निसान म्यागनाइटको फेसलिफ्ट संस्करण सार्वजनिक, मूल्य ३४.७५ लाख

काठमाडौं । नेपालका लागि निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रालिले निसान म्याग्नाइटको नयाँ फेसलिफ्ट संस्करण सार्वजनिक गरेको छ । निसान म्याग्नाइटको नयाँ फेसलिफ्टको आधिकारिक सार्वजनिकीकरण कार्यक्रम शुक्रबार थापाथलीस्थित निसानको सोरुममा सम्पन्न भएकाे हाे । सार्वजनिक कार्यक्रममा पायोनियर मोटोकर्पका प्रबन्ध निर्देशक सन्दीपकुमार शारडा, निर्देशक गौरव शारडा,मोटोकर्पका ग्रुप अध्यक्ष धिरेन तामाङ, मोटोकर्पका महाप्रबन्धक ज्ञानेन्द्रबहादुर चन्द तथा  सिनियर म्यानेजर राजकुमार ढकालको उपस्थिति रहेकाे थियाे। नयाँ म्याग्नाइट अझ ‘बोल्डर’ डिजाइन, उत्कृष्ट सुरक्षा विशेषताहरू र अत्याधुनिक प्रविधिसहित आएको पायोनियर मोटो कर्पले जनाएकाे छ । म्याग्नाइट जसमा ‘भिजिया’, ‘एक्सेन्टा’, ‘एन-कनेक्टा’ र ‘टेक्ना-प्लस’ भेरियन्टमा नेपाल आएकाे हाे । यो नयाँ म्याग्नाइटको प्रारम्भिक मूल्य ३४ लाख ७५ हजार रुपैयाँ छ भने शीर्ष भेरियन्टको मूल्य ५२ लाख ९९ हजार रुपैयाँ रहेकाे छ । नयाँ निसान म्याग्नाइट फेसलिफ्टले ४० भन्दा बढी स्ट्यान्डर्ड सुरक्षा विशेषताहरू र कुल ५५ सुरक्षा सुधारहरूसहित सुरक्षाको नयाँ मापदण्ड स्थापित गरेको पायोनियर मोटो कर्पले जनाएकाे छ । नेपाली बजारमा यसअघि सर्वाधिक रुचाइएको सब–फोर मिटर एसयूभीका रूपमा पहिचान कायम गरेको यस एसयूभीको अपडेटेड भर्सनमा डिजाइनदेखि सेफ्टी र प्रविधिमा निकै सुधार गरिएको छ । नवप्रवर्तन र ग्राहककेन्द्रित डिजाइन जस्ता विशेषताका कारण नयाँ म्याग्नाइटको उपस्थितिसँगै नेपालमा निसानको उपस्थिति अझै बलियो बन्ने विश्वास कम्पनीले लिएको छ । विश्वव्यापी रूपमा डिसेम्बर २०२० मा लन्च भएको म्याग्नाइट नेपालमा २०२१ मा पहिलो पटक लन्च भएको थियो । यो गाडी हालसम्म १ लाख ५० हजारभन्दा बढी यूनिट बिक्री भैसकेको छ । पायोनिर मोटोकर्पका प्रबन्ध निर्देशक सन्दीपकुमार शारडाका अनुसार निसान म्याग्नाइटले नेपाल र अन्तर्राष्ट्रिय दुबै बजारमा नयाँ मापदण्ड स्थापना गरेको छ । आधुनिक र गतिशील डिजाइन नयाँ म्याग्नाइटमा लाइटसेवर शैलीका टर्न इन्डिकेटरसहित स्लिक एलइडी हेडलाम्प उपलब्ध गराइएको छ । यस सेग्मेन्टमै उत्कृष्ट थ्रीडी हनिकम्व प्याट्रन भएको एलईडी टेल ल्याम्प र एल–आकारको सिग्नेचर डिआरएल लाइटले यसलाई थप आकर्षक बनाउनुको साथै आधुनिक लुक्स समेत दिएको छ । रिफ्रेस गरिएको डिजाइनमा फ्लोटिङ अफलिफ्टेड स्किड प्लेट, ठूलो ग्रिल, नयाँ डुअल टोन १६ इन्च डायमण्ड–कट एलोई ह्विल, फंक्सनल रुफ रेल र श्रेणीमा उत्कृष्ट ग्राउन्ड क्लिरियन्स रहेका छन् । ६ वटा मोनोटोन तथा ५ वटा डुअल–टोन कलर अप्सनमा उपलब्ध यस नयाँ एसयूभीले चालकलाई विशिष्ट ड्राइभिङ अनुभव प्रदान गर्दछ । प्रिमियम र विलासी इन्टेरियर थुप्रै फर्स्ट–इन–क्लास सेग्मेन्ट फिचरले सुसज्जित यस नयाँ एसयूभीमा अनौठो ३६० डिग्री लेदर प्याक समावेश छ । जसमा खैरो सुन्तला रंगको लेदरयुक्त ड्यासबोर्ड, हनीकम्ब सिलाइ ढाँचा भएका लेदरट सीटहरु राखिएका छन् । साथै यसको ढोका, पार्किङ ब्रेक लीभर, स्टेरिङ र अगाडिको आर्मरेस्टमा लेदरट सजावट दिइएको छ । क्याबिनमा सबैभन्दा ठूलो स्टोरेज, सुधारिएको सीट, ३३६ लिटरबाट ६९० लिटरसम्म बढाउन मिल्ने बुट स्पेस र पछाडीको सिटलाई ६०ः४० को अनुपातमा स्प्लिट गर्न मिल्ने जस्ता विशेषता पाउन सकिन्छ । पछाडि बस्ने प्यासेन्जरका लागी समेत पर्याप्त स्पेश पाइने यस कारमा दिइएको हाई कमाण्ड ड्राइभिङ पोजिसन, अगाडिको आर्मरेस्ट स्टोरेज र कुल्ड ग्लोभ बक्स जस्ता फिचरले भित्री भागलाई आरामदायी र आकर्षक बनाएको छ । विशिष्ट प्रविधि नयाँ निस्सान म्याग्नाइटमा २० भन्दा बढी पहिलो र सेग्मेन्टका उत्कृष्ट सुविधाहरू समावेश गरिएको छ । यसमा हिट गार्ड सहितको प्रिमियम सिलाइयुक्त लेदरट सीटहरू, मेमोरी फङ्सनसहितको मल्टि कलर एम्विएन्ट लाइट र प्लाज्मा क्लस्टर एयर आयनाइजर जस्ता विशेषता पाउन सकिन्छ । ६० मिटर परबाटै रिमोटको साहयतामा इन्जि स्टार्ट गर्न सकिन नयाँ ग्लोबल स्मार्ट की उपलब्ध यस एसयुभीमा सबैभन्दा ठूलो इलेक्ट्रोनिक बेजललेस अटो डिमिङ आईआरभिएस, पूर्ण एलईडी बाहिरी प्याक (हेडलाम्प, टेललाम्प, डिआरएलएस, इन्डिकेटर, फ्रन्ट फग ल्याम्प) र चारैतिर अवलोकन गर्ने मोनिटर पनि उपलब्ध गराइएको छ । नयाँ म्याग्नाइटमा १७.७८ सेन्टिमिटर लामो डिजिटल क्लस्टर, २०.३२ सेन्टिमिटर लामो फ्लोटिङ टचस्क्रीन। वायरलेस एन्ड्रोइड अटो एन्ड एप्पल कार प्ले, अर्कामिज थ्रीडी साउन्ड सिस्टम र क्रूज कन्ट्रोल जस्ता फिचर राखिएका छन् । साथै, नयाँ युगका ग्राहकलाई लक्षित गरी यसमा ड्यासक्याम, वायरलेस चार्जर, जेविएल स्पिकर, पडल ल्याम्प र एलईडी स्कफ प्लेटजस्ता फिचर समावेश गरिएको विशेष प्रविधि प्याक उपलब्ध गराइएको छ । यी फिचरले नयाँ म्याग्नाइटलाई आधुनिक र प्रिमियम बनाएको छ । शक्तिशाली प्रदर्शन यस एसयूभीमा जडान गरिएको नयाँ १.० टर्बो इन्जिन सेग्मेन्टमै शक्तिशाली र उच्च पर्फमेन्सयुक्त दाबी गरिएको छ । प्रति लिटर पेट्रोलको खपतमा २० किलोमिटर माइलेज दिने यस एसयूभीको इन्जिनले कम गतिमा उच्च टर्क उत्पादन गरी बलियो तीब्रता सुनिश्चित गर्दछ । निसानको स्पोर्ट्स कार जीटीआरमा जस्तै नयाँ म्याग्नाइटमा जडान गरिएको इन्जिनमा पनि उन्नत ‘मिरर बोर कोटिङ सिलिण्डर ब्लक प्राविधि’ उपलब्ध गराइएको छ । १.० नेचुरल्लि एस्पिरिटेड इन्जिनमा समेत उपलब्ध यस कारको इन्जिनलाई ५ स्पिड गियरवक्ससंग जोडिएको छ । साथै यो म्यानुअल र ईजेड–शिफ्ट (एएमटी) अप्सनमा समेत उपलब्ध छ । सेफ्टी फिचर नयाँ म्याग्नाइटमा स्ट्यान्डर्ड र एक्टिभ गरी कुल ५५ भन्दा बढी सेफ्टी फिचर दिइएको छ । सेफ्टी फिचरका हिसाबले समेत यो सेग्मेन्टमै उत्कृष्ट रहेको छ । कारमा ६ वटा एयर ब्याग, भेहिकल डाइनामिक कन्ट्रोल (भीडीसी) ट्रयाक्सन कन्ट्रोल सिस्टम(टिसिएस), हिल स्टार्ट असिस्ट, हाइड्रोलिक ब्रेक एसिस्ट, एबिएस, ईबीडी र टायर प्रेशर मोनिटरिङ सिस्टम लगायत थुप्रै फिचर पाउन सकिन्छ । साथै यसमा, थ्री–प्वाइन्ट सीट बेल्ट, सीट बेल्ट रिमाइन्डर, चाइल्ड लक, आइसोफिक्स एङ्करेज र रियर पार्किङ सेन्सर सबै भेरियन्टहरूमा अनिबार्य गरिएको छ । ६७ प्रतिशत हाई–टेन्सायल स्ट्रेन्थ स्टिल प्रयोग गरी निर्माण गरिको यस एसयूभीमा निसानले ३ वर्ष अर्थात ३० हजार किलोमिटर वारेन्टि सुविधा दिएको छ ।

ईभी यातायात समूहहरूले ‘ईयूलाई गरे ‘सीओ टु’ उत्सर्जन नियमहरू खुकुलो नपार्न आग्रह

काठमाडौं । दुई युरोपेली विद्युतीय (ईभी) यातायात समूहहरूले शुक्रबार युरोपेली संघ (ईयू)लाई २०२५ कार्बनडाइअक्साइड (सीओ टु) कार उत्सर्जन लक्ष्य र त्यससँग सम्बन्धित जरिवाना कम गर्नका लागि युरोपेली अटोमोबाइल निर्माताहरूको दबाब अस्वीकार गर्न आग्रह गरेका छन् । ई-मोबिलिटी युरोप र चार्जअप युरोपले इयूका अध्यक्ष उर्सुला भोन डर लायनलाई पत्र लेखेका हुन् । मार्च ५ मा प्रस्तावित अटोमोबाइल क्षेत्रको योजनामा संघले उत्सर्जन लक्ष्यलाई विस्तारै कार्यान्वयन गर्ने वा बहुवर्षीय औसतको आधारमा जरिवाना गणना गर्ने प्रस्ताव अस्वीकार गर्नुपर्ने पत्रमा उल्लेख छ । साथै कुनै पनि जरिवाना ईभी (ईभी) रूपान्तरणको लागि अनुदानस्वरूप प्रयोग गरिनुपर्ने उल्लेख छ । युरोपेली कार निर्माता कम्पनीहरू जो चिनियाँ प्रतिस्पर्धीहरूसँग प्रतिस्पर्धा गर्न संघर्ष गरिरहेका छन् र अमेरिकी ट्यारिफहरूको सामना गरिरहेका छन्, उनीहरूले संघलाई जरिवानाबाट राहत दिन आग्रह गरेका छन् । यदि उनीहरूले २०२५ सीओ टु उत्सर्जन सीमा पूरा गर्न सकेनन् भने १५ अर्ब युरोसम्म जरिवाना तिर्नुपर्ने हुन सक्छ । ई-मोबिलिटी युरोप र चार्जअप युरोपको पत्रले भनेको छ कि २०२५ को सीओ टु सीमाहरूलाई पछाडि धकेल्ने कुनै पनि लचकपनले युरोपलाई ईभीमा चीनभन्दा पछाडि पार्नेछ र चार्जिङ पूर्वाधार, ब्याट्री विकास, र निर्माण योजनाहरूमा लगानी कम गर्नेछ । युरोपेली कार निर्माताहरूले भनेका छन् कि उनीहरू चार्जिङ पूर्वाधार अपर्याप्त भएकाले उपभोक्ताहरू ईभी किन्न हिच्किचाइरहेका छन् । तर इलेक्ट्रा कम्पनीका प्रमुख औरेलियन डी मेउक्सले यो गलत तथ्याङ्क भएको बताउँछन् । उनका अनुसार ईयू चार्जिङ स्टेसनहरूले हालको भन्दा ५-७ गुणा बढी सवारीसाधन स्वीकार गर्न सक्छन् र यस क्षेत्रमा अर्बौं युरो लगानी भैरहेको छ । समूहहरूले पत्रमा उल्लेख गरेका छन् कि २०२५ को सीओ टु लक्ष्य पूरा गर्न सम्भव छ किनकि २५ हजार युरोभन्दा कम मूल्यका ११ नयाँ ईभी मोडेलहरू बजारमा आएका छन् र जनवरी २०२५ मा ईभी बिक्री ४० प्रतिशतले वृद्धि भएको छ । डी मेउक्सका अनुसार १५ अर्ब युरो जरिवाना भन्ने आँकलन २०२४ को पहिलो ६ महिनाका बिक्री तथ्याङ्कमा आधारित भएकाले गलत छ । खासमा जरिवाना ४-६ अर्ब युरो हुनसक्छ, जसलाई अन्य कम्पनीहरूसँग क्रेडिट व्यापार गरेर आधा घटाउन सकिन्छ । (एजेन्सीहरूको सहयोगमा) सान्दर्भिक सामग्री : ईभी ब्याट्री रिसाइक्लिङमा नयाँ उपलब्धी हासिल, युरोपलाई चीनविरुद्ध प्रतिस्पर्धा गर्न सजिलो साइबरट्रक दुर्घटनाले तनावमा टेस्ला, सेल्फ-ड्राइभिङ सफ्टवेयरबारे चिन्ता बढ्यो घाटामा भियतनामी ईभी भिनफास्ट, डेलिभरी तीव्र बनाए पनि विदेशमा बिक्री गर्न संघर्ष निसान र होन्डाको ६० अर्ब डलरको मर्जर वार्ता कसरी असफल भयो ? मस्कको दशक लामो ‘स्वचालित टेस्ला’ ल्याउने वाचा पूरा होला ? विज्ञ भन्छन्- जोखिम धेरै

टीभीएसको नयाँ शोरुम जनकपुरमा खुल्यो

काठमाडौं । दुईपाँग्रे सवारीसाधन ब्रान्ड टीभीएसको नयाँ शोरुम जनकपुरमा खुलेको छ । अत्याधुनिक सुविधा सम्पन्न यो शोरुम आर्यन अटोमोबाइल्सद्वारा सञ्चालित हुने जनाइएको छ । उद्घाटन कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री सतिशकुमार सिंह, जेएमपीएलका कार्यकारी निर्देशक अखिल गुप्ता, आर्यन अटोमोबाइल्सका प्रबन्ध निर्देशक राम बालक महतो लगायतको उपस्थिति रहेको थियो । ग्राहकहरूलाई सर्वोत्कृष्ट सेवा प्रदान गर्न आफ्नो विशेष ध्यान केन्द्रित रहेको जनकपुरको नयाँ टीभीएस डिलरशिपले मोटरसाइकल र स्कुटरहरूको विस्तृत रेन्ज, बिक्री पछिको भरपर्दो सेवा तथा सहज खरिद प्रक्रिया प्रदान गर्ने जनाएको छ । टीभीएस ब्रान्ड नेपालका दुईपाँग्रे सवारीसाधनको बजारमा अग्रणी स्थानमा रहँदै आएको छ ।