एमएडब्लु लाइफकाे जिप एक्सचेन्ज इभेन्ट सुरु
काठमाडौं । एमएडब्लु लाइफले बुधबारबाट देशव्यापी रुपमा जिप एक्सचेन्ज इभेन्ट ‘अपग्रेड योर एड्भेन्चर’ सुरु गरेको छ । नेपालका लागि जिपको आधिकारिक विक्रेता एमएडब्लु लाइफले पुरानो गाडीलाई एक्सचेन्ज गरेर २०२२ जिप कम्पास खरिद गर्न चाहने ग्राहकका लागि एक्सचेन्ज इभेन्ट सुरु गरेकाे जनाएकाे छ । यो एक्सचेन्ज इभेन्टमा ग्राहकले आफ्नो जुनसुकै ब्रान्डको पुरानो गाडीको बजारमा सबैभन्दा उच्च मूल्य पाउनुका साथै स्पट फाइनान्सिङको सुविधा पाउनेछन् । साथै, ग्राहकले एक वर्षका लागि निःशुल्क इन्स्योरेन्स, एक वर्षका लागि निःशुल्क सडक कर र एसेसोरिज पाउनेछन् । यसबीच, एमएडब्लु लाइफले २०२२ कम्पासका सबै मोडेल अधिकतम ७० प्रतिशत फाइनान्सिङ र १२ प्रतिशत ब्याजदरमा उपलब्ध गराउने जनाएककाे छ । जिपले मात्र २४ घन्टामा लोन स्विकृत गरी ग्राहकलाई जिप डेलिभरी गर्ने व्यवस्था पनि मिलाएको छ । ग्राहकले जिप एक्सचेन्जबारे विस्तृत जानकारी https://jeep.com.np/exchange-with-jeep/मा लगइन गरेर पाउन सक्नेछन् । यसै वर्षको सुरुमा जिपको नयाँ कम्पास सार्वजनिक गरिएपछि प्रिमियम एसयुभी सेग्मेन्टमा जिपको विक्री उल्लेखनीय रुपमा बढेको छ कम्पनीले जनाएकाे छ । जिप कम्पास स्पोर्ट, लंगिच्युड, लिमिटेड र मोडेल एस गरी चार ट्रिममा उपलब्ध छ जसको मूल्य ८७ लाख ९० हजारदेखि एक करोड ३९ लाख ९० हजार रुपैयाँसम्म छ । नयाँ कम्पास १.४ लिटरको पेट्रोल र २.० लिटरको डिजेल इन्जिनमा उपलब्ध छ । पेट्रोल इन्जिनले १६३ एचपी पावर र २५० एनएम टर्क उत्पन्न गर्छ भने डिजेल इन्जिनले १७० एचपी पावर र ३५० एनएम टर्क उत्पन्न गर्छ । जिपको लेजेन्डरी ४ बाई ४ सिस्टम भने डिजेल भेरियन्टमा उपलब्ध छ जसमा अटो, स्नो, स्यान्ड र मड गरी चार मोड उपलब्ध छ । एमएडब्लुले लाइफले नेपाल बजारमा कम्पासबाहेक र्यांग्लर, र्यांग्लर अनलिमिटेड, ग्रान्ड चेरोकी र ग्लेडियटर उपलब्ध गराउँदै आएको छ ।
सुजुकीले घरमा आएर गाडी मर्मत गरिदिने
काठमाडाैं । सीजी मोटोकर्पले ग्राहकको घर दैलोमै गाडी मर्मतको लागि वर्कसप अनह्वील सुरु गरेको छ । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्सकाे अटोमोटिभ डिभिजनकाे सीजी मोटोकर्पले बुधबारबाट वर्कसप अनह्वील सुरु गरेकाे हाे । यससँगैं सुजुकीका ग्राहकले आफनो घर दैलोमै आफ्नो सवारी मर्मत गराउन सक्नेछन् । कम्पनीको अनुसार वर्कसप अन ह्वीलमा सबै आधुनिक प्रविधि र उपकरणहरू राखिएका छन् जसले सामान्य सर्भिस, मर्मत, तथा अरु गाडी सम्बन्धि कार्य हरु गर्नेछन् । यो सुविधाले आपतकालीन सडक सहायता गर्नुको साथै ग्राहकको सुविधाजनक स्थान मा पुगी सेवा दिने सुजुकीको अफ्टर सेल्स तथा पार्ट्सका महाप्रबन्धक श्याम श्रेष्ठले बताए । ‘यो नयाँ पहल हाम्रो ग्राहक माझमा ल्याउन पाउदा हामी हर्षित छौ । यो चार पांग्रे सवारीमा निर्मित एउटा आधुनिक वर्कसप हो जसले ग्राहकको सबै सर्भिस सम्बन्धि कार्य गर्नेछ,’ उनले भने ।
नेपाली बजारमा भारतीय टायर एसेन्सो, उपभोक्ताले रुचाउने अपेक्षा
काठमाडौं । नेपाली बजारमा भारतको नयाँ टायर ब्रान्ड ‘एसेन्सो’ का अफ द रोड अर्थात ओटीआर टायर भित्रिएका छन् । ओटीआर टायर बजारको क्षेत्रमा नेपाली बजारमा पहिलेदेखि नै कार्यरत डेल्टा डिस्ट्रिब्युटर्सले एसेन्सो टायर ब्रान्ड भित्र्याएको हो । सोमबार एक कार्यक्रमकाबीच नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सो टायर सार्वजनिक गरेका हुन् । सो अवसरमा अध्यक्ष सिंहले भने, ‘निर्माण कार्यमा प्रयोग हुने हेभी इक्विपमेन्टका लागि आवश्यक यस्ता ओटीआर टायर गुणस्तरीय हुनु आवश्यक छ । गुणस्तरीय टायर उपलब्ध गराएर डेल्टा डिस्ट्रिब्युटर्सले नेपालको निर्माण कार्यलाई समेत गुणस्तरीय बनाउन सहयोग गर्दै आएको छ । एसेन्सो ब्रान्डका टायरले पनि आगामी दिनमा यस कार्यमा सहयोग गर्ने अपेक्षा गर्न सकिन्छ ।’ डेल्टा डिस्ट्रिब्युटर्सका म्यानेजिङ डाइरेक्टर विक्रम सिंघानियाले भने, ‘हामीले नेपाली ग्राहकको चाहना अनुरुपका विश्व स्तरीय टायरहरु उपलब्ध गराउदै आएका छौ । यसैको निरन्तरताको रुपमा एसेन्सो ब्रान्ड भित्र्याएका हौं ।’ उनले सो ब्रान्ड नेपाली बजारमा रुचाइने अपेक्षा समेत गरे । सो टायर ब्याकहो लोडर, स्वाइल कम्प्याक्टर, पिक एन्ड क्यारी क्रेन, फोर्कलिफ्ट, टिपर ट्रक, आरटीजी क्रेन, ह्विल लोडर, मोटर ग्रेडर, मोबाइल कंक्रिट मिक्सर, स्किड स्टियर लोडर र रिजिड डम्प ट्रक जस्ता हेभी सवारी साधनमा प्रयोग गर्न सकिन्छ । भारतमा महंसरिया टायर्स प्रालिले एसेन्सो टायर उत्पादन गर्दै आएको छ । बाबुछोरा अशोक महंसरिया र योगेश महंसरियाको ज्ञान, अनुभव र सफल ट्रयाक रेकर्ड यसमा प्रयोग भएको छ । तीन दशक भन्दा लामो समयदेखि उनीहरुले विश्वमै लोकप्रिय अन्य दुई टायर ब्रान्ड समेत उपलब्ध गराइसकेका छन् । भारतको गुजरातस्थित पनौलीमा अवस्थित अत्याधुनिक प्लान्टमार्फत यी टायर उत्पादन हुन्छन् । १२७ एकड जमिनमा फैलिएको सो प्लान्टको उत्पादन क्षमता वार्षिक ७० हजार मेट्रिक टन हुनेछ । हाल सो प्लान्टबाट ४० हजार मेट्रिक टन क्षमतामा सञ्चालित छ ।