विकासन्युज

वैदेशिक रोजगारीमा मृत्युु भएमा परिवारले रू २७ लाखसम्म पाउने, रोजगारीको लागि भारत जाने नेपालीको बीमा अनिवार्य

काठमाडौँ, ११ माघ । वैदेशिक रोजगारअन्तर्गत म्यादी जीवन बीमाको नयाँ व्यवस्थाअनुरुप वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका कामदारका परिवारले बढीमा रु २७ लाखसम्म पाउने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार  पत्रकार सम्मेलन गरी वैदेशिक रोजगार (म्यादी) जीवन बीमा र कल्याणकारी कोषबाट कामदारलाई दिइने रकममा वृद्धि गरिएको जानकारी दिए । यसअघि वैदेशिक रोजगारीका क्रममा कामदारको मृत्यु भएमा उनीहरुको परिवारले रु १८ लाखसम्म मात्रै पाउँदै आएकामा सो रकममा रु नौ लाखसम्म बढोत्तरी गरिन लागिएको हो । वैदेशिक रोजगारमा गएका नेपाली कामदारको बीमा सुविधामा विस्तार गरी कामदारको स्वास्थ्य बीमातर्फ साबिकको सुरक्षा तथा सुविधालाई विस्तार गरी जीवन बीमा, आयको नोक्सानीलगायतका सुविधाका अतिरिक्त मिर्गौलामा खराबी, क्यान्सरजस्ता विभिन्न १५ प्रकारका घातक रोगबापत थप रु पाँच लाख बीमाङ्क बराबरको बीमा हुुने नयाँ व्यवस्था गरिएको छ । यही माघ १५ गतेबाट लागू हुनेछ यो व्यवस्थापछि कामदारले सम्बन्धित बीमा कम्पनीबाट रु २० लाखसम्म बीमा रकम पाउन सक्नेछन् । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डमा वैदेशिक रोजगारमा जाने कामदारबाट उठाइएको कल्याणकारी कोषको रकमबाट कामदारको मृत्यु भएका अवस्थामा पाउँदै आएको रु तीन लाखमा वृद्धि गरी रु सात लाख लाख पु¥याउन वैदेशिक रोजगार नियमावली २०६४ संशोधनको प्रक्रियामा लगिएको प्रधानमन्त्रीले जानकारी दिए । यसरी बीमाबापत रु २० लाख र कल्याणकारी कोषबाट रु सात लाख गरी मृतक कामदारका परिवारले रु २७ लाखसम्म रकम पाउनेछन् । मिर्गौला खराबी, क्यान्सर, मुटु रोग, ब्रेन ट्युमर, प्यारालाइसिस, पूर्ण अन्धोजस्ता विभिन्न १५ प्रकारका घातक रोग लागेमा तत्काल क्षतिपूर्ति पाउने गरी थप रु पाँच लाखको बीमा हुने व्यवस्था मिलाइएको हो । तीन महिनाभित्र मानसिक रोगलाई समेत घातक रोगको सूचीभित्र समावेश गरी क्षतिपूर्ति दिलाउने सम्बन्धमा आवश्यक गृहकार्य गर्नसमेत बीमा समितिलाई निर्देशन दिइएको प्रधानमन्त्रीले पत्रकार सम्मेलनमा जानकारी दिए। रोजगारीका क्रममा कामदारलाई घातक रोग लागी मृत्यु नभएको तर शारीरिक रुपले मृत्युसरह मानिने अवस्था प्रमाणित भएमा बीमाबाट रु १३ लाखसम्म, वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट रु तीन लाख र घातक रोगबापत रु पाँच लाख गरी कुल रु १८ लाखसम्म प्राप्त गर्ने प्रधानमन्त्रीले जानकारी दिए । यसअघि नै बीमा गरिसकेका तर म्याद नसकिएका नागरिकले घातक रोग र बीमाको पछिल्लो व्यवस्थाबमोजिम रक्षावरणको सुुविधा लिन चाहेमा समानुुपातिक थप शुुल्क बुुझाएर लिन सकिने व्यवस्था गरिएको छ । तीन महिनाका लागि वैदेशिक रोजगार (म्यादी) जीवन बीमाको मोहलत अवधिको नवीकरण हुने नयाँ व्यवस्था गरिएको पत्रकारसम्मेलनमा जानकारी दिइयो । तीन महिनाभित्र घातक रोगको बीमासमेत समावेश गरी वैदेशिक रोजगारीमा रहेका सम्पूर्ण नागरिकको अनिवार्य बीमा नवीकरण गर्ने व्यवस्था मिलाइएको छ । यही माघ १५ गतेदेखि लागू हुनेगरी कामदारलाई प्रदान गरिने बीमा र बोर्डको रकम दिने करार अवधिभन्दा थप एक वर्ष कायम हुने नयाँ व्यवस्था मिलाइएको छ । विदेशबाट स्वास्थ्य परीक्षणमा अनुत्तीर्ण भएर फर्किएका नागरिकलाई दाबी गर्ने हद म्याद नराखी पीडितलाई सहजै क्षतिपूर्ति दिलाउन कामदारको मेडिकल गर्ने स्वास्थ्य संस्थाबाट धरौटी लिई सो रकमबाट ४५ दिनभित्र सरकारी निकायमार्फत नै क्षतिपूर्ति भुुक्तान गर्ने व्यवस्था मिलाउन श्रम तथा रोजगार मन्त्रालयलाई प्रधानमन्त्रीले निर्देशन दिए । जेल सजाय भोगिरहेका, बिरामी भएको कारण कमाउन नसक्ने अवस्थामा रहेकाजस्ता विशेष अवस्थाका नागरिकको बीमा नवीकरण शुुल्क सरकारले व्यहोर्ने नयाँ व्यवस्था मिलाइएको छ । यो व्यवस्था आजको मितिले तीन महिनासम्म मात्र कायम रहने जानकारी दिइयो । दक्षिण कोरियाबाट शव ल्याउन दिने राहत रकमको विद्यमान व्यवस्थामा परिमार्जन गर्न श्रम तथा रोजगार मन्त्रालयलाई निर्देशन दिइएको छ । वैदेशिक रोजगारमा जाने कामदारको कल्याणकारी कोषमा मुलुक र आम्दानी समेतलाई दृष्टिगत गरी योगदानपूर्ण सहभागिता गराउन श्रम मन्त्रालयलाई निर्देशन दिइएको छ । बीमा प्रदायक संस्थाले बीमकलाई कम्तीमा ३० दिनभित्र कम्तीमा तीन पटकसम्म मौखिक जानकारी दिई बीमा नवीकरण गर्न सूचित नगरेको अवस्थाबाट बीमा फेल भएमा र बीमकले क्षतिपूर्ति तथा राहत पाउनबाट वञ्चित भएमा सम्बन्धित बीमा कम्पनी नै जवाफदेही हुुने व्यवस्था मिलाइएको छ । मलेसियासहित खाडी मुलुकमा नेपाली कामदार लाने विदेशी कम्पनी स्वयम्ले नै व्यहोर्ने गरी कम्तीमा रु २० लाख नेपाली रुपैयाँ बराबरको चौबिसै घन्टा बीमाको व्यवस्थाका लागि प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीले नेपालका विदेशस्थित नियोगलाई निर्देशन दिइएको जानकारी दिए । भारतलाई वैदेशिक रोजगारीको मान्यता प्रधानमन्त्रीले अबदेखि भारतमा गएर काम गर्ने सबै नागरिकलाई समेत वैदेशिक रोजगारीको मान्यता दिइने पत्रकारसम्मेलनमा जानकारी दिए।  रोजगारीको लागि भारत जाने सबै बालिग नागरिकको अनिवार्य बीमा हुुने नयाँ व्यवस्थासमेत गरिएको छ । नयाँ व्यवस्थाअन्तर्गत भारत जाने नागरिकलाई समेत वैदेशिक रोजगारका लागि अन्य देश जाने नागरिकसरह घातक रोगबापत रु पाँच लाख, जीवन बीमाबापत रु सात लाख ५० हजार र वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट अधिकतम रु एक लाख ५० हजारसहित कुुल रु १४ लाखसम्म राहत तथा क्षतिपूर्ति दिइने व्यवस्था आगामी फागुन १ गतेदेखि लागू हुुने प्रधानमन्त्रीले घोषणा गरेका छन् । भारत काम गर्न जाने नागरिकले सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा सीमा जिल्लाको जिल्ला प्रशासन कार्यालयबाट काम गर्न जाने अनुुमतिपत्र अनिवार्य रुपमा बनाउनुपर्ने नयाँ व्यवस्थामा उल्लेख छ । यो अनुुमतिपत्र दिनुुअघि जिल्ला प्रशासन कार्यालयले बीमा र कल्याणकारी कोषमा अनिवार्य सहभागिता गराउनेछ । यसका लागि छुुट्टै कार्यविधि बनाई एक महिनाभित्र लागू गरिने प्रधानमन्त्रीको भनाइ छ । पत्रकारसम्मेलनमा परराष्ट्र मन्त्री डा प्रकाशशरणा महत, श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङ, मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनालीलगायतको उपस्थिति थियो । रासस

लायन्स क्लबको निर्वाचनमा इन्दु लम्सालको उम्मेदवारी

काठमाडौं, ११ माघ । लायन्स क्लबस इन्टरनेशनल, डिष्ट्रिक्ट ३२५ वी १ को आगामी चैत्र ५ गते काठमाण्डौमा आयोजना हुने ५ औं राष्ट्रिय महाधिवेसनमा हुने निर्वाचनमा द्धितिय भाइस डिष्ट्रिक्ट गभर्नरको पदका लागि लायन्स क्लब अफ काठमाण्डौ भृकुटीको संस्थापक अध्यक्ष इन्दु लम्सालले उम्मेदवारी दिने भएकी छिन् । डिष्ट्रिक्ट ३२५ वी १ को  काठमाण्डौ क्षेत्रका ११० वटा भन्दा बढी क्लबका अध्यक्षहरु, ९० प्रतिशत भन्दा बढी क्याविनेट पदाधिकारीहरु, पोखरा, धौलागीरी, धादिङ्ग र नुवाकोटका सिनियर पदाधिकारीहरु, डिष्ट्रिक्ट गभर्नर वालकृष्ण बुर्लाकोटी करिव ४०० जना बढी लायन्सहरुको उपस्थितिमा लम्सालले आफ्ने उम्मेदवारी घोषणा गरेकी छिन् । १६ वर्ष भन्दा बढी लायनवादमा समर्पित लायन लम्साल डिष्ट्रिक्ट ३२५ वी १ मा आवद्ध काठमाण्डौ क्षेत्रका महिला क्लवहरु मध्ये सबभन्दा पुरानो लायन्स क्लव “ लायन्स क्लव अफ काठमाण्डौ भृकुटी ” को संस्थापक अध्यक्ष हुन् ।

सामसङ ग्यालाक्सी जेटु एस बजारमा, सेल्फीको लागि फ्रन्ट फ्ल्यास् क्यामेरा, मूल्य १४ हजार

ग्यालाक्सी जे टू एस   काठमाडौं, ११ माघ । सामसङ नेपालले जे सिरिजको रेन्जमा नयाँ ग्यालाक्सी जे टू एस ल्याएको छ । सुपथ रेन्जका फोनहरुको वर्गमा सामसङ ग्यालाक्सी जे सिरिज सबैभन्दा बढी बिक्री हुने स्मार्टफोन सिरिज हो । यसको बजार मूल्य १३ हजार ९९० रुपैयाँ तोकिएको छ । ग्यालाक्सी जे टू एस ५ इन्च स्क्रीन स्मार्टफोन सेग्मेन्टमा फ्रन्ट क्यामेरा फ्ल्यास् फिचर छ । ग्यालाक्सी जे टू एस एक “फोर जी” युक्त यो फोनले नेपालको फोर जी स्मार्टफोन क्षेत्रमा सामसङको प्रस्तुतीलाई झनै सुदृढ बनाएको कम्पनीले जनाएको छ । सामसङ नेपालको एचएचपी डिभिजनका डेपुटी जेनरल म्यानेजर प्रनय स्थापितका अनुसार ग्राहकहरुले जे सिरिजको बनावटको उत्कृष्ट क्वालिटि तथा नेपाल–केन्द्रित फिचरहरु जस्तै यूडिएस, एस बाइक, टिएसटि, एस पावर प्लानिङ्ग र एस सेक्योरलाई निकै सकारात्मक प्रतिक्रिया दिएका छन् । सेल्फी लिने तथा मनोरञ्जन मनपराउने प्रयोगकर्ताहरुको आवश्यकतालाई ध्यानमा राख्दै यस मोडलमा ५इन्च स्क्रिनका साथ फ्रन्ट फ्ल्यास् राखिएको छ । लोकलाइज्ड् फिचर्स् प्रनय स्थापित विशेष नेपालका लागि सामसङले ल्याएका फिचरहरुमा अल्ट्रा डाटा सेभिङ्ग सुविधा छ । यसले डाटा कम्प्रेश गरी ५० सम्मको डाटाबचाउँछ । यसमा एस बाइकमोड जसले जिम्मेवार बाइक राइडलाई प्रोत्साहन दिई फोन प्रयोगकर्ताहरुलाई रोडमा निश्चिन्त भई बाइक राइड गराउँछ । साथै, टर्बाे स्पिड टेक्नोलोजी सुविधा छ जसले फोनको र्यामलाई अप्टिमाइज गरी एपहरुलाई आफ्नो भन्दा दोब्बर र्याम भएका फोनहरुको तुलना ४० प्रतिशतसम्म छिटो खोल्न मदत गर्छ । यसले गर्दा ग्राहकहरु फोनको पर्फमेन्सको बारेमा चिन्ता नलिई ढुक्कले विभिन्नएपहरु एकै साथ चलाउन सक्ने कम्पनीको भनाई छ । साथै, “ग्यालाक्सी जे टू एस” मा सामसङले अर्काे नविनतमलोकलाइज्ड् फिचर एस पावर प्लानिङ्ग पनिल्याएको छ जुन एउटा स्मार्ट ब्याट्री म्यानेज्मेन्ट सिस्टम हो । यसले प्रयोगकर्ताहरुलाई सधैं नै कनेक्टेड रहन मदत गर्छ । त्यसैगरी, एस सेक्योरले सेफ ब्राउजिङ्ग एक्सपेरिएन्स् प्रदान गरी व्यक्ति गत जानकारीहरुलाई सुरक्षित राख्छ । उक्त फोनले फोर जी क्षमताका साथ साथै आफ्नो स्टाइलिश डिजाइन र उत्कृष्ट पर्फमेन्स पनि पस्केको छ । “ग्यालाक्सी जे टू एस” मा१.४ गिगाहर्ज कोड प्रोसेसर छ, जसलाई टर्बाे स्पिड टेक्नोलोजी का साथ१.५ जी.बी. ¥यामले सपोर्ट गरेको छ र ग्राहकहरुलाई उत्कृष्ट पर्फमेन्स पस्कन सहायता गरेको छ । युनिक प्याटर्न भएको ब्याकप्यानलका यो फोन एन्टी–स्क्रयाच् र डिजाइनको हिसाबले एर्गाेनोमिकपनि छ । उक्त स्मार्टफोन जनवरी २३ बाट सबै विक्रेता च्यानलहरुमा उपलब्ध हुनेछ ।

चोभारमा अन्तराष्ट्रिय प्रदर्शनीस्थल बनाउन चीन र भारतको इच्छा, धमाधम डिजाइन बन्दै

काठमाडौं, ११ माघ । सरकारले चोभारमा बनाउने भनेको अन्तराष्ट्रिय प्रदर्शनीस्थल बनाउन चीन र भारतले इच्छा देखाएका छन् । व्यापार तथा निर्यात प्रर्वद्र्धन केन्द्रका कार्यकारी निर्देशक इश्वरी प्रसाद घिमिरेका अनुसार अन्तराष्ट्रिय प्रदर्शनी स्थल बनाउन चीन र भारतले पटक पटक आग्रह गरिरहेका छन् । ‘चीन र भारतले हामी बनाइदिन्छौं, प्रस्ताव ल्याउनुस भनेका छन्’, घिमिरेले भने । उनका अनुसार चोभारको हिमाल सिमेन्ट कारखाना क्षेत्रमा ३०० रोपनी क्षेत्रमा निर्माण गर्ने भनिएको प्रदर्शन केन्द्रको यतिबेला धमाधम डिजाइन निर्माणको काम भैरहेको छ । ‘हामीले निर्माणको मोडालीटी तयार गरिरहेका छौं, मन्त्रालयसँग बजेट मागिरहेका छौं, इन्टर मोडल यातायात विकास समितिले डिजाइन बनाईरहेको छ’, घिमिरेले विकासन्युजसँग भने । प्रदर्शनी केन्द्रमा सुबिधा सम्पन्न प्रदर्शनी स्थल, आकर्षिक पार्किङ स्थल, सभा हल, सूचना प्रबिधीयुक्त कार्यालय, बैंक शाखाको व्यवस्था गरिनेछ । प्रदर्शनी स्थल निर्माणका लागि विश्व बैंकले सहयोग गर्ने भनेको छ । तर त्यसको आधिकारीक सम्झौता भनेको भैसकेको छ । विश्व बैंकले सघाउने भने पनि त्यसको मोडालिटी भने भैसकेको छैन् । ‘विश्व बैंकले सहयोग गर्ने भनेको छ तर कुन श्रोतबाट कति रकम सघाउने भन्ने चाँही निश्चित भैसकेको छैन ।’ सरकारले चालु आर्थिक बर्षकै बजेट वक्तव्यमा सो प्रदर्शनी स्थल बनाउने उल्लेख गरेको थियो । तर बाणिज्य तथा आपुर्ति मन्त्रालयले आवश्यक बजेट भने विनियोजन गरेको छैन् ।

बैंकको व्याजदर भन्दा डबल अंकले घट्यो सेयर बजार, बीमा समूहको परिसूचक १४० अंकले घट्याे

काठमाडौं, ११ माघ । सेयर बजारको मापन गर्ने परिसूचक मंगलबार २४ अंकले घटेको छ । मंगलबार विहान दुई वाणिज्य बैंकले मुद्दती बचतमा १२ प्रतिशत व्याज दिने योजना सार्वजनिक गरेपछि सेयर बजारका लगानीकर्ता थप आत्तिएर सेयर बेच्न थालेको देखिएको छ । मंगलबार नेप्से परिसूचक १४३३ अंकमा झरेको छ । यो अंक गत बैंशाख ८ गतेयताको सबैभन्दा तलको विन्दु हो । बजारमा सबै समूहका परिसूचकहरु घटेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक १४० अंकले घटेको छ । खानीखोला हाइड्रोपावर, लुम्बिनी फाइनान्स, पोखरा फाइनान्स, सांग्रिला डेभलपमेन्ट बैंकको सेयरधनीले बढी गुमाएका छन् । राष्ट्रिय बीमा कम्पनी, ग्रीन डेभलपमेन्ट बैंक, साझा विकास बैंक, बरुण हाईड्रोपावरका सेयरधनीले घटेको बजारमा पनि ३ प्रतिशतभन्दा बढी नाफा गरेका छन् । सोमबारको तुलनामा मंगलबार कारोबार रकम पनि घटेर ३८ करोड ५१ लाख रुपैयाँमा सीमित भएको छ ।

अम्रिता इन्टिच्यूट अफ मेडिकल साइन्सेज र एशोसिएसन अफ ननगर्भमेन्ट हस्पिटल्सबीच स्वस्थ्य सेवा प्रदानमा सहकार्य

काठमाडौं, ११ माघ । भारतको केरालामा अवस्थित १,३०० बेड भएको अम्रिता इन्टिच्यूट अफ मेडिकल साइन्सेज् र नेपालको एशोसिएसन अफ ननगर्भमेन्ट हस्पिटल्स (एनगोज) ले एनगोज सदस्य संस्थाहरुमा बिरामीको हेरविचार र स्वास्थ्य सेवा प्रदान प्रणालीमा सुधार गर्ने विषयमा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झातौ अन्तर्गत, भारतीय अस्पतालले एनगोज सदस्यताभएका नेपालका सबै स्वास्थ्य संस्थाहरुमा विशिष्ट र अर्ध विशिष्ट किसिमको सेवाहरुकालागि स्टेट अफ आर्टमा आधारित टेलिमेडिसिन परामर्श सेवा स्थापना गर्नेछ । यसको अर्को महत्वपू्र्ण पक्ष स्वास्थ्य शिक्षा र तालिम कार्यक्रमको माध्यमबाट वृहत रुपमा स्वास्थ्य व्यवसायीहरुको क्षमता अभिवृद्धि गर्नु हो । नेपालका गैर सरकारी अस्पतालहरुमा सूचना प्रविधिको दक्ष प्रयोगका लागि हेल्थ म्यानेजमेन्ट इन्फर्मेशन सिस्टम (एचएमआईएस) शुरु गर्नु हो । यसका साथै मेडिकल शिक्षाको निरन्तरताका लागि ई–लर्निंग कार्यक्रमहरु तथा कार्यपत्रहरु प्रस्तुत हुनेछ, साथ साथै स्वास्थ्य व्यवसायीहरु, डाक्टरहरु, मेडिकल विद्यार्थिहरुका लागि आदान प्रदान कार्यक्रम पनि संचालन हुनेछ । सम्झौतापत्रमा अम्रिता इन्टिच्यूट अफ मेडिकल साइन्सेज, केरला, भारतका मेडिकल निर्देशक, डा. प्रेम नैयर र एनगोसका अध्यक्ष डा. भरत प्रधानले हस्ताक्षर गरेका छन् । कार्यक्रममा  एनगोसका कार्यकारी सदस्यहरु चर्चित मृगौला विशेषज्ञ डा ऋषिकुमार काफ्ले तथा श्याम धौबडेल पनि उपस्थित थिए । अम्रिता इन्टिच्यूट अफ मेडिकल साइन्सेज, केरला, भारतका मेडिकल निर्देशक, डा. प्रेम नैयरले भने–‘यो सहकार्यले स्टेट अफ आर्ट सेवा प्रदान गर्न अनुमति प्रदान गर्नेछ, तर एनगोजका सदस्य स्वास्थ्य संस्थाहरुमा नेपालीबाट आउने बिरामीहरुलाई सूलभ स्वास्थ्य सेवा प्रदान गर्नेछ । टेलिमेडिसिनको माध्यमबाट भारतमा हाम्रा मेडिकल विशेषज्ञहरुको विशेष सेवा उनीहरुका लागि आवश्यक समयमा उपलब्ध हुनेछ । हाम्रो कोचीमा रहेको संस्थामा एनगोसबाट रेफर गरिएका दुईको यसअघि नै उपचार शुरु गरिसकेका छौं । यसभन्दा अगाडि, सदस्य संस्थाहरुबाट गएका ६ जना नर्सहरुले एडभान्स इन्फेक्सन–कन्ट्रोल प्राक्टिसेजमा तालिम सम्पन्न गरिसकेका छन् । एडभान्स सर्जरीको तालिम कार्यक्रमहरु छिटै शुरु हुनेछ । टेलिमेडिसिनका साथमा, बिरामीको साथमा हाम्रो संलग्नता थप गहिरो हुनेछ । हामी अपेक्षा गर्दछौं कि नेपालबाट जाने विशेषगरि कठिन किसिमका केस भएका बिरामीहरु प्रत्येक महिना कम्तिमा २० देखि २५ जना सम्मलाई सेवा प्रदान गर्नेछौं ।’ एनगोसका अध्यक्ष डा. भरत प्रधानले नेपालले पछिल्लो डेढ दशकमा स्वास्थ्य सेवाहरुको क्षेत्रमा निकै प्रगति गरेको बताँदै अझै यो भन्दा धैरै काम गर्न आवश्यक भएको बताए । ‘हाम्रा अस्पतालहरु गैर नाफा मूलक संस्थाहरु हुन, सुविधाबाट बंचित तथा पिछडिएका समुदायहरुलाई स्वास्थ्य सेवा प्रदान गर्न केन्द्रित छन्, मुलुकको सहि आवश्यकतालाई सम्बोध नगर्न नसक्ने तर स्वास्थ्य सेवाहरु भने उपलब्ध भईरहेका सरकारी अस्पतालहरुको तुलनामा विकसित मुलुकहरुमा प्रदान गरिने सेवाहरु जस्तै सेवा दिनका लागि निजी अस्पतालहरु अगाडि आएका हुन् । भारतको अम्रिता इन्टिच्यूट अफ मेडिकल साइन्सेजसँगको यो सहकार्यले हाम्रा अस्पतालहरुको समग्र विकासमा फाईदा पुग्नेछ ।’ यो सहमतीपत्रको महत्वपूर्ण भागमा मेडिकल विद्यार्थिहरु डाक्टरहरु, नर्सहरु, वैज्ञानिकहरु र अन्य स्वास्थ्य व्यवसायीहरुको आदान प्रदान कार्यक्रम हो । डा. प्रेम नैयरले  भने, ‘नेपालका डाक्टरहरु तथा अन्य स्वास्थ्य व्यवसायीहरुको लागि छोटो अवधि काकार्यक्रमहरु तथा तत्काल आवश्यक पर्ने प्रशिक्षणहरु प्रदान गर्ने हाम्रो अभिप्राय रहेको छ । यो प्रशिक्षणको क्षेत्रहरुमा विशेष गरि टाउको र घाँटी, उच्च तहका क्यान्सरहरु, थाईराइड, मुटु रोगहरु र आर्थोस्कोपी सर्जरी समावेश छन, यसका साथै रेडियोलोजी र प्याथोलोजी । हामीले नेपालबाट आउने डाक्टरहरुका ल्याप्रोस्कोपी र एडभान्स सर्जरी स्कील्स विषयमा प्रशिक्षण कार्यक्रमहरु संचालन गरिरहेका छौं । यस अतिरिक्त, नेपालमा मेडिकल विद्यार्थिहरुको तालिम अभिवृद्धि गर्न हामी ई–लर्निंग प्याकेज विकास गर्नेछौं ।’

सेयर कारोबार गर्ने ७०० कम्पनी गैरकानुनी, २० वटा कम्पनीको कार्यकारी प्रमुख एउटै व्यक्ति, बजार अस्थीर बनाउने खेलाडीको नाम गोप्य

काठमाडौं, ११ माघ । सेयर बजारमा निजीस्तरका करिव ७०० वटा कम्पनीहरुले गैरकानुनी रुपमा कारोबार गर्दै आएको भेटिएको छ । नेपाल धितोपत्र बोर्डले दोस्रो बजारमा सेयर किनबेच गर्ने कम्पनीहरुको बारेमा गरेको प्रारम्भिक अध्ययनले त्यस्तो देखाएको हो । ‘धितोपत्र बजारमा हाल १००० को संख्यामा निजी लगानी कम्पनीहरु रहेको देखिएको छ’ अध्ययन रिपोर्टबारे प्रारम्भिक जानकारी दिदै धितोपत्र बोर्डले भनेको छ–‘धितोपत्र बजारमा लगानी गर्ने उद्देश्यसहित स्थापना भएका कम्पनीहरु ३०० (करिब एक तिहाई) को हाराहारीमा मात्र रहेको छ ।’ साथै एउटै व्यक्ति कार्यकारी प्रमुखको रुपमा रही २० वटा सम्म लगानी कम्पनीहरु स्थापना गरी धितोपत्र कारोबार गरिरहेको पनि देखिएको छ । यसरी कारोबार गर्ने कम्पनीहरुले बजार अस्थिर बनाउने र सामान्य लगानीकर्तालाई फराउने काम गर्छन । यस्तो कारोबारी कम्पनी तथा सेयर बजारका खोलाडीको नाम भने धितोपत्र बोर्डले गोप्य राखेको छ । अधिकांश कम्पनीहरुको लगानीको उद्देश्य हेर्दा धितोपत्र बजारमा लगानी गर्ने उद्देश्य नदेखिएता पनि धितोपत्र बजारमा लगानी गरिरहेको देखिएको धितोपत्र बोर्डले जनाएको छ । कम्पनी रजिष्ट्रार प्रेमकुमार श्रेष्ठका अनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा उदेश्य नखुलाई गरिएको सबै कारोबार गैरकानुनी हुन्छ । लगानीकर्ताको अनुशासित एवम् विवेकशिल संलग्नताबाट धितोपत्रबजार स्वच्छ, प्रभावकारी र विश्वासिलो हुने परिप्रेक्ष्यमा बजारमा के कस्ता लगानीकर्ताहरुको उपस्थिति एवम् संलग्नता रहेको छ भन्ने तथ्य यकिन हुन आवश्यक देखिन्छ । यसका लागि बोर्डले हालै धितोपत्रको दोस्रो बजारमा निजी लगानी कम्पनीहरुको स्थिति पत्ता लगाई यिनीहरुको गतिविधि व्यवस्थित गर्ने उद्देश्यले दोस्रो बजारमा इन्भेष्टमेन्ट कम्पनी सम्बन्धी प्रारम्भिक अध्ययन गरेको छ । बजारमा रहेका सम्पूर्ण धितोपत्र दलाल व्यवसायीहरु मार्फत् धितोपत्रको कारोबार गरिरहेका लगानी कम्पनीहरु सम्बन्धी विवरण माग गरी प्राप्त विवरणलाई अध्ययनको मुख्य आधार बनाइएको बोर्डले जनाएको छ । बजारमा अन्य संस्थागत लगानीकर्ता तथा धितोपत्र व्यापारीको समेत अभाव भएको हालको अवस्थामा यस्ता निजी लगानी कम्पनीहरुलाई व्यवस्थित गर्न आवश्यक देखिएको बोर्डले जनाएको छ । यस सन्दर्भमा यस प्रारम्भिक अध्ययनबाट लगानी कम्पनीको सन्दर्भमा थप अध्ययन गरी यस्ता कम्पनीहरुलाई पँुजीबजारको नियमन दायरामा ल्याउन सहज हुने र यसबाट लगानी कम्पनीहरुको गतिविधी समेत पारदर्शी भर्ई दोस्रो बजार थप व्यवस्थित रुपमा विकास तथा विस्तार हुने बोर्डले अपेक्षा गरेको छ ।

रिलायबल डेभलपमेन्ट बैंकको २९ प्रतिशत बोनस सेयर स्वीकृत, ८ महिनामा दोस्रो पटक बोनस पाउँदै

काठमाडौं, ११ माघ । रिलायबल डेभलपमेन्ट बैंकले प्रस्ताव गरेको २९ प्रतिशत बोनस सेयरलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको छ । गत मंसिर २२ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट २९ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको थियो । असारमा सम्पन्न साधारणासभा बैंकको प्रस्तावलाई आगामी ११औं वार्षिक साधारणसभाले स्वीकृति गरेपछि सेयरधनीले उक्त बोनस सेयर पाउने छन् । यस बैंकको सेयरधनीले ८ महिनाको अन्तरमा दोस्रो पटक बोनस सेयर पाउँदैछन् । बैंकले गत असारमा अघिल्लो आर्थिक वर्ष २०७१/७२को नाफबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिएको थियो ।