विकासन्युज

बजारमा पाइने खाद्य तथा पेयपदार्थमा उच्च मिसावट, मिसावट गर्ने २२ उद्योगविरुद्ध मुद्दा

काठमाडौं २०, मंसिर । बजारमा बिक्री हुने अधिकांश खाद्य तथा पेयपदार्थमा उच्च मिसावट हुने गरेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको अनुसन्धानले खाद्यान्न, पानी, तेल, घिउ र दुग्धजन्य पदार्थमा मिसावट बढी हुने गरेको देखाएको हो । बजारमा व्यवसायीले नाफा कमाउने नाममा उपभोक्ताको स्वास्थ्यमाथि प्रतिकूल असर पर्ने दूषित उत्पादन बिक्री गरेको अध्यनले देखाएको छ । विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत मदन चापागार्इंले खानेपानी, दुग्धजन्य पदार्थ, तेल, घिउ, खाद्यान्नमा बढी मिसावट पाइएको जानकारी दिए । “बजारमा बढीमात्रामा खाद्यान्न तथा पेयपदार्थमा मिसावट हुन्छ,” उनले भने, “चार महिनामा दूषित उत्पादन गर्ने २२ उद्योगलाई कारबाही गरिएको छ ।” दूषित खाद्यान्न तथा पेयपदार्थको उपभोगले स्वास्थ्यमा झाडापखाला, आउ, जन्डिस, अल्सरदेखि क्यान्सरसमेत हुन सक्ने उनको भनाइ छ । विभागका अनुसार प्रशोधित खानेपानीमा पीएच९अम्लियपन०को मात्रा घटबढ, हानिकारक सूक्ष्म जीवाणु, प्रशोधन नगरिकन वितरण गर्ने जस्ता समस्या देखिने गरेको छ । पानीमा पीएचको मात्रा ०।५ देखि ०।८ भन्दा घटबढ हुन नहुने मापदण्ड भए पनि बजारमा वितरण हुने अधिकांश ब्रान्डको पानी धेरै समस्या देखिएको छ । विभागको अनुसन्धानले शुद्ध दूधमा कोलिफर्मको मात्रा धेरै, कास्टिक सोडा प्रयोग र एसएनएफको मात्रा कम देखाएको छ । विभागका अनुसारमा दूधमा चिल्लो पदार्थको मात्रा तीन प्रतिशत र एसएनएफ ९चिल्लो बाहेकको दूधमा ठोस पदार्थ०कोमात्र आठ प्रतिशत हुनुपर्ने मापदण्डअनुरूप नभएको विभागको अनुसन्धानले देखाएको छ । दूधमा कोलिफर्म फोहोर, दिसा–पिसाब गाईवस्तुको मलमुत्र, फोहोर पानीको प्रयोगले देखिन्छ । दूधमा कोलिफर्मको मात्रा शून्य हुनुपर्ने मापदण्ड भए पनि २५ प्रतिशतसम्म पाइएको छ । कास्टिक सोडा मिसाएको दूध उपभोग गर्दा अल्सरदेखि क्यान्सरसम्म हुने गरेको खाद्य विज्ञको भनाइ छ । विभागका अनुसार खानेतोरीको तेलमा अन्य कमसल तेल मिसाउने, पुरानो कच्चा पदार्थको प्रयोगले एसिड भ्यालु बढी हुन्छ । यस्तै, गाईभैंसीको घिउमा वनस्पति र पाम ओइल मिसाइने गरेको छ । दालमा हानिकारक रंग मिसाउने, चामलमा ढुंगा, खुर्सानीको धुलोमा काठको धुलो, बेसारमा पिठो, मसलाको धुलोमा काठको धुलोसँगै तेल निकालेर न्यून गुणस्तर बनाएर व्यापारीले वितरण गर्ने गरेका छन् । कारोबार दैनिकबाट ।

प्रधानमन्त्रीको कार्यालयबाट हामीले के सिक्ने ? प्रवक्ताले रेग्मीले भने–‘गल्ती भयो, क्षमा प्राप्ति छु’

काठमाडौं, १९ मंसिर । सबैभन्दा पहिला प्रधानमन्त्री तथा मन्त्रिपरिषद्ले कार्यालयले आज जारी गरेको प्रेस विज्ञप्ती पढौं । यो विज्ञप्ती कुन भाषामा लेखिएको छ ? हेरौं । यो विज्ञप्ती पढेपछि नेपाली भाषालाई माया गर्ने, नेपाली भाषा बचाउन र प्रवद्र्धन गर्न लागी पर्ने, नेपाली भाषाको शुद्ध प्रयोग र विस्तारमा जोडदार लाग्ने अग्रज तथा अभियान्ताहरुको मन कति दुख्दो हो ? वरिष्ठ पत्रकार रामकृष्ण रेग्मी भन्छन्–यस विज्ञप्तीमा प्रयोग भएका अंग्रजी शब्द तथा वाक्यहरु सबै शुद्ध नेपाली भाषामा उल्था गर्न सकिन्थ्यो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् जस्तो सरकारको सर्वोच्च निकायले जारी गर्ने प्रेस विज्ञप्तीको भाषा यस्तो हुनु गल्ती हो र असोभनीय हो ।’ हामी नेपाली भाषामा धेरै धनी भएपनि प्रयोगमा गरिव भएको उनले बताए । वरिष्ठ पत्रकार रेग्मीको अनुभवमा प्रधानमन्त्रीको कार्यालय, मन्त्रालय, संबैधानिक अंग लगायत सरकारी निकायले प्रयोग गर्ने भाषामा यस्ता गल्ती बारम्बार दोहोरिने गरेको पाईन्छ । ‘महत्वपूर्ण निर्णयहरुको साथै प्रधानमन्त्रीको कार्यालयबाट हामीले धेरै अपेक्षा गरेका हुन्छौं । सरकारको सर्बोच्च निकायमा प्रगोग हुने भाषा, प्रस्तुती, कार्यशैली, आचरण, संस्कार धेरै कुरा हामीले सिक्ने ठाउँ हो । प्रधानमन्त्रीको कार्यालयमा प्रयोग हुने भाषा यस्तो हुन्छ भने स्तरीय भाषा हामीले कहाँबाट सिक्ने ?’ प्रधानमन्त्रीको कार्यालयमा प्रयोग हुने भाषा यस्तो हुन्छ भने स्तरीय भाषा हामीले कहाँबाट सिक्ने ? उक्त विज्ञप्तीका हस्ताक्षर गर्ने प्रधानमन्त्री कार्यालयका प्रवक्ता तथा सहसचिव दामोदर रेग्मीलाई हामीले यहि प्रश्न गर्यौं । ‘विज्ञप्तीमा हस्ताक्षर गर्नुभन्दा पहिला मेरो मनमा तपाईले सोधेकै प्रश्न उब्जेको थियो । तर ५ बज्नै लागेको थियो । भाषा सच्चाएपछि मात्र हस्ताक्षर गर्छु भन्नलाई समय भएन ।’ उनले तत्काल गल्ती स्वीकार गरे भने–‘प्रवक्ता भएकोले मैले सहि गर्नै पर्यो । तर गल्ती भयो । क्षमा प्राप्ति छु ।’

इन्जिनियर बन्न लाइसेन्स लिन परिषद्को परिक्षा उतिर्ण गर्नुपर्ने

काठमाडौं, १९ मंसिर । नेपालमा कलेज पढेर मात्रै इन्जिनियर बन्न नपाइने भएको छ । इन्जिनियरिङ अध्ययन पुरा गर्नेले इन्जिनियरको लाइसेन्स लिन नेपाल इन्जिनियरिङ परिषद्ले सञ्चालन गर्ने परिक्षाको पनि उत्तीर्ण गर्नु पर्ने व्यवस्था गर्न लागिएकाे छ । अहिलेसम्म इन्जिनियरिङ विषयमा कलेज उतिर्ण गर्ने वित्तिकै विद्यार्थीले आवेदन दिएको भरमा विना परिक्षा परिषद्ले इन्जिनियरको लाइसेन्स दिदैं आएको छ । प्रविधिक विषय भएका कारण जोखिम न्यूनिकरण गर्नको लागि पनि परिक्षाको आवश्यकता देखिएको परिषद्ले जनाएको छ । २०७२ मा गएको भूकम्पले ठूला क्षति हुनुमा भाैतिक संरचनाकाे इन्जिनियरिङ डिजाइनमा समेत प्रश्न उठेपछि इन्जिनियरको लाइसेन्स वितरण प्रणालीमा सुधार गर्न लागिएकाे परिषद्ले जनाएकाे छ । शहरी विकास तथा भौतिक निर्माणा मन्त्रालयले पनि इन्जिनियरहरुले लाइसेन्स लिन परिषद्को परिक्षा पास गर्नुपर्ने व्यवस्था गर्न लागेकाे छ । अहिलेसम्म सरकारले त्यस्तो केहि व्यवस्था नगरेका कारण निवेदन दिने वित्तिकै आवश्यक प्रक्रिया पुरा गरेर लाइसेन्स दिने गरेको परिषद्का रजिष्ट्रार उमेश थानीले बताए । उनले भने–‘यो अति नै गम्भिर विषय भएकाले अवदेखि यस्तो किसिमको प्रचलन अन्त्य गर्न हामीले सवै प्रक्रिया पुरा गरी परिषद्ले परिक्षा लिने व्यवस्था मिलाउन मन्त्रालयमा फाइल पठाइसकेका छौं ।’ लाइसेन्स लिन कहिलेबाट परिषद् परिक्षा दिनुपर्ने हो त्यसको मिति तय भइनसके पनि मन्त्रालयले निर्णय गर्नासाथ कार्यान्वयनमा जाने थानीले जानकारी दिए ।

२६ सिटे सिटी बस सञ्चालनमा, मोबाइल चार्ज तथा निःशुल्क वाइफाईको सुविधा

भरतपुर, १९ मंसिर । ग्लोबल मेट्रो सिटी बस प्रा.लि. को शुभारम्भ एवं उद्घाटन समारोह सम्पन्न गरिएको छ । नारायणघाट आसपासका क्षेत्रहरुमा सुविधायुक्त सार्वजनिक यातायात सञ्चालन गर्ने उद्देश्यसहित आइतबार भरतपुरको चितवनमा सो समारोह सम्पन्न भएको हो । अबको दिनहरुमा कम्पनीले अत्याधुनिक एवं सुविधा सम्पन्न २६ सिटे टाटा ४०७ सिटी बसहरुलाई उक्त स्थानमा संचालन गर्नेछ । उद्घाटन कार्यक्रममा बोल्दै राज्यको नीतिभित्र रही व्यवस्थित यातायात सञ्चालन गर्ने, रोजगारीबाट वञ्चित युवायुवतीहरुलाई रोजगारीको अवसर प्रदान गर्ने, सरल र सुलभ रेटमा यात्रुहरुलाई सुविधा प्रदान गर्ने लक्ष्यसहित उक्त बस सेवा सञ्चालनमा ल्याइएको कुरा ग्लोबल मेट्रो सिटी बसका अध्यक्ष बद्रीप्रसाद अधिकारीले जानकारी गराएका छन् । सोही अवसरमा सिप्रदी ट्रेडिङ्गका सिओओ राजेशप्रसाद गिरीले उक्त नयाँ यातायात व्यवस्थाले यात्रुहरुलाई मात्र नभई स्थानीय पर्यटन क्षेत्रलाई समेत फाइदा पुगी सुन्दर शहर निर्माणमा मद्दत पुग्ने कुरा बताए । उनले टोल र गाउँको मागअनुरुप यातायात सेवा तथा साधनहरु थप गर्दै लैजाने कुरा पनि जानकारी गराएका छन् । कम्पनीले सञ्चालन गर्ने २६ सिटे टाटा ४०७ सिटी बसहरुमा यात्रुहरुको सुविधाका लागि दैनिक यातायात प्रयोग गर्ने यात्रुहरुलाई मासिक कार्डको व्यवस्था, सि.सि. क्यामेरा निगरानी, सिटमा मोबाइल चार्ज सुविधा, निःशुल्क वाइफाई र मनोरञ्जन तथा सूचनाका लागि एल.ई.डि. टि.भी. लगायत अन्य विभिन्न व्यवस्था रहेको कुरा वर्तमान प्रमुख जिल्ला अधिकारी रामराज सुवेदीले बताएका छन् । साथै भविष्यमा नगरबासीहरुको सल्लाह अनुसार बसको रुटमा थपघट गर्ने कुरा समेत उनले जानकारी गराएका छन् ।

आइतबार मात्रै १० लाख कित्ता बोनस र ११ लाख कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत

काठमाडौं, १९ मंसिर । आइतबार मात्रै १० लाख ९७ हजार २८५ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । साथै, सो दिन ११ लाख ५५ हजार कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ । फष्ट माइक्रोफाइनान्स कम्पनीको ३ लाख ४५ हजार कित्ता, सिद्धार्थ फाइनान्सको ३ लाख ५५ हजार ९५० कित्ता र माल्लिका विकास बैंकको ७ लाख ६ हजार ८३५ कित्ता गरि सो मात्रामा बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । त्यस्तै, आइतबार नै रिद्धी माइक्रोफाइनान्स वित्तीय संस्थाको १० लाख कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ । त्यसैगरी नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको १० लाख कित्ता सेयर सूचिकृत भएको छ । तर सो मात्राको सेयर बोनस हो या हकप्रद हो भनेर चाँही नेप्सेमा छुट्टाइएको छैन ।

एनसीसी र चारवटा विकास बैंक मर्ज हुन नेपाल राष्ट्र बैंकले दियाे अन्तिम स्वीकृति

काठमाडौं, १९ मंसिर । एनसीसी बैंकसँग चार वटा विकास बैंक मर्ज गर्न नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ । आइतबार बसेको नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बैठकले एनसीसी, सुप्रिम डेभलपमेन्ट बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बैंक र इन्टरनेशनल डेभलपमेन्ट बैंकको मर्जरलाई प्रक्रियालार्इ अन्तिम स्वीकृति दिएको राष्ट बैंक स्राेतले बतायाे । यी बैंकहरुले गत साउन १७ गते मर्जरका लागि अनुमति माग्दै नेपाल राष्ट्र बैंकमा निवेदन दिएका थिए । कात्तिक एक गतेदेखि नै संयुक्त कारोबार गर्ने लक्ष्यसहित अघि बढेको भएपनि नेपाल राष्ट्र बैंकले मर्जरका लागि अनुमति नदिएपछि ढिला हुँदै आएको थियो । मर्जपछि बैंकको नाम नेपाल क्रेडिट एण्ड कमर्श(एनसीसी) बैंक नै रहनेछ भने लोगो परिवर्तन गरिनेछ । । मर्जपछि एनसीसी बैंकबाट ४ जना, चारवटा विकास बैंकबाट एक/एक जना र एक जना विज्ञ सञ्चालक नियुक्त हुनेछन् । नेपाल क्रेडिट एण्ड कमर्श बैंकमा चार वटा विकास बैंक मर्ज हुँदा चुँक्ता पुँजी ४ अर्ब ६८ करोड रुपैयाँ पुग्नेछ ।

आइतबारसम्म ५ लाख ३० हजार घरधनीसँग अनुदान सम्झौता, ४ लाख बढी घरधनीको पहिलो किस्ता बैंक खातामा जम्मा

काठमाडौं, १९ मंसिर । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाईका अनुसार मंसिर १९ गतेसम्म ५ लाख ३० हजार ६ सय ४६ घरधनीसँग अनुदान सम्झौता भएको छ । जसमा ४ लाख ४४ हजार ४४ हजार ४ सय ६२ घरधनीको पहिलो किस्ता बैंक खातामा जम्मा भइसकेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प पीडित जनतालाई प्रथम किस्ता अनुदान उपलब्ध गराउन अहिलेसम्म २७ अर्ब ३० करोड रुपैयाँ संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाईलाई निकासा दिएको छ । सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालज्यूले व्यवस्थापिका संसद्मा व्यक्त गर्नु भएको प्रतिबद्धता र गत असोज १० गते बसेको निर्देशक समितिको बैठकको निर्णय अनुसार भूकम्प पीडित जनतालाई तीन किस्तामा रु. ३ लाख रुपैयाँ अनुदान उपलब्ध गराउने व्यवस्था कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त सुझाव समेतलाई सम्बोधन गर्ने गरी कार्यकारी समितिको ३८ औं बैठकबाट निजी आवास पुनर्निर्माण अनुदान वितरण सम्बन्धी कार्यविधिको परिमार्जित मस्यौदालाई अन्तिम रुप दिई मन्त्रिपरिषद् समक्ष पेश गर्ने निर्णय भएको छ । उक्त निर्णय बमोजिम मस्यौदा भई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाउने तयारी भैइसकेको छ । चालू आर्थिक वर्षका लागि निर्देशक समितिको बैठकबाट स्वीकृत भएको १ खर्ब ७ अर्ब बजेट मध्ये विभिन्न मन्त्रालय तथा निकायहरुका कार्यक्रम स्वीकृत गरी चालूतर्फ २९ अर्ब ७८ करोड ८ लाख ९६ हजार र पूँजीगततर्फ २२ अर्ब ६३ करोड ६० लाख ७४ हजार रुपैयाँ अख्तियारी प्रदान गरिएको छ ।

सुन जस्तै धातुको ल्याब रिपोर्ट तीन दिन भित्रै, स्थानीयले सुनका गहना लगाई सकेः शेर्पा

काठमाडौं, १९ मंसिर । गत बिहिबार मेलम्ची खानेपानी आयोजनाको मुहान नजिकै फेला परेको पहेलो धातुको ल्याब रिपोर्ट तीन दिनपछि मात्रै आउने भएको छ । खानी तथा भुगर्भ विभागले तीन दिन लगाएर परिक्षण गरेपछि मात्रै सुन जस्तै देखिएको धातुको वास्तविकता पत्ता लगाउन सकिने बताएको छ । ‘ढिक्का थियो भने एक छिनमै तथ्य पत्ता लगाउन सकिन्थ्यो, तर परिक्षणका लागि प्राप्त नमुनामा चट्टान रहेछ, तीन दिनपछि मात्रै रिपोर्ट दिन सक्छौं’, खानी तथा भुगर्भ विभागका निमित्त महानिर्देशक राम प्रसाद घिमिरेले भने । आइतबार मेलम्ची खानेपानी आयोजना सरोकार समितिका पदाधिकारीहरुको उपस्थितीमा सुन जस्तै देखिने धातुको नमुना सार्वजनिक गरिएको हो । गाउँलेले सुनका गहना लगाई सके : शेर्पा मेलम्ची खानेपानी आयोजना सरोकार समितिका अध्यक्ष भालु शेर्पाले मेलम्चीका स्थानिय जनताले खानीबाट निस्किएको पहले धातु पगालेर गहना लगाईसकेको दावी गरे ।‘गाउँका सुनारले खानीबाट निस्केको धातु पगालेर सुनका गहना लगाईसकेका छन्’, आइतबार खानी विभागमा ल्याब परिक्षणका लागि नमुना बोकेर पुगेका शेर्पाले भने । विभागले भने ल्याब परिक्षण बिना केहि भन्न नसकिने स्पष्ट पारेको छ । विभागको ल्याबका प्रमुख शैलेश कुमार झाले भने–‘यो टेक्निकल कुरा हो, अनुमानका भरमा केहि भन्न सक्दैनौं, हामी ल्याब परिक्षण गरेपछि के हो पत्ता लगाउनेछौं ।’