तारो ब्राण्डको नयाँ मोडलको बाइक र स्कुटर नेपाली बजारमा : नयाँ वर्षमा विशेष छुट

काठमाडौं । एसजी ग्रुप अन्तर्गत रहेको ओम मोटोकर्पले इटालियन प्रविधिको तारो ब्राण्डको बाईक र स्कुटर नेपाली बजारमा लन्च गरेको छ । इमोला १५० एलेक्स र टी ९१५० गरी दुई मोडलका दुईपाङग्रे सवारीसाधन नेपाली बजारमा लन्च गरेको हो । कम्पनीले नक्सालको नारायण चोक, भत्केकोपुल र रातोपुलको कोरेडोरमा सर्भिस सेन्टरको निमार्ण अन्तिम चरणमा पुर्‍याएको छ । यसका साथै टेकुस्थित वाइकर्स मार्टसले पनि कम्पनीको आधिकारीक बिक्री प्वाइन्ट लिँदै यस ब्राण्डको बाइक तथा स्कुटर बिक्री गर्दै आएको छ । नेपाली बजारमा भर्खरै आएको उक्त बाइक किन्दा छुट अफरसमेत ल्याएको छ । तारो ब्राण्डका कुनै पनि स्कुटर खरिद गर्दा सिधै १५ हजार छुट पाउने छ । साथै कम्पनीले यस चैत २४ देखि वैशाख ३१ गतेसम्म खरिद गर्ने मध्ये दुईजना भाग्यशाली ग्राहकहरूलाई लक्की ड्रमार्फत बैंककको प्याकेज अफर गरेको छ ।

निसान गाडी किन्दा साढे तीन लाख छुट

काठमाडौं । नयाँ वर्षको अवसरमा निसानले छुट योजना ल्याएको छ । निसानको नेपालका लागि आधिकारिक विक्रेता पायोनियर मोटोकर्पले निसान किक्स किन्दा ३ लाख ५० हजार नगद छुट अफर ल्याएको हो । कम्पनीले एक वर्षसम्मको इन्स्योरेन्स र सडक कर छुट दिनेछ । समग्रमा ४ लाख ५२ हजारको छुट उपलब्ध हुने कम्पनीको भनाइ छ । कुनै पनि ब्रान्डको पुरानो गाडीसँग नयाँ निसान किक्स साट्न सकिने अफरसमेत उपलब्ध छ । यसका लागि स्पट एक्सचेन्ज र भ्यालुएसन उपलब्ध हुनेछ । सो अफर मंगलबारदेखि प्रारम्भ भएको छ र आगामी अप्रिल ३० अर्थात् वैशाख १७ सम्म लागू हुनेछ ।

सुजुकी कार किन्दा दुई लाख छुटदेखि सवा एक लाख बोनससम्म

काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्ज्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले यस नयाँ बर्षका लागि आकर्षक ग्राहक योजना ल्याएको छ । उक्त योजना अनुसार कार किन्दा दुई लाख रुपैयाँसम्म बराबरको नगद छुट, एक लाख २५ हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस, एक वर्षको सवारी बीमा र स्क्रयाच कार्डमार्फत ७५ हजार सम्म अतिरिक्त छुट पाउनेछन् । यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३८ वटै शोरूमहरूमा लागू हुनेछ । सुजुकीका विभिन्न मोडेलका कारहरूबमोजिम फरक-फरक हिसाबका छुटहरू लागू हुनेछन । सुजुकी ब्रान्डले एस्प्रेसो, वागेन आर्, सेलेरिओ, इग्निस्, स्विफ्ठ्, बलेनो, डिजाएर, सिआज्, ब्रेज्जा, एस्क्रस्, एर्टिगा, एक्स्एल सिक्स्, इको, इको कार्गो र सुपर क्यारी गरी नेपालमा सबैभन्दा बढी गाडीका मोडेलहरू विक्री बितरण गर्दै आएको छ ।