नाफा बढाउन सिभिल बैंक असफल, खराब कर्जा दोब्बर बढ्यो
काठमाडौं । गत आर्थिक वर्ष ०७३/०७४ मा सिभिल बैंक नाफा बढाउन असफल भएको छ । गत आवमा बैंकले ३३ करोड ८१ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा उसको खुदनाफा ३३ करोड १४ लाख रुपैयाँ थियो । गत वर्ष बैंकले ७० लाख रुपैयाँ मात्र नाफा बढाएको छ । नाफा बढ्न नसकेपछि उसको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ५२ पैसा मात्र छ । बैंकले शनिबार गत आवको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरी बढ्दो ब्याज मुल्तवी र कर्जा जोखिम व्यवस्थाले आम्दानीमा नकरात्मक असर पारेको जानकारी दिएको छ । निक्षेपको ब्याज दरले गर्दा लागत बढेको र कल डिपोजिटको ब्याजदर साधारणको भन्दा बढी लिन नपाईने नेपाल राष्ट्र बैंकको पछिल्लो निर्देशनले नाफा बढ्न नसकेको बैंकले जानकारी दिएको छ । बैंककको खरावकर्जा झण्डै दोब्बर बढेर ४ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष खराव कर्जा २.७ प्रतिशत मात्र थियो । ३ वटा वित्तीय संस्थालाई खरिद गरेपछि बैंकको खराव कर्जा दर बढेको हो । बैंकको लागत बढेर ६.८ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो लागत ५.३ प्रतिशत थियो । बैंकको आधार ब्याज दर ११.५९ प्रतिशत छ । सीडी रेसियो ७६ प्रतिशत छ । स्प्रेड दर ३.४ प्रतिशत छ । समीक्षा अवधिमा बैंकको निक्षेप ३४ अर्ब १७ करोड ७८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको निक्षेप ३१ अर्ब १३ करोड रुपैया थियो । एक वर्षको अवधिमा बैंकले निक्षेप परिचालन ३ अर्ब रुपैयाँ बढाएको छ । यस्तै कर्जा लगानी २९ अर्ब ६२ करोड ६४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा कर्जा लगानी २५ अर्ब ७० करोड ४० लाख रुपैयाँ थियो । गत वर्ष बैंकको कर्जा लगानी ४ अर्ब रुपैयाँ बढेको छ ।
सिटिजन्स बैंक इन्टरनेसनलले १७ प्रतिशत लाभांश वितरण गर्ने, बैंकले दशैंअघि साधारणसभा गर्ने तयारी
काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनलले १७ प्रतिशत लाभांश वितरण गर्नेभएको छ । भदौं १ गते बसेको बैंक सञ्चालक समितिले गत आर्थिक वर्ष २०७३/७४ को वितरण योग्य मुनाफाबाट उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो । गत असार मसान्तसम्ममा बैंकको चुक्ता पूँजी ६ अर्ब ९२ करोड १,६ लाख रुपैयाँ छ । उक्त पुँजीको १६ प्रतिशत बोनस शेयर र सोमा लाग्ने करको लागि १ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । साथै, प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र यस बैंकको आगामी ११औ साधारण सभाबाट स्वीकृत भए पश्चात मात्र वितरण हुने बैंकका प्रबक्ता गणेशराज पोखरेलले बताए । बैंकले दशैंअघि नै ११औ साधारणसभा गर्ने तयारी भईरहेको जनाएको छ ।
परम्परागत तीज, जाँडसहितको दिवा भोज र कट्टु डान्स
तीज एक सांस्कृतिक पर्व हो । हिन्दु धर्मालम्वि नारीहरुको महान पर्व तीज नेपाल लगायत विश्व भर जहाँ जहाँ हिन्दु छन् त्यस क्षेत्रमा मनाईने गरिदै आएको ईतिहास छ । बिशेष गरेर तीज पर्व हिन्दु नेपाली महिलाहरुको एक छुट्टै बिशेष पर्व हो । यो पर्वमा महिलाहरु वर्षौंदेखि टाढिएका दिदी–बहिनी, आमा, भाउजु तथा अन्य आफन्तहरुसंग भेटघाट गर्ने र आफ्ना शुख–दुख साटासाट गर्ने गर्छन । यो पर्व हिमालय पर्वतपुत्री भगवान पार्वतीको पालादेखि नै मनाउदै आईएको विस्वास रहेको छ । पार्वतीले भगवान शिव पति पाउ“ भनि निराहार व्रत गरेको र त्यसै व्रतको प्रभावले गर्दा उनले महादेवलाई पतिको रुपमा पाएको बिस्वास गरी अबिबाहिताले असल पति प्राप्ति होस भनि तथा विवाहहिता महिलाले पतिको दीर्घायु एवं उत्तर उत्तर प्रगतिको कामना गरी व्रत बस्ने प्रचलन रहिआएको छ । आपसमा दिदी बहिनीहरु जमघट भई नाचगान गरी दुखलाई भुलेर शुख साट्ने पर्वका रुपमा तीज मनाउने गरिन्छ । नेपाल कृषि प्रधान मुलुक भएकाले बर्खाभरी खेतीपातीमा व्यस्त रहेका दिदी बहिनिहरु तीज पर्वलाई थकाई मेटाउने पर्वका रुपमा पनि लिने गर्दछन् । तर पछिल्लो पुस्ताका दिदी बहिनीहरुले भने यस पर्वको महत्व बिपरित हुनेगरी यस पर्वलाई मनाई रहेकाछन् । तीजको मर्मलाई वास्तै नगरि गरिने अनेक किसिमका गतिबिधिले तीज पर्वको महत्व घट्दो क्रममा रहेको छ । तीज भनेको बिशेषगरी एक सांस्कृतिक पर्व हो । यस पर्वमा आपसमा दिदी बहिनीहरुले आफ्नो दुःख तथा बेदना, पराई घरको भोगाई, सासु तथा नन्द आमाजुहरुको ब्यबहार अनि माईती घर जन्मदिने आमा बुबा तथा दाजुभाई दिदी बहिनीलाई सम्झिएर गीत मार्फत ब्यक्त गर्दथे । तर हाल त्यो प्रचलनमा गिरावट आई तीज पर्व नुन बिनाको तरकारी जस्तै बनेको आभास हुने गरेको छ । तीजको अर्को महत्वपूर्ण पक्ष भनेको दर खाने हो । दर भनेको तीजको व्रतको अघिल्लो रात माईती घरमा गएका चेलिबेटिहरुले आमाले पकाएको विभिन्न प्रकारका मिस्ठान्न भोजन, घिउ, खिर आदि खानुलाई दर खाने भनिन्छ । उक्त खानेकुराहरु मध्यरातमा उठेर खाने प्रचलन रहेको छ ताकि त्यो दरको आडले भोलिपल्टको व्रतमा पानी पनि नखाई दिनभर नाचगान रमाईलो गर्न सकुँ । तर हाल दर खाने प्रचलन परिवर्तन गरेर एक, दुई महिना पहिल्यैबाट दर खाने चलन चलेको छ । यस्तो बिकृतिले भोली तीज भन्नेपनि पर्व थियो रे भन्ने दिन नआउला भन्ने ठाउँ छैन । तीजको मर्म तथा महत्वलाई वास्तै नगरि विकृति दिन प्रतिदिन बढिरहेको कुराले सबैको मनमा तरगं पैदा गरेको छ । त्यतिमात्र हैन तीज भनेको नाचगानको पर्व पनि हो । सासुले गरेको व्यबहार कर्मघरको दुःख र नारीको बेदनालाई उजागर गरेर गीत गाउने तथा नाच्ने प्रचलन छ । रातो सारी तीजको बिशेष पहिरन हो । रातो सारीमा सजिएकी एक नारी पक्कैपनि राम्री नदेखिने त कुरै हुँदैन । तीजको लागि श्रीमतीलाई रातो सारी र गरगहना किनिदिन पुरुषले पर्देशमा समेत गएर कमाएर आफ्नी संगीनिलाई खुशी बनाउने गरिन्छ । त्यसरी ज्यादै रमाईलो यो पर्व हाल आएर खस्किदै गइरहेको छ । तीज गीतको नाममा परिवारसंग चेलिबेटिहरुसंग समेत संगै बसेर हेर्न नसकिने भिडियो निर्माण गर्ने महिनौ अगाडीबाटै कमाईको लाीि युट्युबमा हाल्ने परम्पराले यस पर्वको खिल्लि उडाईरहेको छ । तीजको गीत भनेको सभ्य भाषा सबैले बुझ्ने खालको र नारीको पिर मर्का र बेदनामा रचिएको हुनु पर्ने हो । दुई चार जना भाईरसहरु धनको दम्बमा आफुलाई आम नारीको प्रतिनिधि मानि आम नेपाली नारीहरुको मनमा चोट पु¥याई रहेका छन् । तीजका गीत तीजको कुनै मर्मबिनै बजारमा आउनाले तीज पर्वको भविश्य कमजोर बन्दै गएको छ । यसतर्फ राज्यले ध्यान दिन सकिरहेको छैन । कट्टु लगाएर नाचेको गीतलाई तीज गीत भनेर बजारमा ल्याउने चलनले गर्दा तीजको गरिमा दिन प्रतिदिन घटिरहेको आभाष हुन्छ । तीजलाई कमाईको भाँडो सम्झिने कलाकारहरु कुन समाजमा के को लागि म जिउँदै छु सचेत भएर सोचुन, र तीजलाई तीजकै रुपमा मनाउन पाईयोस । दिउँसै जाँड खाएर दर भन्दै हल्लिएर हिड्ने नारीले पनि सोचोस भावी पुस्तालाई हामीले हाम्रो संस्कृति र परम्पराबारे जानकारी गराई उनीहरुलाई सभ्य बनाउनु पर्छ भनेर । र एक दिन हाम्री आमाले मनाए जस्तै तीज होस चेलिबेटिहरुलाई सर्दैव सम्मान गर्न पाईयोस समाजका शिक्षित र बुझेका भनेकाहरुले सोचुन । यो बर्षको तीजले सम्पुर्ण नारी जगतको कल्याण होस चाँडै सतबुद्धि प्राप्त होस सबैमा । त्यसो हुन सकेमात्र नारीलाई लक्ष्मीको रुपमा सम्मान गर्न सकिन्छ । बेलकोठगढी ९, नुवाकोट ।
गुराँश लाईफको खुदनाफा ३ करोड १० लाख, प्रतिसेयर आम्दानी ५ रुपैयाँ मात्र
काठमाडौं । गुराँश लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षमा खुदनाफा ४५ लाख रुपैयाँ बढाएको छ । गत आवको असारसम्म गुराँशले ३ करोड १० लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा उसको खुदनाफा २ करोड ६६ लाख रुपैयाँ मात्र थियो । गुराँशले शनिबार सार्वजनिक गरेको गत आवको अपरिष्कृत वित्तीय विवरणअनुसार बिमा शुल्क आम्दानी २४.५८ प्रतिशत बढेर १ अर्ब २१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कम्पनीले ९७ करोड रुपैयाँ मात्र बिमा शुल्क आर्जन गरेको थियो । हालसम्म कुल बिमा शुल्क आर्जन ४ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । कुल दावी भुक्तानी रकम २८ करोड ३९ लाख रुपैयाँ भएकोमा गत आवसम्म १५ करोड ६३ लाख रुपैयाँ दावी भुत्तानी गरेको कम्पनीले जनाएको छ । हालसम्म १ लाख ६२ हजार ८१३ बिमालेख जारी गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ २३ पैसा छ ।
रुग्ण आयोजनाको छानविन गर्न समिति गठन, दोषी कर्मचारीलाई कावाही गर्ने
काठमाडौं । सरकारले विभिन्न कारणबाट रुग्ण हुन पुगेका आयोजनाको छानविन गरी समधान खोज्ने भएको छ । सहरी विकास मन्त्रालयले भवन निर्माण विभाग अन्तर्गतका रुग्ण आयोजना छानविन गरी समस्या समाधान गर्न ‘रुग्ण आयोजनाकछानविन तथा समस्या समाधान समिति’ गठन गरेको छ । मन्त्रालयले सचिवस्तरीय निर्णय गरी यस्ता आयोजनाको छानविनका लागि मन्त्रालयका सहसचिव द्वारिका श्रेष्ठको संयोजकत्वमा ५ सदस्य छानविन समिति गठन गरेको छ । समितिले मन्त्रालय मातहत मुलुकभरी सञ्चालित आयोजनाको अवस्थाको पहिचान गर्ने र फाइल झिकाई अध्ययन गर्ने, निर्माण व्यवसायी, कर्मचारी कसको कमी कमजोरीले आयोजना रुग्ण भएको हो, पहिचान गर्ने मन्त्रालयले जनाएको छ । त्यसैगरी आवश्यकताअनुसार निर्माण व्यवसायी एवमं सम्बद्ध कर्मचारीसंग मौखिक वा लिखित बयान लिने, कमी कमजोरी गर्नेलाई कारवाहीको सिफारिस गर्ने अधिकार समितिले पाएको छ । यस्तै रुग्ण आयोजना सम्पन्न गर्न लिनुपर्ने पहलकदमी बारे पनि समितिले सिफारिस गर्नेछ । श्रेष्ठको अध्यक्षतामा गठित समितिले १५ दिनभित्र प्रतिवेदन पेश गर्ने मन्त्रालयले जनाएको छ । छानविनका लागि छानविन समिति गठन गरेको नभई आयोजनालाई गति दिन चाहेको सहरी विकासमन्त्री प्रभु साहले बताए । “हामीले छानविनका लागि छानविन गर्न खोजेका होइनौं” उनले भने “छानविनले दोषी देखाएकालाई कारवाही गर्दछौं ।” पहिचान गरी दोषीलाई कारबाही गरेपछि आगामी दिनमा यी र यस्ता आयोजनाहरुको प्रगतिमा सुधार आउने उनको भनाई छ । समितिले प्रतिवेदन पेश गरेपछि रुग्ण आयोजनाका दोषीलाई काराबाही गर्न सहज हुने मन्त्रालयका प्रवक्ता डा. रमेश सिंहले जानकारी दिए । सिंहले आयोजनाहरु रुग्ण हुनुमा ठेकेदार, कर्मचारी कसको दोष हो ? पहिचान भएका दोषीलाई कारबाही गर्ने जानकारी दिए । पछिल्ला समयमा आयोजनाको काम निर्धारित समयमा नहुने भएपनि समयमा नसकिने, ठेकेदार र आयोजना प्रमुखको लापरवाहीले आयोजनामा ढिलाइ हुने गरेको छ । जसका कारण आयोजनाको काम समयमा सम्पन्न नहुने र लागत पनि बढ्ने गरेको छ । मन्त्रालयअन्र्तगतको मेलम्ची खानेपानी आयोजनको प्रगति न्युन छ । ठेकेदारले विभिन्न वाहना गरेर आयोजनाको काममा ढिलाइ गरिरहेको छ । दैनिक ३५ मिटर सुरुङ खन्नुपर्नेमा १७ मिटर मात्र खनेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
बाढी पहिरोले पशुपंक्षी क्षेत्रमा १० अर्बको क्षति, एक लाख कुखुरा नष्ट, तीन लाख उद्योग प्रभावित
काठमाडौं । लगातार वर्षाका कारण आएको बाढी, पहिरो, र डुबानले तराई र पहाडी क्षेत्रमा पशुधनको मृत्यु तथा उत्पादन नष्ट भई १० अर्ब रुपैयाँको नोक्सान भएको छ । भदौ २ गतेसम्म प्राप्त विवरण अनुसार विभिन्न पशुधनको मृत्यु तथा पशुजन्य सामाग्रीको नष्ट भई १ अर्ब ३७ करोड ७८ लाख रुपैयाँ क्षति भएको पशु विकास मन्त्रालयले जनाएको छ । क्षति हुने पशुपंक्षीमध्ये सबै भन्दा बढी कुखुरा छन् । तथ्यांक अनुसार करिब एक लाख सात हजार ७६ कुखुरा नष्ट भएको छ । करिब ४४ हजार ५५० खसी र बाख्राको क्षति भएको मन्त्रालयले बताएको छ । यसै गरी पशुजन्य उत्पादन तर्फ २ अर्ब ५० करोड १० लाख रुपैयाँ र १ अर्ब ३७ करोड पशुजन्य सामाग्री गरी कुल ३ अर्ब ८७ करोड ८८ लाख रुपैयाँ प्रत्यक्ष क्षति भएको अनुमान छ । साथै विभिन्न पशुजन्य उत्पादनमा पर्ने असरलाई अनुमान गर्दा अनुमानित क्षति ६ अर्ब ३० करोड रुपैयाँ बराबरको क्षति भएको मन्त्रालयले जानकारी दिएको छ । पशुजन्य उत्पादन मध्ये दुधमा प्रत्यक्ष रुपमा २ अर्ब ४० करोड क्षति भएको छ । अप्रत्यक्ष रुपमा ४ अर्ब ८० करोड बराबरको क्षति भएको छ । अण्डा उत्पादनमा मात्रै प्रत्यक्ष रुपमा १० करोड १० लाख रुपैयाँको क्षति भएको छ । यसमा १ अर्बको अप्रत्यक्षरुपमा क्षति भएको मन्त्रालयले जानकारी दिएको छ । बाढि र पहिरोबाट पशुपालक कृषकहरुमा परेको समस्याको समस्या तत्काल सम्बोधन गर्न तथा उद्धार राहतका कार्य सञ्चालन गर्नको लागी विभिन्न प्रयासहरु गरेको मन्त्रालयले जानकारी दिएको छ। उद्दारका प्रयास पशुपन्छीधन क्षतिका सम्बन्धमा तत्काल उद्धार तथा राहत प्रदान गर्न केन्द्रस्तरमा केन्द्रीय प्राकृतिक प्रकोप उद्धार तथा राहत समिति, सेन्ट्रल ¥यापिड रेस्पोन्स टिम र ५ वटै क्षेत्रहरुमा क्षेत्रस्तरमा क्षेत्रिय प्राकृतिक प्रकोप उद्धार तथा राहत समिति गरी तीनवटा समितिहरु गठन गर्ने निर्णय गरेको छ। पशुधन क्षतिका सम्बन्धमा तत्काल उद्धार तथा राहत वितरण गर्न केन्द्रीय प्राकृतिक प्रकोप उद्धार तथा राहत समिति, सम्बन्धित क्षेत्रिय प्राकृतिक प्रकोप उद्धार तथा राहत समिति, सम्बन्धित जिल्ला पशु सेवा कार्यालयले अन्य सम्बन्धीत निकायहरुसंग समन्वय गरि आवश्यक स्रोत तथा साधन परिचालन गर्नेछ । यसका लागि जिल्ला दैवी प्रकोप उद्धार समिति, स्थानिय तह लगायतसंग समन्वय गर्ने मन्त्रालयले जानकारी दिएको छ । आवश्यक राहत सामाग्री (पशुपन्छी आहार–पराल, दाना, घाँस , पशुपन्छी रोग उपचार तथा रोग नियन्त्रणका लागि आवश्यक औषधी, खोप, निसंक्रमण सामग्री पशु सेवा विभाग अन्तरगतका कार्यक्रम निर्देशनालयहरु, केन्द्रीय कार्यालयहरु, क्षेत्रिय पशु सेवा निर्देशनालय तथा जिल्ला पशु सेवा कार्यालयहरु र स्थानिय तह संग संमन्वय गर ि सामग्री उपलब्ध गराउने निर्णय गरेको छ । दुध उत्पादनमा क्षति प्रत्यक्ष स् २ अर्ब ४० करोड अप्रत्यक्ष स् ४ अर्ब ८० करोड अण्डा उत्पादनमा क्षति प्रत्यक्ष १० करोड १० लाख अप्रत्यक्ष १ अर्ब अन्य ५० करोड अविरल वर्षाका कारण भएको पशुधन क्षतिको विवरण संख्या पशुधन तथा पशु जन्य सामग्री अनुमानित क्षति १ गाई/गोरु ११, ९०० २ राँगा/भैंसी ५३, ०० ३ खसी/बाख्रा ४४५५० ४ बंगुर २२६५० ५ कुखुरा १०७०७६ ६ खोर/गोठ १५१६०० ७ पशु आहरा ५००००० ८ पशु जन्य उद्योग ३००००० जम्मा १ अर्ब ३७ करोड ७८ लाख
तीन साताभित्रै सिँचाइ सुविधा पुयाइने
विराटनगर । सुनसरी मोरङ सिँचाइ आयोजनाले बढीमा तीन साताभित्र सिँचाइ सुविधा पु¥याउनका लागि सक्रिय भएर लागेको जनाएको छ । साउन २७ र २८ को अविरल वर्षाका कारण १७ ठाउँमा टुटेको मूलनहर मर्मतका लागि प्राविधिकका साथै स्थानीय उपभोक्ता कार्यरत रहेकाले तीन साताभित्र सिँचाइको व्यवस्था मिलाइने सो आयोजनाले जनाएको छ । सुनसरी र मोरङ जिल्लाका ६८ हजार हेक्टर जग्गामा सिँचाइ पु¥याउँदै आइरहेको यस नहरको लम्बाइ चतरादेखि मोरङसम्म ५३ किलोमिटर छ । मूलनहरको मर्मत भएपछि लोहन्दासम्म ४२ किलोमिटरको क्षेत्रमापर्ने शाखामा सिँचाइको व्यवस्था पूर्ववत् रुपमा चालु हुनेछ । लोहन्दाको साइफनमा क्षति भएकाले त्यसको मर्मतमा लामोसमय लाग्ने भएकाले बाहुनी, झमनपुर, बरियाती, नयाँपटी, चिसान, माइनर, आमझोरा, रजनी, धमनपुर, हर्कपुर माइनर शाखा अवरुद्ध भएका छन् । लोहन्द्रास्थित आयोजनाको आन्तरिक १५३ मिटरको लम्बाइको पुल पनि क्षतिग्रस्त भएको छ । ती शाखा अवरुद्ध भएपछि तल्लो क्षेत्रका १२ हजार ५०० हेक्टर जग्गामा सिँचाइ सुविधा पु¥याउनका लागि वैकल्पिक व्यवस्था गर्न लागिएको सो आयोजनाका प्रमुख कुञ्जनभक्त श्रेष्ठले जानकारी दिए। धानबालीमा तत्कालै सिँचाइ गराउनुपर्ने भएकाले सो क्षेत्र भएर बग्ने खोला, खोल्साको पानीलाई ती शाखामा छिराएर सिँचाइको प्रबन्ध मिलाउन थालिएको उनले बताए । यसैबीच, दुई दिनको अविरल वर्षाका कारण सो आयोजनामा कराँैडो मूल्य बराबरको क्षति भएको जनाइएको छ । प्रारम्भिक तथ्यांकअनुसार अनुमानित रु ७० करोड बराबरको क्षति भएको आयोजना प्रमुख श्रेष्ठले बताए । अबिरल वर्षाका कारण साउन २६ गते बिहीबार साँझ नै मूलनहर बन्द गरिएकाले मूलनहर र शाखामा थप क्षति भएन् । सो नहरको उत्तरपट्टिका गाउँ बाढीले ढुबाउन थालेपछि स्थानीयवासीले नहरको डिल (बाँध) काटेर पानीको निकास गराएका थिए । सुनसरीको झुम्कादेखि माथि चार ठाउँमा दतकिचा खोलाले काटेको थियो भने स्थानीयवासीले ड्रेन र पूर्वी किनार काटेर बाढीको पानी नहरमा प्रवेश गराएका थिए ।
कित्ताकाट गरी जग्गा बिक्रीवितरण गर्न नपाएकोमा घरजग्गा व्यवसायीको आपत्ति
काठमाडौं । घरजग्गा व्यवसायीले सरकारको जग्गाको कित्ताकाट गरी घडेरीको रुपमा बिक्री वितरण मा रोक लगाउने निर्णयको विरोध गरेको छ । भूमिसुधार तथा व्यवस्था मन्त्रालयले घरजग्गा व्यवसायीहरुले स्वतन्त्ररुपमा पेशा व्यवसाय गर्न पाउने हक र आमनागरिकलाई आफ्नो सम्पत्तिसम्बन्धी संवैधानिक तथा कानूनी हकको उपयोग गर्नबाट बञ्चित गरेको आरोप लगाउदै नेपाल जग्गा तथा आवास विकास संघले सो निर्णयप्रति आपत्ती जनाएको हो । मन्त्रालयले साउन २६ गते कृषियोग्य जग्गा कुनै पनि प्रकारले खण्डीकरण (कित्ताकाट) गरी घडेरीको रुपमा बिक्री वितरण गर्न÷गराउन रोक लगाउने निर्देशन जारी गरेको थियो । सरकारको यो कदमले सम्बन्धित निकायबाट कानून बमोजिम प्लानिङ्ग पर्मिट लिएका घरजग्गा व्यवसायीहरुलाई खिन्न र निरुत्साहित बनाएको उनीहरुको आरोप छ । साउन ३२ गते बसेको संघको कार्य समितिको बैठकमा संघका अध्यक्ष तथा व्यवस्थापिका–संसद्का सांसद ईच्छाराज तामाङ्गको नेतुत्वमा १७ सदस्यीय प्रतिनिधमण्डलले भूमिसुधार तथा व्यवस्था मन्त्री डा. गोपाल दहितज्यूलाई भेटी सो निर्देशन फिर्ता लिनका लागि आग्रह गर्दै ज्ञापनपत्र बुझाएको छ । मन्त्रीले उक्त निर्देशनका कारण कुनै बाधा नपुग्ने र कुनै बाधा अढ्चन परे त्यसलाई फुकाउन मन्त्रालय सकारात्मक रहेको आश्वासन दिएको संघले जानकारी दिएको छ।