ग्लोबल आइएमई बैंकले ७.२९ प्रतिशतमै विद्युतिय सवारी कर्जा दिने
काठमाडाैं । ग्लोबल आइएमई बैंकले यस बर्षको चाडपर्वको मौसमलाई लक्षित गरी अटो एक्प्रेस-ड्राईभ उत्सव योजना अन्तर्गत ७.२९ प्रतिशत ब्याजदर (प्रिमियम सहित) मा विद्युतिय सवारी कर्जा लगायतका विभिन्न सवारीसाधन योजनाहरु सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत सेवाग्राहीले ७ वर्षसम्मको अवधिका लागि ८.१९ प्रतिशत ब्याजदर (प्रिमियम सहित) मा अन्य सवारी साधन कर्जाका साथै ८.४९ प्रतिशतको स्थिर ब्याजदरमा ५ बर्ष अबधिको लागि जुनसुकै निजी सवारी कर्जा प्राप्त गर्न सक्नेछन् । यो योजना निजी प्रयोजनको लागि बिभिन्न नयाँ सवारी साधन खरीदको लागि उपलब्ध हुनेछ । साथै कर्जा आवेदन प्रकृया पूरा भएको २ कार्य दिनभित्र कर्जा निर्णय गरिने बैंकले जनाएको छ । बजारमै सस्तो तथा सरल किस्ताबन्दीमा गाडी खरीद गर्ने प्रयोजनको लागि आमग्राहकलाई लक्षित गरी बैंकले यो योजना ल्याएको हो । यो योजना निश्चित अवधिको लागि रहने र बैंकका सबै शाखाबाट उपलब्ध हुने बैंकले जनाएको छ । आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकले यस्ता सरल तथा सहज किसिमका कर्जा योजनाहरु ल्याउने गरेको छ । हाल बैंकले ७.९९ प्रतिशत (प्रिमियम सहित) को ब्याजदरमै घर कर्जा योजना समेत संचालन गरिरहेको छ ।
यस्तो छ ‘युनी-भी’, चांगनको इनोभेस्नर टेक्नोलोजीलाई थप उचाइमा लैजाने विश्वास
काठमाडौं । अटोमोबाईल उत्पादक र ब्रान्डहरुको कुरा गर्दा ‘चांगन’ विश्वमै सर्वाधिक विश्वासिलो र उत्कृष्ट कम्पनीहरु मध्येको एउटा नामको रुपमा चिनिन्छ । विगत १५८ वर्षमा कम्पनीले ‘स्थायीसुरक्षा’ को नाराका साथ यसले निरन्तर रुपमा आफूलाई भरपर्दो अटोमोबाईल ब्रान्डको रुपमा स्थापित गरेको छ । विश्वका विभिन्न ७ वटा स्थानमा अवस्थित खोज तथा अनुसन्धान केन्द्रहरु, तीनवटा विकासकेन्द्रहरु, तथा १८ भन्दा धेरै मुलुकका विज्ञहरु यसकाे अनुसन्धान र उत्पादनमा संलग्न भएको तथ्यबाटै ‘चांगन’ एक उत्कृष्ट अटोमोबाईल निर्माता कम्पनी हो भन्ने दाबी कम्पनीले गरेको छ । केही दिन अघिमात्रै नेपालका लागि चांगनको आधिकारिक विक्रेता एमएडव्लु वृद्धि अटोकर्पले ग्राहकहरुसँग सुमधुर सम्बन्ध स्थापना गर्न तथा सजिलो र भरपर्दो तरिकाले सम्पर्कमा रहन डिजिटल प्लेटफर्महरुको सुरुवात गरेको जानकारी दिएको थियो । चांगनले अब चाँडै नै ‘युनी-भी’ भन्ने नयाँ मोडल ल्याउँदैछ र याे माेडल नेपालमा पनि भित्र्याइने पक्का भइसकेको छ । ‘व्हेन इन्टेलिजेन्स गेट्स स्मार्टर, द फिलिङ्स गेट्स अन्ली टु यू’ भन्ने कुरालाई आत्मसाथ गर्दै चांगन भविष्यमा आफ्ना उत्पादनहरु वर्तमान बजारमा उपलब्ध गराउन प्रयासरत छ । युनी-भी ‘भिजन-भी’ अन्तर्गतको विल्कुलै नयाँ उत्पादन हो। चिनियाँ निर्माता चांगनले बेइजिङ अटो शोमा प्रस्तुत गरेको भिजन-भी अवधारणामा कारका मोडेलमा भविष्यमा रहने स्टाइलको कुरा दर्शाइएको छ । कारले सौंदर्य, टेक्नोलोजी र बुद्धिमत्ताको कुरामा विशेष ध्यान दिएको कम्पनिले जनाएको छ । निर्माताको अनुसार यूरोपीयन शैलीकाे याे गाडीमा यात्रुलाइ सहज हुने खालकाे टेक्नोलोजी प्रयाेग गरिएकाे छ । वैकल्पिक १८ इन्चका पांग्राले युनी-भी लाइ एकदम सुन्दर लुक्स दिएकाे छ । रीट्राक्टेबल डाेर ह्यान्डलले त यसलाइ अझ बढी नै सुन्दर देखाउन मद्दत गरेकाे छ । १.५ लिटरको १८५ एचपी इन्जिन जडान गरिएको यस गाडीका रियर प्रकाशबारहरु एकदम राम्रा देखिन्छन् भने दोहोरो क्रोम्ड भएका धुँवा फाल्ने पाइप र ब्रेकलाईटले गाडीलाइ स्पोर्टी देखाएकाे छ ।
जावा मोटरसाइकलको डिलर सुर्खेतमा विस्तार
काठमाडौं । नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंकले सुर्खेतमामा जावा मोटरसाइकलको शोरूम खोलेको छ । अग्नि मोटोइन्क प्रा।लिका महाप्रबन्धक शरद मिश्रले बुधबार शोरूमको उद्घाटन गरेका छन् । उक्त शोरुमको डिलरसिप कम्पनीले एम।पी मोटोहबलाई दिएको छ । यो नयाँ आउटलेटको उद्घाटनसँगै अग्नि मोटोइंकले सुर्खेतको जावाप्रेमीहरूको लागि आफ्नो लोकप्रिय मोडेलहरूमा पहुँच सजिलो बनेको जनाएको छ । कम्पनीले विर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, पोखरा, नारायणघाट, बुटवल, भैरहवा र नेपालगञ्जका विभिन्न शाखा र डिलरहरू भएका स्थानहरुबाट जावा मोटरसाइकलहरू उपलब्ध गराइरहेका छ । सुर्खेत डिलरका प्रबन्ध निर्देशक रोशन तिवारीले आफ्नो ठाउँमा क्लासिक लिजेन्ड्सका जावा मोटरसाइकल ल्याउन पाउनु गर्वका कुरा भएको बताए । कम्पनीका अनुसार मोटरसाइकलप्रेमीहरूले यस शोरुमबाट अब जावा, जावा फोर्टी–टु र फ्याक्ट्री–निर्मित पहिलो बब्बर पेराक मोडलसहित जावा मोटरसाइकलका विभिन्न मोडल बुक गर्न सक्नेछन् तथा सुर्खेतकाे केन्द्र र वरिपरिका क्षेत्रमा ‘टेस्टराइड गर्न पाउनेछन् ।