पशुपतिमा राजनीतिको छायाँ पर्न दिनुहुँदैन : सुशीला कार्की
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पशुपति क्षेत्र विकास कोषलाई राजनीतिक भर्तीकेन्द्र बनाउन नहुने धारणा राखेकी छन् । कोषको सोमबार बसेको सञ्चालक परिषद् बैठकलाई सम्बोधन गर्दै उनले धार्मिक संस्थामा धार्मिक व्यक्ति नै आवश्यक पर्ने भएकाले राजनीतिक कार्यकर्ता भर्ती गर्न नहुने बताएकी हुन् । उनले भनिन्, ‘संसारभरिका हिन्दुको आस्था जोडिएको ठाउँ हो पशुपतिनाथ । यस्तो संस्थामा पनि आफ्ना पार्टीका कार्यकर्ता भर्ती गर्नु र राजनीतिको छायाँमा राख्न खोज्नु गलत हो । पशुपतिमा राजनीतिको छायाँ पर्न दिनुहुँदैन । दलीय कार्यकर्ताको भर्तीकेन्द्र बनाउनु हुँदैन ।’ कोषको सम्पूर्ण काम कारबाहीको सञ्चालन तथा रेखदेख गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको अध्यक्षतामा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् रहने कानुनी व्यवस्था छ। प्रधानमन्त्री कार्की पर्यटनमन्त्री पनि भएकाले उनले बैठकको अध्यक्षता गरेकी हुन् । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको हो ।
दराज ११.११ योजनामा सानिमा बैंकका ग्राहकलाई छुट
काठमाडौं । सानिमा बैंक र दराजबीच सहकार्य भएको छ । बैंकले दराजसँग दराज ११.११ योजनाका लागि ग्राहकलाई छुट प्रदान गर्ने भएको हो । योजना अवधिभर दराजबाट सामान खरिद गरी सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट अग्रिम भुक्तानी गर्ने ग्राहकले छुट पाउनेछन् । ग्राहकहरूले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम १५ सय रुपैयाँसम्म र क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम २ हजार रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् । छुटका लागि ग्राहकहरूले दराजमार्फत बैंक भाउचर संकलन गर्नुपर्नेछ । योजना अवधिभर सहभागी हुने ग्राहकलाई 'पहिलोलाई प्राथमिकता' को आधारमा छुट प्रदान गरिने बैंकले जनाएको छ । यो योजना २०८२ कार्तिक २५ गतेदेखि मंसिर ५ गतेसम्म लागू हुने जनाएको छ । बैंकले यसअघि पनि विभिन्न छुट तथा अफरमार्फत डिजिटल भुक्तानीको प्रयोग बढाउन र ग्राहकलाई नगदरहित कारोबारतर्फ प्रोत्साहित गर्दै आएको छ ।
इलामका बाढी-पहिरो प्रभावितका लागि न्यानो कपडा संकलन गर्दै सांग्रिला डेभलपमेन्ट बैंक
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले इलामका बाढी-पहिरो प्रभावितका लागि न्यानो कपडा संकलन गरिरहेको जनाएको छ । बैंकको २१ औं वार्षिकोत्सवको अवसरमा घोषणा गरिएको बाँड्दै न्यानोपन जोड्दै आफ्नोपन अभियानअन्तर्गत न्यानो कपडा संकलन भइरहेको मार्केटिङ विभाग प्रमुख अर्पणा बज्राचार्यले बताइन् । अभियान अन्तर्गत यस डेभलपमेन्ट बैंकका १० वटा क्लस्टरमार्फत न्यानो कपडा संकलन गरी इलामका बाढीपहिरो प्रभावित नागरिकलाई प्रदान गरिने छ । यो अभियानमा सांग्रिला डेभलपमेन्ट बैंकको तर्फबाट पनि ज्याकेट लगायत न्यानो कपडा उपलब्ध गराइनुका साथै बैंकका कर्मचारी, ग्राहक र इच्छुक जो कोहीबाट न्यानो कपडा संकलन गरिने बज्राचार्यले जानकारी दि‍‍इन्। यसका लागि बैंकका तोकिएका शाखा कार्यालयमा मंसिर १५ गतेसम्म कपडा उपलब्ध गराउन सकिने पनि उनले बताइन् । यसका लागि सांग्रिला डेभलपमेन्ट बैंकका काठमाडौ क्लस्टर अन्तर्गत बालुवाटार, कुमारीपाटी, न्यूरोड शाखा तथा चितवन सब क्लस्टर अन्तर्गत नारायणगढ, हेटौँडा, रजैया, अमरापुरी, टाँडी बट्टार, हाकिम चोक, वीजयनगर र कावासोती शाखामा कपडा संकलन भइरहेको छ । यस्तै, नेपालगञ्ज क्लस्टर अन्तर्गतका नेपालगञ्ज, कोहलपुर त्रिभुवनचोक, राँझा, गुलरिया, खजुरा, सानोश्री, भुरीगाउँ, जयनगर, राजापुर र सिमकोट शाखा तथा सुर्खेत सब क्लस्टर अन्तर्गत सुर्खेत र यारी चोक शाखा कार्यालयमा न्यानो कपडा संकलन भइरहेको छ । यसैगरी, दाङ सब क्लस्टर अन्तर्गत लमही, घोराही, तुलसीपुर, नारायणपुर, गढवा, सुलिचौर, भालुवाङ्, बुटवल सब क्लस्टर अन्तर्गत बुटवल, वीरगञ्ज सब क्लस्टर अन्तर्गत वीरगञ्ज र बयलबास शाखामा पनि न्यानो कपडा संकलन भइरहेको छ । यसैगरी, धनगढी क्लस्टर अन्तर्गत, अत्तरिया, धनगढी र महेन्द्रनगर, पोखरा क्लस्टर अन्तर्गत, लेकसाइड, तालचोक, रामबजार, रानीपौवा, भरतपोखरी, हेम्जा, छेपेटार, पालुङ्टार, दमौली, विरौटा, भद्रकाली, जीरो किलो, नयाँ वसपार्क, कुश्मा, दुलेगौँडा, बागलुङ, गोरखा र डुम्रे तथा इटहरी क्लस्टर अन्तर्गत इटहरी, बिराटनगर, धरान र दमक शाखामा कपडा संकलनको काम भइरहेको छ । यसरी संकलन भएका कपडा सामाजिक संस्था लिड फर नेपालमार्फत इलामका बाढीपहिरो प्रभावितलाई उपलब्ध गराइनेछ ।
५ अंकले घट्यो नेप्से, ४ कम्पनीको सेयरमा सकारात्मक सर्किट
काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५ अंकले घटेर २५६० बिन्दुमा झरेको हो । नेप्सेका अनुसार ९० कम्पनीको सेयर मूल्य बढ्दा १५१ कम्पनीको मूल्य घटेको छ । ११ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । सोमबार ३२७ कम्पनीको ८६ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५१ करोड रुपैयाँको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्राइस्ट्रक्चर एन्ड डेभलपमेन्टको भएको छ । एनआरएनको ४८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै युनियन हाइड्रोको २५ करोड, राधी विद्युतको १७ करोड र शिवम् सिमेन्टको १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । दरमखोला हाइड्रो, सागर डिस्टीलरी, बुंगल हाइड्रो र माबिलुङको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । त्यसैगरी उन्नति सहकार्य लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । सोमबारको कारोबारमा होटल तथा पर्यटन समूह १.६४ प्रतिशतले बढेको छ । त्यस्तै व्यापार ०.५५ र लगानी ०.१० प्रतिशतले बढेका छन् । यीबाहेक सबै समूहका सूचक घटेका छन् । बैंकिङ ०.६०, विकास बैंक ०.६३, फाइनान्स ०.७५, हाइड्रोपावर ०.१०, जीवन बीमा ०.२६, उत्पादन तथा प्रशोधन ०.३०, माइक्रोफाइनान्स ०.०८, निर्जीवन बीमा ०.४१ तथा अन्य ०.२९ प्रतिशतले घटेका छन् ।
सिटिजन्स बैंक र एकता बुक्सबीच सहकार्य, ग्राहकलाई १५ प्रतिशतसम्म छुट
काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र एकता बुक्सबीच बैंकका ग्राहकलाई छुट प्रदान गर्ने समझदारी भएको छ । बैंक र काठमाडौंको थापाथलीस्थित एकता बुक्सबीच सो समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारी अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले एकता बुक्सका थापाथली, मानभवन, पोखरा र इटहरीस्थित आउटलेटहरूमा १५ प्रतिशतसम्म छुट पाउनेछन् । बैंकले यस किसिमको सहकार्यबाट ग्राहकहरू लाभान्वित हुने र नगद कारोबारबाट डिजिटल कारोबारतर्फ प्रोत्साहित हुने विश्वास व्यक्त गरेको छ । सिटिजन्स बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोग बढाउन र ग्राहकलाई डिजिटल भुक्तानी गर्न उत्प्रेरित गर्न समय–समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालन गर्दै आएको जनाएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरण सिटिजन्स बैंकको वेबसाइटमा उपलब्ध हुने बैंकले जनाएको छ ।
नगरकोट रिसोर्टको तेस्रो वार्षिक साधारणसभा सम्पन्न, आईपीओ जारी गर्ने तयारी
काठमाडौं । नगरकोट रिसोर्ट लिमिटेडको तेस्रो वार्षिक साधारणसभा सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र राउत क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा–नोक्सान तथा नगद प्रवाह विवरण पारित गरेको छ । गत आर्थिक वर्षमा रिसोर्टले ४ करोड ८५ लाख रुपैयाँ कारोबार गर्दै ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको जनाएको छ । हाल रिसोर्टले २४ कोठाबाट सेवा प्रदान गर्दै आएको छ भने दोस्रो चरण अन्तर्गत नयाँ भवन, स्पा र सम्मेलन कक्ष निर्माण कार्य तीव्र गतिमा अघि बढाइरहेको छ । अध्यक्ष क्षेत्रीले कम्पनीले छोटो अवधिमा उल्लेखनीय प्रगति हासिल गरेको र नगरकोट रिसोर्टलाई नेपालको अग्रणी पर्यटन गन्तव्यको रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे । रिसोर्टले दीगो पर्यटन, स्थानीय सहकार्य र उच्चस्तरीय आतिथ्य विस्तारलाई आगामी वर्षको प्राथमिकतामा राखेको जानकारी दिइयो । कम्पनीले प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) जारी गर्ने तयारी गरिरहेको छ र यसका लागि केयर रेटिङ नेपाल लिमिटेडबाट 'बीबी' रेटिङ प्राप्त गरिसकेको छ ।
स्तरोन्नतिबारे पुर्नमूल्यांकनसहित समय थपका लागि पहल गर्न अध्यक्ष ढकालको आग्रह
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालको विकासशील मुलुक (एलडीसी) मा स्तरोन्नतिको विषयमा पुर्नमूल्यांकनसंगै समय सीमा कम्तीमा तीन वर्ष थप्नका लागि पहल गर्न सरकार समक्ष आग्रह गरेका छन् । योजना आयोगमा सोमबार आयोजित नेपालको विकासशील मुलुकमा स्तरोन्नति सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले समय थप गर्न पहल गर्नु पर्ने धारणा राखे । नेपालको एक वर्ष पछि आगामी २०८३ मंसिर अर्थात् २०२६ नोभेम्बरमा अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुँदैछ । उनले नेपाल गरिब मुलुकको सूचिबाट हटेर स्तरोन्नति हुने खुशीको विषय भएपनि स्तरोन्नतिपछि नेपालमा पर्ने प्रभावबारे विशेषगरी नीति निर्माता र योजनाविद्हरु संवेदनशील हुनुपर्ने बताए । अध्यक्ष ढकालले बंगलादेशले पुर्नमूल्यांकन गर्न संयुक्त राष्ट्रसंघलाई आग्रह गरिसकेको र त्यस्तै अवस्थामा रहेको नेपालमा पछिल्लो आन्दोलनपछि समय पर सार्नु परेको उल्लेख गर्दै यस विषयमा संवेदनशील हुनु पर्ने बताए । 'यो संवेदनशील विषयलाई सरकारले गम्भीरतापूर्वक लिनेछ भन्ने मैले विश्वास लिएको छु । अहिलेको अवस्थामा जबरजस्ती धनी हुने गरी निजी क्षेत्रको उत्पादन र रोजगारीमा गम्भीर असर पर्ने निर्णय नगर्न सरकारसँग आग्रह गर्दछु,' उनले भने । उनले वास्तविक रूपमा आम्दानी नबढी धनी हुन गैरहेको नेपालका सामु धेरै चुनौतीहरू रहेको र सन २०२१ मा स्तरोन्नतिको निर्णय गर्दा नेपालको प्रतिव्यक्ति आय नपुगि स्तरोन्नतिको निर्णय भएको स्मरण गराए । 'अहिले आएर औसत आयको सीमा पुगेको छ। यसमा हामी खुशी हुनु पर्ने कारण किन पनि छैन भने अहिले पछिल्लो प्रदर्शन, व्यवसायीहरुको न्यून मनोबल, न्यून माग लगायतका कारणले अर्थतन्त्रमा जोखिम थपेको छ,' उनले भने । यो निर्णयको मुख्य असर निजी क्षेत्रलाई पर्ने र विशेष गरी साना उद्यमी र महिलाहरुको रोजगारी गुम्ने खतरा उत्पन्न हुने अध्यक्ष ढकालले धारणा व्यक्त गरे । “जसलाई असर पर्छ उसको कुरा सुन्नु आवश्यक हुन्छ । त्यसकारण निजी क्षेत्रको समस्यामा महासंघले बारम्बार आग्रह गरिरहेको हुँदा यसमा सरकार गम्भीर हुनेछ भन्ने विश्वास लिएको छु,' उनले भने । सो अवसरमा अध्यक्ष ढकालले साफ्टा अन्तर्गत उत्पत्तिको नियम सम्बन्धि हुने कडा शर्तले पार्ने प्रभावको मूल्यांकन विगतका अध्ययनमा नगरिएको, तयारी पोशाकमा हुने दुई तहको उत्पादन चक्रको असर सुक्ष्म रूपमा नहेरिएको पनि बताए । उनले युरोपमा जिएसपी वा जिएसपी प्लस पाइन्छ भनेर सजिलै समस्यालाई नजरअन्दाज गरिएको र जिएसपीका लागि नेपालले अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धी ८७ पारित गर्नुपर्ने बताए । उक्त महासन्धी पारित भएमा नेपालको श्रम सम्बन्धमा नकारात्मक असर पर्ने औल्याए । महासंघले यसबारे श्रम मन्त्रालयसहित अन्य सरोकारवाला सरकारी निकायलाई जानकारी गराइसकेको पनि बताए ।
अफ्रिकामा सुन-हीरा नियन्त्रणका लागि अमेरिका र चीनको युद्ध
काठमाडौं । अमेरिका र चीन विश्वका दुई ठूला आर्थिक महाशक्तिहरू हुन् । यी दुई देशबीच धेरै मोर्चामा प्रतिस्पर्धा चलिरहेको छ । तीमध्ये एउटा प्रतिस्पर्धा खनिज सम्पदाले भरिपूर्ण अफ्रिकी महादेशका स्रोतसाधनहरूमा नियन्त्रण जमाउने विषय पनि हो । अफ्रिकामा सुन र हीराको ठूलो खानीहरूका साथै लिथियम, रेयर अर्थ, कोबाल्ट र टंगस्टनका पनि ठूलो भण्डार छन् । यी स्रोतहरूको प्रयोग विद्युतीय सवारीसाधन (ईभी) देखि कृत्रिम बौद्धिकता (एआई) डेटा सेन्टर र हतियार प्रणालीहरूमा हुन्छ । चीनले धेरै वर्षदेखि अफ्रिकी देशहरूमा आफ्नो लगानी बढाउँदै आएको छ । २०१२ मा यसले अमेरिका पन्छाएर अफ्रिकामा सबैभन्दा ठूलो लगानीकर्ता बन्ने उपाधि हासिल गर्यो र करिब एक दशकसम्म यसलाई आफ्नो नियन्त्रणमा राख्यो । तर बीबीसीको रिपोर्टअनुसार २०२३ मा अमेरिका फेरि अफ्रिकामा आफ्नो हराएको स्थान फिर्ता गर्न सफल भयो । २०२३ मा अमेरिका अफ्रिकामा ७.८ अर्ब डलरको लगानी गरेको थियो भने चीनको लगानी ४ अर्ब डलर मात्रै थियो। चीन विश्वमा क्रिटिकल मिनरल्स र धातुहरूको सबैभन्दा ठूलो आपूर्तिकर्ता हो । यससँग यी स्रोतहरूको ठूलो भण्डार छ, तर यसले विशेष गरी अफ्रिकामा पनि ठूलो लगानी गरेको छ । साथै चीनले ग्लोबल सप्लाईको प्रोसेसिङमा पनि आफ्नो दबदबा कायम राखेको छ । चीन आफ्नो यस पोजिसनलाई रणनीतिक हतियारको रूपमा प्रयोग गर्छ र आवश्यक पर्दा आपूर्ति कम गर्छ । यही कारणले अमेरिका अब क्रिटिकल मिनरल्स र धातुहरूमा पहुँच बढाउन मिशन मोडमा काम गरिरहेको छ । अफ्रिकामा अमेरिकाको लगानीको नेतृत्व सरकारी एजेन्सी यूएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेसन (यूएसडीएफसी) ले गरिरहेको छ । यसको स्थापना २०१९ मा डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा गरिएको थियो । यसको मिशन चीनको प्रभुत्वलाई चुनौती दिनु हो र एजेन्सीले विभिन्न अवसरहरूमा आफ्नो उद्देश्य स्पष्ट गरिसकेको छ । गत वर्ष रवाण्डाको माइनिङ कम्पनी ट्रिनिटी मेटल्सलाई तीनवटा खानी विकास गर्न एजेन्सीले ३.९ मिलियन डलरको अनुदान दिएको थियो । सुनको खेल अझै बाँकी ! मूल्य घट्ने कि फेरि इतिहास दोहोरिने ?