विकासन्युज

जोखिमयुक्त बस्तीका परिवारलाई लाभग्राही सूचीमा राख्न सुरु

काठमाडौं। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जोखिमयुक्त भनी पहिचान भएका बस्तीका भूकम्प प्रभावितलाई लाभग्राहीको सूचीमा राख्ने प्रक्रिया सुरु गरेको छ । प्राधिकरण कार्यकारी समितिको पछिल्लो बैठकले धादिङको गंगा जमुना गाउँपालिकाका १७ घरधनीलाई लाभग्राही सूचीमा राखेको हो । प्राधिकरणले यसरी लाभग्राही सूचीमा राखेकामा गंगा जमुना गाउँपालिका वडा नं १ रि गाउँका ब्लेक लामा तामाङ, नेमबहादुर तामाङ, सुतमान तामाङ, बलबहादुर तामाङ र चमबहादुर तामाङ छन् । सोही गाउँपालिकाको २ नं वडाका रामबहादुर तामाङ, शिवा तामाङ, गंगाबहादुर तामाङ, फुर्वा लामा तामाङ र दाइबहादुर तामाङ पनि लाभग्राही सूचीमा समावेश भएका छन् । त्यस्तै रक्से लामा तामाङ, मनोज तामाङ, जलबहादुर तामाङ, डेमे लामा तामाङ, सुनबहादुर तामाङ, अमृत तामाङ र खम्बा लामा तामाङ पनि लाभग्राही सूचीमा परेका छन् । जोखिमयुक्त बस्तीबाट स्वेच्छिक रुपमा सुरक्षित स्थानमा सर्न चाहने लाभग्राहीलाई प्राधिकरणको सिफारिसमा सरकारले घडेरी खरिद गर्न दुई लाख  रुपैयाँ दिन्छ । बाँकीलाई उपयुक्त जग्गा व्यवस्थापनका लागि पहल गर्न प्राधिकरणले सम्बन्धित जिल्लाका प्रजिअलाई निर्देशन दिइसकेको छ । जोखिमयुक्त बस्तीका बासिन्दालाई जतिसक्दो छिटो सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने पहलस्वरुप तत्कालका लागि १७ परिवारलाई लाभग्राही सूचीमा समावेश गरिएको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले बताए। जोखिमयुक्त भनी प्राधिकरणले प्रमाणित गरेका स्थानका लाभग्राहीले जग्गा खरिदका लागि दुई लाख रुपैयाँ र निजी आवास पुनःनिर्माणका लागि थप तीन लाख रुपैयाँसमेत पाउनेछन् । प्राधिकरणले हालसम्म १३६ बस्ती स्थानान्तरण गर्नुपर्ने प्रमाणित गरेको छ । तीमध्ये ६० वटा पूर्णरुपमा र बाँकी आंशिक रुपमा सार्नुपर्ने देखिएको छ । जोखिमयुक्त १३६ बस्तीमा दुई हजार ३६१ घरधुरी छन् । प्राधिकरणले पहिलो चरणमा पाँच जिल्लाका पाँच जोखिमयुक्त बस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरी नमूना एकीकृत बस्ती निर्माण गर्ने प्रक्रिया पनि अघि बढाएको छ । गोरखाको केरौँजा, सिन्धुपाल्चोकको सेलाङ, रसुवाको खाल्टे, नुवाकोटको उर्लेनी र दोलखाको बोसिम्पा बस्ती यसमा परेका छन् । जोखिमयुक्त बस्ती स्थानान्तरण प्रक्रियालाई सहजीकरण गरी तीव्रता दिन प्राधिकरणले परामर्शदातालाई समेत जिल्लामा परिचालन गरिसकेको छ । परामर्शदाताले पहिलो चरणमा नक्साको विस्तृत खाका बनाएर प्राधिकरणमा पेश गरेको छ । रासस

बोर्डले बाइपास गरेपछि सेन्चुरी बैंकका सीईओ तिमल्सिनाले गरे राजीनामा

काठमाडौं । सेन्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुजमणि तिमल्सिनाले राजीनामा गरेका छन् । सञ्चालक समितिले बाइपास गरेर डेपुटी सीईओ जीवन भट्टराईलाई बैंकको महत्वपुर्ण काम लगाएपछि असुन्तुष्टि जनाउदै तिमल्सिनाले एक साता अघि नै सीईओबाट राजीनामा गरेका हुन् । उनको राजीनामा सञ्चालक समितिले स्वीकृत गरेको छैन् । सेन्चुरी बैंकका सीईओले राजिनामा गरेको आफुले पनि सुनेको नेपाल राष्ट्र बैंकका सहायक प्रवत्ता राजेन्द्र पण्डितले जानकारी दिए । उनले औपचारिक रुपमा जानकारी आउन बाँकी रहेको बताए । सञ्चालक समितिले तिमल्सिनालाई बाइपास गरेर धमाधम डेपुटी सीईओ भट्टराईमार्फत काम गराएपछि उनले असन्तुष्ठि जनाउदै आएका थिए । बैंकले यस विषयमा जानकारी बाहिर ल्याएको छैन् । सहायक महाप्रवन्धक मनिष तिमल्सिनाले दुई साताअघि नै राजीनामा गरेको बैकका प्रवत्ता शेखरराज वस्ताकोटीले बताए । उनले सीईओको राजीनामाको बारेमा आफुलाई जानकारी नभएको बताए । प्रवत्ता वस्ताकोटीका अनुसार सीईओ तिमल्सिनाको कार्यकाल अझै २ वर्ष बाँकी छ । कान्छो बैंक सेन्चुरीलाई चुक्तापुँजी ८ अर्ब रुपैयाँ पुर्याउन दवाव छ । उसको पुँजी ५ अर्ब ४६ करोड रुपैयाँ मात्र छ । सेन्चुरीले अल्पाईन डेभलपमेन्ट बैंक र सेती फाइनान्सलाई प्राप्ति गर्देछ । २ वटा वित्तीय संस्थालाई प्राप्त गरेपछि गत आर्थिक वर्षमा गरेको नाफाबाट बोनस सेयर वितरण गरेर चुक्तापुँजी ८ अर्ब रुपैयाँ पुर्याउने लक्ष्य लिएको छ । बैंकले गत आवमा ४४ करोड ७४ लाख रुपैयाँ खुदनाफा गरेको छ ।  

केमु बन्यो दराज, चार दिने अनलाइन कार्निभलमा कति पाइन्छ छुट ?

काठमाडौं । अनलाइन सपिङ प्लेटफर्म दराज डटकम डटएनपीले चार दिने अनलाइन सपिङ कार्निभल सुरु गरेको छ । तत्कालिन केमु डटकम डटएनपीबाट दराज डटकम डट एनपीमा रुपान्तरण भएको उपलक्ष्यमा दोहोरो छुट सहित ‘दराज कार्निभल सेल’ सुरु भएको हो । केमु नेपालको अनलाइन प्लाटफर्ममा अग्रणी स्थानमा रहँदै आएको थियो । आगामी दिनमा उसले दराज ब्राण्डबाट अझै परिष्कृत रुपमा आफ्नो उपस्थिति जनाउन लागेको हो । भदौ १२ देखि १५ गतेसम्म सञ्चालन हुने कार्निभल सेलमा सेवाग्रहीले हरेक सामानको खरिदमा दोहोरो छुट पाउने छन् । दराजले अहिले प्रदान गरिरहेको छुटमा कार्निभल अवधि भर थप १० प्रतिशत छुट दिनेदराजका प्रबन्ध निर्देशक राजिव अमात्यले बताए । कानिर्भल अवधिमा दराज डटकम डटएनपीमा लग इन गरी मोबाइल, विद्युतीय सामग्री, लत्ता कपडा, सौन्दर्यका उत्पादन लगायत दैनिक उपभोग्य सामान खरिद गर्नेले छुट पाउने बताइएको छ । आफुले खरिद गरेको सामान चित्त नबुझेको खण्डमा सेवाग्राहीले सात दिन भित्रमा सामान फिर्ता गर्न सक्ने दराजले जनाएको छ । सबै किसिमका ब्राण्डेड उत्पादन एकै स्थानबाट सेवाग्राहीलाई सुपथ मूल्यमा उपलब्ध गराउने लक्ष्य सहित दराजले नयाँ ब्राण्ड नाम अघि सारेको हो । दराज समुहले नेपाल सहित पाकिस्तान, श्रीलङ्का, बंगलादेश र म्यानमारमा पनि विगत तीन वर्षदेखि आफ्नो सेवा दिंदै आएको छ । पाँच मुलुकमा जनाएको उपस्थितिले अनलाइन प्लेटफर्ममा ठुलो संख्यामा सेवाग्राही आबद्ध हुने दाबी दराज समुहको छ । दराजले परिष्कत रुपको नयाँ वेबसाइट सहित एण्ड्रोइड तथा एप्पल स्टोरमा एप समेत सञ्चालनमा ल्याएको छ । सेवाग्राहीले आफुलाई पायक पर्ने गरी कम्प्युटर तथा मोबाइलबाट सामान खरिद गर्न सकुन भन्नका लागि दराजले सबै प्लेटफर्ममा उपस्थिति जनाएको हो । नेपालमा वस्तु तथा सेवाको विद्युतीय कारोबार प्रणालीको विकासमा प्रतिबद्ध रहेको दराजले आगामी दिनमा पनि यस्ता अनलाइन मेलाको आयोजना गर्ने लक्ष्य लिएको छ । केही समय अघि मात्र दराजले अनलाई मोबाइल सप्ताह आयोजना गरेको थियो ।

हर्न बजाउने १७२ जनालाई कारबाही, ५५७ जनाको प्रेसर हर्न नियन्त्रणमा

चितवन। शहरी क्षेत्रमा हर्न निषेधित क्षेत्र घोषणा भइसकेपछि हर्न बजाउने १७२ जनालाई कारबाही गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सन्तोष पन्तका अनुसार यही भदौ १ गतेदेखि भरतपुर महानगरपालिकाको चक्रपथ क्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गरिएको छ । सो क्षेत्र घोषणा गरिएसँगै ट्राफिक प्रहरीले एक हजार १५५ जनालाई सम्झाइ बुझाइ पठाएको छ भने ५५७ जनाको प्रेसर हर्न नियन्त्रणमा लिएको छ । सोही क्रममा दुई हजारप्रति प्रचारप्रसारका सामग्री वितरण गरिएको छ । काठमाडाँै र पोखरापछि चितवनको भरतपुर केन्द्रीय बस टर्मिनल, चौबीसकोठी, नारायणगढ बजार हाइवे, आँपटारी र बाइपास सडक खण्डमा संकटकालीन अवस्थामा बाहेक हर्न निषेध गर्नेे निर्णय भएको छ । भित्री सडकमा पनि हर्न निषेधित क्षेत्र घोषणा गरिएको हो । चर्को आवाजका कारण स्वास्थ्यमा प्रत्यक्ष असर परेकाले सवारी साधनले हर्न बजाउन नपाउने गरी निर्णय गरिएको हो । निषेधित ठाउँमा हर्न बजाएमा पहिलो पटकलाई पाँच सय रुपैयाँ, दोस्रो पटकलाई एक हजार रुपैयाँ र तेस्रो पटकका लागि एक हजार पाँच रुपैयाँ सय जरिवाना असुल गरिने छ । रासस

जापानको उरुतोरा रेस्टुरेन्ट अब नेपालको पोखरा र चितवनमा खुल्दै

काठमाडौं । जापानको उरुतोरा रेस्टुरेन्टको शाखा अब नेपालको पोखरा र चितवनमा खुल्ने भएको छ । जापानको विभिन्न शहरमा १२ वटा रेस्टुरेन्ट सञ्चालन गरिरहेको जापानीज चेन रेस्टुरेन्ट उरुतोराले नेपालमा पनि आफ्नो १३ औं ब्रान्च सञ्चालनमा ल्याएको छ । ३ करोड नेपाली रुपैयाँको लागतमा काठमाडौंको बालुवाटारमा सञ्चालनमा ल्याइएको उरुतोरा रेष्टुरेन्टमा २५ जना कर्मचारी छन् । एक सय जनालाई एकैपटक सर्भिस दिन सकिने प्रशस्त स्थान रहेको रेस्टुरेन्टमा जापानीज खानाका अलावा नेपाली खाना पनि पाइने रेस्टुरेन्टका अध्यक्ष लोकनाथ वस्तीले जानकारी दिए । जापानमा रेस्टुरेन्ट व्यवशाय गर्दै आएका अध्यक्ष वस्तीले जापानिज हस्पिटालिटी र म्यानरलाई नेपालमा ल्याउन रेस्टुरेन्टमा लगानी गरेको बताए । जापानमा काम गरेर फर्किएका नेपाली कुक र अन्य कर्मचारीले सेवा दिनेयो रेस्टुरेन्टमा जापानबाट समेत कर्मचारीहरु आउने गरेका छन् । नेपालमा घुम्न आउने जापानीजहरु, जापानीज स्वादको खाना खाने र जापानमा बसेर फर्किएका तथा जापानीज खानाका पारखीहरुलाई यो रेस्टुरेन्टले थोरै भएपनि सहयोग पुग्ने विश्वास प्रबन्ध निर्देशक केन्जी मिजुगुचीको छ । नेपालको पोखरा र चितवनमा समेत उरुतोरा रेस्टुरेन्टको शाखा खोल्ने योजना बनाएको उरुतोरा नेपालका निर्देशक प्रकाश पौडेलले जानकारी दिए ।

एनएमबि माइक्रोफाइनान्सको लघुवित्त अभिमुखीकरण तालिमको उद्घाटन

काठमाडौं । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको लघुवित्त अभिमुखीकरण तालिमको उद्घाटन गरेको छ । माइक्रोफाइनान्सले नयाँ फिल्ड कर्मचारीहरुको काम गर्नको लागि सरल र सहज बनाउन एवम् लघुवित्तको वारेमा आवश्यक ज्ञान दिलाउने उद्धेश्यले यस कार्यक्रमको आयोेजना गरेको हो । यस तालिमको उद्घाटन पोखराको पृथ्वीचोक स्थित होटल स्टार रबिमा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत तिर्थरत्न कोनाजोले आइतवार गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुखका र्यकारी अधिकृत कोनाजोले लघुवित्तको परिचयको क्रममा यसको शुरुवातको इतिहासका साथै नेपालमा लघुवित्तको शुरुवात कोवारेमा चर्चा गरेका छन् । लघुवित्तको क्षेत्रमा काम गर्ने कर्मचारीहरुमा आवश्यक ज्ञान, सीप र दक्षता अभिबृद्धि गर्न तालिमको आयोजना गरिएको उनले बताए । लघुवित्त कार्यक्रमले नेपालको हिमाल पहाड र तराईका कुनाकन्दरामा पुगी गरीव तथा विपन्न वर्गमा वित्तीय पहुँच पुर्याउन अहोरात्र लागि परिरहेको कुरा ब्यक्त गरेका छन् । विपन्न वर्गका समुदायहरु मेहनती, इमान्दार र विश्वासिलो हुने भएकोले लघुवित्त कार्यक्रम शहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रमा वढी प्रभावकारी देखिएको कुरा बताए । हाल लघुवित्तको क्षेत्रमा अत्यन्त प्रतिस्पर्धा भईरहेकोे तर्फ औल्याउदै अन्यवित्तीय संस्थाको सेवा नपुगेको ठाउँमा गई कार्यक्रम विस्तार गर्ने तर्फ जोड दिन आग्रह गरेका छन् । २ दिन सम्म संचालन हुने सो तालिममा वित्तीय संस्थाको परिचय, नेपालमा लघुवित्तको वर्तमानअवस्था, लघुवित्तको फिल्डमा कामगर्ने कर्मचारीहरुमा हुनुपर्ने आवश्यक कुराहरु, फिल्डमा आइपर्ने समस्या तथा चुनौतीहरुको विषयमा छलफल हुने छ । साथै, ती चुनौतीहरुको समाधान गर्ने उपायहरुका साथै समुह प्रवेश पुर्व तालिम संचालन प्रक्रियाहरुका वारेमा केन्द्रित रहने फाइनान्सले जानकारी गराएको छ ।

निक्षेप कर्जा सुरक्षणमा ५ जना छनौट, अर्थले माग्यो व्यवसायिक कार्ययोजना

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि ५ जना छनौट भएका छन् । कोषको सीईओमा डा. घमानसिंह खड्का, विष्णुबाबु मिश्र, भाष्कर रिमाल, विनोदकुमार कार्की र श्रीप्रसाद पौडेलले छनौट भएका हुन् । अर्थ मन्त्रालयले छनौट भएका पाँचै जनासंग व्यवसायिक योजना मागेको छ ।

सिजीकाे नयाँ वासिङ्ग मेसिनहरु बजारमा, अरुभन्दा ३३ प्रतिशत कम पानीको खपत हुने

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले हालै नयाँ तथा आकर्षक दुईवटा मोडलका वासिङ्ग मेसिनहरु बजारमा ल्याएको छ । उक्त वासिङ्ग मेसिनहरु ७ केजी र ८ केजीमा १२०० आरपीएम र र १४०० आरपीएममा उपलब्ध छन् । कम्पनीका अनुसार लुगा राख्न सजिलो पार्न ठूलो ढोका र ठूलो एलइडी डिस्प्ले भएको यी वासिङ्ग मेसिनहरु निकै नै आकर्षक देखिन्छन् । यसको मूख्य यूएसपी भनेको वाटर म्याजिक क्यूब हो । जस अन्तर्गत सुपरर्स विङ र वाटर क्यूब ड्रम रहेका छन् । यसले अरु वासिङ्ग मेसिनभन्दा ३३ प्रतिशत कम पानीको खपत गर्ने कम्पनीले जनाएको छ ।