सेयर बजार उकालो लाग्यो, साढे ४० अंकले बढ्यो
काठमाडौं । आइतबार सेयर बजार ३ प्रतिशत बढेको छ । बजार साढे साढे ४० अंक बढेर नेप्से परिसुचक १ हजार २९१ अंकमा पुगेको छ । सबै परिसूचककको बजार बढेको छ । गत मंगलबारदेखि बढेको बजार आइतबासम्म कायम रहेको छ । अहिलेसम्म ५४ करोड २९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बजार बढ्न थालेपछि लगानीकर्ताको विश्वास बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकले लगानीयोग्य पुँजी भित्राउन विदेशी बैंकबाट कर्जा ल्याउन खुला गरेपछि ब्याजदर घट्ने अनुमानका आधारमा बजार बढेको हो । यस्तै बैंकिङ प्रणालीमा तरलता बढेको छ । ्र
विद्यार्थीलाई नियमित गर्न मासिक २०० दिदैं जडभरत विद्यालय
काठमाडौं । बेनी नगरपालिका–९गलेश्वरस्थित जडभरत आधारभूत विद्यालयमा विद्यार्थीलाई नगदसहितको सुविधा थप गरिएपछि विद्यार्थीलाई टिकाइराख्न र बीचैमा छाड्ने दर घटाउन सहज भएको छ । विद्यालयले वार्षिक न्यूनतम एक सय ६० दिन हाजिर हुने विद्यार्थीलाई वार्षिक रु दुई हजार ४०० दिन थालेपछि विद्यार्थी नियमित भएका छन् । प्रतिविद्यार्थी मासिक रु दुई सयसहित पाठ्य साम्रगी उपलब्ध गराउन थालिएपछि बीचमा नै विद्यालय छाड्ने विद्याथी पनि ह्वात्तै घटेको शनिबार विद्यालयमा आयोजित कार्यक्रमका सहभागीले बताएका छन् । विद्यालयले आयोजना गरेको वार्षिक परीक्षाको नतिजा सार्वजनिक तथा नगद सुविधा हस्तान्तरण कार्यक्रममा वक्ताले सामुदायिक विद्यालयमा सुविधा थप गरी अंग्रेजी माध्यममा अध्ययनअध्यापन, शिक्षकलाई समयानुकूल तालीमका साथै विद्यार्थीलाई अनुशासन र आचरणमा सुधार आउने विभिन्न कार्यक्रम सञ्चालन गर्न सकेमा निजी विद्यालयसँग प्रतिष्पर्धा गर्न सकिने बताएका थिए । विद्यालयमा मोना यूकेका उपाध्यक्ष खिम शेरचनको पहलमा रु २० लाखको अक्षय कोष स्थापना भएको छ । सोही कोषको ब्याजबाट विद्यार्थीलाई मासिक रु दुई सय प्रदान गरिएको हो । विद्यालयमा न्यून आय भएका मजदूरका छोराछोरी मात्र अध्ययन गर्छन् । रासस
डोनाल्ड ट्रम्पको टावरमा आगलागी १ जनाको मृत्यु ६ घाइते
काठमाडौं । अमेरिकी राट्रपति डोनाल्ड ट्रम्पको न्युयोर्कमा रहेको ट्रम्प टावरमा आगलागी भएको छ । आगलागीबाट १ जनाको मृत्यु हुनुको साथै ६ जना घाइते भएको बिबिसीले जनाएको छ । राष्ट्रपति ट्रम्पको निजी कार्यलय समेत रहेको टावरमा आइतबार आगलागी भएको हो । आगलागी के कारणबाट भएको भन्ने खुल्न सकेको छैन । आगलागी भएको समयमा ट्रम्प परिवारको कुनैपनि सदस्य नरहेको बताइएको छ । आगलागीको थप विवरण आउन बाँकी रहेको छ ।
टाईसुट लगाएर मात्र राम्रो होइन्न,मुटु बलियो हुनुपर्छ – सीर्इअाे शोभनदेव पन्त
शोभनदेव पन्त, प्रमुख कार्यकारी अधिकृत, बैंक अफ काठमाण्डू लिमिटेड शोभनदेव पन्त करिव आठ महिना अघिदेखि बैंक अफ काठमाण्डूको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा हुनुहुन्छ । व्यवस्थापन विषयमा मास्टर डिग्री हासिल गर्दा त्रिभुवन विश्वविद्यालयमा उत्कृष्ट भएर ‘गोल्ड मेडल’ पाउनु भएका पन्त विगत ३३ वर्षदेखि निरन्तर बैंकिङ क्षेत्रमा काम गर्दै आउनु भएको छ । संकटमा पुगेको लुम्बिनी बैंकलाई स्वस्थ्य बैंकको रुपमा रुपान्तरण गर्न सफल भएका, संस्थागत सुशासनमा खरो रुपमा उत्रने र वृहत अर्थतन्त्रबारे पनि अध्ययन र विश्लेषण गर्ने भएकाले बैकिङ क्षेत्रमा उहाँको नाम निकै आदरपूर्वक लिइन्छ । बैंक अफ काठमाण्डूले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट १३.५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । त्यसपछि पनि बैंकको चुक्ता पुँजी राष्ट्र बैंकको सीमाअनुसार न्यूनतम ८ अर्ब रुपैयाँ पुग्दैन । पछिल्लो वर्षमा यस बैंकको व्यवसाय वृद्धि पनि निकै सुस्त छ । बैंकहरुको भीडमा एक दशकअघि बैंक अफ काठमाण्डूको जति चर्चा हुन्थ्यो, अहिले त्यति छैन् । कुनै समय यस्तो थियो, नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा बढी सेयर कारोबार हुने कम्पनीहरुको सूचिमा जहिले पनि बैंक अफ काठमाण्डूको नाम आउँथ्यो । अचेल यस्तो सूचिमा बैंकको नाम विरलै देखिन्छ । बैंक अफ काठमाण्डू के गर्दैछ ? यहाँ भित्रको समस्या के हो ? प्रस्तुत छ विकासन्युजका लागि प्रधान सम्पादक रामकृष्ण पौडेलेले पन्तसँग गरेको विकास वहस । बैंक अफ काठमाण्डू र लुम्बिनी बैंक मर्ज भएर पनि राष्ट्र बैंकले तोकेको समयभित्र चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुगेन, यसको कारण के होला ? ६१ लाख कित्ता संस्थापक सेयर बढाबढ मूल्यमा बिक्री गर्यौ । त्यसबाट ६१ करोड रुपैयाँ पुँजी थपियो र अहिले बैंकको पुँजी ६ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । संस्थापक सेयर लिलामी गर्दा करिव ९३ करोड रुपैयाँ प्रिमियम संकलन भएको छ । गत आर्थिक वर्षको नाफा ८२ करोड ७५ लाख रुपैयाँ छ । गत वर्षको वासलात बैंक सञ्चालक समितिबाट स्वीकृत भएको छ । राष्ट्र बैंकबाट स्वीकृत भएर आउन मात्र बाँकी छ । यी सबै गरेर चुक्तापुँजी ८ अर्ब २८ लाख रुपैयाँ हुन्छ । ८ अर्ब पुँजी पुगेन भन्ने समस्या बैंक अफ काठमाण्डूमा छैन । ९३ करोड प्रिमियमलाई चुक्ता पुँजी कसरी गणना भयो ? पुँजी भनेको सेयरधनीको पैसा हो । प्रिमियम बापत आएको पैसा सेयरधनीको पैसा हो । त्यो पैसा बैंकको खातामा जम्मा भईसकेको छ । त्यसलाई पुँजी नमान्नु पर्ने कुनै कारण नै छैन । कुनै पनि नर्मस्बाट त्यो पुँजी हो । प्रिमियमबाट जम्मा भएको ९३ करोड रुपैयाँ पुँजीको रुपमा नै लिनुपर्छ भनेर हामीले राष्ट्र बैंकलाई अनुरोध गरेका छौ । त्यो ९३ करोड रुपैयाँलाई अहिले नै इक्विटिमा कन्भर्ट गर्न मिल्दैन थियो ? तपाईको प्रश्नलाई यसरी बुझौ । हामीले एफपीओको प्रक्रिया १ वर्ष अघिदेखि नै गरेका थियौ । यो विषयमा राष्ट्र बैंक लगायत सबै नियामक निकायहरु जानकार छन् । तर विभिन्न कारणले त्यो प्रक्रियाले लामो समय लियो र केही महिनाअघि मात्र सम्पन्न भयो । हामीले गत असार मसान्तको वासलातलाई अन्तिम रुप दिदैछौं । अवस्था के हो भने राष्ट्र बैंकले तोकेअनुसार पुँजी खातामा आईसकेको छ, एउटा शिर्षकबाट अर्को शिर्षकमा लैजान मात्र बाँकी हो । त्यसैले यसलाई रिकक्नाईज गरेर जान हामीले राष्ट्र बैंकलाई अनुरोध गरेका छौं । मलाई लाग्छ, राष्ट्र बैंक पनि यसमा सहमत हुन्छ । बैंक अफ काठमाण्डू र लुम्बिनी बैंकबीच मर्जरले यो बैंकलाई के फाइदा भयो ? पहिलो फाइदा भनेको चुक्ता पुँजी पुर्याउनको लागि हकप्रद सेयर निष्काशन गर्नु परेन । २०७५ असार मसान्तको नाफाबाट हामीले सेयरधनीलाई नगद लाभांश दिनेछौं । मर्जरपछि विजनेश कन्सोलिडेशन भएको छ । ट्यालेन्ट कन्सोलिडेशन भएको छ । खर्च घटाउने र इफिसियन्सि बढाउने काम भएको छ । कस्टुमरबेस राम्रो भएको छ । सेवा दिने क्षमता विकास भएको छ । गाडी आफ्नो कुसन, एब्जर्व क्यापासिटी मेन्टेन गर्दै निरन्तर अगाडि बढिरहेको छ । बैंकले आगामी वर्ष सेयरधनीलाई कति लाभांश दिन सक्छ ? सेयरधनीलाई औषत १०/१५ प्रतिशत लाभांश दिन सकिन्छ । ४/५ वर्षपछि २० प्रतिशतसम्मको लक्ष्य लिएर काम गरिहेका छौं । बैंक अफ काठमाण्डूको विजनेश ग्रोथ ज्यादै कम भयो, यो बैंक ज्यादै टेडिशनल भयो भन्ने टिप्पणी बजारमा सुनिन्छ । व्यालेन्ससिटले पनि त्यो देखाउँछ । किन यस्तो भईराखेको छ ? सबै गाडी प्रतिघण्टा १२० किलोमिटरको गतिमा गुड्छन् भन्ने छैन । सबै गाडी दुर्त गतिमा गुड्नुपर्छ भनेर हामीले सोच्नु पनि हुँदैन । गाडीको अवस्था कस्तो छ, सडकको अवस्था कस्तो छ ? ब्रोकिङ सिस्टम कस्तो छ ? गाडीको इन्जिन कस्तो छ ? फ्यूल कस्तो छ ? यी सबै विषयमा चालक सचेत हुनुपर्छ । बैंकको विजनेश हरेक वर्ष ४० प्रतिशत, ५० प्रतिशत, ६० प्रतिशतले हुनुपर्छ, नाफा पनि त्यसरी नै बढ्नुपर्छ, सेयरधनीले पनि त्यत्तिकै नाफा पाउनु पर्छ भनेर सोच्नु नै गलत हो । बैकिङ क्षेत्रको ग्रोथ भनेको आर्थिक वृद्धिसँग तुलना गरिनुपर्छ । देशको आर्थिक नीति कस्तो छ ? मौद्रिक नीति कस्तो छ ? वृहत अर्थतन्त्रका सूचकहरु कस्ता छन् ? तुलनात्मक रुपमा हेरिनुपर्छ । राम्रो बैंकको इण्डिकेटर के हुन् ? नाफा मात्र हो ? बढी नाफा खोज्नुहुन्छ भने जग्गा व्यापार गर्दा होला, सुन, चाँदीको व्यापार गर्दा होला । सीमा क्षेत्रको व्यापार होला । त्यस्तो नाफा बैंकमा खोज्ने होइन । नेपालमा त बैंकहरुले धेरै नाफा दिएका छन् । बैंक अफ काठमाण्डूले १५ प्रतिशत नाफाको कुरा गरेको छ, केही बैंकहरुले ३०/४० प्रतिशत पनि नाफा दिएका छन् । यो त अति धेरै नाफा भयो । विश्वमा वित्तीय क्षेत्रले कति नाफा दिन्छ ? हेरौ न, यूरोपको हेरौ, अमेरिकाको हेरौ, भारतमा नै हेरौं । भारतमा बैंकले १० प्रतिशत नगद लाभांश दियो भने त्यो धेरै राम्रो मानिन्छ । नेपालमा एउटा बैंकले ४७ प्रतिशत लाभांश दियो तर सीईओले बीचैमा राजीनामा दिएर हिड्नु पर्यो । ४७ प्रतिशतले पनि पुगेन । यो तर्कमा पनि बजारले विचार गर्नुपर्छ । कुनै पनि बैंकका सेयरधनीले हरेक वर्ष ४० प्रतिशत पाएका छन् भने त्यसमा अरु कसैले मूल्य चुकाएकै छन् । यस्ता विषय अलिकति भिन्न तरिकाले हेरिनुपर्छ भन्ने मलाई लाग्छ । बैंक अफ काठमाण्डूको कुरा गर्नुहुन्छ भने यो बैंक दिगो रुपमा अगाडि बढिरहेको छ । आजै बढी लाभांश खाने भन्दा पनि आगामी सयौं वर्षसम्म दिगो रुपमा सञ्चालन हुने योजनामा अगाडि बढिरहेको छ । अगाडिको सडकमा खाल्टाखुल्टी हुन सक्छ, भिजिविलिटी कम हुन सक्छ, त्यो अवस्थामा पनि जोखिममा नपर्ने तरिकाबाट यो बैंकलाई ड्राइभ गर्दैछौं । हामी ऋणको कर्जा क्वालिटीमा, एसेटको क्वालिटीमा हामीले धेरै ध्यान पुर्याएका छौं । यस बैंकको पुँजी २ अर्ब हुँदा पनि लाभांश स्थिर थियो, ८ अर्ब पुँजी भएपछि पनि लाभांश स्थिरनै हुनेछ । पुँजीबादी अर्थव्यवस्थामा ठूलो संस्था हुनु र बढी लाभांश दिनुलाई नै राम्रो मानिदो रहेछ । त्यसैले विओके किन सानो भएर बस्ने ? यो बैंकले किन थोरै लाभांश बाँड्ने ? तपाईको प्रश्न स्वभाविक हो । सँगसँगै सबै संस्थाको आफ्नै विशेषता हुन्छन्, आ–आफ्नो दृष्टिकोण हुन्छन्, आ–आफ्नो इतिहास हुन्छन् । मलाई लाग्छ, संस्था सानो होस् वा ठूलो, व्यालेन्ससिट प्रुडेन्ट हुनुपर्यो, त्यसभित्रका रिस्क डाइमेन्सनहरुलाई प्रपरली म्यानेज गरिएको हुनुपर्यो । यस्ता संस्था संकटको बेलामा पनि टिक्नेछन् । कुनै पनि कम्पनीको सीईओले भनिरहेका हुन्छन् कि मैले नेतृत्व गरेको कम्पनीले अरु कम्पनीको भन्दा राम्रो गरिरहेका छन् । बैंक अफ काठमाण्डू अरु बैंक भन्दा कसरी राम्रो छ ? टाईसुट लगाएर मात्र राम्रो हुइन्न, मुटु बलियो हुनुपर्छ । बैंक अफ काठमाण्डूको मुटु बलियो छ । एसेट क्वालिटी सलिड छ । विदवाउट एनि हेजिटेशन म यो भन्न सक्छु । लुम्बिनी बैंकको पनि एसेट क्वालिटी राम्रो थियो, विओकेको एसेट क्वालिटी पनि राम्रो छ । कस्टुमर बेस राम्रो छ, त्यो पनि क्वालिटी कस्टुमर । दुबै बैंकका ट्यालेन्ट योङ एण्ड स्मार्ट स्टाफ छन् । हामीले स्टाफ ट्रेनिङमा ठूलो लगानी गरेका छौं । सिष्टम राम्रो छ । सर्भिस क्वालिटी राम्रो छ । सर्भिस क्वालिटी राम्रो छ भन्नुभयो, ऋणिलाई ३/३ महिनामा ब्याज बढाउने बैंकिङ क्षेत्रको रोग यो बैंकमा छ कि छैन ? बैंक अफ काठमाण्डूले ब्याजदर बढाएको भन्ने गुनासो तपाईले बजारमा सुन्नु भएको छ ? जुन बैंकले बढी नाफा गर्छ त्यो नाफामा कसैले बढी मूल्य तिरेको हुन्छ । हुनतः बैंकले निक्षेपकर्तालाई बढी व्याज दिए पनि आलोचना हुन्छ, ऋणिसँग बढी व्याज लिए पनि आलोचना हुन्छ । बढी नाफा गर्यो भने पनि आलोचना हुन्छ, कम नाफा गर्यो भने पनि आलोचना हुन्छ । हेर्ने दृष्टिकोण फेयर हुनुपर्यो । तपाईहरुले बैंकहरुको स्प्रेडदर हेर्न सक्नुहुन्छ । विओकेको स्प्रेडदर ३.८ प्रतिशत मात्र छ । विगत एक वर्षमा कुनै बैंकले ४० अर्ब निक्षेप बढायो, कर्जा पनि त्यसरी नै बढायो । यहि अवधिमा बीओकेको कर्जा, निक्षेप वृद्धि नै देखिएन, किन ? गल्ती यहि भएको छ । हामीले बैंकहरुलाई को ठूलो बन्ने भन्ने प्रतिस्पर्धामा दौडाईरहेका छौं । यो नै गलत हो । कुन गाडी बढी कुद्ने भनेर प्रतिस्पर्धा गरायौं भने त्यसले जोखिम निम्त्याउने छ । यस्तो प्रतिस्पर्धाकै कारण हो आज बजारमा धेरै समस्या देखिएको । ब्याजदरमा धेरै उतारचढाव आएको हो । बैंकले कति लाभांश वितरण गर्यो, निक्षेप तथा कर्जाको वृद्धि कति प्रतिशतले भयो भन्ने वित्तीय सूचकाङ्कहरु आफैमा महत्वपूर्ण हुन्छन् । वित्तीय संस्थामा हेर्नै पर्ने तर हाम्रो समाजले नहेरेको र नबुझेको विषय के छन् भने बैंकको सम्पत्तिको गुणस्तर कस्तो छ ? बैंकले कति जोखिम बोकिरहेको छ ? के हप्तैपिच्छे ८ वटा शाखा खोल्ने बैंक मात्र राम्रो हो ? मलाई लाग्दैन कि सबै बैंकको शाखा पाँच÷पाँच सय हुनुपर्छ । कुनै पनि देशमा हेर्नु भयो भने कुनै बैंक ठूला हुन्छन्, कुनै साना हुन्छन्, कुनैले उच्च दरको ग्रोथ गरिरहेका हुन्छन्, कुनैले कम दरको ग्रोथ हासिल गरिरहेका ह्न्छन् । सबैले समान वृद्धि हासिल गरेको कँही पनि हुँदैन । सबैलाई स्वतन्त्रता हुनुपर्छ । कोही ५०० शाखा खोल्छन्, कोही १०० शाखामा खुशी होलान्, कोही ४० प्रतिशत लाभांशमा पनि बेखुश होलान्, कोही २० प्रतिशत लाभांशमा पनि खुशी होलान् । के नियामक निकायले सबै बैंकको ५०० शाखा हुनुपर्छ भन्ने ? के सबै बैंकले ४० प्रतिशत नै लाभांश दिनुपर्छ भन्ने ? त्यस्तो हुन सक्दैन । यस बैंकको बोर्डमा कहिले देखिने गरी, कहिले सुनिने गरी द्वन्द्व हुने गरेको छ । साथै बैंकले लिने नीतिमा भएको अस्थीरताले पनि बैंक अफ काठमाण्डू प्रतिस्पर्धामा पछाडि परेको बताइन्छ, बास्तविकता के हो ? सामान्यतया जुनसुकै बैंकका आ–आफ्ना लक्ष्यणहरु छन् । बैंकहरुको स्थापनाको क्रममा विभिन्न कम्बोनेन्ट बनेका हुन्छन् । ती कम्बोनेन्टहरुबीच अलिअलि घर्षण, अलिअलि फ्रिक्सन हुन्छन् । सबै बैंकमा, सबै समाजमा, सबै देशमा यस्तो घर्षण हुन्छ । सकारात्मक परिणाम आउँदासम्म यस्ता घर्षण र फ्रिक्सनलाई स्वभाविक रुपमा लिनुपर्छ । मेरो अनुभवमा यो बैंक स्मूथले चलिरहेको छ । भविष्यमा बैंकहरुको ब्याजदर अब कसरी विकसित भएर जाला ? यो प्रश्न त ज्योतिसलाई सोध्नुपर्ला । बढो गाह्रो छ अनुमान गर्न । तपाई त्रिभुवन विश्वविद्यालयको पनि गोल्ड मेडलिष्ट । ३३ वर्षसम्मको बैकिङ अनुभव छ । केही न केही त भविष्यावाणी गर्न सकिन्छ नि ? एक्सेसिभ ल्याण्डिङ (अधिक कर्जा प्रवाह) जहाँ जहाँ लगानी भएको छ त्यहाँ नियामक निकाय सचेत हुनैपर्छ । केही बैंकको अधिक शाखा विस्तार, अधिक कर्जा प्रवाहले अहिले सबै बैंकमा समस्या भएको छ । अहिले एउटा मात्र बैंकलाई दोष दिएर समस्याका समाधान हुँदैन । जसले जहाँ अधिक लगानी गरेका थिए, त्यतिबेला नै नियामक निकायहरुले के भईरहेको छ भने भनेर हेरिदिएको भए अहिलेको समस्या आउने नै थिएन । अल्पकालिन सोच र योजना, तत्काल र अधिकतम नाफाको खोजी, त्यसैमा आधारित भएर गरिएको अधिकतम कर्जा लगानी अहिलेको समस्या हो । निक्षेप हराएको समस्या होइन, अधिक कर्जा लगानी समस्या हो । केही बैंकहरुले २ प्रतिशत व्याजदरमा बचत खातामा प्रशस्त निक्षेप संकलन गरिरहेका छन् । केही बैंकहरुले बचत खातामा ८ प्रतिशत व्याज दिदा पनि निक्षेप पाउन सकेका छैनन् । ६ प्रतिशत नोक्सान खाएर बस्ने निक्षेपकर्तालाई जागरुक गराउन जरुरी छ । विकसित देशमा ०.२५ प्रतिशत ब्याज फरक पर्दा निक्षेपकर्ताले जसले बढी दिएको छ, त्यसमा निक्षेप राख्छन् । तर हामीकहाँ ६ प्रतिशत फरक पर्दा पनि पैसा यताको उता गर्दैनन् । बजारमा यस्तो धेरै समस्या छन् जसको समाधान हामीले पनि गर्न सकेका छैनौ । सुरक्षाको कुरा गर्नु हुन्छ भने आज २८ वटै बैंकको सुरक्षाको मापदण्ड एउटै हो । सीसीडी रेसियो, क्यापिटल एडेक्वसी सबैको लागि समान नियम हो । मुलुकको आर्थिक वृद्धि दर र बैकिङ क्षेत्रको वृद्धिदरबीचको अन्तर सम्बन्ध कस्तो हुनुपर्ने हो ? जीडीपी ग्रोथ र फाइनान्सियल सेक्टरको ग्रोथबीच कुनै न कुनै प्रकारको सम्बन्ध हुन्छ । तर हामीकहाँ धेरै फ्याक्टरले काम नगरेको अवस्था पनि देखिन्छ । तर हामीकहाँ धेरै कुरा मिल्दैन । जीडीपी ग्रोथ र बैंकहरुको लागि चार गुणासम्म पुँजी वृद्धिको ग्रोथलाई हेर्ने हो मेल खाँदैन । पुँजी वृद्धिको ग्रोथ अनुसार विजनेश ग्रोथ नहुँदा बैंकहरुले पछिल्लो समय ठूलो समास्या भोग्नु परेको छ । हामीकहाँ निक्षेपको वृद्धि रोकिएको छैन तर लगानी योग्य पुँजीको अभाव छ । किनभने निक्षेप परिचालन भन्दा कर्जा लगानी विस्तार उच्चदरमा बढी भयो ।
नेपाल इन्स्योरेन्सको सेयर मूल्य समायोजन
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएपछि नेपाल स्टक एक्सचेन्ज लिमिटेडले कम्पनीको सेयर मूल्य समायोजन गरेर प्रतिकित्ता ६९४ रुपैयाँ कायमा गरेको छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्दैछ ।
आरआर क्याम्पसले ५० हजार राशीकाे ‘उपकुलपति’ राष्ट्रिय भलिबल प्रतियोगिता अायाेजना गर्ने
काठमाडौं । राजधानीको प्रदर्शनी मार्गमा अवस्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)ले राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता गर्ने भएको छ । आरआर क्याम्पसले १० वर्षपछि उपकुलपति राष्ट्रिय भलिबल प्रतियोगिता गर्न लागेको हो । चैत २६ गतेबाट हुने सुरु हुने प्रतियोगितामा देशभरबाट २२ टिमको सहभागीता रहने स्ववियु सभापती तपेन्द्रजंग शाहीले जानकारी दिए । प्रतियोगिताको सम्पुर्ण तयारी सकिएको शाहीले बताए । प्रतियोगिता नकआउट प्रणालीबाट हुनेछ । प्रतियोगितामा प्रथम हुनेले ५० हजार, द्धितिय हुनेले ३० हजार र तृतिया हुनेले २० हजार रुपैंया प्राप्त गर्नेछन् । त्युसैगरी उत्कृष्ट हुने खेलाडीले ५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिता चैत ३० गतेसम्म चल्नेछ ।
१४ मेगावाटको घारखोला जलविद्युत्को निर्माण शुरु, ३ वर्षमा बिजुली बल्ने
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको निर्माण शुरु भएको छ ।म्याग्दी हाइड्रोपावर प्रालिले निर्माण सुरु गरेको आयोजनाले पहुँचमार्ग विस्तारको काम सकेर बाँधस्थलदेखि सुरुङ खन्ने तयारी गरेको हो । घारको विरौटादेखि करीव ३ किलोमिटर पहुँचमार्ग खनेको आयोजनाले सडकको स्तरोन्नतिको कामसँगै निर्माण पूर्वका तयारीलाई तीव्रता दिएको जनसम्पर्क अधिकृत प्रकाशचन्द्र पौडेलले बताए । आयोजनाको मुख्य कामका रुपमा हेरिने सुरुङ मार्गमा विष्फोटन कार्यका लागि नेपाली सेनाको क्याम्प राख्न आवास निर्माण भइसकेको छ । “सडकबाट प्रभावित अधिकांशलाई मुआब्जा वितरण गरिसकेका छौँ, बाँकी केहीको पनि कागजी प्रक्रिया पुगेपछि उपलब्ध गराउँछौँ, निर्धारित समयमै आयोजनाको निर्माण कार्य सम्पन्न गर्ने गरी काम थाल्छौँ”, उनले भने। घारको कुरिला बगरमा बाँध रहने यस आयोजनामा विद्युत्गृहसम्म पानी खसाल्नका लागि ३ किमी ४८ मिटर लामो सुरुङमार्ग निर्माण गरिनेछ । सुरुङ मार्ग हुँदै ल्याइएको पानीलाई करीव १ हजार २०० मिटर पेनस्टक पाइपमार्फत पोखरेबगरमा रहने विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ । आगामी तीन वर्षभित्र निर्माण सम्पन्न हुने लक्ष्य रहेको आयोजनामा २ अर्ब ४१ करोड रुपैयाँ लगानी हुने अनुमान गरिएको आयोजनाका इञ्जिनियर जोसेफलाल बज्राचार्यले बताए । यसैबीच, जलविद्युत् आयोजनाको सुरुङ खन्दा खानेपानीका मुहान सुक्नसक्ने भन्दै स्थानीयस्तरबाट आवाज उठेपछि खानेपानीको मुहानको अवस्थाबारे अध्ययन गरिएको छ । वडाध्यक्ष कृष्णप्रसाद बरुवालको संयोजकत्वमा रहेको जलविद्युत् सरोकार समिति र जलविद्युत् आयोजनाका इञ्जिनियरको टोलीले आयोजनाबाट प्रभावित समुदायभित्र रहेका खानेपानीका मुहानमा पानीको अवस्थाबारे अध्ययन गरेका हुन् । रासस
ओरेन्टल को–अपरेटिभका वचतकर्ता र अपार्टमेन्ट किन्नेलाई पैसा फिर्ता लिन बोलाइयो, वैशाख ६ गतेसम्म दावी पेश गर्नुपर्ने
काठमाडौं । ओरेन्टेल को–अपरेटिभ लिमिटेडका वचतकर्ता र अपार्टमेन्ट खदिकर्ताले रकम फिर्ता पाउने भएका छन् । समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिले सहकारीका वचतकर्ता र अपार्टमेन्ट खरिदकर्तालाई पैसा लिन बोलाएको हो । समितिको कार्यालयले बैशाख २ देखि ६ गतेसम्म सहकारीका वचतकर्ता र ओरेन्टल अपार्टमेन्ट खरिदका लागि रकम भुक्तानी गरेकालाई प्रमाणसहित माग दावी पेश गर्न भनेको छ । प्रमाणका आधारमा रकम पाउने समितिको कार्यलयले जनाएको छ । समितिले जिल्ला समन्वय समितिको कार्यालय बिराटनगर, वीरगञ्ज, ललितपुर, भक्तपुर, पोखरा, नेपालगञ्ज, सुर्खेत, धनगढीमा प्रमाणसहित आफुले पाउनुपर्ने रकम दावी गर्न भनेको छ । मागदावी पेश गर्दा आफुले वचत रकमको निस्सा, सेयर सदस्यताको प्रमाणपत्र, अपार्टमेन्ट बुकिङ गर्दा बुझाएको रकमको निस्सा, धितो राखेको चलअचल सम्पत्तिको विवरण र नागरिकता संलग्न गर्नुपर्ने समितिले जानकारी दिएको छ । माग दावी पुष्टि नभए रकम नपाउने समितिले स्पष्टपारेको छ । गत कात्तिक २० गते ओरेन्टललाई समस्याग्रस्त सहकारी घोषणा गरी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुत्तानी गर्न सरकारले पुस २८ गते समस्या ग्रस्ता सहकारी संस्था वा संघको व्यवस्थापन समिति गठन गरी सम्पत्तिको मूल्याँकन गरेको थियो । समितिले ओरेन्टलको काठमाडौस्थित र देशभरी रहेका कार्यालयमा विभिन्न मितिमा जम्मा गरेको वचत रकम, संस्थाका तत्कालिन सञ्चालक सुधीर वस्नेत र सञ्चालकहरुबाट समेत सञ्चालित अपार्टमेन्ट बुकिङ गर्ने बुकिङकर्ता, सेयर सदस्य र साहु, संस्थाको विभिन्न परियोजनामा लगानी गर्ने बैंक तथा वित्तीय संस्था र संस्थाले लिनुपर्ने रकम उठाउने भएको छ । अपार्टमेन्ट समस्यामा परेपछि डुबेको ओरेन्टलका तत्कालिन अध्यक्ष वस्नेत अहिले जेलमा छन् । सम्पत्ति र जायजेथा बिक्री गरेर वचतकर्ता र हाउजिङ बुकिङ गर्नेको रकम फिर्ता दिन लागेको हो । वस्नेतले ५ अर्ब रुपैयाँ भन्दा बढी रकम डुवाएका छन् ।