मोटरहेड र टारोले शुरु गरे एक्स्चेञ्ज क्याम्प, ६ वटा शोरुममा हुने, २ जनालाई बीमा छुट

काठमाडौं । एसजि गु्रप अन्तर्गत नेपालका लागि आधिकारिक वितरक मोटरहेड तथा टारो ब्राण्डले भदौ २७ गतेदेखि एक्स्चेञ्ज क्याम्प सञ्चालन गरेका छन् । सोमबारबाट शुरु हुने यो क्याम्प शुक्रबार अर्थात भदौ ३१ गतेसम्म लागू हुने छ । उक्त क्याम्पमा जस्तोसुकै अवस्थाको बाइकहरुमा कम्तिमा २५ हजार रुपैयाँको मुल्याङकन हुनेछ र जुनसुकै ब्राण्डको बाइकसँग एक्स्चेञ्जमा बजार मुल्याङ्कन भन्दा २० हजार रुपैयाँ हुनेछ । साथै, बम्पर अफरमा २ जना भाग्यशाली विजेतालाई कम्पनीबाट सम्पूर्ण बीमा छुट हुनेछ । यो अफर काठमाडौं उपत्यका भित्र नक्साल, धोविघाट, बालाजु, सल्लाघारी, चावहिल र टेकु गरी ६ वटा शोरुममा लागू हुनेछ । यसका साथ साथै कम्पनीले दशैं तिहार र छठ अफर अन्तर्गत यही १९ भदौ २०७९ बाट १५ कार्तिक २०७९ सम्म लागू हुने गरी आफ्नो “४ को चमत्कार, बाइक पनि बचत पनि अफर सार्वजनिक गरेको छ । कम्पनीले मोटरहेड ब्राण्डका वाइक खरीद गर्ने ग्राहकहरुलाई स्क्रयाच कार्ड मार्फत ७ हजार ९०० रुपैयाँदेखि १ लाख रुपैयाँ जित्न सकिने अफरको साथै वम्परमा १ जना भाग्यशाली विजेताले १ लाख रुपैयाँ जित्न सक्ने अफर सार्वजनिक गरेको छ । यसका साथसाथै टेक्केन २५० पुरानो मोडलको खरीद जुनै पनि माध्यमबाट खरीद गर्दा सिधै २५ हजार रुपैयाँ छुटको व्यवस्था गरेको छ । टारो ब्राण्डका बाइक तथा स्कुटरको खरिदमा कम्पनीले आफ्नो ग्राहकहरुलाई उचित छुट दिई, छुट मार्फत बचत पनि हुने उद्देश्यले आफ्नो बाइकहरुमा ३० हजार रुपैयाँसम्म नगद छुट तथा स्कुटरको खरीदमा १५ हजार रुपैयाँ छुटको अफर अघि सारेको छ । कम्पनीले बम्पर अफरमा गोला प्रथाद्धारा १ जना भाग्यशाली खरीदकर्तालाई ५ वर्षको कर तथा बीमा छुटको अफर पनि ल्याएको छ । ग्राहकहरुले कम्पनीको शोरुममा गई टेष्ट राइड तथा पोज एण्ड पोष्ट क्यापियन अन्तर्गत फोटो खिची लाइक एण्ड सेयर गर्दा हातखाली नहुने उपहार समेत जित्न सक्नेछन् ।

हुन्डाई नेपाल मन्दिर र विद्यालयमा गर्यो सरसफाइ तथा रंगरोगन

काठमाडौं । हुन्डाई नेपालले ‘बिभि द चेन्ज अभियान अन्तर्गत टेकुमा रहको पचली भैरव मन्दिरमा सरसफाई गरेको छ । कम्पनीले शनिबार पचली भैरवका साथै महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालय र वरपरको क्षेत्रमा पनि सरसफाई गरेको हो । हुन्डाई नेपालको ५० भन्दा बढी कर्मचारीको सहभागीता रहेको उक्त कार्यक्रममा स्कूल र मन्दिर परिसरमा रङ्ग पनि लगाइएको थियो । कार्यक्रम मन्दिर व्यवस्थापन समिति र विद्यालय प्रशासनसँगको समन्वयमा आयोजना गरिएको थियो। हुन्डाई नेपालको बिभि द चेन्ज हुण्डाई मोटर कम्पनीको पर्यावरण मैत्री प्रतिबद्धतामा ऐक्य९बद्धता गर्ने पहल स्वरूप ल्याईएको कार्यक्रम हो । बिभि द चेन्ज अभियान अन्तर्गत यही महिनाको सुरुवातमा रातोमाटे डाँडा, चुनिखेलमा वृक्षरोपण पनि गरिएको थियो । साधारण सवारी साधनहरुको कार्बन उत्सर्जन र तिनका प्रभावलाई कम गर्न गरिएको उक्त कार्यक्रममा ४० भन्दा बढी विद्युतीय गाडीका ग्राहकसँगै १५० भन्दा बढिको उत्साहजनक सहभागिता रहेको थियो । गएको वर्ष सेप्टेम्बरमा हुन्डाई मोटर कम्पनीले सन् २०५० को ग्लोबल कार्बन न्यूट्रल लक्ष्यभन्दा पाँच वर्ष अगाडि सन् २०४५ सम्ममा आफ्नो उत्पादन र सञ्चालनका सबै चरणहरूमा कार्बन न्युट्रालिटि कायम गर्ने लक्ष्य सार्वजनिक गरेको थियो।  कम्पनीले कार्बन न्यूट्रालिटी तर्फको यात्रामा सन् २०२५ सम्ममा २३ वटा पर्यावरण मैत्री लाइनअप ल्याई १० लाखभन्दा बढी विद्युतीय सवारी साधन तयार गर्ने योजना बनाएको छ।

जावा मोटरसाइकल अब मात्र ९ प्रतिशत ब्याजदरमा किन्न पाइने

काठमाडौं । जावाले चाडपर्व मौसममा नयाँ ग्राहकहरूका लागि अफर ल्याएको छ । कम्पनीले मात्र ९ प्रतिशत ब्याजदरमा जावा मोटरसाइकल पाइने गरी ल्याएको छ । जावाले फाइनान्सिङ पार्टनर अग्नि हायर पर्चेजसँगको सहकार्यमा यो सुविधा ल्याएको हो । अफर अन्तर्गत ग्राहकले हरेक जावा बाइकको खरिदमा निःशुल्क प्रोफेशनल राइडिङ ज्याकेट र निःशुल्क हेल्मेट पनि प्राप्त गर्नेछन् । जावा प्रोफेसनल राइडिङ्ग ज्याकेट वास्तवमै ४ वटै मौसमको लागि उपयुक्त हुनुका साथै सुपर भेन्टिलेटेड आउटर सेल तथा हेभी डुटी कपडाको प्रयोग गरी तयार पारिएको छ । कम्पनीको अनुसार यसको सोल्डर र एल्बोमा प्रयोग भएको आर्मर सिईद्वारा प्रमाणिकरण गरिएको छ । कम्पनीले पुराना गाडीको लागि सर्वाधिक मूल्याङ्कन सहित एक्सचेन्ज इजी सुविधा पनि उपलब्ध गराउँदै आएको छ । जावा मोटरसाइकल एक दशकभन्दा बढी समयदेखि मोटरसाइकल बनाउने लेजेन्डरी बाइक निर्माता कम्पनी हो । यो १९२९ मा चेकोस्लाभाकियाको प्रागमा स्थापित कम्पनी हो । नेपालमा जावा बाइक नेपालको स्थापित कम्पनी अग्नि मोटोइन्कले भित्राएको हो । आग्नि माटो इन्क प्रा।लि अग्नि ग्रुप अन्तर्गत स्थपित सहसंस्था हो ।