विकासन्युज

टिभिएस जुपिटर क्लासिकका ग्राहकले नायिका प्रियंका कार्कीसँग हेरे ‘शत्रु गते’

काठमाडौं । टिभिएस मोर्टसका उत्पादन टिभिएस मोटरसाईकल र स्कुटरको नेपालको लागि आधिकारीक वितरक जगदम्बा मोर्टसले आफ्ना अमुल्य टिभिएस जुपिटर क्लासिक ग्राहकहरुलाई प्रियंका कार्कीसँग चलचित्र ‘शत्रु गते’ हेराएका छन् । शुक्रबार बेलुका ललितपुरको लबिम मलमा जुपिटर क्लासिकका ग्राहकहरुलाई चलचित्र हेर्ने अवसर प्रदान गरेको बताइएको । जगदम्बा मोर्टस प्रालिका उपाध्यक्ष दीपक अग्रवालले मोटरसाइकल बिक्रीलाई मात्र प्राथमिकतामा नराखि बिक्री पश्चातको सेवा र ग्राहकको मनोरञ्जनलाई समेत ध्यानमा राखि यस्ता किसिमका कार्यक्रम आयोजना विगतदेखि नै गर्दै आएका बताए । आगामी दिनमा समेत यस्ता किसिमका कार्यक्रमहरु आयोजना गर्दै जाने उनले विश्वास दिलाएका छन् । निकै छोटो समयमा टिभिएस जुपिटर क्लासिक नेपाली युवाको रोजाईमा पर्न सफल भएकोमा आफु खुसी भएको उनको भनाइ छ ।

९०० मेगावाटको अरुण तेस्रोमा स्टेट बैंक अफ इण्डियाले ८० अर्ब लगानी गर्ने, औपचारिक सम्झौता हुन बाँकी

काठमाडौं । भारत सरकार स्वामित्वको एसजेवीएन अरुण ३ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले बनाउन लागेको ९०० मेगावाटको अरुणतेस्रो आयोजनामा स्टेट बैंक अफ इण्डियाले ८० अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएको छ । आयोजनामा ऋण लगानी गर्ने विषयमा स्टेट बैंक र प्रवद्र्धक एसजेवीएन सहमत भएका छन् । स्टेट पनि सरकार स्वामित्वको बैंक हो । यद्यपी औपचारिक ऋण सम्झौता हुन बाँकी छ । बैंकको सञ्चालक समितिले पारित गरेपछि मात्र ऋण सम्झौता हुने छ । ऋणदिने र ब्याजदर लिने विषयमा दुई पक्षबीच सहमति भइसकेको छ स्रोतले जानकारी दियो । विद्युत उत्पादन संरचना बनाउन स्टेट बैंकले ऋण लगानी गर्न सहमति जनाएको हो । यस्तै २६८ किलोमिटर लामा ४०० केभी क्षमताको प्रसारणलाइन बनाउन पञ्जाव नेसनल बैंकसंग ऋण सम्झौता भइसकेको छ । पञ्जावको मुख्य लगानी रहेको एभरेष्ट बैंकले प्रसारणलाइनमा ३ अर्ब ६० करोड रुपैयाँ अर्थात २ अर्ब २५ करोड भारु अरुण तेस्रोमा ऋण लगानी गर्नेछ । भारत सरकारले अरुण तेस्रोमा ९२ अर्ब रुपैयाँ लगानी गर्न एसजेवीएनलाई स्वीकृत दिइसकेको छ । एभरेष्टले संखुवासभाको दिर्दिङदेखि धनुषाको ढल्केबरसम्म ४ सय केभी क्षमताको १६८ किलोमिटर लामो प्रसारणलाइन बनाउन ऋण लगानी गर्ने सम्झौता गरेको छ । यो प्रसारणलाइनका लागि पञ्जाव नेसनल बैंकसंग पनि ८ अर्ब रुपैयाँ अर्थात ५ अर्ब भारु ऋण लगानी गर्ने सम्झौता भएको छ । नेपाली बैंकबाट थप ४ अर्ब ६ करोड रुपैयाँ ब्रिजलोन लिने तयारी गरेको छ । यसका लागि एसजेविएनले नेपाली बैंकसंग पुनः प्रस्ताव मागेको छ । आयोजना निर्माण गर्न १ खर्ब १५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । कुल लगानी मध्ये १ खर्ब ४ अर्ब विद्युत उत्पादन संरचना र ११ अर्ब रुपैयाँ प्रसारणलाइन बनाउन लगानी हुने छ । एसजेविएनले स्वपुँजी वापत २५ अर्ब रुपैयाँ लगानी गर्नेछ , आयोजना आउदो सन् २०२२ को सेप्टेम्वरमा सम्पन्न गर्ने कम्पनीको लक्ष्य छ । लगानी बोर्डले एसजेविएनलाई विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) दिन तयारी थालेको छ । संभवत बैशाखभित्र उसले लाइसेन्स पाउने छ । निर्माण अवधी बाहेक आयोजनाको अवधि २५ वर्ष रहेको छ । आयोजनाबाट वार्षिक २१.९ प्रतिशत अर्थात १९७ मेगावाट बिजुली नेपालले निःशुल्क पाउने छ । अरुण तेस्रोबाट नेपालले वार्षिक ८६ करोड युनिट बिजुली सित्तैमा पाउनेछ । आयोजनाको बाँध र डाइभर्सन सुरुङ संरचना निर्माणको ठेक्का भारतको जयप्रकाश एसोसियट्स (जेपी) लिमिटेडले पाएको छ । उसले काम सुरु गरिसकेको छ । प्याकेज १ अन्र्तगत आयोजनाको बाँध र ३ किलोमिटर लामो डाइभर्सन सुरुङ निर्माणलगायत संरचना बनाउने जेपीले ठेक्का पाएको हो । प्रवद्र्धक एसजेवीएन र जेपीबीच नयाँदिल्लीमा ठेक्का सम्झौता भएको छ । पहिलो प्याकेजको काम १८ अर्ब रुपैयाँमा सक्ने गरी सम्झौता भएको छ । प्याकेज २ अन्र्तगत विद्युतगृह निर्माणका लागि भारतको पटेल इन्जिनियरिङ कम्पनी लिमिटेडले पाएको छ । उसले पनि १८ अर्ब रुपैयाँमा दोस्रो प्याकजको ठेक्का पाएको हो । दोस्रो प्याकेजमा विद्युतगृह र ८ किलोमिटर लामो सुरुङ निर्माण गर्नेछ । प्रतिस्पर्धाबाट सबैभन्दा बढी बिजुली दिने प्रस्ताव गरेपछि सतलजले सन् २००८ मा यो आयोजना पाएको हो । आयोजना संखुवासभा र भोजपुर जिल्लाको सिमाना भएर बग्ने अरुण नदीमा पर्छ । बाँध नुम र पाथिभरा तथा विद्युत्गृह दिर्दिङ गाविसमा पर्छ । बाँधबाट विद्युत्गृहसम्म ११ किलोमिटर लामो सुरुङ खन्नु पर्नेछ ।

तीनपांग्रे सवारी पियाजियोमा सिभिल र माछापुच्छ्रे बैंकले ७० प्रतिशतसम्म लगानी गर्ने, रोजगारी सृजना हुने

काठमाडौं । तीनपांग्रे सवारी साधन पियाजियोमा लगानीका लागि सिभिल बैंक र माछापुच्छ्रे बैंक तथा विवेक अटोमोबाइल्स प्रालिबीच सम्झौताभएको छ । दुवै बैंकले नेपाल राष्ट्र बैंकद्वारा निर्दिष्ट गरिए बमोजिम स्वरोजगार कर्जा कार्यक्रमको सीमालाई अझ प्रभावकारी र फराकिलो बनाउन विवेक अटोमोबाइल्स प्रालिसँग सम्झौता गरेका हुन् ।  बैंकहरुले ७० प्रतिशतसम्म लगानी गर्ने जनाइएकाे छ । उक्त सम्झौतापत्रमा विवेक अटोमोबाइल्सकातर्फबाट कार्यकारी निर्देशक विवेक दुगड तथा सिभिल बैंककातर्फबाट चिफ बिजनेस अफिसर सुजितकुमार शाक्य र माछापुच्छ्रे बैंककातर्फबाट चिफ बिजनेस अफिसर सर्जु थापाले हस्ताक्षर गरेका छन् । नेपालको विभिन्न स्थानमा यात्रु ओसारपसार तथा सामान ढुवानीको लागि उपयुक्त तथा प्रभावकारी साधनको रुपमा तीनपांग्रे सवारी साधनलाई लिने गरिएको छ । उक्त सवारी सानो पूँजी लगानीबाटै सञ्चालन गर्न सकिन्छ । सम्झौतामा बैंकहरुले इटालियन ब्रान्डको तीनपांग्रे सवारी साधनˈपियाजियोˈलाई सरल तथा छरितो तवरले लगानी गर्ने बताएका छन् । उक्त सम्झौताबाट नेपालका बेरोजगार युवाहरुलाई विदेश पलायन हुनबाट रोकी नेपालमै रोजगारीको अवसर सृजना गर्न सहज भएको विवेक अटोमोबाइल्स प्रालिका कार्यकारी निर्देशक विवेक दुगडले बताए । एमभी दुगड ग्रुपअन्तर्गतको विवेक अटोमोबाइल्स पियाजियो गाडीको नेपालका लागि आधिकारिक बिक्रेता हो ।  

जनतालाई जलविद्युतमा जोड्ने कार्यक्रम आउदैछ : मन्त्री पुन

काठमाडौं । उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले जनतालाई जलविद्युतमा जोड्ने गरी कार्यक्रम ल्याउने बताएका छन् । समृद्धिको आधार जलविद्युत भएको भन्दै मन्त्री पुनले त्यसका लागी छिट्टै नयां कार्यक्रम ल्याउने घोषणा गरेका हुन् । सिंचाई दिवसको अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दैै मन्त्री पुनले नेपालको पानी जनताको लगानी भन्ने नारा भएपनि जनतालाई जलविद्युतमा नजोडिएको बताए । उनले परिवर्तनलाई आत्मसाथ गरेर अघि बढ्न मातहतका कर्मचारीलाई निर्देशन समेत दिए । ‘देशमा नया व्यवस्था लागु भएको छ,यसलाई सफल बनाउने दायित्व तपाई हामी सबैको हो,तपाईहरुले ईमान्दारीतपुर्वक सरकारको निर्देशन पालना गर्नुहोस् ।’ मन्त्री पुनले भने । मुलुकको समृद्धी शुसासन कायम गरेर मात्र आउने भन्दै सवै कर्मचारीले कार्यशैली परिवर्तन गर्न जरुरी रहेको सुझाए ।‘तपाईहरुले आफ्नो आनिवानी र कार्यशैली परिवर्तन गर्नुहोस्,अहिले हाम्रो सामु काम गरेर देखाउनुपर्ने चुनौती छ ।’ मन्त्री पुनले भने ।  

लिक्वर्स प्रालिको रोयल च्यालेन्ज ह्विस्की बजारमा

काठमाडौं । गुणात्मक र संख्यात्मक दुवै दृष्टिले नेपालको अल्को–बेभरेज उद्योग तिब्र गतिमा बिस्तार भैइरहेको बताइएको छ । द्रुत गतिमा वृद्धि भैइरहेको बजारमा राजेश वीर सिंह तुलाधरले युनाइटेड स्पिरिट्स प्रालिबाट नेपाल लिक्वर प्रालि (विगतमा युनाइटेड स्पिरिट्स नेपाल प्रालिको रूपमा परिचित) को शेयर प्राप्त गरेका समेत जानकारी गराएको छ । उनले नेपाल लिक्वर्स प्रालिमा रहेको युनाइटेड स्पिरिट्स लिमिटेड, इण्डिया (डाएजिओ पिएलसीअन्तर्गतको कम्पनी) को सबै शेयर प्राप्त गरेको जानकारी दिए । कम्पनीले आफ्नो बजार थप बिस्तार गर्दै रोयल च्यालेन्ज ह्विस्की प्रस्तुत गरेको जानकारी दिएको छ । कम्पनीका बिक्री तथा बजार प्रबद्र्धन महाप्रबन्धक राजेशप्रकाशले रोयल च्यालेन्ज ह्विस्की अमेरिकी क्यास्कहरूमा राखी, पूर्णरूपमा परिपक्व बनाई तयार पारिएको उनको भनाइ छ । ह्स्किी अनाजयुक्त ह्विस्की रहेको जनाइएको छ । रोयल च्यालेन्ज ह्विस्की स्कच र उच्चगुणस्तरीय भारतीय अनाजहरूको गहन तथा सघन मिश्रण भएको बताइएको छ । कम्पनीको अनुसार सिंह र एउटा गोलाकार पदक सहितको प्रतीक नै रोयल च्यालेन्जको निशानी रहेको कम्पनीको भनाइ छ । ब्राण्डको प्याकेजिंगले उच्चस्तरीय, उत्कृष्ट गुणस्तरको, साहसी र पौरखी प्रकृतिको छनक दिने कम्पनीको भनाइ छ । रोयल च्यालेन्जको ७५० मिलिलिटर प्याक मूल्य रु १ हजार ३६० रुपैयाँ हरेको छ । त्यस्तै ३७५ मिलिप्याकको मुल्य रू ६८० र १८० मिलिप्याकको मुल्य ३४० रुपैयाँ तोकेको छ । नेपाल लिक्वर्स प्रालि अन्तर्गत विभिन्न लोकप्रिय ब्राण्डहरू समेटिएको बताइएको छ । जसमा एन्टिक्विटी ब्लु ह्विस्की, सिग्नेचर प्रिमियर ह्विस्की, सिग्नेचर रेयर ह्विस्की, म्याक्डोवल्स नम्बर वन ह्विस्की, म्याक्डोवल्स नम्बर वन सेलेब्रेसन रम र ब्लु रिवाण्ड जिन रहेको छ ।

जिससका सबै स्थायी कर्मचारी सिधैं स्थानीय तहमा समायोजित हुन सामान्य प्रशासनकाे निर्देशन

काठमाडौं । जिल्ला समन्वय समितीमा कार्यरत रहेका कर्मचारीहरु सिधै स्थानीय तहमा समाहित हुन सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिएको छ । स्थानीय तहमा कर्मचारीको अभाव भएपछि समन्वय समितीको कर्मचारी सिधैं स्थानीय तहमा समायोजन गर्न लागेको हो । कर्मचारी व्यवस्थापन ऐनको दफा १४ १ अनुसार समन्वय समितीको सम्पुर्ण स्थाई कर्मचारी स्वत स्थानीय तहमा समायोजन मानिने मन्त्रालयले जनाएको छ । यसरी कर्मचारी समायोजन गर्दा जिल्लाको सबैभन्दा टाढाको दुरीमा रहेको स्थानीय तहमा खटाउनु पर्नेछ । कर्मचारी खटाएको विवरण मन्त्रालयमा समन्वय समितीले बुझाउनु पर्नेछ ।  

माछापुछ्रे बैंकले भिसा चिप कार्ड प्रयोगकतालाई १० प्रतिशत क्यास ब्याक दिने

काठमाडौं । माछापुछ्रे बैंकले नयाँवर्ष २०७५ को अवसरमा बैंकबाट जारी भएका भिसा चिप कार्डहरुलाई १० प्रतिशत क्यास ब्याक अफर ल्याएको छ । यस अफरमा बैंकबाट जारी डेबिट कार्ड, क्रेडिट कार्ड र प्रिपेड कार्ड प्रयोग गरी सामान खरीद गर्दा वा कुनै भुक्तानी गर्दा बील रकमको १० प्रतिशतले बढीमा रु. १००० ग्राहकको खातामा फिर्ता गर्ने कम्पनीले बताएको छ । कारोबारको संख्यामा कुनै सीमा नभएको र प्रत्येक खरीद वा भुक्तानीमा ग्राहकले क्यास ब्याक पाउने बैंकले जनाएको छ । ग्राहकले पाउने फिर्ता रकम महिनाको अन्त्यमा बैंकले ग्राहकको खातामा जम्मा गरिदिने व्यवस्था मिलाएको बैंकको भनाइ छ । बैंकको अनुसार अफर सीमित अवधिको लागि ल्याइएको हो । अफरबाट ग्राहकले अत्याधिक लाभ लिन सक्नेछन् । अफर चिप कार्डमा मात्र लागू भएकोले बैंकले चिप कार्ड नभएका ग्राहकहरुलाई आफ्नो कार्डलाई चिप कार्डमा परिवर्तन गर्न समेत आव्हान गरेको छ । नयाँ वा पुराना ग्राहकले नजिकको शाखाबाट तुरुन्त चिप कार्ड पाउने व्यवस्था समेत मिलाइएको बैंकको भनाइ छ । बै‌कको मुलुकभर ६२ वटा शाखा, ४ वटा एक्स्टेन्सन काउन्टर, १४ शाखा रहित बैंकिङ सेवा गरि ८० स्थानबाट ग्राहकहरुलाई सम्पूर्ण सेवा प्रदान गरिरहेको छ । साथै ८६ वटा एटीएमबाट समेत बैंकको सेवा प्रवाह भइरहेको जानकारी दिइएको छ ।  

बीमासहित सिजीमोबाइल्सले ल्यायो आकर्षक ओमेगा सिरिजको स्मार्टफोन, मुल्य १३ हजार

काठमाडौं । सिजी मोबाइल्स प्रालि चौधरी इलेक्ट्रोनिक्सको सहायक कम्पनी इलेक्ट्रोनिक्स ब्राण्डले ओमेगा सिरिजमा नयाँ आकर्षण थप गर्दै ओमेगा ८ स्मार्टफोन ल्याएको छ । स्मार्टफोनमा २.५ डी कभ्र्ड ग्लास, एन्ड्रोयड नगेट ७.० अपरेटिंग सिस्टम समावेश गरिएको छ । जसमा ५.५ इन्चको एचडी–आईपीएस डिस्प्ले रहेको छ । डिस्प्ले १८ः९ रेसियो फुल भ्यूमा छ । फोटोग्राफीका लागि फोनमा रहेको उत्कृष्ट क्यामरा मध्ये मुख्य क्यामरा १३ मेगापिक्सेलको रहेको छ । सेल्फी खिच्नका लागि ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको कम्पनीको भनाइ छ । त्यस्तै फोनमा १.३ गीगाहर्जको क्वाडकोर प्रोसेसरका साथमा २ जीबी र्र्यामले फोनमा गेम खेल्न तथा विभिन्न एप्स चलाउन सहज हुने जनाएको छ । १६ जीबीको आन्तरिक स्टोरेज (रोम) मा प्रयोगकर्ताहरुले आफूले माइक्रो एसडी कार्डको सहयोगले फोनको स्टोरेज १२८ जीबीसम्म थप गर्न सक्ने कम्पनीको भनाइ छ । कम्पनीकोअनुसार फोनमा ३ हजार एमएएचको ब्याट्री ब्याकअप रहेको छ । जीपीएस सपोर्ट गर्ने ओमेगा ८ माजी सेन्सर, फिंगरप्रिन्ट सेन्सर, प्रोक्सिमिटि सेन्सर र लाइट सेन्सर राखिएको छ । स्टेट अफ आर्टमा आधारित आकर्षक देखिने फोनलाई १८ः९ फुल भ्यू डिस्प्लेले थप सुन्दर बनाएको जनाएको छ । फोनमा फोरजी नेटवर्क कम्प्याटिबल, गुगल प्रमाणित सफ्टवेयर र फिंगरप्रिन्ट स्मार्ट लक लगायतका विशेषताहरु रहेको बताइएको छ । उक्त स्मार्टफोन ओमेगा ८ को मूल्य कम्पनीले १२ हजार ९ सय ९९ रुपैयाँ तोकेको छ । कम्पनीले सेट एक वर्षको बीमासहित उपलब्ध गराएको जानकारी दिएको छ । सिजी मोबाइल्सका सर्भिस सेन्टर नेपालभर रहेको कम्पनीको भनाइ छ ।