विकासन्युज

एनपीएल अक्सनमा अधिकांशको रोजाइमा परेका चार खेलाडी, तोकेभन्दा ५० प्रतिशत बढी मूल्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)  को दोस्रो सिजनको अक्सनमा चारवटा खेलाडी धेरै रुचाइएका छन् । शनिबार भएको अक्सनमा चारवटा खेलाडी अधिकतम १५ लाख रुपैयाँमा बिक्री भए । ती चारवटै खेलाडीलाई खरिद गर्नका लागि अधिकांश टीम तयार भए ।  तर, लक्की ड्रमार्फत भाग्यमानी टीमले उनीहरूलाई पाउन सफल भए । अक्सनमा सबैभन्दा बढी रुचाइएका ए क्याटेगोरीका खेलाडी हुन् मोहम्मद आदिल आलम । जसको लागि आठवटै टिमले बोलकबोल गरे ।  लक्की ड्रमार्फत् उनी काठमाण्डू गुर्खाजमा आवद्ध भए । १५ लाख रुपैयाँमा उनलाई पाउन गुर्खाज भाग्यवानी सावित भयो । यस्तै, पवन सर्राफ, देव खनाल र अर्जुन साउदलाई पनि दुईभन्दा बढी टिमले बोलकबोल गरे । पवनका लागि कर्णाली, चितवन, लुम्बिनी र विराटनगरले अन्तिमसम्म बोली लगाएका थिए । तर, उनलाई पाउन कर्णाली भागमानी बन्यो । उनी पनि १५ लाखमा बिक्री भए ।  अक्सनमा अर्जुनलाई पाउनका लागि चितवन, कर्णाली र विराटनगरबीच प्रतिस्पर्धा भएको थियो । लक्की ड्र मार्फत चितवनले उनलाई १५ लाखमा अनुबन्ध गर्‍यो ।  यस्तै, देव खनाल पनि १५ लाखमा बिक्री भए । अक्सनमा चितवन राइनोज र लुम्बिनी लायन्सले १५ लाख रुपैयाँको नै बोली लगाएपछि गोलाप्रथाबाट चितवन राइनोज भाग्यमानी सावित भयो । उनी यसअघि कर्णाली याक्समा थिए ।  ‘ए’ श्रेणीमा रहेका खेलाडीको न्यूनतम मूल्य १० लाख र अधिकतम मूल्य १५ लाख रुपैयाँ निर्धारण गरिएको थियो । अक्सनमा ए खेलाडीको १० लदाख तोकिए पनि उनीहरू भने त्यसको ५० प्रतिशत बढी मूल्यमा बिक्री भए । ‘ए’ श्रेणीमा कुल आठजना खेलाडी रहेका थिए । 

फोटोन नेपालको मेगा मनसुन सर्भिस क्याम्प आजदेखि सुरु

काठमाडौं । फोटोन नेपालले देशभरका सबै आधिकारिक सर्भिस सेन्टरहरूमा आफ्नो बृहत् मेगा मनसुन सर्भिस क्याम्प आइतबारदेखि औपचारिक रूपमा सुरु गरेको छ । फोटोन सवारी धनीहरूलाई वर्षायामका चुनौतीपूर्ण परिस्थितिका लागि सवारीलाई तयारी अवस्थामा राख्न सहयोग गर्नुका साथै सुरक्षा र उत्कृष्ट प्रदर्शन सुनिश्चित गर्न क्याम्पको आयोजना गरिएको हो । सर्भिस कार्यक्रमले पिकअप ट्रक, इलेक्ट्रिक भ्यान, मिनी ट्रकदेखि लिएर हेभी कमर्सियल गाडीसम्मका सबै फोटोन सवारीसाधनलाई समेट्ने फोटोनको आधिकारिक वितरक एमएडब्लू वृद्धि कमर्शियलले जनाएको छ । सहभागीहरूले क्याम्प अवधिभर स्पेयर पाट्र्स, सर्भिस चार्ज र लुब्रिकेन्टमा १५ प्रतिशतसम्म छुटको फाइदा लिन सक्नेछन् ।  प्याकेजमा निःशुल्क सवारी वाश र ग्रिजिङ सेवा समेत समावेश छ, जुन वर्षायामको हिलो सडकमा विशेष लाभदायक हुनेछ ।  साथै ग्राहकहरूका लागि निःशुल्क आँखाको स्वास्थ्य परीक्षण पनि उपलब्ध हुने जनाइएको छ । मेगा मनसुन सर्भिस क्याम्प दुई महिनासम्म नेपालभरका आधिकारिक सर्भिस नेटवर्कमा सञ्चालन हुनेछ । 

टीभीएस रोनिन २२५–२०२५ एडिसन ‘मिडनाइट ब्लु’ नाइमा एक्स्पोमा सार्वजनिक

काठमाडौं । जगदम्बा मोटर्सले नाइमा अटोमोबिलिटी एक्स्पोमा  ‘मिडनाइट ब्लु’ रंगमा टीभीएस रोनिन–२२५ २०२५  एडिसन सार्वजनिक गरेको छ ।  विशिष्ट डिजाइन, बहुउपयोगी प्रदर्शन र उन्नत राइडर– केन्द्रित सुविधाहरूका कारण बाइकले मोटरसाइकल प्रेमीहरूको ध्यान खिच्न सफल भयो । ‘मिडनाइट ब्लु’ रोनिन २२५ ले अत्याधुनिक प्रविधि, परिष्कृत इन्जिनियरिङ र अनुकूल प्रदर्शन संयोजन गरेको छ। बाइकमा रहेको परिष्कृत इन्जिन स्मूथ टर्क डेलिभरी र उत्तरदायी थ्रोटल प्रदर्शनका लागि ट्युन गरिएको छ । राइडरहरूले सजिलै ‘अर्बन’ र ‘रेन’ राइडिङ मोडबीच स्विच गर्न सक्ने कम्पनीले जनाएको छ । २०२५ एडिसनमा थुप्रै परिष्कृत सुविधाहरू समावेश छन् । स्मार्ट एक्स कनेक्ट, डुअल-च्यानल एबीएस मोड, अपसाइड–डाउन (यूएसडी) फ्रन्ट फोक्र्स, एडजस्टेबल लेभरहरू र राइडिङ मोड (रेन र अर्बन) रहेको छ ।   

जी रामायना होटलमा हनुमानको मूर्ति स्थापना, कालीदास बाबाले गरे उद्घाटन

काठमाडौं । काठमाडौंको सोर्‍हखुट्टेमा सञ्चालित जी रामायना होटलमा हनुमानको मूर्ति स्थापना भएको छ । हनुमानको मूर्तिको उद्घाटन भारतका प्रसिद्ध धर्मगुरु कालिदास बाबाले गरेको होटलका अध्यक्ष उमेश गुप्ताले जानकारी दिए ।  उनका अनुसार मूर्ति उद्‍घाटनको लागि कालिदास बाबा आइतबार बिहानै होटल आइपुगेका थिए । उनलाई अध्यक्ष गुप्ता र होटलकै सञ्चालक साजन शाक्यले स्वागत गरेको थिए ।  नेपालमा कालिदास बाबाको आगमनले भारतमा पर्यटनको राम्रो प्रचारप्रसार हुने र नेपालको पर्यटनमा टेवा पुग्ने शाक्यले बताए । उनका अनुसार नेपालमा सबैभन्दा धेरै पर्यटक भारतबाट आउने गरेको छ । शाक्यले भने, ‘उहाँले नेपालको हस्पिटालिटी, स्थानीय खानाको बारेमा राम्राे प्रतिक्रिया दिनु भएको छ । यसले भारतका अन्य पर्यटकहरू नेपाल आउन थप प्रोत्साहित हुने विश्वास लिएको छौं ।’  

ऋणको संकटमा फँस्दै अमेरिका, ३७ ट्रिलियन डलरको आँकडा पार

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्थतन्त्रबारे ठूला-ठूला दाबी गर्दै आए पनि देशको बढ्दो ऋण रोक्न भने उनी असफल देखिएका छन् ।  अमेरिकाको ऋण पहिलो पटक आधिकारिक रूपमा ३७ ट्रिलियन डलर पार गरेको छ । ४ जुलाईमा ‘वन बिग ब्युटिफुल बिल एक्ट’ लागू भएपछि मात्र देशको ऋण ७८० अर्ब डलरले बढेको छ, जसको मतलब दैनिक २२ अर्ब डलरको वृद्धि हो । अमेरिका अहिले ऋणको संकटमा दिनप्रतिदिन अझै फँस्दै गएको छ। महामारीपछि मात्र अमेरिकाको कर्जा १४ ट्रिलियन डलरले बढेको छ । अहिलेको अवस्था यस्तो छ कि अमेरिका दैनिक ३ अर्ब डलर ब्याज तिर्नमै खर्च गरिरहेको छ । यसले देखाउँछ कि ट्रम्पले अर्थतन्त्रबारे जे दाबी गरे पनि देशको कर्जा स्थिति क्रमशः भयावह बन्दै गएको छ ।  यदि यसमा चाँडै सुधार भएन भने सरकारसँग विकासका अन्य कार्यका लागि रकम रहने छैन र सम्पूर्ण पैसा कर्जा तिर्नमै खर्च हुनेछ । गत हप्तामात्र सरकारले १० वटा लिलामीमार्फत ७२४ अर्ब डलरका बन्ड बेचेको थियो । अमेरिकाले विभिन्न देशबाट आउने सामानमा भारी मात्रामा ट्यारिफ लगाएको छ । भारत र ब्राजिलबाट आउने वस्तुमा ५० प्रतिशत ट्यारिफ लगाइएको छ । ट्रम्पको दाबी छ कि यसबाट आउने आम्दानीले अमेरिका फेरि धनी बन्नेछ ।  मंगलबार ट्रम्पले भनेका थिए, ‘मैले गरिरहेको मुख्य उद्देश्य कर्जा तिर्नु हो । तर मलाई लाग्छ अर्को सम्भावना यो पनि छ कि हामी यति धेरै पैसा संकलन गर्दैछौं कि अमेरिकाका जनतालाई डिभिडेन्डसमेत दिन सक्छौं ।’ अमेरिकाको ऋण वृद्धि लामो समयदेखि जारी छ । दोस्रो विश्वयुद्धपछि अमेरिकी संघीय ऋण स्थिर रूपमा बढ्दै आएको हो, तर खासगरी सन् १९८० को दशकदेखि यसको वृद्धि दर तीव्र हुन थाल्यो । राष्ट्रपति रोनाल्ड रेगनको पालामा कर कटौती र रक्षा खर्च बढेकाले संघीय घाटा र ऋण दुवै बढे । सन् २००० को दशकमा राष्ट्रपति जर्ज डब्ल्यू बुसको कार्यकालमा अफगानिस्तान र इराक युद्धका साथै कर कटौतीका कारण ऋण अझ चुलियो । त्यसबेलासम्म अमेरिकी ऋण करिब ६ ट्रिलियन डलरको हाराहारीमा थियो। सन् २००९-०९ को वित्तीय सङ्कटपछि राष्ट्रपति बाराक ओबामाको कार्यकालमा ठूलो आर्थिक प्रोत्साहन प्याकेज ल्याइयो, जसले ऋण १० ट्रिलियन डलरभन्दा माथि पुर्‍यायो। डोनाल्ड ट्रम्पको पहिलो कार्यकाल (२०१-२०२१) मा पनि कर कटौती र सरकारी खर्च बढेकाले ऋण वृद्धि तीव्र रह्यो । २०२० मा कोभिड-१९ महामारीपछि आर्थिक राहत प्याकेजहरूका कारण अमेरिकी ऋण छोटो समयमा नै २७ ट्रिलियन डलरभन्दा माथि पुगेको हो । जो बाइडेनको पालामा (२०२१ देखि) थप राहत कार्यक्रम, पूर्वाधार खर्च र सामाजिक सुरक्षा कार्यक्रमका कारण ऋण अहिले ३७ ट्रिलियन डलर नाघेको हो । ४ ट्रिलियन डलर क्लबमा एनभीडीया, एआई क्रान्तिको अग्रणीले रच्यो नयाँ इतिहास  

जनकपुरमा रेल र कार ठोक्किए

महेन्द्रनगर । जनकपुरधाम उपमहानगरपालिका-९ ब्रह्मपुरीस्थित थापा चोक नजिक आइतबार बिहान रेल र एक कार एक आपसमा ठोक्किँदा दुर्घटना भएको छ । बागमती प्रदेश०१-०२५च १२९० नम्बरको कार आज बिहान ८ः३० बजे महोत्तरीको पिपराढी स्टेशनबाट जनकपुरधामतर्फ आउँदै गरेको नेपाल रेल्वेको रेलसँग ठोक्किएको हो । दुर्घटना रेलमार्ग नजिकैको ‘क्रसिङ एरिया’मा भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बरुणबहादुर सिंहले जानकारी दिए । स्थानीय प्रत्यक्षदर्शीहरूका अनुसार रेलले कारलाई ठक्कर दिँदा ठूलो आवाज आएको थियो । कारमा तीन जना सवार थिए । उनीहरूलाई सामान्य चोटपटक लागेको छ भने कारमा ठूलो क्षति पुगेको छ  ।  दुर्घटनापछि केही समय रेल सेवा अवरुद्ध भएको जनाइएको छ भने सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता सिंहले जानकारी दिए ।   

नाइमामा एनटर्क डिस्क एफआईका आकर्षक नयाँ रङहरू सार्वजनिक

काठमाडौं । टीभीएस नेपालले नाइमा अटो मोबिलिटी शोको तेस्रो दिन आफ्नो एनटर्क डिस्क एफआई स्कुटरको नयाँ कलर भेरियन्ट सार्वजनिक गरेको छ ।  एनटर्क डिस्क एफआई स्कुटर टर्कोइस ब्लु र नार्दो ग्रेका दुई आकर्षक रङ्गहरूमा सार्वजनिक भएको हो । आधुनिक यात्रुहरूलाई ध्यानमा राखी डिजाइन गरिएको एनटर्क डिस्क एफआईमा स्मार्ट प्रविधि र पफोर्मेंसलाई संयोजन गरिएको छ ।  परिष्कृत १२४.८ सिसीको ३–भल्भ फ्युल–इन्जेक्टेड इन्जिनले यो स्कूटरलाई सहज र शक्तिशाली बनाउँछ, जसले करिब ४५ किलोमिटर प्रतिलिटरको माइलेज दिने दावी कम्पनीको छ ।  रेसिङ शैलीबाट प्रेरित यसको आकर्षक डिजाइन र टि-आकारको एलईडी टेल ल्याम्पले नेपाली सडकहरूमा सबैको ध्यान आकर्षण निश्चित छ । नेपाली बजारको लागि २ लाख ८२ हजार ९०० मूल्य  निर्धारण गरिएको नयाँ एनटर्क डिस्क एफआई भेरिएन्टहरूमा यस सेगमेन्टमै अगाडि रहने विशेषताहरू समावेश गरिएका छन् । शैली, सुरक्षा र स्मार्ट फिचरको समायोजनले यो स्कुटरलाई आफ्नो क्लासमा एक उत्कृष्ट विकल्प बनाएको छ । पाँच दिनसम्म चल्ने यो अटो शोमा ५० भन्दा बढी स्थानीय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूले गाडी, इलेक्ट्रिक सवारी (ईभी), हाइब्रिड र वातावरणमैत्री सवारीहरू प्रदर्शन गर्नेछन् ।

नाइमा नेपाल मोबीलिटी एक्स्पो २०२५ मा बेनेली र मोर्बिडेलीको उपस्थिति

काठमाडौं ।  अटोमोबाइल प्रदर्शनी नाइमा नेपाल मोबीलिटी एक्स्पो २०२५ मा विश्वप्रसिद्ध मोटरसाइकल ब्रान्डहरू बेनेली र मोर्बिडेली ले आकर्षक अफर र नवीन मोडलहरूको प्रदर्शनमार्फत राइडिङ प्रेमीहरूलाई रोमाञ्चक अनुभव दिलाएका छन् । कम्पनीका अनुसार बेनेलीले आफ्नो लोकप्रिय 125cc Panarea स्कुटरमा रु ५० हजारको विशेष छुट र अन्य मोडलहरूमा अधिकतम रु १ लाखसम्मको नगद छुटको घोषणा गरेको छ। यी अफरहरूले ग्राहकको आकर्षण बढाउँदै कम्पनीको स्टलमा भीड निरन्तर बढिरहेको देखिन्छ । उता, मोर्बिडेलीले पहिलोपटक नेपाली बजारमा आफ्ना दुई नयाँ एड्भेन्चर मोटरसाइकलहरू – T250X र T352X – सार्वजनिक गरेको छ । विशेष रूपमा साहसिक राइडिङका लागि डिजाइन गरिएका यी मोडलहरूले शक्ति, शैली र टिकाउपनको अद्वितीय संयोजन प्रस्तुत गर्छन् । मोडेलहरूको डिजाइन, ग्राउन्ड क्लियरेन्स र परफर्मेन्सले दर्शक र सम्भावित ग्राहकहरूबाट व्यापक प्रशंसा प्राप्त गरेको छ, जसले नेपाली एड्भेन्चर बाइक बजारमा नयाँ आयाम थप्ने संकेत दिएको छ । 'हामी नेपाली राइडरहरूको जोश र उत्साहलाई सम्मान गर्छौं । बेनेली र मोर्बिडेलीले नाइमा नेपाल मोबीलिटी एक्स्पो २०२५ मा आफ्नो उत्कृष्ट मोटरसाइकलहरू र विशेष अफरहरू प्रस्तुत गर्न पाउँदा गर्व गर्छौं,' कम्पनीका नेपाल सेल्स तथा मार्केटिङ म्यानेजर नवराज घिमिरेले बताए । मोर्बिडेलीको स्टल नं. C5 मा आगन्तुकहरूले निःशुल्क टेस्ट राइडको सुविधा लिन सक्नेछन् । साथै, विशेष छुट र आकर्षक उपहार योजनाले पनि मोटरसाइकलप्रेमीहरूको आकर्षण बढाएको छ । बेनेली र मोर्बिडेलीको यो उपस्थिति केवल बिक्रीको मौका मात्र नभई नेपाली मोटरसाइकल संस्कृतिमा नयाँ प्रविधि, शैली र साहसिक अनुभवको नयाँ अध्याय सुरु गर्ने अवसरका रूपमा हेरिएको छ ।