विकासन्युज

नागार्जुन रिसोर्टले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्छ : वनमन्त्री ठकुरी

काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षित गर्न रिसोर्टको भुमिका महत्वपूर्ण रहेको बताएका छन् । तारकेश्वर नगरपालिका वडा नम्बर ३ स्थित नागार्जुन रिसोर्टको मंगलबार उद्घाटन गर्दै शाहीले आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षित गर्नेदेखि रिसोर्टहरुले स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने गरेको बताएका हुन् ।  उनले नेपालमा पर्यटकहरु भित्र्याउनका लागि वातावरण बनाउन जरुरी रहेको बताए । अहिलेको सरकार निजी क्षेत्रलाई आर्थिक लगानीको वातावरण बनाउन अग्रसर रहेको बताए । लगानीको सुरक्षा र लगानी प्रवर्द्धन गर्नका लागि पेशा र व्यवसायको सुनिश्चितता गर्न सरकार प्रतिवद्ध रहेको बताए । देशको अर्थतन्त्रलाई विशेष टेवा दिने क्षेत्र भनेको पर्यटन, जलस्रोत, वन रहेको जानकारी दिए ।  मन्त्री शाहीले भने–‘नेपालमा पर्यटकहरुको ओइरो लाग्न सक्छ । देशको आर्थिकलाई विशेष टेवा दिने क्षेत्र भनेको पर्यटन, जलस्रोत, वन हो । पर्यटनका जतिपनि सम्भावना छन । ती सबै वन क्षेत्र, राष्ट्रिय निकुञ्ज, आरक्ष र संरक्षित क्षेत्र रहेका छन ।’ सो अवसरमा ओशो तपोवनका स्वामी आनन्द अरुणले नेपाललाई पर्यटनका लागि स्वर्ण भूमि भन्दै, विश्वभरका पर्यटकलाई प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र आध्यात्मिक शान्तिको अद्वितीय अनुभव दिलाउन नेपाल सक्षम रहेको बताए । उनकाअनुसार नागार्जुन क्षेत्र पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो । पर्यटनका लागि ठूलो गन्तव्य बन्न सक्छ । अहिले पनि त्यहाँ रहेको तपोवनले ६०–८० देशका पर्यटकहरु ल्याउने गरेको छ । तर ठाउँ कम भएकाले कोठा पुग्दैन ।  उनले भने–‘नागार्जुन रिसोर्टले हामीलाई ठूलो सहयोग गर्ने छ । तपोवनमा अहिले ठाउँ छैन । मुस्लिमदेखि इसाइ कन्ट्रिसम्मका व्यक्तिहरु ध्यान र योग सिक्न नेपाल आउने गरेका छन । पर्यटन नेपालको ठूलो सम्पदा हो । जो हामीले एक्सप्लो नै गर्न सकिरहेका छैनौं ।’ उद्घाटन समारोहमा बोल्ने अन्य व्यक्तित्वहरुले रिसोर्टले आगामी दिनमा आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षित गर्दै स्थानीय रोजगारी सिर्जना गर्ने तथा समग्र समुदायलाई लाभ पुर्याउने लक्ष्य रहेको स्पष्ट पारेका थिए । के छ नागार्जुन रिसोर्टमा ? नागार्जुन रिसोर्टमा हाल ६५ ओटा सुविधा सम्पन्न कोठा छन्, जसले पाहुनालाई उच्च स्तरको आवासीय सुविधा उपलब्ध गराउने लक्ष्य राखेको छ ।  रिसोर्ट व्यवस्थापन पक्षका अनुसार यहाँको प्रमुख आकर्षणहरूमा एयर कन्डिसन युक्त डिलक्स कोठाबाट काठमाडौं उपत्यकाको मनोरम दृश्य अवलोकन गर्ने व्यवस्था, पर्याप्त पार्किङ, बच्चाहरूका लागि विशेष प्ले स्टेशन, कालुपाँडे डाँडासम्मको सजिलो हाइकिङ पहुँच, साथै स्थानीय स्वादमा बनेका बारबेक्यु, पिज्जा, मम लगायतका विविध परिकारहरू रहेका छन् । स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने तथा सामुदायिक विकासमा योगदान दिने उद्देश्यका साथ सञ्चालनमा आएको नागार्जुन रिसोर्टले नेपालको पर्यटन क्षेत्रमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ । 

कुलिङ पिरियडमा शब्दको चलखेल : राप्रपाले माग्यो समिति सभापतिको राजीनामा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाको राजीनामा माग गरेका छन् । सिंहदरबारमा मंगलबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै कुलिङ पिरियडमा भएको चलखेलबारे नैतिकताको आधारमा सभापति खतिवडाले राजीनामा दिनुपर्ने माग गरेका हुन् ।  उनले यो जघन्य अपराध भएको बताउँदै यसले देशलाई फाइदा नहुने बताए । सांसदहरुको महत्वलाई नै छेडखानी गर्ने कुरा राज्य विरुद्धको कसुर भएको जिकिर गरे । कर्मचारीले यो हर्कत गरेका हुन् भने राज्यविरुद्धको कसुर लगाएर अपराध गर्नेलाई सजाय हुनुपर्ने जानकारी दिए ।  उनले भने, ‘यो जघन्य अपराध हो । यसको छानविन होस् । कानून बनाउने कुरामा यस्तो छेडखानीले न देशलाई फाइदा गर्दछ । यो त राज्य अपराध हो । सांसदहरुको महत्वलाई नै छेडखानी गर्ने कुरा राज्य विरुद्धको कसुर जस्तै हो । कर्मचारीले यो हर्कत गरेका हुन् भने राज्यविरुद्धको कसुर लगाएर अपराध गर्नेलाई सजाय हुनुपर्छ । राज्यको नियम बनाउने कुरामा यस्तो हुँदैन ।’ सरकारले फागुन २०८० मा संसद्मा दर्ता गराएको विधेयकमा ‘संवैधानिक, कुटनीतिक नियुक्ति वा सरकारले गर्ने अन्य कुनै नियुक्तिबाहेकको पदमा नेपाल सरकारको पूर्वस्वीकृति नलिई सेवा निवृत्त भएको मितिले दुई वर्षसम्म काम गर्नु नहुने’ व्यवस्था थियो । यो प्रवन्धले संवैधानिक र राजनीतिक नियुक्तिमा कुनै अवरोध थिएन । सरकारीबाहेक निजी तथा गैरसरकारी संस्थामा नियुक्ति लिन मात्र सरकारको स्वीकृति चाहिने उद्देश्य राखिएको थियो ।  समितिबाट पारित भएको विधेयकमा संवैधानिक वा कुटनीतिक नियुक्तिमा नेपाल सरकारले गर्ने अन्य कुनै नियुक्ति बाहेक भन्ने शब्द नराखिएको तर प्रतिनिधि सभामा पुग्दा बाहेक भन्ने शब्द राखेको पाएकाले प्रश्न उठेको छ । 

नेपाल बैंकका कर्मचारी र ग्राहकलाई ‘लेट मि इन’ मा उपचार शुल्कमा छुट

काठमाडौं । नेपाल बैंक लिमिटेडका कर्मचारी तथा बैंकका ग्राहकहरूलाई काठमाडौं, नयाँ बानेश्वरस्थित लेट मि इनमा उपलब्ध कोरियन प्रविधियुक्त एस्थेटिक्स सेवाहरूमा छुट दिने सहमति भएको छ । सम्झौता अनुसार नेपाल बैंकका कर्मचारी र खाता रहेका ग्राहकहरूले लेट मि इनको विविध सौन्दर्य र छाला सम्बन्धी उपचार सेवामा ८ देखि १५ प्रतिशतसम्म छुट पाउनेछन् । उक्त सम्झौतापत्रमा नेपाल बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र लेट मि इनका प्रबन्ध निर्देशक डोङ्ग सु माले हस्ताक्षर गरेका हुन् ।

भारत-चीनले रुसी तेल किन्दा ५०० प्रतिशत ट्यारिफको चेतावनी

काठमाडौं । भारत र चीनले रुसी तेलको आयात जारी राखेमा उनीहरूलाई चाँडै भारी आर्थिक दण्डको सामना गर्नुपर्ने सम्भावना देखिएको छ । अमेरिकी सिनेटर लिन्डसे ग्राहमले युक्रेनलाई समर्थन नगर्ने देशबाट आयात हुने वस्तुमा ५०० प्रतिशत ट्यारिफ लगाउने प्रस्ताव राखेका छन् ।  उनका अनुसार यदि कुनै देशले रुसबाट उत्पादन किन्छ तर युक्रेनलाई सहयोग गर्दैन भने त्यस देशका उत्पादनमाथि अमेरिकामा ५०० प्रतिशत ट्यारिफ लाग्नेछ । उनले भनेका छन् ‘भारत र चीनले रुसको झण्डै ७० प्रतिशत तेल खरिद गर्छन् । यसले रुसको युद्ध मेसिनलाई जीवित राखेको छ ।’ यस विधेयकलाई व्यापक समर्थन मिलेको छ । यसमा राष्ट्रपतिको विवेकाधिकार अन्तर्गत कार्यान्वयनमा विशेष छुट दिने व्यवस्था पनि छ । सिनेटर रिचर्ड ब्लूमेन्थलले पनि उस्तै धारणा व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘यदि रुसले शान्ति वार्तामा भाग लिन अस्वीकार गर्छ वा युक्रेनसँग भविष्यमा कुनै सम्झौता भए त्यसको उल्लंघन गर्छ भने भारत र चीनमाथि ५०० प्रतिशत ट्यारिफ लगाइनुपर्छ ।’ अमेरिकाको कडा प्रतिबन्ध युक्रेन युद्धपछि अमेरिका र पश्चिमी मुलुकहरूले रुसमाथि कडा प्रतिबन्ध लगाएका छन् । यसमा रुसी तेलको मूल्यमा पनि सीमा (जस्तै जी ७ मूल्य सीमा) राखिएको छ । भारत र चीनले आफ्ना ऊर्जा आवश्यकताका लागि सस्तो दरमा रुसी तेल खरिद गरिरहेका छन् । केही अमेरिकी नेताहरूले यसलाई रुसी अर्थतन्त्रलाई सघाउने कदमको रूपमा हेरेका छन् । अमेरिका संसारको सबैभन्दा ठूलो अर्थतन्त्र र सैन्य शक्ति हो । अमेरिकी अर्थतन्त्र चीन र भारतमाथि ठूलो मात्रामा निर्भर छ । चीन र भारतका लागि पनि अमेरिका महत्त्वपूर्ण साझेदार हो । यो आपसी निर्भरता नै यस्ता चरम कदमहरूलाई रोक्न सक्छ । त्यसो नगरे दुबै पक्षलाई भारी नोक्सान हुनेछ । अमेरिकाका लागि आत्मघाती कदम भारत र चीन दुबै विश्वका प्रमुख उत्पादन केन्द्र हुन् । ती देशका उत्पादनमा ५०० प्रतिशत ट्यारिफ लगाइएमा अमेरिकी उपभोक्तालाई अत्यधिक मूल्य तिर्नुपर्नेछ । महँगी उच्च हुने र जीवनयापनको लागत असहनीय बन्नेछ । धेरै अमेरिकी कम्पनीहरूको सप्लाई चेन भारत र चीनमा आधारित रहेकोले यस्तो कदमले उत्पादन लागतमा भारी वृद्धि ल्याउनेछ, प्रोफिट घट्नेछ र कतिपय उद्योगहरू बन्द पनि हुन सक्छन् । यसले ग्लोबल सप्लाई चेन तहसनहस पार्न सक्छ, जसबाट विश्वभर उत्पादन अभाव र व्यवधान उत्पन्न हुनेछ । भारत र चीनले पनि जवाफमा अमेरिकी उत्पादनमा उच्च ट्यारिफ लगाउनेछन्, जसले अमेरिकी निर्यातकर्तालाई ठूलो नोक्सान पुर्‍याउनेछ ।  यसले डब्ल्यूटीओका नियमहरूको गम्भीर उल्लंघन पनि गर्नेछ, जसले गर्दा अमेरिका अन्तर्राष्ट्रिय व्यापार मञ्चमा कानुनी चुनौती र आलोचना झेल्नेछ । अमेरिका नियम उल्लंघनकर्ता राष्ट्रको रूपमा चित्रित हुनेछ । व्यवहारिक नीति नभइ केवल धम्की  भारत अमेरिका-इन्डो-प्यासिफिक क्षेत्रमा चीनको प्रभावको सामना गर्न एक महत्त्वपूर्ण रणनीतिक साझेदार हो । यस्तो कठोर कदमले भारतसँगको सम्बन्ध बिगार्न सक्छ र भारतलाई चीन वा रुसको नजिक लैजान सक्छ, जुन अमेरिकाकै दीर्घकालीन हितविरुद्ध हुनेछ । चीनसँगको सम्बन्ध पहिले नै तनावपूर्ण छ, त्यसलाई थप चर्काउनु पनि अमेरिकाकै लागि महँगो साबित हुन सक्छ । यस कारण ५०० प्रतिशत ट्यारिफको धम्की राजनीतिक बयानबाजीको भाग मात्रै हो। यसको कार्यान्वयन सम्भावना न्यून छ । यो धम्कीको उद्देश्य भारत र चीनलाई रूसी तेल खरिदको मामलामा दबाबमा राख्ने प्रयास हो, तर यो न त व्यवहारिक छ, न नै दीर्घकालीन नीति । चीनको ‘डलरमुक्त अभियान’ : विश्व बजारमा छाउने तयारी गर्दै युआन ईभी युगमा चम्कँदै लिथियमको बजार, भण्डारमा दक्षिण अमेरिकाको वर्चस्व टेस्लामा फेरि व्यवस्थापकीय संकट, शीर्ष कार्यकारी र मस्कका विश्वासपात्रले कम्पनी छाडे अनेकन प्रतिबन्धको बाबजुत पनि रुसी अर्थतन्त्रको धमाकेदार उडान  

सुविधासम्पन्न नागार्जुन रिसोर्ट सञ्चालनमा, रोजगारी र पर्यटनमा टेवा पुग्ने अपेक्षा

काठमाडौं । तारकेश्वर नगरपालिका–३ मा सुविधासम्पन्न पर्यटकीय पूर्वाधार निर्माण भएको छ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले मंगलबार एक समारोहका बीच नागार्जुन रिसोर्टको उद्घाटन गरे ।  त्यस अवसरमा उनले पर्यटन क्षेत्रमा थपिएको यो नयाँ पूर्वाधारले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । मन्त्री शाहीले वन, आरक्षण, संरक्षित क्षेत्र तथा निकुञ्जको सही उपयोग गर्दै यसलाई पर्यटन क्षेत्रसँग जोड्नुपर्ने बताए । पर्यटन प्रवद्र्धनमा निजी क्षेत्रले गरेको योगदानको सराहना गर्दै उनले निजी क्षेत्रलाई सरकारले सधैँ प्रोत्साहन गर्ने बताए ।  स्वामी आनन्द अरुणले पर्यटनका लागि हाम्रो देश स्वर्ण भूमि हो भन्दै विश्वका विभिन्न देशका पर्यटक नेपालप्रति आकर्षित भएका बताए । उनले हाम्रो देशको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र आध्यात्मिकताले सबै किसिमका पर्यटकलाई लोभ्याएको विचार व्यक्त गरे ।  तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जन, उपप्रमुख सृजना बुर्लाकोटी अर्याल, ३ नं वडा कार्यालयका अध्यक्ष परशुराम अर्यालले देशको पर्यटन प्रवर्द्धनमा रिसोर्ट सहयोगी हुने विश्वास व्यक्त गरे ।  रिसोर्टका व्यवस्थापक अभिषेकविक्रम शाहले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने तथा सामुदायिक विकासमा योगदान दिने उद्देश्यका साथ आफूहरुले रिसोर्ट सञ्चालन गर्ने बताए ।   

देशभर ४०२ किलोमिटर सुरुङ निर्माण, सडकका लागि कति ?

काठमाडौं । ‘नेपाल सुरुङयुगसँगै नयाँ युगमा प्रवेश गरेको छ । विकास निर्माणको गति निरन्तर अघि बढ्ने छ । ‘नेपालमा केही भएन’ भन्ने भाष्यको खण्डन भएको छ,’ प्रधानमन्त्री केपी शर्मा ओलीले गत साल साउन २१ गते सिद्धबाबा दोभान सुरुङमार्गको ब्रेकथ्रू कार्यक्रममा बताएका थिए । प्रधानमन्त्री ओलीको सम्बोधनमा कति दम र इमानदारी थियो भन्ने विषय उनी स्वयं जानून्, तर उनले भनेजस्तै नेपाल सुरुङ युगमा प्रवेश गरेको भने स्वीकार गर्न सकिने तथ्य हो । हुन त नेपालमा २५५ वर्षअघि नै सडक यातायातका लागि सुरुङ बनाइएको इतिहास छ । तर पनि आधुनिक सडक संरचनामा सुरुङयुगतर्फको नेपालको यात्रा आज पनि आम नेपालीका लागि नौलो नै रहेको छ । नेपालका लागि सुरुङ नौलो भए पनि हालसम्म सडक, सिँचाइ र जलविद्युत प्रयोजनका लागि गरेर कुल ४०२ किलोमिटर सुरुङ निर्माण भइसकेको विभिन्न तथ्याङ्कहरूले देखाएका छन् । इन्जिनियर रामहरि शर्माका अनुसार ओलीले भनेको भए पनि नभए पनि नेपाल सुरुङ युगमा प्रवेश गरिसकेको छ। विसं १९७४ मा अमलेखगञ्ज-भीमफेदी सडकमा ५०० मिटर लामो सुरुङ निर्माण गरेर सुरु गरिएको सुरुङ इतिहास अहिले ४०२ किमी लामो भइसकेको छ । यो संख्या प्रस्तावित सुरुङहरूको आधारमा अझ बढ्ने निश्चित छ । नेपालमा सडक यातायात, विद्युत उत्पादन र सिँचाइ प्रयोजनका लागि सुरुङहरू खनिएको पाइन्छ । हालसम्म सबैभन्दा धेरै सुरुङहरू सिँचाइ प्रयोजनका लागि निर्माण गरिएको तथ्याङ्कले देखाउँछ । इन्जिनियर शर्माका अनुसार हालसम्म सिँचाइ प्रयोजनका लागि ३५० किमी सुरुङ तयार भइसकेका छन्।  सडक प्रयोजनका लागि भने हालसम्म जम्मा २१ दशमलव २८८ किमी सुरुङहरूको ब्रेकथ्रु भइसकेको छ । जसमध्ये सिस्नेखोला-नागढुङ्गा सुरुङमार्ग सवारी आवागमनका लागि तयार भइसकेको छ । यसको लम्बाइ २ दशमलव ६८८ किमी रहेको छ । यो सुरुङमार्ग असोजको पहिलो सातामा प्रधानमन्त्री ओलीद्वारा उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । यस सुरुङको कुल लागत २२ अर्ब रुपैयाँ रहेको छ, जसमा १६ अर्ब जापान सरकारको अनुदान तथा ६ अर्ब नेपाल सरकारको अंश रहेको छ । त्यसैगरी, सिद्धबाबा-दोभान सुरुङ मार्गको पनि ब्रेकथ्रू भइसकेको छ, जसको लम्बाइ १.१२६ किमी रहेको छ । हाल सडकमा प्रयोगमा नरहे पनि नेपालको पहिलो सुरुङ अमलेखगञ्ज-भीमफेदी सुरुङ २ दशमलव ७ किमी लामो रहेको छ । यस्तै, काठमाडौं-तराई-मधेस द्रुतमार्गका सातवटा सुरुङका जम्मा १०.१ किलोमिटर कुल लम्बाइ रहेको छ ।  यीबाहेक अन्य ५ वटा सुरुङहरू प्रस्तावित अवस्थामा छन । जसमध्ये केहीको सम्भाव्यता अध्ययन सुरु भइसकेको छ ।  विज्ञहरूका अनुसार हाल प्रस्तावित सुरुङ मार्गहरू नै निर्माण सकिएका वा निर्माणाधीन आयोजनाहरूभन्दा अझ महत्त्वपूर्ण छन् । निर्माणाधीन सुरुङमा थानकोट चित्लाङको सम्भाव्यता अध्ययन भइरहेको छ । चरीकोट तामाकोशी पनि जाइका नेपालको सहयोगमा सम्भाव्यता अध्ययन भइरहेको सुरुङमार्ग हो ।  पर्यटकीय सहर पोखराको सुन्दरतामा ट्राफिक जाम भिलेन हुनसक्ने ठानेर नेपाल  सरकारले  हेम्जा पोखरा सुरुङ मार्गको पनि अध्ययन सुरु गरेको छ । यीबाहेक चरीकोट तामाकोशी सुरुङमार्ग, जाजरकोट जुम्ला सुरङमार्ग र बबइ छिन्चु सुरुङ मार्ग पनि नेपा सरकारको प्रस्तावित सुरुङमार्गमा पर्दछन् ।

बर्षौंदेखिको पानी बोकेर ल्याउने बाध्यता अन्त्य, अमलाचौर रुम्टाका बासिन्दा दंग

गलकोट । तीन महिना अघिसम्म खानेपानी बोकेर घरमा ल्याउँदै आएको जिल्लाको बागलुङ नगरपालिका–१२ अमलाचौरको रुम्टा गाउँकी चित्रदेवी सापकोटा अहिले घरमै खानेपानीको सुविधा हुँदा दङ्ग छिन् । खानेपानीको अभाव आजको नभएर आफूले जान्दादेखिको बताउँदै घरमुनिको मूलको पानी लिफ्टमार्फत घरमा पुग्दा सपनाजस्तै भएको छ चित्रदेवीलाई । रुम्टा बस्तीभन्दा तलमात्र खानेपानीको स्रोत भएकाले वर्षौँदेखि खानेपानी बोकेर प्रयोग गर्दै आएको सापकोटाको घरमा खानेपानीको धारा खसेको तीन महिना भयो । बस्तीमाथि खानेपानीको स्रोत नहुँदा वर्षौँदेखि खानेपानीको पहुँचबाट बाहिर रहेको यहाँको १६ घरमा लिफ्टमार्फत खानेपानी पुर्याइएको छ । 'चार बजे उठेर गाग्रीको लाइन लाग्नुपर्दथ्यो, बस्तीभन्दा माथि मुहान भएपो घरमा आउँथ्यो, बस्तीभन्दा तल गहिरो जोत्नेमा मूल छ', उनले भनिन्, 'अहिले त विद्युत् मोटरले तानेपछि पानीमाथितर्फ आउँदोरहेछ, घरमै खानेपानीको धारा आउँदा हामी दङ्ग परेका छौँ, खानेपानीकै अभावले भारत बस्दै आएका थियौँ, अहिले खानेपानी आएपछि गाउँमा फर्केर आएका छौँ ।' खानेपानीकै कारण उजाडिएको गाउँ पुनः हरीयाली बन्न थालेको छ । सापकोटा दम्पतीजस्तै छिमेकीसमेत खानेपानीको धारा घरमा आएपछि गाउँमा बसाइँ गर्न थालिएको छ । गाउँका घर कटेरा बनाउनसमेत पानी बोकेर ल्याइएको स्मरण गर्दै सापकोटाले लिफ्टमार्फत बस्तीमुनिको पानी बस्तीभन्दा माथि आउला भन्ने आफूले कल्पना नगरेको जानकारी दिइन् । सानो बस्ती भएकाले खानेपानीमा निकै पछि परे पनि अहिले बल्ल लिफ्टमार्फत घरघरमा खानेपानी आएको छ । ३० लाख खर्चेर १०० मिटरभन्दा माथि बस्तीमा खानेपानी पुर्याइएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इञ्जिनियर सागर अधिकारीले बताए । अधिकारीले अत्यन्तै खानेपानीको समस्या भोगेको गाउँ भएकाले १६ घरमा खानेपानीको धारा पुर्याउन रु ३० लाख खर्चिएको बताए । खानेपानी संस्था दर्तापश्चात विद्युत् महसुल भने गण्डकी प्रदेश सरकारले सहुलियतमा प्रदान गर्नेछ । बाइस वर्षदेखि बजारमा व्यवसाय गर्दै आएको यदुनाथ सापकोटाले गाउँमा खानेपानीको समस्या देखेर आफूले सहर छाडेर खानेपानी आयोजनाको उपभोक्ता समितिको अध्यक्ष बनेर काम गरेको बताए । उपभोक्ता समितिका अध्यक्ष सापकोटाले भने, 'खानेपानीका कारण २२ वर्षपछि म गाउँ फर्केँ, अन्य छिमेकीसमेत फर्कने आस छ, नगरपालिकाभित्रको विकसित वडामा खानेपानीले पछि परेको रुम्टा गाउँमा घरघरमै धारा आएको छ, अब त खानेपानी बोक्ने समस्या सदाका लागि अन्त्य भएको छ ।' स्थानीय डिलबहादुर सापकोटाले अहिलेको जमनामा पनि खानेपानी बोकेर ल्याउनुपर्ने अवस्थाको अन्त्य भएको भन्दै खुसी व्यक्त गरे । गहिरी जोत्ने लिफ्ट खानेपानी योजनाअन्र्तगत १६ घरमा खानेपानी पुर्याइएको छभने अमलाचौर स्वास्थ्यचौकी नजिकैको धोलेचौर गाउँमा खोल्सीधारा धोलेचौर लिफ्ट आयोजनाअन्तर्गत ३० घरमा पनि खानेपानी पुर्याउने काम अन्तिम चरणमा पुगेको हो । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको संयुक्त लगानीमा निर्माण भइरहेको उक्त योजना अहिलेसम्म ७० प्रतिशत भौतिक प्रगति भएको इञ्जिनियर अधिकारीले जानकारी दिए । उक्त लिफ्ट खानेपानी योजनाका लागि दुई कार्यालयको झण्डै रु ३२ लाख खर्च हुनेछ । उक्त खोल्सीधारा धोलेचौर लिफ्ट आयोजनाअन्तर्गत ३० घरमा खानेपानी पुर्याउन मुहानबाट एक सय मिटरभन्दा माथि पानी तान्ने काम असारसम्म पुग्ने र आगमी आर्थिक वर्षको सुरुमै घरघरमा धारा पुर्याउने लक्ष्य खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको छ । रासस

लक्ष्मी स्टील्सको व्यापारमा १४.७२ प्रतिशत गिरावट, ९ महिनामा गर्‍यो पौने ७ अर्बको कारोबार

काठमाडौं । लक्ष्मी स्टील्सको व्यवसायमा गिरावट आएको छ । कम्पनीले सन् २०२४ मा ८ अर्ब ५ करोड ३० लाख रुपैयाँ बराबरको स्टीलको कारोबार गरेको छ । सन् २०२३ को तुलनामा सन् २०२४ मा कम्पनीको आम्दानी १४.७२ प्रतिशतले गिरावट आएको हो ।  सन् २०२३ मा कम्पनीले ९ अर्ब ४४ करोड ४० लाख रुपैयाँको सञ्चालन आम्दानी गरेको थियो । सौरभ ग्रुप अन्तर्गतको लक्ष्मी स्टील्सले चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिना (सन् २०२५) मा ६ अर्ब ८१ करोड ४० लाख रुपैयाँ बराबरको कुल सञ्चालन आम्दानी गरेको छ ।  सन् २०२२ मा ८ अर्ब ५४ करोड ३० लाख रुपैयाँ र सन् २०२१ मा ६ अर्ब ८ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले जनाएको छ । इन्फोमेरिक्स रेटिङले कम्पनीलाई त्रिपलबी रेटिङ प्रदान गरेको छ । अल्पकालीन कर्जाका लागि एथ्रीप्लस रेटिङ पाएको छ । कम्पनीले दीर्घकालिन १८ करोड ९० लाख रुपैयाा र अल्पकालीन ३ अर्ब ७७ करोड रुपैयाँ ऋणका लागि रेटिङ गराएको हो ।  सन् २००८ मा सौरभ ग्रुपले स्थापना गरेको लक्ष्मी स्टील्सले टिएमटी रड, ब्लेड र रिब्ड तारहरू उत्पादन गर्दै आएको छ । नवलपरासीको सुनवलमा अत्यधुनिकस्तरको उद्योग सञ्चालन गर्दै आएको कम्पनीले उत्पादन क्षमता तथा बजार विस्तारलाई तीव्रता दिइरहेको छ । रडको लागि १ लाख ५० हजार मेट्रिक टन र बिलेटको लागि १ लाख ८० हजार मेट्रिक टन उत्पादन गर्ने क्षमता राख्छ ।  लक्ष्मी स्टील्सले हालै चुक्ता पुँजीको २० लाख कित्ता सेयर प्रिमियम मूल्यमा बिक्री गरेको छ । कम्पनीले सेयर बिक्रीमा राख्दा प्रतिकित्ता २६५ रुपैयाँ तोकेको थियो ।