विकासन्युज

पहाडमा चट्याङसहित वर्षा, तराईमा तातो हावा र तापक्रम वृद्धि हुने

काठमाडौं । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भागमा पश्चिमी  र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली र पहाडी क्षेत्रमा सामान्यतया बदली रहेको छ भने तराईमा आंशिक बदली छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक/दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशका हिमाली र पहाडी भाग तथा कोशी प्रदेशको तराईमा सामान्यतया बदली रहनेछ । मधेस प्रदेश तथा बागमती र गण्डकी प्रदेशको तराईमा आंशिक बदली रहने तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईमा मुख्यतया मौसम सफा रहने छ । देशका हिमाली र पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । कोशी प्रदेशका तराईका  तथा मधेस प्रदेशका केही स्थानमा, बागमती र गण्डकी प्रदेशका तराईका एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । यसैगरी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा तातो हावा तथा बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा तापक्रम बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका साथै कोशी प्रदेशका तराई र मधेस प्रदेशमा सामान्यतया बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्र तथा बागमती र गण्डकी प्रदेशको तराईमा आंशिक बदली रहने छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईमा मुख्यतया मौसम सफा रहने छ । आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही तथा लुम्बिनी प्रदेशका हिमाली एवं पहाडी क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । कोशी प्रदेशका तराई तथा मधेस प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले तातो हावा चल्ने र तापक्रम वृद्धि हुने पूर्वानुमान गरिएका स्थानका  सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ । साथै महाशाखाका मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहन पनि अनुरोध गरिएको छ । 

पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौं: अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउने बताएका छन् ।  निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धमा सुझाव सङ्कलनका लागि पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय भेलालाई बिहीबार (आज) भर्चुअल सम्बोधन गर्दै उनले पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाएर विश्वास दिलाएका हुन् ।  नेपाल कम्युनिष्ट पार्टीले २०७४ को निर्वाचनमा राम्रो मत हासिल गरी सरकार सञ्चालन गरेको र त्यस कार्यकालमा देशको आर्थिक विकास, राष्ट्रियता, गरिबी निवारण, शान्ति सुव्यवस्था र सुशासनका दृष्टिले ऐतिहासिक काम गरेको अध्यक्ष ओलीको दाबी थियो ।  उनले एउटा निर्वाचनमा हार्दैमा सुदृढ सङ्गठन र व्यापक जनाधार रहेको एमालेका नेताकार्यकर्ताले निराश हुन नहुने बताए ।   पार्टीले सातवटै प्रदैशमा पार्टी पुनर्गठन सम्बन्धमा सुझाव सङ्कलनका अभियान सञ्चालन गरिरहेको छ ।

रास्वपा महाधिवेशन: भूगोलतर्फ कुन प्रदेशबाट कसले कति पाए मत ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य निर्वाचनमा प्रदेशगत (भूगोल समूह) तर्फका उम्मेदवारहरूको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ ।  कुन प्रदेशबाट कसले कति पाए मत ? कोशी प्रदेश निशा मेहता १ हजार ८६१ विश्वराज पोखरेल १ हजार ४६० शोभा कार्की १ हजार २०४ कल्पना थापा ९३९ सुजाता तामाङ ८३९ क्जष्खबm ऋझभलत द्यबललभच लालविक्रम थापा ७८३ सयमलाल चौधरी ७५८ प्रकाश पाठक ७४३ वीरेन्द्र श्रेष्ठ ६३१ राजकुमार राई ६२४ पारमणि गेलाल ६१३ धनेश्वर शाह ५६७ नवीन खड्का ५५५ प्रजना राई ५३९ भूमिनन्द बराल ५२६ पीताम्बर तिम्सिना ४९७ रमेशप्रसाद ओझा ४८८ ऋतुराज लिम्बू ४४४ कृष्णबहादुर चोङबाङ लिम्बू ४०० सिर्जना लामा फोम्बो ३२४ । मधेश प्रदेश सुष्मा बस्नेत १ हजार ४१८ सरिताकुमारी चौधरी १ हजार २८० नमिता यादव १ हजार ११९ मञ्जु सिंह १ हजार १३ अंकितकुमार यादव ९५० गणेश धिमाल ८६३ दिलपाल शाह ८५१ बरुणकुमार झा ७६५ विजय पोखरेल (टंकप्रसाद) ७४० रविन महतो ६५९ सरोजकुमार शाह ६५२ राजकिशोर महतो कोइरी ५९६ उदयनारायण सापकोटा ५९१ मनोजकुमार रजक ५२३ रसोलकुमार जयसवाल ४६० रामबाबु कुमार सिंह ३९७ विष्णुकुमार शाह ३८९ हरेराम ठाकुर ३३६ कैलाश शाह सुढी ३१५ तेजविक्रम कार्की (आरसी) ७८ बागमती प्रदेश प्रभा ढकाल १ हजार ५१३ विदुषी राणा १ हजार ३१० आकांक्षा पोखरेल ८५० अनिता श्रेष्ठ ८०२ पार्वती थापा ७४९ जगदीशचन्द्र शर्मा ७४० दीपा लामिछाने ७१२ सुमनविक्रम पाण्डे ६५७ प्रदीप तिम्सिना ६४२ दिवाकर दंगाल ५९३ यदुकुमार गिरी ५३४ भरतप्रसाद पराजुली ४८६ झलककुमार श्रेष्ठ (अजय) ४८२ प्रशान्त उप्रेती ४७३ प्रभाकर घिमिरे ४५० सन्तोष थापा ४१७ सागर रिजाल ४१३ हिमाल महत ३९६ रामेश्वर थापा ३८० सुरेश मास्के ३७५ नम्रता बनियाँ ३१५ अनिश खत्री २९६ दयाराम अधिकारी २९३ मछिन्द्र खकुरेल २८७ प्रह्लाद केसी २६१ राजु फुयाँल २४१ वसन्तराज कुइँकेल २२८  गण्डकी प्रदेश पवित्रा थापा १ हजार ४२ मनिष खनाल १ हजार १२ सोम शर्मा ९५५ पूजा बास्तोला ८९३ पार्वती अधिकारी ८१५ विष्णुकुमारी गुरुङ ७७४ सन्तोष पन्त ७४४ झबिलाल डुम्रे ७०८ जीवनकुमार श्रेष्ठ ६५९ श्रीराम न्यौपाने ६४९ सुदेश गुरुङ ५९२ मोहनबहादुर थापा ४५९ धर्मराज केसी ४५८ अशोक खड्का ४११ पदमराज पन्थी ३७० प्रकाश थापा ३६४ मुक्ति अधिकारी ३४९ पुष्पराज अधिकारी ३३३ राजु दाहाल ३१८ महेन्द्र खड्का ३१५ विकास सिग्देल २९५ तोयराज अधिकारी २९० सन्तोष एक्मिन २८८ दीपककुमार बोगटी २३६ दाताराम चपाईं १५८ लुम्बिनी प्रदेश कल्पना पाण्डे १ हजार १०७ संगीता ढकाल १ हजार ९२ ज्ञानु पौडेल ८९७ देवराज पाठक ८२० शर्मिला खनाल ६६४ कमल सुबेदी ६०१ बिराज पौडेल ५९९ सरस्वती भण्डारी ढकाल ५३४ गोविन्द पन्थी ५२१ टंकबहादुर धानी ४७३ महेशराम थारु ४६० जनक भुसाल ४२४ बुद्धिप्रसाद शर्मा ४३२ सुशील अधिकारी ४२७ दीपक अधिकारी ४०६ अर्जुनबहादुर शाही ४०४ गोपाल पाण्डे ४०१ नीलराज अधिकारी ३७० महेशकुमार शाह ३६१ अमृत भुसाल ३६० चेतन राणा ३४२ कमल केसी ३२६ सुभाष शर्मा ३१६ नरेशबहादुर पछाई क्षेत्री ३१४ गोपाल घिमिरे ३१२ शीतल भुसाल २९३ रमेश थापा क्षेत्री २७३ भीमबहादुर खड्का २५५ राहुल केसी २४४ देवराज भण्डारी २२९ महेश भण्डारी १४६ कर्णाली प्रदेश सीता वादी १ हजार ७५१ विनिता कठायत १ हजार ५०० टासी ल्हाजोम १ हजार १३५ मेनुका शाही ७९८ गोमा थापा ६१६ प्रकाश न्यौपाने ६१२ अनिल बनियाँ ६०३ संगीताकुमारी थापा ५७२ गणेश पाण्डे ५७१ महेशप्रसाद पाण्डे ५१४ प्रेमबहादुर बोहरा ४७१ प्रकाशबहादुर बोहरा ४५१ तेजकुमार बिक ४१४ मानबहादुर शाही ३९१ नरेश त्रिमलसिंह ३५१ सुदीप पुरी ३५० टंकप्रसाद जैसी ३१९ हिमा केसी बन्जरा ३१४ पवनराज देवकोटा ३१० मिनराज आचार्य ३०२ सुनिल हमाल २८२ प्रेमबहादुर भण्डारी २६७ नेत्रकुमार केसी २६२ शेरबहादुर राउत २५३ नरेश तिम्सिना २५१ गोपाल प्याकुरेल २३३ कमलबहादुर खड्का २२६ राघव कार्की २२४ टेकबहादुर सिंह ठकुरी २२० अविनाश थानी २१५ उदयकुमार मल्ल २०४ धिरजबहादुर ओली १६४  सुदूरपश्चिम प्रदेश केपी खनाल १ हजार ८४० रत्न थापा ९६१ शैलेशकुमार सिंह ७६३ चन्द्रा ए चाँदनी १ हजार १२६ ज्ञानेन्द्रसिंह मेहता ५१८ जानकी जोशी १ हजार १४८ दीपकराज मोहरा १ हजार ४५० नमराज न्यौपाने ५२३ शिवराज पन्त ६३७ पदमराज शर्मा ४४५ हेमराज थापा २ हजार ३० सागर टमाटा ४४२ मदनसिंह विष्ट ४३९ मिनबहादुर बोहरा ४८६ उमेशराज पाण्डे ४७१ कृष्णबहादुर पटाला ४१९ हरिमोहन भण्डारी ५४१ बहादुर विष्ट ५५०

रास्वपाको खुला केन्द्रीय सदस्यमा स्वर्णिम, सोविता, शिशिर र सागर ढकाल सर्वाधिक मतसहित निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत खुला केन्द्रीय सदस्य पदको निर्वाचन परिणाम सार्वजनिक भएको छ । प्राप्त मत परिणाम अनुसार डा. स्वर्णिम वाग्लेले सबैभन्दा बढी २ हजार ६०७ मत प्राप्त गरी केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।  त्यसैगरी, सोविता गौतमले २ हजार ५९४ मत, शिशिर खनालले २ हजार ४९५ मत र सागर ढकालले २ हजार ३३३ मत ल्याएर विजयी भएका छन् ।  निर्वाचनबाट निशा डाँगीले २ हजार ०८९ मत, तोसिमा कार्कीले २ हजार २५७ मत, रञ्जु दर्शनाले २ हजार २४९ मत, मनिष झाले २ हजार २३७ मत र हरि ढकालले २ हजार २१९ मत प्राप्त गर्दै केन्द्रीय समितिमा आफ्नो स्थान सुरक्षित गरेका छन् ।  यस्तै, कविन्द्र बुर्लाकोटीले २ हजार १८४ मत, विपिन आचार्यले २ हजार १२६ मत, रमेश प्रसाईंले २ हजार १२३ मत, बिराजभक्त श्रेष्ठले २ हजार ०९४ मत र इन्दीरा रानामगरले २ हजार ०४७ मत प्राप्त गरी निर्वाचित भएका छन् ।  अन्य विजयी उम्मेदवारहरूमा गणेश पराजुली (२ हजार ०४५ मत), जगदिश खरेल–ललितपुर (२ हजार ०४४ मत), पुकार बम (२ हजार ०३० मत), प्रमोद न्यौपाने (१ हजार ८९२ मत), यज्ञमणी न्यौपाने (१ हजार ८६९ मत), सस्मित पोखरेल (१ हजार ८३३ मत), राजुनाथ पाण्डे (१ हजार ८१२ मत), रिमा विश्वकर्मा (१ हजार ८१० मत), असीम साह (१ हजार ७२८ मत), खगेन्द्र सुनार (१ हजार ७०८ मत) र राजीव खत्री (१ हजार ७०१ मत) रेहका छन् ।  यसैगरी, समिक्षा बास्कोटाले १ हजार ६९९ मत, गणेश कार्कीले १ हजार ६९३ मत, जगदिश खरेल–दोलखाले १ हजार ५१३ मत, लिमा अधिकारीले १ हजार ५०४ मत, टिका संग्रौलाले १,४९० मत, शंकर श्रेष्ठले १ हजार ४८४ मत, आशिका तामाङले १ हजार ४३० मत र सुदीप ढकालले १ हजार ४२९ मत ल्याएर खुला केन्द्रीय सदस्यमा निर्वाचित हुन सफल भएका छन् ।  क्रान्तिशीखा धितालले १ हजार ४७९ मत, अनुष्का श्रेष्ठले १ हजार ३५३ मत, रोहन कार्कीले १ हजार ०२२ मत, अरनिको पाण्डेले ९१२ मत, धनञ्जय रेग्मीले ८९० मत र रामजी यादवले ८६९ मत प्राप्त गर्दै रास्वपाको खुला केन्द्रीय सदस्यका रूपमा निर्वाचित भएका छन् । 

व्यवसायी अजेय सुमार्गीको पासपोर्ट रोक्का, सम्पत्ति शुद्धीकरण विभागले काट्यो पत्र

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी अजेय सुमार्गीको पासपोर्ट (राहदानी) रोक्का गरेको छ ।  सुमार्गीमाथि चलिरहेको सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानलाई प्रभावकारी बनाउन विभागले अध्यागमन विभागलाई पत्राचार गर्दै उनको पासपोर्ट रोक्का राख्न निर्देशन दिएको हो । विभागका उच्च स्रोतका अनुसार अनुसन्धान प्रक्रिया जारी रहेका बेला सुमार्गी विदेश जान सक्ने सम्भावनालाई मध्यनजर गर्दै यो कदम चालिएको हो । व्यवसायी सुमार्गीमाथि कर उन्मुक्ति हुने विभिन्न मुलुकहरूबाट शंकास्पद ढंगले नेपालमा ठूलो परिमाणमा रकम भित्र्याएको आरोप छ ।  विशेषगरी मुक्तिश्री सिमेन्ट र स्याटलाईट टेलिकममा भित्रिएको वैदेशिक लगानीको स्रोतलाई लिएर लामो समयदेखि विवाद हुँदै आएको थियो । यसअघि उक्त रकम रोक्का नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिए पनि पछि सो आदेशले निरन्तरता पाएको थिएन ।  करिब एक दशक पुरानो उजुरीका आधारमा विभागले हाल अनुसन्धानलाई पुनः सक्रिय बनाएको छ ।

चिकित्सकविरुद्ध उजुरी दिन अब काठमाडौं धाइनु नपर्ने, अनलाइनबाटै सुनुवाइ हुने

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले अनलाइनमार्फत पनि गुनासो तथा उजुरी लिने भएको छ ।  काउन्सिलका निमित्त रजिस्ट्रार डा. दीपेन्द्र पाण्डेले ‘हेलो एनएमसी’ मार्फत गुनासो तथा उजुरी र सुझाव सङ्कलन गर्नेगरी अनलाइन पोर्टल सञ्चालनमा ल्याइएको जानकारी दिए ।  ‘हेलो एनएमसी’ सञ्चालनमा आएपछि सर्वसाधारण र दर्तावाला चिकित्सक सामान्य गुनासाका लागि काउन्सिलको कार्यालयमा उपस्थित हुनुपर्ने बाध्यता हटेको उनले बताए ।  दूरदराजबाट आउने सेवाग्राहीले सामान्य कामका लागि पनि काठमाडौंको कार्यालयमै धाउनुपर्दा समय र खर्च बढी लाग्ने गरेको थियो ।    चिकित्सकविरुद्ध उजुरी दिने प्रक्रिया झन्झटिलो हुँदा सर्वसाधारणले सहजै आफ्ना गुनासा दर्ता गराउनसक्ने अवस्था थिएन ।  यस पोर्टलमार्फत उजुरीकर्ताले आफ्नो पहिचान खुलाएर वा नाम गोप्य राखी उजुरी दर्ता गराउनसक्ने व्यवस्था छ ।  विगतमा उजुरीको अवस्था र कारबाहीको प्रक्रियाबारे जानकारी पाउन कठिन हुने गरेकामा अब उजुरी दर्ता भएपछि प्रणालीले स्वचालित रूपमा एउटा ‘ट्र्याकिङ नम्बर’ उपलब्ध गराउने छ । उक्त उजुरीमाथि भइरहेको छानबिन वा कारबाहीको अवस्थाबारे सम्बन्धित उजुरीकर्तालाई सिधै एसएमएस र इमेलमार्फत निरन्तर जानकारी गराइने छ ।  दर्तावाला चिकित्सकले doctor.nmc.org.np मा गई आफ्नो व्यक्तिगत एकाउन्टमा लगइन गरेर गुनासो दर्ता गर्न सक्नेछन् ।  सर्वसाधारणले काउन्सिलको आधिकारिक वेबसाइट www.nmc.org.np मा रहेको ‘हेलो एनएमसी’ पोर्टलमा क्लिक गरी उजुरी दर्ता गर्नसक्ने व्यवस्था मिलाइएको छ ।

रास्वपाको खुला केन्द्रीय सदस्यमा स्वर्णिम सर्वाधिक मतसहित निर्वाचित, सोविता दोस्रो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत खुला केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनमा डा. स्वर्णिम वाग्ले सर्वाधिक मतसहित निर्वाचित भएका छन् । सार्वजनिक मतपरिणामअनुसार डा. वाग्लेले २ हजार ६ सय ७ मत प्राप्त गर्दै खुलातर्फ पहिलो स्थान हासिल गरेका हुन् । उनलाई सोविता गौतम ले पछ्याएकी छन् । गौतमले २ हजार ५ सय ९४ मत प्राप्त गरी दोस्रो स्थान सुरक्षित गरिन् । यस्तै, सागर ढकाल ले २ हजार ३ सय ३३ मत प्राप्त गरेका छन् भने शिशिर खनाल ले १ हजार ४ सय ९५ मत ल्याएका छन्। महाधिवेशनअन्तर्गत खुला समूहबाट ३५ जना केन्द्रीय सदस्य चयनका लागि मतदान भएको थियो । मतपरिणामले पार्टीभित्र स्थापित तथा चर्चित नेताहरूको प्रभाव कायम रहेको संकेत गरेको छ ।  डा. वाग्ले, गौतम, ढकाल र खनालले प्राप्त गरेको मतले प्रतिनिधिमाझ उनीहरूको लोकप्रियता अझै बलियो रहेको देखाएको छ । रास्वपाको केन्द्रीय नेतृत्व चयन प्रक्रिया अन्तर्गत अन्य समूहको मतगणना तथा परिणाम सार्वजनिक गर्ने कार्य पनि जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

किसानलाई चार तहमा वर्गीकरण गर्दै सरकार, २६ लाख सूचीकरण प्रणालीमा आबद्ध

काठमाडौं । किसान सूचीकरण प्रणालीमा अहिलेसम्म देशभरका २६ लाख किसान आबद्ध भएका छन् । कृषि, वन तथा पर्यावरण मन्त्रालयले जमिनको विवरण र खेती उत्पादनका आधारमा किसानलाई सूचीकरण गरेको हो । विद्युतीय प्रणालीमार्फत सूचीकृत गरी किसानलाई चार तहमा वर्गीकरण गरेर आवश्यक सहुलियत तथा सुविधा दिने लक्ष्यअनुसार काम भइरहेको कृषि सूचना केन्द्रका अधिकृत सञ्जीव पण्डितले जानकारी दिए । उनका अनुसार मन्त्रालयले निर्वाहमुखी किसान, साना किसान, मझौला किसान र ठूला किसान गरी चारप्रकारमा वर्गीकरण गर्ने योजना बनाएको छ । वर्गीकरणपश्चात् किसानलाई परिचयपत्र वितरण गरिने जनाइएको छ । सरकारले किसानलाई परिचयपत्रका आधारमा अनुदानसहित रासायनिक मल, बीउ, अनुदान, सेवा व्यवस्थापनलगायत सुविधासहित उपलब्ध गराउने जनाएको छ । कृषि जनगणना, २०७८ अनुसार ४१ लाख ३० हजारको सङ्ख्या रहेकाले बाँकी १५ लाखभन्दा बढी किसानलाई पनि सूचीकृत गर्ने कार्य भइरहेको छ । केन्द्रले यस कार्यक्रममा आफ्नो नाम दर्ता गराउन किसानलाई आह्वानसमेत गरेको छ । सूचीकरण कार्यक्रमलाई व्यवस्थित बनाउन देशभर स्थानीय तहसँग समन्वय गरी किसानको प्रमाणीकरण गरी तथ्याङ्क सङ्कलन गरिएको छ ।