विकासन्युज

नेपाली युवाले बनाए मनले सोचेको कुरा मोबाइलमा म्यासेज आउने प्रविधि

काठमाडौं । प्रायः पक्षघातका बिरामी हातखुट्टा, शरीर चलाउन नसक्ने, बोल्न नसक्नेजस्ता समस्याबाट ग्रसित हुन्छन् । उनीहरूको चाहना र आवश्यकता बुझ्न अभिभावक तथा रेखदेख गर्नेलाई कठिन हुन्छ । तर, नेपालमै यस्तो प्रविधि विकास भएको छ, जसले बिरामीको चाहना र आवश्यकता अभिभावक र रेखदेख गर्नेको मोबाइलमा सन्देशका रूपमा पठाउनेछ । पक्षाघातका विरामीमा नया प्रविधिकाे विकासकाे परिक्षण गर्दै २ युवा फाेटाे । अन्नपूर्णा पाेस्टबाट दुई युवा अनुसन्धानकर्ताले विकास गरेको प्रविधि शरीरमा राखेपछि बिरामीले सोचेको कुरा मोबाइलको म्यासेज बक्समा पुग्नेछ र सो अनुसार बिरामीको कुरा बुझ्न अभिभावकलाई सहज हुनेछ । अनुसन्धानकर्ता युगेश पाण्डे र अंकित शाहले ८ महिना लगाएर विकास गरेको प्रविधिले पक्षघातका बिरामीको जीवन सहज बनाउन महत्वपूर्ण भूमिका खेल्ने देखिएको छ । शरीरमा जडान गरिएको ईईजीुनामको मेसिनले बिरामीको दिमागबाट उत्पन्न भएको माइक्रोभोल्ट ९बिटा ब्रेन वेभ० विश्लेषण गरेर कम्प्युटरको सफ्टवेयरमार्फत मोबाइलमा सूचना दिन्छ । अनुसन्धानकर्ता पाण्डेका अनुसार कम्प्युटरको स्क्रिनमा हरेक पाँच/पाँच सेकेन्डमा बिरामीका आवश्यकता र चाहनाका सूची आउँछन् । बिरामीले आफ्नो आवश्यकतामा सोचाइ बढाउँछन् र त्यो आवश्यकता वा चाहना छनोट भएर मोबाइलमा म्यासेज जान्छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले उक्त प्रविधि विकास र मेसिन निर्माणका लागि आर्थिक तथा प्राविधिक सहयोग गरेको थियो । अहिले यो प्रविधि नास्टमै राखिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले पनि यो प्रविधि बिरामीमा प्रयोग गर्न इथिकल एप्रुवलु दिएको छ । धेरै प्रकारका पक्षघातका बिरामी हुन्छन् । उनीहरूलाई यो प्रविधि प्रयोगका लागि तालिम दिनुपर्ने हुन्छ । जसले तालिम सफलतापूर्वक सम्पन्न गर्न सक्छन्, उनीहरूले त्यस्तो प्रविधि प्रयोग गर्न सक्छन्, अनुसन्धानकर्ता शाहले भन्नुभयो, प्रविधि प्रयोगका लागि ४५ हजार रुपैयाँसम्म शुल्क लाग्नेछ । नेपालमा पहिलोपटक विकसित प्रविधि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले पहिलो पटक प्लस टु उत्तीर्ण गरेका विद्यार्थीलाई बिरामीमा प्रयोग गर्ने अनुमति दिएको हो । नास्टले प्रविधि विकासमा विश्वास गरेकाले आफूहरू सफल भएको शाहको भनाइ छ । उक्त प्रविधि पक्षघातका दुई जना बिरामीमा प्रयोग भइसकेको छ । आवश्यक पर्ने बिरामी तथा स्वास्थ्य संस्थालाई संयुक्त रूपमा दिने योजना उहाँहरूको छ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं म्यागासेसे पुरस्कार विजेता महावीर पुनले उक्त प्रविधि प्रोत्साहन गर्नुभएको थियो भने केन्द्रबाट पनि प्रविधिको विकास र विस्तार गर्ने योजना छ । अनुसन्धानकर्ताका अनुसार केन्द्रले पनि बिरामीलाई आवश्यक तालिम दिन सक्छ । प्रविधि विकासको सोच बूढानीलकण्ठबाट ए लेभल उत्तीर्ण शाह र सेन्ट जेभियर्सबाट प्लस टु उत्तीर्ण पाण्डेले यस्तो प्रविधि विकास गर्ने सोच चार वर्षअघि नै बनाउनुभएको थियो । कक्षा ११ अध्ययन क्रममा शाह बिरामी भएका बेला माइतीघरस्थित अन्नपूर्ण अस्पतालमा उहाँको ईईजी गरिएको थियो । ईईजी गर्ने क्रममा उहाँ शान्त बस्दा ब्रेन वेभ स्थिर भएको र बढी सोच्दा ब्रेन वेभ पनि गतिशील भएका थिए । ब्रेन वेभको विशेषताबारे मनन् गर्नुभएका उहाँले त्यसबारे साथी पाण्डेलाई बताउनुभयो । त्यसपछि दुवै जनाले त्यस विषयमा अध्ययन गर्न थाल्नुभयो । आफ्नो अध्ययन पनि जारी राख्नुपर्ने बाध्यताले प्रविधि विकास समयमै सम्पन्न गर्न सक्नुभएन उहाँहरूले । अध्ययनपछिको फुर्सदमा उहाँहरू नास्टमा गई अनुसन्धानका लागि अनुमति माग्नुभयो । प्लस टु मात्रै सकेका उहाँहरूलाई यति ठूलो कामको अनुसन्धान जिम्मा दिन नास्ट डरायो । गम्भीर प्रकृतिका बिरामीमा प्रयोग गरिने साधनको परिकल्पना गरिएको थियो त्यसमा । तर, धाउन नछाडेपछि उहाँहरूको दृढता र लगनशीलता देखेर नास्टले स्वास्थ्य अनुसन्धान परिषद्को अनुमति लिन आग्रह गर्‍यो । परिषद्को प्रोटोकलमा प्लस टु उत्तीर्णलाई अनुसन्धान गर्न दिने व्यवस्था थिएन । त्यसपछि उहाँहरूले अन्नपूर्ण न्युरो अस्पतालका प्रमुख एवं न्युरो सर्जन डा।वसन्त पन्तलाई को इन्भेस्टिगेटरका रूपमा अनुसन्धानमा सहभागी गराउने निर्णय गरेपछि बल्ल अनुसन्धानका लागि परिषद् र नास्टबाट अनुमति पाउनुभएको थियो । अन्नपूर्ण पाेस्टबाट ।

केएल मोबाइल हब सञ्चालनमा, मोबाइल एक्स्पो पनि सुरु

काठमाडौं । हरेक मोबाइलको खरिदमा हात खाली नजाने एक्सक्लुसिभ अफरसहित केएल मोबाइल हब सञ्चालनमा आएको छ । राजधानीको चाबहिलस्थित केएल टावरको भुइँतल्लामा सञ्चालनमा आएको केएल मोबाइल हबमा मोबाइल एक्स्पो समेत सञ्चालन गरिएको छ । मोबाइल हवको उद्घाटन इन्टिग्रेटेट मोबिलीटी सोलुसन –आइएमएस) का अध्यक्ष दिपक मलहोत्रा, पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठ, गायक राजेश पायल राई, नायिका ओशिमा बानु तथा समाजसेवी तथा व्यावसायी निराजन सिंहले संयुक्त रुपमा गरेका थिए । २० गतेसम्म चल्ने एक्स्पोमा मोबाइल खरिद गर्दा विभिन्न उपहारको व्यवस्था गरिएको छ । केएल मोबाइल हबले एफक्युब सिनेमाको टिकट, क्लब डेजाबुमा ४ हजार रुपैयाँ बराबरको २ जनालाई प्रवेश कुपन, अवलोकनकर्तालाई लक्की ड्र मार्फत मलेशिया र सिंगापुर भ्रमणको प्याकेज, सेल्फी कन्टेस्टमा प्रथम हुनेलाई ग्यालेक्सी एस ८ पाउने व्यवस्था गरेको प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए । विश्व बजारमा पाइने २३ भन्दा बढी मोबाइल कम्पनीका उत्पादनको कारोबार गरिने यस मोबाइल हबमा एमआइ, आइफोेन, सामसङ, सोनी एक्सपेरिया, जियोनी, ओप्पो, एचटिसी, जेटटिइ, हुवावे, कुलप्याड, लेनेभो, वानप्लस, नोकिया, कलर्स, मोटोरोला, जोप्पो र ओबिआईका टच एन्ड फिल काउन्टर समेत रहेका छन् । नेपालमै पहिलो पटक फरक अवधारणामा असार ५ गतेबाट सञ्चालनमा आएको यो मोबाइल हबमा ६० मिनेट फेस टु फेस मोबाइलमर्मत सेवा, मोबाइल एक्सचेन्ज र टच एन्ड फिलजोनको सुविधा पनि रहेको छ । यसैगरी पार्किङको पर्याप्त सुविधा रहेको यस स्थानबाट ५० हजार रुपैयाँभन्दामाथिको स्मार्टफोन खरीद गर्दा क्लब डेजाभुको १ वर्षका लागि प्रिभिलेज कार्ड पाइने निर्देशक संगम राईले जानकारी दिए । मोबाइल हबमा १५ दिनसम्म चल्ने मोबाइल मेलामा अवलोकन गर्न आउनेहरुका बीच लक्की ड्र गरिने र भाग्यशाली अवलोकनकर्तालाई मलेसिया र सिंगापुरको टुर प्याकेज उपलब्ध गराइने योजना राखिएको छ । टच एन्ड फिलजोन तथा अलग अलग मोबाइल कम्पनीका प्रमोटरहरुले मोबाइलकाबारे अवलोकनकर्तालाई जानकारी दिने व्यवस्था मिलाइएको छ । अन्यत्र भन्दा सस्तो मूल्यमा मोबाइल उपलब्ध गराइने दाबी गर्दै प्रबन्ध निर्देशक ग्लाइडरले मोबाइल हबबाट जेन्यून र कम्पनीमार्फत उपलब्ध हुने फोनको मात्र कारोबार गरिने जानकारी दिए । कार्यक्रममा एप्पल वल्र्ड मोबाइल प्रालिमा अबलोकन तथा मोबाइल खरिद गर्न पुगेकाहरु मध्येबाट एक एक जनालाइ आइफोन ७ र ७ प्लसको लक्की ड्र खोलीएको थियो ।

उपत्यकाका जननिर्वाचित प्रतिनिधिले भने-सडक बिस्तारमा अवरोध गर्दैनौं

काठमाडौं । काठमाडौं उपत्यकाका जन निर्वाचित प्रतिनीधीहरुले सडक विस्तारको अभियानमा अवरोध नगर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सोमबार राजधानीमा काठमाडौं उपत्यका विकास प्राधिकरणले आयोजना गरेको सडक विस्तार, नयाँ शहर निर्माण र बाहिरी चक्रपथ आयोजना सम्बन्धी छलफलमा भाग लिँदै उनीहरुले सडक विस्तार अभियानमा अवरोध नगर्ने घोषणा गरेका हुन् । काठमाडौं, भक्तपुर र ललितपुरका जन प्रतिनिधीले सडक विस्तारले आधुनिक र सभ्य शहर निर्माणको आधार भएकाले सडक विस्तारमा अवरोध नगर्ने बताए  । ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले व्यवस्थित शहरीकरणको आधार स्तम्भका रुपमा सडक पुर्वाधार रहेकाले त्यसको विस्तारमा आफुहरुले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । ‘जनता सडक विस्तार बिरोधी होइनन्, हामी प्रतिनीधी पनि सडक विस्तारकै पक्षमा छौं तर मापदण्ड एउटै हुनु पर्छ र मुआब्जा घर भत्काउनु अघि नै दिनुपर्छ’, महर्जनले भने । उनले ललितपुरको सातदोबाटो देखि चापागाउँसम्मको सडकमा कतै १७ मिटर र कतै २२ मिटरको मापदण्डले स्थानीय आक्रोशित बनेको बताउँदै साझा मापदण्ड अघि सार्न आग्रह गरे । उनले प्रति वर्ग मिटर ३ हजारका दरले क्षतिपुर्ति दिने व्यवस्था गर्न पनि अनुरोध गरे । काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेलले पनि सडक विस्तारमा सघाउने प्रतिवद्धता व्यक्त गरे । उनले भने–जिवित शहरका लागि फराकिला सडक आवश्यक छन तर भत्किएका घर टाल्न पुग्ने गरि क्षतिपुर्ति दिनुपर्छ ।’सडक विस्तारका क्रममा भत्काइएको घरको निर्माणका लागि दिइएको क्षतिपुर्ति रकम कम भएको बताउँदै भने–घर भत्काउन दिन्छौं, जमिनको क्षतिपुर्ति पनि चाहिँदैन तर केक झै चिरिएको घर टाल्न पुग्ने पैसा चाहियो ।’ गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले सडक विस्तारमा आफुहरु बाधक नबन्ने तर जनताले उचित क्षतिपुर्ति भने पाउनुपर्ने धारणा राखे । तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहराले पनि सडक विस्तार आवश्यक रहेको बताउँदै सम्पदा बस्तीहरुको संरक्षणमा भने ध्यान दिनुपर्ने बताए । भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले आफ्नो जिल्लामा रहेका सम्पदा बस्तीहरुलाई जोगाउँदै बैकल्पिक सडक निर्माण गर्नु पर्ने बताए ।उनले सम्पदा बस्ती बाहेकका क्षेत्रमा भने सडक विस्तार आवश्यक रहेकोमा जोड दिएका थिए । कार्यक्रममा शहरी विकास मन्त्रालयका सचिव सर्वेन्द्र नाथ शर्माले राजधानीलाई कुरुप हुनबाट जोगाउन पनि सडक विस्तार आवश्यक रहेको धारणा राखेका थिए । उनले उपत्यकाका चार छेउमा निर्माण हुने नयाँ शहर र बाहिरी चक्रपथले उपत्यकालाई नयाँ जिवन दिने दावी समेत गरेका थिए ।

केएल मोबाइल हब सञ्चालनमा, मोबाइल एक्स्पो शुरु

काठमाडौं । हरेक मोबाइलको खरिदमा हात खाली नजाने एक्सक्लुसिभ अफरसहित केएल मोबाइल हब सञ्चालनमा आएको छ । राजधानीको चाबहिलस्थित केएल टावरको भुइँतल्लामा सञ्चालनमा आएको केएल मोबाइल हबमा मोबाइल एक्स्पोसमेत सञ्चालन गरिएको छ । मोबाइल हवको उद्घाटन इन्टिग्रेटेट मोबिलीटी सोलुसन –आइएमएस) का अध्यक्ष दिपक मलहोत्रा, पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठ, गायक राजेश पायल राई, नायीका ओशिमा बानु तथा समाजसेवी तथा ब्याबशायी निराजन सिंहले संयुक्त रुपमा गरेका थिए । २० गतेसम्म चल्ने एक्स्पोमा मोबाइल खरिद गर्दा विभिन्न उपहारको व्यवस्था गरिएको छ । केएल मोबाइल हबले एफक्युब सिनेमाको टिकट, क्लब डेजाबुमा ४ हजार रुपैयाँ बराबरको २ जनालाई प्रवेश कुपन, अवलोकनकर्तालाई लक्की ड्र मार्फत मलेशिया र सिंगापुर भ्रमणको प्याकेज, सेल्फी कन्टेस्टमा प्रथम हुनेलाई ग्यालेक्सी एस ८ पाउने व्यवस्था गरेको प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए । विश्व बजारमा पाइने २३ भन्दा बढी मोबाइल कम्पनीका उत्पादनको कारोबार गरिने यस मोबाइल हबमा एमआइ, आइफोेन, सामसङ, सोनी एक्सपेरिया, जियोनी, ओप्पो, एचटिसी, जेटटिइ, हुवावे, कुलप्याड, लेनेभो, वानप्लस, नोकिया, कलर्स, मोटोरोला, जोप्पो र ओबिआईका टच एन्ड फिल काउन्टर समेत रहेका छन् । नेपालमै पहिलो पटक फरक अवधारणामा असार ५ गतेबाट सञ्चालनमा आएको यो मोबाइल हबमा ६० मिनेट फेस टु फेस मोबाइलमर्मत सेवा, मोबाइल एक्सचेन्ज र टच एन्ड फिलजोनको सुविधा पनि रहेको छ । यसैगरी पार्किङको पर्याप्त सुविधा रहेको यस स्थानबाट ५० हजार रुपैयाँभन्दामाथिको स्मार्टफोन खरीद गर्दा क्लब डेजाभुको १ वर्षका लागि प्रिभिलेज कार्ड पाइने निर्देशक संगम राईले जानकारी दिए । मोबाइल हबमा १५ दिनसम्म चल्ने मोबाइल मेलामा अवलोकन गर्न आउनेहरुका बीच लक्की ड्र गरिने र भाग्यशाली अवलोकनकर्तालाई मलेसिया र सिंगापुरको टुर प्याकेज उपलब्ध गराइने योजना राखिएको छ । टच एन्ड फिलजोन तथा अलग अलग मोबाइल कम्पनीका प्रमोटरहरुले मोबाइलकाबारे अवलोकनकर्तालाई जानकारी दिने व्यवस्था मिलाइएको छ । अन्यत्र भन्दा सस्तो मूल्यमा मोबाइल उपलब्ध गराइने दाबी गर्दै प्रबन्ध निर्देशक ग्लाइडरले मोबाइल हबबाट जेन्यून र कम्पनीमार्फत उपलब्ध हुने फोनको मात्र कारोबार गरिने जानकारी दिए । कार्यक्रममा एप्पल वल्र्ड मोबाइल प्रालिमा अबलोकन तथा मोबाइल खरिद गर्न पुगेकाहरु मध्येबाट एक एक जनालाइ आइफोन ७ र ७ प्लसको लक्की ड्र खोलीएको थियो ।

ग्लोबल आइएमई बैंकको फिदिम एक्सटेन्सन काउण्टर शाखामा परिणत, शाखा संख्या ९६ पुग्यो

काठमाडौं । ग्लोबल आइएमई बैंकले असार ५ गते(सोमबार) देखि आफ्नो फिदिम एक्सटेन्सन काउण्टरलाई शाखामा परिणत गरेको छ । पाँचथर जिल्लाको आर्थिक गतिबिधिमा टेवा पुगोस भन्ने उद्धेश्यले बैंकले हालसम्म एक्सटेन्सन काउण्टरको रुपमा रहेको काउण्टरलाई शाखामा परिणत गरेको हो । यस सँगै ग्लोबल आइएमई बैंकको शाखा संख्या ९६ पुगेको छ । उक्त शाखाबाट रकम निकाल्न, राख्न, कर्जा प्रवाह गर्न साथै लगानीको वातावरण निर्माण गर्न सहयोग पुग्ने शाखा बैंकको रहेको छ । बैंकले मुलुकका १४ वटै अञ्चलबाट आफ्ना ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । हाल यस बैंकको ९६ शाखा, ५ वटा एक्सटेन्सन काउण्टर, १० वटा राजश्व संकलन काउण्टर, ११० वटा एटीएम, ४६ वटा शाखारहित बैंकिङ्ग सेवा तथा ६ लाख भन्दा बढि ग्राहक रहेका छन् ।

एक्स्प्लोर अर्थमुभर्सले ल्यायो २ प्रकारका एसडिएलजि ग्रेडरहरु

काठमाडौं । एक्स्प्लोर अर्थमुभर्स प्रा.लि ले ९१३८ र ९१९० मोडलका २ प्रकारका एसडिएलजि ग्रेडरहरु उपलब्ध गराएको छ । यी ग्रेडरहरु प्राविधिक रुपमा सर्वोत्कृष्ट हुनाको साथै कडा क्वालिटी नियन्त्रण प्रक्रिया अन्तर्गत उत्पादन गरिएका छन् । मोडल ९१३८ मा तीन प्रकारका ब्लेडहरु ८ फिट, १० फिट र १२ फिट साइजका रहेका छन् भनें ९१८० मोडल १३ फिट र १५ फिट साइजका ब्लेडहरुयुक्त छन् । यसैगरी यो ग्रेडरमा रिपर, स्क्यारिफायर र वातावनुकुलित क्याबिन जस्ता सुविधाहरु प्नि रहेका छन् । विगत १०० वर्षदेखि विश्व बजारमा आफ्नो पहिचान कायम गर्न सफल रहँदै आएको एसडिएलजि ग्रेडरहरु नवीन खोज र डिजाइनका लागि विश्वमै प्रमाणित भैसकेका छन् । यो ग्रेडरमा विद्यमान थप विशेषताहरुमा च्यासिसको अग्रभागमा क्याबिन हुनु हो जसले काम गरिरहेको अवस्थालाई अवलोकन गर्न सहजता प्रदान गर्दछ यसले गर्दा कार्य क्षमता र काम सम्पादन पनि अझ राम्रो गर्न सकिन्छ । आरओपिएस र एफओपिएस मोडल ९१९० का स्तरीय विशेषताहरु हुन् । पछाडीको एक्सल नचिप्लने, अलग्गै खाले एक्सलका साथ जडान गरिएका छन् । तीन थरीका पावर मोड र स्वचालित क्रुज नियन्त्रकले सर्वोत्कृष्ट कार्य उपयोगिता र ग्रेडर योग्यता उपलब्ध गराउन मद्दत गर्दछ । सानडोङ लिङगोङ मेशिनरी क.लि.(एसडिएलजि) को स्थापना सन् १९७२ मा भएको थियो र यो निर्माण उपकरणहरु उत्पादन गर्ने चिनीयाँ कम्पनीहरु मध्येको एक अग्रणी कम्पनी हो र यसले एसडिएलजि ब्राण्डबाट बजार प्रवद्र्धन गर्दैै आएको छ । कम्पनीले आफ्नै विश्व स्तरीय निर्माण प्रविधि लिङगोङ उत्पादन प्रणालीको प्रयोग गर्दे आएको छ, जसबाट कम्पनीका ह्वील लोडर्स, ब्याकहो लोडर्स र सडक उपकरणको क्वालिटी, क्षमता र विश्वसनीयता सुनिश्चित् गर्न सक्षम भएको छ । सन् २००६ मा एसडिएलजिले भोल्भो समुहसँग सहकार्य गरेपछि कम्पनीलाई व्यवस्थापकीय अनुभव र प्राविधिक सहयोगमा उत्तम अन्तर्राष्ट्रिय इन्टरप्राइजेजको साथ प्राप्त भएको छ । यो सहकार्यको कारण कम्पनीले अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थितिलाई मजबुत बनाउन सफलता हासिल गरेको छ । यसैगरी सन् २००७ मा भोल्भो कन्स्ट्रक्सन इकवीपमेन्टले एसडिएलजिमा थप लगानी गर्ने सम्बन्धमा एक सम्झौता गरेपछि एसडिएलजिको उत्पादन क्षमता अभिवृद्धि गर्नमा अझ सहयोग पुग्यो । अतः एसडिएलजि र भोल्भो बिच भएको सहकार्यबाट एसडिएलजिलाई तीव्र रुपमा विकास गर्न थप उत्साह प्राप्त भएको छ ।  

एसियाली पूर्वाधार बैंकले नेपालमा एक खर्ब लगानी गर्ने, मधेसको बस्ती विकासमा मात्रै २८ अर्ब खर्चदैँ

काठमाडौं । एसियाली पूर्वाधार लगानी बैंकले नेपालका विभिन्न छवटा परियोजनामा ठूलो मात्रामा लगानी गर्ने भएकोे छ । दक्षिण कोरियाको जेजुमा यही असार २ देखि ४ गतेसम्म आयोजना भएको एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ गभर्नर्सको बैठकमा सहभागी हुन गएका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा बैंकले काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीको सुधार परियोजनामा उल्लेख्य रुपमा लगानी गर्ने प्रतिबद्धता जनाएको हो । मन्त्री कार्कीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेपालमा लगानीका लागि बैंक इच्छुक देखिएको बताए । सो परियोजनामा रु एक खर्ब  भन्दा बढि लगानी गर्ने बैंकले जनाएको छ । विगत २० वर्षदेखि काठमाडौँ उपत्यकाको विद्युत् वितरण प्रणाली सुधार हुन नसकेको, प्राविधिक चुहावट बढेको तथा थप विस्तार तथा विकासका लागिसमेत समस्या भएपछि सरकारले सुधारको कार्ययोजना अगाडि बढाएको थियो । अर्थमन्त्री कार्कीले सो परियोजनामा बैंकले केही समयभित्रै रकम उपलब्ध गराउने वचन दिएको जानकारी दिए । काठमाडौँ उपत्यकाको विद्युत् वितरण प्रणालीमा सुधार गर्ने परियोजनाका विषयमा लामो समयदेखि छलफल भए पनि प्रक्रिया अगाडि बढ्न नसकेको सन्दर्भमा एसियाली पूर्वाधार लगानी बैंकका अलावा एसियाली विकास बैंकले लगानी गर्ने भएका हुन् । यस्तै तराई मधेसको बस्ती विकास तथा व्यवस्थित सहरीकरण परियोजनामा समेत बैंकले रु २८ अर्ब लगानी गर्ने प्रतिबद्धता जनाएको अर्थमन्त्री कार्कीले जानकारी दिए । तराई मधेसका २२ जिल्लामा सो कार्यक्रम लागू भएपनि पूर्वाधार बैंकले पहिलो चरणमा सात जिल्लामा लगानी गर्नेछ । सो परियोजनामा बैंकले २८ अर्ब रुपैयाँ लगानी गर्दैछ । चालु आवको बजेट वक्तव्यमा सरकारले सो परियोजनामा रु ५० करोडका दरले लगानी गर्ने कार्यक्रम राखेको छ । अर्थमन्त्री कार्कीकाअनुसार काठमाडौँ सामाखुसीदेखि नुवाकोटको छहरेसम्मको सुरुङ मार्गमा समेत पूर्वाधार बैंकले लगानी गर्ने भएको छ । सरकारको प्रस्तावअनुसार सो परियोजनामा बैंकले रु २६ अर्ब लगानी गर्नेछ । यसैगरी बैंकले पोखरा–बेनी–जोमसोङ सडकलाई स्तरोन्नति गर्ने परियोजनाका लागि रु १६ अर्ब लगानी गर्ने भएको छ । उक्त सडकको स्तरोन्नतिपछि प्रदेश नं ४ कै आर्थिक विकास र नेपाल–चीनबीच सम्पर्क सञ्जाल विस्तारमा सहयोग पुग्ने विश्वास लिइएको छ । यस्तै बैंकले जलविद्युत् परियोजनामा समेत लगानी गर्ने प्रतिबद्धता जनाएको उल्लेख गर्दै अर्थमन्त्री कार्कीले शारदा बबई जलविद्युत् आयोजनामा रु २० अर्ब लगानी गर्ने विषयमा प्रक्रिया अगाडि बढेको बताए। सो परियोजनाको क्षमता ९३ मेगावाटको छ । यस्तै नेपाल विद्युत् प्राधिकरणले अगाडि बढाउन लागेको ८७ मेगावाट क्षमताको तामाकोसी पाँचौँमा समेत बैंकको रु १८ अर्ब लगानी हुनेछ । सो परियोजनामा लगानी गर्ने सम्बन्धमा पनि बैंकले सहमति जनाएको छ । काठमाडौँ उपत्यकाको विद्युत् वितरण प्रणाली सुधार र तराई मधेसको व्यवस्थित सहरीकरणसम्बन्धी परियोजना तत्काल अगाडि बढ्ने र अन्य परियोजना क्रमशः प्रक्रियामा जानेछन् । अर्थसचिव शान्तराज सुवेदीले सरोकारवाला मन्त्रालयले जतिसक्दो चाँडो परियोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार पारेर उपलब्ध गराउँछन् त्यत्ति नै छिटो रकम उपलब्ध हुने जानकारी दिए । अर्थमन्त्रालय र लगानी बोर्डले परियोजना बैंक बनाउन लागेको जानकारी दिँदै अर्थसचिव सुवेदीले राम्रा र सहज आयोजनामा पूर्वाधार बैंकले लगानी गर्ने वचन दिएको उल्लेख गरेका छन् । बैंकमा बेलायत क्यानडा, चीनले लगानी गर्ने तयारी गरेको सन्दर्भमा थपिएको लगानी अल्पविकसित देशमा लगानी गर्ने कार्ययोजनासमेत अगाडि बढेको र नेपालले विशेष फाइदा लिन सक्ने सचिव सुवेदीको भनाइ छ । दक्षिण कोरियामा रहँदा अर्थमन्त्री कार्की नेतृत्वको प्रतिनिधिमण्डलले बैंकका अध्यक्ष, उपाध्यक्ष एवम् अन्य देशका जिम्मेवार पदाधिकारीसँग लगानीका विषयमा छलफल भएको अर्थमन्त्रालयका सहसचिव वैकुण्ठ अर्यालले जानकारी दिए । दातृ निकायले उपलब्ध गराउने रकमको उचित सदुपयोगका लागि अनुगमन तथा मूल्याङ्कन प्रणालीमा मन्त्रालयले विशेष जोड दिने तयारी गरेको सो अवसरमा जानकारी दिइयो । पूर्वाधार बैंकले अङ्गीकार गरेको ‘छरितो, स्वच्छ र हरित बैंक’को अवधारणा बमोजिम वातावरणमैत्री पूर्वाधार निर्माण, न्यून वा शून्य कार्बन उत्सर्जन गर्ने परियोजना कार्यान्वयन र एसियाली मुलुकमा रहेको गुणस्तरीय पूर्वाधारको अभाव पूर्ति गर्नेबारेमा छलफल भएको थियो । बैठकको उद्घाटन दक्षिण कोरियाका राष्ट्रपति मुन जेइ इनले गरेका थिए भने अध्यक्षता दक्षिण कोरियाका उपप्रधानमन्त्री एवम् अर्थमन्त्री यो आइ होले गरेका थिए । लगानीका क्षेत्रहरु मधेसको बस्ती विकास तथा व्यवस्थित सहरीकरणमा २८ अर्ब काठमाडौंदेखि नुवाकोटसम्मको सडक स्तरोन्नतीका लागि २६ अर्ब सारदा बबई जलविद्युत् आयोजनमा २० अर्ब तामाकोशी पाँचौ जलविद्युत्मा १८ अर्ब पोखरा बेनी जोमसोम सडक स्तरोन्नतीका लागि १६ अर्ब विद्युत् वितरण प्रणाली सुधारमा १० अर्ब

नेप्से २० अंकले झर्यो, सबै समूह राताम्मे

काठमाडौं । नेप्से परिसूचक २० अंकले ओरालो लागेको छ । सोमबार नेप्से दोहोरो अंकले ओरालो लागेर १५५५ दशमलब १६ अंकमा अडेको छ । सो दिन ६४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा १३७ कम्पनीको ८ लाख १४ हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा कारोबार भएका सबै समूहको परिसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक १४२ अंकले ओरालो लागेको छ । त्यस्तै, उत्पादनमूलक, विकास बैंक, बैंकिङ, हाइड्रो, होटल र फाइनान्स समूहको परिसूचक क्रमशः २३, २१, २०, १८, १६ र १० अंकले ओरालो लागेका छन् । अन्य समूहको परिसूचक भने सामान्य २ अंकले घटेको छ ।