एमएडब्लु अर्थमुभर्सले सार्वजनिक गर्यो ‘नेक्स्ट लेभल फिचर’ भएकाे नयाँ एक्साभेटर
काठमाडौं । नेपालका लागि जेसीबी ब्रान्डका हेभि इक्विपमेन्टको आधिकारी विक्रेता एमएडब्लु अर्थमुभर्स प्रा. लि.ले नयाँ एक्साभेटर जेसीबी एनएक्सटी २२१ एलसी सार्वजनिक गरेको छ । कम्पनीले हेभि इक्विपमेन्ट क्षेत्रमै पहिलो पटक भर्च्युअल प्रविधिमार्फत एक्साभेटर सार्वजनिक गरेको हो । नयाँ एक्साभेटर नेपालको कठोर भू-बनोटलाई ध्यानमा राखेर डिजाइन गरिनुका साथै ‘नेक्स्ट लेभल फिचर’हरु पनि राखिएको छ । नयाँ जेसीबी एनएक्सटी २२१ एलसी २१.५ टनको शक्तिशाली एक्साभेटर हो जसले १३०० आरपीएममा अधिकतम ५७१ एनएम टर्क उत्पन्न गर्छ । पावर बुस्ट फिचरसहितको यो मेकानिकल मेसिनमा प्रयोग भएको हाइड्रोलिक सिस्टमले ९ प्रतिशतसम्म बढी प्रेसर उत्पन्न गर्छ । बेलायती इन्जिनियरिङमा बनाइएको यो मेसिनमा विश्वस्तरीय प्रविधि जडान गरिनुका साथै १.०२ क्युबिक मिटरको हेभी ड्युटी बकेट रहेको छ । साथै, यसका बुम, आर्म र बकेट सिलिन्डरमा एचआरएस (हाइड्रोलिक रिजेनेरेटिभ सिस्टम) रहेको छ । बुममा रहेको ग्रयाफाइटले ग्रिजिङ इन्टरभललाई बढाएर १००० घन्टासम्म पुर्याउँछ । यसमा ७ इन्चको एलसीडी डिस्प्ले रहेको छ जसले इन्धनको मात्रा, इन्जिन स्पिड, अपरेटिङ मोड, ट्रिप मिटर, मेन्टेनेन्स इन्फोर्मेसन, ब्रेकर एन्ड बकेट आवर मिटर र सर्भिसिङ वार्निङ एलर्ट जस्ता जानकारी दिन्छ । नयाँ एक्साभेटरमा एड्भान्स्ड टेलेम्याटिक सिस्टम लाइभलिंक जडान गरिएको छ जसले सर्भिस, अपरेसन र सेक्युरिटीबारे जानकारी राख्छ । यो मेसिनमा १० वटा वर्किङ मोड, आरामदायी र खुल्ला क्याबिन, शक्तिशाली एसी क्याबिन, डिलक्स अपरेटर सिट, रोटरी स्विच कन्ट्रोल जस्ता फिचर छन् । ३६६० एमएम लामो ट्रयाक लेन्थ र ४४६० एमएम अन्डरक्यारिज ओभरअल लेन्थ भएको यो मेसिन बढी ‘स्टेबल’ छ । हाइड्रोलिक आयलको आयु पाँच हजार घन्टा र हाइड्रोलिक फिल्टरको आयु एक हजार किलोमिटर रहेको छ । फ्युल इफिसेन्सीका लागि यसको ‘अटो आइडल’ लाई पाँचदेखि ३० सेकेन्डसम्म एड्जस्ट गर्न मिल्छ । साथै यसमा इरर कोड र मल्टि कलर वार्निङ एलर्टसहितको एड्भान्स्ड सेल्फ डायग्नोसिस सिस्टम रहेको छ जसले ब्रेकर ओभरयुज, स्विङ लक, हाइड्रोलिक एक्युमुलेटर, इन्जिन एन्ड हाइड्रोलिक ओभरहिट जस्ता सूचना दिन्छ । यो मेसिन विशेषगरी नेपाली एक्साभेटर बजारलाई टार्गेट गरी निर्माण गरिएको भएकाले यसले मेसिनको उत्पादकत्व, फ्युल इफिसेन्सी, इन्टेलिजेन्स, कनेक्ट, रिलायबिलिटी, मेन्टेनेन्स, कम्फर्ट र सेफ्टीलाई नयाँ उचाइमा पुर्याउने कम्पनीकाे अपेक्षा रहेकाे छ ।
रनर मोटरसाईकलको अफरः बाइक किन्दा ५१ हजारसम्मको छुट
काठमाडौं । बंगलादेशको प्रतिष्ठित ब्राण्ड रनर मोटरसाईकलले दशैं तिहारलाई लक्षित गरी भारी नगद छुट सहितको अफर ल्याएको छ । रनर मोटरसाईकलको नेपालका लागी आधिकारिक विक्रेता रमन मोटर्सले रनर मोटरसाईकको खरिदमा ५१ हजारसम्मको भारी छुट दिने भएको हो । कम्पनीका अनुसार यो अहिलेसम्मकै उत्कृष्ट अफर रहेको दाबी गरेको छ । साथै कम्पनीले मोटरसाईकल जगतमै सर्वाधिक ६ वर्ष वारेन्टीका साथ मोटरसाईकल तथा स्कुटर विक्री वितरण गर्दै आएको छ । साथै, कुनैपनि पुरानो मोटरसाईकलको एक्स्चेन्ज गर्दा ३० हजार रुपैयाँ न्युनतम मुल्यांकन गरिने छ । देशैभरी करिब २२ वटा शोरुमबाट ग्राहकले दशैं तिहार अन्तर्गत ५१ हजार रुपैयाँसम्म छुटका साथ सेल्स, सर्भिस र स्पेयर पार्टसको सुविधा पाउने छन् । रमन मोटर्सले हाल ८० सिसिका सस्ता देखि २०० सिसिसम्मका प्रिमियम मोटरसाइकल तथा स्कुटर विक्री वितरण गर्दै आएको छ ।
क्लासिक लिजेन्ड्सले भित्र्यायाे जावा मोटरसाइकल, यस्ताे छ बजार मूल्य
काठमाडौं । नेपालमा आफ्नो बिक्रीको पदचिह्न विस्तार गर्दै क्लासिक लिजेन्ड्सले नेपालमा जावा मोटरसाइकलको बजार प्रवेश गराएको छ । नेपालमा महिन्द्रा टु व्हीलर्स एन्ड जेनेरेटर्सको आधिकारिक विक्रेता अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिसँगको सहकार्यमा डिलरशीपका बिक्रीकक्षहरूको उद्घाटनको घोषणा गरेको छ । अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले भर्चुअल रुपमा आयोजित कार्यक्रममा जावा मोटरसाइकलहरूकाे अनावरण गरेका हुन् । जावा सिगंल च्यानल एबीएस मोडलको मूल्य ६ लाख ४८ हजार ५ सय रूपैयाँ तथा यसको अर्को भेरिएन्ट जावा डुअल च्यानल एबीएसको मूल्य ६ लाख ७६ हजार ५०० रूपैयाँ तोकिएको छ । जहाँ मोडल जावा फोर्टी र्टु भरियन्टमा आएका छन्, जावा-फोर्टीटु सिंगल च्यानल एबीएस र जावा-फोर्टीटु डुअल च्यानल एबीसीएसको मूल्य क्रमशः ६ लाख २० हजार रूपैयाँ र ६ लाख ४८ हजार रूपैयाँ रहेको छ । नेपालमा जावा तीन रंगका भेरिएन्टमा उपलब्ध हुनेछन्, ब्ल्याक, मरुन र ग्रे । यसैगरी जावा फोर्टी टु ६ रंगका भेरिएन्टमा उपलब्ध हुनेछ ल्युमस लाइम, ह्पालिज् टिल, गलार्टिक ग्रिन, स्टारलाइट ब्लु, कमेड रेड, नेबुला ब्लु । इच्छुक क्रेताहरूले मोटो इंकका नजिकका आधिकारिक शौरुममा जान सक्नेछन् । ‘हामी आज यस्तो दिनमा छौं, जुन दिनका लागि नेपालका मोटर साइकल चालक (राइडिङ समूह), जावाप्रेमीहरू लामो समयदेखि प्रतीक्षारत थिए, उहाँहरू माझ यी क्लासिक मोटरसाइकल ल्याउन पाउँदा हामी उत्साहित भइरहेका छौं । यो यात्राका लागि एक्लो विचार होइन, जावा एउटा साथीका रूपमा पनि आएको छ । सबैभन्दा अलग कुरा के हो भने जब तपाईंले जावामा हात उठाउनु हुन्छ, त्यसबेला तपाईं इतिहासको एउटा खण्डमा आफ्नो हात राख्दै हुनुहुन्छ । यस मोटरसाइकलले मोटर रेसहरूमा प्रभुत्व जमाएको छ, विश्वभरि थुप्रै पदकहरू जित्यो, मानिसहरूको मन जित्यो र जावालाई आइकनिक बनाउने कुरालाई पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको यसको डिजाईन र प्रदर्शन हो । र जाभाको पुनर्जीवनका पछाडि रहेको क्लासिक लेजेन्ड्सले यी धेरै पक्षहरूलाई कायमै राखेको छ । र, हामीसँग हाम्रो हातमा जे छ, त्यो आधुनिक प्रविधिले भरिएको क्लासिक लुकमा छ । भरपर्दो, अतुलनीय, अटुट जाभा एक क्लासिक र लिजेन्ड्री मोटरसाइकल हो । र, अग्नि समूहका हामी सबै क्लासिक लिजेन्ड्ससँग साझेदारी गरेर नेपालमा यो लिजेन्ड्सलाई अन्ततः नेपालमा ल्याउन पाएकोमा अत्यन्तै गर्वित छौं ।’, अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले भने । जावा मोटरसाइकलहरु काठमाडौंको उत्तरढोका र टेकुस्थित पूर्णतः नयाँ जावा शोरुमहरूसहित नेपालका प्रमुख सहरहरूमा उपलब्ध हुनेछ भने देशभरि नै अग्नि मोटोइंकका जावा मोटरसाइकल शाखा र डिलरहरू क्रमसः स्थापना गर्दै जाने योजना रहेको छ । काठमाडौं, पोखरा, इटहरी, धरान, नारायणगढ, लहान, बुटवल आदि स्थानमा यी बिक्री कक्षहरू पूर्ण सञ्चालनमा आएसँगै ग्राहकहरूले आफ्नै शहरमा जावा र जावा फोर्टी टु गरी दुई प्रतिष्ठित मोडलहरूको बुकिङ र टेस्ट-राइड गर्न सक्नेछन् ।