करिब एक अर्बको राजस्व असुली
रसुवा । उत्तरी नाका रसुवागढीबाट चिनियाँ सामग्री दिन प्रतिदिन नेपाल भित्रने क्रम बढेपछि एक अर्ब रुपैयाँको हाराहारीमा राजस्व असुली भएको छ । प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाका अनुसार कपडा, जुत्ता, बच्चाको खेलौना, इलेक्ट्रिक सामग्री, स्याउलगायतका वस्तु आयात बढ्न थालेको र स्याउतर्फ ३० देखि ३५ एवं अन्य सामग्री बोक्ने १५ देखि २५ वटा कन्टेनर दैनिक नेपाल भित्रने गरेका छन् । विगतको तुलनामा आयात केही वृद्धि भएको छ । सरदरमा दैनिक एक करोड रुपैयाँ राजस्व असुली गरिरहेको रसुवा भन्सार कार्यालयले चालु आवको यस अवधिमा ९९ करोड ८५ लाख राज्यकोष दाखिला गरिसकेको प्रमुख भन्सार अधिकृत कोइरालाले बताए । भन्सार परीक्षणको कार्य पनि छिटो छरितो भइरहेको बताइएको छ । रासस
सहयोगी विकास बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता २४४ रुपैयाँ
काठमाडौं । सहयोगी विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । यस कम्पनीको २० प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता २४४ रुपैयाँ रहेको छ । जसको आधार मूल्य २९८ रुपैयाँ रहेको थियो ।
खर्च धान्न पैसा नभएपछि सरकारले ५ महिना नपुग्दै उठायो १०८ अर्ब आन्तरिक ऋण
काठमाडौं । खर्च धान्न चालु आर्थिक वर्षको ६ महिना नपुग्दै सरकारले १ खर्बं ८ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको छ । चालु आवमा सरकारले कुल १ खर्ब ४५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य लिएकोमा आव सुरु भएको ५ महिना नपुग्दै सरकारले यति ठुलो रकम आन्तरिक ऋण उठाएको हो । लक्ष्यअनुसार अब ३७ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन बाँकी छ । ७५३ स्थानिय तहलाई पहिलो चरणमा ७५ अर्ब रुपैयाँ निकासा गरेकोमा दोस्रो चरणमा पुनः ७५ अर्ब रुपैयाँ निकासा गर्नपर्ने भएपछि तत्कालिन विकल्पको रुपमा आन्तरिक ऋण उठाएको हो । आर्थिक वर्ष सुरु भएको पहिलो २ महिनामा लक्ष्य भन्दा कम राजश्व संकलन भएपछि यसको दवाव आन्तरिक ऋण उठाउनमा परेको हो । सरकारले चालु आर्थिक वर्षको शुरुदेखि नै आन्तरिक ऋण उठाउन थालेको हो । आन्तरिक ऋण उठाउन थालेपछि बैंकिङ्ग प्रणालीको तरलता व्यवस्थापन सहज हुँदै गएको छ । हालसम्म सरकारले लक्ष्यको ३२.६३ प्रतिशत अर्थात २ खर्ब ३८ अर्ब १८ करोड रुपैयाँ राजश्व संकलन गरेको छ । चालु आवका लागि सरकारले स्थानिय तहका लागि २ खर्ब २५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । यस्तै केन्द्र र प्रदेशका लागि २५ अर्ब खर्च हुने अनुमान गरिएको छ । यस्तै संघीयता कार्यान्वयन गर्न थप ८ खर्ब २० अर्ब रुपैयाँ आवश्यक पर्ने भएपछि सरकारलाई दवाव बढेको छ । पहिलो त्रैमाशमा लक्ष्य अनुसार राजश्व संकलन नभएको र स्थानिय तहमा दोस्रो किस्ता पठाउन र केन्द्र तथा प्रदेशको निर्वाचन गर्नु पर्दा सरकारले आन्तरिक ऋण उठाउन जोड दिएको अर्थशास्त्री डा. शंकर शर्मा बताउछन् । आन्तरिक ऋण नउठाएको भए स्थानिय तहमा पठाउने पैसाको पनि अभाव हुने अवस्था आएपछि सरकारले धमाधम आन्तरिक ऋणबाट खर्च व्यवस्थापन गरेको उनको भनाई छ । चालु आवका लागि राष्ट्र बैंकले पहिलो र दोस्रो त्रैमाशमा गरी झण्डै ८९ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ । ६ महिना नपुग्दै सरकारले राष्ट्र बैंकमार्फत २९ अर्ब रुपैयाँ बढी आन्तरिक ऋण उठाएको छ । राष्ट्र बैंकले पहिलो त्रैमाशमा ३२ अर्ब ५४ करोड, दोस्रो त्रैमाशमा ४६ अर्ब ६१ करोड १३ लाख, तेस्रो त्रैमाशमा ४५ अर्ब ८८ करोड ८६ लाख र चौथो त्रैमाशमा १९ अर्ब ९६ करोड रुपैयाँ ऋण उठाउने लक्ष्य लिएको थियो । चालु आवमा राष्ट्र बैंकले ४५ प्रतिशत अर्थात ६६ अर्ब रुपैयाँ ट्रेजरी बिल्स, विकास ऋणपत्रबाट ४५.६६ अर्थात ७२ अर्ब, नागरिक वचतपत्र ४.१४ अर्थात ६ अर्ब र वैदेशिक रोजगार बचतपत्रबाट ०.६९ प्रतिशत अर्थात १ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ । कुल चालु आवमा सरकारले कुल १२ खर्ब ७८ अर्ब ९९ करोड रुपैयाँको आयव्यय विवरण तयार पारेको छ । जसअनुसार राजश्व ७ खर्ब ३० अर्ब ५ करोड, वैदेशिक ऋण २ खर्ब १४ अर्ब ३ करोड, वैदेशिक अनुदान ७२ अर्ब १६ करोड र नगद मौज्दातबाट १ खर्ब २ अर्ब ७३ करोड रुपैयाँ हुने अनुमान गरेको छ ।
यो वर्ष गुगलमा धेरै खोजियो आइफोन ८, गुगल ट्रेन्डिङको टप १०मा कुन-कुन परे ?
काठमाडौं । अंग्रेजी पात्रो अनुसार नयाँ वर्षको शुरुवात हुनै लागेको छ । हरेक वर्षजस्तै यो वर्षको अन्तिममा पनि गूगलले सबै भन्दा बढी सर्च गरिएका शिर्षकको सूची जारी गरेको छ । २०१७ आइफोन ८ ट्रेन्डिङ प्रडक्टमा अगाडी रह्यो । यसलाई सबैभन्दा बढी सर्च गरिएका सूचीमध्ये दोस्रो स्थान दिइएको छ । यसका साथै यसले भर्खरै सार्वजनिक भएको आईफोन एक्सलाई पनि पछि पारेको छ । गूगलले हरेक वर्ष ईयर इन सर्च जारी गर्दछ, जसमा वर्षभरीमा सबैभन्दा धेरैपटक सर्च गरिएका शिर्षक नै सूचिमा पर्छन् । यो सूची २०१६ को तुलनामा २०१७ मा धेरै सर्च गरिएका शब्दलाई आधार मानेर तयार पारिन्छ । यस्ता छन् २०१७ का टप १० ग्लोबल ट्रेन्डिङ सर्च लिस्ट: यी हुन् गूगलको टप १० ग्लोबल ट्रेन्डिङ सर्च किवर्ड्स १. हुरिक्यान इर्मा २. आइफोन ८ ३. आइफोन एक्स ४. म्याट लाउर ५. मेघान मार्केल ६. १३ रिजन ह्वाइ ७. टम पेटी ८. फिजेट स्पिनर ९. चेस्टर बेनिङटन १०. इन्डियन नेशनल क्रिकेट टिम प्रविधीको दुनियाँमा ट्रेन्डिङ लिस्ट २०१७ मा यी किवर्ड्स सबैभन्दा बढी सर्च गरिएको थियो । टप १० को सूची: १. आइफोन ८ २. आइफोन एक्स ३. निन्टेन्डो स्विच ४. सामसङ ग्यालेक्सी एस८ ५. एक्सबक्स वन एक्स ६. नोकिया ३३१० ७. रेजर फोन ८. ओप्पो एफ५ ९. वान प्लस ५ १०. नोकिया सिक्स
बामपन्थी सरकारले पाँच बर्षमा सहजै गर्न सक्ने एक दर्जन काम
काठमाडौं । स्थिर सरकार मार्फत विकास र समृद्धिको नारा दिएर चुनावमा होमिएको बाम गठबन्धनले सुबिधा जनक बहुमत प्राप्त गरेको छ । एमाले र माओवदीका बिचमा असमझदारी उत्पन्न नभएमा आगामी पाँच बर्ष यीनैले सरकार सञ्चालन गर्नेछन् । संघिय संरचनाले बढाएको चालु खर्चको चापलाई चिर्दै विकास र समृद्धिको जन चाहना पुरा गराउनु कम चुनौतीपुर्ण पक्कै छैन् । तर विकासको स्वभाविक गतिले निरन्तरता पाउँदा मात्रै पनि आगामी सरकारले धेरै उपलब्धी हासिल गरेको ठहरिनेछ । २०७५ सालको नयाँ बर्षमा मेलम्चीको पानी राजधानी बासीका धारामा आइपुग्नेछ । त्यस्तै, मंसिर भित्र ४५६ मेगावाटको माथिल्लो तामाकोशी आयोजनाबाट विद्युत उत्पादन भएर राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । अबको १८ महिना भित्र गल्छी–त्रिशुली–रसुवागढी सडक डबल लेनमा कालोपत्रै भैसक्नेछ भने बेनी–जोमसोम–कोरला सडक पनि स्तरोन्नति भैसक्नेछ । तातोपानी नाका प्रवेशको मार्ग पनि नयाँ ढंगले पुनस्थापित हुनेछ । त्यसबाहेक किमाथांका र हिल्सा नाकाबाट पनि चिनियाँ बजार प्रवेश सहज बनिसक्नेछ । यहि पाँच बर्षे अवधीमा काठमाडौं–निजगढ फास्ट ट्रयाकको निर्माण कार्य सम्पन्न हुनेछ भने भैरहवा विमानस्थलको निर्माण सम्पन्न भैसक्नेछ । पोखरा विमानस्थल निकै अघि बढिसक्नेछ भने निजगढ विमानस्थलको कामले पनि धेरै गति लिईसकेको हुनेछ । १२०० मेगावाट क्षमताको जलासययुक्त बुढिगण्डकी आयोजनाको निर्माणले पनि एउटा गति प्राप्त गरिसक्नेछ । हुलाकी राजमार्गको अधिकांश काम सम्पन्न भैसक्नेछ भने मध्यपहाडी लोकमार्गको निर्माणले पनि धेरै गति पाइसक्नेछ । करिब १० अर्ब खर्चेर देशभर अप्टिकल फाइबर बिछ्याउने काम सम्पन्न भैसकेको हुनेछ । यसले जनतामा सूचना प्रबिधीको पहुँच व्यापक रुपले विस्तार मात्रै गर्ने छैन् । सबै जसो सामुदायीक विद्यालयमा द्रुतगतिको इन्टरनेट सुबिधा प्रदान गर्नेछ । त्यस बाहेक जनकपुर–बिजलपुरा खण्डमा रेल गुडिसक्नेछ भने बर्दिबास–लालबन्दी हुँदै सिमरासम्मको रेल मार्ग तयार भैसकेर सो भन्दा पुर्व र पश्चिमको रेलमार्ग निर्माणले पनि धेरै गति लिईसकेको हुनेछ । केरुङ–काठमाडौं विद्युतिय रेलमार्गको अध्ययन सम्पन्न गरेर निर्माण प्रक्रिया अघि बढिसकेको हुनेछ भने काठमाडौं बिरगञ्ज विद्युतिय रेलमार्गको काम पनि द्रुत गतिमा अघि बढिरहेको हुनेछ । काठमाडौं उपत्यकामा मेट्रो रेल निर्माणको काम पनि धेरै मात्रामा अघि बढिसक्नेछ । आगामी सरकारको सानो पहल कदमीले मात्रै पनि आगामी पाँच बर्षमा यी र अन्य धेरै विकासका कामले स्वभाविक रुपले गति पाउनेछन् । सरकारले दृढ इच्छा शक्ति देखाउने हो भने अन्य धेरै कामले गति लिनेछन् । जसका कारण नागरिकले देश विकासको बाटोमा अघि बढेको महसुश गर्नेछन् ।
बेष्ट फानान्सलाई सिनर्जी फाईनान्स अक्वायर गर्न राष्ट्र बैंककाे सैद्धान्तिक सहमति
काठमाडौं । बेष्ट फानान्सलाई सिनर्जी फाईनान्स अक्वायर गर्न नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति प्रदान गरेको छ । यो सहमतिसंगै अब यो प्रकृयाले तिव्रता पाउने बेष्टले जनाएको छ । बढीमा ५ महिना भित्रै आवश्यक सवै प्रकृया सम्पन्न गरेर एकिकृत कारोवार प्रारम्भ गर्ने लक्ष्यको कार्यतालिका साथ कामको थालनी प्रारम्भ भैसकेको फाइनान्सका अध्यक्ष पद्म न्यौपानेले जानकारी दिए ।
निष्क्रिय कर्जा बढेपछि २८ वाणिज्य बैंकले गरे ४३ अर्ब ५३ करोड नोक्सान व्यवस्था
काठमाडौं । निष्क्रिय कर्जा बढेपछि विभिन्न २८ वाणिज्य बैंकले कुल कर्जाको २.४ प्रतिशत कर्जा नोक्सान व्यवस्था (प्रोभिजन) गरेका छन् । हालसम्म वाणिज्य बैंकले निष्क्रिय कर्जाका लागि ४३ अर्ब ५३ करोड रुपैयाँ कर्जा नोक्सानी व्यवस्था गरेका हुन् । गत असोज मसान्तमा वाणिज्य बैंकहरुको निष्क्रिय कर्जा बढेर १.८ प्रतिशत पुगेको छ । गत असार मसान्तमा यस्तो कर्जा अनुपात १.६ प्रतिशत रहेको थियो । निष्क्रिय कर्जा बढेपछि बैंकले कर्जा नोक्सानी रकम पनि पनि बढेको हो । यसले बैंकको नाफामा समेत असर गरेको छ । चालु आवको पहिलो त्रैमाशमा वाणिज्य बैंकले १० अर्ब ९ करोड रुपैयाँ खुदनाफा गरेका छन् । चालु आवको पहिलो त्रैमाशमा मात्रै सिभिल बैंकले कर्जा नोक्सानी वापत १ अर्ब ८६ करोड रुपैयाँ राखेको छ । सिभिलको निष्क्रिय कर्जा अनुपात बढेर ४.६५ पुगेको छ । निष्क्रिय कर्जा बढेका कारण सिभिलले गरेको नाफा कर्जा नोक्सानीमा व्यवस्थापन गर्नुपरेको छ । सबैभन्दा बढी निष्क्रिय कर्जा सिभिलको छ । चालु आवमा यस्तो कर्जा घटाएर २ प्रतिशतमा झार्ने सिभिलको योजना छ । सबैभन्दा कम निष्क्रिय कर्जा नेपाल एसबीआई बैंकले कायम गरेको छ । एसबीआईको निष्क्रिय कर्जा ०.१३ प्रतिशत मात्र छ । यद्यपी गत आर्थिक वर्षको असारमा बैंकको यस्तो कर्जा ०.१० प्रतिशत मात्र थियो ।एसबीआईपछि कम निष्क्रिय कर्जा हुनेमा सानिमा बैंक दोश्रो नम्बरमा रहेको छ । सानिमाको निष्क्रिय कर्जा ०.१४ प्रतिशत छ । यद्यपी यसघि बैंकको यस्तो कर्जा ०.०५ प्रतिशत मात्र थियो । खराब कर्जा न्युन राख्ने प्रतिष्पर्धामा बैंकहरु लागिपरेको भएपनि अधिकांश बैंकको खराब कर्जा भने बढेकै देखिन्छ । स्ट्यान्डर्ड चाटर्ड बैंकको निष्क्रिय कर्जा ०.१८, एभरेष्ट बैंकको ०.२६, एनआईसी एसिया बैंकको निष्क्रिय कर्जा ०.२९ प्रतिशत मात्र रहेका छ । १ प्रतिशत भन्दा कम निष्क्रिय कर्जा हुने अन्य बैंकमा माछापुच्छ्रेको ०.४५,नेपाल बंगलादेशको ०.७३ प्रतिशत रहेको वित्तीय विवरणमा उल्लेख छ ।नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकको निष्क्रिय कर्जा ४.२९ प्रतिशत छ । प्रभु बैंकको ४.२३ प्रतिशत छ । ४ प्रतिशत भन्दा बढी निष्क्रिय कर्जा हुनेमा सिभिल र एनसीसी र प्रभु बैंक मात्र छन् । यस्तै सरकारी स्वामित्वका कृषि विकास बैंकको ३.५४, राष्ट्रिय वाणिज्य बैंकको २.९२ र नेपाल बैंकको ३.४२ प्रतिशत छ । कुमारी बैंकको १.९७, लक्ष्मी बैंकको १.७८, नेपाल इन्भेष्टमेन्ट बैंककको १.०४, सिद्धार्थ बैंकको २, हिमालयन बैंकको १.२४, एनएमबी बैंकको १.६७, जनता बैंकको १.८५, नविल बैंकको १.११, सिटिजन्स बैंकको १.९९ प्रतिशत रहेको छ । यसैगरी प्राइम कमर्शियल बैंकको १.३७, मेगा बैंकको १.६७, ग्लोबल आइएमईको १.५७, सेन्चुरी बैंकको १.७०, सनराइज बैंकको १.४९ र बैंक अफ काठमाण्डुको २ प्रतिशत रहेको छ । ५ प्रतिशत बढी निष्क्रिय कर्जा भएका बैंक तथा वित्तीय संस्थालाई जोखिमयुक्त मानिन्छ । हाल सञ्चालनमा रहेका बैंकको निष्क्रिय कर्जा ५ प्रतिशत तल रहेको छ ।
कावेली विकास बैंकले मकालु डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्न पुस १० विशेष साधारणसभा हुने
काठमाडौं । कावेली विकास बैंकले माउन्ट मकालु डेभलपमेन्ट बैंकलाई प्राप्ति (एक्वार) गर्ने भएको छ । प्राप्ति गर्न दुबै बैंकले पुस १० गते विशेष साधारणसभा बोलाएका छन् । चुक्तापुँजी बढाउन कावेलीले मकालुलाई प्राप्ति गर्न लागेको हो । दुबै बैंकको सम्पत्ति तथा दाइत्व मूल्याँकन प्रतिवेदन (डीडीए) अनुसार कावेलीको १ सय कित्ता सेयर बराबर मकालुको ८८ कित्ता दिने गरी सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) कायम भएको छ । मकालुलाई प्राप्ति गरेपछि कावेलीले १ बराबर १ः८ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव विशेष सभामा पेश हुने भएको छ । यस्तै सभामा जारी तथा चुक्तापुँजी ५० करोड ३५ लाख ९३ हजार रुपैयाँ पुर्याउने प्रस्ताव पारित हुने भएको छ ।