स्वस्तिक लघुवित्तको आईपीओ बिक्री खुला, ५ हजार कित्ता आवेदन दिन सकिने
काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले आज साउन ३० गतेदेखि आईपीओ बिक्री खुला गरेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सेयर बिक्री गरेपश्चात् अब सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरेको हो । लघुवित्तले जारी पुँजीको ४० प्रतिशतले हुन आउने २ करोड ३१ लाख रुपैयाँको २ लाख ३१ हजार कित्ता आईपीओ बिक्री गरेको हो । जसमध्ये १ हजार १५५ कित्ता । कर्मचारी, ११ हजार ५५० कित्ता सामूहिक लगानी कोष र २३ हजार १०० कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीलाई बिक्री गरिसकेको छ । अब १ करोड ९५ लाख १९ हजार ५ सय रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ लाख ९५ हजार १९५ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । लघुवित्तको आईपीओमा न्यूनतम् १० कित्ता र अधिकतम ५ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । लघुवित्तको आईपीओमा भदौ ३ गतेसम्म आवेदन दिन सकिनेछ । यदि सो अवधिमा पूर्ण बिक्री नभएमा भदौ १३ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ। नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सिआस्बा प्रणालीमार्फत आईपीओमा आवेदन दिन सक्नेछन् ।
बैंकहरूको नाफा साढे ७१ अर्ब रुपैयाँ, नम्बर वान नबिल, ४ बैंकको घट्यो
काठमाडौं । गत वर्ष वाणिज्य बैंकहरुले साढे ७१ अर्ब रुपैयाँ बढी खुद नाफा आर्जन गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा बैंकहरुले ७१ अर्ब ५१ करोड ७ लाख १८ हजार रुपैयाँ नाफा गरेका हुन् । जुन अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकहरुको नाफा ४३.३९ प्रतिशत अर्थात् २१ अर्ब ६३ करोड ९२ लाख ९१ हजार रुपैयाँ बढी हो । अघिल्लो वर्ष २० वटा वाणिज्य बैंकले ४९ अर्ब ८७ करोड १४ लाख २७ हजार रुपैयाँ नाफा गरेका थिए । गत वर्ष ४ बैंकबाहेक अधिकांश बैंकको नाफामा वृद्धि भएको देखिन्छ । गत वर्ष सबैभन्दा धेरै नाफा आर्जन नबिल बैंकले गरेको छ । नबिल बैंकले ७ अर्ब १२ करोड ७५ लाख ६६ हजार रुपैयाँ नाफा गरेको हो । जुन वाणिज्य बैंकहरुमा सबैभन्दा धेरै हो । अघिल्लो वर्ष बैंकले ६ अर्ब १९ करोड ७१ लाख ९ हजार रुपैयाँ नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकको नाफा १५.०१ प्रतिशत बढी हो । यस्तै, सबैभन्दा धेरै नाफा गर्नेको दोस्रो सूचीमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि) रहेको छ । बैंकको गत वर्ष खुद नाफा ६४.४३ प्रतिशत बढेर ६ अर्ब ७५ करोड ६६ लाख ४९ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षमा बैंकले ४ अर्ब १० करोड ८८ लाख ९२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यस्तै, ग्लोबल आइएमई बैंकको नाफा १.०९ प्रतिशत बढेर ६ अर्ब २० करोड ४७ लाख ४५ हजार रुपैयाँ आर्जन गरेको छ । बैंकले अघिल्लो वर्ष ६ अर्ब १३ करोड ७४ लाख ५४ हजार रुपैयाँ खुद नाफा गरेको थियो । प्रभु बैंकको गत वर्ष नाफा ९६५.४० प्रतिशत बढेर ५ अर्ब ४४ करोड २६ लाख ९३ हजार रुपैयाँ आर्जन गरेको छ । बैंकले अघिल्लो वर्ष ५१ करोड ८ लाख ५६ हजार रुपैयाँ खुद नाफा गरेको थियो । एभरेष्ट बैंकको नाफा ३२.८० प्रतिशत बढेर ४ अर्ब ९१ करोड ८१ लाख ६५ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ३ अर्ब ७० करोड ३२ लाख २५ हजार रुपैयाँ खुद नाफा गरेको थियो । कृषि विकास बैंकको गत वर्ष खुद नाफा ४३.३८ प्रतिशत बढेर ४ अर्ब १५ करोड ४४ लाख ७५ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले २ अर्ब ८९ करोड ७४ लाख ८७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । लक्ष्मी सनराइज (एलएस) बैंकको गत वर्ष नाफा ४०.९७ प्रतिशत बढेर ४ अर्ब ११ करोड ६९ लाख ६७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षमा बैंकले २ अर्ब ९२ करोड ३ लाख ७९ हजार खुद नाफा आर्जन गरेको थियो । प्राइम बैंकको गत वर्ष नाफा १४.७२ प्रतिशत बढेर ४ अर्ब २ करोड ४४ लाख ३१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षमा बैंकले ३ अर्ब ५० करोड ७८ लाख ९४ हजार खुद नाफा आर्जन गरेको थियो । राष्ट्रिय वाणिज्य बैंकको गत वर्ष खुद नाफा ४९.५३ प्रतिशत बढेर ३ अर्ब ८१ करोड ६७ लाख ९ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षमा बैंकले २ अर्ब ५५ करोड २४ लाख ६७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । नेपाल बैंकको गत वर्ष खुद नाफा १३ हजार १७५ प्रतिशत बढेर ३ अर्ब ७७ करोड ३० लाख ८ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षमा बैंकले २ करोड ८४ लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । सिद्धार्थ बैंकको गत वर्षमा खुद नाफा १०.२३ प्रतिशत बढेर ३ अर्ब ३९ करोड ५२ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ३ अर्ब ८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । एनएमबि बैंकको गत वर्ष नाफा ४६.२२ प्रतिशत अर्थात् १ अर्ब ३ करोड ७३ लाख ९६ हजार रुपैयाँ बढेर ३ अर्ब २८ करोड १७ लाख ९१ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले २ अर्ब २४ करोड ४३ लाख ९५ हजार रुपैयाँ खुद नाफा गरेको थियो । स्ट्याण्डर्ड चार्टर्ड बैंकको खुद नाफा ७.५० प्रतिशत घटेर ३ अर्ब २ करोड ९३ लाख ३ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ३ अर्ब २७ करोड ५२ लाख ६८ हजार रुपैयाँ नाफा गरेको थियो । सानिमा बैंकको गतमा खुद नाफा ७.२४ प्रतिशत बढेर २ अर्ब ५७ करोड ११ लाख ५५ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले २ अर्ब ३९ करोड ७४ लाख ४३ हजार रुपैयाँ खुद नाफा गरेको थियो । कुमारी बैंकको खुद नाफा ४५ हजार ८२९ प्रतिशत बढेको छ । बैंकको नाफा वृद्धिदर समग्र बैंकिङ क्षेत्रमै उच्च हो । बैंकले गत वर्ष २ अर्ब ११ करोड ६४ लाख ९ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ४६ लाख ८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । माछापुच्छ्रे बैंकको खुद नाफा ९२.४४ प्रतिशत अर्थात् ९६ करोड ६२ लाख ६२ हजार रुपैयाँ बढेर २ अर्ब १ करोड १४ लाख ६१ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब ४ करोड ५१ लाख ९९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । नेपाल एसबिआई बैंकको गत वर्ष नाफा ९.८६ प्रतिशत घटेर १ अर्ब ८० करोड २५ लाख ८० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षमा बैंकले १ अर्ब ९९ करोड ९७ लाख ७२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । हिमालयन बैंकको गत वर्ष नाफा २२.१४ प्रतिशत बढेर १ अर्ब ५१ करोड २५ लाख ३२ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब २३ करोड ८३ लाख ३ हजार रुपैयाँ खुद नाफा गरेको थियो । सिटिजन्स बैंकको गत वर्ष खुद नाफा २ प्रतिशत घटेर १ अर्ब २९ करोड ३२ लाख २१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब ३२ करोड ७ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । एनआईसी एशिया बैंकको गत वर्ष नाफा ७६.९६ प्रतिशत घटेर १६ करोड १५ लाख ७३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ७० करोड १४ लाख ९७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
एनआईएमबिको नाफामा ६४.४३ प्रतिशत उछाल, वितरणयोग्य नाफा पनि धनात्मक
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)को गत आर्थिक वर्ष २०८१/८२ खुद नाफा ६४.४३ प्रतिशत बढेर ६ अर्ब ७५ करोड ६६ लाख ४९ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षमा बैंकले ४ अर्ब १० करोड ८८ लाख ९२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्ष बैंकको खुद ब्याज आम्दानी ६.५४ प्रतिशत घटेर १४ अर्ब १२ करोड ८१ लाख ६७ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले १५ अर्ब ११ करोड ६९ लाख ७० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा वर्षमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी २३.९१ प्रतिशत बढेर २ अर्ब २० करोड ३२ लाख ३८ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ०.७३ प्रतिशत घटेर १७ अर्ब ६४ करोड १९ लाख ३८ हजार रुपैयाँ र सञ्चालन नाफा ५८.६६ प्रतिशत बढेर १० अर्ब १४ करोड २७ लाख ६६ हजार रुपैयाँ रहेको छ । गत वर्ष बैंकको वितरणयोग्य नाफा ४९ करोड १३ लाख ५६ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश वितरण क्षमता १.३३ प्रतिशत छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा ५ अर्ब ६९ करोड ३२ लाख ३२ हजार रुपैयाँ ऋणात्मक थियो । ३४ अर्ब १२ करोड ८५ लाख ९५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडामा ३२ अर्ब ७४ करोड १२ लाख २४ हजार रुपैयाँ रहेको छ । गत असारसम्ममा बैंकको निक्षेप १७ प्रतिशत बढेर ४ खर्ब ७२ अर्ब ३४ करोड ७४ लाख ७२ हजार रुपैयाँ र कर्जा लगानी १८ प्रतिशत बढेर ३ खर्ब २६ अर्ब ९३ करोड २२ लाख ९७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकले ४ खर्ब ३ अर्ब ४१ करोड ६९ लाख ५६ हजार रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ५ अर्ब ४९ करोड ४८ लाख १९ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो । बैंकको निक्षेप तथा कर्जा अनुपात (सीडी रेसियो) ७४.४४ प्रतिशत रहेको छ । अघिल्लो वर्ष ७९.२२ प्रतिशत थियो । नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी १९.८० रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष १२.०४ रुपैयाँ प्रतिसेयर आम्दानी थियो । बैंकको प्रतिसेयर नेटवर्थ २३१.०२ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ११.६७ गुणा छ । अघिल्लो वर्ष ४.९१ प्रतिशत रहेको खराब कर्जा गत वर्ष बढेर ५.८५ प्रतिशत पुगेको छ ।
नेपाली बजारमा दीपलको नयाँ इलेक्ट्रिक एसयूभी एस-०५ सार्वजनिक, यस्तो छ मूल्य र विशेषता
काठमाडौं । नेपालका लागि चांगान अटोमोबाइलको आधिकारिक वितरक, एमएडब्लु ग्रुपले आफ्नो नयाँ इलेक्ट्रिक एसयूभी दीपल एस-०५ एक समारोहबीच सार्वजनिक गरेको छ । दीपल एस-०७ को सफलतापछि बजारमा ल्याइएको यो नयाँ मोडलले नेपाली ईभी बजारमा नयाँ प्रतिस्पर्धा सिर्जना गर्ने अपेक्षा गरिएको छ । काठमाडौंमा आयोजित भव्य कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छेन सोङ, एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवाल, प्रबन्ध निर्देशक विवेक सिकारिया, चंगन अटो साउथइस्ट एसियाका प्रबन्ध निर्देशक झाङ जियानहुआ लगायतको उपस्थिति थियो । कार्यक्रममा दीपलका ब्रान्ड एम्बेसडर तथा पूर्व क्रिकेटर पारस खड्का पनि उपस्थित थिए । एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवालले एमएडब्लुले ६० वर्षभन्दा बढी समयदेखि नेपाली बजारमा विश्वास कमाएको बताए । उनले भने, ‘नेपालमा कार किन्नु भनेको विश्वासको सम्बन्ध गाँस्नु हो । चंगनको १६३ वर्षको गौरवशाली इतिहास र एमएडब्लुको ६ दशकको विरासतले यो सहकार्यलाई अझ बलियो बनाएको छ ।’ उनले नेपालको ९० प्रतिशतभन्दा बढी बिजुली स्वच्छ जलविद्युतबाट उत्पादन हुने भएकाले ईभी प्रयोग गर्नु वातावरण र उपभोक्ताको खल्ती दुवैका लागि फाइदाजनक रहेकोमा जोड दिए । एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले दीपल एस-०५ का अत्याधुनिक विशेषताहरूबारे विस्तृत प्रस्तुति दिएका थिए । यसमा ’क्वीन को-पाइलट प्यासेन्जर सिट’ र ’वेलकम सिट’ जस्ता सुविधा छन्, जसले गाडीभित्र पस्ने बित्तिकै आरामदायी र प्रिमियम अनुभव प्रदान गर्छ । रिमोट इन एन्ड आउट पार्किङः साँघुरो ठाउँमा पार्किङ गर्दा गाडी बाहिरैबाट रिमोटको सहायताले अगाडि-पछाडि सार्न सकिने सुविधा रहेको छ भने गाडीको गति, नेभिगेसन जस्ता जानकारी सिधै चालकको आँखा अगाडि विन्डस्क्रिनमा देखिने प्रविधि रहेको छ । यस्तै गाडी बाहिर रहेका व्यक्तिसँग गाडी भित्रबाटै कुरा गर्न सकिने अनौठो सुविधा छ । १८ वटा उच्च गुणस्तरका स्पिकर र स्पोटिफाई, युट्युब जस्ता एप चलाउन मिल्ने कनेक्टेड फिचर रहेका छन् । यसमा एडीएएस २.० प्रणाली अन्तर्गत १९ वटा उन्नत सुरक्षा फिचरहरू समावेश छन्, जुन यो सेग्मेन्टमा सबैभन्दा बढी हो । यसमा सीएटीएल कम्पनीको ’गोल्डेन सिल्ड ब्याट्री सिस्टम २.०’ प्रयोग गरिएको छ, जसको लाइफ ५,००० साइकलसम्म रहेको दाबी गरिएको छ । यो रियल-ह्विल ड्राइभ गाडीले १५ मिनेटमै फास्ट चार्ज हुन सक्छ । यसको स्लिक र प्रिमियम फ्रेमलेस डिजाइनले २०२५ को प्रतिष्ठित ’आईएफ डिजाइन अवार्ड’ जितिसकेको छ । कम्पनीले दीपल एस-०५ दुई भेरियन्टमा सार्वजनिक गरेको छ । जसको लाइट भेरियन्टको मूल्य ४८ लाख ९९ हजार र म्याक्स भेरियन्टको मूल्य ५४ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री सुरू गरेको हो । कार्यक्रमका प्रमुख अतिथि, चिनियाँ राजदूत महामहिम छेन सोङले सफल लन्चको लागि चंगन र एमएडब्लु ग्रुपलाई बधाई दिए । उनले भने, ‘चिनियाँ ईभी प्रविधि विश्वमै अग्रणी छ र नेपाली उपभोक्ताले सबैभन्दा नयाँ र उन्नत प्रविधि प्रयोग गर्न पाउनु खुसीको कुरा हो ।’ उनले एमएडब्लु ग्रुपले चिनियाँ प्रविधिलाई अँगालेर दूरदर्शी निर्णय लिएको र यसले नेपालको आर्थिक र सामाजिक संरचनामा सकारात्मक परिवर्तन ल्याउन मद्दत गर्ने विश्वास व्यक्त गरे ।
गत वर्ष सरकारी खर्च १५ खर्ब ८ अर्ब रुपैयाँ
काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा सरकारको १५ खर्ब ८ अर्ब २३ अर्ब ११ करोड रुपैयाँ बराबर कुल खर्च भएको छ । आव २०८०/८१ मा कुल १४ खर्ब ८ अर्ब ७६ करोड रुपैयाँ बराबर खर्च भएको थियो । त्यसैगरी, चालुतर्फ ८५.९५ प्रतिशत अर्थात् ९ खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ, पुँजीगततर्फ ६३.२ प्रतिशत अर्थात् २ खर्ब २२ अर्ब ६८ करोड रुपैयाँ खर्च भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रालयगत वार्षिक प्रगति समीक्षा तथा कार्यसम्पादन सम्झौता आदानप्रदान समारोहमा गरिएको प्रस्तुतिअनुसार वित्तीय व्यवस्थातर्फ ८७.८७ अर्थात् ३ खर्ब २० अर्ब ४ करोड रुपैयाँ बराबर खर्च भएको छ । विसं २०८१ को असार मसान्तको तुलनामा २०८२ असार मसान्तसम्म चालुतर्फ २.९४ प्रतिशत बढी खर्च भएको हो । यस्तै, पुँजीगततर्फ २०८१ असार मसान्तको तुलनामा २०८२ असार मसान्तमा १६.१५ प्रतिशत बढी खर्च भएको छ । आव २०८१र८२ मा वित्तीय व्यवस्थातर्फ ८७.१४ प्रतिशत खर्च भएको छ । वार्षिक लक्ष्यको कुल ८१.८७ प्रतिशत खर्च भएको देखिएको छ । आव २०८१/८२ मा कर राजस्व वार्षिक लक्ष्यको ८१.७५ प्रतिशत र गैरकर राजस्व ९५.४५ प्रतिशत सङ्कलन भई कुल राजस्व सङ्कलन वार्षिक लक्ष्यको ८३.०६ प्रतिशत पुगेको छ । आव २०८०/८१ मा कुल राजस्व १० खर्ब ३० अर्ब ३४ करोड रुपैयाँ सङ्कलन भएकामा आव २०८१/८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ सङ्कलन भएको छ । अघिल्लो वर्षको तुलनामा १४.४१ प्रतिशत बढी हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उपलब्ध गराएको विवरणअनुसार अघिल्लो वर्षको तुलनामा कर राजस्व १३.२५ प्रतिशत र गैरकर राजस्व २८.८ प्रतिशतले वृद्धि भएको हो । आव २०८१/८२ मा कुल आयात १८ खर्ब ४ अर्ब १२ करोड रुपैयाँ, निर्यात २ खर्ब ७७ अर्ब ३ करोड रुपैयाँ बराबर भएको छ । कुल व्यापार घाटा १५ खर्ब २७ अर्ब ९ करोड रुपैयाँ बराबर भएको छ । अघिल्लो वर्षको तुलनामा आयात १३.३ प्रतिशत र निर्यात ८१.८ प्रतिशतले वृद्धि भएको छ ।
व्यवसाय वृद्धिमा आक्रामक सरकारी बैंक, सेयरधनी सूचकमा कमजोर
काठमाडौं । विश्व अर्थतन्त्रमा देखिएको आर्थिक असामञ्जस्यता आदिका कारण राष्ट्रिय अर्थतन्त्रसँगै बैंकिङ व्यवसाय समेत प्रभावित भइरहेको अवस्थामा अर्थतन्त्रलाई लयमा फर्काउन, सरकार र नेपाल राष्ट्र बैंकबाट ल्याइएका विभिन्न सुधारका उपायले अर्थतन्त्रमा सुधार आएको बैंकरहरूको दाबी छ । जसको प्रत्यक्ष प्रभाव बैंकहरूको ब्यालेन्ससिटमा परेको बैंकरहरू बताउँछन् । अर्थतन्त्रमा असहजताको बाबजुद पनि सरकारको लगानी रहेका तीन वाणिज्य बैंकले सकारात्मक प्रगति हासिल गरेका छन् । सरकारी लगानी रहेका राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकको वित्तीय विवरणलाई चासोको रुपमा हेरिने गरिन्छ । विगतको तुलनामा पछिल्लो समय आफ्नो सेवालाई चुस्त बनाउँदै व्यवसायमा उल्लेख्य सुधार गरेका यी तीन बैंकले गत वर्ष पौने १२ अर्ब रुपैयाँ बराबरको नाफा आर्जन गरेका छन् । सार्वजनिक वित्तीय विवरणअनुसार तीन बैंकले गत आर्थिक वर्ष २०८१/८२ मा ११ अर्ब ७४ करोड ४१ लाख ९२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । जुन अघिल्लो आव २०८०/८१ को तुलनामा ११४.३७ प्रतिशत अर्थात् ६ अर्ब २६ करोड ५८ लाख १८ हजार रुपैयाँ बढी हो । अघिल्लो वर्ष यी तीनै बैंकले ५ अर्ब ४७ करोड ८३ लाख ७४ हजार रुपैयाँ मात्रै नाफा गरेका थिए । सरकारी स्वामित्वका यी तीन बैंकले निजी लगानीका बैंकलाई समेत टक्कर दिइरहेका छन् । यी तीनमध्ये गत वर्ष सबैभन्दा धेरै नाफा कृषि विकास बैंकले गरेको छ । कृषि विकासले ४ अर्ब १५ करोड ४४ लाख ७५ हजार रुपैयाँ नाफा गरेको छ । यस्तै, राष्ट्रिय वाणिज्यले ३ अर्ब ८१ करोड ६७ लाख ९ हजार रुपैयाँ र नेपाल बैंकले ३ अर्ब ७७ अर्ब ३० करोड ८ लाख रुपैयाँ खुद नाफा गरेका छन् । कृषि विकास बैंकको व्यवस्थापकीय नेतृत्व गोविन्द गुरुङले गरिरहेका छन् भने राष्ट्रिय वाणिज्य बैंकको देवेन्द्र रमण खनाल र नेपाल बैंकको तिलकराज पाण्डेयले गरिरहेका छन् । सरकारको लगानी रहेका अधिकांश सार्वजनिक संस्थानहरू घाटामा रहँदा यी तीन बैंकले विश्वास जगाएका छन् । हाल सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकको चुक्ता पुँजी ६ खर्ब ८७ अर्ब ७५ करोड १३ लाख रुपैयाँ रहेको छ । जसमध्ये यी तीन बैंकको मात्रै ४९ अर्ब ६१ करोड ९३ लाख रुपैयाँ रहेको छ । कृषि विकास बैंकको १९ अर्ब २८ अर्ब ७९ करोड ३६ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार रुपैयाँ र नेपाल बैंकको १४ अर्ब ६९ करोड ४० लाख २२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको छ । गत असारमा सबैभन्दा धेरै खुद ब्याज आम्दानी नेपाल बैंकले गरेको छ । बैंकले १० अर्ब ८ करोड ७१ लाख ५१ हजार रुपैयाँ ब्याज आम्दानी गरेको छ । यस्तै, राष्ट्रिय वाणिज्यले १० अर्ब ८ करोड २४ लाख १४ हजार रुपैयाँ र कृषि विकासले ९ अर्ब ८२ करोड १४ लाख ८२ हजार रुपैयाँ ब्याज आम्दानी गरेका छन् । गत वर्ष सेयरधनी सूचकमा भने कृषि विकास बैंक अगाडि रहेको देखिन्छ । कृषि विकासको २ अर्ब ८७ करोड ७९ लाख ७५ हजार रुपैयाँ वितरणयोग्य नाफा रहेको छ । यस आधारमा बैंकले १८.४२ प्रतिशत लाभांश क्षमता राख्छ । यस्तै, राष्ट्रिय वाणिज्यको ३० करोड ३४ लाख ९६ हजार रुपैयाँ वितरणयोग्य नाफा रहँदा नेपाल बैंकको ४४ करोड ९० लाख ८९ हजार रुपैयाँ ऋणात्मक छ । कुन बैंकको कस्तो छ वित्तीय अवस्था ? राष्ट्रिय वाणिज्य बैंकको गत वर्ष खुद नाफा ४९.५३ प्रतिशत बढेर ३ अर्ब ८१ करोड ६७ लाख ९ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षमा बैंकले २ अर्ब ५५ करोड २४ लाख ६७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा वर्षमा बैंकको खुद ब्याज आम्दानी ०.५२ प्रतिशत बढेर १० अर्ब ८ करोड २४ लाख १४ हजार रुपैयाँ, खुद शुल्क तथा कमिसन आम्दानी ७२.८८ प्रतिशत बढेर १ अर्ब २५ करोड ५२ लाख ३१ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ११.२५ प्रतिशत बढेर १२ अर्ब ८४ करोड ३७ लाख ३७ हजार रुपैयाँ र सञ्चालन नाफा ३१.५७ प्रतिशत बढेर ५ अर्ब ३८ करोड २५ लाख ७७ हजार रुपैयाँ रहेको छ । गत वर्ष बैंकको वितरणयोग्य नाफा ३० करोड ३४ लाख ९६ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश वितरण क्षमता १.९४ प्रतिशत छ । १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडामा ३७ अर्ब ४७ करोड ५४ लाख ९ हजार रुपैयाँ रहेको छ । गत असारसम्ममा बैंकको निक्षेप १६.५९ प्रतिशत बढेर ५ खर्ब ४१ करोड ४६ लाख ८० हजार रुपैयाँ र कर्जा लगानी १९.७८ प्रतिशत बढेर २ खर्ब ९४ अर्ब १८ करोड ८४ लाख ६० हजार रुपैयाँ रहेको छ । बैंकको निक्षेप तथा कर्जा अनुपात (सीडी रेसियो) ६२.३९ प्रतिशत रहेको छ । बैंकको नाफासँगै प्रतिसेयर आम्दानी २४.४१ रुपैयाँ, खराब कर्जा ३.५९ प्रतिशत, रिटर्न अन इक्विटी ७.६० प्रतिशत, आधार दर ४.७८ प्रतिशत रहेको छ । नेपाल बैंकको गत वर्ष खुद नाफा १३ हजार १७५ प्रतिशत बढेर ३ अर्ब ७७ करोड ३० लाख ८ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षमा बैंकले २ करोड ८४ लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्ष बैंकको खुद ब्याज आम्दानी १६.८२ प्रतिशत बढेर १० अर्ब ८ करोड ७१ लाख ५१ हजार रुपैयाँ, खुद शुल्क तथा कमिसन आम्दानी ६.०७ प्रतिशत बढेर १ अर्ब १७ करोड ४९ लाख ९१ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १५.६५ प्रतिशत बढेर ११ अर्ब ९४ करोड ३९ लाख ३७ हजार रुपैयाँ र सञ्चालन नाफा ६९२ प्रतिशत बढेर ५ अर्ब ४१ करोड ८६ हजार रुपैयाँ रहेको छ । गत वर्ष बैंकको वितरणयोग्य नाफा ४४ करोड ९० लाख ८९ हजार रुपैयाँ ऋणात्मक रहेको छ । वितरणयोग्य नाफा ऋणत्मक रहेकाले बैंकले लाभांश पनि वितरण गर्न नसक्ने अवस्थामा छ । १४ अर्ब ६९ करोड ४० लाख २२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडामा २३ अर्ब ९३ करोड २० लाख ४८ हजार रुपैयाँ रहेको छ । गत असारसम्ममा बैंकको निक्षेप १७.२८ प्रतिशत बढेर ३ खर्ब ३२ अर्ब २ करोड १० लाख ४७ हजार रुपैयाँ र कर्जा लगानी १३.८८ प्रतिशत बढेर २ खर्ब २१ अर्ब ७० करोड ३४ लाख ८५ हजार रुपैयाँ रहेको छ । बैंकको कर्जा निक्षेप अनुपात ७०.७२ प्रतिशत रहेको छ । बैंकको नाफासँगै प्रतिसेयर आम्दानी २५.६८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २५९.८१ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ११.३५ गुणा छ । अघिल्लो वर्ष ४.३३ प्रतिशत रहेको खराब कर्जा गत वर्ष बढेर ४.४७ प्रतिशत पुगेको छ । बैंकको रिटर्न अन इक्विटी १०.२२ प्रतिशत, आधार दर ५.५८ प्रतिशत छ । कृषि विकास बैंकको गत वर्ष खुद नाफा ४३.३८ प्रतिशत बढेर ४ अर्ब १५ करोड ४४ लाख ७५ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले २ अर्ब ८९ करोड ७४ लाख ८७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्ष बैंकको खुद ब्याज आम्दानी ६.९२ प्रतिशत घटेर ९ अर्ब ८२ करोड १४ लाख ८२ हजार रुपैयाँ, सेवा शुल्क तथा कमिसन आम्दानी ७.२० प्रतिशत घटेर १ अर्ब ३३ करोड ५८ लाख ७२ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १.८३ प्रतिशत घटेर ११ अर्ब ९९ करोड ५८ लाख २१ हजार रुपैयाँ, सञ्चालन नाफा ४१.२८ प्रतिशत बढेर ५ अर्ब ८४ करोड ७६ लाख २७ हजार रुपैयाँ रहेको छ । गत वर्ष बैंकको वितरणयोग्य नाफा २ अर्ब ८७ करोड ७९ लाख ७५ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकले १८.४२ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्छ । गत वर्ष बैंकको चुक्ता पुँजी २.१३ प्रतिशत बढेर १९ अर्ब २८ करोड ७९ लाख ३६ हजार रुपैयाँ र जगेडा कोष १२.३७ प्रतिशत बढेर १६ अर्ब ९९ करोड २६ हजार रुपैयाँ पुगेको छ । गत असारसम्म बैंकको निक्षेप संकलन २०.५० प्रतिशत बढेर २ खर्ब ९३ अर्ब ५७ करोड ४८ लाख ४३ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले २ खर्ब ४३ अर्ब ६२ करोड ८६ लाख ५८ हजार रुपैयाँ निक्षेप संकलन गरेको थियो । बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ६८.६८ प्रतिशत छ । बैंकको नाफासँगै प्रतिसेयर आम्दानी ९.०७ रुपैयाँ बढेर २७.६३ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ २४१.०४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ११.८४ गुणा रहेको छ । बैंकको रिटर्न अन इक्विटी ११.८८ प्रतिशत, आधार दर ५.८७ प्रतिशत, कस्ट अफ फण्ड ३.८१ प्रतिशत र खराब कर्जा ३.२६ प्रतिशत रहेको छ ।
एशियन होटलले आईपीओ जारी गर्ने, निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
काठमाडौं । एशियन होटल लिमिटेडले आफ्नो व्यवसाय विस्तारका लागि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले ३५ लाख कित्ता सेयर निष्काशनमार्फत ३५ करोड रुपैयाँ जुटाउने योजना बनाएको छ । उक्त रकमबाट जसबाट होटललाई पाँचतारे स्तरमा स्तरोन्नति गर्ने, स्पोर्ट्स कम्प्लेक्स तथा हेल्थ फिटनेस लगायतका पूर्वाधार विकास गरिने जनाइएको छ। सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा होटलले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । होटल एसियनका अध्यक्ष पारस अधिकारी र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरे । यो होटल बौद्ध धर्मावलम्बी तथा सांस्कृतिक वातावरणको वास्तविक झल्को दिने उद्देश्यले सन् २०२१ मा स्थापना भएको थियो । लुम्बिनी युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत सिद्धार्थ गौतम बुद्धको जन्मस्थल र विश्वभरका बौद्ध धर्मावलम्बीहरूको प्रमुख तीर्थस्थल हो । हाल होटलमा ६६ वटा सुविधा सम्पन्न कोठा, स्पा, फिटनेस सेन्टर, क्यासिनो, बेन्क्वेट हल, बाह्य बगैंचा, उच्चस्तरीय सेमिनार, कन्फरेन्स र डेस्टिनेशन वेडिङका सुविधा उपलब्ध छन् । आईपीओपश्चात् कम्पनीले पोखरा, काठमाडौं र चितवनमा सेवा विस्तार गर्ने योजना सार्वजनिक गरेको छ ।
एथर रिज्टा जेड लाइभ गिभअवे विजेता शालिक
काठमाडौं । नेपालमा एथर एनर्जीको एक मात्र अधिकृत वितरक वैद्य इनर्जी प्रालिले बहुप्रतीक्षित एथर रिज्टा जेड लाइभ गिभअवेको विजेता घोषणा गरेको छ । यस गिभअवेको भाग्यशाली विजेता शालिक बनेका हुन् । यो अवसर उनले काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न भएको नाइमा अटो मोबिलिटी एक्स्पोमा आयोजित ‘विन द रिज्टा’ अभियानमा विजेता बनेर पाएका हुन् । उनलाई यो इलेक्ट्रिक स्कूटर सोमबार आधिकारिक रूपमा हस्तान्तरण गरिने कम्पनीले जनाएको छ । सन् २०२४ मा भारतमा सार्वजनिक भएको एथर रिज्टा जेड एथर एनर्जीको परिवारकेन्द्रित श्रेणीको प्रमुख मोडेल हो । यसमा दुई ब्याट्री विकल्प उपलब्ध छन्—२.९ किलोवाट र ३.७ किलोवाट । यसले अधिकतम १६० किमिसम्मको रेन्ज दिने कम्पनीको दावी छ । सबै भेरियन्टको शीर्ष गति ८० किमि/घण्टा रहेको छ । यसमा ५६ लिटर स्टोरेज क्षमता रहेको छ जसअन्तर्गत सीटमुनि ३४ र अगाडि वैकल्पिक फ्रङ्कमा २२ लिटर छ । फराकिलो र लामो सीट, पिलियन ब्याकरेस्ट र ठूलो फ्लोरबोर्ड—विशेषगरी पारिवारिक यात्राका लागि अनुकूल रहेको छ । यसमा अटो होल्ड, रिभर्स मोड, स्किड कन्ट्रोल, इमर्जेन्सी स्टप सिग्नल, लाइभ(लोकेशन सेयरिङ, चोरीरटो अलर्ट र ‘पिङ माई स्कूटर’ सुविधा पनि रहेको छ । यसैगरी, ७ इन्चको टीएफटी डिस्प्ले, सहज नेभिगेशन र एथरस्ट्याक ६ मार्फत कनेक्टिभिटी रहेको छ । स्कूटर सात आकर्षक रंगमा उपलब्ध रहेको छ । भारतमा यसको उच्च लोकप्रियताको कारण रिज्टाले एथर एनर्जीको सबैभन्दा बढी बिक्री हुने मोडेल बनेको छ । सार्वजनिक भएको एक वर्षभित्रै १ लाखभन्दा बढी इकाइ बिक्री भएको कम्पनीले जनाएको छ । वैद्य इनर्जीले ब्रान्डको उपस्थितिलाई मजबुत बनाउन आवश्यक पूर्वाधार तयार गरिरहेको छ । यसका देशभर २३ प्लस एथर ग्रिड फास्ट–चार्जिङ स्टेशन रहेका छन् । यसैगरी ७ भन्दा बढी सर्भिस सेन्टर रहेका छन् । त्यसैगरी, ८ वटा एक्सपिरियन्स सेन्टर र १ विशेष टेस्ट राइड जोन रहेका छन् ।