बीएस ६ सुजुकी एक्सेस १२५ स्कुटर नेपाली बजारमा
काठमाडौ। सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक भीजी अटोमोबाइल्स प्रालिले बीएस ६ प्रविधिको सुजुकी एक्सेस स्कुटर नेपाली बजारमा भित्र्याएको छ । निषेधाज्ञाकै समयमा नेपाल प्रवेश गरेको उक्त स्कुटर सुजुकीको बहुप्रतीक्षित स्कुटर हो । यो भारतीय बजारमा टप ३ मा रहन सफल स्कुटर मध्येमा पर्दछ । सुजकी एक्सेस स्कुटर विगतमा नेपालमा पनि धेरै मध्यम वर्गकाबीच र व्यावसायिक प्रयोजनमा निकै रुचाइएको स्कुटरमा पर्छ । एक्सेस स्कुटरमा आगाडी ग्यास सिलिन्डर अटाउने, फराकिलो सिट तथा आराम्दाइ यात्रा हुनुका साथै यसमा अगाडिको भागमा स्टिलको कभर समेत रहेको छ । यसले गर्दा यो दैनिक प्रयोजनका लागि निकै नै उपयोगी रहेको छ भने यसको मर्मत खर्च पनि अरुभन्दा कम आउने कम्पनीकाे दावी छ । हाल नेपालमा भित्रिएको सुजुकी एक्सेस १२५ स्कुटरमा फोर स्ट्रोक सिंगल सिलिन्डर एयरकुल्ड जडित इन्जिन प्रयोग गरिएको छ । नयाँ परिमार्जित एक्सेस १२५ स्कुटरमा भारत स्टेज ६ अर्थात बीएस ६ प्रविधि जडान गरिएको छ भने एफआई प्रविधि समेत रहेको हुँदा उत्कृष्ट माइलेज आउने आकलन गर्न सकिन्छ । २ भल्वयुक्त इन्जिन प्रयोग भएको यस स्कुटरमा इन्जिनले ६७५० आरपीएममा ८.७ पीएस पावर र ५५०० आरपीएममा १० एनएम टर्क जेनेरेट गर्छ । एलईडी हेडल्याम्प तथा बाहिरबाटै पेट्रोल भर्न सकिने सुबिधाले यसको सजावटमा समेत आकर्षण थपेको छ । यसमा सुजुकी स्टार्ट सिस्टम प्रयोग गरियेको छ र किक स्टार्ट दुबै व्यवस्था रहेको सो स्कुटरमा २२ लिटर बराबरको स्टोरेज राखिएको छ भने मोबाइल चार्जिङ प्वाइन्ट समेत जडान गरिएको छ । दुवै चक्कामा अलोय ह्विल प्रयोग गरिएको सो स्कुटरको जम्मा तौल १०३ किलोग्राम रहेको छ । १६० एमएमको ग्राउण्ड क्लियरेन्स भएको हुँदा, यो सेग्मेन्ट मै उत्कृष्ट प्रोडोक्ट गनिन्छ । पूर्ण डिजिटल मिटर को साथमा क्लासिक स्टाईल, ईन्जिन डायगनोसिस ब्याट्रि डायगनोसिससहित ट्रिप मिटर तीन कलरमा उपलब्ध छन् । सेतो, निलो, खैरो र कालो गरी चार रङमा उपलब्ध सुजुकी एक्सेस स्कुटरमा बढि रुचाइएको रङ भने निलो रहेकाे छ ।
होण्डा सिबी ३५० आरएस अब नेपालमा, ७ लाख ७५ हजार मूल्य ताेकियाे
काठमाडौँ । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले बहु प्रतिक्षित होण्डाको सिबी ३५० आरएस नेपाली बजारमा लन्च गरेको छ । नेपालमा होण्डा सिबी मोडलका बाइकहरुले एक विशेष पहिचान बनाएको छ । यस सिबी ३५० आरएसले पनि नेपाली बाइकरहरुको मनमा एक छुट्टै स्थान बनाउन सफल हुने कुरामा कम्पनी विश्वस्त रहेकाे जनाएकाे छ । आकर्षक रेट्रो लुक्स मन पराउने सम्पूर्ण बाइक पारखीहरुको लागि निर्मित यस बाइकमा ३५० सिसिको इन्जिन रहेको छ । मोर्डन फिचरहरुले भरिपूर्ण यस बाइक सिंगल टोनमा प्रिसियस ब्ल्याक विथ पर्ल स्पोर्टस् एलो र रेडिएन्ट रेड मेटालिक गरी २ विभिन्न रङ्गहरुमा उपलब्ध छ । एडभान्स डिजिटल एनालग मिटर, डुएल च्यानल एबीएस साइड स्ट्यान्ड इन्डिकेटर, इन्जिन स्टार्ट र अफ स्विच, डिस्ट्यान्स टू एम्प्टी, एभरेज माइलेज र रियल टाइम माइलेज जस्ता यस बाइकको धेरै मध्येका केहि विशेषताहरु हुन् । नेपाली बजारमा यस सिबी ३५० आरएसको मूल्य ७ लाख ७५ हजार तोकिएको छ । थप जानकारीका लागि ग्राहकले होण्डाको टोल फ्रि नं. १६६००१४६६३२ (नेपाल टेलिकम) र ९८०१५७११११ (एनसेल) मा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएकाे छ ।
तीव्र प्रतिस्पर्धा गरिरहेका क्रेटा, सोनेट र कुशकः यस्तो छ मूल्य र विशेषता
काठमाडौं । स्कोडाको कुशक कार नेपाल भित्रिएसँगै विशेष गरेर तीन कम्पनीका कारबीच तिब्र प्रतिस्पर्धा हुने देखिएको छ । हुण्डाईको क्रेटा, कियाको सोनेट र स्कोडाको कुशक गाडीबीच प्रतिस्पर्धा हुने देखिन्छ । स्कोडाको कुशक गाडी हालसालै मात्र नेपाली बजारमा भित्रिए पनि हुण्डाईको क्रेटा र कियाको सोनेट भने नेपाली बजारमा उपलब्ध थिए । यी तीन कम्पनीका गाडीको मूल्य, सुविधा, इन्जिन क्षमता जस्ता केही पक्षमा समानता पनि छ । सोही कारण हामीले यी तीन गाडीको तुलना गर्ने प्रयास गरेका छौं । क्रेटा नेपालको लागि हुण्डाई मोर्टसको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुण्डाईको क्रेटा गाडी भिञ्याएको हो । हुण्डाईको क्रेटा गाडी कोरियाली कम्पनीले बनाएको गाडी हो । क्रेटा गाडी ४६ लाख ५६ हजार रुपैयाँदेखि ७४ लाख ९६ हजार रुपैयाँसम्मका ६ वटा भेरियन्ट नेपालमा भित्रिएको हो । उक्त गाडीमध्ये ४ वटा पेट्रोल र २ वटा डिजेल इन्जिन रहेका छन् । पेट्रोलमा १५ किलोमिटर माइलेज र डिजेलमा १७ देखि २१ किलोमिटर प्रतिलिटर माइलेज दिने क्रेटा गाडीका भेरियन्टहरुको क्षमता रहेको छ । यस्तै पेट्रोल र डिजेल दुबैमा १९० डाउन्स क्लियरेसन्स एमएम र इन्जिन क्षमता पेट्रोलमा १५९१ र डिजेलमा १३९६ देखि १५८२ सिसीसम्म रहेका छन् । सोनेट कियाको सोनेटका लागि नेपालको आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले उक्त गाडी भित्राएको हो । सोनेटका ४ भेरियन्ट अहिले नेपाली बजारमा उपलब्ध छन् । हाल नेपाली बजारमा किया सोनेटको मूल्य क्रेटा र कुशकको तुलनामा केही कम रहेको छ । भारतमा निकै लोकप्रिय बनेको उक्त गाडी ३५ लाख ९० हजार रुपैयाँदेखि ५७ लाख ९० हजार रुपैयाँसम्मका रहेका छन् । एक वटा पेट्रोल र तीन वटा डिजेल गरी हाल नेपाली बजारमा ४ भेरियन्ट उपलब्ध छन् । कुशक नेपालका लागि स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले स्कोडा कुशक गाडी नेपालमा भित्र्याएको हो । एक्टिभ, एम्बिसन र स्टाइल गरी ३ ट्रिम र ५ भेरियन्टमा उपलब्ध हुने कुशकको मूल्य ४९ लाख ९० हजार रुपैयाँदेखि ६५ लाख ९० हजार रुपैयाँसम्म तोकिएको छ । विशेषता किया सोनेटका गाडीमा ६ वटा एयरव्याग ७ स्पिकर, १०.२५ एचडी टचस्क्रिन, वायरलेस फोन चार्जर, लेदरको सिट तथा डोर प्यानल र चालक तथा यात्रुका लागि भेन्टिलेटेड सिट लगायतका सुविधा दिइएको छ । यसको ग्राउन्ड क्लियरेन्स २११ एमएम र बुट स्पेस ३९.२ लिटरको छ । यस्तै, स्कोडा कुशकको अगाडिको भागमा चौडा र स्कोडा ग्रिल, डुअल हेलाइट सेटअप, एलईडी डिआरएल र फग ल्याम्प रहनुका साथै यसमा रुफ रेल र १७ इन्चको डाइमन्ड कट एलोइ ह्विल छ । साथै, पछाडिको भागमा स्प्वाइलर, फक्स लिस्भर डिफ्युजर, र्याप–अराउन्ड एलडी टेललाइट छ । कुशकमा १०.० इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, सनरुफ, भेन्टिलेटेड सिट, एम्बायन्ट लाइटिङ, कुल्ड ग्लोबबक्स, ५० वाटको सबवुफरसहितको सिक्स स्पिकर पनि रहनेछ । कुशकमा सुरक्षाका लागि यसमा ६ एअरब्याग, रियर पार्किङ क्यामेरा, आइसोफिक्स चाइल्ड सिट माउन्ट, अटो हेडल्याम्प र वाइपर र मल्टिकोलिजन ब्रेकिङ सिस्टम पनि छ । त्यस्तै, इएससी सबै भेरियन्टमा हुनेछ जुन सेग्मेन्टमै पहिलो हो । साथै यसमा टायर प्रेसर मनिटरिङ र हिल होल्ड असिस्ट पनि हुनेछ । यस्तैगरी, हुण्डाईको क्रेटा गाडीमा ६ वटा एयरब्याग, गाडी स्थिरता प्रबन्धक, सहायक नियन्त्रण, रियर पार्किङ असिस्ट सिस्टम, इलेक्ट्रोनिक स्थिरता नियन्त्रण लगायतका विशेषता छन् ।