विकासन्युज

जनकपुर-जयनगरमा प्रति घण्टा १०० किलोमिटर कुद्ने रेल, पुरा हुँदै नेपालीको रेल सपना

काठमाडौं । जनकपुरदेखि जयनगरसम्म प्रति घण्टा १०० किलोमिटर गुड्ने रेल सन २०१८ भित्रै सञ्चालन हुने भएको छ । रेल विभागले जयनगर–जनकपुर–कुर्थासम्मको ३५ किलोमिटर खण्डमा रेल गुडाउन आवश्यक पुर्वाधार निर्माण अन्तिम चरणमा पुर्याएको हो । भारत सरकारले १० अर्ब लागतमा सो रेलवे लाइन निर्माण गरिदिएको हो । जयनगरदेखि जनकपुरसम्म २९ किलोमिटर र त्यहाँबाट ६ किलोमिटर कुर्था भन्ने ठाउँसम्म रेल मार्गको लिक समेत निर्माण सम्पन्न हुने चरणमा पुगिसकेको छ । सो रेल प्रति घण्टा १०० किलोमिटर स्पिड क्षमतामा निर्माण गरिएको छ जुन भारतको भन्दा दुई गुणा तिब्र गतिको रेल हो । भारतका रेलवेहरु अधिकतम ५० किलोमिटरको क्षमतामा मात्रै गुड्छन् र ती सबै न्यारोगेज रेल वे हुन् । नेपालमा निर्माण हुने रेल वे नेटवर्क भने ब्रोडगेजका हुन् । यो खण्डमा सन २०१८ को अक्टोबर महिनासम्ममा रेल गुडाउने तयारी सहित काम अघि बढिरहेको रेल विभागका मेकानिकल इञ्जिनियर रोशन कुमार देवले बताए । ६ वटासम्म डब्बा तान्न सक्ने चार वटा इञ्जिन राख्ने तयारी भैरहेको छ । त्यसका लागि नेपाल सरकारसँग बजेट माग्ने वा भारतसँगै सहयोग माग्ने विकल्पबारे पनि छलफल भैरहेको देवले जानकारी दिए । त्यस बोहक बुट मोडलका विकल्पबारे पनि कुरा अघि बढेको छ । हाल रेल वे लाइनमा ढुंगा राखेर स्लिपर हाल्ने काम जारी छ । त्यसपछि पुलहरुको गर्डर हाल्ने काम हुनेछ । स्लिपरमाथी रेलको लिक राखिन्छ । ठाउँ ठाउँमा क्रसिङ लाइन राखेर आउने जाने रेलको ट्राफिक व्यवस्थापन गरिनेछ । रेल पढ्न चीन हाल विभागले रेलको तालिम लिन २ जना प्राबिधिकलाई चीन पठाएको छ । विभागले इलेक्ट्रोनिक इञ्जिनियर सन्तकुमार महर्जन र मेकानिकल इञ्जिनियर नवराज भट्टलाई रेलबारे थप अध्ययनका लागि चीन पठाएको हो ।

रिजालको नेतृत्वमा आनको नयाँ कार्य समिति

काठमाडौं । नेपाल विज्ञापन संघ (आन) को अध्यक्षमा कि एडभरटाईजिङ एजेन्सीका प्रवन्ध निर्देशक रविन्द्रकुमार रिजाल ‘शशी’ सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । उम्मेदवारी दर्तामा उनको विरुद्धमा कसैको नपरेपछि सर्वसम्मत चयन भएका हुन् । आगामि ३ बर्षे कार्यकालका लागि अध्यक्षमा रिजाल सहित बरिष्ठ उपाध्यक्षमा सोमप्रसाद धिताल, प्रथम उपाध्यक्षमा नारायणकुमार श्रेष्ठ, द्धितिय उपाध्यक्षमा धर्मेन्द्रकाजी श्रेष्ठ, महासचिबमा राजु कुइँकेल, सचिबमा कृष्णप्रसाद घिमिरे र सहकोषाध्यक्षमा पंकज प्रधानको मात्रै उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । यस्तै, ६ जना सदस्यहरुमा रोधन प्रसाई, रमेश पुरी, विशालपुरुष ढकाल, अरुणकाजि स्थापित, किरण गैरे र सन्तोष खड्काको मात्रै उम्मेदवारी छ । कोषाध्यक्षमा भने दुई जनाको दाबी भएपछि सहमतिको प्रयास भैरहेको नेपाल विज्ञापन संघले जनाएको छ । कोषाध्यक्ष पदमा पिताम्बर पोखरेल ‘विजय’ र यमुना पौडेल ‘प्रतिमा’ ले उम्मेदवारी दिएका छन् ।

पाँचसय मेगावाटको विद्युत् निर्माणमा पहल गर्छु : नगर प्रमुख

बाजुरा । बडीमालिका नगरपालिका प्रमुख पदम बडुवालले नगरको आर्थिक विकासका लागि भएका स्रोतसाधनको प्रयोग गर्ने बताएका छन । बिहीबार ऐसावादी बचत तथा ऋण सहकारी संस्थाको १०औँ वार्षिक साधारण सभाको कार्यक्रममा आगामी दिनमा सहकारी र विद्युत् नै आर्थिक समृद्धिको आधार हुने बताए। उनले नगरपालिकाको विकासका लागि पाँच वर्ष नगरवासीका लागि नै खर्चने बताए । नगरवासीले नियमित विद्युत् प्रयोग गर्न नपाएका कारण आगामी दिनमा विद्युत् उत्पादन गर्ने संस्थासँग सहकार्य गरी ५०० मेगावाटको विद्युत् निर्माणका लागि पहल गर्ने उनले प्रतिबद्धता जनाए। उनले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, डोटी र विश्व बैंकको एक टोली बडीमालिका नगरपालिका–६, कोर्धमा रहेको कोर्धालीगाड लघुजलविद्युत्को अनुगमनमा यही माघ १५ आउने भएकाले उहाँहरुसँग पानीको क्षमता हेरी विद्युत् निकाल्न सहयोगका लागि अपिल गर्ने बताए । नगर प्रमुख बडुवालले सहकारीमार्फत आयआर्जनका कार्य गर्न आग्रह गरेका छन । बडीमालिका नगरपालिका–६ कोर्धमा आलु खेतीको प्रशस्त सम्भावना रहेकाले सबैले व्यावसायिक बन्नुपर्नेमा जोड दिए । उनले केरा, कागती र अन्य फलफूल खेती गर्न सकिने भएकाले कृषकले व्यवसाय गर्दै आर्थिक समृद्धि ल्याउनुपर्ने बताए । सहकारीले बचत र ऋण लगानी मात्र गर्ने नभई उत्पादनमुखी कार्यमा लाग्नुपर्ने नगर प्रमुख बडुवालले भने। तरकारी खेती र अन्य आयआर्जनका कार्य गरे सहकारी उत्पादनमुखी बन्नेमा आफु विश्वस्त रहेको पनि उहाँले बताए । रासस

न्युन ब्याजदरमा ऋण चाहियो ? सम्झनुस् राष्ट्रिय वाणिज्य र स्ट्याण्डर्ड चाटर्ड बैंकलाई

काठमाडौं । बैंकको महंगो कर्जाका कारण व्यवसाय सञ्चालन गर्न अलमलमा परिरहनु भएको छ ? त्यसो भए तपाई सस्तो कर्जा दिने बैंक तथा वित्तीय संस्था खोजिरहनु भएको होला ? अब चिन्ता नगर्नुस् सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक र वहुराष्ट्रिय निजी क्षेत्रको स्ट्याण्डर्ड चाटर्ड बैंकले व्यवसाय गर्न सस्तो कर्जा दिने भएका छन् । दुबै बैंकले सुचना प्रकाशित गरी सबैभन्दा सस्तो ब्याजदरमा कर्जा दिने जानकारी गराएका हुन् । नयाँ ब्याजदर आउदो माघ १ गतेदेखि लागु हुने दुबै बैंकले जानकारी दिएका छन् । सबैभन्दा सस्तो कर्जा राष्ट्रिय वाणिज्य त्यसपछि स्ट्याण्डर्ड चाटर्ड बैंकको छ । राष्ट्रिय वाणिज्यको आधार ब्याजदर (वेस रेट) ५.९८ रुपैयाँ रहेको छ । राष्ट्रिय वाणिज्य बैंकबाट औसत ६ प्रतिशत हारहारीमा कर्जा पाइने देखिएको छ । राष्ट्रिय वाणिज्यले पुस २१ गते प्रकाशित गरेको सुचनामा औसत आधार दर ५.९८ प्रतिशत रहेको जानकारी गराएको छ । यस्तै स्ट्याण्डर्ड चाटर्ड बैंकले पनि शुक्रबार सुचना प्रकाशित गरी आधार ब्याजदर ६.२७ प्रतिशत रहेको जानकारी दिएको छ । ६.३० प्रतिशतदेखि माथिको दरमा कर्जा पाइने देखिएको छ । सरकारी बैंक मध्ये राष्ट्रिय वाणिज्य र निजी क्षेत्रको स्ट्याण्डर्डले दिने कर्जाको ब्याजदर सबै भन्दा सस्तो देखिएको छ । यस्तै नेपाल बैंकको पनि आधार ब्याजदर पनि ७ प्रतिशत भन्दा तल छ । नेपाल बैंकको कर्जाको ब्याज राष्ट्रिय वाणिज्य र स्ट्ण्याण्डर्ड चाटर्डको भन्दा केही महंगो छ । अन्य वाणिज्य बैंकको तुलनामा नेपाल बैंकको कर्जा सस्तो देखिएको छ । यसअघि सिभिल र जनता बैंकको आधार ब्याजदर साढे ११ प्रतिशतसम्म पुगेकाले महंगो देखिएको छ । यस्तै नेपाल इन्भेष्टमेन्ट बैंक, सिद्धार्थ बैंक, नविल बैंक, नेपाल एसबीआई बैंक र एभरेष्ट बैंकको आधार ब्याजदर १० प्रतिशत तल छ । अन्य वाणिज्य बैंकले मुद्दतीको ब्याजदर १३ प्रतिशत पुर्याउदा स्ट्याण्डर्ड चाटर्ड र नेपाल बैंकको १० प्रतिशत छ । अधिक तरलता भएपछि राष्ट्रिय वाणिज्य बैंकले मुद्धति निक्षेपको ब्याजदर भने बढाएन् । मुद्दति निक्षेको ब्याजदर बढाएपछि अन्य बैंकको कर्जाको ब्याजदर पनि महंगो देखिएको हो । राष्ट्रिय वाणिज्यले सवारीसाधान कर्जा बढीमा ६, घरकर्जा ६, सेयर धितोकर्जा ६ प्रतिशत निर्धारण गरेको छ । बैंकले मुद्धतिमा न्युनतम ३ प्रतिशतदेखि १० प्रतिशत भनेको छ । साधारण वचतमा १.५ देखि ३.२५ प्रतिशत मात्र ब्याज दिने जानकारी दिएको छ । यस्तै स्ट्याण्डर्डले घरकर्जा न्युनतम ३ देखि ६, घरकर्जा ३ देखि ६ प्रतिशत रहेको जानकारी दिएको छ । स्ट्याण्डर्डले सामान्य वचतमा १.५ देखि ३.५ र मुद्धतिमा १० प्रतिशतसम्म ब्याज दिने जानकारी गराएको छ ।  

चेम्बर अफ कमर्शले ७७ जिल्लामा शाखा खोल्ने, सार्वजनिक विदा बढी दिएकोमा सरकारको आलोचना

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकको अबको एजेन्डा आर्थिक समृद्धि हुनु पर्नेमा जोड दिएका छन् । नेपाल चेम्वर अफ कमर्सको चेम्वर दिवस २०७४ तथा ६७ औं वार्षिक साधारण सभाको बिहीबार राजधानीमा उदघाटन गर्दै उपराष्ट्रपति पुनले राजनीतिक संक्रमणकाल अन्त भई मुलुकमा शान्ति स्थापना भएकाले मुलुकले अव आर्थिक एजेन्डालाई मुख्य प्राथमिकता दिनु पर्ने धारणा राखेका छन् । उनले मुलुकको आर्थिक समृद्धिका लागि निर्यातमा जोड दिनु पर्ने, निर्यात वृद्धि गर्ने नेपाली उद्योगी व्यवसायीहरुलाई सम्मान गर्ने परम्परा थाल्नु पर्ने बताएका छन् । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपालको समग्र चेम्बर अभियानका अग्रणी एवं मार्गदर्शक संस्था नेपाल चेम्बर अफ कमर्स स्थापना भएको ६७ वर्ष भएको उल्लेख गर्दै निजी क्षेत्रकोे सशक्तिकरणबाट मात्र राष्ट्रको समग्र बिकास सम्भव हुने मूलमन्त्र लिइ नेपाल चेम्वर अफ कमर्सले आफ्नो स्थापना काल देखिनै निजी क्षेत्रको सम्वद्र्धन र संरक्षण गर्दै सरकार र निजी क्षेत्र बीच सेतुको रुपमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको बताए । चेम्बर अफ कमर्स मुलुकको विद्यमान संघीय संरचना अनुरुप संस्थागत स्वरुपमा विस्तार हुन गइरहेको जानकारी दिंदै मुलुकका सातवटै प्रदेश र ७७ वटै जिल्लामा चेम्बर अभियानलाई पुर्यारउने अभियानको शुभारम्भ यसै ६७ औं वार्षिक साधारणसभा मार्फत भएको बताए । हाल चेम्बरमा ८५ वटा वस्तुगत संघ, २० वटा द्विराष्ट्रिय उद्योग वाणिज्य संघ आवद्ध रहेको छ र ५२ वटा अन्तराष्ट्रिय संघ संस्थाहरुसंग समझदारी पत्रमा हस्ताक्षर गरिसकेको जानकारी उनले दिए । नेपाल सार्वजनिक विदा दिने देशमा सबै भन्दा अगाडी देखिएको चर्चा गर्दै विदाहरु कटौती गर्नु पर्नेमा झन थपिंदै आएकोमा उनले असन्तोष व्यक्त गरे । सांस्कृतिक दृष्टिकोणले निश्चित समुदायका पर्वमा सोही समुदाय तथा क्षेत्रलाई बिदा दिने गरी अन्य कार्यालय बन्द नगर्ने व्यवस्था गर्न र पर्वका विदाको दिनमा समेत बैंक वित्तिय एवं सेवाका कार्यालयहरु खुला हुने व्यवस्था गर्न सरकारसँंग माग गरे । सो अवसरमा लाइफ टाइम एचीभमेन्ट अवार्डबाट गशेशभक्त शाख, इन्द्रभक्त मेमोरिय अवार्डबाट शिवकुमार अग्रवाल, वनवारीलाल मेमोरियल अवार्डबाट सुगतरत्न कंसाकारलाई पुरस्कृत गरियो । साथै नेपाल चेम्वर अफ कमर्सको कार्यसमितिमा रहेर निरन्तर ४० वर्ष भन्दा वढी विभिन्न पदमा रहेर कार्य गरी विशेष योगदान दिएका प्रथम उपाध्यक्ष ज्ञानेन्द्ररत्न तुलाधरलाई कदरपत्र प्रदान गरियो । साथै चेम्वरको अग्रसरतामा सञ्चालित प्राकृतिक प्रकोपबाट पीडित राहत कार्यमा योगदान पुयाउनुभएका नेपाल निर्जीवन विमा व्यवसायी संघका अध्यक्ष तथा चेम्वरका उपाध्यक्ष राजेन्द्र मल्ल, प्रभु इन्स्युरेन्सका प्रमुख कार्यकारी अधिकृत संचित बज्राचार्य, मनाग एयर प्रालिका अध्यक्ष सतिश प्रसाद प्रधान, भक्तपुर इटा तथा टायल उद्योग संघका अध्यक्ष दुर्गाप्रसाद मल्ल, श्रीकृष्ण सुधा अमृत सेवा संघका माता सपना श्रेष्ठ, चेम्वर कार्यसमिति सदस्यहरु सुरेन्द्रकुमार श्रेष्ठ, सुवास चन्द्र संघाई, दीपक मल्होत्रा, आरबी कम्प्लेक्स व्यापार संघका महासचिव संदीपकुमार अग्रवाल, नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विश्वराम तिमिला, खिचापोखरी न्युरोड व्यापार संघका अध्यक्ष मनोज बाबु श्रेष्ठ, नेपाल औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठ गरी १२ जनालाई सम्मान गरियो । यसैगरी चेम्वरबाट तेश्रो मुलुकतर्फ जारी गरिएको उत्पतिको प्रमाणपत्रको आधारमा उत्कृष्ट स्थान हासिल गर्न सफल पाँंच जना कार्गाे एजेन्ट तथा निकासीकर्ताहरुलाई पनि सम्मान गरियो ।  

पोखरामा ३०० सिसिको मोजो बाइकको बिक्री शुरु

पोखरा । महिन्द्रा ग्रुप अन्तर्गतको महिन्द्रा टु ह्विलर्सका आधिकारीक वितरक अग्नि ग्रुप अन्तर्गत अग्नि मोटो इन्कले वहु प्रतिक्षित मोजो बाइक हालै पोखरामा आफ्नो आधिकारीक विक्रेता एसियन अटो मोबाइलस् माफर्त बिक्री प्रारम्भ गरेको छ । यस बाइकलाई सफल राष्ट्रिय औद्योगिक व्यापार मेला २०७४ को अवसर मा पौष २७ गतेका देखि सुभारम्भ गरिएको छ । यस मेला अवधिभर खरिद गर्नुहुने प्रथम केही ग्राहकहरुलाई अग्निमोटो इन्कले अफिसियल मोजो ज्याकेट प्रदान गरिने भएको छ । महिन्द्राको मोजोले आफ्नो उच्च क्षमता, स्टाइल तथा गुणस्तरीयता प्रदर्शन गर्ने विश्वास लिइएको छ । साहसिक, मजेदार प्रीडेटर स्टाइलिङ्ग सहितका मस्कुलाइन डिएनए भएको महिन्द्रा मोजोमा लिक्यिड कुल ३०० सिसि इन्जिन रहेको छ । इएफआई सिलिन्डर इन्जिन जसले २७ बीएचपीको उच्चतम क्षमता तथा ३०एनएमको टर्ग क्षमता प्रस्तुत गर्दछ । मोजोमा उच्च टरसिनल रिजिडिटि भएको ट्वीन ट्यूब पे्रmम, इन्भर्टेड फ्रन्ट फोर्क, रिजिड ट्रिपल क्ल्याम्प् माउन्टिङ, हाई प्रेसर ग्यास–चार्ज भएको अफसेट रियर मोनो शक्स र सेपरेटर फ्लोटिङ्ग पिस्टन रहेको छ । अन्तर्राष्ट्रिय साझेदारीका साथ निर्माण गरिएको यो बाइले बाइक पारखीहरुलाई उच्चतम अनुभव प्रदान गर्ने छ ।

२ लाखमा किनेको कार यसरी बेचिन्छ १४ लाख रुपैयाँमा, ७ लाख सरकारको ढुकुटीमा र ५ लाख व्यापारीको खल्तीमा

काठमाडौं । भारतबाट दुई लाख ७५ हजार नेपाली रुपैयाँमा किनेको कार नेपालमा कति रुपैयाँमा बिक्री होला ? महँगो मूल्य अनुमान गर्नुहोस् । फरक फरक मान्छेको फरक फरक अनुमान हुनसक्छ । नेपाल सरकारले सवारी साधानमा उच्च दरको कर लगाउँछ भन्ने जानकारी भएका मानिसले दुई लाख ७५ हजार रुपैयाँमा किनेको गाडी व्यापारीले कम्तिमा ८ लाख रुपैयाँमा बिक्री गर्ने अनुमान गर्न सक्छन् । यो क्षेत्रको व्यापारलाई राम्ररी बुझेका मानिसले दुई लाख ७५ हजार रुपैयाँमा किनेको गाडी करिव १० लाखमा बिक्री गर्ने अनुमान गर्लान् । तर ती सबै अनुमान सहि हुँदैनन् । आपूर्ति व्यवस्थापन तथा उपभोक्त हित संरक्षण विभागका अनुसार दुई लाख ७५ हजार रुपैयाँमा किनेको कार १४ लाख ३३ हजार ७१७ रुपैयाँमा बिक्री हुने गरेको छ । विभागका अनुसार नेपालको लागि मारुती गाडीको आधिकारीक बिक्रेता अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्सले दुई लाख ७५ हजार रुपैयाँमा किनेको कारमा २० थरी शिर्षकमा थप रकम जोडेर कम्पनीले १४ लाख ३३ हजार ७१७ रुपैयाँमा बिक्री गरेको छ । ८ सय सिसिको इञ्जिन भएको मारुतिकोे अल्टो ‘एसटीडी’ नेपालमा २ लाख ७५ हजार ५८० नेपाली रुपैयाँमा भित्रिने गरेको छ । उक्त कार उपभोक्ताले खरिद गर्दा १४ लाख ३३ हजार ७१७ रुपैयाँमा बिक्री गरेको छ । त्यसमा सरकारले विभिन्न शिर्षकको कर र शुल्कको नाममा ७ लाख २६ हजार ३३९ रुपैयाँ लिने गरेको छ भने व्यापारीको खल्तीमा ४ लाख ३१ हजार ७८८ रुपैयाँ जाने गरेको छ । एक जना उपभोक्तालाई सवा ७ लाख कर विभिन्न शिर्षकका कर र शुल्कको नाम सरकारले एउटा अल्टो कारको उपभोक्तासँग ७ लाख २६ हजार ३३९ रुपैयाँ असुल गर्दै आएको छ । कार आयातमा लाग्ने ७७ दशमलव ६० प्रतिशत भन्सार कर वापत २ लाख २५ हजार १२३ रुपैयाँ, ६० प्रतिशत अन्तशुल्क वापत ३ लाख ९ हजार १३८ रुपैयाँ, १३ प्रतिशत मूल्य अभिवृद्ध कर वापत १ लाख ७ हजार १६८ रुपैया सहित सरकारले ६ लाख ४१ लाख ६१ हजार रुपैयाँ राजश्व लिएको देखिन्छ । त्यसबाहेक सडक शुल्क ६५ हजार २२१ रुपैयाँ, दर्ता तथा प्रदुशण शुल्क ५०० रुपैयाँ, एक वर्षको सवारी धनी कर १९ हजार रुपैयाँ सरकारले लिएको छ । व्यापारीको खल्तीमा सवा ४ लाख नेपालको बजारमा बिक्री हुने कारहरु मध्ये सबैभन्दा सस्तो कार ८०० सीसी क्षमताको मारुती अल्टो हो । सबैभन्दा सस्तो कार बेच्दा पनि प्रति कार व्यापारीको खातामा ४ लाख ३१ हजार ७८८ रुपैयाँ जाने गरेको छ । नेपालको लागि मारुती गाडीको आधिकारीक बिक्रेता अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्स हो । यसको मालिक हुन् अरुण चौधरी र उनको छोरा करण चौधरी । उनीहरुको व्यापार कला गज्जबको छ । उनले उपभोक्तासँग विभिन्न १२ वटा शिर्षकमा २ लाख ७८ हजार ५५४ रुपैयाँ अुसल गरेका छन् । त्यसबाहेक आफूलाई नाफा भनेर १ लाख ५३ हजार २४३ रुपैयाँ लिने गरेको विभागले जनाएको छ । (स्कान कपी हेर्नुहोस् ।) उक्त कम्पनीले एउटा कारको ढुवानी खर्च १४ हजार १२० रुपैयाँ, बीमा ४०७ रुपैयाँ, ‘पीपी’ फर्म भरेको १८८ रुपैयाँ, विज्ञापन र मार्केटीङ शुल्क ९६ हजार राखेको छ । सामान्यतय कुनै पनि गाडी उत्पादक कम्पनीले विज्ञापन तथा अन्य बजारीकरणमा लाग्ने खर्च डिलरलाई नगद भुक्तानी दिने गरेको पाइन्छ । तर यस कम्पनीले विज्ञापन तथा मार्केटिङ शुल्क भनेर उपभोक्तासँग अतिरिक्त रकम लिदै आएको भेटिएको छ । कम्पनीले प्रशासनिक र तलब शुल्क ३६ हजार राखेको छ । त्यस्तै बीमा शुल्क ३६ हजार, ब्याज २७ हजार, गाडी राखेको भाडा २० हजार जोडेको छ । गाडी ओसार पसार बीमा, पेट्रोल, मोबिल खर्च, सामुन्द्रिक विमा, हिटर जडान, गाडी चम्काउने पुस्ने लगायतका खर्चहरु जोडेर खरिदबाहेक २ लाख ७८ हजार रुपैयाँ खर्च भएको देखाएको छ । ती सबै खर्च कटाएर कम्पनीले नाफा बापत १ लाख ५३ हजार २४३ रुपैयाँ लिने गरेको छ । गाडी बिक्रेताले चरम ठगी गरेको ग्राहकहरुको उजुरीको आधारमा आपुर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले केही हप्ताअघि गरेको अनुगमन गर्दा यस्तो तथ्य खुल्न आएको हो । विभागको अनुसन्धानबाट उपभोक्ता ठगिमा परेको पाइएको छ । अरुण इन्टरकन्टिनेन्टलसहित केही गाडी बिक्रेताको फाइल अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर टेकुमा बुझाएको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले बताए । छिमेकी देश भारतमा १ लाख ७० हजार भारतीय रुपैयाँ पर्ने मोटरलाई नेपालीले करिव १५ लाख रुपैयाँ तिनुपर्दा उपभोक्ताहरुले आक्रोस पोख्दै आएका छन् । तर उपभोक्ताको मर्का व्यापारीले मात्र होइन, सरकारले पनि सुनेको छैन ।

जलविद्युत आयोजना निमार्णमा विदेशी लगानीको भर पर्नु पर्दैन

काठमाडौं । सरकारले अघि सारेको ७ बर्षमा १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य स्वेदेशी लगानीबाटै सम्भव हुने देखिएको छ । साउथ वेष्टर्न विजनेश कलेजका विद्यार्थीहरुले विदेशी दाताहरुको भर नपरी स्वेदेशी लगानीमै कसरी जलविद्युत आयोजनाहरु निमार्ण गर्ने भन्ने योजना अघि सारेर हिमालयन हाइड्रो एक्स्पो २०१८ मा प्रथम स्थान प्राप्त गरेका हुन् । पहिलो स्थान प्राप्त गरेका विद्यार्थीहरुलाई साउथ वेस्टन विजनेश कलेजले सम्मान गरेको छ । विहीबार विजेताहरुलाई एक कार्यक्रमका बिच कलेजका अध्यक्ष कृष्ण बहादुर कार्की,प्रिन्सिपल डा. जयहरी राज पाण्डेले प्रमाणपत्र प्रदान गरेका थिए । प्रतिस्पर्धामा कलेजमा बिबिए पाचौं सेमेस्टरमा अध्ययनरत सविन तामाङ, स्मृति श्रेष्ठ, प्रतिक्षा लोहनी, आशिष गुरुङ, सदिक्षा ढकाल, तेस्रो समेस्टरमा अध्ययनरत अनुशाराज भण्डारी र प्रियंका कोइरालाले प्रतिस्पर्धामा भाग लिएका थिए । पुस २१ गतेदेखि २३ गते सम्म राजधानीको भुकृटीमण्डपमा संचालन भएको एक्स्पोमा उनीहरुले प्रोडक्ट एण्ड सर्भिस प्रतिस्पर्धामा आफ्नो योजना प्रस्तुत गरेका थिए । उनीहरुले यस विधामा एक दर्जन बढी कलेजका प्रतिस्पर्धीहरुलाईपछि पार्दै पहिलो स्थान प्राप्त गरेका थिए । उनीहरुले सकारी कर्मचारी, बिद्यार्थि, रेमिट्यान्स र प्रत्येक घर परिवारको संलग्नताबाट स्वदेशी लगानीमै जलविद्युत आयोजना निमार्ण गर्न सकिने योजना सहतिको कार्यपत्र प्रतिष्पर्धामा प्रस्तुत गरेका थिए ।