विकासन्युज

नेसनल हाइड्रो सही बाटोमा आएको छ, अर्को वर्षदेखि लाभांश दिन्छौ- कुमार पाण्डे

अमेरिकाको ब्राउन विश्वविद्यालयबाट सन् १९९१ मा इञ्जिनियरिङ अध्ययन पुरा गरपछि नेपाल फर्किएर कुमार पाण्डेले धेरै जलविद्युत आयोजनामा काम गरे । उनी अहिले स्वतन्त्र ऊर्जा उत्पादक संस्था नेपाल (इपान) को उपाध्यक्ष र नेसनल हाइड्रोपावर कम्पनीको कार्यकारी अध्यक्षका रुपमा कार्यरत छन् । प्युठानको झिमरुक जलविद्युत आयोजना, स्ंयांङजाको आँधीखोला र रामेछाप दोलखाको खिम्ती जलविद्युत आयोजनामा काम गरेका छन । लमजुङ विद्युत विकास कम्पनीमा जोडिन पुगेका पाण्डेले ङादी, खुदी, स्यांगे लगायतका आयोजनामा काम गरेका थिए । हाइड्रो सोलुसन्समा काम गरेका पाण्डेले ४ वर्षदेखि नेसनल हाइड्रोपावरमा रहेर संस्थागत सुधारको काम गरेका छन् । आर्थिक सुशासनको अभावले समस्याग्रस्त नेसनललाई सुधार गर्न उनी सफल भएका छन् । नेसनल हाइड्रोको सुधार र भावी योजनाका विषयमा केन्द्रीत रहेर पाण्डेसंग गरेको कुराकानीको अंश : कुमार पाण्डे, कार्यकारी अध्यक्ष, नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड यहाँले नेसनल हाइड्रोपावर कम्पनीमा के कस्ता सुधारका काम गर्नुभयो ?   नेशनल हाइड्रोपावर कम्पनीमा आएर सुधारका काम थालेपछि कम्पनीको प्राण फर्किएको छ । संस्थागत हिसावले नेसनल सही बाटोमा आएको छ । भर्खरै नयाँ सञ्चालक समिति चयन भएको पनि छ । सञ्चलक समितिले मलाई कार्यकारी अध्यक्षको जिम्मेबारी पनि दिएको छ । सुधार के के गरियो ? भन्ने सन्दर्भमा कुरा गर्दा यो पब्लिक लिमिटेड कम्पनी हो । कम्पनीको आन्तरिक र बाह्य पक्षमै सुधार आवश्यक थियो । आन्तरिक पक्षमा हिसाब किताब, रिपोर्टीङ, कम्पनी राजिष्ट्रारको कार्यालयमा अद्यावधिक गरियो । ४ बर्षको साधारणसभा र ६ बर्षको लेखापरीक्षण एकै पटक सम्पन्न गरेका छौं । ऋण तिर्ने, कर तिर्ने लगायतका काम सबै सम्पन्न गरेका छौं । चालु आर्थिक बर्ष आरम्भ हुँदा ०७१/०७२ सम्मको अडिट सम्पन्न भएको छ । गत आर्थिक बर्षको अडिट आरम्भ गर्ने समय भएको छ । विद्युत उत्पादन गर्ने कम्पनी भएपछि पावर प्लान्ट सञ्चालन गर्नुपर्ने थियो । मेसिन बनाउने, प्लान्ट सञ्चालन गराउने, कर्मचारी कटौती र व्यवस्थापनका काम पनि यो अवधिमा गरियो । केही सामान नयाँ किनियो भने केहि बिग्रेकालाई बनाउने काम गरियो । कम्पनीको बीमालाई पनि गरियो । बाह्य क्षेत्रमा गरिएको सुधार भनेको सेयर बजारको पाटो हो । साढे चार बर्र्षअघि म कम्पनीमा आउँदा १ सय रुपैंयाँको सेयर ३६ रुपैंयाँमा किनबेच भैरहेको थियो । अहिले १६५ रुपैंया मूल्य पुगेको छ । धेरै काम अझै गर्न बाँकी छ । तर पनि सुधारको जति प्रयास गरियो त्यसलाई पनि बजारले राम्रैसँग पत्याएको रहेछ भन्ने लागेको छ । कम्पनी अझै ६ करोड रुपैयाँ नोक्सानमा छ । १५ वर्षदेखि कम्पनीका लगानीकर्ताले लाभांश नपाएको अवस्था छ, अझै सुधार हुँदैछ कसरी भन्ने ? ६ करोड रुपैयाँलाई घाटा भन्न मिल्दैन् । कम्पनीको ७० करोड रुपैयाँ पुँजी थियो । अर्काे आयोजना बनाउँछौं भनेर शतप्रतिशत हकप्रद सेयर उठाइयो । अब कम्पनीको पुँजी १ अर्ब ३८ करोेड रुपैयाँ पुग्यो । कम्पनीमा सुशासन नभएकाले दोश्रो आयोजना बनाउन सकेन् । गत बर्ष कम्पनीको नाममा रहेको साढे ४ मेगावाटको तल्लो इन्द्रावती आयोजनाको लाइसेन्स खारेज भयो । १३८ करोडको भार माथिल्लो आयोजनालाई परेपछि घाटा देखिएको हो । कम्पनीले लिएको ऋण र लगानी प्रोभिजनमा गएपछि कम्पनी घाटामा गएको देखिएको हो । तल्लो आयोजनाका लागि बैंकसँग ऋण लिँदा माथिल्लो आयोजनलाई जमानी राखिएको रहेछ । कम्पनीले बर्षेनी ६/७ करोड रुपैयाँ नाफा गरिरहेको छ तर माथिल्लो आयोजनाले तल्लोका लागि जमानी बसेकाले प्रोभिजन गरेपछि नोक्सानी देखिएको हो । तल्लो आयोजनाको त हिसाब किताब नै छैन भन्ने सुनिएको छ, यो सत्य हो ? हिसाब किताब छ । साढे चार मेगावाटको आयोजनामा जति काम भयो त्यसमा ६५ करोड रुपैयाँ खर्च भएको भन्ने लेखिएको थियो । छ बर्ष पहिले बनाइएको साढे ४ मेगावाटको आयोजना ६५ करोडमा बनिसक्नुपर्ने थियो । तर आर्थिक शुशासनको अभावमा काम सम्पन्न भएन् । तल्लोमा जति खर्च भयो त्यो सबै माथिल्लोको नाममा दाइत्व थप भयो । ऋण पनि माथिल्लोकै नाममा प¥यो । १७ करोड रुपैयाँ जति थप व्ययभार माथिल्लो आयोजनामा परेपछि समस्यामा जस्तो देखिएको हो । १५ वर्षदेखि कम्पनी निरन्तर घाटामा छ । लगानीकर्ताले लाभांश कहिलेबाट पाउँछन् ? नेसनलबाट लगानीकर्ताले लाभांश पाउन त्यति सजिलो छैन । १३८ करोडको पुँजी छ । बिजुली बेचेर वार्षिक १८ करोड रुपैयाँ आम्दानी हुन्छ । आधा जति खर्च हुन्छ । ८/९ करोड रुपैयाँ बाँकी हुन्छ । १३८ करोडमा ९ करोड लाभांश दिने भनियो भने साढे ७ प्रतिशत जति हुन आउँछ । १५ बर्षपछि ५ प्रतिशत प्रतिफल दिने भनियो भने लगानीकर्ताले के भन्लान् ? पहिलो कुरा ऋण तिरिसक्नु पर्छ । तल्लो आयोजनाको लाइसेन्स फेरी लिने प्रयास भइरहेको छ । त्यसले कम्पनीका लागि एसेट क्रियट हुन्छ । त्यसो भयो भयो भने लगानीकर्तालाई ८/१० प्रतिशतसम्म प्रतिफल दिन सकिन्छ । यो प्रतिफलले खासै अर्थ राख्दैन् । त्यो पनि तत्कालिक समाधान मात्रै हो । त्यसैले कम्पनीको नाफालाई प्रत्येक बर्ष लगानी गर्दै जानुपर्छ । त्यसले पुँजी यथावत हुन्छ र नयाँ लगानीबाट हुने आम्दानीबाट लगानीकर्तालाई प्रतिफल दिने भन्ने छ । प्रोभिजन मिलाउन सकियो भने अर्काे बर्ष लगानीकर्ताले केही लाभांश पाउन सक्छन् । तल्लो आयोजनाको लाइसेन्स लिने प्रक्रिया कहाँ पुग्यो ? तल्लो आयोजनाको लाइसेन्स पाउन कार्यबिधी संसोधन आवश्यक छ । पुरानो उर्जामन्त्रीले बाटो खोलिदिनु भएको छ । नयाँ मन्त्रीसँग पनि छलफल भएको छ । कार्यबिधीमा काम भैरहेका आयोजनाको लाइसेन्स खारेज गरिदिने भन्ने व्यवस्था थियो । उल्लेखनिय काम भएका आयोजनाको लाइसेन्स खोस्ने कुरा गलत थियो । मन्त्रीज्यूसँग कुरा भैरहेकाले हामीले लाइसेन्स पाउनेमा आशावादी छौं । साढे ४ मेगावाटको तल्लो इन्द्रावती हामीले बनाउँनै पर्छ र हामीले नै बनाउने हो । यसबीचमा हामीले नयाँ आयोजनाको पनि लाइसेन्स लिएका छौं । भोजपुरमा १४.५ मेगावाटको इख्र्वाखोला आयोजना हो । तल्लोइख्र्वामा स्थानीयको पनि लगानी हुने छ । नेपाल विद्युत प्राधिकरणसंग विद्युत खरिदबिक्री (पिपिए) को काम पनि अघि बढिसकेको छ । कोसी करिडोरमा प्रसारणलाइन बन्ने निश्चित भयो भने पिपिए गरेर हामी निर्माण अघि बढाउँछौं । आयोजनामा लगानी गर्न बैंक तयार भैसकेका छन् । २ वटा आयोजना पाइपलाइनमा छन भन्ने देखेपछि सेयरको मूल्य बढ्ने देखेका छौं । कम्पनीबाट हाथवे इन्भेष्टमेन्ट ग्रुप बाहिरीएको हो ? हाथवे ग्रुप बाहिरिएको होइन बरु नयाँ ढंगले आएको छ । बोर्डमा हाथवेकै बहुमत छ । पाँच जना नयाँ सञ्चालक आएका छन् । हामी २ जना मात्रै पुराना सञ्चालक छौं । नवराज नेपाल आफैं सञ्चालक भएर आउनु भएको छ । अहिले व्यवसायीक सञ्चालक कम्पनीमा भित्रिएका छन् । पहिले सेयर बजारका मान्छे सञ्चालक थिए । काम नभएर कम्पनीमा चलखेल गर्थे । अहिले व्यवसायीक मान्छे आएकाले कम्पनीमा अनावश्यक हस्ताक्षेप र चलखेल हुन्न । अहिलेको सञ्चालक समितिमा पहिले भन्दा के फरक छ ? यो व्यवसायीक पृष्ठभूमि भएका सञ्चालकको समुह हो । नवराज नेपाल, बासुदेव गौतम र एक जना महिला सञ्चालक समितिमा आउनु भएको छ, उहाँहरु हाथवेका प्रतिनिधी हुनुहुन्छ । एनबी ग्रुपबाट एक जना वकिल र एक जना अमेरिकामा सिए अध्ययन गरेका इएल सिंह श्रेष्ठ आउनु भएको छ । अमेरिकाबाट आउँदै हुनुहन्छ । यो राम्रो टिम हो भन्ने मलाई लागेको छ । यसले आगामी दिनमा कम्पनीको भविष्य उज्वल बनाउन सघाउँछ । हामीसँग भएको आयोजना राम्रोसँग सञ्चालन भैइरहेको छ । नयाँ पनि ल्याउने प्रयास भैरहेको छ । कम्पनीको भविष्य उज्वल छ त भन्नु भयो, लगानीकर्तालाई तत्काल प्रतिफल दिन नसकेको अवस्थामा नयाँ आयोजना बनाएर मात्रै दिने भन्नुभयो, यसलाई कसरी हेर्ने ? अहिले कुनै पनि उर्जा उत्पादक कम्पनीले नगद लाभांश दिएका छैनन् । अहिले उर्जा कम्पनीको शैली भनेको नयाँमा लगानी गर्ने र सेयर मार्केटबाट आम्दानी गराउने भन्ने हो । गुरु न्यौपानेको कम्पनीले कुनै बेला ५ प्रतिशत नगद लाभांश दिएको थियो । बुटवल पावरले कुनै बेला नगद लाभाँश दिएको थियो । केही दिन अघि मात्रै एउटा कम्पनीले १० प्रतिशत दिने भनेर घोषणा गरेको देखियो । बाँकी कम्पनीले भनेको नयाँमै लगानी गर्ने हो र सेयर बजारबाटै नाफा कमाउन लागि परेको अवस्था हो । अरुले ३५ बर्षको लाइसेन्स पाउँछन् । ५ बर्ष निर्माणका लागि समय खर्च गर्छन् । बाँकी १०/१२ बर्षजति ऋण तिर्न समय लाग्छ । नेसनल हाइड्रोपावरले ४५ बर्षको लाइसेन्स पाएको छ । १५ बर्ष सञ्चालन भैसक्यो । ऋण तिरिसक्यो । अब भनेको नाफा कमाउने मात्रै हो । पुरानो आयोजनाको लाइसेन्स आयो भने कति लगानी बचत हुन्छ ? बैंकले गरेको अडिट मै तल्लो आयोजनाको मूल्य ४७ करोड रुपैयाँ देखाएको छ । पहुँच मार्ग तयार छ, २ किलोमिटर सुरुङ पहिले नै खनिसकिएको छ । प्रसारणलाइन पनि पहिलेदेखि नै सञ्चालनमा छ । अब नयाँ लाइसेन्स प्राप्त गर्ने मात्रै हो । यो आयोजना हामीले बाहेक अरु कम्पनीले पाउनै सक्दैन् । सरकारले आफैं बनाउँछु भन्यो भने सम्भव होला तर अरु कम्पनीलाई दिन मिल्दैन र बनाउन पनि सक्दैनन् ।   कम्पनीमा वित्तिय अनुशासनको ठुलो समस्या देखिन्छ, रकम दुरुपयोग गर्नेसँग रकम असुल्न सकिने अवस्था छ की छैन ? यो कम्पनीमा ३० देखि ४० करोड रुपैयाँ जति हिनामिना भएको छ भन्ने हाम्रो निश्कर्ष हो । यसलाई व्यवहारिक भएर हेर्नुपर्छ । ७ मेगावाटको आयोजना २०५९ सालमा बन्दा प्रति मेगावाट ३० देखि ३५ करोड लागत पर्यो भन्ने देखिएपछि घोटाला भयो भन्ने कुरा पक्का हो । यसबीचमा कम्पनी यस्तो अवस्थाबाट गुज्रियो की ४० करोड रुपैयाँ घोटाला भएको छ, मुद्दा हालौं भन्दा धरौटी राख्ने पैसा पनि भएन् । मुद्धा हाल्न अदालतमा बुझाउनुपर्ने पैसा पनि हामीसँग भएन् । ब्यालेन्स सिटमा समस्या देखियो र बोर्डले पनि उठाउन सकिन्छ भन्ने निष्कर्ष आयो भने हामी मुद्धा मामिलामा पनि जानु पर्छ र जान्छौं । ब्यालेन्ससीटले नै घोटाला भएको भन्ने स्पष्ट पारेको छ, दोषी पनि पहिचान भैसकेको अवस्था छ, दोषीलाई किन नसमातिएको ? हामीसँग मुद्धा दायर गर्नका लागि कागजात पुर्ण रुपमा हुनु आवश्यक छ । जित्न सकिने मुद्धा बन्छ की बन्दैन भनेर आन्तरिक रुपमा अध्ययन आवश्यक हुन्छ । कानुन व्यवसायीसँग पनि हामीले यस विषयमा पटक छलफल गरिसकेका छौं । हार्नका लागि अदालत गएर पनि हुन्न । म चार बर्षका लागि कम्पनीमा आएँ, अनि मुद्धामा गईयो भने कम्पनीलाई अगाडी कसरी बढाउने ? नेसनलबाट लगानीकर्ताले लाभांश पाउन त्यति सजिलो छैन । १३८ करोडको पुँजी छ । बिजुली बेचेर वार्षिक १८ करोड रुपैयाँ आम्दानी हुन्छ । आधा जति खर्च हुन्छ । ८/९ करोड रुपैयाँ बाँकी हुन्छ । १३८ करोडमा ९ करोड लाभांश दिने भनियो भने साढे ७ प्रतिशत जति हुन आउँछ । १५ बर्षपछि ५ प्रतिशत प्रतिफल दिने भनियो भने लगानीकर्ताले के भन्लान् ?   लगानीकर्ताले पनि मुद्धा परेको कम्पनीमा किन लगानी गर्ने ? भन्ने प्रश्न आउँछ । मुद्दामा गएपछि नयाँ लगानी गर्न पाइँदैन् । लामो समय लाग्न सक्छ । ब्यालेन्ससिट पनि फ्रिज गर्नु पर्छ । त्यसकारण पनि हामीले उठाउन सक्छौं की सक्दैन भनेर हुर्नु आवयश्क छ । मुद्धा लड्ने की अब छोडेर अगाडी बढ्ने भन्नेबारे हामीले सोच्नु पर्ने भएको छ । हाम्रो आन्तरिक मुल्यांकन भनेको हामी मुद्धा मामिलामा जाँदा बलियो हुने अवस्था छैन् । हामीसँग अदालत जाँदा बलियो कागजात लिएर जान सक्दैनौं भन्ने निष्र्कष हो । फितलो मुद्धा लिएर के अदालत जानु ? भन्ने हो । अडिटरहरुले देखाएको कैफियत चाँही के हो ? अडिटरले प्रमाण जुटाउन किन नसकेको हुन त ? एउटा उदाहरण हेर्नुस, गाडी किन्न भनेर एक करोड रुपैंयाँ गएको छ । त्यसमा कसैले हस्ताक्षर पनि गरेका छैनन र कसैले स्वीकृत पनि गरेको देखिन्न । लक्ष्मीबहादर श्रेष्ठले सधैं पर्दा पछाडीबाट खेलेको देखिन्छ । उनी बोर्डमा पनि रहेको देखिन्न । कार्यकारी पदमा बसेको पनि भेटिन्न । त्यसकारण यो मुद्धा लड्ने कुरा कानुनी रुपमा त्यति सहज देखिन्न । लक्ष्मीबहादुर र जीतबहादुरले कुनै प्रमाण छाडेका छैनन् । कागजातले उनीहरुलाई दोषी देखाएको पाइँदैन् । त्यसैले हामी मद्धा मामिलामा गएनौं । नत्र हामी मुद्धामा गैसक्ने थियौं । यथार्थ कुरा के हो भने उनीहरुसँग अदालतमा गएर मुद्धा जित्ने अवस्था मैले देखेको छैन् । मुद्धामा जाँदा कम्पनीको भविष्य खतरामा पर्ने भएकाले पनि मुद्धामा नगएका हौं । कम्पनीको वित्तीय अवस्था राम्रो नभएको अवस्थामा नयाँ आयोजना बनाउँदैछ भनेर कुनै बैंकले विश्वास गर्छ ? बैंकहरु हाम्रा आयोजनामा लगानी गर्न तयार छन् । हामीले कम्पनीलाई सुधार्दै गएका छौं । हाथवेको ठुलो हिस्सा छ । हाथवे राम्रो कम्पनी हो । तल्लो इन्द्रावतिमा नविल बैंकले नै कन्र्साेर्डियम दिने भनेको छ । अरुले पनि इच्छा देखाएका छन् ।  

कर्जा लिन स्ट्याण्डर्ड चार्टर्ड बैंक सबैभन्दा सस्तो, धेरै कर्जा ७ देखि १० प्रतिशतमा पाइने

काठमाडौं । कर्जा लिनको लागि स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल सबैभन्दा सस्तो बैंक भएको छ । यो बैंकको बेसरेट सबैभन्दा सस्तो देखिएको छ । असार मसान्तमा यस बैंकको बेस रेट ६.४७ प्रतिशत छ । बैंकले बेसरेटमा १ प्रतिशतदेखि ६ प्रतिशतसम्म थप गरेर कर्जा लगानी गर्ने गरी नयाँ व्याजदर प्रकाशित गरेको छ । बैंकले आईतबार प्रकाशित गरेको व्याजदर अनुसार यस बैंकले वहुराष्ट्रिय कम्पनीलाई बेसरेटभन्दा २ प्रतिशत बढीमा व्याजमा कर्जा दिने जनाएको छ । वहुराष्ट्रिय कम्पनीले बैंकबाट ८.४७ प्रतिशतमा कर्जा पाउने छन् । यतिबेला नेपाली बैंकहरुले १३ प्रतिशतभन्दा कममा कर्जा दिन मानिरहेका छैनन् । स्ट्याण्डर्ड चार्टर्ड बहुराष्ट्रिय बैंक हो । यस बैंकले नेपाली बैंकहरुले भन्दा करिव साढे चार प्रतिशत कम कर्जाको व्याज तोकेको छ । त्यस्तै सरकारी ऋणपत्र, बैंक ग्यारेन्टी धितो राखेर कर्जा लिनेलाई बैंकले ८.४७ प्रतिशत मात्र व्याज लिने छ । बैंकले सर्टटर्म लोन, डिमाण्ड लोन, इम्पोट लोन करिव ९ प्रतिशतमा दिने भएको छ । यस बैंकले घर कर्जा ९.४७ प्रतिशतमा दिने भएको छ । डिप्प्राइड सेक्टर लोन ७.४७ प्रतिशतमा दिने भएको छ । बैंकले साधारण बचतकर्तालाई बढीमा २.७ प्रतिशत र तीन वर्ष अवधिको मुद्दतीमा बढीमा ७ प्रतिशत व्याज दिने भएको छ । उल्लेखित व्याजदर भदौं ४ गते आईतबारबाट लागू भएको बैंकले जनाएको छ । बैंकको स्प्रेडदर ५.०१ प्रतिशत रहेको छ ।  

बिओकेले ६१ लाख कित्ता एफपीओ निष्कासन गर्ने, प्रतिकित्ता मूल्य २६६ रुपैयाँ मात्र

काठमाडौं । बैंक अफ काठमाण्डू (बिओके)ले ६१ लाख ५८ हजार ०६७ कित्ता संस्थापक सेयरको एफपीओ निष्कासन गर्ने भएको छ । बैंकले सो मात्राको संस्थापक सेयरहरु प्रिमियम मूल्य सहित प्रतिकित्ता २६६ रुपैयाँमा निष्काशन गर्न लागेको हो । बैंकले अंकित मूल्य १०० रुपैयाँमा प्रिमियम वापत न्यूनतम १६६ रुपैयाँ थप गरी प्रति सेयर २६६ रुपैयाँका सेयर निष्कासन गर्दै छ । साथै, सो वा सो भन्दा बढी मूल्यमा लिलाम बढाबढ गर्नको लागि नेपाल धितोपत्र बोर्डले जनाएको अनुसार विवरणपत्र तयार गरेको बैंकले जनाएको छ ।

नेसनल हाइड्रोपावरको कार्यकारी अध्यक्षमा कुमार पाण्डे

काठमाडौं । नेसनल हाइड्रोपावर लिमिटेडको कार्यकारी अध्यक्षमा पुनः कुमार पाण्डे नियुक्त भएका छन् । कम्पनीको शनिबार बसेको सञ्चालक समिति बैठकले पाण्डेलाई पुनः अध्यक्षमा चयन गरेको हो । यसअघि उनी बोर्ड अध्यक्ष मात्र भएकोमा शनिबारदेखि उनले कार्यकारीको पनि जिम्मेबारी पाएका छन् । ४ वर्षअघि कम्पनीको अध्यक्ष भएका पाण्डेले नेसनलमा धेरै सुधारका काम गरेका छन् । विकास न्युजसंग कुरा गर्दे उनले नेसनललाई आर्थिक रुपमा मजवुत बनाएर लगानीकर्तालाई प्रतिफल दिने योजना रहेको सुनाए ।

यतिले एटिआर विमानबाट व्यावसायिक उडान थाल्यो, पहिलो उडान भैरहवामा

काठमाडौ । पहिलोपटक एटिआर ७२–५०० विमान भित्र्याएको यति एयरलाइन्सले व्यावसायिक उडान शुरु गरेको छ । विमानले शुक्रबार पहिलो उडान भैरहवा भरेको थियो भने व्यावसायिक उडान नेपालगञ्जबाट शुरु गरेको कम्पनीले जनाएको छ । निजी वायुसेवा कम्पनी यतिले कल साइन नाइन–एएमएन ७२ सिटे विमान कम्पनीले रु एक अर्बको लगानीमा गत साउन ७ गते काठमाडौँ ल्याएको थियो । फ्रान्सको विमान निर्माता कम्पनी एटिआरमा निर्मित उक्त विमान सिंगापुरको कम्पनी नर्डिक एभिएसन क्यापिटलसँग खरिद गरिएको थियो । यो विमानले विराटनगर, भैरहवा, नेपालगञ्ज र भद्रपुर उडान भर्ने जनाइएको छ । यतिसँग एटिआरसहित सातवटा विमान छन् । यतिले बेलायतमा निर्मित ३० सिट क्षमताको जेटस्ट्रिम–४१ सिरिजका छ थान जहाज सञ्चालन गरिरहेको छ । यतिले यसवर्षभित्र थप दुई एटिआर विमान ल्याउँदैछ । अहिले खरिद गरेको कम्पनीबाटै थप दुई विमान ल्याउने तयारी छ । त्रिभुवन विमानस्थलबाट आन्तरिक उडानतर्फ हेलिकप्टरसहित २० वटा वायु सेवा कम्पनीले उडान भर्दै आएका छन् ।

इलाममा मात्र ५ अर्बको दूध उत्पादन

इलाम, ३ भदौ । दूध उत्पादनमा अग्रणी जिल्लाका रूपमा कहलिएको यस जिल्लामा अघिल्लो वर्षको तुलनामा दूध उत्पादनमा १.८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आव २०७२/०७३ मा एक लाख २१ हजार ५६२ मे.ट. दूध उत्पादन भएकोमा गत वर्ष २०७३÷०७४ मा एक लाख २३ हजार ७४० मे.ट. दूध उत्पादन भएको जिल्ला पशुसेवा कार्यालय इलामले जनाएको छ । व्यावसायिक गाईपालनमा वृद्धि भएसँगै पाँच वर्षदेखि निरन्तर दूध उत्पादनमा वृद्धि भएको कार्यालयले जनाएको छ । पशुपालन व्यवसायमा किसानको आकर्षण बढ्नु, सरकारी लगानी बढ्दै जानु तथा कृत्रिम गर्भाधानले गाईभैँसीको नश्ल सुधार तथा उन्नत जातका घाँसखेतीले दूध उत्पादनमा वृद्धि भएको हो । उत्पादित दूध बिक्रीबाट जिल्लामा यो वर्ष रु चार अर्ब ७० करोड ६१ लाख भित्रिएको छ । दैनिक ३६ हजारदेखि ४० हजार लिटर दूध विराटनगरस्थित दुग्ध वितरण संस्थानमा बिक्री हुँदै आएको कार्यालयका पशुसेवा प्राविधिक डिकबहादुर कार्कीले जानकारी दिए। त्यस्तै निजीस्तरबाट दैनिक २० हजार लिटर दूध झापा, विराटनगर, इटहरी बिक्री हुन्छ । जिल्लाका ५५ हजारभन्दा बढी किसानले व्यावसायिक गाई तथा भैँसीपालन गर्दै आएका छन् । पशुआहाराका लागि किसानले टिओसेन्टी, जै, बर्सिम, भेज, नेपियर, सिटेरिया जातका उन्नत घाँस लगाएका छन् । इलाममा दूध सरदर रु ३८ देखि ४५ प्रतिलिटरले बिक्री हुने गरेको छ । दुग्ध विकास संस्थानले जिल्लाका बिब्ल्याँटे, पूवाखोला, शान्तिडाँडा, लक्ष्मीपुर, तीनघरे र फिक्कल तथा कुट्टीडाँडालगायत १६ वटा दुग्ध चिस्यान केन्द्रबाट दूध ढुवानी गर्दै आएको छ । जिल्लाका ग्रामीण भेगमा उत्पादित दूध स्थानीय डेरी उद्योग, सहकारी संस्था र त्यस्ता क्षेत्रमा खुलिएका निजी तथा सहकारी कारखाना, ललीपप उद्योग र निजीस्तरका डेरीले किसानले उत्पादन गरेको दूध खरिद गर्दै आएका छन् । घरेलु तथा साना उद्योग विकास समिति इलामका अनुसार जिल्लामा १०० वटा छुर्पी, नौवटा ललीपप, चीज २४, एक आइस्क्रिम र दुई वटा ठूला डेरी उद्योग सञ्चालनमा छन् । यीबाहेक दर्ता नभई पनि जिल्लामा दर्जनभन्दा बढी डेरी उद्योग समेत सञ्चालन भइरहेका छन् । ती उद्योगमा वार्षिक रु ८५ करोडभन्दा बढीको दूधजन्य परिकारको कारोबार भएको छ । दूधबाट निर्मित घ्यू प्रतिकिलो रु ५००, छुर्पी रु ८००, ललीपप प्रतिकिलो रु १० हजारमा बिक्री हुँदै आएको छ ।

सगुनको दोस्रो चरणको शेयर निस्कासन, क्रेडिट र डेविट कार्डबाट पनि लगानी गर्न सकिने

लण्डन । सगनुले बेलायतबाट दोस्रो चरणको शेयर निस्कासनको औपचारीक घोषणा गरेको छ । बेलायतमा रहेका नेपाली माझ एक बिशेष कार्यक्रममा शेयर निस्कासनको औपचारीक घोषणा गर्दै सगुनका संस्थापक गोविन्द गिरीले क्रेडिटर डेविट कार्ड मार्फत पनि लगानी गर्न सकिने जानकारी गराए । शेयर खरिदको लागि सहज बनाउन सगुनले यो पटक नयाँ व्यवस्था समेत मिलाएको हो । यसअघी बैङकमै गएर मात्र हुने कारोवारलाई सहज बनाउँदै सगुनले अमेरिकी सेक्युरिटिज एक्सचेन्ज कमिसनको स्विकृतीमा क्रेडिटर डेविट कार्ड मार्फत लगानी गर्ने व्यवस्था मिलाएको हो । क्रेडिटर डेविट कार्ड मार्फत शेयरमा लगानी गर्न अवसर पाउने अमेरिकी स्टार्ट अप कम्पनीहरुमा सगुन पहिलो कम्पनी हो । विदेशमा व्यस्तताका बीचमा लगानी गर्न चाहनेहरुको सहजतालाई ध्यानमा दिदै क्रेडिट कार्ड मार्फत लगानी गर्ने व्यवस्था मिलाइएको गिरीले बताउनुभयो । उनले भने ‘क्रेडिटर डेविट कार्ड मार्फत लगानी गर्न पाउने नयाँ व्यवस्थाले प्रवासमा रहेका नेपालीहरु सहित अन्य सम्भावित लगानीकर्ताहरु लाभान्वित हुने विश्वास लिएको छु।’ क्रेडिटर डेविट कार्ड मार्फत लगानी गर्ने पहिलो स्टार्ट अप कम्पनी भएकोमा सगुनलाई प्राइम ट्रस्ट तथा फन्ड अमेरिकाका प्रमुख कार्यकारी अधिकृत स्कट पुर्सेलले वधाई दिए । पुर्सेलले भने-‘क्रेडिटर डेविट कार्ड मार्फत लगानी जुटाउनेरेगुलेसन ए प्लस अन्तर्गतको क्राउड फन्डिङ उद्योगको सगुन पहिलो कम्पनी भएको छ । यो सगुनका सम्भावित लगानीकर्ताहरुको लागि क्रान्तिकारी पहल हो । अब लगानीकर्ताहरुले क्रेडिटर डेविट कार्ड मार्फत समयको सदुपयोग गर्दै घरमै बसीबसी लगानी गर्न सक्नेछन् ।’ सगुनले यो दोस्रो चरणमा अमेरिकाकै अग्रणी भुक्तानी प्रसोधन तथा प्रविधि सेवा प्रदायक कम्पनी भान्टिवसँग साझेदारी गरेको छ । भान्टिवले अमेरिकामा २५ अर्ब भुक्तानीहरुलाई सम्पन्न गरेको छ र यसलाई ८ लाखभन्दा बढी किनबेच गर्ने स्थलमा चलाउन मिल्दछ । “सगुनपहिलो रेगुलेशन ए प्रमाणित कम्पनी हो जससँग हामीले क्राउडफन्डिङबाट लगानी जुटाउन सहकार्य गरिरहेका छौं ।भान्टिवले सम्भावित लगानीकर्तालाई थप सुविधा दिएको छ जस अनुसार उनीहरुले डेविट तथा क्रेडिट कार्ड प्रयोग गरी कारोबार गर्न सक्छन् । हामी सगुनलाई उसको लगानीको लक्ष्य भेट्टाउने कार्यमा सहयोग गर्न पाउँदा उत्साहित छौं । सगुनजस्ता नवीन कम्पनीहरुले गर्दा हामीले हाम्रा सरल, छरितो तथा उत्कृष्ट सेवाको प्रदर्शन गर्न पाउँछौं”, भान्टिवका कम्पनी प्रमुख ग्रेग ओर्चले भने । औपचारीक घोषणा कार्यक्रममा संस्थापक गिरीले बेलायतमा रहेका नेपालीमाझ सगुनको दोस्रो चरणको शेयर निस्कासनको घोषणा गर्न पाउँदा खुसी प्रकट गरे । उनले भने, ‘बीर गोर्खालीको रुपमा चिनिने बेलायती सेनामा रहेका नेपाली दाजुभाईले संसारमाझ आफ्नो वीरताको पहिचान दिएको गर्विलो इतिहासलाई सम्मान गर्दै गोर्खाली समुदायको माझबाटहामी सगुन लिएर संसारसामु प्रस्तुत भएका छौं ।’ सगुनले अमेरिकी कानुन रेगुलेशन ए प्लस अन्तर्गत मिनि आइपिओमार्फत २ करोड डलरको शेयर विक्री गर्दैछ । यस शेयर निस्कासनको पहिलो चरणमा करिव ३५ सय लगानीकर्ता सगुनको शेयर खरिद प्रक्रियामा सहभागि भएके कम्पनीले जनाएके छ । सगुनको यो चरणमा लगानी गर्नका लागि प्रति शेयर २३ डलरका दरले कम्तीमा १ हजार डलरको शेयर किन्नु पर्ने हुन्छ । सगुनले यस चरणमा ८ लाख भन्दा वढी शेयर विक्रि गर्ने योजना बनाएको छ । सगुन प्रारम्भिक चरणमा रहेको सामाजिक कमर्स प्लेटफर्म हो जसको उद्देश्य सामाजिकीकरण गर्दा पैसा कमाउन सक्ने अवसर प्रदान गर्नु हो । सगुन शब्द संस्कृतको सकुन भन्ने शब्दबाट लिइएको हो जसको अर्थ राम्रो भाग्य वा शुभ अवसर भन्ने हो । सगुन सन् २००९ मा सर्च इन्जिनको रुपमा सुरु भएको थियो तर पछि २०१४ मा सामाजिक कमर्श प्लेटफर्मको रुपमा विकास गरियो ।

साढे ४७ अर्ब राजश्व संकलन

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष ०७४÷०७५ सुरु भएपछि लक्ष्यको साढे ६ प्रतिशत राजश्व संकलन गरेको छ । भदौ १ गतेसम्म सरकारले ४७ अर्ब ४९ करोड ४६ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । चालु आवमा सरकरले ७ खर्ब ३० अर्ब रुपैयाँ राजश्व संकलन लक्ष्य लिएको छ । गत आवमा लक्ष्य भन्दा ८ प्रतिशत बढी राजश्व संकलन भएको थियो । साउनमा ४६ अर्ब ७१ करोड ५९ लाख रुपैयाँ र भदौ १ गते ७७ करोड ८७ लाख रुपैयाँ राजश्व ठुकुटीमा जम्मा भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।