इञ्जिनियरिङका उत्कृष्ठ १६ विद्यार्थीलाई एनसेलको एक-एक लाख छात्रवृद्धि
काठमाडौं । नीजी क्षेत्रको दुर सञ्चार सेवा प्रदायक कम्पनीले एनसेलले इञ्जिनियरिङ संकायमा उत्कृष्ठ नतिजा ल्याउने १६ जना विद्यार्थीलाई एक एक लाख नगद छात्रवृद्धि प्रदान गरेको छ । एनसेलले इञ्जिनियरङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसका १६ विद्यार्थीलाई एक एक लाख नगद छात्रवृद्धि प्रदान गरेको हो । एनसेल र पुल्चोक क्याम्पसका बिचमा पाँच बर्षसम्म उत्कृष्ठ विद्यार्थीलाई नगदसहित पुरस्कृत गर्ने सम्झौता भएको थियो । सोही सम्झौता अनुसार एनसेलले चौथो पटक १६ जना विद्यार्थीलाई छात्रवृद्धि प्रदान गरेको हो । कम्पनीले यस अघि नै पुल्चोक क्याम्पसमा उत्कृष्ठ नतिजा ल्याउने ४८ जनालाई यस्तो छात्र वृद्धि दिईसकेको थियो । सोमबार आयोजीत एनसेल छात्र वृद्धि तथा उत्कृष्ठता अवार्ड वितरण समारोहमा पुल्चोक इञ्जिनियरिङ क्याम्पसमा स्नातक तहमा अध्ययनरत १२ जना उत्कृष्ठ विद्यार्थी र उत्कृष्ठ नतिजा ल्याएर उत्तीर्ण भैसकेका विद्यार्थीले एक एक लाख पाएका हुन् । यी हुन उत्कृष्ठ विद्यार्थीहरु २०७२ ब्याचबाट इलेक्ट्रीकल इञ्जिनियरिङ–आदिती गजुरेल इलेक्ट्रोनिकल एण्ड कम्युनिकेशन–जयश्री राठी कम्प्युटर इञ्जिनियरिङ–सारांश डोटेल उत्कृष्ठ छात्रा–सलोनी शिखा २०७१ ब्याचबाट इलेक्ट्रीकल इञ्जिनियरिङ–अभिषेख सापकोटा इलेक्ट्रोनिकल एण्ड कम्युनिकेशन–सेलिना श्रेष्ठ कम्प्युटर इञ्जिनियरिङ–प्रकृति दुमारु उत्कृष्ठ छात्रा–श्रीति श्रेष्ठ २०७० ब्याचबाट इलेक्ट्रीकल इञ्जिनियरिङ– विवेक राई इलेक्ट्रोनिकल एण्ड कम्युनिकेशन–सुजन ढुंगाना कम्प्युटर इञ्जिनियरिङ– वृहतरत्न बज्राचार्य उत्कृष्ठ छात्रा–सुजिता चौधरी एनसेल एक्सलेन्स अवार्ड-२०६९ मा पास आउट भएकाहरुबाट इलेक्ट्रीकल इञ्जिनियरिङ– रामप्रसाद ज्ञवाली इलेक्ट्रोनिकल एण्ड कम्युनिकेशन– प्रतिक भण्डारी कम्प्युटर इञ्जिनियरिङ– महेन्द्र सिंह थापा उत्कृष्ठ छात्रा–स्लेशा अधिकारी
सम्सारा रेमिट र दुबईको अलमिरकाव एक्सचेन्जबीच रेमिट्यान्स सम्झौता
काठमाडौं । सम्सारा रेमिट र दुबईको कतार स्थित अलमिरकाव एक्सचेन्जका बीच द्धिपक्षीय करार सम्झौता भएको छ । सो सम्झौता पत्रमा सम्सारा रेमिटका तर्फबाट कार्यकारी उपाध्यक्ष जीवनाबाबु श्रेष्ठ र अलकिराक एक्सचेन्जको तर्फबाट संस्थाका महाप्रबन्धक आयुग चोगाले हस्ताक्षर गरेको हुन् । सम्सारा रेमिटले आफ्नो सेवालाई देश र विदेशमा समेत थप विस्तार गरी सबै सेवाग्राहिहरुलाई सहज र सवल रुपमा रेमिट्यान्स सेवा उपलब्ध गराउने उद्देश्यले उक्त संस्थाबीच सम्झौता गरेको हो । यस सम्झौता पश्चात विदेशमा रहेका सेवाग्राहीले अलमिरकाव एक्सचेन्जका ७ वटा शाखा कार्यालयबाट नेपालभर रहेका यस रेमिट प्रा.लि का ४२०० भन्दा बढी सहायक प्र्रतिनिधीहरुका माध्यम सोझै रकम भुक्तानी लिन सकिने वा सम्बन्धित बैंकको बैंक खातामा रकम जम्मा गर्न सकिने कम्पनीले जनाएको छ । साथै, आगामी दिनहरुमा सम्सारा रेमिटले विश्वका अन्य देशहरुमा समेत रेमिट्यान्स व्यवसायाई थप प्रगतिशिल र सहज बनाउँन आवश्यक पहल र गृहकार्य गरिरहेको कम्पनीका कार्यकारी उपाध्यक्ष जीवनबाबु श्रेष्ठले बताए ।
लाफिङ बुद्ध पावरले ९ लाख कित्ता आइपीओ निष्काशन गर्न माग्यो बोर्डको अनुमति
काठमाडौं । लाफिङ बुद्ध पावर नेपालले ९ लाख ७८ हजार कित्ता आइपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डको अनुमति मागेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयवासीका लागि एक सय रुपैयाँ अंकित मूल्यमा नौ करोड ७८ लाख रुपैयाँ बरारबको सेयर जारी गर्न लागेको हो । सो मात्राको आइपीओको लागि कम्पनीले जेठ ३१ गते नै बोर्डमा निवेदन दिएको हो । कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेड मार्फत सो मात्रामा आइपीओ जारी गर्न अनुमति मागेको हो ।
सेयर कर्जाको व्याज १९ प्रतिशत पुग्यो, नेप्से अझै घट्न सक्ने
काठमाडौं । बैंकहरुले सेयर कर्जाको व्याज १९ प्रतिशत पुर्याएका छन् । एनएमबी बैंकले सोमबार प्रकाशित गरेको व्याजदर मार्जिन ल्याण्डिङको व्याज १८.९५ प्रतिशत तोकिएको छ । त्यसमा बैंकले लोन प्रोसेसिङ फि अतिरक्त लिन्छ । बैंकले प्राइम लोनमा बेस रेटमा थप ५ प्रतिशत, स्ट्याण्डर्ड लोनमा थप ७ प्रतिशत र अदर लोनमा बेस रेटमा थप १० प्रतिशत व्याज लिने जनाएको छ । बैंकको बेस रेट ८.९५ प्रतिशत छ । केन्द्रीय बैंकले नै सेयर कर्जामा प्रवाह हुने कर्जालाई नेगेटिभ लिष्टमा राख्ने पोलिसि लिएपछि एनएमबी जस्तै अरु बैंकले पनि सेयरकर्जा प्रवाहमा निकै कडाई गरेको छन् । उनीहरुले उच्च व्याजदरमा पनि सेयरकर्जा प्रवाहलाई कम प्राथमिकतामा राखेको छन् । सेयर कर्जाको व्याज आकाशिएपछि बजारमा सेयरको बिक्री चाप बढेको छ र मूल्य निरन्तर घट्दै गएको छ । एनएमबी बैंकले घर जग्गा कर्जामा पनि १७ देखि १९ प्रतिशतसम्म व्याज लाग्ने जनाएको छ । लगानी योग्य पुँजीको अभावमा बैंकहरुले १५ प्रतिशतसम्म व्याज तिरेर निक्षेप लिएको छन् । त्यस्तै कर्जाको व्याजदर १८ देखि १९ प्रतिशत सम्म पुर्याएका छन् । यस पटकको तरलता अभावको समयमा फाइनान्स र विकास बैंकको तुलनामा वाणिज्य बैंकहरुले बढी दरको व्याजमा निक्षेप संकलन तथा कर्जा प्रवाह गरिरहेका छन् ।
जाजरकोटमा पोषण सुधार्न ९२ लाख रकम विनियोजित
जाजरकोट। जाजरकोट जिल्लामा पोषण संवेदनशील कार्यक्रमका लागि ९२ लाख रुपैयाँ विनियोजन गरिएको छ । आव २०७३/७४ का लागि जिल्लामा पोषण तथा खाद्य सुरक्षा कार्यक्रमका लागि नेपाल सरकारबाट उक्त रकम विनियोजन गरिएको जिल्लास्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशिका समितिका अध्यक्ष एवम् स्थानीय जिल्ला विकास अधिकारी रुद्रप्रसाद पण्डितले बताए । यो रकम जिल्ला समन्वय समितिमार्फत पोषण लक्षित शीर्षकमा खर्च गर्नका लागि जिल्ला पशुसेवा कार्यालयमा रु १८ लाख, जिल्ला शिक्षा कार्यालयमा रु १४ लाख, खानेपानी तथा सरसफाइ कार्यालयमा रु १४ लाख, महिला तथा बालबालिका कार्यालयमा रु १४ लाख, जिल्ला पशुसेवा कार्यालयमा रु १८ लाख र जिल्ला समन्वय समितिमा रु १३ लाख रकम गरी जम्मा रु ९१ लाख रकम विनियोजित गरिएको छ । जसमध्ये ५० प्रतिशत रकम यी सम्बन्धित कार्यालयमा भुक्तानी गरिसकेको पण्डितले बताए । सुनौला हजार दिनका महिला तथा बालबालिका र किशोर,किशोरीको पोषण अवस्थामा सुधार ल्याउनका लागि पोषण संवेदनशील कार्यक्रम लागू गरिएको बहुक्षेत्रीय पोषण योजना जाजरकोटका कार्यक्रम संयोजक गगनसिंह ठगुन्नाले बताए । मानव पुँजी र समग्र सामाजिक आर्थिक विकासमा कुपोषणलाई अवरोधका रुपमा नरहने अवस्था सुनिश्चित गर्नका लागि उल्लेखनीय रुपमा दीर्घरोग कुपोषण, पुड्कोपना, कमतौल र ख्याउटेपन जाजरकोटबाटै न्यूनीकरण गर्न यो कार्यक्रमको लक्ष्य रहेको छ । त्यस्तै यो कार्यक्रम पोषण, स्वास्थ्य, कृषि र यातायातबाट वञ्चित रहेका (साविक) का नायकवाडा, रामीडाँडा, रोकायगाउँ, दह, कोर्ताङ र गर्खाकोट गरी जम्मा छ वटा गाविसमा लागु गरिएको छ । रासस
सोमबार प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटार सरे
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सरेका छन् । गत जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएपछि पनि बूढानीलकण्ठस्थित आफ्नै निजी निवासमा बस्दै आएका उनी सोमबार बिहान बालुवाटार सरेका पारिवारिक स्रोतले जनाएको छ । प्रधानमन्त्री देउवालाई सरकारी निवास सर्न ज्योतिषीले आज बिहान ५ः२२ बजेको उत्तम साइत जुराइ दिएपछि सोहीअनुसार नै उनी बिहानै पूजापाठ गरी सरेका हुन् । जेठ २४ गते प्रधानमन्त्री पदको शपथ पनि उनले ज्योतिषीले जुराइ दिएको साइतको समयमा नै लिएका थिए । बिहान सरकारी निवासमा प्रधानमन्त्री देउवालाई कर्मचारीले स्वागत गर्नुका साथै भवनको साँचो हस्तान्तरण गरेका थिए भने सो अवसरमा उनको सम्मानमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो । प्रधानमन्त्री देउवाको शपथ समारोहकै दिनदेखि तत्कालीन प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निजी निवास सर्नुभएपछि बालुवाटारको सरकारी निवास खाली थियो । यस अवधिमा सहरी विकास तथा भवन निर्माण विभागले उक्त सरकारी निवासको मर्मत सम्भार एवम् रङरोगन गरेको थियो । रासस
लुम्बिनी जनरल इन्स्योरेन्सको असार १३ गते बुक क्लोज
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सकोे आगामी असार १३ गते बुक क्लोज हुने भएको छ । कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने प्रयोजनको लागि सो दिन कम्पनीकोे बुक क्लोज गर्ने निर्णय गरेको हो । बैंकले शतप्रतिशत (एक बराबर एकको अनुपातमा) प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो ।
एनबी इन्सुरेन्सको शतप्रतिशत हकपद्र सेयरको बिक्री खुला, कँहाबाट दिने आवेदन?
काठमाडौं । एनबी इन्सुरेन्सले आजबाट शतप्रतिशत (एक बराबर एकको अनुपातमा) हकप्रद सेयरको निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले जेठ ३ गतेसम्म कायम साविक सेयरधनीहरुका लागि एक सय रुपैयाँ अंकित मूल्यको दरले २७ लाख कित्ता हकप्रदको बिक्री खुला गरेको हो । सो मात्राको सेयरको बिक्री आगामी साउन ५ गतेसम्म खुल्ला हुने कम्पनीले जनाएको छ । कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ । उक्त सेयरको लागि इच्छुक सेयरधनीले काठमाडौंको जमलमा रहेको ग्लोबल आइएमई क्यापिटलबाट आवेदन दिन सक्नेछन् । साथै, एनबी इन्सुरेन्स कम्पनीको काठमाडौं उपत्यका भित्र र उपत्यका बाहिर जुनसुकै शाखाबाट आवेदन दिन सकिने इन्सुरेन्सले जनाएको छ ।