महिन्द्राको सव​–डिलर अब स्याङ्जा र बाग्लुङ्गमा पनि

काठमाडाैं । महिन्द्राको सव​–डिलर स्याङ्जा र बाग्लुङ्गमा पनि खुलेकाे छ । महिन्द्रा फोरव्हीलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटो वर्कशले स्याङ्जा र बाग्लुङ्गमा पनि महिन्द्राको सव​–डिलर खाेलेकाे हाे । बाग्लुङ्गकाे ऊँ नम शिवाय सर्भिसिङ्ग सेन्टरको उद्घाटन प्रमुख उघोग वाणिज्य संघ स्याङ्जाका अध्यक्ष रविन्द्र मान श्रेष्ठले गरेका थिए भने र स्याङ्जनकाे श्रेष्ठ मोटो पार्टस​को उद्घाटन बाग्लुङ्ग नगरपालिकाका प्रशासकीय अधिकृत तुल बहादुर वि. क.ले गरेका थिए । आर्थिक समृद्धिका लागि व्यवसाय भन्ने मूल उद्देश्यका साथ सुचारु गरिएको यस सव–डिलरबाट स्याङ्जा बाग्लुङ्ग आसपासका जिल्लाका अत्याधिक ग्राहकहरुले गुणस्तरीय ​सेवा सुविधा प्राप्त गर्ने कम्पनीले जनाएकाे छ ।  

नायक राजेश हमालले किने एक करोड ३६ लाखकाे जिप

काठमाडौं । नायक राजेश हमाल एक करोड ३६ लाख ९० हजार रुपैयाँ पर्ने गाडी जिप कम्पास किनेका छन् । महानायक हमालले बिहीबार नक्सालस्थित जिप सोरुमबाट लेजेन्डरी जिप कम्पास लिएका हुन् । उनले युवा अवस्थादेखि नै जिपको डिजाइन र अफरोड क्षमताले आफुलाई प्रभावित बनाएको बताएका छन् । जिप कम्पासकाे लागि  एमएडब्लु लाइफ नेपालकाे एक मात्र आधिकारीक विक्रेता हाे । ‘जिपले यो वर्ष निकै राम्रो गति लिइराखेको छ र सेग्मेन्टमै सबैभन्दा ठूलो बजार हिस्सा हासिल गर्न सफल छ,’ एमएडब्लु लाइफका प्रमुख कार्यकारी निर्देशक अनिश लामिछाने भने, ‘नेपाली बजारले नयाँ जिप कम्पासलाई सहजै स्विकारेको छ र हामी निकै उत्साहित छौं ।’ नेपालमा नयाँ जिप कम्पास स्पोर्ट, लंगिच्युड, लिमिटेड र एस मोडेल गरी चार ट्रिममा उपलब्ध छ ।  

ग्रेट वाल मोटर्सको ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’ सुरु

काठमाडौं । ग्रेट वाल मोटर्स (जिडब्लुएम)  दुई एसयूभीहरु – थर्ड जेन हवाल एच सिक्स र हवाल जोलायनकाे साथै पीक–अप पावर को ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’ सुरु भएकाे छ । जिडब्लुएमकाे गाडीहरुको नेपालको लागि आधिकारिक विक्रेता भि.जी. ईम्क्पेक्सले उक्त ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’ सुरु गरेकाे हाे । साे क्याम्प मङसिर १४ गतेसम्म संचालन हुने कम्पनीले जनाएकाे छ । क्याम्पमा  सहभागि हुन ग्राहकले थापाथलीस्थित ग्रेट वाल मोटर्सको शाोरुममा गएर बिहान १० बजेदेखि बेलुका ५ बजे भित्र निशुल्क टेस्ट ड्राइभ तथा एक्सचेन्जको फाइदा लिन सक्नेछन् । टेस्ट ड्राइभका लागि आउने प्रत्येक ग्राहकहरुले आकर्षक उपहार पाउनुका साथै ४३ को एमआइ स्मार्ट टि.भी. जित्ने मौका पाउनेछन् । यस क्याम्प अन्तर्गत ग्राहकहरुले गाडी एक्सचेन्ज गरी बुकिङ्ग गर्न सक्नुकाे साथै आकर्षक बोनस, नगद छुट, निःशुल्क एसेसोरिज र सहज फाइनान्सिङको सुविधा पनि उपलब्ध हुनेछ । क्याम्पमा ग्राहकहरुलाई गाडीहरुको विशेषता र फाइनान्सिङको बारेमा जानकारी गराउन अनुभवी विज्ञहरु उपस्थित रहने कम्पनीले जनाएकाे छ । कम्पनीकाे अनुसार चीनमा विगत ११ वर्षदेखि सबैभन्दा धेरै बिक्री हुने नम्बर १ एसयूभी हवाल ७० लाखभन्दा धेरै सङ्ख्यामा बिक्री भइसकेको छ । ३५ लाखभन्दा धेरै बिक्री भएको हवाल एच सिक्स ९५ महिनासम्म चीनमा सबैभन्दा धेरै बिक्री हुने एसयूभी पनि हो । चीनको घरेलु बजारमा नम्बर १ स्थानमा रहेको पीक–अप पावर निर्यातमा पनि लगातार २४ वर्ष देखि सबैभन्दा माथि रहेको छ । घरेलु बजारको ५० प्रतिशत हिस्सा ओगटेको पावरको विश्वव्यापी जम्मा बिक्री १९ लाख एकाइ रहेको कम्पनीले जनाएकाे छ ।