बजारमा आयो नयाँ सुपर स्प्लेन्डर, विभिन्न कलरमा २ लाख ६६ हजार रूपैयाँमै पाइने

काठमाडौं । मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनी हिरो मोटोकर्पले नयाँ सुपर स्प्लेन्डर सार्वजनिक गरेको छ । नेपालमा आफ्नो उच्च वृद्धि रणनीतिलाई निरन्तरता दिँदै कम्पनीले उक्त बाईक सार्वजनिक गरेको हो । प्रिमियम बोल्ड डिजाइन र नवीनतम प्रविधिका साथ नयाँ हिरो सुपर स्प्लेन्डर सुपर-पावर, सुपर-माइलेज र सुपर-कम्फर्टको तेब्बर (ट्रिपल) प्रतिज्ञाका साथ ल्याइएको छ । यसले परिष्कृत ईन्धन दक्षता प्रदान गर्दछ तथा यसलाई नयाँ डिजी-एनालग क्लस्टर, इन्टिग्रेटेड यूएसबी चार्जर, साइड-स्ट्यान्ड इन्जिन कट-अफ र रिफ्रेस लुकजस्ता रोमाञ्चक नयाँ सुविधाहरूले पावर-प्याक गरिएको छ । यो मोटरसाइकल देशभरका हिरो मोटोकर्पका डिलरसिपहरूमा २ लाख ६६ हजार रुपैयाँको आकर्षक मूल्यमा उपलब्ध हुने कम्पनीले जानकारी गराएको छ । नेपाल हिरोका लागि एक प्रमुख बजार हो र आफ्नो पोर्टफोलियोमा नयाँ सुपर स्प्लेन्डर थपिएसँगै यसले आफ्ना उत्पादन पोर्टफोलियोलाई थप मजबुत बनाएको छ र आफ्ना ग्राहकहरूलाई वर्ग-अग्रणी कार्यसम्पादन प्रदर्शन (पर्फमेन्स), सुविधाहरू र शैली प्रदान गर्दै आएको छ । हिरो मोटोकर्पले सन् २०१० मा नेपाल जनरल मार्केटिङ प्राइभेट लिमिटेड (एनजिएम) लाईआफ्नो आधिकारिक वितरक नियुक्त गरि नेपालमा प्रवेश गरेको थियो । यसले नेपालमा ८२ डिलरसीप, ९३ सर्भिस सेन्टर र ९१ भन्दा बढी स्पेयर पाट्र्स आउटलेट सहित २६६ भन्दा बढी सम्पर्कस्थानमार्फत ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ । हिरोका उत्पादनहरूमा एचएफ डिलक्स, स्प्लेन्डर प्लस, सुपर स्प्लेन्डर, ग्ल्यामर, ग्ल्यामर एक्सटेक, हंक १५०आर, एक्सट्रीम १६०आर, एक्सट्रीम २००आर, प्लेजर, माएस्ट्रो एज, डेस्टिनी १२५, माएस्ट्रो एज १२५, एक्सपल्स २००टी र एक्सपल्स २०० फोरभी रहेका छन् । हीरो सुपर स्प्लेन्डर-उत्पादन हाइलाइटहरू स्मार्ट टेक्नोलोजी सुपर स्प्लेन्डरको साथ सवारी चालक (राइडर)लेसवारी र कनेक्टिभिटीको कार्यहरू पहुँच छिटो र छरितोरूपमा प्राप्त गर्न सक्दछ । इन्टिग्रेटेड यूएसबी चार्जिङ पोर्टका साथै डिजी-एनालग स्पिडोमिटरले रियल टाइम माइलेज इन्डिकेटर, सर्भिस सेड्युल रिमाइन्डर र लो फ्युल इन्डिकेटर पनि उपलब्ध गराउँछ । इन्जिन नयाँ सुपर स्प्लेन्डरमा १२५ सीसी, एयर कुल्ड, ४ स्ट्रोक, सिंगल सिलिन्डर इन्जिन रहेको छ जसले ७५०० आरपीएममा १०.७ बीएचपी उत्पन्न गर्छ र ६० आरपीएममा १०.६ एनएमको प्रभावशाली टर्क उत्पन्न गर्छ । इन्जिनमा एडभान्स प्रोग्राम्ड फ्युल इन्जेक्सन सिस्टम, वेट मल्टि प्लेट क्लच र पूर्णतः नयाँ फाइभ स्पिड गियरबक्स रहेको छ जसले सहरका साथै राजमार्गमा तनावमुक्त सवारी सञ्चालन (राइड)को सेवा प्रदान गर्दछ । यसमा फ्रन्ट टेलिस्कोपिक हाइड्रोलिक सक अब्जर्बर र रियर ५ स्टेप एडजस्टेबल हाइड्रोलिक सक अब्जर्बर रहेको छ । सुरक्षा चालक (राइडर) र पछाडिका यात्रु (पिलियन) दुवैका लागि अत्यधिक सुरक्षा सुनिश्चित गर्ने यस मोटरसाइकलमा साइड-स्ट्यान्ड भिजुअल इन्डिकेसन र ‘साइड-स्ट्यान्ड इन्जिन कट-अफ’ रहेको छ । यसका साथै यसमा डिस्क ब्रेकको विकल्प र राम्रो ह्यान्डलिङको लागि कम्बी ब्रेकिङ सिस्टम (सीबीएस) को विकल्प पनि रहेको छ । रङ सुपर स्प्लेन्डर ग्लेज ब्ल्याक, नेक्सस ब्लु, क्यान्डी ब्लेजिङ रेड र डस्की ब्ल्याक गरी चार रंगमा उपलब्ध छ ।

अशोक लेल्यान्डको पिकअप किन्दा थाइल्याण्ड वा युरोप टुर

काठमाडौं । आइएमई मोटर्सले ‘चाडपर्व हर्षको बहार लैजानुहोस् छानी छानी उपहार’ नामक अफर ल्याएको छ । यस अफरमा अशोक लेल्यान्ड दोस्त पिकअप खरिद गर्दा एक जोडीका लागि थाइल्यान्ड टुर वा ल्यापटप वा १० ग्राम सुनका साथमा स्मार्टफोन उपहार पाउनेछन् । अफर अन्तर्गत आइसिभी/ट्रक/ टिप्पर/ आइसिभी बसको खरिदमा राफ्ट जिस्पा इलेक्ट्रिक स्कुटर अथवा सुन अथवा दुई जानालाई सिङ्गापुर टुर पाउनेछन् भने एम एण्ड एचसीभी/ट्रक/ टिप्पर/एमडीभी बसमा राफ्ट जिस्पा इलेक्ट्रिक स्कुटर अथवा सुन अथवा एक जानलाई यूरोप टुरमध्ये एक छानेर लिन सक्नेछन । कम्पनीकाे अनुसार ग्राहकले उपहारसहित ३० प्रतिशत डाउनपेमेन्ट गरेर बाँकी ७० प्रतिशत रकमलाई सरल किस्ताबन्दिमा भुक्तानी गर्ने गरी कुनै पनि सवारीसाधनहरु खरिद गर्न सक्नेछन । अफर कमर्सियल भेहिकलका सम्पूर्ण रेन्जका सवारीसाधनहरुमा उपलब्ध हुने र सिमित अवधीका लागि मात्र लागु गराइएको कम्पनीले जानकारी दिएको छ । रेमिटेन्स व्यवसायबाट उदाएको आइएमई ग्रुप सन् २००१ मा स्थापना भएको हो । आइएमई मोटर्सले विशेष सुविधा युक्त एम्बुलेन्स, दमकल, ट्रक टिपर, स्कुल बस सहित साना तथा ठुला कम्रसियल गाडीका साथै आर्मी पुलिसका लागि प्रयोग हुने विशेष गाडीहरु पनि उपलब्ध गराउँदै आएको छ ।

२०२२ संस्करणको नेक्स्ट–जेन फोर्ड रेन्जर नेपाली बजारमा, १ कराेड ४५ लाखसम्म पर्ने

काठमाडौं । जिओ अटोमोबाईल्सले २०२२ संस्करणको २.० लि. सिंगल टर्बो र बिआइ टर्बो युक्त नेक्स्ट जेन फोर्ड रेन्जर नेपाली बजारमा भित्राएको छ । फोर्ड रेन्जर विश्वव्यापी बजारका साथ एशियाली मुलुकहरुमा सबैभन्दा रुचाईएको पिकअप ट्रक मध्ये एक हो । यसले ठूलाे वहन कार्यक्षमता भएको पिकअपको रुपमा संसारभर ख्याति कमाएको छ । कम्पनीकाे अनुसार नेक्स्ट जेन फोर्ड रेन्जरले जुनसुकै बाटो आरमदायी यात्रा प्रदान गर्दछ ।  अफरोड क्षमता, टोईङ्ग तथा तौलयुक्त ढुवानी क्षमता, दरिलो बनावट ईन्धन किफायती ईन्जिनका कारण यो पिकअप हरेकको रोजाईमा पर्ने कम्पनी बताउँछ । ट्रान्समिसन : ६ र १० एटी स्पीड ट्रान्समिसन नेक्स्ट–जेन रेन्जर ६–स्पीड र १०–स्पीड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध छन् । हालको रेन्जरमा रहेको जस्तै ६–स्पीड ट्रान्समिसन प्रमाणित स्वचालित ट्रान्समिसन हो । यसले गाडीको गति, सडकको अवस्था हेरी सही समयमा सही गेयर लगाई सवारीलाई सहज बनाउँछ । नेक्स्ट–जेन रेन्जरको १०–स्पीड अटोमेटिक ट्रान्समिसनलाई पनि अपग्रेड गरिएको छ । यसमा टर्क कन्भर्टरको साथमा अपडेटर सिफ्ट ढाँचा जस्ता परिष्कृत नियन्त्रणहरु समावेश गरेका छन् जसले गर्दा टोईङ्ग वा भारी सामान राखेर चलाउँदा पनि नेक्स्ट जेन रेन्जरले उत्कृष्ट ड्राईभिङ्गको अनुभुति दिन्छ । यसमा रहेको ईलेक्ट्रिक पार्किङ्ग ब्रेकले साहसिक तथा अफ–रोड ड्राईभमा गाडी हाक्न थप सजिलोपन तथा आत्मविश्वास प्रदान गर्दछ । रेन्जरमा रहेको यो फिचर मध्यम पिकअपहरु मध्ये यसमा मात्र रहेको छ । अटो ट्रान्समिसन गियर शिफ्ट र इलेक्ट्रिक पार्किंग ब्रेक रेन्जर अटो ट्रान्समिसन गियर सिफ्टको साथ उपलब्ध छ जसमा पि, आर, एण्ड, डि गियरहरू स्पोर्ट मोडको लागि बटनहरू छन् जहाँ चालकहरूले व्यक्तिगत गियरहरू रोज्न सक्छन् । कम्पनीकाे अनुसार ईलेक्ट्रिक पार्किङ ब्रेकले साहसिक तथा अफ रोड ड्राईभमा थप सजिलोपन तथा आत्मविश्वास प्रदान गर्दछ । यो सुविधा मध्यम पिकअप गाडीहरूमा सबैभन्दा उत्कृष्ट फिचर हो । सेलेक्टेबल ड्राइभ मोडहरू नेक्सट जेन फोर्ड रेन्जरमा नर्मल ईको, टो/हौल र स्लिपरी, मड/रुट्स र स्यान्ड गरी चार अन रोड र दुई अफ–रोड मोडहरू छन् । यी मोडहरूले गियरशिफ्ट, थ्रोटल रेस्पोन्स, स्थिरता नियन्त्रणहरू, एबिएस र थप सबै कुरामा समायोजन गर्दछ । न्यु सिंक डिस्प्ले र बटन लेआउट नेक्स्ट जेन रेन्जरको डिस्प्ले स्क्रीन र वटनहरु चलाउनलाई सहज हुने हिसाबले राखिएको छ । तपाईले सजिलैसँग म्यानुअल सिस्टम तथा डुयल जोन अटोमेटिक ए.सि. छनौट गर्न सक्नेछन् । वाटर वेडिंग नेक्स्ट–जेन रेन्जरले ७ किलोमिटर प्रति घन्टाको गतिमा ८०० एमएम सम्मको वाटर वेडिंङको क्षमता प्रदान गर्दछ । नेक्स्ट–जेन रेन्जरले सडकमा जस्तै पानीमा पनि सजिलैसँग ड्राईभ सुनिश्चित गर्न व्यापक कम्प्युटर–सहायतामा शीर्ष इन्जिनियरिङहरुको परीक्षण तथा निगरानीमा पानीमा अगाडि र पछाडी दुवै तर्फ परीक्षण गरिएकाे कम्पनीले जानकारी दिएकाे छ । अन्डरबडी प्रोटेक्सन अन्डरबडी प्रोटेक्सनले गाडीलाई अफ रोडमा चलाउँदा खेरि यसको अत्यावश्यक कम्पोनेन्टहरू सुरक्षित गर्न मद्दत गर्छ । नेक्स्ट–जेन रेन्जरका सेलेक्ट मोडलहरूमा स्टेयरिङ, सम्प, ट्रान्समिसन र ट्रान्सफर केसका लागि सुरक्षात्मक अन्डरबडी शिल्डहरू रहेका छन् जुन प्रेस र फोल्डेड लेजर–कट स्टिलबाट बनाईन्छ । प्रेस र फोल्डेडे लेजर कट स्टिलले मात्र फोल्ड गरिएको स्टिलभन्दा दरिलोपन र तौलको अनुपातमा बढी मजबुत हुन्छ । ग्राहकहरुको छनौट तथा मूल्यको आधारमा प्लास्टिक अन्डरबडी प्रोटेक्सन शील्ड पनि उपलब्ध छ । यी शील्डहरु सुरक्षित रूपमा सवारी साधनको चेसिसमा बोल्ट गरिएको छ जसले गाडीको पूर्ण बडी संरचनासँग पूरकको रुपमा रहन्छ । नेपालमा २०२२ नेक्स्ट–जेन फोर्ड रेन्जरको लागि एक्सएल मोडेलको मूल्य १ कराेड ५ लाख ९० हजार, एक्सएलटीको लागि १ कराेड १९ लाख ९० हजार र वाइल्डट्राकको लागि १ करेाड ४५ लाख ९० हजार रहेको छ ।