नाडा अटो शो २०२५ मा टाटाका चार विद्युतीय मोडेल प्रदर्शन गरिने
काठमाडौं । टाटा इभीको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ नाडा अटो शो २०२५ मा तयारीसहित सहभागी हुने भएको छ । प्रदर्शनीको स्टल आ४८ मा टियागो ईभी, पन्च ईभी, नेक्सन के ३ ईभी र कर्भ ईभीजस्ता लोकप्रिय विद्युतीय मोडेलहरू प्रदर्शन गरिनेछन् । प्रदर्शनी अवधिभर टाटाले एक्सक्लुसिभ अफर, सजिलो फाइनान्स योजना र विशेष उपहार उपलब्ध गराउने जनाएको छ । २०२५ टियागो ईभीमा दुई एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम, हिल–होल्ड कन्ट्रोल, कूल्ड ग्लोभबक्स, क्रुज कन्ट्रोल र अटोमेटिक क्लाइमेट कन्ट्रोल जस्ता विशेषताहरू छन् । पन्च ईभीमा भ्वाइस–असिस्टेड सनरुफ, ३६० डिग्री क्यामेरा, भेन्टिलेटेड लेदर सिट, ६ एयरब्याग, वायरलेस चार्जर र वायरलेस एन्ड्रोइड अटो तथा एप्पल कारप्ले सुविधा रहेको छ । यसले १९० मिमि ग्राउन्ड क्लियरेन्स र ५-स्टार सेफ्टी रेटिङ पाएको छ । नेक्सन के ३ ईभीमा १९० मिमि ग्राउन्ड क्लियरेन्स, ६ एयरब्याग, ३६० डिग्री क्यामेरा, १२ इन्च टचस्क्रिन र नेपाली भौगोलिक अवस्थालाई सुहाउने अन्य सुविधाहरू छन् । कर्भ ईभीमा ५५ किलोवाट आवर ब्याट्री प्याक, ९८ किलोवाट मोटर, ५०० लिटर बुटस्पेस, १८६ मिमि ग्राउन्ड क्लियरेन्स र एडिएएस लेभल २ सहितका अत्याधुनिक सुरक्षा सुविधा उपलब्ध छन् । नाडा अटो शो २०२५ मा अटोप्रेमीहरूले यी गाडी प्रत्यक्ष अवलोकन गर्ने र तत्काल बुकिङ गर्ने अवसर पाउनेछन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा हुने यो प्रदर्शनीले नवीनतम प्रविधि, ग्राहक संलग्नता र अटो क्षेत्रको सम्पूर्ण पारिस्थितिकी तन्त्रलाई एकै छानामुनि ल्याउने लक्ष्य राखेको छ ।
निजी विद्यालय सञ्चालकले गरे आन्दोलन घोषणा, विद्यालय बन्द गर्नेसम्मको चेतावनी
काठमाडौं । निजी विद्यालयका विषमा विद्यालय शिक्षा विद्येयकमा लेखिएका केही बुँदाप्रति आपत्ती जनाउँदै निजी विद्यालय सञ्चालकहरूले आन्दोलन घोषणा गरेका छन् । तीन दिनभित्र विद्येयकमा लेखिएका कुरा संसोधन गर्न माग गरेपनि सुनुवाइ नभएको भन्दै प्याब्सन र ऐन प्याब्सनले संयुक्त रुपमा आन्दोलन घोषणा गरेको हो । घोषणा कार्यक्रममा भदौ ७ सम्म बौद्धिक रुपमा ज्ञापनपत्र बुझाउँदै आन्दोलन गर्ने जनाएको छ । असार १३ गते बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले निजी विद्यालयलाई सेवा मुलक, लोक कल्याणकारी,र क्रमशः नाफामुलक गर्ने भन्दै विधेयक पारित गरेको थियो । निजी विद्यालय सञ्चालकहरूले यसमा आपत्ती जनाउँदै यि बुँदा हटाउन तीन दिनको समय दिएको थियो । उनीहरूले विज्ञप्ति निकाल्दै विधेयकमा लेखिएको निजी विद्यालयलाई क्रमशः गैर नाफामुलक बनाइनेछ भन्ने वाक्यंश हटाइनुपर्ने, पूर्ण छात्रवृति दिने शब्द हटाइनुपर्ने, हाल अभ्यासमा रहेको जम्मा विद्यार्थी संख्याको १० प्रतिशत छात्रवृति दिने प्रावधानलाई निरन्तरता दिनुपर्ने छाज्ञवृति अन्तर्गत भर्ना शुल्क, वार्षिक शुल्क र मासिक पढाइ शुल्क कायम हुनुपर्ने भनेका थिए । ति बुँदामा समिति मौन हुँदा प्याब्सन, ऐन प्याब्सनले आन्दोलन घोषणा गरेको हो । बिहीबार पालिका प्रमुख र शिक्षा शाखा प्रमुखलाई ज्ञापनपत्र बुझाउने जनाएको छ । निजि विद्यालय सञ्चालकहरूले शुक्रबार भोलि जिल्ला समन्वय समिति र शिक्षा विकास तथा समन्वय इकाइमा ज्ञापनपत्र बुझाउने, भदौ १ गते प्रदेशका मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम राखेको छ । यस्तै भदौ २ गते आफ्ना क्षेत्रका सांसदहरूलाई ज्ञापनपत्र बुझाउने भदौ तीन, चार र पाँच प्रदेश स्तरिय आन्दोलन तयारी बैठक बस्ने र ६, ७ गते केन्द्र र प्रदेशस्तरमा अन्तक्रिया गर्ने उल्लेख छ । यति गर्दा पनि यि कुरा हटाइएन भने विद्यालय बन्दसम्म गर्ने चेतावनी दिएको छ ।
दरमखोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
काठमाडौं । दरमखोला हाइड्रोपावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बाँडफाँट सम्पन्न भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा गोलाप्रथाद्वारा बाँडफाँट प्रक्रिया सम्पन्न गरिएको हो । कम्पनीको आईपीओमा आवेदन दिने दुई लाख ४२ हजार ३१८ जनाले प्रत्येकलाई १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् । तीमध्ये ५ जनाले थप एक कित्ता पाई ११ कित्ता सेयर पाएका छन् । कुल २२ लाख ९६ हजार ४६५ आवेदनमध्ये २२ लाख ८३ हजार २२६ आवेदन सदर भएका छन् भने १३ हजार २३९ आवेदन बदर भएका छन् । कम्पनीले गत साउन १५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणका लागि २४ करोड २३ लाख १८ हजार ५०० रुपैयाँ बराबरको, प्रतिकित्ता १०० रुपैयाँ दरका २४ लाख २३ हजार १८५ कित्ता सेयर निष्काशन गरेको थियो । आईपीओको नतिजा सिडिएस एण्ड क्लियरिङ लिमिटेडको वेबसाइटमार्फत हेर्न सकिनेछ ।
राष्ट्रिय बीमा कम्पनीको नाफा ४२.७६ कराेड रुपैयाँ, यस्ता छन् अन्य वित्तीय सूचक
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले गत आर्थिक वर्ष २०८१ /८२ को चौथो त्रैमाससम्ममा ४२ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको नाफा घटेको छ । कम्पनीले गत आवमा जुन अघिल्लो आवको तुलनामा ३१.८३ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ६२ करोड ७३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब ४८ करोड ४५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब ६५ करोड ९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको कुल बीमा शुल्क आर्जन १०.०८ प्रतिशतले घटेको छ । समिक्षा वर्षमा कम्पनीको कम्पनीको खुद बीमा शुल्क आर्जन पनि घटेको छ । कम्पनीले गत आवमा २४ करोड ७४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ३१ करोड १० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क २०.४५ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षमा कम्पनीको रटेन्ड अर्निङमा २ अर्ब ४७ करोड ५३ लाख रुपैयाँ रहेको छ । त्यस्तै कम्पनीको महाविपत्ती कोषमा ६९ करोड २२ लाख, स्पेसल रिर्जभमा ३ अर्ब १५ करोड, र अन्य इक्विटीमा १० अर्ब ७० करोड रुपैयाँ रहेको छ ।
माबिलुङ्ग इनर्जीको आईपीओ खरिद गर्ने आज अन्तिम मौका
काठमाडौं । माबिलुङ्ग इनर्जीको आईपीओमा आवेदन दिने आज साउन २९ गते अन्तिम दिन रहेको छ । साउन २६ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताहरुले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी ३८ करोड ५८ लाख २४ हजार रुपैयाँको ४८.९९ प्रतिशत अर्थात् १८ करोड ९० लाख ५३ हजार रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १८ लाख ९० हजार ५३० कित्ता सेयर बिक्री खुला गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् ३ लाख ८५ हजार ८२४ कित्ता सेयर आयोजना प्रभावित क्षेत्र स्थानीय बासिन्दा र सर्वसाधारणलाई छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख ५० हजार ४७१ कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीलाई बिक्री गरिसकेको छ । दोस्रो चरणमा १३ करोड ५४ लाख २३ हजार ५ सय रुपैयाँको १३ लाख ५४ हजार २३५ कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये ३० हजार ९५ कित्ता कर्मचारी, ७५ हजार २३६ कित्ता सामूहिक लगानी कोष र बाँकी रहेको १२ लाख ४८ हजार ९०४ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सीआस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।
बिक्री आम्दानी बढेसँगै हिमालयन डिष्टिलरीको नाफामा १६१.१३ प्रतिशत उछाल
काठमाडौं । हिमालयन डिष्टिलरीको गत आर्थिक वर्ष २०८१/८२ मा खुद नाफा १६१.१३ प्रतिशत बढेर ९५ करोड ३२ लाख ६३ हजार रुपैयाँ आर्जन गरेको छ । कम्पनीले अघिल्लो आवमा ३६ करोड ५० लाख ४८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्ष कम्पनीको बिक्री आम्दानी ७३.३० प्रतिशत बढेर ७ अर्ब २० करोड ११ लाख ५० हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष कम्पनीले ४ अर्ब १५ करोड ५२ लाख ३६ हजार रुपैयाँ बिक्री आम्दानी गरेको थियो । गत वर्ष कम्पनीको कुल नाफा ७७.२८ प्रतिशत बढेर २ अर्ब १६ करोड ८६ लाख ६९ हजार रुपैयाँ, सञ्चालन नाफा १६६.७८ प्रतिशत बढेर १ अर्ब २८ करोड ९१ लाख ६६ हजार रुपैयाँ गरेको छ । कम्पनीको चुक्ता पुँजी १५ प्रतिशत बढेर ३ अर्ब ७ करोड ३४ लाख १ हजार रुपैयाँ र अन्य इक्विटी ६१.३२ प्रतिशत बढेर १ अर्ब १० करोड १६ लाख ५३ हजार रुपैयाँ रहेको छ । कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी १७.२६ रुपैयाँ बढेर ३१.०२ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १३५.८४ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ३९.८७ गुणा रहेको छ ।
समृद्धि फाइनान्स चौथो त्रैमासमा ३.१९ करोड नाफामा
काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले प्रकाशन गरेको वित्तीय विवरणले सुधारको आशा देखाएको छ । लामो समयदेखि नोक्सानीमा रहेको फाइनान्सले चौथो त्रैमासमा ३.१९ करोड रुपैयाँ नाफा कमाउन सफल भएको छ । यस अवधिमा संस्थाको निक्षेप संकलन १३.७२ प्रतिशतले वृद्धि भएको छ भने कर्जा लगानी ९.६२ प्रतिशतले वृद्धि भएको छ । उच्च रुपमा रहेको निष्कृय कर्जा एकल अंकमा ल्याउन सफल भएको । अघिल्लो वर्षको सोही अवधिमा १९.९३ प्रतिशत रहेको निष्कृय कर्जा अनुपात यस अवधिमा ९.६६ प्रतिशतमा झरेको छ । प्रति सेयर आम्दानी ३.९० रुपैयाँ रहेको छ । सानो व्यवसाकिय आकारले गर्दा सञ्चालन नोक्सानीमा रहनु एवं उच्च मात्रामा निष्कृय कर्जा रहेकोमा क्रमिक रुपमा व्यवसाय वृद्धि गर्दै संस्था सञ्चालन मुनाफामा लैजाने दृढ अठोट संस्थाले लिएको छ । पोखरा फाइनान्स लि.सँग मर्जर सम्झौता गरेको फाइनान्सले आगामी दिनमा अझ दरिलो, विश्वासिलो एवं सुदृढ फाइनान्सको रुपमा स्थापित भई सेयरधनीलाई उच्चतम लाभांश प्रदान गर्ने अठोट लिएको छ ।
दक्षिण कोरियाको अदालतद्वारा पूर्वराष्ट्रपति युनकी श्रीमतीलाई पक्राउ गर्न वारेन्ट जारी
काठमाडौं । दक्षिण कोरियाको एक अदालतले पूर्वराष्ट्रपति युन सुक-योलकी श्रीमती किम केओन–हीलाई पक्राउ गर्न वारेन्ट जारी गरेको छ । जसलाई विद्रोह र अन्य आरोपमा हिरासतमा राखिएको छ । स्वतन्त्र वकिल मिन जोङ–कीले अनुरोध गरेको सोल केन्द्रिय जिल्ला अदालतले पूँजी बजार ऐन, राजनीतिक कोष ऐन र मध्यस्थताको लागि घूस स्वीकार गर्ने कानूनको उल्लङ्घन गरेको आरोपमा वारेन्ट जारी गरेको हो । जसमा भनिएको छ कि यो कदम किमलाई प्रमाण नष्ट गर्नबाट रोक्नको लागि हो । किमलाई सियोलको सियोल दक्षिणी हिरासत केन्द्रमा जेल हालिएको थियो । जहाँ उनी आफ्नो हिरासतको अदालतको सुनुवाइमा उपस्थित भएपछि अदालतको निर्णयको पर्खाइमा थिइन् । देशको संवैधानिक इतिहासमा यो पहिलो पटक हो कि पूर्वराष्ट्रपति जोडीलाई एकैसाथ हिरासतमा ल्याइएको थियो । गत डिसेम्बरमा छोटो समयको लागि लगाइएको मार्शल ल लागू गरेकोमा विद्रोहको आरोपमा जुलाई १० देखि युनलाई छुट्टै हिरासत केन्द्रमा राखिएको छ । किममाथि स्टक मूल्य हेरफेरमा भाग लिएको, २०२२ को संसदीय उपचुनावमा उम्मेदवारहरूको मनोनयनमा हस्तक्षेप गरेको र व्यावसायिक पक्षको बदलामा युनिफिकेशन चर्चबाट विलासी उपहारहरू प्राप्त गरेको आरोप लगाइएको थियो ।