बीवाईडीको बीमा आइएमई जनरलमा हुने, दावी भुक्तानी नगदरहित
काठकाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र साइमेक्स इंकबीच नगद सहित बीमा दावी भुक्तानी (इसीएस) सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र साइमेक्स इंकका सहायक महाप्रबन्धक आकाश बिक्रम थापाले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार बीवाईडी ब्रान्डका सवारी साधनहरुको बीमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट गरिने छ । बीमितको गाडी कुनै पनि किसिमको दुर्घटना परी सवारी साधनको क्षति भएमा नक्साल स्थित साइमेक्स इंकको सहकार्यमा आइएमई जनरल इन्स्योरेन्स सहजै बीमा दावी भुक्तानी गर्नेछ । ‘साइमेक्स इंकबाट बिक्री वितरण हुने बीवाईडी ब्रान्डका सम्पूर्ण सवारी साधनको बीमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट गर्ने र बीमा पश्चात कुनै पनि दुर्घटनामा परी क्षति भएमा सो को सहज र सरल तरिकाबाट नगद रहित दावी भुक्तानी गर्ने गरी दुवै कम्पनीबीच सम्झौता भएको छ’ सम्झौतापछि जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । कम्पनीबाट बीमा भएको चारपांग्रे निजी सवारी साधनको दुर्घटना हुन गई सवारी साधन क्षतिग्रस्त भइ मर्मत संभार गर्नु पर्ने भएमा साइमेक्स इंकको मर्मत केन्द्रमा उक्त क्षतिग्रस्त सवारी साधन मर्मत सम्भारको लागि लगिएमा सो मर्मत संभार वापत लाग्ने खर्च बीमा कम्पनीले साइमेक्स इंकलाई सिधै भुक्तानी गरिने छ । यसले बीमा दावी भुक्तानीको लामो प्रक्रियालाई छोटा बनाउने र बीमितले सहज, सरल र झन्झटमुक्त तरिबाबाट सेवा लिन सक्ने आईएमई जनरल इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले जानकारी दिए । उक्त सेवा लिनको लागि दुर्घटना भए लगत्तै बीमा कम्पनीले उपलब्ध गराएको मोवाइलमा फोन गरेर, एसएमसी, भाइवर वा ह्वाट्एपबाज जानकारी गराउनु पर्नेछ । सवारी साधन बीवाइडीको सर्भिस सेण्टरमा पु¥याए पश्चात दुर्घटनाग्रस्त सवारीको जांच गर्नुपर्नेछ । मर्मत संभार पश्चात बीमा लेखमा तोकिएको सीमासम्मको रकम कम्पनीले सिधै बीवाईडी कम्पनीलाई भुक्तानी गर्नेछ भने सीमा भन्दा माथिको रकम सम्बन्धित सवारी साधन धनीले भुक्तानी गर्ने गरी सवारी लैजान सक्ने छन् ।
अब मात्र २५ प्रतिशत डाउनपेमेन्टमा बजाज बाइक पाइने
काठमाडौं । बजाज मोटरसाइकलले दशैंतिहार र छठलाई लक्षित अफर ल्याएको छ । बजाज मोटरसाइकलको नेपालको लागि आधिकारिक वितरक हंसराज हुलास चन्द एण्ड कम्पनीले चाडपर्व लक्षित अफर ल्याएको हो । कम्पनीले बजाज आधाको आधा अफर ल्याएको हो जस अन्तर्गत ग्राहकहरुलाई आफुले किन्न लागेको बजाज बाईकको मूल्यको आधाको आधा अर्थात २५ प्रतिशत मात्र डाउनपेमेन्ट गरी बाईक लैजान सक्ने छन् । यो योजना अन्तर्गत हरेक बजाज बाईकको खरिदमा ७ हजार नगद छुटको व्यवस्था पनि गरिएको कम्पनीले जानकारी दिएको छ ।
फोटोनले नेपाली बजारमा ल्यायो नयाँ अमार्क टिएक्स मिनी ट्रक
काठमाडौं । नेपालको लागि फोटोन गाडीहरुको आधिकारिक वितरक एमएडब्लु वृद्धि कमर्सियल भेहिकलले नयाँ अमार्क टिएक्स मिनी ट्रक नेपालमा सार्वजनिक गरेकाे गरेको छ । भदाै २१ गते औपचारिक रुपमा बिक्री शुभारम्भ गरिएको यस मिनी ट्रक नेपालको सबै मुख्य शहरहरुमा उपलब्ध गराइएको कम्पनीले जानकारी दिएकाे छ । विशेषतः व्यावसायिक उद्देश्यकाे लागि निर्माण गरिएको अमार्क टिएक्स अटो क्षेत्रको सबैभन्दा पछिल्लो उन्नत इन्जिनियरिङसँग संयोजन गरिएको कम्पनी बताउँछ । राम्राे माइलेज र ४१३० केजीसम्मको भार बहन क्षमता भएको बृहत् लोडिङ डेकसहितको यो पिक अपबाट निकै नाफा आर्जन गर्न सकिने दावी कम्पनीले गरेको छ । इन–लाइन, पानी चिस्याउने, फोर स्ट्रोक, टर्बो चार्जिङ, अधिकतम ३६०० आरपिएममा ७६ कि.वा.प्रतिफल दिने बिजे ४९३ जेडएलक्युभि१(इसुजु प्रविधि) इन्जिन जडित र ८० लिटर क्षमताको इन्धन ट्याँकसहित अधितकम टर्क १९००–२२०० आरपिएममा २२५ एनएम भएको नयाँ अमार्क टिएक्स पिक जुनै अवस्थाको सडकमा पनि सजिलै गुड्ने गरी बनाइएको कम्पनी बताउँछ । यस पिकअपमा ६.५० आर १६ प्रकृतिको टायर प्रयोग गरिएको छ जुन ६ र १ जगेडा समेत गरी ७ वटा रहेका छन् र यसको ह्वीलबेस २८०० मिमि छ भनें जमिनबाटको उचाई (ग्राउण्ड क्लियरेन्स) न्यूनतम १९० मिमि रहेको छ । कम्पनीका अनुसार यो पिकअप सबैभन्दा सुरक्षित, अत्यन्त एर्गोनोमिक र हिटर समेत भएको आरामदायी क्याबिनहरु, समायोज्य स्टेयरिङ पाङ्ग्रा र चौथो श्रेणीको वाइड एँगल लेन्ससहित निर्माण गरिएको छ । साथै पिक अपमा सबै खाले अडियो–रेडियोहरु, अक्जुलरी र एमपि ३ रहेका छन् जुन १२ भोल्ट ब्याट्री र १२० एएच ब्याट्री एम्पीयरयुक्त छन् । यसमा सर्भिस ब्रेकको प्रकतिमा हाइड्रोलिक, फ्रन्ट/रीयर ड्रम रहेका छन् भनें पार्किङ ब्रेक प्रकृतिमा सेन्ट्रल ड्रम ब्रेक र अक्जुलरी ब्रेक प्रकृतिमा एक्जाहस्ट ब्रेक रहेका छन् ।