विकासन्युज

अप्पर स्याङ्गे हाईड्रोपावरको सेयर रजिष्ट्रार सेवा माछापुच्छ्रे क्यापिटलले गर्ने

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेड र अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडबीच सेयर रजिष्ट्रार सम्बन्धी सेवा प्रदान गर्ने सम्झौता भएको छ । आइतबार हस्ताक्षर गरिएको सम्झौताबमोजिम अप्पर स्याङ्गे हाईड्रोपावरका सेयर अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने, लगत अद्यावधिकजस्ता सम्पूर्ण काम माछापुच्छ्रे क्यापिटलले गर्नेछ। सम्झौतापत्रमा माछापुच्छ्रे क्यापिटलका सीईओ उपेन्द्र मालाकार र अप्पर स्याङ्गे हाईड्रोपावरका प्रबन्ध निर्देशक विरबहादुर घलेले हस्ताक्षर गरेका हुन् । अबदेखि सम्पूर्ण सेयर रजिष्ट्रार सेवा माछापुच्छ्रे क्यापिटलको बागदरबारस्थित जेडीए कम्प्लेक्सको तेस्रो तलाबाट सञ्चालन हुनेछ।

एलन मस्कले गठन गरे नयाँ अमेरिका पार्टी, दुई–दलीय प्रणालीलाई चुनौती

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व सहयोगी एलन मस्कले शनिबार देशको ‘एक–दलीय प्रणाली’ भनेर वर्णन गरेको कुरालाई चुनौती दिन संयुक्त राज्य अमेरिकामा नयाँ राजनीतिक दल स्थापना गरेको बताएका छन् ।  संसारका सबैभन्दा धनी व्यक्ति तथा सन् २०२४ को चुनावमा ट्रम्पका सबैभन्दा ठूला राजनीतिक दाता मस्कसँग तथाकथित सरकारी दक्षता विभाग (डिओजिई) को प्रमुखका रूपमा खर्च कटौती र सङ्घीय जागिरहरू घटाउने ट्रम्पको प्रयासको नेतृत्व गरेपछि राष्ट्रपतिसँग तीतो मतभेद भएको थियो । मस्कले राष्ट्रपतिको विशाल घरेलु खर्च योजनालाई लिएर ट्रम्पसँग झगडा गरेका छन् । यसले अमेरिकी ऋण विस्फोट गराउनेछ भन्दै उनले यसका लागि मतदान गर्ने सांसदहरूलाई पराजित गर्न आफ्नो शक्तिमा सबै गर्ने वाचा गरेका छन् ।  अब उनले कथित ‘अमेरिका पार्टी’ आफ्नै राजनीतिक ढाँचा सिर्जना गरेको छ र यसमार्फत त्यो हासिल गर्ने प्रयास गर्नेछन् । हाम्रो देशलाई बर्बादी र भ्रष्टाचारले दिवालिया बनाउने कुरामा हामी एक–दलीय प्रणालीमा बाँचिरहेका छौँ, लोकतन्त्रमा होइन', स्पेस एक्स र टेस्लाका मालिकले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्समा पोस्ट गरे, 'आज, अमेरिका पार्टी तपाईंलाई तपाईंको स्वतन्त्रता फिर्ता दिन गठन गरिएको छ ।' मस्कले शुक्रबार, अमेरिकी स्वतन्त्रता दिवसमा अपलोड गरिएको एउटा सर्वेक्षणलाई उद्धृत गरे । उक्त सर्वेक्षणमा उनले उत्तरदाताहरूलाई ‘लगभग दुई शताब्दीदेखि अमेरिकी राजनीतिमा प्रभुत्व जमाएको दुई–पार्टी (कोहीले एक–पार्टी भन्छन्) प्रणालीबाट स्वतन्त्रता चाहन्छन् कि’ भनेर सोधेका थिए । यस सर्वेक्षणले १२ लाखभन्दा बढी प्रतिक्रिया प्राप्त गरेको थियो । 'दुईदेखि एकको अनुपातले, तपाईंहरू नयाँ राजनीतिक दल चाहनुहुन्छ र तपाईंहरूले त्यो पाउनुहुनेछ !' उनले शनिबार पोस्ट गरे । मस्कले दुई टाउको भएको सर्पको चित्र र ‘एक–दलीय प्रणालीको अन्त्य गर’ भन्ने क्याप्सन भएको मिम पनि साझा गरे । जोखिममा रहेका सांसदहरूमा ‘लेजर-फोकस’  नयाँ पार्टीले सन् २०२६ को मध्यावधि चुनाव वा त्यसको दुई वर्षपछि हुने राष्ट्रपतीय निर्वाचनमा कति प्रभाव पार्नेछ भन्ने स्पष्ट छैन । ट्रम्पले कांग्रेसका रिपब्लिकनहरूलाई आफ्नो ठूलो घरेलु एजेन्डा ‘वन बिग ब्युटिफुल बिल’ का रूपमा पारित गर्न दबाब दिएपछि ट्रम्प–मस्क विवाद गत महिनाको अन्त्यमा नाटकीय रूपमा पुनः सुरु भयो । मस्कले कानूनको कडा विरोध गर्नुभयो र ‘ऋण दासत्व’ लाई समर्थन गरेकामा यसका रिपब्लिकन समर्थकहरूलाई निर्दयतापूर्वक आक्रमण गरे । उनले विधेयकको पक्षमा मतदान गर्न सङ्घीय खर्च घटाउन अभियान चलाउने कानून निर्माताहरूलाई चुनौती दिन नयाँ राजनीतिक पार्टी सुरु गर्ने प्रतिज्ञा गरे । विज्ञहरूले यसले अमेरिकी घाटामा एक दशकमा थप ३४ खर्ब डलर थप्ने बताएका छन् । 'यदि यो पृथ्वीमा मैले गर्ने अन्तिम काम भयो भने पनि तिनीहरूले अर्को वर्ष आफ्नो प्राथमिक चुनाव हार्नेछन्', मस्कले यस हप्ताको सुरुमा भने ।  मस्कले मुख्य खर्च विधेयकको कडा आलोचना गरेपछि ट्रम्पले प्रविधि व्यापारीलाई निर्वासन गर्ने र उनका व्यापारहरूबाट सङ्घीय कोष रोक्ने धम्की दिए । उक्त विधेयक अन्ततः कांग्रेसबाट पारित भएर कानूनमा हस्ताक्षर भयो ।    दक्षिण अफ्रिकामा जन्मिएका र सन् २००२ देखि अमेरिकी नागरिकता लिएका मस्कलाई निर्वासन गर्नेबारे विचार गर्ने हो कि भनेर सोधिएको प्रश्नमा राष्ट्रपतिले पत्रकारहरूलाई भने, 'हामीले हेर्नु पर्नेछ ।' सर्वेक्षण पोस्ट गरेपछि शुक्रबार मस्कले जोखिममा रहेका सदन र सिनेटका सिटहरू छान्न र मुख्य कानूनहरूमा ‘निर्णायक भोट’ बन्न सम्भावित राजनीतिक युद्ध योजना प्रस्तुत गरे । 'यसलाई कार्यान्वयन गर्ने एक तरिका केवल दुई वा तीन सिनेट सिट र आठदेखि १० सदन जिल्लामा लेजर–फोकस गर्नु हो', मस्कले एक्समा पोस्ट गरे । अमेरिकी सदनका सबै चार सय ३५ सिट प्रत्येक दुई वर्षमा कब्जा गरिन्छ भने सिनेटका एक सय सदस्यमध्ये छ वर्षको कार्यकाल पूरा गर्ने लगभग एक तिहाइ प्रत्येक दुई वर्षमा निर्वाचित हुन्छन् । केही पर्यवेक्षकहरू कसरी तेस्रो–पार्टी अभियानहरूले ऐतिहासिक रूपमा मत विभाजन गरेको छ भनेर औँल्याउन सङ्कोच गरेनन् । व्यापारी रस पेरोटको स्वतन्त्र राष्ट्रपति उम्मेदवारीले सन् १९९२ मा जर्ज डब्लु बुसलाई पराजित गर्न मद्दत गरेको थियो । बुसको पुनः उम्मेदवारीका कारण डेमोक्रेट बिल क्लिन्टनको विजयी भए । 'तपाईँले रस पेरोट तान्दै हुनुहुन्छ र मलाई यो मनपर्दैन', एक एक्स प्रयोगकर्ताले मस्कलाई लेखे । रासस  

त्रिवि क्रिकेट मैदानमा कुर्सी जडान सुरु

कीर्तिपुर । कीर्तिपुरस्थित क्रिकेट मैदानको प्यारापिटमा सिट जडान कार्य सुरु भएको छ ।  रङ्गशालालाई अन्तरराष्ट्रियस्तरमा बनाउन र रातमा खेल सञ्चालन गराउन गत फागुनदेखि काम सुरु भएको हो । यसको पहिलो चरणमा १० हजार दर्शक अट्ने गरी प्यारापिट निर्माण र आठ वटा फ्लडलाइट जडान गरिँदैछ ।  निर्माणको जिम्मा पाएको बिजी कन्स्ट्रक्सनका इञ्जिनियर सुनील शाहका अनुसार प्यारापिटमा पहेलो सेतो खैरो हरियो नीलो र सुन्तला गरी पाँच रङका कुर्सी जडान हुने छन् । प्यारापिटलाई रङ्गशालाको पश्चिमतर्फ छ र पूर्वतर्फ दुईगरी आठ खण्डमा विभाजन गरिएको छ । प्रत्येक खण्डमा ६५२ कुर्सी राखिनेछन् ।   

गैर बैंकिङ सम्पत्ति बैंकका लागि ठूलो चुनौती बन्यो : अध्यक्ष पौडेल

काठमाडौं । बैंक तथा वित्तीय परिसंघका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलले गैर बैंकिङ सम्पत्ति बैंकिङ क्षेत्रका लागि ठूलो चुनौती बनेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।  नबिल बैंकका अध्यक्ष समेत रहेका पौडेलले विभिन्न नीतिगत व्यवस्थासँगै दिनप्रतिदिन खराब कर्जा बढ्दा गैर बैंकिङ सम्पत्ति चुनौतीपूर्ण बन्दै गएको बताएका हुन् । कार्यक्रममा उनले साना ऋणीलाई ऋण कसरी लिने, व्यवसाय कसरी गर्ने भन्ने लगायत विषयको ज्ञान नहुँदा पनि समस्या भइरहेको धारणा राखे । उनले ऋणीको क्षमता विकासमा बैंकहरु चुकेको धारणा राखे । उनले ‘डिरेक्टिभ लेण्डिङ पोलिसी’ मा पुनरावलोकन गर्न छुट्टै अध्ययन जरुरी भइसकेको बताउँदै यस विषयमा नेपाल राष्ट्र बैंकले पनि तत्काल एक्सन लिनुपर्ने बेला भएको बताए । ‘बैंकिङ क्षेत्रमा सुशासन छ, राज्यका हरेक क्षेत्र बैंकिङ क्षेत्र सरह सुशासनमा चल्नुपर्छ,’ उनले भने, ‘बैंकिङ क्षेत्रले पनि अब आफ्नो टार्गेट पूरा गर्ने हिसाबले मात्रै काम गर्न जरुरी छैन ।’ हरेक क्षेत्रले आफ्ना कमजोरी सुधार गरेर अघि बढ्न जरुरी रहेको उनको भनाइ छ । बैंकिङ क्षेत्रको दिशा बिग्र्यो भने समग्र अर्थतन्त्रको दिशा बिग्रिने उनको धारणा छ ।

सीईओ सन्तोष कोइरालाको प्रश्न : बैंकले कहिलेसम्म लाभांश नबाढ्ने ?

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले बैंकमा पनि कनै लगानीकर्ताको लगानी रहेकोले  ती लगानीकर्ताले पनि नियमित प्रतिफल पाउने वातावरण बन्नुपर्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पछिल्लो समय केही नीतिगत कारणले बैंकहरुको लाभांश क्षमता घटेको र केहीले लाभांश वितरण नै गर्न नसक्ने अवस्था रहेकोले यो परिस्थिति कहिलेसम्म रहने भन्ने प्रश्न गरेका हुन् ।  माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका उनले कार्यक्रममा भने, ‘बैंकमा पनि कुनै लगानीकर्ताको लगानी छ, पछिल्लो समय बैंकहरु लाभांश दिन सक्ने अवस्थामा छैनन्, बैंकहरुले लाभांश कहिले वितरण गर्न पाउँछन् ? त्यसैले लचिलो नीति आवश्यक छ, लचिलो नीति आयो भने अर्थतन्त्र बाउन्स ब्याक हुन मद्दत पुग्छ ।’ उनले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत त्यस्तो सहज नीतिको अपेक्षा व्यक्त गरे । उनले अहिले बैंकिङ क्षेत्रले सम्पत्ति व्यवस्थापनको समस्या भोगिरहेको सुनाए । उनले बैंकको गैर बैंकिङ सम्पत्ति व्यवस्थापनका लागि एउटा शक्तिशाली ‘एसेट म्यानेज्मेन्ट कम्पनी’ आवश्यक रहेको धारणा राखे ।  ‘बैंकहरुले पनि गैर–बैंकिङ सम्पत्ति बिक्री गर्ने प्रयास गरिरहेका छन् । तर, स्थानीय तहले सहयोग गरेका छैनन् । एउटा घर बिक्रीका लागी स्थानीय तहमा अनुमति माग्दा स्थानीय तहले स्वीकृति दिइरहेको छैन । सम्पत्ति बिक्रीका लागि कुनै पनि निकाय नधाउने गरि सम्पत्ति व्यवस्थापन कम्पनी चाहियो,’ उनले भने ।    उनले लिलामको सूचनामा फोटो राख्न नपाइने वा नाम उल्लेख नगर्ने व्यवस्थाले मात्रै समस्याको समाधान नहुने तर्क राखे ।  उनले मौद्रिक नीतिमार्फत ‘डिरेक्टिभ सेक्टर लेण्डिङ पोलिसी’ पनि पुनरावलोकन हुनु पर्ने बताए । अहिले बैंकको औसत आधार दर ६ प्रतिशत हुँदा पनि ८ खर्ब लगानीयोग्य रकम बैंकिङ क्षेत्रमा रहेको सुनाउँदै त्यो रकम प्रवाह हुन सक्ने नीतिको आवश्यकता रहेको धारणा राखे ।   

प्राथमिकता प्राप्त क्षेत्रमा एनपीएल बढ्दा बैंकको लगानी अनुत्पादक क्षेत्रमा भयो : गभर्नर डा. पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले बैंक तथा वित्तीय क्षेत्रको कर्जा लगानी अनुत्पादक क्षेत्रमा बढी भएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बैंकको अधिकांश लगानी अनुत्पादक क्षेत्रमा भएको धारणा राखेका हुन् ।  उनले पछिल्लो समय राष्ट्र बैंकले प्राथमिकतामा राखेका क्षेत्रमै खराब कर्जा अनुपात (एनपीएल) बढेको पनि बताएका छन् । यसले बैंकिङ क्षेत्रले सो क्षेत्रमा कर्जा प्रवाह गर्न कन्जुस्याईं गर्ने गरेको अभ्यास सुनाए ।  यस्तै, उनले अहिले बैंकको निक्षेप र विदेशी मुद्राको सञ्चिति ऐतिहासिक रुपमा बढेको सुनाए । उनले राष्ट्र बैंकले सार्वजनिक गर्ने मौद्रिक नीतिलाई काम गर्ने अवसर दिनुपर्ने धारणा पनि राखे ।  कार्यक्रममा उनले विगतमा बैंक राम्रोसँग चल्ने र सेयरधनीलाई लाभांश खुवाउने मात्रै रहेको भए पनि पछिल्लो समय समग्र अर्थतन्त्रलाई मध्यनजर गर्दै अगाडि बढ्ने गरेको अभिव्यक्ति दिए ।  उनले राष्ट्र बैंकको एक्लै प्रयासले काम नहुने भएकोले अर्थतन्त्र उकास्न सबैको भूमिका महत्वपूर्ण हुने धारणा राखे ।  यस्तै, कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले बैंकमा पनि लगानीकर्ताको लगानी रहेकोले  ती व्यवसायीले पनि नियमित प्रतिफल पाउने वातावरण बन्नुपर्ने बताएका छन् । उनले पछिल्लो समय केही नीतिगत कारणले बैंकहरुको लाभांश क्षमता घटेको र केहीले लाभांश वितरण नै गर्न नसक्ने अवस्था रहेकोले यो परिस्थिति कहिलेसम्म रहने भन्ने प्रश्न गरेका हुन् ।  माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका उनले कार्यक्रममा भने, ‘बैंकमा पनि कुनै लगानीकर्ताको लगानी छ, पछिल्लो समय बैंकहरु लाभांश दिन सक्ने अवस्थामा छैनन्, बैंकहरुले लाभांश कहिले वितरण गर्न पाउँछन् ? त्यसैले लचिलो नीति आवश्यक छ, लचिलो नीति आयो भने अर्थतन्त्र बाउन्स ब्याक हुन मद्दत पुग्छ ।’ उनले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् त्यस्तो सहज नीतिको अपेक्षा व्यक्त गरे । उनले अहिले बैंकिङ क्षेत्रले सम्पत्ति व्यवस्थापनको समस्या भोगिरहेको सुनाए । उनले बैकको गैर बैंकिङ सम्पत्ति व्यवस्थापनका लागि एउटा शक्तिशाली ‘एसेट म्यानेज्मेन्ट कम्पनी’ आवश्यक रहेको धारणा राखे ।  ‘बैंकहरुले पनि गैर–बैंकिङ सम्पत्ति बिक्री गर्ने प्रयास गरिरहेका छन् । तर, स्थानीय तहले सहयोग गरेका छैनन् । एउटा घर बिक्रीका लागी स्थानीय तहमा अनुमति माग्दा स्थानीय तहले स्वीकृति दिइरहेको छैन । सम्पत्ति बिक्रीका लागि कुनै पनि निकाय नधाउने गरि सम्पत्ति व्यवस्थापन कम्पनी चाहियो,’ उनले भने ।    उनले लिलामको सूचनामा फोटो राख्न नपाइने वा नाम उल्लेख नगर्ने व्यवस्थाले मात्रै समस्याको समाधान नहुने तर्क राखे ।  उनले मौद्रिक नीतिमार्फत ‘डिरेक्टिभ सेक्टर लेण्डिङ पोलिसी’ पनि पुनरावलोकन हुनु पर्ने बताए । अहिले बैंकको औसत आधार दर ६ प्रतिशत हुँदा पनि ८ खर्ब लगानीयोग्य रकम बैंकिङ क्षेत्रमा रहेको सुनाउँदै त्यो रकम प्रवाह हुन सक्ने नीतिको आवश्यकता रहेको धारणा राखे ।  कार्यक्रममा बैंक तथा वित्तीय परिसंघका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलले पनि गैर बैंकिङ सम्पत्ति बैंकिङ क्षेत्रका लागि ठूलो चैनौती बनेको बताएका छन् । नबिल बैंकका अध्यक्ष समेत रहेका पौडेलले विभिन्न नीतिगत व्यवस्थासँगै दिनप्रतिदिन खराब कर्जा बढ्दा गैर बैंकिङ सम्पत्ति चुनौतीपूर्ण बन्दै गएको बताएका हुन् । कार्यक्रममा उनले साना ऋणीलाई ऋण कसरी लिने, व्यवसाय कसरी गर्ने भन्ने लगायत विषयको ज्ञान नहुँदा पनि समस्या भइरहेको धारणा राखे । उनले ऋणीको क्षमता विकासमा बैंकहरु चुकेको धारणा राखे । उनले ‘डिरेक्टिभ लेण्डिङ पोलिसी’मा पुनरावलोकन गर्न छुट्टै अध्ययन जरुरी भैसकेको बताउँदै यस विषयमा नेपाल राष्ट्र बैंकले पनि तत्काल एक्सन लिनुपर्ने बेला भएको बताए । ‘बैंकिङ क्षेत्रमा सुशासन छ, राज्यका हरेक क्षेत्र बैंकिङ क्षेत्र सरह सुशासनमा चल्नुपर्छ,’ उनले भने, ‘बैंकिङ क्षेत्रले पनि अब आफ्नो टार्गेट पूरा गर्ने हिसाबले मात्रै काम गर्न जरुरी छैन ।’ हरेक क्षेत्रले आफ्ना कमजोरी सुधार गरेर अघि बढ्न जरुरी रहेको उनको भनाइ छ । बैंकिङ क्षेत्रको दिशा बिग्र्यो भने समग्र अर्थतन्त्रको दिशा बिग्रिने उनको धारणा छ ।

४ वटा एटीआर विमान ल्याउँदै सौर्य एयरलाइन्स

काठमाडौं । सौर्य एयरलाइन्सले एटीआर विमान ल्याउने तयारी गरको छ । गत वर्ष साउन ९ गते एकमात्र बम्वार्डियर सिआरजे विमान दुर्घटनामा परेपछि विमानविहीन बनेको सौर्य एयरलाइन्सले ४ वटा एटिआर विमान ल्याएर पुनः उडान सुरु गर्ने तयारी गरेको जनाएको छ । एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलका अनुसार नागरीक उड्डयन प्राधिकरणबाट ४ वटा एटीआर विमान भित्र्याउने स्वीकृति अन्तिम चरणमा पुगेको छ ।  जनवरी २०२६ सम्ममा उडान सुरु गर्ने लक्ष्यसहित तयारी भइरहेको र एटीआर खरिद प्रक्रियाका लागि आफू युरोपमै रहेको उनले बताए ।

ग्लोबल आइएमईको ‘समुन्नत योजना-२’ म्युचुअल फन्डमा आवेदन खुल्यो

काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रवर्द्धनमा सञ्चालित म्युचुअल फन्ड ग्लोबल आइएमई समुन्नत योजना–२ मा आवेदन खुलाइएको छ । लगानीकर्ताले असार २५ गतेसम्म र सो अवधिमा पूर्ण बिक्री नभए साउन ४ गतेसम्म आवेदन दिन सक्नेछन् । ग्लोबल आइएमइ क्यापिटलका अनुसार फण्डको यस योजनामा लगानी गर्ने इकाइधनीले औसत वार्षिक २२.४ प्रतिशत प्रतिफल पाउने छन् । ग्लोबल आइएमई क्यापिटलमा ग्लोबल आइएमइ बैंकको ८१.५० प्रतिशत स्वामित्व रहेको छ । १० वर्षपछि परिपक्क हुने योजना १ अर्ब २० करोडको हुनेछ । अधिक आवेदन आएमा यो आकार २५ प्रतिशतसम्मले बढ्नेछ । यो बन्दमुखी योजना हो । ग्लोबल आइएमई म्युचुअल फन्ड अन्तर्गतको ग्लोबल आइएमई समुन्नत योजना २ हो । यो योजनाले १२ करोड इकाइ सर्वसाधारणमा बिक्री गर्नेछ । प्रति इकाइ १० रुपैयाँका दरले अधिकतम एक सय इकाइका लागि आवेदन दिन सकिन्छ । योजनाले इक्विटी र इक्विटी सम्बन्धी साधनमा ७० देखि ९० प्रतिशतसम्म लगानी गर्नेछ । अरु ऋणपत्र तथा मुद्दती निक्षेपमा लगानी गर्नेछ । ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत हाल २ योजना सञ्चालनमा छन् ।