देशभरको ४० स्थानमा हुन्डाईको चार्जिङ स्टेशन
काठमाडौं । नेपालका लागि हुन्डाई मोटर्सको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले इलेक्ट्रिक भेहिकलको थप स्थानहरुमा चार्जिङ स्टेशन विस्तार गरेको छ । योसँगैं कम्पनीको चार्जिङ स्टेशन संख्या ४० पुगेको छ । नेपालको सबै हाइवे र स्थानीय रुटहरुमा पेट्रोल पम्पको एथेस्ट उपलब्धता भएता पनि इभी चार्जिङ पोइन्ट नभएकोले नै कम्पनीले क्रमिकरुपमा चार्जिङ नेटवर्क विस्तार गर्दै गएको जनाएको छ । कम्पनीले आगामी दिनमा थप स्थानहरुमा चार्जिङ स्टेशन बनाउने जानकारी दिएको छ । कम्पनीको अनुसार हुन्डाईका चार्जिङ स्टेशनहरु मोवाइल फोन चार्ज गरे जतिकै सजिलोसँग गाडी चार्ज गर्न सकिन्छ । लक्ष्मी इन्टरकन्टिनेन्टलको अहिले देशका प्रमुख शहरहरुमा १२ वटा डिलर तथा १८ वटा सर्भिस सेन्टरबाट ग्राहकलाई सेवा दिइरहेको छ । हुन्डाई मोटर्स विश्वको टप ५ अटोमोबाइल उत्पादक मध्ये एक हो ।
माघ १९ गतेदेखि मोटरहेड एक्सचेन्ज मेला, ५ दिन संचालन हुने
काठमाडाैं । मोटरहेड ब्राण्डका नेपालका लागी आधिकारीक वितरक एस.एल.आर टेक्नो एण्ड ट्रेले यही माघ १९ गतेदेखि लागू हुने गरी ५ दिने एक्सचेन्ज सन्चालन गर्ने भएको छ । उपत्यकाभित्रका सबै शोरुमहरुमा लागू हुने गरी उक्त कार्यक्रममा कम्पनीले यस पटक पुरानो बाइकको बजार मूल्यांकनमा थप २० हजार दिने भएको छ । यस अघि कम्पनीले थप मुल्यांकनमा १५ हजार दिने गरेको थियो । यसका साथै उक्त पाँच दिने कार्यक्रम एक्सचेन्ज नगरी नगदमै मोटरहेडका वाइक खरीद गर्दा १० हजार छुट र फाइनान्स खरीदमा ८ हजार छुटको व्यवस्था गरेको छ । उपत्यकाभित्र कम्पनीको ५ ठाउँमा शोरुम रहेको छ धोबिघाट, सल्लाघारी, टेकु, चावहिल र बालाजुमा रहेको शोरुमहरुबाट आफूले पाइक पर्ने गरी यो अफरको फाइदा लिन सकिन्छ । बजारमा राम्रो प्रवेश गर्न सफल यस ब्राण्डका हाल ७ मोडल रहेका छन्, जसमा अफ रोड राइडका लागी स्र्पोटर्स २५०, एक्स टोर्क २५०, एमएच २०० एक्स र रोड।अफरोड दुवैलाई हुने गरी टेक्कन २५०, टेक्का २५० आर, एमएच १५० आर र स्क्रयामब्लर रहेका छन् । मोटरहेडका बाइकहरुको मूल्य ३ लाख ५ हजारदेखि लिएर ४ लाख ५५ हजारसम्मका रहेका छन् । कम्पनीले बिक्रिलाई सहज बनाउन र ग्राहकलाई सजिलो महसूस गराउन विभिन्न रिकण्डिसन र फाइनान्सहरुसँग सहकार्य गरी अघि बढेको जानकारी दिएको छ ।
जिप र्यांग्लरको लाइनअपमा थपियो जिप ग्लेडियटर
काठमाडौं । नेपालका लागि जिपको आधिकारिक विक्रेता एमएडब्लु लाइफले जिप र्यांग्लरको लाइनअपमा नयाँ जिप ग्लेडियटर थपेको छ । कम्पनीकाे अनुसार ग्लेडियटर जिपको आइकनिक र्यांग्लरमा आधारित छ र जहाँ पनि जे पनि गर्न सक्ने क्षमताकाे रहेकाे छ । यसमा एडभान्सड टेक्नोलोजिकल फिचर र जिपको परिचित डिजाइन रहेको छ । ग्लेडियटरमा ३ं६ लिटरको पेन्टास्टार भी६ पेट्रोल इन्जिन रहेकाे छ जसले २०६ किलोवाट पावर र ३२७ एनएम टर्क उत्पादन गर्दछ । कम्पनीकाे अनुसार यसको अफरोड क्षमता जिपको ‘सेलेक–ट्रयाक एक्टिभ अन–डिमान्ड ४ बाई ४ सिस्टम’ले दिन्छ । यो सिस्टमले २.७२ः१ ‘लो रेन्ज गियर रेसियो’ र ३.७३ ‘रियर एक्सल रेसियो’सहितको ‘डाना ४४ एक्सल गरी टु–स्पिड ट्रान्सफर केस अफर’ गर्छ । डियटरको ‘टोविङ’ क्षमता २७२१ केजी रहेको छ । यसको ‘एप्रोच एंगल’ ४०.७ डिग्री, ‘ब्रेक एंगल’ १८ं४ डिग्री, ‘डिपार्चर एंगल’ २२५.१ डिग्री र ‘ग्राउन्ड क्लेरेन्स’ २८३ एमएम रहेको छ । जिप र्यांगलरमा जस्तै यसको ‘हार्डटप’ पनि सजिलैसँग निकालेर ‘नेकेड’ बनाउन सकिन्छ जसले सहर वा ‘ट्रेल’ दुवैमा ‘ओपन एअर फ्रिडम’लाई प्रत्याभुत गर्छ । यसका साथै यसमा सुरक्षाका लागि यसमा ७० भन्दा बढी एक्टिभ र पेसिभ सेफ्टी एन्ड सेक्युरिटी फिचर’ रहेका छन् । साथै यसमा ग्रिडसहितको पार्कभ्यु रियर क्यामेरा, फ्रन्ट एन्ड रियर पार्क असिस्ट,इलेक्ट्रोनिक रोल मिटिगेसनसहितको इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल जस्ता सुरक्षा फिचर छन् । ग्लेडिएटर ‘ब्ल्याक’ र ‘फायरक्रेकर रेड’मा उपलब्ध छ ।