विकासन्युज

३ सचिवसहित ४ हजार कर्मचारीले दिए स्वेच्छिक अवकाशका लागि निवेदन

काठमाडौं । करिब ४ हजार निजामती कर्मचारीले स्वेच्छिक अवकाशका लागि निवेदन दिएका छन् । सामान्य प्रशासन मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन नचाहने कर्मचारीलाई स्वेच्छिक अवकाश रोज्नका लागि निवेदन आह्वान गरेकामा करिब ३ हजार ७४८ हजारले निवेदन दिएको मन्त्रालयका स्वेच्छिक अवकाश एकाई शाखाका प्रमुख धर्मराज रोकायले जानाकारी दिए। मन्त्रालयले गत पुस २८ गते राजपत्रमा सूचना प्रकाशित गरेर समायोजनमा जान नचाहने कर्मचारीलाई स्वेच्छिक अवकाशका लागि दरखास्त आह्वान गरेको थियो । ४५ दिनको समयसीमा राखेर स्वेच्छिक अवकाशमा जाने कर्मचारीलाई निवेदन दिन आग्रह गरिएको थियो । त्यसै अनुसार कर्मचारीले निवेदन दिएका हुन् । गत पुस २९ देखि फागुन १३ गतेसम्म कर्मचारीले आफू कार्यरत कार्यालय र निकायमा स्वेच्छिक अवकाशको निवेदन दर्ता गराउने व्यवस्था गरिएको थियो । उहाँले दरखास्त दिएका निवेदनलाई आवश्यक छानबिन गरी समायोजन गरिने बताए । मन्त्रालयले ५० वर्ष उमेर पुगेका र २० वर्षे सेवाअवधि पूरा गरी निवृत्तिभरण पाउने अवस्थामा रहेका कर्मचारीले अवकाश लिन पाउने व्यवस्था गरिएको थियो । स्वेच्छिक अवकाश लिनेमा तीन सचिव, १३ सहसचिव र ४५ उपसचिव समेत रहेका छन् । सबभन्दा बढी तल्लो तहका श्रेणीविहीन कर्मचारीले स्वेच्छिक अवकाश लिएको रोकायले बताए। भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सचिव शम्भु कोइराला, संसद् सचिवालयका सचिवद्वय हिमलाल सुवेदी र वीरेन्द्र कार्कीले स्वेच्छिक अवकाशका लागि निवेदन दिएका छन् । उपसचिवसमेत रहेका रोकायले सम्बन्धित कार्यालयमा स्वेच्छिक अवकाशका लागि निवेदन दिएका दरखास्तको यही १९ गतेसम्म संकलन गरिने जानकारी गराए। आवश्यक अध्ययनपछि अर्थ मन्त्रालयसँग समन्वय गरेर मन्त्रिपरिषद्मा स्वेच्छिक अवकाशका लागि लैजाने उनले बताए । मुलुकभरि करिब ८३ हजार निजामती कर्मचारी छन् । रासस

टिकापुर घटनाका नाइके रेशम चौधरी जेल चलान

काठमाडौं । टीकापुर घटनाका मुख्य योजनाकार रेशम चौधरी पूर्पक्षका लागि जेल चलान भएका छन् । उनलाई अहिले धनगढी कारागारमा राखिएको छ । घटनापछि फरार चौधरीले सोमबार बिहान अदालतसामू आत्मसमर्पण गरेका थिए । न्यायाधीश परशुराम भट्टराईको इजलासले उनले जेल पठाएको हो । यसअघि चौधरीले आफूमाथि लागेको अभियोग सत्य नभएको जिगिर गरेका थिए । उनका वकिलले सांसदको चुनाव जितेका उनलाई तारेखमा छाड्नुपर्ने तर्क गरेका थिए । अर्को पेशी फागुन १६ लाई तोकिएको छ । ‘जनमत प्राप्त गर्नुपूर्वको फौजदारी क्रियाकलापलाई पनि उत्तिकै हेक्का राख्नुपर्छ । साथै प्रतिवादीले प्राप्त गरेको जनमत गैरकानुनी कार्य छोप्ने राजनीतिक आवरण बन्न सक्दैन अदालतले भनेको छ ।      

एनआईसी एसिया बैंकले ल्यायो १० प्रतिशत ब्याज दिने सम्मुनती प्लस वचत योजना

काठमाडौं । एनआईसी एसिया बैंकले १० प्रतिशत ब्याज दिने गरी सम्मुनती प्लस वचत खाता योजना ल्याएको छ । सम्मुनती प्लस खातामा दैनिक मौज्दात न्युनतम १० हजार रुपैयाँ हुनुपर्ने बैंकले जनाएको छ । यो खाता खोलेपछि लकर सुविधामा ५० प्रतिशत छुट र इन्टरनेट, मोवाइल बैंकिङ र निःशुल्क डीम्याट खाता र डेविट कार्ड उपलब्ध गराइने बैंकले जनाएको छ । बैंकले त्रैमाशिक रुपमा ब्याज भुत्तानी दिने भएको छ । यसअघिका सम्मुनती वचत खाता र सम्मुनती मुद्धति खाता लोकप्रिय भएपछि नयाँ वचत योजना सार्वजनिक गरिएको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेले बताए ।

नागरिकको आर्थिक सुरक्षाको जिम्मेवारी राज्यले लिन्छः अर्थमन्त्री खतिवडा

मान्छेको क्षमताको पहिचान संकटका बेलामा हुन्छ । जतिसुकै संकट र समास्या आएपनि हाम्रो टिमले समाधान गर्न सक्छ भन्ने मलाई लागेको छ ।     म एउटा विकासवादी चिन्तन गर्दै आएको व्यक्ति हुँ । मेरा केहि मान्यताहरु छन्, ती समकालिन अभ्यासहरु भन्दा धेरै टाढा छैनन् । समय, परिस्थिती र राजनीतिक प्रणालीले अघि सारेका नयाँ कुराहरु बाहेक हामीले धेरै कुराहरु हिजोकै निरन्तरताका रुपमा अघि बढाउने हो । हामीले गर्ने नयाँ काम बारे प्रधानमन्त्रीको निर्देशनपछि अघि बढाऔंला । आज कार्यभार सम्हालिरहँदा मेरा केहि योजनाहरु छन् । हामीलाई आर्थिक नीतिको स्वरुप कस्तो हुन्छ भनेर बहस गर्नुपर्ने अवस्था छैन् । संबिधानमा उल्लेख गरिएका मौलिक हक र संबिधानमा लेखिएका राज्यका निर्देशक सिद्धान्तहरुको कार्यान्वयन हाम्रो दायीत्व हुनेछ । दोश्रो कुरा अहिले हामी बाम गठबन्धनका तर्फबाट सरकारमा सहभागी भएका छौं । हामीले चुनावी घोषणा पत्रमा जनतासँग गरिएका प्रतिवद्धताहरु पुरा गराउनुपर्नेछ । हाम्रा केहि राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिवद्धताहरु छन् । निश्चित समयमा निश्चित उपलब्धि हासिल हुन्छ भनेका छौं । त्यो लक्ष्य पुरा गराउन लागिपर्नु पनि हाम्रो दायीत्व हुनेछ । अहिलेको संबिधानले मार्ग निर्दिष्ट गरे अनुसार सरकारका भूमिकाहरु निश्चित छन् । हामीले लोक कल्याणकारी राज्य हुँदै समाजवाद उन्मुख राज्य निर्माणको बाटोमा अघि बढ्नुपर्नेछ । तत्कालका लागि राज्यको भूमिकालाई अग्रणी, नेतृत्वदायी र अभिभावकिय बनाउन्ै पर्नेछ । साच्चै भन्ने हो भने सबै नागरिकको आर्थिक रुपमा सुरक्षा दिने जिम्मेवारी राज्यले लिन्छ र त्यसका लागि निजी क्षेत्र, सहकारी र सामुदायीक क्षेत्रसँग सहकार्य गर्छ । ती सहकार्यहरु परिपुरक हुनेछन् । हामी सबैसँग सहकार्य गरेर अघि बढ्न चाहान्छौं । अर्थतन्त्रमा केहि समस्याहरु छन्, केहि विकृतिहरु प्नि छन् । सरकारी वित्त व्यवस्थापनमा रहेका विकृतिहरुको अन्त्य गराउनुपर्नेछ । म आफैं पनि वित्त अनुशासनको पक्षपाती मान्छे हुँ । आर्थिक क्षेत्रका अनियमिताहरुको अन्त्य भएन भने समृद्धि तर्फ जान सकिँदैन् । त्यसले गरिबी निवारणका हाम्रा लक्ष्य पुरा हुन पनि दिँदैन् । त्यसकारण हामी सरकारी वित्त प्रणालीमा अनुशासन र पारदर्शिता ल्याउँछौं । खर्चको प्रभावकारीता ल्याइनेछ । समग्रमा भन्ने हो भने वित्त व्यवस्थापनमा कुशलता र पारदर्शिता ल्याइनेछ । वित्तिय प्रणालीमा पनि धेरै काममा स्थायीत्व ल्याउनुपर्नेछ । साधन श्रोतलाई उत्पादनशिल क्षेत्रमा लगाउनुपर्नेछ । काम र उत्पादनका अवसरहरुको सृजना गराउनुपर्नेछ । हामीसँग भएको सिमित श्रोत साधन त्यस तर्फ लगाएनौं भने निर्यातले आयातको सात आठ प्रतिशत पनि धान्न नसक्ने अवस्था छ । त्यसले भुक्तानी असन्तुलनको अवस्था सृजना भैरहनेछ । यो बाह्य कारणले उत्पन्न भएको होइन । हाम्रो ढंगले आर्थिक व्यवस्थापन गर्न नसकेकाले यस्तो समस्या आएको हो । जति पनि हाम्रा संरचनात्मक समस्या छन तिनको समाधान गरेर वित्तिय स्थायीत्व ल्याइनेछ । अर्काे कुरा भनेको उच्च आर्थिक वृद्धिदर कायम गराउनु पर्नेछ । त्यसको आधार भनेको निजी क्षेत्र नै हो । आन्तरिक तथा बाह्य निजी क्षेत्रको लगानी भित्र्याएर उच्च दरको आर्थिक वृद्धिदर कायम गराइनेछ । हामीले परिकल्पना गरेका विकास र पुर्वाधारका आयोजनाहरुको कार्यान्वयन, समाजिक न्याय सहितको विकासका लागि निजी क्षेत्रलाई प्रोत्सहन गरिनेछ । नीतिगत सुधारहरुलाई अनुकुल बनाइनेछ, प्रशासनिक सुधारलाई तिब्रता दिइनेछ । लगानी बोर्डलाई अझ सक्रिय र प्रभावकारी बनाइनेछ । नीजी क्षेत्रसँग सम्बन्धित निर्णय प्रक्रियालाई अझै सहज बनाइनेछ । हामीले जति सुकै जे भने पनि अन्तराष्ट्रिय सहयोग र लगानी बिना उल्लेख्य प्रगति गर्न सक्दैनौं । त्यसका लागि त्यस्ता अन्तराष्ट्रिय सहयोग र प्रबिधी हस्तान्तरणहरुलाई हाम्रो राष्ट्रिय स्वार्थ अनुकुलु भित्र्याउने र उपयोग गर्नुपर्छ । श्रम बजारको सम्बन्धलाई पनि त्यसै अनुरुप विस्तार गरिनेछ । अन्तराष्ट्रिय सहयोगलाई राष्ट्रिय प्राथमिकताका आधारमा उपयोग गर्नेछौं । ऋण तिर्न सक्ने र क्षमता विकास गर्न सक्ने तथा हाम्रो अन्तराष्ट्रिय शाख बढाउने गरि काम गर्छाै । बढि भन्दा बढि अन्तराष्ट्रिय सहयोग भित्र्याउने गरि काम गर्छाै । आजै धेरै कुरा नगरौं, हामीले योजना बनाउने हो र सबैसँगै मिलेर देश बनाउने बाटोमा अघि बढ्ने हो । अहिले अर्थतन्त्रमा देखिएका समस्याहरु अल्पकालिन हुन् । यीनलाई दिर्घकादिन नबनाऔं भन्ने मेरो आग्रह हो । (नव नियुक्त अर्थमन्त्री डा. खतिवडाले कार्यभार सम्हालेपछि दिएको मन्तव्य)

ताप्लेजुङमा महिन्द्राको नयाँ शोरुम, थ्री एसको सेवा दिने

काठमाडौं । अग्नि ग्रुपले महिन्द्रा गाडीहरुको नयाँ आधिकारिक शोरुम ताप्लेजुङमा विस्तार गरेको छ । कम्पनीले हालै थ्री एस अर्थात् सेल्स, सर्भिस र स्पेयर पार्टस्हरुको सेवा प्रदान गर्ने उद्देश्य सहित उक्त स्थानमा आधिकारिक शोरुमको उद्घाटन गरेको हो । शोरुमको उद्घाटन सभासद् बलबहादुर सम्सोहाङ्ग, श्री तपस पट्नायक (महिन्द्राका सर्भिस कन्ट्रि म्यानेजर) रामेश्वर महर्जन ( अग्नि इन्कर्पोरेटेडका कार्यकारी अधिकृत) तथा अमित चौधरी (अग्नि इन्कर्पोरेटेडका सर्भिस हेड) ले सामुहिक रुपमा गरेका थिए । शोरुमको शुभारम्भ पछि यस क्षेत्र तथा आसपासका ग्राहकहरुले सर्वसुलभ एवं सहज तरिकाबाट कम्पनीका थ्री एस अर्थात् सेल्स, सर्भिस र स्पेयर पार्टस् सम्बन्धी गुणस्तरीय सेवा प्राप्त गर्न सक्नेछन् । चाहिएको बेला सर्वसुलभ तरिकाबाट गाडी खरिद, सर्भिसिङ्ग तथा समयमै ग्राहकहरुलाई स्पेयरपार्टस्हरु उपलब्ध गराई ग्राहकलाई सन्तुष्टि दिनु कम्पनीको प्रमुख उद्देश्य हो । साथै, शोरुमको स्थापनासँगै कम्पनी र ग्राहक बीचको सम्बन्धलाई अझ बलियो बनाउने कम्पनीको विश्वास छ ।

सवारी चोरीको घटना बढ्दै, ४५ दिनमा १५० मोटरसाइकल चोरी

काठमाडौं । काठमाडौंमा सवारीसाधन चोरीको घटना बढ्दै गएको छ । गत माघ १ गतेदेखि फागुन १५ गतेसम्म १ सय ८४ वटा सवारी साधन चोरी भएको हो । महानगरिय ट्राफिक महाशाखाका अनुसार १ सय ५० वटा मोटरसाइकल चोरी भएका छन् । त्यसैगरी २५ वटा स्कुटी, ३ वटा जिप र ६ वटा साइकल चोरी भएका छन् । मोटरसाइकलको प्राविधिक पाटो निकै फितलो रहेको हुने भएकोले चोरीको घटना बढ्दै गएको महाशाखाको सहप्रवक्ता मुकुन्द मरासिनी बताए । मोटरसाइकल चोरी गरेरे पार्टपुर्जा सजिलै अर्को मोटरसाइकलमा सार्न सकिने र सजिलै लुकाउन सकिने भएकाले मोटरसाइकल चोरीको घटना बढ्दै गएको प्रहरी डिएसपी नविनराज राईले बताए ।  चोरी नियन्त्रणका लागि प्रहरीले विषेस योजना बनाएर अघि बढिरहेको राईले जानकारी दिए । हराएको सवारीको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।

नवनियुक्त अर्थमन्त्री डा. खतिवडाले भने- वामपन्थी गठवन्धनको योजना कार्यान्वयन गर्नेछु

काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. युवराज खतिवडाले वामपन्थी गठवन्धनले तयार पारेको घोषणापत्र कार्यान्वय आफनो प्रमुख दायित्व भएको बताएका छन् । मन्त्रालयमा पदभार ग्रहणपछि अर्थमन्त्री खतिवडाले सरकारको भावी योजना सार्वजनिक गर्दे वामापन्थी गठवन्धनको चुनावी घोषणापत्र कार्यान्वयन सरकारको पहिलो प्राथमिकता भएको बताएका हुन् । संविधानमा उल्लेखित निर्देशित सिद्धान्तमा रहेर योजना कार्यान्वनमा ल्याउने प्रतिवद्धता उनले व्यक्त गरेका छन् । उनले आर्थिक विकासका लागि ५ बुदे प्रतिवद्धतापत्र पनि सार्वजनिक गरेका छन् । यस्ता छन वामपन्थी गठवन्धनका योजना वामपन्थी गठवन्धनले आगामी २५ वर्ष्भित्र नेपाललाई सम्मुनत बनाई युरोप र अमेरिकाको स्तरमा पर्याउने महत्वकाँक्षी लक्ष्य लिएको छ । विभिन्न आर्थिक विकासका कार्यक्रम कार्यन्वयन गरेर यो शताब्दीभित्रै अर्थात वि.स. २०९९ सम्म नेपाललाई हालको चीनभन्दा धनी मुलुक बनाउने योजना वामपन्थी गठवन्धनले ल्याएका छन् । यसको आधारका रुपमा आगामी ५ वर्षमा मुलुकलाई अल्पविकशितबाट विकासशीलमा स्तरोन्ती गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ । आउदो १० वर्षमा नेपालीको प्रतिव्यक्ति आय हालको ७५२ डलरबाट न्युनतम ५ हजार डलर पुग्ने गरी राष्ट्रिय अर्थतन्त्रको विकास गरी नेपाललाई गरिवीमुक्त बनाउने महत्वकाँक्षी लक्ष्य लिएको छ । युरोप र अमेरिकाको स्तरमा पुर्याउन वाम गठवन्धनले आउदो २ वर्षमा नेपाललाई खाद्यन, मासु, माछा, अण्डा र दुधमा पुर्ण रुपमा आत्मनिर्भर बनाई ५ वर्षमा निर्यात गर्ने अवस्थामा पुर्याउने लक्ष्य लिएको छ । उत्पादन बढाउन कृषि क्षेत्रमा ठुलो रकम अनुदान लगानी गरी कृषिलाई औद्योगिकीकरण गर्ने योजना घोषणपत्रमा उल्लेख छ । यस्तै विद्युत सेवा नपुगेका जनसंख्यालाई आउदो २ वर्ष्भित्र सेवा उपलब्ध गराउने, ३ वर्ष्भित्र काठमाडौं उपत्यकामा विद्युतीय सवारीसाधन सञ्चालनमा ल्याइने भएको छ । आउदो १० वर्षमा जलस्रोत, सौर्य, जैविक वायु र फोहर प्रशोधनलगायत वैकल्पिक स्रोतको प्रयोग गरेर २० हजार मेगावाट बिजुली उत्पादन गर्ने घोषणपत्रमा उल्लेख छ । काठमाडौ तराइ द्रुतमार्ग ४ वर्षमा सम्पन्न गर्ने योजना रहेको छ । सहकारीलाई अझ प्रवद्र्धन गरी गाउँटोलमा सहकारी र घरघरमा रोजगारी भन्ने नाराका साथ योजना ल्याइने भएको छ । संविधान प्रदत शिक्षाको हक कायम गर्न कुल बजेटको २० प्रतिशत खर्च गर्ने, माध्यमिक शिक्षा निःशुल्क गर्ने योजना घोषणापत्रमा उल्लेख छ । यस्तै सामाजिक सुरक्षा भत्ता हालको २ हजारबाट बढाई ५ हजार रुपैयाँ पुर्याउने योजना वामपन्थी गठनवन्धनको छ ।  

ओम डेभलपमेन्ट बैंक दाङको लमहीमा

काठमाडौं । ओम डेभलपमेन्ट बैंकले दाङको लमही शाखाको उद्घाटन गरेको छ । प्रमुख अतिथी लमही नगरपालिकाका मेयर कुलबहादुर केसीले देउखुरी बहुमुखी क्याम्पसका विद्यार्थीलाई बैंकको तर्फबाट प्रदान गरिने छात्रवृत्ति घोषणा गर्दै शाखाको उद्घाटन गरेका हुन् । शाखा उद्घाटनको क्रममा बैंकका अध्यक्ष सुशिलकुमार गोशली र प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले बैंकले प्रदान गर्ने सेवा सुबिधा बारे जानकारी गराएका छन् । हालसम्म बैकको शाखा संख्या ५२, कर्मचारी संख्या ३९९, ग्राहक संख्या करिब २ लाख ३१ हजार, एटिएम संख्या ३१ रहेको छ । साथै, बैंकले ग्राहकहरुलाई निशुल्क सि–आश्वा सेवा प्रदान गरिरहेको बताएको छ ।