मोटरहेडको आधिकारीक मर्मत केन्द्र धादिङको गल्छीमा, सञ्चालन गर्यो दुई दिने क्याम्प
धादिङ । मोटरहेड ब्राण्डको आधिकारीक वितरक एस एल आर टेक्नो एण्ड टेड प्रा लि ले धादिङको गल्छीमा आधिकारीक मर्मत केन्द्र विस्तार गरेको छ । कम्पनीले आफ्नो सर्भिस विस्तार गर्ने लक्ष्यलाई यर्थाथता प्रदान गर्दै उक्त स्थानमा मर्मत केन्द्र विस्तार गरेको हो । उक्त केन्द्रको उद्घाटन वडा अध्यक्ष राजन श्रेष्ठले मंसिर २८ गते एक समारोह बीच गरेका हुन् । कम्पनीले सो मर्मत केन्द्र २० वर्ष देखि यसै क्षेत्रमा आवद्ध रमेश मोटरसाइकल वर्कशपका प्रोप्राइटर रमेश श्रेष्ठलाई आधिकारीक्ता प्रदान गरेको हो । यो क्षेत्रमा लागेको २० वर्ष भइसक्दा विभिन्न ब्राण्डका वाइकहरुको राम्रो ज्ञान भएको र विगत ५ वर्ष देखि आएको यस मोटरहेड चाण्डका बाइकहरु पनि आफ्नो क्षेत्रमा प्रशस्त देख्न थालेको हुँदा उक्त ब्राण्डसंग आफु आवद्ध भएको श्रेष्ठले बताए । हेर्दा नयाँ लुक्स, डिजाइन र फरक सेग्मेन्टमा उपलब्ध यी ब्राण्डका बाइकहरुमा आफ्नो पनि उत्तिकै चासो भएको हुनाले अबका आउने दिनमा यस बाण्डका ग्राहकहरुलाई गणस्तरीय सेवा प्रदान गर्दै हाइवे राइडरहरुलाई सहज रुपमा मोटरहेडका पार्टस पनि उपलब्ध गराउने थप उद्देश्य रहेको बताए । कम्पनीले आधिकारीक मर्मत केन्द्रको उद्घाटन गरी मंसिर २८ र २९ गते २ दिने एक्स्चेञ्ज क्याम्प पनि सञ्चालन गरेको छ । जसमा नगद खरीदमा १० हजार रुपैयाँ छुट, फाइनान्समा ७ हजार रुपैयाँ छुट र एक्स्चेञ्ज गर्दा बजार मूल्याकनमा थप १५ हजार रुपैयाँ पाउने सुविधा रहेको छ । यसका साथै पार्टस र सर्भिसमा विशेष छटको सुविधा र जुनसकै ब्राण्डका बाइक ल्याउँदा फि-वासको व्यवस्था समेत गरिएको छ । कम्पनीले यस कार्यक्रममा सहभागी हने ग्राहकहरुलाई आकर्षक न्षत को व्यवस्था समेत गरेको छ ।
बुटवलमा खुल्यो स्कोडाको नयाँ ‘स्टेट-अफ-द-आर्ट’ शोरुम, कार बुकिङ गर्नेलाई विशेष छुट
काठमाडौं । नेपालका लागि युरोपको चर्चित अटोमोबाइल ब्रान्ड स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले बुटवलमा नयाँ स्टेट-अफ-द-आर्ट थ्रिएस (सेल्स, सर्भिस र स्पेयर्स) फेसिलिटी सुरु गरेको छ । अब रोडवेज लाइफस्टाइलले पश्चिमी नेपालमा स्कोडाको विक्री र विक्रीपछिको सेवाको जिम्मेबारी पाएको हो । नेपाली बजारमा स्कोडाको पकड बलियो बनाउन र स्कोडा कारको उपलब्धता बढाउन एमएडब्लु स्कोडाले आफ्नो डिलर सञ्जाललाई विस्तार गर्दै आएको छ । एमएडब्लुले सन् २००८ देखि नेपालमा स्कोडा कार भित्र्याउन सुरु गरेको थियो । स्कोडाको नयाँ शोरुमको उद्घाटन पाँच नम्बर प्रदेशका उद्योग तथा वाणिज्यमन्त्री अजय शाही र एमएडब्लु स्कोडा डिभिजनका कार्यकारी निर्देशक रौनक अग्रवालले संयुक्त रुपमा गरेका हुन् । ‘हामी हाम्रो ग्राहकको सुविधाका लागि स्कोडा सञ्जालको विस्तार गर्न र युरोपको चर्चित कारको पहुँचलाई प्रत्याभुत गर्न प्रतिबद्ध छौं । उत्कृष्ट कस्टमर एक्सपिरियन्सका लागि हामीले बुटबलमा नयाँ स्टेट-अफ-द-आर्ट स्कोडा सोरुम ल्याउन पाउँदा हामीलाई खुसी लागेको छ,’ एमएडब्लु स्कोडाका रौनक अग्रवालले भने, ‘यो फेसिलिटीले पश्चिमी नेपालमा हाम्रो उपस्थितिलाई झनै बलियो बनाउनेछ ।’ उद्घाटन समारोहपछि प्रदेशमन्त्री अजय शाहीले स्कोडा बुक गरेका ग्राहकहरुलाई साँचो हस्तान्तरण गरेका थिए । स्कोडाको नयाँ डिलर रोडवेज लाइफस्टाइलले दुई दिने विशेष ‘टेस्ट ड्राइभ इभेन्ट’ पनि आयोजना गर्दैछ । यो अवधिमा स्कोडा कार बुकिङ गर्ने ग्राहकले आकर्षक ‘क्यास डिस्काउन्ट’, निःशुल्क सडक कर, ‘एक्सचेन्ज बोनस’को सुविधा पाउने छन् । हाल पोखरा, नारायणघाट, विराटनगर, विरगंज, बिर्तामोड, जनकपुर, धनगढी र काठमाडौंमा स्कोडाको डिलरसिप रहेको छ ।
रेनोको नयाँ शोरुम अब लाहानमा
काठमाडौं । रेनोको नया शोरुम सोमबारबाट लाहानमा सञ्चालनमा आएको छ । नेपालभरि नै आफ्नो शाखा विस्तार गर्ने उद्धेश्यका साथ कम्पनीले लाहानमा नयाँँ शोरुम खोलिएको जनाएको छ । यो नयाँँ शोरुमको नाम भाग्य महालक्ष्मी अटोमोबिल्स रहेको छ । कम्पनीका सेल्स नेट्वर्क प्रमुख बिपुल भट्टराईले अहिले खोलेको नयाँँ शोरुमले उपत्यका बाहिरका ग्राहकहरुलाई सजिलैसँग आवश्यक सेवा प्रदान गर्ने जानकारी दिए । लाहानको नयाँ शोरुममा रेनोका सर्वाधिक रुचाइएका मोडलहरु क्विड, ट्राइबर,काइगर र डस्टर गाडीहरु उपलब्ध हुने कम्पनीले जनाएको छ । यहाँँबाट उपभोक्ताले गाडी, स्पेयर पार्ट्स, एसेसरिज लगायत अन्य सेवाहरु लिन सक्नेछन् ।