जगदम्बा मोटर्सद्वारा टिभिएस ड्युराम्याक्स प्लस टेम्पाे सार्वजनिक

काठमाडौं । जगदम्बा मोटर्सले थ्रि व्हिलर इन्डष्ट्रि मै पहिलो पटक सबैभन्दा दमदार पावर रहेको टिभिएस ड्युराम्याक्स प्लस आफ्नो डीलर पार्टनरहरु माझ एन्युअल डिलर्स मिट कार्यक्रम समारोहमा लन्च गरेको छ । जगदम्बा मोटर्स नेपालको लागि टिभिएस थ्री व्हिलरको एकमात्र आधिकारिक वितरक हाे । सार्वजनिक सवारी साधनको रुपमा संचालन गर्न योग्य यो थ्रि व्हिलर्स सवारी साधन नेपालको लागि अत्यन्त उपयुक्त रहेको कम्पनीकाे दाबी छ । टिभिएस ड्युराम्याक्स प्लस थ्रि व्हिलर्सको इन्जिन ४ स्ट्रोक र लिक्वीड कूल्ड प्रविधिको छ । सर्वाधिक शक्तिशाली २२५ सिसिको दमदार इन्जिन जडित यो थ्रि व्हिलर्स इलेक्ट्रिक तथा हातको मद्दत दुवै प्रकारले स्टार्ट गर्न सकिन्छ । ४७५० आरपिएममा ७.५ किवाको अत्याधिक शक्ति प्रदान गर्ने र २२७५ आरपिएममा १८ एनएमको सबैभन्दा धेरै टर्क दिने क्षमता भएको हुँदा चलाउनलाई सजिलो हुनाको साथै सवार यात्रुहरुले समेत आराम दायक अनुभव गर्न सक्नेछन् ।

अब खल्तीबाट टिभिएसको सबै सवारीसाधनको किस्ता शुल्क भुक्तानी गर्न सकिने

काठमाडाैं । खल्ती डिजिटल वालेट ले नेपालका लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स सँगको सहकार्यमा टिभिएसको सबै सवारी साधनहरुको किस्ता खल्ती बाटै तिर्न सकिने सुविधा ल्याएको छ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्न तथा कोभिड महामारीका बेला सबै प्रकारको किस्ता सहजै तिर्न सकियोस् भन्ने उद्देश्यले यो सुविधा ल्याईएको हो । खल्ती डिजिटल वालेट र जगदम्बा मोटर्स बीचको सम्झौतामा हस्ताक्षर भए पश्चात ग्राहकहरुले जुनसुकै समयमा टिभिएसको मोटरसाईकल, स्कुटर, टेम्पो जस्ता सबै सवारी साधनहरुको किस्ता खल्तीबाट सिधै तिर्नसक्ने भएका छन् । खल्तीले ग्राहकहरुको सहजताको लागि टिभिएस सोरुममा खल्ती क्यूआरहरु पनि सेट गरेका छ जस मार्फत ग्राहकहरुले युनियन पे सँग आवद्द बैंक तथा डिजिटल वालेटहरुबाट पनि भुक्तानी गर्न सक्नेछन् ।  

चीनको नम्बर वान पेसेन्जर गाडी अब नेपालमा

काठमाडौं । चाङ्गान अटोग्रुपले नेपाली बजारमा प्रवेश गर्ने औपचारिक निर्णय गरेको छ । कम्पनीले नेपालस्थित एमडब्लु वृद्धि अटोकर्पसँग व्यापारिक साझेदारीमा नेपालमा आफ्नो उत्पादनहरुलाई बिक्री वितरण गर्नेछ । सन् २०२१ मा चाङ्गान ब्राण्डाका प्यासेन्जर गाडीहरु चीनमा सबैभन्दा बढी बिक्री हुन सफल भएको थियो । त्यसैगरी सन् २०२० मा यस ब्राण्डका २० लाख वटा गाडीहरु विश्वका ६० देशहरुबाट बिक्री भएको थियो । चीनमा बिक्री र निर्यात हुने अधिकांश फोर्ड र माज्दा गाडीहरु चाङ्गान अटोग्रुपले निर्माण गर्दछ । एमडब्लु। स्कोडा, जिप, जेसिबी, यामाहा, फोटोन र एमएएन जस्ता अन्तराष्ट्रिय ब्राण्डहरुको नेपालस्थित एकमात्र आधिकारीक विक्रेता हो । सेडान, पिकअप, एसयुभी र इभीको साथसाथै अवार्ड विनिङ युनिआइ श्रेणिका ब्राण्डहरु उत्पादनकर्ता चाङ्गानले नेपाली बजारमा आफ्नो बेग्लै छवि बनाउने एमडब्लुका अध्यक्ष विष्णु अग्रवाल बताउँछन् । पहिलो चरणमा  सेडान, पिकअप र एसयुभी तथा दोस्रो चरणमा विभिन्न विद्युतिय गाडीहरु विक्रीवितरण गर्ने चाङ्गानको योजना रहेको अग्रवालले बताए ।