२३ महिना केपी ओली सरकार ढल्दैनः माधव नेपाल
कठमाडौं, २९ बैशाख । पुर्व प्रधानमन्त्री तथा एमाले बरिष्ठ नेता माधव कुमार नेपालले अझै २३ महिनासम्म केपी ओली नेतृत्वको सरकार नढल्ने बताएका छन् । सिन्धुलीमा आयोजीत एक कार्यक्रममा बरिष्ठ नेता नेपालले देशमा अझै २३ महिनासम्म संक्रमण रहने र ओली नेतृत्वकै सरकारलाई संक्रमणकाल चिर्ने बताएका हुन । कांग्रेसतर्फ इशारा गर्दै नेता नेपालले बोत्तल फोर्दैमा सरकार नढल्ने बताए । ‘सरकार ढाल्ने र बनाउने खेलमा धेरैले बोत्तलफोडेको सुनेको छु’, उनले भने, ‘बोत्तल फोर्दैमा सरकार ढल्दैन । यही सरकार अझै कम्तीमा २३ महिना टिक्छ ।’ नेता नेपालले भने ‘अहिलेको आवश्यकता भनेको राष्ट्रिय सहमतिको सरकार हो, सबै पक्ष मिलेर देशलाई अग्रगतितर्फ लैजानुपर्छ । प्रधानमन्त्रीको हुने लफ्डा गर्नु भन्दापनि देश बनाउने कुरामा सबै राजनैतिक शक्तिहरु एकै ठाउँमा आउनुपर्छ ।’ भूकम्प पीडितहरुका लागि सरकारले छिट्टै अनुदान रकम दिनुपर्नेमा उनले जोड दिए । भ्रष्टाचार र ढिलासुस्तीलाई प्रमुख दुष्मनको रुपमा लिँदै समृद्धितर्फ देशलाई लैजानुपर्ने उनको भनाइ छ । ‘सुशासन र विकास अहिलेको मुख्यआवश्यकताहो, त्यसकालागि सबै एकजुट भएर लाग्नुपर्छ,’ उनले भने ।
ब्रिटिस गोर्खाले बढाए बेलायती सरकारलाई दिएको अल्टिमेटम
काठमाडौ, १२ बैशाख । समान, तलब, पेन्सन, सुविधा र अवसरलगायतको माग राख्दै लामो समयदेखि आन्दोलनरत व्रिटिस गोर्खा सत्याग्रह संघर्ष समितिले बेलायति सरकारलाई दिएको अल्टिमेटमको समय बढाएको छ । यसअघि आजसम्मको अल्टिमेटम दिएकोमा त्यसलाई बढाएर असार १७ गतेसम्मको समय दिएको समितिले आईतवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
कांग्रेस संसदीय दलको निर्वाचनमा शेरबहादुर देउवा विजयी
काठमाडौं , २४ चैत । नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा विजयी भएका छन् । बुधबार भएको निर्वाचनमा नेता रामचन्द्र पौडेललाई पराजित गर्दै देउवा दलको नेता निर्वाचित भएका हुन् । केही महिना अगाडी भएको १३ औं महाधिवेशनमा पनि पौडेललाई नै पराजित गर्दै देउवा सभापति बनेका थिए । बुधबारको निर्वाचनमा कुल २०६ मत खसेकोमा देउवाले १३९ मत पाएका छन् भने पौडेलले ६७ मत मात्र पाएका छन् ।पार्टी छाडेको घोषणा गरेका सांसद सुरेन्द्र चौधरीले पनि मतदान गरेका छन् । महाधिवेशनका क्रममा क्षेत्रमै पराजित भएपछि उनले कांग्रेस पार्टी छाडेको घोषणा गरेका थिए ।
बजेट मार्फत आयो अनिवार्य बीमाको प्रावधान, ५ प्रतिशत लघु बीमा नगरी नहुने
काठमाडौं, १९ जेठ । अबदेखि बीमा कम्पनीहरुले गर्ने कूल ब्यवसायको ५ प्रतिशत लघु बीमा गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कुल कर्जाको निश्चित प्रतिशत कर्जा रकम विपन्न बर्गमा जानै पर्ने ब्यवस्था गरे जस्तै गरी लघुबीमा पनि अनिवार्य गरिएको छ । सरकारले आगामी आर्थिक बर्षको लागि ल्याएको बजेट मार्फत यस्तो कार्यक्रम ल्याएको हो । सो कार्यक्रम विषेश गरेर दुर्गम ग्रामीण क्षेत्रसम्म बीमाको पहुच पुर्याउने उद्देश्यले आएको बीमा समितिका निर्देशक राजु पौडेलले जानकारी दिए । १ लाख रुपैयाँभन्दा कम रकमको बीमालाई समितिले लघु बीमा अन्तरगत राखेको छ । ‘बीमा कम्पनीहरुले आफ्नो बीमा सेवाको न्यूनतम ५ प्रतिशत लघु बीमामा अनिवार्य रुपमा प्रवाह गर्नुपर्ने ब्यवस्था मिलाएको छु, यसवाट कृषि, पशु र अन्य साना ब्यवसायको जोखिम कम न्यून हुने विश्वास लिएको छु,’ अर्थमन्त्री विष्णु पौडलले १५ जेठमा ब्यवस्थापिका संसदमा पेश गरेको बजेट बक्तब्यमा उल्लेख गरिएको छ । लघु बीमा कार्यक्रम जीबन र निर्जीबन दुबै प्रकारका कम्पनीको हकमा लागू हुने समितिको भनाइ छ । ‘बीमाको पहुच दुर्गम ग्रामीण इलाकासम्म पुर्याउने उद्देश्यले यस्तो कार्यक्रम राखिएको हो,’ समितिका निर्देशक पौडेलले भने । बीमा समितिले यसअघि नै पशुपक्षी तथा कृषि बाली बीमा गराउनको लागि बीमा कम्पनीहरुलाई जिल्ला नै तोकेर जिम्मेवारी दिएको छ । सो ब्यवस्था अनुसार सवै कम्पनीले आफ्नो भागमा परेका जिल्लाहरुमा शाखा कार्यालय स्थापना गरेर सेवा संचालन गरिरहेका छन् । अहिले अनिवार्य गरिएको यस्तो ब्यवस्था लागू गर्न पनि कम्पनीहरुले तिनै संयन्त्र मार्फत गर्न सक्ने अनुमान समितिको छ ।
२० औं वार्षिकोत्सवमा नेको इन्स्योरेन्सको सचेतना कार्यक्रम
काठमाडौं, १८ जेठ । नेको इन्स्योरेन्स लिमिटेडले २० औं वार्षिकोत्सवका अवसरमा इन्स्योरेन्स सम्बन्धी सचेतना मुलक कार्यक्रम आयोजना गरेको छ । कम्पनीले आम मानिसमा इन्स्योरेन्स बारे चेतना जगाउने उदेश्यले केन्द्रिय कार्यालय अनामनगरदेखि बिभिन्न स्थानमा इन्स्योरेन्स सचेतना कार्यक्रम आयोजना गरेको हो । कम्पनीले सो अवसरमा निर्जिवन बीमाका बारेमा अन्तरक्रिया कार्यक्रमहरु समेत आयोजना गरेको थियो । पुर्ण सरकार स्वामित्व रहेका कम्पनीमा राष्ट्रिय बाणिज्य बैंक र कोष व्यवस्थापन कम्पनी लिमिटेड लगायतका लगानी रहेको छ ।
गुँरास लाईफ इन्स्योरेन्सको रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौं, १८ जेठ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले आठौ बर्ष पुरा गरि नवौैं बर्षमा प्रवेश गरेको छ । सोहि अवसरमा कम्पनीले केन्द्रीय कार्यालय तिनकुने, काठमाडौं तथा क्षेत्रीय कार्यालय बिर्तामोड अन्तर्गत ईटहरीमा सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम सञ्चालन गरेको छ । सो अवसरमा गुँरास लाईफ इन्स्योरेन्स केन्द्रीय कार्यालयमा १०० जनाले रक्तदानमा भाग लिएका थिए । साथै क्षेत्रीय कार्यालय बिर्तामोड अन्तर्गत ईटहरीमा ६६ जनाले रक्तदान गरेका कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । नेपाल रेडक्रस सोसाइटीको सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।
भूकम्प र नाकाबन्दीको वर्षमा पनि बीमा शुल्क ४० प्रतिशत वृद्धि भएको छ
करिव १० महिना अघिदेखि गुराँस लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समाल्नु भएका शंकरप्रसाद दाहाल जीवन बीमा क्षेत्रमा नयाँ अनुहार हो । तर निर्जीवन बीमा र बैकिङ क्षेत्रको अनुभव लामो छ । उहाँले राष्ट्रिय वाणिज्य बैंकमा करिव ३५ वर्ष काम गर्नुभएको थियो । उहाँले प्रडेन्सियल इन्स्योरेन्स कम्पनीमा करिव ४ वर्ष उच्च व्यवस्थापनमा बसेका काम गर्नु भएको थियो भने एनएलजी इन्स्योरेन्स कम्पनीमा साढे दुई वर्ष सञ्चालक समिति सदस्य भएर काम गर्नुभयो । गुराँस लाईफमा उहाँले के गर्नु भयो, आगामी योजना के छन् ? प्रस्तुत छ उहाँसँग गरिएको विकास वहस ।
एनसीसी, कुमारीसहित ६ बैंकको मर्जरमा गतिरोध आयो, आफैले गरेको सम्झौता तोडिदै
काठमाडौं, २० जेठ । सनराइज बैंकले नारायणी नेशनल फाइनान्स लिमिटेडलाई प्राप्ती गर्ने सम्बन्धी अन्तिम सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकको तर्फबाट संचालक समितिका अध्यक्ष मोती लाल दुगड र फाइनान्सको तर्फबाट संचालक समितिका अध्यक्ष लक्ष्मीदास मानन्धरले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार शेयरधनीहरुको सहमती लिने गरि दुबै संस्थाको विशेष साधारणसभा यही २०७३ जेष्ठ २० गते बोलाइएको छ । विशेष साधारण सभाबाट प्रस्ताव पारित भईसकेपछि अन्तिम स्वीकृतीको लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिने बैंकले जनाएको छ । राष्ट्र बैंकबाट अन्तिम स्वीकृत प्राप्त गरी आगामी आषाढ मसान्त भित्रै एकिकृत कारोबार प्रारम्भ गर्ने योजना रहेको बैंकले जनाएको छ । प्राप्ती पष्चात सन्राइज बैंकको चुक्ता पूँजी ४ अर्ब पुग्ने, शाखा संख्या ६७ पुग्नुका साथै निक्षेप ५० अर्ब र कर्जा ४३ अर्ब पुग्ने जानकारी बैंकको विज्ञप्तिमा उल्लेख छ ।