विकासन्युज प्रभावः टीभीएसले ग्राहकको समस्या समाधान गर्यो

काठमाडौं । टीभीएस राइडर किनेर समस्यामा परेका प्रकाश श्रेष्ठको गुनासो समेटेर विकासन्युजमा समाचार प्रकाशित भएपछि कम्पनीले उनको समस्या समाधानमा सहयोग गरेको छ । टीभीएसका ग्राहक श्रेष्ठले विकासन्युजमा समाचार प्रकाशित भएपछि आफ्नो समस्या कम्पनीले सुनेको बताए । ‘कम्पनीले वाइक मर्मत गरिदियो । मर्मत अवधिमा अर्को वाइकको व्यवस्था पनि गरिदियो’ श्रेष्ठले भने-‘मर्मतपछि वाइक राम्रोसँग चलिरहेको छ । प्रर्फमेन्स राम्रो दिएको छ ।’ उनले गत जनवरीमा टीभीएसको जमल सोरूमबाट नयाँ मोटरसाइकल खरिद गरेका थिए । २ लाख ६६ हजार ५ सय रुपैयाँमा टीभीएस राइडर १२५ मोडलको मोटरसाइकल खरिद गरेको एक सातामा नै समस्या आएको थियो । त्यस समस्याका विषयमा कम्पनीका विभिन्न व्यक्तिसँग कुरा गर्दा सुनुवाई नभएको तर विकासन्युजमा समाचार प्रकाशित भएपछि कम्पनीले समस्या सम्बोधन गरेको उनले बताए । बाइकमा स्टार्ट नहुने समस्या थियो तर मर्मतपछि अहिले समस्या नदेखिएको उनले बताए ।

नयाँ वर्षको अवसरमा टीभीएसले ल्यायो लाइफटाइम वारेन्टी अफर

काठमाडौं । नेपाली टु व्हीलर मार्केटमा टेक्नोलोजी चयाम्पियनस्को रुपमा स्थापित टीभीएसले नयाँ वर्षको अवसर पारेर ‘टीभीएस मेरो साथी’ स्किम सार्वजनिक गरेको छ । ‘टीभीएस मेरो साथी’ स्किम अन्तर्गत ग्राहकहरुले उत्कृष्ट डिजाइन, अत्याधुनिक इन्जिनियरिङ तथा नवीन प्रविधि रहेको टिभिएसको बाइक तथा स्कुटर खरिद गर्दा लाइफटाइम वारेन्टीको सुविधा उपलब्ध गराउने भएको छ । गुणस्तर र टेक्नोलोजी फ्रेन्डली सवारी साधनको उत्पादनमा सधैँ अगाडि रहेको यस ब्राण्डले पछिल्लो समय बाइक र स्कुटरमा एडभान्स्ड फिचरहरु राख्दै प्रयोगकर्ताहरु माँझ निकै ठूलो प्रभाव पार्न सफल बनेको छ । स्मार्ट कनेक्ट, रेस ट्युन्ड फ्युल इन्जेक्सन, विभिन्न राइड मोडस् र भोइस कमान्ड जस्ता फिचरलाई राखेर आफ्ना साधनलाई थप आकर्षक, उपयोगी र युजर फ्रेन्डली बनाउँदै सबैको मन जित्न सफल टीभीएस, बजारको लिडिङ् टेक्नोलोजी फोकस्ड ब्राण्ड हो । ‘टीभीएस मेरो साथी’ स्किम अन्तर्गत ग्राहकहरुले टीभीएस का बाइक तथा स्कुटरको खरिदमा लाइफटाइम वारेन्टीको सुबिधा उपलब्द गराएको छ भने हरेक हप्ता १०० प्रतिशत क्यास ब्याक, स्योर सट क्यास डिस्काउन्ट, र एक्सचेन्ज गर्दा बजार मूल्य भन्दा थप मुल्यांकन, बजारकै सबै भन्दा कम इएमआई तथा सजिलो फाइन्यान्स सुबिधा जस्ता आकर्षक अफरहरु उपलब्ध गराउने कम्पनीले जनाएको छ । यो अफर चैत्र ३०, २०८० बाट सुरु भई सीमित अवधिको लागि देशैभर लागू हुनेछ। जगदम्बा मोटर्स प्रा.लि., नेपालमा टीभीएसका दुई पाँग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो । देशभर १४० भन्दा बढी डिलरहरुको बलियो सञ्जालका कारण टीभीएसले बजारमा आफ्नो मजबुत पकड बनाउन र ग्राहकहरूलाई सन्तुष्ट बनाउन सफल भएको कम्पनीले जनाएको छ ।  

नयाँ वर्षमा बाइक/स्कुटर किन्दै हुनुहुन्छ ? यस्ता छन् अफर

काठमाडौं । नयाँ वर्ष २०८१ को अवसरमा देशमा विभिन्न ब्रान्डका बाइक तथा स्कुटर बिक्रेता कम्पनीहरूले बम्पर अफर सार्वजनिक गरेका छन् । नयाँ वर्षको अवसरमा सवारीसाधन कम्पनी तथा डिलरहरूले धेरै किसिमका अफर सार्वजनिक गर्छन् । कम्पनीहरूले विभिन्न स्कुटर तथा मोटरसाइकल खरिदमा नगद छुटदेखि एक्सचेन्जसम्मका अफर सार्वजनिक गरेका हुन् । कुनै कम्पनीले ग्राहकलाई मर्मत सुविधा, १ लाखसम्म नगद छुट र अन्य सामानहरू उपहार पाइने योजना ल्याएका छन् । यस्ता छन् नयाँ वर्षको अवसरमा विभिन्न कम्पनीले सार्वजनिक गरेका योजनाहरू  बजाजले १ लाखसम्मको उपहार दिँदै बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले नयाँ वर्ष २०८१ को अवसरमा ‘नव आरम्भ’ योजना सार्वजनिक गरेको छ । बजाजले यस नयाँ वर्षमा ग्राहकहरुलाई विभिन्न आकर्षक छुट, उपहार र सुविधाहरू प्रदान गर्ने भएको छ । बजाजको ‘नव आरम्भ’ योजनाअन्तर्गत ग्राहकहरूले बजाजका कुनै पनि बाइक किन्दा आकर्षक छुट पाउनेछन् भने भाग्यशाली विजेताले १ लाखसम्मको नगद उपहार पनि जित्न सक्नेछन् । त्यसका साथै ग्राहकहरूले ३६ महिनाको इएमआई अफरमा पनि बजाज बाइक खरिद गर्न पाउनेछन् जसमा ग्राहकलाई किस्ताको रकम धेरै कम हुँन आउनेछ । त्यसैगरी ३० प्रतिशत डाउन पेमेन्टमा खरिद गर्ने विकल्प पनि ग्राहकहरुसँग उपलब्ध हुने कम्पनीले जनाएको छ । सुजुकीको ‘नयाँ वर्ष-२०८१ क्यास पाउँ एक्कासि’ योजना सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयतकर्ता तथा बिक्रेता भिजी अटोमोबमाइल्स प्रालिले नयाँ वर्षको अवसरमा नयाँ अफर ल्याएको छ । कम्पनीले मोटरसाइकल तथा स्कुटरको खरिदमा नयाँ वर्षमा, ‘नयाँ वर्ष २०८१ क्यास पाउँ एक्कासी’ योजना ल्याएको हो । यो योजनाअन्तर्गत ग्राहकहरुले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार रुपैयाँ नगद छुट पाउने छन् । साथै, थप स्क्रयाच कार्डमार्फत एक लाख रुपैयाँसम्म नगद छुट वा कुनै पनि पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्सचेन्ज गर्दा बजार प्रचलित मुल्याङ्कनभन्दा थप मोटरसाइकलमा १५ हजार र स्कुटरमा २० हजार रुपैयाँ पाइने कम्पनीले जानकारी गराएको छ । त्यस्तै, फाइनान्समा शून्य प्रतिशत ब्याजदरमध्ये जुन ठिक लाग्छ त्यो ग्राहकहरुले आफै छनोट गर्न सक्ने कम्पनीले जनाएको छ । सुजुकीका कुनै पनि मोटरसाइकल वा स्कुटरको खरिदमा कम्पनीले ५ वर्षको इन्जिन वारेण्टीका साथै २० वटा सर्भिस कुपनको सुविधा पनि थप उपलब्ध हुने बताइएको छ । यो योजना २०८० चैत १४ गतेदेखि २०८१ जेठ १८ गतेसम्म लागु हुनेछ । बेनेली बाइक किन्दा शून्य प्रतिशत ब्याज र १ लाखसम्म छुट पाइने यो नयाँ वर्षमा बनेली बाइक ० (शून्य) प्रतिशत ब्याजमा पाइने भएको छ । केटिएम इन्टरनेसनल ट्रेडिङले नयाँ वर्ष २०८१ का लागि विषेश फाइनान्स योजना ल्याएको छ । यो योजनाअन्तर्गत १८० सिसि बाइक तथा स्कुटरमा २० मिनेटमा नै ० प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा साधन खरिद गर्न सकिने छ । साथै, अरु मोडलका बाइकमा विशेष छुटको व्यवस्था पनि मिलाइएको छ । कम्पनीले मोडल हेरेर १५ हजारदेखि १ एक लाख रुपैयाँसम्मको छुट दिने भएको छ । क्रसफायर मोटरसाइकल किन्दा ३० हजारसम्म नगद छुट र एक्सचेन्ज बोनस क्रसफायर र इटालिका मोटोको नेपालका लागि आधिकारिक वितरक क्लासिक ह्विल्स एक्सपोर्ट एण्ड इम्पोर्ट प्रालिले नयाँ वर्ष अफर ल्याएको छ । कम्पनीले नयाँ वर्ष २०८१ मा ‘जोसिलो उमंग, क्रसफायर र मोटोलिकासँग’ स्लोगनसहित यो अफर ल्याएको हो । यस अफरअन्तर्गत यी दुई ब्राण्डका मोटरसाइकल र स्कुटर खरिद गर्दा ग्राहकले ३० हजासम्म नगद छुट र त्यत्ति नै रकम एक्सचेन्ज बोनस पाउनेछन् । साथै, लक्कि ड्रमार्फत हरेक साता डिस्काउन्ट भौचर र अन्य सुविधासमेत पाउन सकिने कम्पनीले जनाएको छ । यसैगरी इटालिका मोटोको नभडा र स्टालियन मोटरसाइकलमा ३० हजार नगद छुट र त्यत्ति नै रकम एक्सचेन्ज बोनस तथा फर्मूला स्कुटरमा २० हजार छुट र त्यत्ति नै रकम एक्सचेन्ज वोनस प्रदान गरिने जनाइएको छ । अफर क्रसफायरको नेपालभर सञ्चालनमा रहेका शोरुमममा उपलब्ध हुनेछ । १ रुपैयाँ खर्चमा २ वर्षसम्म होण्डा बाइक मर्मत गर्न पाइने होण्डा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक स्याकर ट्रेडिङ कम्पनीले नयाँ वर्ष अफर ल्याएको छ । उक्त अफरअन्तर्गत ग्राहकले तीनवटा प्याकेजबाट आफूलाई मनपर्ने स्किम छान्न पाउनेछन् । नयाँ वर्षमा होण्डा मोटरसाइकल र स्कुटर किन्दा ग्राहकले मात्र १ रुपैयाँको खर्चमा २ वर्षसम्म मर्मत सेवा पाउनेछन् । यसमा सर्भिसिङ, इन्जिन आयल र स्पेयर पार्ट्स निःशूल्क उपलब्ध हुनेछ । यो स्किम लिन नचाहने ग्राहकले स्क्र्याच र ५ वर्षसम्मको आकर्षक एएमसी प्याकेज छनोट गर्न सक्नेछन् । स्क्र्याच कार्डमार्फत १ लाखसम्मको नगद उपहार पाउन सकिने कम्पनीले जनाएको छ । अफर होण्डाको सबै सोरुममा उपलब्ध रहने जनाइएको छ । सेगवेका इ–स्कुटर किन्नदा नगद छुट र क्लब हिमालय नगरकोटमा बस्न पाउने सेगवे–नाइनबोटको नेपालका लागि आधिकारिक वितरक आइहब प्रालिले नयाँ वर्ष २०८१ को अवसरमा सेगवेका इ–स्कुटरहरूमा विशेष अफर ल्याएको छ । १९ चैतदेखि १८ वैशाखसम्म रहने यस योजना अवधिभित्र खरिद गरिने सेगवेका विभिन्न मोडलहरूमा ग्राहकहरूले विशेष नगद छुटको मजा लिन सक्नेछन् । साथै क्लब हिमालय नगरकोटमा एक रातको बसाई जित्ने शानदार मौका पाउने छन् । विशेष गरी ई१२५ र ई११०एल मा रु.२५,००० सम्म, ई१०० मा रु.२०,००० सम्म र एन१०० मा रु.१५,००० सम्म विशेष नगद छुट प्राप्त गर्न सकिने कम्पनीको भनाइ छ । यज्डी स्क्रयाम्ब्लर मोटरसाइकलको ‘जीवनमा एकपटक मात्र पाइने’ अफर यज्डी मोटरसाइकलको एक मात्र आधिकारिक विक्रेता अग्नि मोटोइंकले नयाँ वर्ष २०८१ को अवसरमा ‘जीवनमा एकपटक मात्र पाइने’ अफर ल्याएको छ । उक्त अफरमा हरेक राइडरले अविश्वसनीय क्यास ब्याक र सबैभन्दा ठूलो छुट पाउने कम्पनीको भनाइ छ । ग्राहकको उत्सुकतालाई साथ दिन नयाँ वर्षमा यज्डी स्क्रयाम्ब्लरमा अविश्वसनीय क्यास ब्याक र सबैभन्दा ठूलो छुट दिने योजना कम्पनीको छ । कम्पनीका अनुसार अन रोड र अफ रोड सबैतिर चलाउन सकिने यो शक्तिशाली यज्डी स्क्र्याम्ब्लर उत्कृष्ट राइडको अनुभव चाहनेलाई लक्षित गरी ल्याइएको हो । यस मोटरसाइकलमा बीएससिक्स इन्जिन, परिष्कृत स्लिपर क्लच र अधिकतम सुरक्षाका लागि स्विच गर्न मिल्ने डुअल च्यानल एबीएस राखिएको कम्पनीले बताएको छ ।