ग्रेट वाल मोटरको नयाँ वर्ष अफर : चार लाख सम्म छुट
काठमाडौं । ग्रेट वाल मोटर (जिडब्लुएम) नेपालले नयाँ वर्षको अवसरमा ग्राहकहरूको लागि चार लाख सम्मको क्यास डिस्काउन्ट योजना सार्वजनिक गरेको छ । नयाँ वर्षको अवसरमा ग्रेट वाल मोटरका हाभाल एच ६, हाभाल जोलायन र पोअर गाडी खरिदमा पाइने कम्पनीले जनाएको छ । ग्राहकहरूले आगामी वैशाख ३१ गतेसम्म देशभर उपलब्ध बिक्री च्यानलहरूमार्फत सुविधा लिन सकिने कम्पनीले जनाएको छ । जिडब्लुएम–नेपालले आफ्नो बजार विस्तार गर्न अत्याधुनिक मोडलहरु र प्रिमियम सुविधाहरु उपलब्ध गराउँदै आएको छ ।
एमएडब्लु अर्थमुभर्स बन्यो दक्षिण एसियाकै सर्वोत्कृष्ट जेसीबी डिलर
काठमाडौं । नेपालको कन्सट्रक्सन तथा हेभी इक्विपमेन्ट ब्रान्ड जेसीबीको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स दक्षिण एसियाकै सर्वोत्कृष्ट जेसीबी डिलर बनेको छ । जेसीबी इन्डियाले आफ्नो डिलर्स मिटमा एमएडब्लु अर्थमुभर्सलाई सर्वोत्कृष्ट दक्षिण एसिया डिलर २०२१ बाट सम्मान गरेको हो । जेसीबी युकेका निर्देशक जर्ज बामफोर्ड, ग्रुप सिइओ ग्राहम म्याकडोनाल्ड र जेसीबी इन्डियाका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकारी दीपक शेट्टीले एमएडब्लु अर्थमुभर्सका अध्यक्ष विष्णुकुमार अग्रवाललाई संयुक्त रुपमा सर्वोत्कृष्ट डिलरको अवार्ड हस्तान्तरण गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै एमएडब्लु अर्थमुभर्सका अध्यक्ष विष्णु अग्रवालले जेसीबीका ग्राहक, कर्मचारी र सरोकारवालालाई धन्यवाद ज्ञापन गर्नुहुँदै उनहरूकै साथ र सहयोगमा एमएडब्लु दक्षिण एसियाकै सर्वोत्कृष्ट जेसीबी डिलर बन्न सफल भएको बताए । ‘हामीलाई विश्वास छ, हाम्रा ग्राहक, सरोकारवाला र कर्मचारीको निरन्तर साथ रहेमा हामी अझ धेरै सफलताको उचाइमा पुग्नेछौं ।’ उनले भने । एमएडब्लु अर्थमुभर्सले ब्याकहो लोडर, एस्काभेटर, ह्विल लोडर, कम्प्याक्टर, टेलिह्यान्डलर र स्किड स्टेरिङ लोडरजस्ता जेसीबी ब्रान्डका हेभि इक्विपमेन्टहरुको विक्री वितरण गर्दै आएको छ । नेपाली बजारमा जेसीबीको बजार हिस्सा ५० प्रतिशतभन्दा बढी रहेको कम्पनीको दाबी छ ।
सेगवे-नाइनबटको ईलेक्ट्रिक स्कुटर ई–१२५ नेपाली बजारमा
काठमाडौं । विश्वप्रसिद्ध कम्पनी सेगवे–नाइनबटले आज नेपालमा इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले इलेक्ट्रिक स्कुटर ई–१२५ मंगलबार सार्वजनिक गरेको हो । कम्पनीका अनुसार नेपालमा सेगवे ई–१२५ को बिक्री यही चैत १९ देखि सुरु भइसकेको छ । नेपालमा नाईनबटका लागि आधिकारिक बिक्रेता आईहव प्रालिले भविष्यमा सेगवेका अरु मोडलहरु पनि सार्वजनिक गर्ने बताएको छ । यो स्कुटरको नेपाली मूल्य ३ लाख ९१ हजार रुपैयाँ रहेको छ । यो ईलेक्ट्रिक स्कुटरमा टाढैबाट लक गर्न सकिने सकिन्छ । साथै ट्रयाक गर्न सकिने र स्कुटर हराउँदा अलार्म ट्रिगर गर्न सकिने जस्ता नयाँ अविष्कार र सेन्सरहरु रहेको छ । । प्रति घण्टा ७५ कि.मी. सम्म कुद्ने सेगवे ई–१२५ मा अधिकतम २ हजार ४०० वाट बोस्च ईलेक्ट्रिक मोटर रहेको छ । यसले २०० एनएम को अधिकतम टर्क उपलब्ध गराउँछ । यसका साथै ड्राइभिङ दायराका लागि ७४ भि र २७ ए एच लिथियम ब्याट्री भएको यो स्कुटरको औसत चार्ज समय ५–६ घण्टा रहेको छ ।