रिटेलर्स एण्ड मेकानिक्स मिट सम्पन्न

काठमाडौं । टोटल इनर्जिज (लुब्रिकेन्ट) को आधिकारिक विक्रेता लक्ष्मी ल्युव आयल प्रालिको आयोजनामा ‘रिटेलर्स एण्ड मेकानिक्स मिट’ सम्पन्न भएको छ । लक्ष्मी ल्युवले आफ्नो व्यवसायको रुपमा मोटरसाइकल, पेसेन्जर कार, बस, ट्रक, टिपर, ट्राक्टर, ग्रीज र ईन्डष्ट्रियल गरि ६ वटा सेग्मेन्ट अन्तर्गत ७३ वटा प्याक साईज उपलब्ध छन् । सम्पन्न आयोजनामा २०० भन्दा बढी रिटेलर्स र मेकानिक्ससँग अन्तक्रियाको कार्यक्रम रहेको थियो । महाराजगंजदेखि कलंकी एरियाका लागि टोटल इनर्जीका विक्रेता सुनकोशी ईन्टरप्राइजेज प्रालि र लक्ष्मी ल्युव आयल प्रालि को सहकार्यमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा टोटल इनर्जीद्वारा उत्पादित विभिन्न सेग्मेन्ट र साइजमा उत्पादित टोटल लुब्रिकेन्टहरूको बारेमा जानकारी दिइएको थियो ।

पाँच दिने टीभीएस एक्सचेन्ज मेलामा ग्राहकको आकर्षण

काठमा‌डौं । मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा जारी टीभीएस टु ह्विलर्सको एक्चेन्ज मेलामा ग्राहकहरू आकर्षित छन् । नेपालको लागि टीभीएस टू–ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्सको आयोजनामा जारी मेला वैशाख ३ गतेसम्म जारी रहने आयोजकले जनाएको छ । जारी एक्स्चेन्ज मेलामा ग्राहकले कुनै पनि कम्पनीको मोटरसाइकल वा स्कुटर लिएर गएर त्यसको सट्टामा टीभीएसको नयाँ मोटरसाइकल वा स्कुटर घर लिएर जान सक्नेछन्। यस एक्सचेन्ज मेला अन्तर्गत ग्राहकले कुनै पनि कम्पनीको पुरानो मोटरसाइकल वा स्कुटरमा बजार मूल्यभन्दा थप १० हजारसम्म मुल्याङ्कन पाउनेछन् भने नयाँ सवारी खरिदमा किनु अगाडी नै टीभीएसको वेबसाइटमा दर्ता गरी ५० हजार रुपैयाँसम्मको छुट पाउन सक्ने र किने पश्चात एक लाख सम्म छुट पाउन सक्ने कम्पनीले जनाएको छ । साथै मासिक पाँच हजार ९९९ रुपैयाँ किस्तामा पनि टीभीएस खरिद गर्न पाइने कम्पनीले जनाएको छ।

ग्रेट वाल मोटरको नयाँ वर्ष अफर : चार लाख सम्म छुट

काठमाडौं । ग्रेट वाल मोटर (जिडब्लुएम) नेपालले नयाँ वर्षको अवसरमा ग्राहकहरूको लागि चार लाख सम्मको क्यास डिस्काउन्ट योजना सार्वजनिक गरेको छ । नयाँ वर्षको अवसरमा ग्रेट वाल मोटरका हाभाल एच ६, हाभाल जोलायन र पोअर गाडी खरिदमा पाइने कम्पनीले जनाएको छ । ग्राहकहरूले आगामी वैशाख ३१ गतेसम्म देशभर उपलब्ध बिक्री च्यानलहरूमार्फत सुविधा लिन सकिने कम्पनीले जनाएको छ । जिडब्लुएम–नेपालले आफ्नो बजार विस्तार गर्न अत्याधुनिक मोडलहरु र प्रिमियम सुविधाहरु उपलब्ध गराउँदै आएको छ ।