बजाज एन २५० को लन्चसँगै स्पीड फेस्ट २०२५ सम्पन्न
काठमाडौं । नेपालकै सबैभन्दा ठूलो बाइक उत्सव स्पीड फेस्ट २०२५ सम्पन्न भएको छ । मोटरसाइकल प्रेमीहरूको उत्साहजनक उपस्थिति रहेको यस इभेन्टमा ७० भन्दा बढी सुपरबाइक प्रदर्शनी, ग्रान्ड बाइक र्याली, टेस्ट राइड सेसन, नेपालका चर्चित ब्याण्डहरू द एलिमेन्टस् र रकहेड्सको प्रत्यक्ष सांगीतिक प्रस्तुति लगायत विभिन्न रोमाञ्चक कार्यक्रमहरू समावेश थिए । उक्त फेस्टमा बजाजको एन २५० मोडल लन्च गरिएको थियो, जसले इभेन्टमा थप आकर्षण थपेको थियो । त्यसैगरी, यस वर्षको स्पीड फेस्टमा हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिद्वारा वितरित बजाज, केटीएम डुक र ट्रायम्फ ब्रान्डका मोटरसाइकलहरूको विशेष सहभागिता रहेको थियो । बजाज एन २५०ः शक्ति, प्रदर्शन र नवीनताको प्रतीक बजाज एन २५० को भव्य लन्च स्पीड फेस्ट २०२५ को प्रमुख आकर्षण बन्न सफल रहेको थियो । यो मोटरसाइकलमा पावर, आधुनिक प्रविधि र परिष्कृत डिजाइनको उत्कृष्ट संयोजन रहेको छ । बजाज एन २५० मा २४.५ पिएस पावर दिने २४९ सीसी सिंगल–सिलिन्डर, फ्युल–इन्जेक्टेड, आयल-कुल्ड इन्जिन समावेश गरिएको छ । यसमा डुअल च्यानल एबीएस, सुधारिएको चेसिस, एलईडी हेडलाइट, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र अपग्रेडेड एग्जस्ट सिस्टम रहेको छ, जसले बाइकलाई थप स्टाइलिश र सुरक्षित बनाउँछ । बजाज एन २५० को लन्चले बाइकप्रेमीहरूलाई नयाँ प्रविधि र डिजाइनका मोटरसाइकल अनुभव गर्ने अवसर पनि प्रदान गरेको थियो। स्पीड फेस्ट २०२५ ले मोटरसाइकल संस्कृति प्रवर्द्धन गर्न सफल भएको आयोजकहरूले बताएका छन् । हंसराज हुलासचन्द एण्ड कम्पनीले भविष्यमा पनि यसरी नै नेपाली बाइकप्रेमीहरूका लागि नवीनतम प्रविधि र रोमाञ्चक इभेन्टहरू ल्याउने प्रतिबद्धता जनाएको छ ।
बीवाईडीले गर्यो डिपाइलट एडभान्स्ड इन्टेलिजेन्ट ड्राइभिङ असिस्टेन्स सिस्टम सार्वजनिक
काठमाडौं । विश्वकै अग्रणी नयाँ ऊर्जा सवारी निर्माता बीवाईडीले आफ्नो मुख्यालय सेनझेनमा डिपाइलट एडभान्स्ड इन्टेलिजेन्ट ड्राइभिङ असिस्टेन्स सिस्टम (डिपाईलट सिस्टम) सार्वजनिक गरेको छ । डिपाइलट ६००, डिपाइलट ३०० र डिपाइलट १०० सहितको यो सिस्टमले सबै ग्राहकहरूका लागि उच्चस्तरीय स्मार्ट ड्राइभिङ प्रविधिलाई सहज बनाउने विश्वास बीवाईडीको छ । बीवाईडीले भने यो सुविधा आफ्ना सबै मोडलमा बिना कुनै अतिरिक्त शुल्क दिने जनाएको छ । सबैभन्दा कम मूल्यको मोडल सिगलमा समेत यो सुविधा उपलब्ध हुनेछ, जसको मूल्य ९ हजार ५५५ डलर मात्र रहेको छ । कम्पनीले नयाँ प्रविधिसँगै ग्राहकहरूलाई सुरक्षित र स्मार्ट ड्राइभिङ अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ । अहिलेसम्म सेन्सर र क्यामेराजस्ता उच्च प्रविधि भएका सेल्फ ड्राइभिङ सिस्टमहरू महँगा गाडीहरूमा मात्र उपलब्ध हुने गथ्र्यो । तर, बीवाईडीले अब यो परिवर्तन गर्दै यस्ता प्रविधि केवल महँगा गाडीहरूमा सीमित नराखी सबैलाई सहज रूपमा उपलब्ध गराउन लागेको हो । डिपाइलट सिस्टम तीन भिन्न संस्करणहरूमा उपलब्ध छ । डिपाइलट ६०० मा तीनवटा लिडार छन्, जसलाई मुख्यतः याङवाङ मोडेलहरुमा प्रयोग गरिनेछ । डिपाइलट ३०० मा एउटा लिडार छ, जुन मुख्य रूपमा डेन्जा र केही बीवाईडी मोडेलहरूमा प्रयोग गरिनेछ । त्यस्तै, डिपाइलट १०० मा तीनवटा क्यामेरा छन्, जुन बीवाईडीका विभिन्न मोडेलहरूमा प्रयोग गरिनेछ । विशेष गरी डिपाईलट १०० मा फ्रन्ट–फेसिङ तीन क्यामेरा फाइभ आर १२ भी सेन्सिङ हार्डवेयर र एन्ड–टु–एन्ड कन्ट्रोल एल्गोरिदम समावेश छ, जसले प्रविधि, सेन्सर, एल्गोरिदम र डेटा क्षेत्रमा ठूलो प्रगति देखाउँछ । यसले ग्राहकहरूलाई सबैभन्दा आवश्यक पर्ने सुविधाहरू प्रदान गर्छ । मेमोरी नेभिगेसन अन अटोपाईलट (एमएनओए) प्रणाली दैनिक यात्रा वा अफिस आउने–जाने जस्ता उच्च–प्रयोग मार्गहरूका लागि उपयुक्त छ । यसले ट्राफिक बत्तीमा आफै रोक्ने र अघि बढ्ने, जटिल मोडहरू पार गर्ने, स्वचालित ओभरटेक गर्ने, कुनै पनि परिस्थितिमा अवरोध छलेर अघि बढ्ने र लेन परिवर्तन गर्न सम्झौतासहित निर्णय गर्ने जस्ता सुविधाहरू प्रदान गर्छ । डिपाइलट सिस्टमले ग्राहकहरूको सुरक्षा निकै बढाउन सक्ने विश्वास लिइएको छ । एचएनओएअन्तर्गत डिपाइलट १०० ले १ हजार किलोमिटरसम्म बिना कुनै म्यानुअल हस्तक्षेप स्वचालित रूपमा यात्रा गर्न सक्छ । यसको अटोमेटिक एमरजेन्सी बे्रकिङ्ग (एईबी) प्रणालीले १०० किमि प्रति घण्टासम्म गाडीलाई भरपर्दो रूपमा रोक्न सक्छ र भविष्यमा १२० किमि प्रति घण्टा र १४० किमि प्रति घण्टासम्मको गति सम्हाल्ने योजना छ । एभीपी प्रणालीको सफलता दर ९९ प्रतिशत रहेको छ, जसले आपतकालीन अवस्थाहरूमा छिटो निर्णय गरेर दुर्घटना हुनबाट बचाउन मद्दत गर्छ । ५ हजारभन्दा बढी इन्जिनियरहरू यो क्षेत्रमा काम गरिरहेका छन् भने ४४ लाखभन्दा बढी गाडीहरूमा एल टु स्तरको एडीएएस प्रविधि जडान गरिएको छ । यस विशाल भेहिकल–क्लाउड डाटाबेसको सहयोगले बीवाईडी स्मार्ट ड्राइभिङ प्रविधिको विकास र व्यापक प्रयोगमा नेतृत्व गर्न सक्षम रहेको छ ।
साइबरट्रक दुर्घटनाले तनावमा टेस्ला, सेल्फ-ड्राइभिङ सफ्टवेयरबारे चिन्ता बढ्यो
काठमाडौं । टेस्ला हाल साइबरट्रकको सेल्फ–ड्राइभिङ मोडमा भएको दुर्घटनालाई लिएर तनावमा छ । टेस्ला कम्पनीमा सफ्टवेयरको भरपर्दोपनलाई लिएर चिन्ता बढेको हो । यो घटना प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले यस वर्ष भुक्तानीयोग्य रोबोट्याक्सी सेवा सुरु गर्ने घोषणा गरेको केही दिनपछि भएको हो । टेस्लाको नयाँ पिकअप ट्रक ’फुल सेल्फ–ड्राइभिङ’ (एफएसडी) फिचरमा रहेको बेला दुर्घटनामा परेको थियो । यसमा अझै चालकको नियन्त्रण आवश्यक पर्ने जनाइएको छ । ‘मैले गरेको गल्ती नगर्नुहोस् । ध्यान दिनुहोस् । अहिले आत्मसन्तुष्ट हुन सजिलो छ – नहोस्,’ ड्राइभर जोनाथन च्यालेन्जरले सोशल मिडिया प्लेटफर्म एक्समा एलन मस्कलाई ट्याग गर्दै भने, ‘मेरो सन्देश फैलाउनुहोस् र अन्यलाई समान वा अझ बढी खराब भाग्यबाट बचाउन मद्दत गर्नुहोस् ।’ पुलिस रिपोर्टअनुसार चालकले अज्ञात मेकानिकल समस्याका कारण गाडीले लेन छोडेर पोलमा ठोक्किएको बताए । टेस्लाको सुरक्षा विवाद फेरि सतहमा टेस्ला विगतका वर्षहरूदेखि सेल्फ–ड्राइभिङ सफ्टवेयरको सुरक्षासम्बन्धी विवादहरूमा परिरहेको छ । यसको एडभान्स ड्राइभर असिस्टेन्स सिस्टम (एडीएएस) प्रयोग गरिएका विभिन्न दुर्घटनाहरू (घातकसमेत) को अनुसन्धान हुँदै आएको छ । तर एलन मस्कले केही साताअघि भनेका थिए कि नयाँ भर्सन थर्टीन अपडेटपछि टेस्लाको टेक्नोलोजीमा ’अत्यधिक सुधार’ भएको छ । तर, यो पछिल्लो साइबरट्रक दुर्घटना सामाजिक सञ्जालमा भाइरल भएपछि विज्ञहरूले यो प्रविधि अझै पूर्ण रूपमा तयार नभएको चेतावनी दिएका छन् । प्रोफेसर साबेर फल्लाह (सेफ एआई र अटोनोमी, यूनिभर्सिटी अफ सरे) भन्छन्– ‘टेस्लाले यस्तो प्रविधिको दौड सुरु गरिरहेको छ, जुन अझै तैनाथ गर्न तयार छैन । लेन अन्त्य हुने, लेन मर्ज गर्ने वा अकस्मात सडकको लेआउट परिवर्तन हुने अवस्थाहरूमा एआई प्रणालीहरू अझै विश्वसनीय छैनन् ।’ टेस्लाले हालसम्म यस घटनाबारे औपचारिक प्रतिक्रिया दिएको छैन । टेस्लाको रोबोट्याक्सी योजना र आगामी चुनौतीहरू एलन मस्कले जुन २०२५ देखि टेक्सासको अष्टिन सहरमा रोबोट्याक्सी परीक्षण गर्ने योजना सुनाएका छन् । यसपछि क्यालिफोर्निया र अन्य अमेरिकी क्षेत्रमा सेवा विस्तार गरिने बताइएको छ । एलन मस्कले जुन २०२५ देखि टेक्सासको अष्टिन सहरमा रोबोट्याक्सी परीक्षण गर्ने योजना सुनाएका छन्। यसपछि क्यालिफोर्निया र अन्य अमेरिकी क्षेत्रमा सेवा विस्तार गरिने बताइएको छ। टेस्लाका लागि रोबोट्याक्सीको सफल सञ्चालन अति आवश्यक छ । किनभने टेस्लाका पुराना ईभी मोडेलहरूको माग घट्दै गएको छ र लगानीकर्ताहरू अब मस्कको रोबोटिक्स र एआई योजनामा बढी आश्रित छन् । अन्य वाहन निर्माताहरूले सुरक्षाको लागि बहुप्रविधि प्रयोग गर्ने भएतापनि टेस्लाको दृष्टिकोण केवल क्यामेरामा निर्भर छ । घाटामा भियतनामी ईभी भिनफास्ट, डेलिभरी तीव्र बनाए पनि विदेशमा बिक्री गर्न संघर्ष ईभी ब्याट्री रिसाइक्लिङमा नयाँ उपलब्धी हासिल, युरोपलाई चीनविरुद्ध प्रतिस्पर्धा गर्न सजिलो निसान र होन्डाको ६० अर्ब डलरको मर्जर वार्ता कसरी असफल भयो ? मस्कको दशक लामो ‘स्वचालित टेस्ला’ ल्याउने वाचा पूरा होला ? विज्ञ भन्छन्- जोखिम धेरै