फास्ट ट्रयाकमा गाडी दौडाउने तयारी, अस्थायी रुपमा संचालन गर्न सकिने अवस्थामा
काठमाडौं । नेपाली सेनाले खोलेकोे काठमाडौं–तराई फास्ट ट्रयाकको ७० किलोमिटर सडकखण्डमा सरकारले यातायात सञ्चालनको तयारी गरेको छ । कुल ७६ दशमलव ४ किलोमिटर लामो सडक योजनामध्ये अहिलेसम्म ७० किलोमिटरको मात्र ट्र्याक खोलिएको छ । काठमाडौं–तराई(मधेस फास्ट ट्रयाक सडक आयोजनाका प्रमुख सत्येन्द्र शाक्यका अनुसार छैमलेदेखि सिस्नेरी–दोभान–निजगढ हुँदै लेनडाँडासम्म सुक्खायाममा यातायात सञ्चालन हुनेछ । ललितपुरको सैंबु, खोकना, बुङमती र डुकुछाप क्षेत्रमा अझै ६ दशमलव ४ किलोमिटरमा पर्ने जग्गा खरिद तथा मुआब्जासम्बन्धी काम बाँकी रहेको छ । यही क्षेत्र हुँदै फास्ट ट्र्याक निर्माण हुने भए पनि जग्गा प्राप्ति भइनसकेकाले वैकल्पिक सडकका रूपमा छैमलेदेखि सिस्नेरी–दोभान हुँदै फास्ट ट्रयाक भेट्ने गरी यातायात सञ्चालन सुरु गर्न लागिएको हो । ‘यातायात सञ्चालन गर्न ट्रयाक सफा गर्ने काम भइरहेको छ,’ आयोजना प्रमुख शाक्यले भने, ‘मिति किटान गर्न नसके पनि चाँडोभन्दा चाडो यातायात सञ्चालनमा ल्याउँदै छौँ ।’ आयोजना कार्यालयले निजगढ र छैमले दुवैतिरबाट सवारी गुड्न सक्ने ट्र्याक तयारीको काम भइरहेको जनाएको छ । त्यसका लागि दुवैतिरबाट डोजरले काम गरिरहेका छन् । केही दिनअघि गरिएको स्थलगत निरीक्षणले पनि हिउँद याममा सवारीसाधन गुड्न सक्ने सम्भावना रहेकाले सञ्चालनको तयारी थालिएको आयोजना प्रमुख शाक्यले जानकारी दिए । सेनाले ०६६ देखि ७० सालसम्म चार वर्ष लगाएर एक सय १० किलोमिटर ‘पाइलट ट्रयाक’ खोलेको थियो । आयोजनाको जग्गा प्राप्तिमा मात्र ६ अर्ब आवश्यक फास्ट ट्र्याकका लागि आवश्यक जग्गा प्राप्ति गर्न मात्रै कुल ६ अर्ब २४ करोड रुपैयाँ आवश्यक पर्ने भएको छ । त्यसमध्ये काठमाडौं–तराई(मधेस फास्ट ट्र्याक सडक आयोजनाले अहिलेसम्म तीन अर्ब २४ करोड रुपैयाँबराबरको रकम ट्रयाक खोल्न र जग्गाधनीलाई मुआब्जा वितरणमा खर्च गरेको छ । त्यसमध्ये ९४ करोड ४४ लाख रुपैयाँ भने ट्र्याक खोल्न खर्च भएको छ । अझै दुई अर्ब ८० करोड रुपैयाँ आवश्यक पर्ने आयोजना प्रमुख सत्येन्द्र शाक्यले जानकारी दिए । आयोजनाले ७० किलोमिटर सडकका लागि आवश्यक जग्गा प्राप्ति गरिसकेको छ । यो आवश्यक जग्गा अधिग्रहणमध्ये ९३ प्रतिशत हो । बाँकी रहेको ६ दशमलव ४ किलोमिटर सडकका लागि दुई अर्ब ८० करोड रुपैयाँ आवश्यक रहेको आयोजना कार्यालयले जानकारी दिएको छ । ललितपुरको सैंबु, खोकना, बुङमती र डुकुछाप क्षेत्रमा पर्ने ९६।४ किमि० जग्गा प्राप्ति गर्न मुआब्जामा विवाद भएपछि अझै वितरण हुन पाएको छैन । सो क्षेत्रका बासिन्दाले जग्गाको मूल्य निर्धारण कम भएको भन्दै निर्धारित मुआब्जा लिन मानेका छैनन् । ‘उपत्यकाको जग्गा भएकाले चलनचल्तीको दरभन्दा धेरै मूल्य राखि“दा पनि स्थानीयले असन्तुष्टि देखाएका छन्,’ आयोजना प्रमुख सत्येन्द्र शाक्यले भने । तर, यही क्षेत्रमा मुआब्जामा चित्त बुझाएका धरधनीलाई ४० करोड रुपैयाँ भने वितरण गरिसकेको छ । जग्गा प्राप्तिबाहेक समस्या भएको क्षेत्रमा रहेका घर, टहरा, बोट–विरुवालगायतको मूल्य थप २० करोड रुपैयाँ आवश्यक पर्ने जिल्लाको मूल्य निर्धारण समितिले अनुमान गरेको छ । आयोजनाका आगामी कार्यक्रम स् आयोजना कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष ०७४(७५ भित्र जग्गा अधिग्रहन तथा मुआब्जा भुक्तानीको काम सम्पन्न गरिनेछ । त्यस्तै, उपयुक्त खरिद प्रक्रिया छनोट गरी पाँच वर्षभित्रै आयोजनालाई सम्पन्न गर्ने तयारी गरिएको छ । आयोजनालाई इपिसी ९इन्जिनियरिङ, प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन० विधिबाट निर्माण गर्ने तयारी भइरहेको छ । आयोजनाको वातावरणीय अध्ययन प्रतिवेदन ९ चैत ०७२ मा स्वीकृत भइसकेको छ । नयाँ पत्रिका दैनिकबाट ।
७ सय ५० मेगावाटको पश्चिम सेती अन्योलमा
काठमाडौं । गत ३ माघमा नेपाल विद्युत् प्राधिकरण र चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसनबीच ७ सय ५० मेगावाटको पश्चिम सेती आयोजना निर्माणका लागि संयुक्त उपक्रम सम्झौता (जेभिए)मा प्रारम्भिक हस्ताक्षर हुँदा सबै उत्साहित भएका थिए। उत्साहित हुने एउटै कारण थियो– करिब २० वर्षदेखि चर्चामा रहेको आयोजना अब बन्ने भयो। हस्ताक्षर भएको थाहा पाएपछि आयोजनास्थल सुदूरपश्चिमका बैतडी, बझाङ, डडेल्धुरा र डोटी आशामा झनै खुसी बने। उत्साहित हुँदै प्राधिकरण सञ्चालक समितिले समेत हस्ताक्षर भएको तेस्रो दिनमै जेभिएलाई अनुमोदन गर्यो। प्राधिकरण र थ्री गर्जेज इन्टरनेसनलको सञ्चालक समिति ९बोर्ड०ले पारित गरेपछि मात्रै जेभिएमा अन्तिम हस्ताक्षर हुने सहमति भएको थियो। प्रारम्भिक हस्ताक्षर भएको एक महिनाभन्दा बढी भयो, तर थ्री गर्जेज इन्टरनेसनल जेभिएका बारेमा अलिहेसम्म मौन छ। कम्पनीले न त जेभिए अनुमोदन गरे(नगरेको जानकारी दिएको छ न के भइरहेको छ त्यसबारेमा केही बताएको छ। यसले गर्दा चिनियाँ लगानीमा आयोजना बन्ला भन्दै जाग्न थालेको आशा निराशामा बदलिने हो कि भन्ने चिन्ता बढ्न थालेको छ। ‘थ्री गर्जेज बोर्डले जेभिए अनुमोदन गरे(नगरेको अहिलेसम्म कुनै जानकारी पाएका छैनौँ,’ लगानी बोर्डका प्रवक्ता एवं सहसचिव मधुप्रसाद भेटुवालले भने, ‘कम्पनीको निर्णयलाई पर्खिएर बसिरकेका छौँ।’ खर्च पुँजीकरणको जटिलता अझै फुकेन जेभिएमा प्रारम्भिक हस्ताक्षर भएको केही दिनपछि चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसन अध्यक्ष लु गोउजुनले लगानी बोर्डलाई सोधेका थिए, ‘अहिलेसम्म आयोजनाको सम्भाव्यता अध्ययनमा भएको खर्चको पुँजीकरणमा के भइरहेको छ रु पश्चिम सेतीलाई चिनियाँ सरकारले औपचारिक रूपमा स्वीकृति गर्नुभन्दा पहिले हामीले सम्भाव्यता अध्ययनमा गरेको खर्चलाई पुँजीकरण गरी आयोजनामा निर्माण गर्न खोलिने कम्पनीमा हाम्रो इक्विटीमा समावेश हुने व्यवस्था गरिदिनुपर्छ।’ यसका लागि नेपाल राष्ट्र बैंकसँग समन्वय गरिदिन उनले लगानी बोर्डलाई आग्रह गरेका छन्। ‘कम्पनीले आयोजनामा गरेको प्रारम्भिक खर्चलाई पुँजीकरण गर्न पाउने व्यवस्था गरिदिन राष्ट्र बैंकसँग पत्राचार गरिएको छ, धेरैपटक छलफलसमेत भएको छ,’ बोर्डका प्रवक्ता भेटुवालले भने, ‘तर, अहिलेसम्म केही भएको छैन, निर्णय पर्खिएर बसेका छौँ।’ उनले पुँजीकरणका लागि राष्ट्र बैंकसँग छलफल भइरहेको जानकारी कम्पनीलाई दिइएको बताए। राष्ट्र बैंकले स्वीकृति दिएपछि मात्रै अहिलेसम्म भएको खर्च लागतमा पुँजीकरण हुनेछ। त्यसपछि मात्रै कम्पनी खोल्ने प्रक्रिया अगाडि बढ्नेछ। चिनियाँ कम्पनीले आयोजनास्थलसम्म पुग्ने सडक सुदृढीकरण, कर्मचारी आवास बनाउन, आयोजनास्थलको भौगर्भिक अन्वेषणका लागि ड्रिलिङलगायतका काम आफ्नै खर्चमा गरेको थियो। अध्ययन आयोजना निर्माण गर्न खोलिने कम्पनीमार्फत गर्ने समझदारी भएको थियो। तर, कम्पनी खोल्नमै ढिलाइ भएपछि समस्या देखिएको हो। निर्माण कम्पनीमा प्राधिकरण र थ्री गर्जेजको क्रमशः २५ र ७५ प्रतिशत सेयर रहनेछ। कम्पनीले स्थानीयवासीलाई १० प्रतिशत सेयर दिनेछ। आयोजनाको अनुमानित लागत १ खर्ब ६० अर्ब रुपैयाँ छ। आयोजनाको लगानी २५ प्रतिशत इक्विटी र ७५ प्रतिशत ऋणबाट जुटाउने प्रस्ताव गरिएको छ। नेपालभित्रै विद्युत् खपत हुने गरी सार्वजनिक–निजी साझेदारी ९पिपिपी० मोडलमा निर्माण गर्न लागिएको हो। नयाँ पत्रिका दैनिकबाट ।
बूढीगण्डकी प्रभावित क्षेत्रमा एक जनाले पाए लाख रूपैयाँसम्म क्षतिपूर्ति
गोरखा । बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण हुँदा डुबानमा पर्ने जग्गाको मुआब्जा जग्गा धनीलाई वितरण सुरु गरेपछि आयोजनाले गति लिन थालेको छ । लामो समयदेखि आयोजनाबारे चर्चा भए पनि मुआब्जा वितरण हुन नसक्दा एक हजार २०० मेगावाट क्षमताकोे जलाशयुक्त यस आयोजनाले गति लिन सकेको थिएन । बूढीगण्डकी जलविद्युत् निर्माण हुँदा गोरखाका १४ र धादिङका १३ गाविसको करिब ६० हजार रोपनी क्षेत्रफल जग्गा डुबान पर्छ । त्यसमध्ये पहिलो चरणमा गोरखाका घ्याल्चोक, दर्वुङ, भुम्लिचोक गाविसका प्रभावित बासिन्दालाई रकम वितरण सुरु भएको छ । मुआब्जा समितिका संयोजक समेत रहनुभएका गोरखाका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतका अनुसार घ्याल्चोकका १२ र दर्वुङका २० जना प्रभावितको बैंक खातामा बिहीबार मुआब्जा रकम पठाइएको छ । प्रभावित क्षेत्रका तीन गाविसका ७२० जनाले मुआब्जा पाउँ भन्दै बूढीगण्डकी विकास समितिको कार्यालय र मालपोत कार्यालयमा निवेदन दिएका थिए । घ्याल्चोक, भुम्लिचोक र दर्वुङका करिब एक हजारको जग्गा आयोजनाको डुबान क्षेत्रमा पर्ने भए पनि सतप्रतिशत प्रभावितले मुआब्जाका लागि निवेदन दिएका छैनन् । मुआब्जा समितिले रु चार करोड ७२ लाख ७२१ मुआब्जा रकम वितरण गरिएको जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार घ्याल्चोकको १९५२४ वर्गमिटर जग्गा र दर्बुङको १८,७५१.८३ वर्गमिटर जग्गाको मुआब्जा वितरण गरिएको हो । बिहीबार मुआब्जा पाएका प्रभावितले थोरैमा रु एक लाख र धेरैमा रु ८० लाखसम्म पाएका छन् । आयोजनाको डुबान क्षेत्रका बासिन्दाको राष्ट्रिय वाणिज्य बैंकमा खाता खोज्दै उक्त खातामा मुआब्जा रकम पठाइएको हो । अहिलेसम्म ९६ जनाको शून्य मौज्दातमा खाता खोलिएको शर्माले जानकारी दिनुभयो । घ्याल्चोकको सिउरेनीटारमा रहेको आयोजना विकास समितिको कार्यालयमा मुआब्जा लिने प्रयोजनका लागि निवेदन लिने काम भइरहेको छ । आयोजनाको विद्युत् गृह बन्ने स्थान अर्थात् तल्लो क्षेत्रका गाविसबाट डुबान पर्ने जग्गाको मुआब्जा वितरण सुरु गरिएको हो । सरकारले मुआब्जा वितरणका लागि रु दुई अर्ब ५० करोड निकासा गरिदिएपछि मुआब्जा वितरणले गति लिएको हो । गोरखाको दोस्रो ठूलो व्यापारिक केन्द्र आरुघाट बजार र धादिङको खहरे बजारको मुआब्जा तोक्न बाँकी छ । गोरखा र धादिङका अन्य क्षेत्रको भने यसअघि नै मुआब्जा रकम तोकिएको थियो । प्रतिरोपनी रु पाँच लाख २५ हजारदेखि आठ लाख ३५ हजारसम्म मुआब्जा दिने गरी मुआब्जा तोकिएको भए पनि प्रभावित क्षेत्रका बासिन्दाले उचित मुआब्जा नदिएको भन्दै गृह मन्त्रालयमा मुआब्जा पुनरावलोकन गर्न निवेदन दिएपछि त्यसउपर सुनुवाइ भएको छैन । बूढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय सरोकार समितिका अध्यक्ष तथा प्रभावित क्षेत्रका बासिन्दा हरेराम ढकालले मुआब्जा पुनरावलोकनको माग सुनुवाइ नहुँदै मुआब्जा समितिले मुआब्जा वितरणमा हतार गरेको आरोप लगाउनुभयो । जग्गाको मुआब्जा दिएर मात्रै नपुग्ने भन्दै ढकालले घर, गोठ, रुख, फलफूललगायतको पनि उचित मुआब्जा दिनुपर्ने प्रभावित क्षेत्रका बासिन्दाको माग रहेको बताउनुभयो । रासस
पाँच बर्षमा साढे ६२ प्रतिशतले बढ्यो अमेरिका निर्यात, ३६ अर्बका नेपाली उत्पादन अमेरिकी बजारमा
काठमाडौं । नेपालले पछिल्लो पाँच आर्थिक बर्षमा ३६ अर्बका उत्पादन अमेरिका निर्यात गर्न सफल भएको छ । नेपालले आर्थिक बर्ष २०६८/६९ देखि आव २०७२/७३ सम्ममा ३६ अर्ब एक करोड मूल्य बराबरका नेपाली उत्पादन अमेरिका निर्यात गरेको हो । यो पाँच बर्षमा नेपालको अमेरिका निर्यात ६२ दशमलब ७२ प्रतिशतले वृद्धि भएको छ । आर्थिक बर्ष २०६८/६९ मा पाँच अर्ब ५५ करोड मूल्य बराबरका नेपाली बस्तु अमेरिका पठाइएका थिए भने गत आवमा यो ९ अर्ब ३४ करोडमा पुगेको छ । आव २०६९/७० मा ५ अर्ब ७५ करोड, आव २०७०/७१ मा ७ अर्ब ५८ करोड र आव २०७१/७२ मा ७ अर्ब ७९ करोड मूल्य बराबरका नेपाली उत्पादनले अमेरिकी बजार प्राप्त गरेका छन् । नेपालबाट बिभिन्न ६१० वटा उत्पादन अमेरिका निर्यात भएका छन् । नेपाली कफि, ग्रीन टी, चिज, यार्सागुम्बा, पास्ता, ससेज, फर्निचरका समान लगायत निर्यात हुँदै आएको छ । नेपाललाई अमेरिकाले उपलब्ध गराएको ड्युटी फ्रि सुबिधाको उपयोग गर्न सकिए नेपाल उत्पादनले अमेरिकी बजारमा ठुलो हिस्सा पाउने सक्ने अवस्था छ ।
नेप्से परिसूचक ३१ दशमलब ८९ अंकले ओरालो, दुई अर्ब ७४ करोडको सेयर कारोबार
काठमाडौं । यो साता नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३१.८९ अंकले घटेर अन्तिम दिन १३३७.४६ अंकमा पुगेको छ । साताभर दुई अर्ब ७४ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । सातामा पाँचै दिन कारोबार भएको बजारमा १५५ कम्पनीको ६२ लाख ३४ हजार तीन सय ५० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । परिसूचक ओरालो लागेपनि कारोबार रकम गत साताको भन्दा ६ दशमलब ४३ प्रतिशतले बढेको छ । गत साता १५५ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार २९३२७ कारोबारबाट दुई अर्ब ५८ करोड १४ लाख १५ हजार रुपैयाँ बराबरका ७९ लाख सात हजार सात सय २० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए । साताभर बजारमा कारोबार भएका प्राय सबै परिसूचक ओरालो लागेका छन् । बजारमा कारोबार भएका बीमा समूहको परिसूचक सबैभन्दा बढी अंक २५० अंकले ओरालो लागेको छ । त्यस्तै, वाणिज्य बैंक, वित्त, जलविद्युत, विकास बैंक र होटल समूहको परिसूचक क्रमशः ३३.३२, २०.८६, २०.०६, १३.७५ र ११.३ अंकले ओरालो लागेका छन् । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ७.२८ अंकले घटेर २९०.८८ अंकमा आईपुगेको छ । यस साता पनि सबैभन्दा बढी बैंक अफ काठमाण्डूको १४ करोड ८८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यसैगरी कारोबार भएको सेयर संख्याको आधारमा एनआईबीएल सम्वृद्धी फण्ड १ र कारोबार संख्याको आधारमा पनि बैंक अफ काठमाण्डू नै अग्रस्थानमा रहेको छ ।
उद्योग मन्त्रालय र एनआरएनए जापानबीच सम्झौता, विश्वभरि नेपाली उत्पादनको बजार विस्तार गर्ने
काठमाडौं । जापानलगायतका मुलुकमा नेपाली उत्पादनको प्रवद्र्धनका गर्न उद्योग मन्त्रालय र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)बीच सम्झौता भएको छ । जापान भ्रमणमा रहेका उद्योगमन्त्री नवीन्द्रराज जोशी र एनआरएनए जापानका अध्यक्ष सुदन थापाबीच नेपाली उत्पादनलाई प्रवद्र्धन र प्रचारप्रसारमा विशेष भूमिका निर्वाह गर्न लिखित सम्झौता भएको उद्योग मन्त्रालयले जनाएको छ । सम्झौतापछि मन्त्री जोशीले प्रवासमा रहेका नेपालीले विदेशी सामग्रीको तुलनामा नेपाली सामग्री प्रयोगमा ल्याउन सकेमा नेपाली उद्योगको विकास तथा रोजगारीको अवसर बढ्ने बताउनुभएको उनका प्रेस सल्लाहकार प्रदीप चापागार्इंले जानकारी दिए । सम्झौतापछि एनआरएनएले विश्वभरि नेपाली उत्पादनको बजार विस्तार र उपयोगमा ल्याउन पहल गर्ने जनाएको छ । कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी, जापानका लागि नेपाली कार्यबाहक राजदूत कृष्णचन्द्र अर्याल, एनआरएनएका उपाध्यक्ष भवन भट्ट र एनआरएनए एसिया प्यासिफिकका संयोजक किरणविक्रम थापासमेतको सहभागिता थियो । त्यस्तै उद्योगमन्त्री जोशी र जापानको सत्तारूढ दल लिभर डेमोक्रेटिक पार्टीका महासचिव निकाई तोसिहिरोबीच टोकियोमा भेटवार्ता भएको छ । भेटमा उनीहरुबीच नेपालको औद्योगिक विकासमा जापानी सहयोग परिचालनका बारेमा छलफल भएको थियो ।
हिमालय एयरलाइन्सको याङगुन उडान शुरु, हप्ताको दुई दिन उडान भर्ने
काठमाडौं । हिमालय एयरलाइन्सले म्यानमारको याङगुनमा नियमित उडान शुरु गरेको छ । म्यानमारमा बस्ने ३ लाख नेपालीलाई लक्षित गर्दै हिमालय एयरलाइन्सले याङगुन उडान सुरु गरेको हो । हिमालय एयरलाइन्सले आफ्नो चौथो गन्तव्यका रुपमा याङगुन उडान थालेको हो । जहाजले बिहान १०ः५५ मिनेटमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट उडान भरेर २ः१५ मिनेटमा याङगुन विमानस्थलमा अवतरण गर्नेछ । काठमाडौं– याङगुन उडानले दुई देशको व्यापार तथा पर्यटन प्रवद्र्धनमा सहयोेग पुग्ने अपेक्षा गरिएको छ । हिमालयले हप्ताको दुई दिन सोमबार र शुक्रबार उडान भर्नेछ । म्यानमारका राजदूतावासका राजदूत ल्वीन आँ, पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्य र हिमालय एअरलाईन्स्का प्रशासन उपाध्यक्ष विजय श्रेष्ठ पनि म्यानमारको प्रथम उडानका यात्रुहरुसँगै सहभागी भएका थिए । विजय श्रेष्ठले भने ‘एसियाली क्षेत्रमा नेपालको बढ्दो हवाई सम्पर्कले नेपाली पर्यटन उद्योगमा टेवा पुर्याउने अभियानमा कोसेढुङ्गा थपिने अपेक्षा गरेका छौं’ उपाध्याक्ष श्रेष्ठले भने । काठमाडौं-याङगुन-काठमाडौंको शुरुवाती भाडादर सरकारी कर बाहेक २९ हजार ६ सय कायम गरिएको छ । म्यानमारका लागि युनिक एसिया ट्राभल एण्ड टुर्सलाई सेल्स एजेण्ट नियुक्त गरेको छ । नेपाली र चिनियाँ लगानी कर्ताको संयुक्त लगानीमा सञ्चालनमा रहेको कम्पनीले जेठ १८ २०७३ देखि दोहा, कतार र अक्टोबर १ देखि कोलम्बो उडान थालेको थियो । कम्पनीले चाडैँ दमाम, हङकङ, दिल्ली, अहमदावाद र चेन्नाई र दोश्रो चरणमा दुवई, बैंकक, वेइजीङ्ग, ल्हासा र चेंदगुलाई प्रत्यक्ष उडान भर्ने योजना बनाएको छ ।
हाम्रो विकास बैंकको २०० प्रतिशत हकप्रद आउँदै, धितोपत्र बोर्डमा आवेदन
काठमाडौं । हाम्रो विकाश बैंकले २०० प्रतिशत हकप्रद सेयर निष्कासनको लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले सेयरधनीलाई १ बराबर २ अनुपातमा हकप्रद दिन फागुन ११ गते बोर्डमा निवदन छ । बैंकले ३० करोड ५८ लाख ३३ हजार आठ सय ७५ रुपैयाँ बराबरको ३० लाख ५८ हजार ३३८ कित्ता शेयर निष्कासन गर्न लागेको हो । बैंकले सेयर निष्कासनको काम एनआईबीएल क्यापिटल मार्केटलाई दिएको छ ।