विकासन्युज

एनएमबि माइक्रोफाइनान्सको तीन दिने अर्ध वार्षिक समीक्षा गोष्ठी शुरु

काठमाडौं । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले तीन दिने अर्ध वार्षिक समीक्षा गोष्ठी २०७३ तथा धितो कर्जा सम्वन्धी तालिमको आयोजना गरेको छ । कम्पनीले  आर्थिक वर्ष २०७३/०७४ को लक्ष्य तथा उपलब्धीको लेखाजोखा र धितो कर्जा व्यवस्थापन गर्ने उद्धेश्यले सो कार्यक्रमको आयोजना गरेको हो । वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तिर्थरत्न कोनाजोले बुधबार एक कार्यक्रमकाबिच पोखरामा उक्त गोष्ठीको उद्घाटन गरेका छन् ।उद्घाटन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत कोनाजोले शाखाहरुले हालसम्म गरेका प्रगती प्रतिवेदन प्रस्तुत गर्ने, कार्यक्रम संचालनका क्रममा आइपरेका समस्याहरु र समस्या समाधानका लागि कर्मचारीले गरेका प्रयासहरुका वारेमा विचार विमर्श गरिने बताएका छन् । त्यसैगरी बैंकिङ्ग पहुँच नपुगेका ग्रामीण भेगका वासिन्दाहरुमा बैंकिङ्ग सेवा पुर्याउन सो भेगका उद्यमीहरुलाई काम गर्नका लागि सहज बनाउन धितो कर्जाको माध्यमबाट सेवा प्रदान गर्ने उद्धेश्यले धितो कर्जा प्रदान गर्दै आएको बताएका छन् । साथै, त्यसलाई अझ प्रभावकारी बनाउन धितो कर्जा सम्वन्धी तालिम प्रदान गर्न लागिएको कम्पनीले जनाएको छ । ३ दिन सम्म संचालन हुने सो कार्यक्रममा कम्पनीले चालु वर्षको छ महिनामा हासिल गरेका उपलब्धीहरु र आगामी दिनमा लक्ष्य पुरा गर्न आवश्यक रणनीति तर्जुमा गर्ने सम्बन्धि छलफल हुने छ । त्यसै गरी धितो कर्जा लगानीका लागि आवश्यक पर्ने सम्पुर्ण प्रक्रियाहरुको बारेमा जानकारी गराइने बताइएको छ ।

यूएईबाट आईएमई गर्दा घडी उपहार

काठमाडौं । नेपालको नम्बर १ रेमिटेन्स कम्पनी आईएमईले यूएईस्थित अल अहलिया एक्सचेन्जको कुनै पनि शाखाहरु मार्फत आईएमईबाट नेपाल पैसा पठाउने सेवाग्राहीहरुलाई घडी उपहारको व्यवस्था गरेको छ । योजनाअनुसार प्रथम कारोबारमा सेवाग्राहीहरुले एउटा कुपन प्राप्त गर्न सक्नेछन् । फेरि त्यही कुपन देखाएर दोस्रो कारोबार गरेमा घडी प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ । यो योजना यही फेब्रवरी महिनाबाट शुरु भई मार्च महिनाको अन्त्यसम्म लागु हुनेछ । प्रतिकारोबार एक हजार दिराम भन्दा माथिको रकममा मात्र यो योजना लागु हुने कम्पनीले जनाएको छ ।

ओट्टो मार्क मोबाइल अब नेपाली बजारमा, मूल्य १९ हजार ९९६ रुपैयाँ मात्रै

काठमाडौं । ओट्टो ब्राण्डका मोबाइल नेपाली बजारमा भित्रिएका छन् । लक्ष्मी ग्रुपको जेआइपीएलले ओट्टो ब्राण्डका मोबाइल नेपाली बजारमा भित्र्याएको हो । कम्पनीले बुधबार न्युरोडमा एक कार्यक्रमका बीच ओट्टो मार्क र ओट्टो रियो मोबाइल सार्वजनिक गरेको हो । ओट्टो मार्कमा ६ इञ्चको एचडी डिस्प्ले, ३ जीबी र्याम, ३२ जीबी रोम, ३८४५ एमएएचको ब्याट्री, १३ मेगा पिक्सेलको डबल फ्ल्यास क्यामेरा, दुई वटा सिम लाग्ने सुबिधा रहेको छ । फोरजी नेटवर्क सुबिधा सहितको ओट्टो मोबाइलमा रहेको छ । कम्पनीले ल्याएको अर्काे मोबाइल हो ओट्टो रियो । यसमा २ दशमलब ३ इञ्चको डिस्प्ले, एक दशमलब ५ मेगापिक्सेलको क्यामेरा, १५०० एमएएचको ब्याट्री, दुई वटा सिम, एमपी ३ र एमपी ४ को सुबिधा रहेको छ । जेआइपिएलका सेल्स मेनेजर सचिन उदासले नेपाली उपभोक्ताको रुची अध्ययन गरेर नयाँ ब्राण्डको मोबाइल ल्याएको बताए । उनले देशैभर व्यापक बजारीकरण गरिने जानकारी पनि दिए । नेपाली चलचित्र लुट २ का कलाकार दयाहाङ राई, सौगात मल्ल लगायतले ओट्टोका नयाँ मोबाइल सार्वजनिक गरेका थिए ।

व्याजदर वृद्धिले उद्योगी आक्रोशित, भन्छन्- यो बैंकले नाफा कमाउने बेला होइन

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघमा अध्यक्ष पशुपति मुरारकाले बैंकहरुले नाफा मात्र हेरेर ब्याजदर बढाइरहेको बताएका छन् । नेपाल बैकर्स एशोसिएनले बुधबार आयोजना गरेको कार्यक्रममा उनले भने ‘बैंक ब्यापार गर्न बसेको छ, यसरी ब्याजदर बढ्दै जाने हो भने रि पेमेन्ट तिर्न सक्ने अवस्थामा रहदैन ।’ पुरानो दरमा पैसा पाइदैन । यो ठूलो समस्या हो । ’ यो नाफा कमाउने बेला होइन । अहिले उद्योगमा जुन वृद्धि भइरहेको छ यसलाई निरन्तरता दिन सकिएन भने फरक पर्छ । एकातिर बैंकले तरलता समस्या आयो भन्ने अर्को तिर उच्च नाफा कमाउनै पर्ने, मुरारका थपे । तरलता समस्याको कारण बैंकहरुको कस्ट अफ फण्ड बढेको अनुपातको लागत ब्यहोर्न हामी तयार छौं । सहयोग बैंक र उद्योगी दुबै बीच हुनुपर्छ । अहिले कष्ट अफ फण्ड ०.५ देखि ०.७ प्रतिशतले मात्र बढेको छ । बैंकले कर्जाको ब्याजदर बृद्धि गरिसकेको छ । ब्याजदर बृद्धिले उद्योगीहरु आक्रोशित भएका छन् । यो ब्याजदर महिना दुई महिनामा परिवर्तन गर्न उनले बताए । जलविद्युत उद्यमी ज्ञानेन्द्रलाल प्रधानले बैंकले दुई प्रतिशत ब्याजदर बढाउँद जलविद्युत क्षेत्रको प्रतिफल १४ प्रतिशतले घट्ने बताए । बढ्दो लागतमा उत्पादन गरिएको विद्युत मह्गो विक्री गर्न सक्ने अवस्था छैन । ‘बिजुलीको मूल्य पहिला नै फिक्स छ ।’ परियोजना पुरा हुन नपाएपछि पुनः कहिले देखि लोडसेडिङको भार थेग्नु पर्ने हो थाहा छैन ।’ ब्याजदर बढ्दा मह्गो पर्न जाने ऋणका कारण नयाँ परियोजना सम्पन्न गर्न सकिने अवस्थामा छैन । ‘मत भन्छु हाइड्रोपावरमा लगानी गर्न छाडिदिनुस्, गर्दै हुनुहुन्छ भने फस्दै हुनुहुन्छ ।’ नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलले कर्जा निक्षेपको अनुपात सन्तुलन राख्न नसक्दा अहिलेको समस्या आएको बताए । यसको जिम्मेबार स्वयम् बैंकनै भएको उनले बताए । अहिले निक्षेप संकलन एक खर्ब १४ अर्बले बढेको छ भने कर्जा प्रवाह एक खर्ब ५८ अर्ब पुगेको छ । यहि कारणले बैंकहरु लागनी योग्य पूँजीको अवस्थामा पुगेका हुन् । बैंकिङ प्रणालीमा तरलताको समस्या नरहेको जानकारी दिए । ‘सोमबारसम्म प्रणालीमा ३० अर्ब अधिक तरलता थियो, बुधबारसम्म अझ सहज हुन्छ,’ उनले भने आईपीओको पैसा आएको छ, साढे पाँच अर्बको ट्रेजरी बिलको भुक्तान राष्ट्र बैंकले दिँदै छ । तरलता प्रवाह गर्न राष्ट्र बैंकले आफ्नो औजार प्रयोग गरिरहेको छ । सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले बैंक र उद्यमी एउटै सिक्का दुई पाटा भएकाले बैकर्सहरुको मर्म बुझ्नु पर्ने बताए । ‘बैंकहरुलाई नाफा नखाउ भन्दा अपाच्य लाग्छ, नाफा कमाउनु पर्छ,’ उनले भने ‘अनुचित तरिकाले होइन, शुसासनलाई पालना गरेर । व्यवसायी मात्र होइन उनले नियामक एवम् नीति निर्मातालाई भने ‘कर्जाको पहुँच रोकिनु हुन्न, नीति निर्माताले बिचार गर्नुपर्ने बिषय नै यहि हो ।’ नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले अहिलेको अवस्था तरलता अभावको अवस्था नभइ लगानी योग्य पुँजीको अभाव भएको अवस्था भएको बताए । ‘तपाईहरुलाई चाहिएको तरलताकी नाफा उनले प्रश्न गरे ‘बचतको ब्याजदर किन नबढाएको ।’ बैंकहरुले गत बर्षको मंसिर यता ३० प्रतिशतले कर्जा बृद्धि गरेको कारण अहिलेको समस्या आएको उनको ठम्याइ छ । राष्ट्र बैंकले उत्पादनमूलक क्षेत्रमा दिने पुनर्कर्जा देखि आवश्यकता अनुसार बिभिन्न मौद्रिक उपकरण मार्फत सहजता प्रदान गरेको उनले बताए । कार्यक्रममा फ्लोर खुला गरिएपछि बोलेका उद्योग बाणिज्य महासंघका उपाध्यक्ष शेखर गोल्छाले केहि बैंकले महत्वांक्षी कर्जा बिस्तार गर्दा यो अवस्था आएको बताए । ‘बैंकिङ क्षेत्रको समस्याको भार निजी क्षेत्रले मात्र बोक्नु नपर्ने बताउँदै लगानीकर्ताको लाभांश केहि खुम्चँदा फरक नपर्ने र अवस्थालाई बुझ्नु पर्ने उनको भनाइ थियो । नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकेशरी शाहले अब अर्को साताबाट ब्याजदरमा स्थायित्व आउने बताए । कर्जा दिने लगानी योग्य पूँजी नहुँदा ब्याजदर बढाउनु परेको बताए । कार्यक्रममा एसोसिएशनका उपाध्यक्ष किशोर महर्जनले तरलता अभाव, अहिलेको अवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गर्दै अहिलेको समस्या बैंकको मात्र नभइ अर्थतन्त्रकै चुनौति भएको बताए ।

फेब्रुअरी महिनालाई ‘आयोडिन मन्थ’का रुपमा मनाइँदै, नुनबारे जनचेतना बढाउने उद्देश्य

काठमाडौं । नेपाल सरकारले फेब्रुअरी महिनालाई ‘आयोडिन मन्थ’का रूपमा मनाउँदै आइरहेको छ । आयोडिनयूक्त नुनको प्रवद्र्धन तथा यससम्बन्धी जनचेतना बढाउने उद्देश्यले शुक्रवारदेखि १ महीनाभर विविध कार्यक्रम आयोजना हुने बताइएको छ । नेपालमा सरकारले सन् १९९८ देखि हरेक फेब्रुअरी महीनालाई ‘आयोडिन मन्थ’ घोषणा गर्दै विविध कार्यक्रम गर्दै आएको छ । युनिभर्सल साल्ट आयोडाइजेशन (यूएसआई)को सदस्य राष्ट्रको हैसियतमा नेपालले उक्त अभियान सञ्चालन गर्दै आएको छ । अभियानमा विद्यालय, समुदाय एवम गैर–सरकारी सङ्घ/संस्था, जनस्वास्थ्यसँग सम्बन्धित स्थानीय निकायलगायत सरोकारवालाहरूले प्रत्यक्ष सहभागी हुने बताइएको छ । आयोडिनको कमीबाट हुने शारीरिक एवम् मानसिक कमजोरीका सम्बन्धमा शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी तथा जनसमुदायलाई जानकारी दिन हाजिरी जवाफ, माइकिङ, चेतनामूलक सामग्री वितरणलगायत गतिविधि गरिने साल्ट ट्रेडिङ कर्पोरेशनले जानकारी दिएको छ । सरकारले विगत ५० वर्षदेखि साल्ट ट्रेडिङ कर्पोरेशनलाई आयोडिनयुक्त नुनको आधिकारिक विक्रेताको जिम्मेवारी दिएको छ । कर्पोरेशनका अनुसार सन् २०११ मा ‘नेपाल डेमोग्राफिक हेल्थ सर्वे’अनुसार आयोडिनयुक्त नुन उपभोग गर्ने घरपरिवार ८० प्रतिशत पुगेको छ ।

एक बर्षभित्रै देशै भरका पुलहरुको बिमा गराउन निर्देशन

काठमाडौं । एक बर्षभित्रै देशभरका पुलहरुको बीमा हुने भएको छ । व्यवस्थापिका संसदको विकास समितिले पुल तथा अन्य भौतिक संरचनाहरुको एक बर्षभित्रै बीमा गराउन निर्देशन दिएको हो । ‘राष्ट्रिय यातायात सञ्जालका लागि महत्वपूर्ण पुलहरु तथा अन्य भौतिक पूर्वाधारहरुको बीमा १ वर्षभित्र गराइ सक्ने व्यवस्था मिलाउन समिति नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागलाई निर्देश गर्दछ ।’ समितिको निर्देशनमा भनिएको छ । सडक विभागका अनुसार हाल देशभर २ हजार पुल सञ्चालनमा रहेका छन् । आगामी पाँच वर्षभित्र करिब तीन हजार पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आउनेछन् । पुलहरुको दिर्घ जिवन र लगानीको उचित प्रतिफल वितरणका लागि पनि बीमा अनिवार्य रहेको समितिको ठहर छ । समितिको बैठकमा सांसदहरुले हावाले उडाउने कस्तो पुल बनाएको भन्दै भौतिक पुर्वाधार तथा यातायात मन्त्री रमेश लेखकलाई र्याख र्याख्ती पारेका थिए । पुलनहरु निर्माणकै चरणमा भत्किने, पुल निर्माण भैसकेपछि नदिले धार परिवर्तन गरेर अन्यत्रै जाने लगायतका समस्यहरुको दिर्घकालिन समाधान खोज्न पनि समितिले निर्देशन दिएको छ । ‘बाढिले पुल बगाउनुलाई स्वभाविक भन्न सकिएला तर हावाले टेको खस्दा निर्माणाधीन पुल खस्नु, बनाउँदा बनाउँदै संरचनागत समस्या सृजना हुनु, पुल पनि बनिसक्नु अनि खोलाले अन्यत्रै धार परिवर्तन गर्नुलाई के भन्ने ?’ सांसदहरुले उठाएका प्रश्नहरुलाई सस्ंलेषण गर्दै विकास समितिले आफ्नो निर्देशनमा भनेको छ । समितिले आगामी ५० बर्षसम्मको सवारी चापलाई धान्ने गरि पुलहरुको निर्माण गर्न पनि भनेको छ । त्यस्तै, नगरेर कालो सूचिमा राखिएका निर्माण व्यवसायीको सूचि एक हप्ता भित्रै उपलब्ध गराउन पनि समितिले सडक विभागलाई निर्देशन दिएको छ ।

सिङ्गापुरको एक विमानस्थलद्धारा एक वर्षमा ५ करोड ८७ लाख हवाई यात्रुलाई सेवा

सिङ्गापुर, १७ माघ । सिङ्गापुरको एउटै मात्र अन्तर्राष्ट्रिय विमानस्थल चाङ्गि एयरपोर्टले सन् २०१६ मा वार्षीक ५ करोड ८७  लाख हवाई यात्रुलाई सेवा पुर्याएको छ । चौबिसै घन्टा खुला रहने यस विमानस्थलको प्रस्थान तथा आगमन कक्ष दुबैतिरबाट आवागमन गर्ने हवाई यात्रु सङ्ख्या गत वर्षको तुलनामा लगभग ६ प्रतिशतले वृद्धि भएको हो । विमानस्थल अधिकारीकाअनुसार गतवर्ष सेवा प्रदान गरिएका समग्र यात्रु सङ्ख्यामा दक्षिणपूर्वी एसियाली, उत्तरपूर्वी एसियाली र ओसिनियाली राष्ट्रतर्फ प्रस्थान गर्ने वा त्यहाँबाट आवागमन गर्ने यात्रु मात्रै ९० प्रतिशत रहेका छन् । चाङ्गि विमानस्थलबाट आवागमन गर्ने यात्रु सङ्ख्याका हिसाबले चीन पाँचौँ स्थानमा रहेकोमा गतवर्ष चिनियाँ यात्रु सङख्यामा पन्ध्र प्रतिशतले वृद्धि भई चीन तेस्रो स्थानमा उक्लेको छ । यात्रु सङ्ख्याका हिसाबले चाङ्गि विमानस्थलबाट आवागमन गर्नेमा इन्डोनेसिया प्रथम र मलेसिया द्वितीय स्थानमा रहेका छन् । त्यस्तै, यात्रु ब्यागेजबाहेक चाङ्गि विमानस्थलबाट सरसामान, कार्गो ओसारपसार परिमाणमा पनि उल्लेखनीय वृद्धि भएको जनाइएको छ । सरसामान कार्गोको आयात, निर्यात तथा ट्रान्ससिपमेन्टमा पनि सन् २०१५ को तुलनामा ६ प्रतिशत भन्दा बढीले वृद्धि भई सन् २०१६ मा १९ लाख सत्तरी हजार मेट्रिक टन रहेको जनाइएको छ । चाङ्गि विमानस्थलले सन् २०१६ का लागि प्रक्षेपण गरेको लक्ष भन्दा धेरै बढी प्रगति गरी सुखद रेकर्ड कायम गर्न सफल भएकोमा चाङ्गि विमानस्थल समूहका प्रमुख कार्यकारी अधिकृत ली सिओ हायाङ्ग निकै उत्साहित छन् । चीन र भारतलगायत दक्षिण एसिया तथा दक्षिणपूर्वी एसियाका कतिपय विमान कम्पनीले आफ्ना यात्रुलाई पश्चिमी युरोप र सुदूर पूर्वी एसियाका लामा लामा गन्तव्य तर्फ आवागमन गराउने प्रमुख केन्द्र ९हब० चाङ्गि विमानस्थललाई नै रोज्नाले यस विमानस्थलको भविष्य अझै उज्ज्वल रहेको प्रमुख कार्यकारी अधिकृत ली बताउँछन् । अन्तर्राष्ट्रिय हवाई यातायात सम्बन्धी सन् २०१५ को तथ्याङ्कलाई आधार मान्दा विश्वका प्रमुख तथा अति व्यस्त विमानस्थलमध्ये सिङ्गापुरको चाङ्गि विमानस्थल छैठौंँ स्थानमा पर्छ । हाल यस विमानस्थलले तीन वटा अति विशाल टर्मिनल र अनगिन्ती धावनमार्गबाट सेवा उपलब्ध गराइरहेको छ । एउटा टर्मिनल निर्माणाधीन रहेकोमा चालु वर्षको मध्यतिर निर्माणकार्य सम्पन्न ईै चौँथो टर्मिनलबाट पनि सेवा प्रदान गरिने जनाइएको छ । रासस /सिन्ह्वा

मेलम्चीको पाइप बिच्छ्याउने काम तीव्रगतिमा, ८० प्रतिशत काम सम्पन्न

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाअन्तर्गत काठमाडौं उपत्यकामा खानेपानीको पाइप गाड्ने काम तीव्र गतिमा अगाडि बढेको छ । मेलम्चीको खानेपानी उपत्यकावासीको घरघरमा पुर्याउने जिम्मा पाएको मेलम्ची खानेपानी आयोजना-२ आयोजना कार्यान्वयन निर्देशनालयले दैनिक ५० स्थानमा पाइप विच्छ्याउने काम गरिरहेको छ । निर्देशनालयका प्रबन्धक नन्दबहादुर खनालले काठमाडौं उपत्यकाका भित्री सडकमा ६७० किलोमिटर पाइप बिच्छ्याउने भएपनि हालसम्म ५३० किलोमिटर पाइप बिच्छ्याइ सकिएको जानकारी दिए । उनले भने, “दैनिक एकहजार २०० देखि एकहजार ३०० कामदारले पाइप बिच्छ्याउने काम गरिरहेका छन् । निर्देशनालयले अहिले नयाँ सडक, नयाँ बानेश्वर, ठमेल, मङ्गलबजार, वाग्मती किनारालगायतका स्थानमा काम भइरहेको जनाएको छ भने खुशीबु, कालीमाटी, बल्खु, कुलेश्वरलगायतका स्थानमा काम नै शुरु भएको छैन । मेलम्चीबाट टनेल हुँदै सुन्दरीजल आउने पानी त्यहाँ प्रशोधन भइसकेपछि उपत्यकाका ११ वटा मुख्य ट्याङ्कीमा बाँडेर घरघरमा पुर्याउने काम गरिन्छ । मुख्य ११ स्थानमा पुर्याउन मुख्य लाइन ६१ किमी खन्नुपर्ने भएपनि हालसम्म मुख्य लाइन ३८ किमी मात्र सकिएको खनालले बताए । रासस