्षित छैन। उपयोगकर्तामा एचआईभी, हेपाटाइटिस बी र सीलगायत अन्य रक्तजन्य संक्रमण देखिँदै आएको छ।’ रगतको माग बढ्दै गए पनि ब्लड बैंकहरुले गतिलो जाँच (स्क्रिनिङ) नगर्दा यस्ता संक्रमणको जोखिम बढेको हो। ‘ब्लड बैंकले रगतको स्क्रिनिङमा थप ध्यान नदिएसम्म रगतजन्य संक्रमणबाट प्रभावित हुनेको संख्या वृद्धि हुँदै जाने देखिन्छ,’ डा. रायमाझीले भने। रगत चढाइएकै कारण संक्रमित हुनेको संख्या बढे पनि यसको आधिकारिक तथ्याङ्क सरकार र स्वास्थ्य संस्थाहरु दुवैसँग छैन। कान्तिपुर दैनिकबाट ।

कपडा सिलाउँदै पढेर पनि डाक्टर, दुःखले पढ्दा पनि एमबिबिएस टप

फाइल फाेटाे काठमाडौं । परिवारको नाममाा एक टुक्रो जमिनसमेत थिएन । दिनभर अर्काको कपडा सिलाएर कमाएको दुईचार रुपैयाँका भरमा भाडाको कोठामा चारजनाको परिवार पाल्नु बाबु गंगारामको दायित्व थियो । त्यही कामका लागि पनि दीर्घ रोगी बाबुलाई साँझबिहान र विदाको समय सिलाईमा सघाएर बचेको समय स्कुलका लागि हुन्थ्यो । जति नै दुःख गरे पनि लेटाङ मोरङ्का सुजितकुमार दर्नालको पढाईको भोक घटेन, बरु बढ्यो । त्यही भोकले विपन्न दलित परिवारमाा जन्मिएका उनी डाक्टर बने । त्रिविअन्र्तगत एक हजारभन्दा बढी डाक्टर विद्यार्थीलाई उछिन्दै उनी ८०. ८२ प्रतिशत अंक ल्याएर सर्वोत्कृष्ट भए । नेपालमै सबैभन्दा महंगो विषय चिकित्सा शिक्षा पढ्ने र सफलता पाउने कुरा निम्नवर्गीय परिवारमा जन्मिएको व्यक्तिको लागि कल्पनाभन्दा बाहिरको विषय थियो । डाक्टर बन्ने सोच त सोचेकै थिइन् । महेनतमात्रै गरे । सुजितले भने । समयले बाटो देखायो र डाक्टर बने । नागरिक दैनिकबाट ।

राष्ट्रपतिको तलब डेढ लाख, उपराष्ट्रपतिकोसमेत गरी मासिक खर्च २ लाख ६३ हजार रुपियाँ

काठमाडौं  । राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक पारित भएसँगै राष्ट्रपति र उपराष्ट्रपतिका लागि सरकारले मासिक खर्च करिब २ लाख ६३ हजार रुपियाँ बेहोर्ने भएको छ । ‍राष्ट्रपतिका लागि १ लाख ५२ हजार ५ सय ३४ रूपियाँ र उपराष्ट्रपतिका लागि १ लाख ९ हजार ६ सय १६ रुपियाँ मासिक खर्च हुने विधेयकमा उल्लेख छ। राष्ट्रपतिका लागि पारिश्रमिक शीर्षकमा मासिक एक लाख ५० हजार ४ सय ५० रूपैयाँ र पोसाक सुविधा शीर्षकमा २ हजार ८४ रूपैयाँ उपराष्ट्रपतिका लागि पारिश्रमिक शीर्षकमा मासिक एक लाख ८ हजार तीस रूपैयाँ र पोसाक सुविधा शीर्षकमा १ हजार ६ सय ६६ रूपैया उपलब्ध गराइने गरी विधेयक पारित भएको छ। यस्तै राष्ट्रपति तथा उपराष्ट्रपतिले स्वदेश भ्रमण गर्दा दैनिक ३ हजार ३ सय र विदेश भ्रमण गर्दा दैनिक भत्ता स्वरूप २५ हजार रूपैयाँ प्रदान गरिने उल्लेख छ। राष्ट्रपति र उपराष्ट्रपतिको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने भएको छ। यस्तै चाडपर्वको अवसरमा राष्ट्रपति र उपराष्टरपतिले आफूले खाइ पाइ आएको एक महिनाको पारिश्रकिम बराबरको रकम प्रत्येक वर्ष चाडपर्व खर्चको रूपमा उपलब्ध गराइने भएको छ। समाचार पत्रबाट