पुननिर्माण प्राधिकरणद्धारा १ खर्बभन्दा बढी खर्च
काठमाडौ । राष्ट्रिय पुनःनिर्मााण प्राधिकरणले गत फागुन मसान्तसम्म १ खर्ब १ अर्ब ६२ करोड रुपैयाँ निर्माणका क्षेत्रमा खर्च गरेको छ । अतिप्रभावित १४ जिल्ला तथा कमप्रभावित १८ जिल्लामा गरी देशका ३२ जिल्लामा भूकम्पपीडितलाई घर, विद्यालय, सम्पदा निर्माणलगायत क्षेत्रमा सो रकम खर्च गरिएको हो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले ती ३२ जिल्लामा करीब १ लाख १३ हजार घर निर्माण भइसकेको जानकारी दिँदै ती लाख ८४ हजार घर निर्माणका क्रममा रहेको बताए । प्राधिकरणसँग पर्याप्त रकम नभएका कारण प्रभावितलाई ३ लाख रुपैयाँ उपलब्ध गराउन नसकिएको उनले बताए । विसं २०७२ मा गएको भूकम्पबाट ७ हजार ५५३ विद्यालयमा क्षति पुगेकामा ३ हजार विद्यालय बनिसकेको र १ हजार ७०० विद्यालय बन्ने क्रममा रहेको जनाइएको छ । त्यस्तै, ७५३ सांस्कृतिक सम्पदामा नोक्सान भएकामा करीब १०० सम्पदा निर्माण भइसकेको प्राधिकरणले जनाएको छ । रासस
प्रधानमन्त्री ओली राजकीय भ्रमणका लागि भारत प्रस्थान
काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओली ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मित्रराष्ट्र भारतको राजकीय भ्रमणमा आज प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली नेपाल वायुसेवा निगमको नियमित उडानबाट आज बिहान ९ बजे भारत प्रस्थान गरेका छन् । उनलाई बिदाइ गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षामन्त्री ईश्वर पोखरेल, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतम, उपमहासचिव विष्णु पौडेल, पूर्वसभामुख सुवास नेम्वाङ तथा विभिन्न मन्त्रालयका सचिवहरु पुगेका थिए । यस्तै, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, संघीय संसद्का सदस्यहरु शरतसिंह भण्डारी, दीनानाथ शर्मा, रामेश्वर राय यादव, मोतिलाल दुगड, गणेशसिंह ठगुन्ना, शान्ता चौधरी, उमा रेग्मी, रामवीर मानन्धर, सीताराम महतो तथा विमलप्रसाद श्रीवास्तव भ्रमणदलमा सहभागी छन्।
वेष्ट फाइनान्सले सिनर्जीलाई प्राप्ति गर्ने, शनिबार साधारसभा
काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले सिनर्जी फाइनान्स लिमिटेडलाई प्राप्ति (अक्वाएर) गर्ने भएको छ । प्राप्तिमा जान दुबै फाइनान्सले शनिबारसाधारणसभा बोलाएका छन् । दुबैको सभाले प्राप्ति गर्ने प्रस्तावलाई अनुमोदन गर्नेछ । दुबै फाइनान्सको सेयर आदनप्रदान अनुपात १ बराबर १ रहेको छ । सेयर आदनप्रदान अनुपात सभाले पारित गर्ने छ ।
प्रधानमन्त्री ओली आज ९ बजे भारत प्रस्थान गर्दै, नयाँ सहमति नहुने
काठमाडौं । मन्त्री, उच्च सरकारी कर्मचारी, उद्योगीसहितको ठूलो समूहको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली आज भारतको तीन दिने औपचारिक भ्रमणमा जाँदैछन्। तीन मन्त्री र केही सरकारी उच्च पदस्थ कर्मचारी तथा उद्योगी, व्यवसायी सहितको टोलीको नेतृत्व गर्दै दिल्ली जान लागेका प्रधानमन्त्री ओलीले त्यहाँ आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन्। भ्रमणका क्रममा नयाँ सहमति नहुने बताईए पनि विगतको तिक्तता मेट्न सकेमा द्विपक्षीय सम्बन्धमा नयाँ ढोका खुल्ने एकजना पूर्वराजदूतको भनाइ छ। भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा यसअघिका सरकार प्रमुखहरूले जस्तै प्रधानमन्त्री ओलीले पनि आफ्नो पहिलो विदेश भ्रमण भारतबाट सुरु गर्न लागेका हुन्। यस भ्रमणपछि अढाई वर्षअघि संविधान जारी गर्ने बेला र त्यसपछि नाकाबन्दीका कारण चिसिएको दुई देशबीचको सम्बन्ध आउँदा दिनमा सुमधुर हुने सरकारको अपेक्षा छ। भ्रमणमा परराष्ट्र, उद्योग र भौतिक पूर्वाधारमन्त्रीहरू, ओलीका राजनीतिक सल्लाहकार र मुख्य सचिव समेत सहभागी हुने छन्। भ्रमण कार्यतालिकाबारेमा परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले भने, प्रधानमन्त्रीज्यू मित्रराष्ट्र भारतको राजकीय भ्रमणमा अहिले बिहान ९ बजे नयाँ दिल्लीतर्फ प्रस्थान गर्दै हुनुहुन्छ। र, फर्किनुअघि प्रधानमन्त्री उत्तराखण्डको पन्तनगर जाने कार्यक्रम छ। त्यहाँ प्रधानमन्त्रीलाई अनररी डक्टर अफ साईन्सुको उपाधि (विद्यावारिधी) ले सम्मानित गरिने कार्यक्रम छ। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले आजै नेपाल र भारतका उद्योयी व्यवसायी तथा भारतमा रहेका नेपाली समुदायसँग पनि विशेष भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको छ। नेपालको परिस्थिति आन्तरिक रूपमा बदलिएको छ । नेपाल र चीनबीचको बढ्दो प्रगाढताका कारणले पनि नेपाल–भारत सम्बन्धलाई पनि केही न केही प्रभावित पार्ने भएकोले यो भ्रमणप्रति आशावादी हुनुपर्छ। भोलि भारतका राष्ट्रपति र उपराष्ट्रपतिसँग शिष्टाचार भेटघाट गर्नेछन्। विशिष्ट पाहुनाका रूपमा उनी राष्ट्रपति भवनमा रहने छन्। नेपाल र चीनबीच निकटता बढेको ठान्ने भारत नेपालसँग सम्बन्ध सुधारमा बढी केन्द्रीत हुने एकजना पूर्वराजदूत जयराज आचार्यले बताए। भ्रमणप्रति आशा व्यक्त गर्दै उनले भने, ुुनेपालको परिस्थिति आन्तरिक रूपमा बदलिएको छ र नेपालर चीनबीचको बढ्दो प्रगाढताका कारणले पनि नेपाल र भारत सम्बन्धलाई पनि केही न केही प्रभावित पार्ने भएकोले यो भ्रमणप्रति आशावादी हुनुपर्छ। त्यो सद्भावमा प्रगति भएपछि अरू द्विपक्षीय सहयोगका कामहरू अगाडि बढ्न सक्छन्। भुकम्पपछिको पुनर्निर्माणका लागि भारतीय सहयोगको परिचालन, पञ्चेश्वर र अरुण तेस्रो जलविद्युत आयोजना तथा हुलाकी राजमार्ग लगायतका योजनाको कार्यान्वयनमा नेपाली पक्षले जोड दिने बताइएको छ। यसै भ्रमणका क्रममा वीरगञ्जस्थित एकीकृत जाँच चौकीको दुवै प्रधानमन्त्रीले संयुक्त उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । स्रोतः बीबीसी
काठमाडौँ जिल्ला ३८ औ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिदै
काठमाडौं । काठमाडौँ जिल्लालाई चैत्र २६ गते पूर्ण खोप सुनिश्चित घोषणा गर्न लागिएको छ । चैत्र २६ गते काठमाडौँको टुडिखेमा उपराष्ट्रपति नान्दबाहदुर पुनको प्रमुख अथिति, मन्त्री र प्रदेशका मुख्यहरुको उपस्थितिमा जिल्ला पूर्ण खोप सुनिश्चित घोषणा गर्न लागिएको काठमाडौँ जिल्ला जनस्वस्थ्यका सूचना अधिकारी पुस्कर विजुक्षे बताए । हालसम्म ३७ वटा जिल्ला मात्रै पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएका छन् । अब काठमाडौँ जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेपछि ३८ औ वटा जिल्ला मात्रै पूर्ण खोप सुनिश्चित जिल्ला हुने भएको छ । सुरुमा पूर्ण खोप सुनिश्चित घोषणा नवलपरासी जिल्लाले गरेको थियो । सरकारले सन् २०१७ सम्ममा सबै जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने लक्ष्य अझै पुरा भएको छैन । विजुक्षेका अनुसार बालबालिकालाई खोपको पहुँचमा पु¥याई खोपको अभावका कारण हुने मृत्युदर रोक्न खोप कार्यक्रम प्रभावकारी हुनेछ । काठमाडौँ जिल्ला भित्रको १२ देखि २३ महिनाका २२ हजार २ सय ५७ जना बालबालीकाहरुलाई बि सी जी, डी पी टि, पोलियो, जापानिज ईन्सिफ्लाईटिस र दादुराको खोप दिहिसकेको छ । स्वस्थ्य स्वयमासेविका मार्फत स्थानीय स्वस्थ्य कर्मिहरुले १२ देखि २३ महिना भित्रका सबै बालबालीकाहरुले खोप पाएको सुनिश्चित भैसकेको पनि विजुक्षेले बताए ।
एभरेष्ट बैंकको शाखा कावासोतीमा
काठमाडौं । देशको विभिन्न स्थानमा बैंकिङ सेवा पुर्याउने उद्देश्यले एभरेष्ट बैंकले आफ्नो शाखा विस्तार गर्दै गएको छ । यसै क्रमलाई निरन्तरर्ता दिदैं बैंकले नवलपुरको कावासोतीमा आफ्नो शाखाको औपचारिक उद्घाटन गरेको जनाएको छ । कावासोती शाखाको उद्घाटन नवलपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनी र बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्त रुपमा गरेका थिए । उक्त कार्यक्रममा कावासोती नगरपालिकाका मेयर चन्द्रा पुन, नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष दासुराम पोखरेल लगायतका उपस्थिति रहेको बैंकले जानकारी गराएको छ । एभरेष्ट बैंकले हाल आफ्ना ८० वटा शाखाहरु, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११३ एटीएम तथा बृहत बाह्य सञ्जालमार्फत सेवाहरु प्रदान गर्दै आएको बताएको छ ।
बिना धितो १५ लाखसम्म प्रोफेशनल कर्जा प्रदान गर्ने ओमको शाखा अब कावासोती र बर्दघाटमा
काठमाडौं । ओम डेभलपमेन्ट बैंक लिमिटेडको नवलपरासीको कावासोती र बर्दघाट शाखाको बिहिबार बिधिवत उद्घाटन भएको छ । कावासोती शाखा उद्घाटन कावासोती नगरपालिका मेयर चन्द्र कुमारी पुनले कुमारवती बहुमुखी क्याम्पसका बिद्यार्थीलाई बैंककोतर्फबाट प्रदान गरिने छात्रबृद्धिको घोषणा गर्दै गरेकी थिइन् । बिहिबार नैे बर्दघाट शाखा उद्घाटन बर्दघाट नगरपालिकाका मेयर धिरज शर्मा बसेलले गरेका थिए । उनले सो अवसरमा बहुमुखी क्याम्पसका बिद्यार्थीलाई बैंककोतर्फबाट प्रदान गरिने छात्रबृद्धिको घोषणा समेत गरेका छन् । बैंकको शाखा संख्या ५२, कर्मचारी संख्या ३९९, ग्राहक संख्या करिब २ लाख ३१ हजार, एटीएम संख्या ११ रहेको जानकारी दिएको छ । ग्राहकहरुलाई निशुल्क सि–आश्वा सेवा प्रदान गरिरहेको उक्त बैंकले बिना धितो १५ लाखसम्म प्रोफेशनल कर्जा प्रदान गर्दै आईराखेको बैंकका अध्यक्ष सुशीलकुमार गोशलीले कार्यक्रममा जानकारी गराएका थिए । बैंकले फाल्गुन मसान्तसम्म १८ अर्ब १५ करोड रुपैयाँ निक्षेप संकलन गरि १६ अर्ब ३२ करोड रुपैयाँ कर्जा लगानी गरेको जनाएकाे छ ।
कैलाश विकास बैंकको शाखा गुल्मीमा
काठमाडौं । कैलाश विकास बैंकले गुल्मी जिल्लाको पुर्तिघाटमा आफ्नो ४६ औँ शाखा स्थापना गरेको छ । उक्त शाखाको बिहीबार कालीगण्डकी गाँउपालकिा प्रमुख वेदबहादुर थापाले शुभारम्भ गरेका थिए । नयाँ शाखासहित बैंकको शाखा संख्या ४६ पुगेको छ भने एटीएम संख्या २२ पुगेको छ । बैंकले निकट भविष्यमा झापा जिल्लाको दमक, बारा जिल्लाको गंजभवानीपुर, सिराहा जिल्लाको बेल्हा, पर्सा जिल्लाको विरगंज तथा अन्य विभिन्न ठांउहरुमा समेत शाखा संचालन गर्ने तयारी गरिरहेको जानकारी दिएको छ । राष्ट्रिय स्तरको उक्त बैंकको चुक्ता पूँजी रु.२ अर्व ५२ करोड रहेको छ । बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै समस्त आधारभूत बैंकिङ सेवाको अलावा मोबाईल बैंकिङ, एसएमएस बैंकिङ लगायत सेवाहरु सञ्चालन गर्दै आइरहेको छ