देश विकासमा ‘विकास नायक’हरूको योगदान महत्वपूर्ण छः अर्थमन्त्री खनाल
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले आ–आफ्नो क्षेत्रका धुरन्धर व्यक्तित्वहरूलाई विकास नायकका रूपमा सम्मान गरिएको बताउँदै समाज र देश विकासमा उनीहरूले पुर्याएको योगदान बलियो रहेको बताएका छन् । विकास मिडियाले आयोजना गरेको विकास बहस तथा विकास नायक अवार्ड वितरण कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन् । अर्थमन्त्री खनालले राजनीतिक संस्कार, सुशासन र विकास क्षेत्रबाट ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, उद्योग क्षेत्रबाट गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा, कृषि क्षेत्रबाट फस्ट च्वाइस फुड्स लिमिटेडका अध्यक्ष कृष्ण प्रसाद पौडेल, ऊर्जा क्षेत्रबाट आरएम ग्रुपका अध्यक्ष कृष्ण आचार्य, स्वास्थ्य सेवा क्षेत्रबाट धुलिखेल अस्पतालका कार्यकारी निर्देशक डा. रामकण्ठ माकजु श्रेष्ठ, सूचना प्रविधि क्षेत्रबाट आईएमई ग्रुपका संस्थापक हेमराज ढकाललाई विकास नायक २०८२ सम्मान गरेका थिए । यस्तै, श्रृजनशील र निष्ठापूर्ण व्यापार व्यवसायबाट सानिमा ग्रुपका सञ्चालक जीवा लामिछाने, शिक्षा क्षेत्रबाट नेपाल विश्वविद्यालयका उपकुलपति प्रा.डा. अर्जुन कार्की, र कला तथा मनोरञ्जन क्षेत्रबाट अभिनेत्री सुरक्षा पन्त विकास नायकबाट सम्मानित भएका हुन् । 'विकास नाकय अवार्डबाट सम्मानित व्यक्तिहरुलाई व्यक्तिगत रुपमा म आफै पनि चिन्दछु । उहाँहरुले आ आफ्नो धेरै महत्वपूर्ण कामहरु गर्नु भएको छ । जिम्मेवार सञ्चार गृहले उहाँरुको काम र र प्रभावका रिपोटिङ गर्नु, उहाँहलाई सम्मान गर्नु सकारात्मक कार्य हो-उनले भने । अर्थमन्त्री खनालले पछिल्लो समय युवाहरूमा असन्तुष्टि विभिन्न समयमा विभिन्न रूपमा प्रकट भइरहेको उल्लेख गरे । उनका अनुसार आम नागरिकलाई सुशासन दिन सक्ने, सीमित स्रोत र सम्पत्तिको अधिकतम उपयोग गर्न सक्ने नेतृत्व आजको आवश्यकता हो । ‘म आफैँसँग पनि विकासका सबै सूत्रहरू छैनन्,’ उनले स्पष्ट पारे, ‘तर सही नेतृत्व र सही निर्णयले देशलाई सही दिशामा अघि बढाउन सकिन्छ ।’ उनले आगामी फागुन २१ गते हुने निर्वाचनमा नागरिकहरूले आफ्नो संवैधानिक अधिकार प्रयोग गरी असल सरकार निर्माणका लागि मत व्यक्त गर्न आग्रह गरे । ‘कस्तो व्यक्ति सत्तामा पुग्नुपर्छ भन्ने निर्णय गर्ने अधिकार जनताकै हातमा छ । फागुन २१ गतेको निर्वाचनबाट जिम्मेवार र सक्षम सरकार निर्माणका लागि आफ्नो मत प्रकट गर्नुहोला,’ उनले आग्रह गरे । अवार्डबाट व्यक्ति तथा संस्थाहरूले आ-आफ्नो क्षेत्रमा दीर्घकालीन प्रभाव पार्ने काम गरेको मूल्याङ्कनका आधारमा ‘विकास नायक, २०८२’का लागि छनोट गरेको विकास नायक छनोट समितिका संयोजक कृष्णहरि बास्कोटाले बताए ।
नबिल बैंकलाई विकास नायक-२०८२ अवार्ड
काठमाडौं । विकास नायक–२०८२ बाट नबिल बैंक लिमिटेड सम्मानित भएको छ । विकास मिडियाले आयोजना गरेको विकास बहस तथा विकास नायक अवार्ड वितरण कार्यक्रममा संस्थागत नायकका रूपमा नविल बैंक सम्मानित भएको हो । वित्तीय सेवामार्फत आर्थिक विकासमा विशिष्ट योगदान गरेबापत नबिल बैंकलाई विकास नायक, २०८२ बाट सम्मानित गरिएको हो । आइतबार आयोजना गरिएको कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालले नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीलाई अवार्ड तथा सम्मान पत्र प्रदान गरे । नेपाली बैंकिङ क्षेत्रमा पृथक पहिचान बनाउन सफल नबिल सन् १९८४ मा मुलुककै पहिलो ज्वोइन्ट भेन्चर बैंक हो । नबिलले विगत चार दशकको अवधिमा वित्तीय समावेशीकरण, नवप्रवर्तन, डिजिटल बैंकिङका साथै प्राथमिक क्षेत्रमा दीर्घकालीन लगानीमार्फत देशको सामाजिक तथा आर्थिक विकासमा महत्वपूर्ण योगदान गरेको छ । कुनैबेला मुलुकमा साहु–महाजनबाट पैसा लिएर आफ्नो खर्च धान्ने नेपाली समाजलाई नबिलले बैंकिङ कारोबार सिकायो । बैंकको ढोकाभित्र छिर्न डराउने नेपालीहरुलाई सफा सोफामा बसेर बैंकिङ कारोबार गर्न नबिलले उत्प्रेरित गर्यो । आज घरमै बसेर मोवाइलबाटै वित्तीय कारोबार गर्ने अवस्थामा समाजलाई पुर्याउन नबिल बैंकले ठूलो भूमिका खेलेको छ । राज्यलाई उच्च राजस्व, हजारौंलाई रोजगारीसँगै उद्यम गर्न उत्प्रेरित गर्ने नबिल बैंकले सेवाग्राही र सेयरधनीलाई पनि उत्तिकै खुसी र सन्तोष प्रदान गरेको छ । सेवाग्राहीको सेवालाई मध्येनजर गर्दै नबिल बैंक पूर्ण डिजिटलाइजेसनको यात्रामा अगाडि बढिरहेको छ ।
उद्योगी शेखर गोल्छा विकास नायकबाट सम्मानित
काठमाडौं । विकास नायक-२०८२ बाट उद्योगी शेखर गोल्छा सम्मानित भएका छन् । विकास मिडियाले आयोजना गरेको विकास बहस तथा विकास नायक अवार्ड वितरण कार्यक्रममा उद्योगी गोल्छालाई अवार्डसहित सम्मान गरिएको हो । उद्योग सञ्चालन मार्फत बजार र निकासी प्रवर्द्धन गरी देश विकासमा योगदान गरेबापत उद्योगी गोल्छालाई विकास नायक, २०८२ बाट सम्मानित गरिएको हो । आइतबार आयोजना गरिएको कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालले गोल्छालाई अवार्ड तथा सम्मान पत्र प्रदान गरे । सय वर्षको औद्योगिक विरासत बोकेको गोल्छा ग्रुपले हजारौँलाई रोजगारी, राज्यलाई उच्च राजस्व दिँदै आएको छ । गोल्छा ग्रुप विराटनगर जुट मिलदेखि सुरु भएको व्यावसायिक यात्रा वित्त, बीमा, अटोमोबाइल्स, उर्जा, शिक्षा र मनोरञ्जन लगायत दर्जनौं क्षेत्रमा विस्तार भएर नेपाली औद्योगिक व्यावसायिक क्षेत्रमा पृथक पहिचान बनाउन सफल भएको छ । जसको नेतृत्व शेखर गोल्छाले गरिरहेका छन् । देशमा अग्रणी उद्योगीको पहिचान बनाएका शेखरको दूरदर्शी नेतृत्व, व्यावसायिक निष्ठा, श्रमप्रेमी मनोवृत्ति, सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्धता र राष्ट्रिय अर्थतन्त्र विकासमा अनुकरणीय योगदान छ । नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व गरेर भिजन पेपर-२०३० मार्फत एक सय खर्बको अर्थतन्त्र र २२ लाख बढीलाई रोजगारी दिन सक्ने योजना अघि सारेका शेखर उद्योगी व्यवसायीका सामु पनि एक अब्बल नेतृत्वका रुपमा परिचित छन् ।
आईएमई ग्रुप संस्थापक हेमराज ढकाल विकास नायकबाट सम्मानित
काठमाडौं । विकास नायक–२०८२ बाट आईएमई ग्रुपका संस्थापक हेमराज ढकाल सम्मानित भएका छन् । विकास मिडियाले आयोजना गरेको विकास बहस तथा विकास नायक अवार्ड वितरण समारोहमा ढकाललाई सम्मान गरेको हो । नवीन प्रविधि विकास तथा कृतिम बौद्धिकता (एआई) विकास गरी सर्वसाधारणको जीवनशैलीमा रूपान्तरण गरेबापत उनलाई विकास नायक, २०८२ बाट सम्मानित गरिएको हो । आइतबार आयोजना गरिएको कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालले ढकाललाई अवार्ड तथा सम्मान पत्र प्रदान गरे । नेपालमा उत्पादन भएका सफ्टवेयरहरू अमेरिका, क्यानडा, कोरिया, अष्ट्रेलिया, मलेसिया र भारतसम्म निर्यात गर्दै नेपाललाई विश्व डिजिटल बजारमा उभ्याउने अग्रणी नाम हो हेमराज ढकाल । आइएमई ग्रुपका संस्थापक हेमराजले नेतृत्व गरिहेका आईटी कम्पनीहरुले उत्पादन गरेका सफ्टवेयरहरु विदेशमा निर्यातसँगै स्वदेशी बैंक तथा बीमा कम्पनी, अस्पताल, शैक्षिक संस्था तथा ठूला कर्पोरेट हाउसको सेवा प्रवाहमा उल्लेखनीय प्रभाव पारेका छन् । ९० को दशकको कागजी प्रक्रियाको झन्झड तोडेर मिनेटमै विदेशबाट नेपालका विकट ठाउँमा पनि पैसा पठाउन सक्ने आइएमई सेवाको सुभारम्भ गरेका हेमराज ढकालले नेपालमा सूचना प्रविधि क्षेत्र विकासको जग बसाले । अहिले सात वटा आईटी कम्पनीहरुको नेतृत्व गरेर उनले देश तथा विदेशका कम्पनीहरुलाई पनि सेवा प्रवाह गरिरहेका छन् । अब हेमराज ढकालको ध्यान नेपालमै डेटा सेन्टरको स्थापनातर्फ छ । उनले नेपालमा डेटा सेन्टरको सम्भावना अत्याधिक देखेका छन् ।
जीवा लामिछाने विकास नायक अवार्डबाट सम्मानित
काठमाडौं । विकास नायक–२०८२ बाट सानिमा ग्रुपका सञ्चालक जीवा लामिछाने सम्मानित भएका छन् । विकास मिडियाले आयोजना गरेको विकास बहस तथा विकास नायक अवार्ड वितरण कार्यक्रममा लामिछानेलाई सम्मान गरेको हो । श्रृजनशील र निष्ठापूर्ण व्यापार व्यवसाय गरी आर्थिक सम्बृद्धिमा योगदान गरेबापत उनलाई विकास नायक, २०८२ बाट सम्मानित गरिएको हो । आइतबार आयोजना गरिएको कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालले खनाललाई अवार्ड तथा सम्मान पत्र प्रदान गरे । सामान्य किसान परिवारमा जन्मिएर नेपाली तथा विदेशी बिजनेस टाइकनहरुसँग प्रतिस्पर्धा गर्दै व्यावसायिक शिखरमा पुगेका पात्र हुन् जीवा लामिछाने । २० वर्षमै विदेशी भूमिमा पुगेर २५ वर्षको उमेरमा विदेशमै व्यवसाय थालेका जीवा अहिले हस्पिटालिटी क्षेत्रमा परिचित नाम बनेको छ । जर्मनी, बेल्जिमय र स्विजरल्याण्डमा होटल व्यवसाय गरेर एक सफल पर्यटन व्यवसायीको परिचय बनाएका जिवाले सानिमा ग्रुपमार्फत पनि बैंक, बीमा, जलविद्युत, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा पनि लगानी विस्तार गरेका छन् । विदेशी भूमिमा बसेका लाखौं नेपालीलाई एकीकृत गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) स्थापना तथा विस्तारमा जिवाको भूमिका अनुकरणीय छ । साहित्य, समाजसेवा र पर्यटन प्रवद्र्धनमा सक्रिय जीवा नेपालमा वैदेशिक लगानी भित्र्याउन पनि भूमिका खेलिरहेका छन् । विदेशमा कमाएको पैसालाई स्वदेशमै लगानी गर्नुपर्छ भन्ने बलियो उदाहरण र प्रेरणा जीवा लामिछाने बनेका छन् ।
कला क्षेत्रबाट अभिनेत्री सुरक्षा पन्तलाई विकास नायक अवार्ड
काठमाडौं । विकास नायक–२०८२ बाट अभिनेत्री सुरक्षा पन्त सम्मानित भएकी छिन् । विकास मिडियाले आयोजना गरेको विकास बहस तथा विकास नायक अवार्ड वितरण कार्यक्रममा पन्लाई सम्मान गरिएको हो । कला तथा मनोरञ्जन क्षेत्रबाट देशको प्रतिष्ठा बढाए बापत उनलाई विकास नायक, २०८२ बाट सम्मानित गरिएको हो । आइतबार आयोजना गरिएको कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालले पन्तलाई अवार्ड तथा सम्मान पत्र प्रदान गरे । सुरक्षा पन्त नेपालली सिनेमा जगतकी एक बहुप्रतिभाशाली अभिनेत्री हुन् । मानिसको जीवन, मनोविज्ञान र भावनाका कथाहरुमा डुब्ने नायिकाको पहिचान बनाएकी सुरक्षाले एक सिर्जनशील र सफल अभिनेत्रीको परिचय निर्माण गरेकी छन् । कथामा नयाँपन, चिन्तन र जनजीवन खोज्ने सुरक्षा पढाइले एक इन्जिनियर हुन् । नेपाली चलचित्र उद्योगमा अभिनयको गहिराइ, चरित्रप्रतिको इमानदार समर्पण र फरक धारका भूमिकामार्फत दर्शकमाझ चिनिएकी सुरक्षाले एक दर्जन बढी सिनेमामा अभिनय गरेकी छन् । सुरक्षा आगामी दिनमा अभिनयसँगै निर्देशन, कथा लेखन तथा सिनेमा निर्माणमा पनि सक्रिय हुने योजनामा छिन् ।
डा.रामकण्ठ माकजु श्रेष्ठलाई विकास नायक अवार्ड
काठमाडौं । विकास नायक–२०८२ बाट धुलिखेल अस्पतालका कार्यकारी निर्देशक डा.रामकण्ठ माकजु श्रेष्ठ सम्मानित भएका छन् । विकास मिडियाले आयोजना गरेको विकास बहस तथा विकास नायक अवार्ड वितरण कार्यक्रममा श्रेष्ठलाई सम्मान गरेको हो । स्वास्थ्य सेवा विकासमा महत्वपूर्ण योगदान गरेबापत उनलाई विकास नायक, २०८२ बाट सम्मानित गरिएको हो । आइतबार आयोजना गरिएको कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालले श्रेष्ठलाई अवार्ड तथा सम्मान पत्र प्रदान गरे । डा.रामकण्ठ माकजु श्रेष्ठले तीन दशकअघि लास जलाउने र फोहोर फाल्ने ठाउँमा धुलिखेल अस्पतालको निर्माण गरेर लाखौं मानिसको पुर्नजन्म दिने स्वास्थ्य संस्थाका रुपमा स्थापित गरेका छन् । कुनैबेला उपचार गर्न घण्टौं हिँडेर काठमाडौं पुग्नुपर्ने बाध्यताको अन्त्य गरेर डा. माकजुले धुलिखेलमात्रै होइन देशको १८ वटा ठाउँमा आउटरिच सेन्टर स्थापना गरेर दैलोमै उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् । अष्ट्रियाको सुविधा सम्पन्न जीवनशैली त्यागेर स्वदेशको स्वास्थ्य सेवामा तल्लीन डा. श्रेष्ठले धुलिखेललाई एसियाकै दोस्रो र नेपालकै पहिलो हेल्दी सिटीको रुपमा परिचित गराउन सफल भएका छन् । अमेरिका, जर्मनी, अष्ट्रिया, सिंगापुर जस्ता सुविधा सम्पन्न देशमा हुने अत्याधुनिक उपचार धुलिखेल अस्पतालमै सम्भव बनाउनुमा डा. माकजुको योगदान अतुलनीय छ । समाज, सरकार र दातृ निकायको सहयकोगले डा. रामकण्ठ माकजुले धुलिखेललाई एक अग्रणी, स्वास्थ्य, शिक्षा र अनुसन्धानको केन्द्रको रुपमा विकास गरेका छन् । डा. रामकण्ठ माकजु गरिबले पनि उच्चस्तरीय स्वास्थ्य सेवा पाउनुपर्छ भन्ने मानसिकता र योजनाका साथ रात दिन स्वास्थ्य कर्ममा खटिएका छन् ।
उपकुलपति कार्की विकास नायकबाट सम्मानित
काठमाडौं । विकास नायक(२०८२ बाट नेपाल विश्वविद्यालयका उपकुलपति प्रा.डा. अर्जुन कार्की सम्मानित भएका छन् । विकास मिडियाले आयोजना गरेको विकास बहस तथा विकास नायक अवार्ड वितरण कार्यक्रममा कार्कीलाई सम्मान गरेको हो । चिकित्सा र उच्च शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान गरेबापत उनलाई विकास नायक, २०८२ बाट सम्मानित गरिएको हो । आइतबार आयोजना गरिएको कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालले कार्कीलाई अवार्ड तथा सम्मान पत्र प्रदान गरे । लामो समयदेखि नेपालको चिकित्सा र उच्च शिक्षा सुधारमा लागिपरिरहेका पात्र हुन् प्राध्यापक डा. अर्जुन कार्की । डा. अर्जुनले काठमाडौं विश्वविद्यालयमा मेडिकल शिक्षाको सुरुवात गरेर चिकित्सा क्षेत्रमा रचनात्मक र नवप्रवर्तनको बिउ मात्रै रोपेनन्, पाटन स्वास्थ्य विज्ञान प्रतिस्ठानको स्थापना गरेर ग्राकिण केन्द्रित चिकित्सा शिक्षाको अभियान पनि थाले । उनले अहिले नेपाल विश्वविद्यालयमार्फत उच्च शिक्षा प्रणालीलाई सुधारको एजेण्डा बनाएर काम गरिरहेका छन् । हजारौंलाई उपचार, चिकित्सा क्षेत्रका वेथितीको न्यूनीकरण र गरिब र विकटको विद्यार्थीले पनि चिकित्सक बन्न पाउने नीतिगत बाटो खोलेर चिकित्सा क्षेत्रमा नयाँ ट्रेण्डको सुरुवात गरेका डा. कार्कीले विद्यार्थीलाई सैद्धान्तिकसँगै व्यवहारिक ज्ञान पढाउन आवश्यक रहेको महसुस गर्दै नेपाल विश्वविद्यालय स्थापना गरे । अहिले उनी त्यही नेपाल विश्वविद्यालयको उपकुलपतिको रुपमा कार्यरत छन् । स्वास्थ्य सेवा र आफ्नो पेशाप्रति इमानदार डा. कार्कीले नेपाली उच्च शिक्षा र चिकित्सा क्षेत्रमा खेलेको भूमिका उल्लेखनीय र अनुकरणीय छ ।