स्कुटर तथा मोटरसाइकल किन्न कामना सेवाको इएमआई सुविधा
काठमाडौं । कामना सेवा विकास बैंकले ह्वाइट लोटस मोटर्ससँग सम्झौता गरेको छ । ह्वाइट लोटस मोटर्सले प्युर इभी लगाएत विभिन्न ब्राण्डका स्कुटर तथा मोटरसाइकल र तिनका विभिन्न पार्टसहरुको विक्रि वितरण गर्दै आएको छ । यो सम्झौतासँगैं बैंकले ह्वाइट लोटस मोटर्सबाट स्कुटर तथा मोटरसाइकल किन्ने ग्राहकलाई सजिलै बिना कुनै झन्झट् इएमआई सेवा प्रदान गर्नेछ । बैंकले १२७ वटा शाखा, १ वटा विस्तारीत काउन्टर तथा ७० वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।
रोयल इन्फिल्ड मोटरसाइकलको नयाँ मोडल मिटिवोर ३५० सीसी सार्वजनिक
काठमाडौं । नेपालमा रोयल इन्फिल्ड मोटरसाइकालको आधिकारीका विक्रेता एमभी दुगड ग्रुप अन्तर्गतको विवेक अटोमोबाइल्सले रोयल इन्फिल्डको क्रुजर सिरिजको नयाँ मोटरसाइकल मिटिवोर ३५० सीसी नेपालमा सार्वजनिक गरेको छ । मिटिवोर ३५० सीसी अन्तर्गत फाइर बल, स्टेलर र सुपरनोभा गरी तीनवटा भेरियन्ट रहेका छन् जसमा फायर बलको दुई, स्टेलरको तीन र सुपरनोभाको दुई रंगहरुमा उपलब्ध हुनेछन् । मिटिवोर ३५० सीसी एउटा क्रुजर सिरिजको मोटरसाइकल हो जसमा जे सिरिजको एउर वइल कुल्ड, एसवोएचची इन्जिन रहेको छ । इन्धनको कार्यकुशलताको लागि इलेक्ट्रोनिक फियुल इन्जेक्सन भएको यस मोटरसाइकलमा थप सुरक्षाको लागि डुयल च्यानल एबिएस पनि राखिएको छ । यस मोटरसाइकलमा टर्न टु टर्न न्याभिगेसनको लागि गुगलसागको साझेदारीमा बनाइएको ट्रिपल पाेड र मोबाइल फोन चार्ज गर्नको लागि बनाइएको युएसबी चार्जिङ पोर्ट पनि समावेश गरिएको छ । विवेक अटोमोबाइल्सले आफ्नो १९ वटा शाखा तथा डिलरहरुमा बिक्रि सुरु गर्न जनाएको छ । कम्पनीको अनुसार मिटिवोर ३५० सीसी अन्तर्गत फाइर बलको मूल्य ६ लाख, स्टेलरको मूल्य ६ लाख १७ हजार र सुपरनोभाको मूल्य ६ लाख ४५ हजार तोकिएको छ ।
टाटाको विद्युतीय कार नेक्सन ईभी नेपालमा, कति पर्छ मूल्य ?
काठमाडौं । सिप्रदी ट्रेडिङले टाटा मोटर्सको इलेक्ट्रिक कार नेक्सन इभी नेपाली बजाारमा सार्वजनिक गरेको छ। भारतीय बजारमा सर्वाधिक बिक्री भएको उक्त गाडी नेपाली बजारमा टाटा मोटर्सको आधिकारी बिक्रेताको रुपमा रहेको सिप्रदि ट्रेडिङले भित्र्याएको हो । मंगलबार सार्वजनिक भएको नेक्सन इभीको मूल्य ३५ लाख ९९ हजारदेखि ३९ लाख ९९ हजार रूपैयाँसम्म तोकिएको छ। नेक्सन–इभी जिपट्रोन प्रविधिमा आधारित छ। कम्पनीले दाबी गरेअनुसार यसमा निकै टिकाउ ब्याट्री छ। एक पटक चार्ज गरेपछि गाडी बिना कुनै समस्या दुई सय ५० देखि तीन सय किलोमिटरको दुरी गुड्छ। डिसीचार्जर प्रयोग गर्दा नेक्सन–इभीको ८० प्रतिशत चार्ज ६० मिनेटमै हुने कम्पनीको भनाइ छ। विद्युतीय नेक्सनको बनावट निकै बोल्ड र आकर्षक छ। बाहिरी आर्कषणसँगै यसका विशेषताहरूका कारण यो नेपाली बजारमा प्रतिक्षित गाडी हो। टाटाले जिपट्रोन प्रविधिमा आधारित यो विद्युतीय एसयूभी वायु प्रदुषणरहित रहेको जनाएको छ । ३ कलर र ३ भेरियन्टमा उपलब्ध टाटा नेक्सन ईभीको सुरुवाती मूल्य ३५ लाख ९९ हजार तोकिएको छ । एक्सएमको ३५ लाख ९९ हजार, एक्सजेट प्लस ३७ लाख ९९ हजार र एक्सजेट प्लस लक्जरीको ३९ लाख ९९ हजार तोकिएको छ । गतवर्ष नै नेक्सनको ईभी नेपाल ल्याउने तयारी गरेको सिप्रदीले विद्युतीय गाडीमा कर बढेपछि ल्याएको थिएन । तर, यसपाली विद्युतीय गाडीमा बढेको कर खारेज भएपछि टाटाले विद्युतीय गाडी भित्र्याएको हो ।