विकासन्युज

नेपाल लाइफको नाफा १७.३७ प्रतिशतले बढ्यो, कुल बीमा शुल्क ४८.२० करोड

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८१/८२ मा नाफा १७.३७ प्रतिशतले बढेर ६० करोड ३२ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ । कम्पनीले अघिल्लो आवमा ५१ करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । ​​​​​​​​​ समीक्षा वर्षमा कम्पनीले ४८ अर्ब २० करोड २२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा १८ प्रतिशतले बढी हो । कम्पनीले अघिल्लो आवमा ४० अर्ब ८४ करोड ९४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । समीक्षा वर्षमा कम्पनीको खुद बीमा शुल्क आर्जन पनि बढेको छ । कम्पनीले गत वर्ष  ४७ अर्ब ६६ करोड ७० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवमा कम्पनीले ४० अर्ब ११ करोड २ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आवको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १८.८४ प्रतिशतले बढेको छ । त्यस्तै गत आवमा कम्पनीको रिटेन्ड अर्निङमा १ अर्ब २४ करोड १२ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा कम्पनीको रिटेन्ड अर्निङमा १ अर्ब ९२ करोड ३२ लाख रुपैयाँ रहेको थियो । कम्पनीको महाविपत्ति कोषमा १ अर्ब ३२ करोड २३ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा कम्पनीको महाविपत्ति कोषमा १ अर्ब २६ करोड ३७ लाख रुपैयाँ थियो । समीक्षा वर्षमा कम्पनीको अन्य इक्विटीमा ७५ करोड ४४ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा कम्पनीको अन्य इक्विटीमा ७५ करोड ८२ लाख रुपैयाँ थियो । त्यसैगरी गत वर्ष कम्पनीको जीवन बीमा कोषमा २ खर्ब ३३ अर्ब ६७ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार १९.७९ प्रतिशतले बढेको छ अघिल्लो वर्षमा जीवन बीमा कोषमा १ खर्ब ९५ अर्ब ७ करोड रुपैयाँ थियो ।  कम्पनीको शेयर पुँजी समिक्षा वर्षमा  ९ अर्ब २ करोड ८७ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिकी कृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर ६.६८ रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष ईपीएस ६.२६ रुपैयाँ थियो । कम्पनीको पिई रेसियो ११५.६८ गुणा रहेको छ । त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ १३६.७५ रुपैयाँ रहेको छ । 

स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफासँगै लाभांश क्षमतामा गिरावट, यस्ता छन् अन्य सूचक

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको गत आर्थिक वर्ष २०८१/८२ खुद नाफा ७.५० प्रतिशत घटेर ३ अर्ब २ करोड ९३ लाख ३ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ३ अर्ब २७ करोड ५२ लाख ६८ हजार रुपैयाँ नाफा गरेको थियो । गत वर्ष बैंकको खुद ब्याज आम्दानी १२.५६ प्रतिशत घटेर ४ अर्ब ४८ करोड ८४ करोड २५ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ५ अर्ब १३ करोड ३२ लाख ८९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  समीक्षा वर्षमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ३.६२ प्रतिशत घटेर १ अर्ब ३६ करोड ४३ लाख ६० हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ८.७६ प्रतिशत घटेर ६ अर्ब ५९ करोड ७४ लाख ७० हजार रुपैयाँ र सञ्चालन नाफा ०.०८ प्रतिशत घटेर ४ अर्ब ७१ करोड १ लाख २४ हजार रुपैयाँ रहेको छ ।  गत वर्ष बैंकको वितरणयोग्य नाफा १ अर्ब ९९ करोड ३३ लाख २६ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश वितरण क्षमता १९.८५ प्रतिशत छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा २ अर्ब ४६ करोड १५ लाख ६३ हजार रुपैयाँ थियो ।  १० अर्ब ४ करोड २३ लाख ६८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडामा ९ अर्ब ७५ करोड १७ लाख ७४ हजार रुपैयाँ रहेको छ ।  गत असारसम्ममा बैंकको निक्षेप ११.४२ प्रतिशत बढेर १ खर्ब २५ अर्ब ३३ करोड ८८ लाख ४८ हजार रुपैयाँ र कर्जा लगानी १०.३८ प्रतिशत घटेर ७२ अर्ब ७१ करोड २२ लाख २९ हजार रुपैयाँ पुगेको छ ।  अघिल्लो वर्ष बैंकले १ खर्ब १२ अर्ब ४८ करोड ३८ लाख ८७ हजार रुपैयाँ निक्षेप संकलन गरी ८१ अर्ब १४ करोड २५ लाख १७ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।  बैंकको निक्षेप तथा कर्जा अनुपात (सीडी रेसियो) ६९.४८ प्रतिशत रहेको छ । अघिल्लो वर्ष ७६.८३ प्रतिशत थियो ।  बैंकको प्रतिसेयर आम्दानी ३०.१७ रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष ३४.७३ रुपैयाँ प्रतिसेयर आम्दानी थियो । बैंकको प्रतिसेयर नेटवर्थ २१७ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात २१.८ गुणा छ । बैंकको खराब कर्जा अघिल्लो वर्ष २.१४ प्रतिशत रहेकोमा गत वर्ष घटेर १.७४ प्रतिशत पुगेको छ । बैंकको रिटर्न अन इक्विटी १४.१८ प्रतिशत छ ।

प्राइम बैंकको नाफा ४ अर्ब बढी, लाभांश क्षमता १४.३३ प्रतिशत

काठमाडौं । प्राइम बैंकको गत आर्थिक वर्ष २०८१/८२ खुद नाफा १४.७२ प्रतिशत बढेर ४ अर्ब २ करोड ४४ लाख ३१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षमा बैंकले ३ अर्ब ५० करोड ७८ लाख ९४ हजार खुद नाफा आर्जन गरेको थियो । गत वर्ष बैंकको खुद ब्याज आम्दानी ११.९२ प्रतिशत बढेर ८ अर्ब ८२ करोड २४ लाख ३४ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ७ अर्ब ८८ करोड २७ लाख ७५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  समीक्षा वर्षमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १.७० प्रतिशत बढेर १ अर्ब ७० करोड ८३ लाख १७ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १३.५५ प्रतिशत बढेर ११ अर्ब १६ करोड ७५ लाख २० हजार रुपैयाँ र सञ्चालन नाफा २३.४३ प्रतिशत बढेर ६ अर्ब ५५ करोड ८० लाख १६ हजार रुपैयाँ रहेको छ ।  गत वर्ष बैंकको वितरणयोग्य नाफा २ अर्ब ७८ करोड ८ लाख १९ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश वितरण क्षमता १४.३३ प्रतिशत छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा ९९ करोड ५३ लाख ३९ हजार रुपैयाँ थियो ।  १९ अर्ब ४० करोड २५ लाख ७५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडामा ११ अर्ब ५२ करोड ३४ लाख ९४ हजार रुपैयाँ रहेको छ ।  गत असारसम्ममा बैंकको निक्षेप २४.७२ प्रतिशत बढेर २ खर्ब ६३ अर्ब ३६ करोड ६ लाख ९४ हजार रुपैयाँ र कर्जा लगानी १६.२५ प्रतिशत बढेर २ खर्ब १० अर्ब ४६ करोड १७ लाख २४ हजार रुपैयाँ पुगेको छ ।  अघिल्लो वर्ष बैंकले २ खर्ब ११ अर्ब १६ करोड २ लाख ७६ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ८१ अर्ब २ करोड ९५ लाख ६९ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।  बैंकको निक्षेप तथा कर्जा अनुपात (सीडी रेसियो) ८३.३९ प्रतिशत रहेको छ । अघिल्लो वर्ष ८६.२० प्रतिशत थियो ।  बैंकको प्रतिसेयर आम्दानी २०.७४ रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष १८.०८ रुपैयाँ प्रतिसेयर आम्दानी थियो । बैंकको प्रतिसेयर नेटवर्थ १७३.७२ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १३.३२ गुणा छ । बैंकको खराब कर्जा अघिल्लो वर्ष ४.६५ प्रतिशत रहेकोमा गत वर्ष बढेर ५.५६ प्रतिशत पुगेको छ । बैंकको रिटर्न अन इक्विटी १२.५१ प्रतिशत छ ।

नबिल इन्भेष्टेमन्टको एनआई ३१ बिक्री खुला, २५ लाख इकाई खरिद गर्न मिल्ने

काठमाडौं । नबिल इन्भेष्टेमन्ट बैंकिङ्गले आज साउन ३० गतेदेखि म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले खुलामुखी योजना एनआई ३१ बिक्री गरेको हो । कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका २ करोड ५० लाख इकाईको १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई बिक्री गरेको हो । जसमध्ये १५ प्रतिशत अर्थात् ३७ लाख ५० हजार इकाई योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गलाई सुरक्षित राखि बाँकी रहेको १ करोड १२ लाख ५० हजार इकाई सर्वसाधारण लगानीकर्तालाई बिक्री गरेको हो ।  कम्पनीको म्युचुअल फण्डमा लगानीकर्ताहरूले न्यूनतम १०० इकाईदेखि २५ लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । फण्डको इकाईमा छिटोमा भदौ ३ गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त समयमा सबै इकाई बिक्री नभए भदौ १३ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको म्युचुअल फण्ड निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टेमन्ट बैंकिङ्ग रहेको छ । लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको मेरो सेयरमार्फत् फण्डमा आवेदन दिन सक्नेछन् । 

स्वस्तिक लघुवित्तको आईपीओ बिक्री खुला, ५ हजार कित्ता आवेदन दिन सकिने

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले आज साउन ३० गतेदेखि आईपीओ बिक्री खुला गरेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सेयर बिक्री गरेपश्चात् अब सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरेको हो ।  लघुवित्तले जारी पुँजीको ४० प्रतिशतले हुन आउने २ करोड ३१ लाख रुपैयाँको २ लाख ३१ हजार कित्ता आईपीओ बिक्री गरेको हो । जसमध्ये १ हजार १५५ कित्ता । कर्मचारी, ११ हजार ५५० कित्ता सामूहिक लगानी कोष र २३ हजार १०० कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीलाई बिक्री गरिसकेको छ । अब १ करोड ९५ लाख १९ हजार ५ सय रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ लाख ९५ हजार १९५ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।  लघुवित्तको आईपीओमा न्यूनतम् १० कित्ता र अधिकतम ५ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । लघुवित्तको आईपीओमा भदौ ३ गतेसम्म आवेदन दिन सकिनेछ । यदि सो अवधिमा पूर्ण बिक्री नभएमा भदौ १३ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ। नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सिआस्बा प्रणालीमार्फत आईपीओमा आवेदन दिन सक्नेछन् ।

बैंकहरूको नाफा साढे ७१ अर्ब रुपैयाँ, नम्बर वान नबिल, ४ बैंकको घट्यो

काठमाडौं । गत वर्ष वाणिज्य बैंकहरुले साढे ७१ अर्ब रुपैयाँ बढी खुद नाफा आर्जन गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा बैंकहरुले ७१ अर्ब ५१ करोड ७ लाख १८ हजार रुपैयाँ नाफा गरेका हुन् ।  जुन अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकहरुको नाफा ४३.३९ प्रतिशत अर्थात् २१ अर्ब ६३ करोड ९२ लाख ९१ हजार रुपैयाँ बढी हो । अघिल्लो वर्ष २० वटा वाणिज्य बैंकले ४९ अर्ब ८७ करोड १४ लाख २७ हजार रुपैयाँ नाफा गरेका थिए ।  गत वर्ष ४ बैंकबाहेक अधिकांश बैंकको नाफामा वृद्धि भएको देखिन्छ । गत वर्ष सबैभन्दा धेरै नाफा आर्जन नबिल बैंकले गरेको छ । नबिल बैंकले ७ अर्ब १२ करोड ७५ लाख ६६ हजार रुपैयाँ नाफा गरेको हो । जुन वाणिज्य बैंकहरुमा सबैभन्दा धेरै हो । अघिल्लो वर्ष बैंकले ६ अर्ब १९ करोड ७१ लाख ९ हजार रुपैयाँ नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकको नाफा १५.०१ प्रतिशत बढी हो ।  यस्तै, सबैभन्दा धेरै नाफा गर्नेको दोस्रो सूचीमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि) रहेको छ । बैंकको गत वर्ष खुद नाफा ६४.४३ प्रतिशत बढेर ६ अर्ब ७५ करोड ६६ लाख ४९ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षमा बैंकले ४ अर्ब १० करोड ८८ लाख ९२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यस्तै, ग्लोबल आइएमई बैंकको नाफा १.०९ प्रतिशत बढेर ६ अर्ब २० करोड ४७ लाख ४५ हजार रुपैयाँ आर्जन गरेको छ । बैंकले अघिल्लो वर्ष ६ अर्ब १३ करोड ७४ लाख ५४ हजार रुपैयाँ खुद नाफा गरेको थियो । प्रभु बैंकको गत वर्ष नाफा ९६५.४० प्रतिशत बढेर ५ अर्ब ४४ करोड २६ लाख ९३ हजार रुपैयाँ आर्जन गरेको छ । बैंकले अघिल्लो वर्ष ५१ करोड ८ लाख ५६ हजार रुपैयाँ खुद नाफा गरेको थियो । एभरेष्ट बैंकको नाफा ३२.८० प्रतिशत बढेर ४ अर्ब ९१ करोड ८१ लाख ६५ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ३ अर्ब ७० करोड ३२ लाख २५ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।  कृषि विकास बैंकको गत वर्ष खुद नाफा ४३.३८ प्रतिशत बढेर ४ अर्ब १५ करोड ४४ लाख ७५ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले २ अर्ब ८९ करोड ७४ लाख ८७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । लक्ष्मी सनराइज (एलएस) बैंकको गत वर्ष नाफा ४०.९७ प्रतिशत बढेर ४ अर्ब ११ करोड ६९ लाख ६७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षमा बैंकले २ अर्ब ९२ करोड ३ लाख ७९ हजार खुद नाफा आर्जन गरेको थियो । प्राइम बैंकको गत वर्ष नाफा १४.७२ प्रतिशत बढेर ४ अर्ब २ करोड ४४ लाख ३१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षमा बैंकले ३ अर्ब ५० करोड ७८ लाख ९४ हजार खुद नाफा आर्जन गरेको थियो । राष्ट्रिय वाणिज्य बैंकको गत वर्ष खुद नाफा ४९.५३ प्रतिशत बढेर ३ अर्ब ८१ करोड ६७ लाख ९ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षमा बैंकले २ अर्ब ५५ करोड २४ लाख ६७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । नेपाल बैंकको गत वर्ष खुद नाफा १३ हजार १७५ प्रतिशत बढेर ३ अर्ब ७७ करोड ३० लाख ८ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षमा बैंकले २ करोड ८४ लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  सिद्धार्थ  बैंकको गत वर्षमा खुद नाफा १०.२३ प्रतिशत बढेर ३ अर्ब ३९ करोड ५२ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ३ अर्ब ८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । एनएमबि बैंकको गत वर्ष नाफा ४६.२२ प्रतिशत अर्थात् १ अर्ब ३ करोड ७३ लाख ९६ हजार रुपैयाँ बढेर ३ अर्ब २८ करोड १७ लाख ९१ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले २ अर्ब २४ करोड ४३ लाख ९५ हजार रुपैयाँ खुद नाफा गरेको थियो । स्ट्याण्डर्ड चार्टर्ड बैंकको खुद नाफा ७.५० प्रतिशत घटेर ३ अर्ब २ करोड ९३ लाख ३ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ३ अर्ब २७ करोड ५२ लाख ६८ हजार रुपैयाँ नाफा गरेको थियो ।  सानिमा बैंकको गतमा खुद नाफा ७.२४ प्रतिशत बढेर २ अर्ब ५७ करोड ११ लाख ५५ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले २ अर्ब ३९ करोड ७४ लाख ४३ हजार रुपैयाँ खुद नाफा गरेको थियो । कुमारी बैंकको खुद नाफा ४५ हजार ८२९ प्रतिशत बढेको छ । बैंकको नाफा वृद्धिदर समग्र बैंकिङ क्षेत्रमै उच्च हो । बैंकले गत वर्ष २ अर्ब ११ करोड ६४ लाख ९ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ४६ लाख ८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । माछापुच्छ्रे  बैंकको खुद नाफा ९२.४४ प्रतिशत अर्थात् ९६ करोड ६२ लाख ६२ हजार रुपैयाँ बढेर २ अर्ब १ करोड १४ लाख ६१ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब ४ करोड ५१ लाख ९९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । नेपाल एसबिआई बैंकको गत वर्ष नाफा ९.८६ प्रतिशत घटेर १ अर्ब ८० करोड २५ लाख ८० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षमा बैंकले १ अर्ब ९९ करोड ९७ लाख ७२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । हिमालयन बैंकको गत वर्ष नाफा २२.१४ प्रतिशत बढेर १ अर्ब ५१ करोड २५ लाख ३२ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब २३ करोड ८३ लाख ३ हजार रुपैयाँ खुद नाफा गरेको थियो । सिटिजन्स बैंकको गत वर्ष खुद नाफा २ प्रतिशत घटेर १ अर्ब २९ करोड ३२ लाख २१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब ३२ करोड ७ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । एनआईसी एशिया बैंकको गत वर्ष नाफा ७६.९६ प्रतिशत घटेर १६ करोड १५ लाख ७३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ७० करोड १४ लाख ९७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

एनआईएमबिको नाफामा ६४.४३ प्रतिशत उछाल, वितरणयोग्य नाफा पनि धनात्मक

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)को गत आर्थिक वर्ष २०८१/८२ खुद नाफा ६४.४३ प्रतिशत बढेर ६ अर्ब ७५ करोड ६६ लाख ४९ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षमा बैंकले ४ अर्ब १० करोड ८८ लाख ९२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  गत वर्ष बैंकको खुद ब्याज आम्दानी ६.५४ प्रतिशत घटेर १४ अर्ब १२ करोड ८१ लाख ६७ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले १५ अर्ब ११ करोड ६९ लाख ७० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  समीक्षा वर्षमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी २३.९१ प्रतिशत बढेर २ अर्ब २० करोड ३२ लाख ३८ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ०.७३ प्रतिशत घटेर १७ अर्ब ६४ करोड १९ लाख ३८ हजार रुपैयाँ र सञ्चालन नाफा ५८.६६ प्रतिशत बढेर १० अर्ब १४ करोड २७ लाख ६६ हजार रुपैयाँ रहेको छ ।  गत वर्ष बैंकको वितरणयोग्य नाफा ४९ करोड १३ लाख ५६ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश वितरण क्षमता १.३३ प्रतिशत छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा ५ अर्ब ६९ करोड ३२ लाख ३२ हजार रुपैयाँ ऋणात्मक थियो । ३४ अर्ब १२ करोड ८५ लाख ९५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडामा ३२ अर्ब ७४ करोड १२ लाख २४ हजार रुपैयाँ रहेको छ ।  गत असारसम्ममा बैंकको निक्षेप १७ प्रतिशत बढेर ४ खर्ब ७२ अर्ब ३४ करोड ७४ लाख ७२ हजार रुपैयाँ र कर्जा लगानी १८ प्रतिशत बढेर ३ खर्ब २६ अर्ब ९३ करोड २२ लाख ९७ हजार रुपैयाँ पुगेको छ ।  अघिल्लो वर्ष बैंकले ४ खर्ब ३ अर्ब ४१ करोड ६९ लाख ५६ हजार रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ५ अर्ब ४९ करोड ४८ लाख १९ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।  बैंकको निक्षेप तथा कर्जा अनुपात (सीडी रेसियो) ७४.४४ प्रतिशत रहेको छ । अघिल्लो वर्ष ७९.२२ प्रतिशत थियो ।  नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी १९.८० रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष १२.०४ रुपैयाँ प्रतिसेयर आम्दानी थियो । बैंकको प्रतिसेयर नेटवर्थ २३१.०२ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ११.६७ गुणा छ । अघिल्लो वर्ष ४.९१ प्रतिशत रहेको खराब कर्जा गत वर्ष बढेर ५.८५ प्रतिशत पुगेको छ ।

नेपाली बजारमा दीपलको नयाँ इलेक्ट्रिक एसयूभी एस-०५ सार्वजनिक, यस्तो छ मूल्य र विशेषता

काठमाडौं । नेपालका लागि चांगान अटोमोबाइलको आधिकारिक वितरक, एमएडब्लु ग्रुपले आफ्नो नयाँ इलेक्ट्रिक एसयूभी दीपल एस-०५ एक समारोहबीच सार्वजनिक गरेको छ । दीपल एस-०७ को सफलतापछि बजारमा ल्याइएको यो नयाँ मोडलले नेपाली ईभी बजारमा नयाँ प्रतिस्पर्धा सिर्जना गर्ने अपेक्षा गरिएको छ । काठमाडौंमा आयोजित भव्य कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छेन सोङ, एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवाल, प्रबन्ध निर्देशक विवेक सिकारिया, चंगन अटो साउथइस्ट एसियाका प्रबन्ध निर्देशक झाङ जियानहुआ लगायतको उपस्थिति थियो । कार्यक्रममा दीपलका ब्रान्ड एम्बेसडर तथा पूर्व क्रिकेटर पारस खड्का पनि उपस्थित थिए । एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवालले एमएडब्लुले ६० वर्षभन्दा बढी समयदेखि नेपाली बजारमा विश्वास कमाएको बताए । उनले भने, ‘नेपालमा कार किन्नु भनेको विश्वासको सम्बन्ध गाँस्नु हो । चंगनको १६३ वर्षको गौरवशाली इतिहास र एमएडब्लुको ६ दशकको विरासतले यो सहकार्यलाई अझ बलियो बनाएको छ ।’  उनले नेपालको ९० प्रतिशतभन्दा बढी बिजुली स्वच्छ जलविद्युतबाट उत्पादन हुने भएकाले ईभी प्रयोग गर्नु वातावरण र उपभोक्ताको खल्ती दुवैका लागि फाइदाजनक रहेकोमा जोड दिए । एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले दीपल एस-०५ का अत्याधुनिक विशेषताहरूबारे विस्तृत प्रस्तुति दिएका थिए । यसमा ’क्वीन को-पाइलट प्यासेन्जर सिट’ र ’वेलकम सिट’ जस्ता सुविधा छन्, जसले गाडीभित्र पस्ने बित्तिकै आरामदायी र प्रिमियम अनुभव प्रदान गर्छ । रिमोट इन एन्ड आउट पार्किङः साँघुरो ठाउँमा पार्किङ गर्दा गाडी बाहिरैबाट रिमोटको सहायताले अगाडि-पछाडि सार्न सकिने सुविधा रहेको छ भने गाडीको गति, नेभिगेसन जस्ता जानकारी सिधै चालकको आँखा अगाडि विन्डस्क्रिनमा देखिने प्रविधि रहेको छ ।  यस्तै गाडी बाहिर रहेका व्यक्तिसँग गाडी भित्रबाटै कुरा गर्न सकिने अनौठो सुविधा छ । १८ वटा उच्च गुणस्तरका स्पिकर र स्पोटिफाई, युट्युब जस्ता एप चलाउन मिल्ने कनेक्टेड फिचर रहेका छन् । यसमा एडीएएस २.० प्रणाली अन्तर्गत १९ वटा उन्नत सुरक्षा फिचरहरू समावेश छन्, जुन यो सेग्मेन्टमा सबैभन्दा बढी हो । यसमा सीएटीएल कम्पनीको ’गोल्डेन सिल्ड ब्याट्री सिस्टम २.०’ प्रयोग गरिएको छ, जसको लाइफ ५,००० साइकलसम्म रहेको दाबी गरिएको छ । यो रियल-ह्विल ड्राइभ गाडीले १५ मिनेटमै फास्ट चार्ज हुन सक्छ । यसको स्लिक र प्रिमियम फ्रेमलेस डिजाइनले २०२५ को प्रतिष्ठित ’आईएफ डिजाइन अवार्ड’ जितिसकेको छ ।  कम्पनीले दीपल एस-०५ दुई भेरियन्टमा सार्वजनिक गरेको छ । जसको लाइट भेरियन्टको मूल्य ४८ लाख ९९ हजार र म्याक्स भेरियन्टको मूल्य ५४ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री सुरू गरेको हो । कार्यक्रमका प्रमुख अतिथि, चिनियाँ राजदूत महामहिम छेन सोङले सफल लन्चको लागि चंगन र एमएडब्लु ग्रुपलाई बधाई दिए । उनले भने, ‘चिनियाँ ईभी प्रविधि विश्वमै अग्रणी छ र नेपाली उपभोक्ताले सबैभन्दा नयाँ र उन्नत प्रविधि प्रयोग गर्न पाउनु खुसीको कुरा हो ।’ उनले एमएडब्लु ग्रुपले चिनियाँ प्रविधिलाई अँगालेर दूरदर्शी निर्णय लिएको र यसले नेपालको आर्थिक र सामाजिक संरचनामा सकारात्मक परिवर्तन ल्याउन मद्दत गर्ने विश्वास व्यक्त गरे ।