विकासन्युज

देव विकास बैंकको ६५ करोड ३३ लाख हकप्रद सेयर चैत २६ देखि खुल्ने

काठमाडौं । देव विकास बैंकले चैत २६ गतेदेखि सेयरधनीलाई हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।  बैंकले चुक्तापूँजी बढाउन ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो । साविका सेयरधनीलाई ६५ करोड ३३ लाख रुपैयाँ बराबरको ६५ लाख ३३ हजार कित्ता हकप्रद निष्कासन गर्न लागेको हो । हकप्रद सेयर निष्कासन बैंशाख ३० गते बन्द हुने बैंकले जनाएको छ । गत फागुन १६ गतेसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोबार भई कायम रहेका साविकका सेयरधनीले हकप्रद भर्न पाउने भएका छन् । हकप्रद बाँडफाँडपछि बैंकको चुक्तापूँजी २ अर्ब २८ करोड ६५ लाख रुपैयाँ पुग्ने छ । नेपाल राष्ट्र बैंकले राष्ट्रियस्तरको विकास बैंकको रुपमा कारोबार गर्न साढे २ अर्ब रुपैयाँ चुक्तापुँजी हुनुपर्ने नीतिगत व्यवस्था गरेपछि बैंकले हकप्रदमार्फत चुक्तापूँजी बढाउन लागेको हो ।

नविल बैंकले खाता खोल्ने बित्तिकै ११ प्रतिशत अग्रिम ब्याज दिने

काठमाडौं । तपाईले निक्षेप राख्दा बैंकबाट प्रत्येक ३, ६ वा १ वर्षसम्म ब्याज लिन कुर्नु परेको छ ? तपाई अग्रिम ब्याज खातामा जम्मा भएको चाहानु हुन्छ ? अब चिन्ता लिनु पर्दैन नविल बैंकले खाता खोल्ने बित्तिकै वर्षभरीको अग्रिम ब्याज दिने छ । बैंकले खाता खोल्ने बित्तिकै वर्षभरीको ब्याज खातामा जम्मा गरिदिने गरी नविल बम्पर मुद्धति योजना ल्याएको छ ।नयाँ मुद्धिती योजनामा अधिकतम ब्याजदरका साथ अग्रिम भुक्तानी हुने बैंकका उपप्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) अनिलकेशरी शाहले बताए । उनले खाता खोल्नसाथ ब्याज जम्मा गरिदिने र सो रकमले अर्को मुद्धति खाता पनि खोल्न मिल्ने जानकारी दिए । शाहले हालसम्मकै नयाँ मुद्धति योजना ल्याएको सुनाए । खाता खोलेर निक्षेप जम्मा गर्नसाथ वर्षभरीको ब्याज अग्रिम रुपमा खातामा जम्मा गर्ने नविल संभवत पहिलो बैंक भएको छ । मुद्धति खातामा न्युनतम ५ लाख रुपैयाँ हुनुपर्ने छ । वार्षिक ब्याजदर ११ प्रतिशत दिने बैंकले जनाएको छ । अवधि १ र २ वर्ष रहेको छ । निक्षेप तान्न बैंकले यो योजना ल्याएका हो । हाल बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजीको अभाव भएपछि बैंकले नयाँ निक्षेप योजना ल्याएका छन् । बैंकबीच मुद्धतिमा ११ र साधारण वचतमा ८ प्रतिशत ब्याज दिने आन्तरिक सहमति गरेका छन् ।  

शिक्षामा निजी क्षेत्रको २०० अर्ब लगानीः १४ लाख विद्यार्थी, २ लाख कर्मचारी

काठमाडौं । शिक्षामा व्यापार भएको भन्दै निजी क्षेत्रबाट सञ्चाललित विद्यालयहरुको चर्को आलोचना हुँदै आए पनि यस क्षेत्रमा निजी क्षेत्रको लगानी, विद्यार्थीको संख्या र यस क्षेत्रमा सिर्जना भएको रोजगारी उल्लेख्य रहेको पाइएको छ । निजी लगानीमा सञ्चालित विद्यालयहरुको संगठन प्राइभेट एण्ड बोर्डिङ स्कूल अर्गनाईजेशन नेपाल (प्याप्सन) को अनुसार नेपालमा हाल करिव ९ सय निजी विद्यालयहरुमा सञ्चालनमा छन् । ती विद्यालयहरु राजधानीमा मात्र छैनन्, दुर्गम जिल्लाहरुमा पनि छन् । प्याव्सनका अनुसार सबै भन्दा धेरै काठामाडौं उपत्यका तीन जिल्लामा २० हजार र थोरै रसुवामा ९ वटा निजी लगानीका विद्यालयाहरु सञ्चालन भैरहेका छन् । ती विद्यालयहरुमा १४ लाख ५० हजार विद्यार्थीहरु अध्ययन गरिरहेका छन् । निजी क्षेत्रको विद्यालयहरुमा करिव दुई सय अर्ब रुपैयाँको लागानीमा भएको अनुमान छ भने यी स्कूलहरुमा कम्तिमा २ लाख मानिसले रोजगारी पाएका छन् । निजी क्षेत्रका स्कूलहरुले चर्को शुल्क लिने गरेको गुनासो अभिभावकहरुको छ । तर स्कूलहरुको भौतिक संरचना, जनशतिm, उनीहरुले दिने अतिरिक्त सेवा र सरकारले गरेको स्कूलहरुको वर्गीकारणका आधारमा बिद्यालय व्यवस्थापनले शुल्क लिदै आएको दावी प्याबसन केन्द्रीय कार्यसमितिको उपाध्यक्ष डीके ढुंगानाको छ । सरकारीमा भन्दा निजी तहबाट सञ्चाललित विद्यालयहरुले प्रदान गर्ने शिक्षा व्यवहारिक, प्राविधिक, गुणस्तरीय भएको उनी बताउँछन् । स्कूल तहको शिक्षा निःशुल्क गर्ने भनेर संविधानमै लेखिएको छ भने राजनीतिक दलहरुले पनि १२ कक्षासम्मको शिक्षा निःशुल्क हुनु पर्नेमा जोड दिदै आएका छन् । तर सरकारसँग भरपर्दो विकल्प देखिदैन । २०२८ सालमा पनि सरकारले शिक्षा ऐन नै बनाएर सबै निजी विद्यालयहरु सरकारीकरण गरेको थियो । तर सरकारको त्यो नीति दिगो भएन । २०३६ सालमा सरकारले फेरी निजी क्षेत्रलाई विद्यालय खोल्न आव्हान गरेपछि निजी लगानीका विद्यालयहरु खुल्न थालेका हुन् । २०४७ देखि २०५५ सालमा सबै भन्दा बढी निजी क्षेत्रका विद्यालयहरु स्थापन भएको ढुंगालनाले बताए । २०५५ देखि २०६६ मा सहर केन्द्रीत भएर यस्ता विद्यालयहरु खुलेका थिए ।

स्याकार ट्रेडिङले ल्यायो होण्डा जेनुएन ईन्जिन आयलको नयाँ प्याक

काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ प्रालिले होण्डा जेनुएन ईन्जिन आयलको नयाँ प्याक सार्वजनिक गरेको छ । पछिल्लो राइजिङ परिस्थितिलाई मध्ययनजर गर्दै उच्चतम ईन्जिन पर्फमेन्स प्रदान गर्ने उद्देश्यले राजधानीमा बुधबार एक समारोह गरी कम्पनीले उक्त जेनुएन ईन्जिन आयलको नयाँ प्याकहरु सार्वजनिक गरेकोे हो । कार्यक्रमको आवसरमा ज्योति समूहका निर्देशक सौरभ ज्योतिले सार्वजनिक गरिएका आयलहरु प्रदुषण कम गर्ने वातावरणमैत्री रहेको बताए । उनले उक्त आयलहरु नयाँ जेनेरेशनको आयल रहेको जानकारी गराए । कम्पनीले नवीनतम टेक्नोलोजीहरुको प्रयोग गरी उत्पादन गरिएको होण्डा ४–स्ट्रोक मोटरसाइकल ईन्जिन आयल एसएई १०डब्ल्यु–३० जेएएसओ एमए र ४–स्ट्रोक स्कुटर ईन्जिन आयल एसएई १०डब्ल्यु–३० जेएएसओ एमबी बजारमा ल्याएको हो । जापानिज कम्पनीद्वारा उत्पादित ती आयलहरु सार्वोत्कृष्ट क्वालिटीको रहेको कम्पनीको भनाइ छ । साथै उक्त आयलहरुले सवारी साधानको आयु तथा कार्यक्षमता बढाउने, वातावरणमैत्री लगायत लाभदायक गुण रहेको जनाएको छ । कम्पनीको अनुसार सार्वजनिक गरिएको स्कुटर ईन्जिन र मोटरसाइकल ईन्जिन आयल उत्कृष्ट लुब्रिसिटी, वेयर प्रोटेक्सन र ईन्जिन लाईफ जस्ता फाइदहरुका साथै उत्कृष्ट कल्चर पर्फमेन्स रहेको छ ।  

कर्णालीका मुख्यमन्त्रीको प्रधानमन्त्रीलाई प्रश्नः भन्सार र उद्योग छैनन्, समृद्धि कसरी ?

काठमाडौं । ‘कर्णाली प्रदेशसँग भन्सार नाका छैन्, उद्योग पनि छैन्, नागरिकको समृद्धिको चाहना कसरी सम्बोधन गर्ने ?’, बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्ना गुनासो राखेर बाहिरिँदै गरेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र शाहीको भनाई हो यो । उनले यहि गुनासो प्रधानमन्त्री ओलीसँग राखेका थिए । ओलीलाई आफ्ना गुनासो राखेर बाहिरिएका मुख्यमन्त्री शाहीले नागरिकका चाहना सम्बोधन गर्न ठुलै चुनौती देखिएको बताए । ‘कर्णाली प्रदेश आफैंमा विकट थियो, हामीले थुप्रै प्रतिवद्धताहरु गरेका थियौं, ति पुरा गराउन आवश्यक सहयोग प्रधानमन्त्रीसँग मागियो’, मुख्यमन्त्री शाहीले भने । उनले सडक, पुर्वाधार, पोषण, शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका सबै क्षेत्रमा कर्णाली प्रदेश पछि परेको बताउँदै बजेट बनाउँदा बिशेष महत्व दिन पनि ओलीलाई आग्रह गरेको जानकारी दिए । ‘हामी सबै ढंगले पछि परेका छौं, विकास र समृद्धिका लागि केन्द्र सरकारले बिशेष ढंगले व्यवहार गरोस्, महत्व देओस् भन्ने आग्रह गरेँ’, मुख्यमन्त्री शाहीले भने । उनले बजेट नभएको, कर्मचारी नभएको, पुर्वाधार नभएको कानुन नभएको गुनासो प्रधानमन्त्रीलाई सुनाएको पनि बताए ।

आरम्भ माइक्रोफाइनान्सको ६ लाख कित्ता साधारण सेयर नेप्सेमा सूचिकृत

काठमाडौं । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको बुधबार ६ लाख कित्ता साधारण सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचिकृत भएको छ । बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडले सेयर बाँडफाँट भएको छोटो समयमा नेप्से तथा सिडिएससी एण्ड क्लियरीङ्ग लिमिटेडमा सेयर सूचिकृत गर्न सफल भएको हो । सूचिकृत भएलगत्तै डिम्याट खातामा जम्मा गरिएका सेयरको आगामी बुधबारबाट दोश्रो बजारमा सर्वसाधारणहरुले खरिद बिक्री गर्न सक्नेछ्न । एनआईसी एशिया क्यापिटलले साधारण शेयर निष्काशन तथा विक्री प्रबन्धक गरेकोे यस संस्थाको साधारण सेयर बाँडफाँट भएको २ साता मै सेयर सूचिकृत गर्न सफल भएको हो ।

बालाजू अटोवक्र्सद्धारा प्राविधिक प्रतियोगिता सम्पन्न, तीन जनाले पाए नगद पुरस्कार

काठमाडौं । अग्नि ग्रुप प्रालिको आधिकारिक सर्भिस सेन्टर बालाजु अटोवक्र्स प्रा.लि.ले हालै उत्कृष्ट प्राविधिक प्रतिपयोगिता सम्पन्न गरेको छ । यो प्रतिपयोगिता यही चैत १ र २ गते सम्पन्न भएको थियो । उक्त प्रतियोगितामा नेपाल अधिराज्यभरका महिन्द्राका डिलरहरुबाट सहभागी भएका थिए । प्रतियोगिताको पहिलो दिन तालिम प्रदान गरिएको थियो भने दोस्रो दिन प्रतियोगिता सम्पन्न गरिएको थियो । तालिममा सर्भिस म्यानपावहरुलाई काम गर्ने तरिका, गुणस्तरीयता, जस्ताप्राविधिकएवं आधारभूत विधि सम्बन्धी तालिम प्रदान गरिएको थियो । यो प्रतियोगिताको मुख्यध्येय भनेको उपयुक्त प्रतिस्पर्धीको छनौट गरी आगामी दिनहरुमा तालिमको आवश्यकतालाई पहिचान गर्नु रहेको छ । २३ व्यक्तिको सहभागिता रहेको यस प्रतियोगितामा सिद्धान्त, प्रयोग र मौखिक गरी ३ प्रकारबाट छनौट गरिएको थियो । जस अनुसार विजयी अष्टनारायण महर्जन, पहिलो रनरअपका रुपमा अनुपकुमार मिश्र, दोस्रो रनरअपका रुपमा मणिराम चौधरी भएका छन् । पहिलो र दोस्रो रनरअपका विजयीहरुलाई आयोजकले ट्रफि, प्रमाण पत्र र नगद पुरस्कार प्रदान गरेको थियो भने सहभागी सम्पूर्ण प्रतिस्पर्धीहरुलाई सहभागीताको प्रमाण पत्रवितरण गरिएको थियो । उक्त समारोहमा कम्पनीका कन्ट्री म्यानेजर तपस पटनायक, शिवसुदन श्रेष्ठ (एजिएमअग्नि) तथा प्रमोद क्षेत्री (विएमवीरगञ्ज) को उपस्थिति रहेको थियो ।

पर्यटकको बसाई लम्ब्याउन निजी क्षेत्रको माग

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठको नेतृत्वमा एक प्रतिनिधिमण्डलले परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीसँंग बुधबार सिंहदरबारमा भेट गरेको छ । भेटमा चेम्बरले आर्थिक कुटनीतिलाई अगाडी सार्नु पर्नेमा जोड दिएको छ । निजी क्षेत्रको समसामायिक विषय जानकारी गराउदै चेम्बरका अध्यक्ष श्रेष्ठले नेपालका सबै प्रदेशहरुमा पर्यटनको सम्भावना रहेकोले नेपाल भित्रिने पर्यटकहरुलाई लामो समय मुलुकमै बस्ने वातावरण बनाउनुपर्ने माग परराष्ट्र मन्त्री ज्ञवाली समक्ष गरे । त्यस्तै उनले वैदेशीक व्यापार बढाउन तातोपानी, कोरला लगायतका नाकाहरुलाई व्यवस्थित बनाउनु पर्ने जोड गरे । ती नाकाहरुबाट दुई दिनमा आइपुग्ने सामान अन्य नाकाहरुबाट आउन लामो समय लाग्ने भन्दै त्यसले अन्तत व्यापारमा समस्या निम्तिएको जानकारी गराए । मन्त्री ज्ञवालीले आर्थिक विकास आफ्नो पहिलो उद्देश्य रहेको निजी क्षेत्रलाई बताए । सोही अनुसार विदेशी कुटनीतिलाई अगाडी बढाउने उनको भनाइ छ । आर्थिक विकास अन्तर्राष्ट्रिय सम्बन्धको आधार भएको उनले पनि त्यसलार्इ ध्यान दिने उनले जानकारी दिए ।