केटीएमले पुरै अपग्रेड गर्यो डुक बाइक, मूल्य बढ्याे कि घट्याे ? (सूचीसहित)

काठमाडौं । नेपालको मोटरसाइकल ब्राण्ड, केटीएमले बीएस६ को मोडल नयाँ २०२० रेन्ज लन्च गर्ने घोषणा गरेको छ । केटीएमले २०२०, केटीएम २०० डुकलाई पूरै तवरले अपग्रेड गरेकाे छ, जुन शानदार १२९० सुपर ड्यूक-आर बाट प्रेरित रहेकाे छ । यस बाइकको हलुका स्प्लिट ट्रेलिस फ्रेम, ट्याङ्क र हेडल्याम्पका साथ अपग्रेड गरिएको छ तथा यसको पूरै बनावटलाई नयाँ रुप दिएको छ । यो बाइक डुअल-च्यानल एबीएस र एलईडी डीआरएल एस जस्तो एकदम नयाँ सुविधाहरुले भरिपूर्ण छ । यी नयाँ सुविधाहरुको साथै यस बाइकमा अल्ट्रा कम्प्याक्ट, लिक्विड-कूल्ड, डीओएचसी, ४-भल्भ ईञ्जिन, अत्याधुनिक इन्जेक्शन इलेक्ट्रोनिक्स, उन्नत डब्लुपी सस्पेन्शन तथा आकर्षक देखिने स्वींगआर्म जस्तै उच्च प्राविधिक क्षमता भएको कम्पनेन्ट छ, जसले बाइक चलाउने बेला ज्यादै आनन्द तथा तीव्र गतिले मोडिने क्षमता प्रदान गर्छ । यसमा अर्को प्रमुख सुधार भनेको फ्यूल क्षमताको १०.२ लिटरबाट बढाएर १३.५ लिटर गरिएको छ । जसबाट चालकले ३० प्रतिशत अतिरिक्त दूरीसम्मको आनन्द लिन सक्छन् । केटीएम २०० डुके यस श्रेणीमा सबैभन्दा ज्यादा अर्थात् २५ पीएसको पावरले भरिपूर्ण छ तथा आउटगोइङ्ग मोडलको रुपमा १९.३ एनएम टर्क उत्पन्न गर्न सक्छ । डुअल-च्यानल एबीएसको साथ बिल्कुलै नयाँ २०२० केटीएम २०० डुके २ नयाँ रङ्गको विकल्पः इलेक्ट्रोनिक अरेन्ज र सिरेमिक व्हाइटमा उपलब्ध हुनेछ । जसको प्रारम्भिक मूल्य ५ लाख ३९ हजार ९ सय रुपैयाँ रहेको छ । यस बाहेक २०२०, केटीएम ३९० डुके अब क्विकसिफ्टर प्लसको साथमा उपलब्ध हुनेछ, जसको प्रयोग अहिलेसम्म सुपरबाइकहरुमा मात्र हुने गथ्र्यो । बाय-डायरेक्शनल क्विकसिफ्टर प्लसको प्रयोग यस श्रेणीमा पहिलो पटक गरिएको हो, जसले चालकलाई क्लच लीबरको प्रयोग नगरी गियरलाई बडाउन वा घटाउन, दुवै तर्फ शिफ्ट गर्न सक्षम बनाउँछ । सामान्य क्लच गियर क्विकसिफ्टर प्लसमा बाइकको पावर कम हुँदैन तथा तीव्र गतिले गियर शिफ्ट गर्न सम्भव हुने कम्पनीले जनाएको छ । २०२० केटीएम ३९० डुक ८ लाख ४९ हजार ९ सय रुपैयाँको प्रारम्भिक मूल्यमा शोरुममा उपलब्ध हुनेछ । यो बाइक एकदमै नयाँ ग्राफिक डिजाइनको साथ २ एकदमै नयाँ रङ्गहर-सिल्वर मेटालिक र सेरेमिक व्हाइटमा उपलब्ध हुनेछ । त्यस्तै, नयाँ २०२० केटीएम २५० डुकेको स्ट्याण्डर्ड बाइक सुपर मोटोको साथ डुअल-च्यानल एबीएसले सुसज्जित छ । यो मोडल २ नयाँ रङ्ग-सिल्भर मेटालिक र डार्क गैलभानोको साथ ६ लाख ३९ हजार ९ सय रुपैयाँको प्रारम्भीक मूल्यमा शोरुममा उपलब्ध हुनेछ । नेपालको लागि केटीएम बाइकको एक मात्र आधिकारिक विक्रेता हन्सराज हुलासचन्द प्रा.लि. ले सन् २०१२ मा नेपालमा केटीएम ल्याएको थियो । यस्ताे छ नयाँ मूल्य ः  

एमएडब्लुले सार्वजनिक गर्यो फोटोनकाे दुई नयाँ गाडी, कुनको मूल्य कति ?

काठमाडौं । नेपालका लागि फोटोन मोटरको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि कमर्शियल भेहिकल प्रा. लि.ले दुई नयाँ गाडी सार्वजनिक गरेको छ । एमएडब्लुले नेपाली बजारका लागि आफ्नो दोस्रो पिकअप टुनल्यान्ड ई र दोस्रो भ्यान भ्यु सीएस२एल सार्वजनिक गरेको हो । ‘पावरफुल, स्टाइलिस एन्ड बिगर पिकअप’, टुनल्यान्ड ई फोटोनको नयाँ टुनल्यान्ड ईमा २.८ लिटरको इनलाइन ४ सिलिन्डर, टर्बोचार्ज एन्ड इन्टरकुलरसहितको फोरवाईड ५ स्पिड म्यानुल ट्रान्समिसन भएको डिजेल इन्जिन राखिएको जसले ३६०० आरपीएममा अधिकतम ८५ किलोवाट बराबरको पावर र १६००देखि २४०० आरपीएममा अधिकतम २८० एनएम टर्क उत्पन्न गर्छ । टुनल्यान्ड ईको कार्गो बक्सको आकार १.५२ मि बाई १.५८ मि बाई ०.४४ मि रहेको छ जुन क्लसकै सबैभन्दा ठूलो हो । साथै यसको पेलोड क्यापासिटी १ टन र फ्युल ट्यांक क्यापासिटी ७६ लिटर रहेको छ । यात्रुको आरामका लागि टुनल्यान्ड ईमा अगाडि अपर एन्ड लोवर ए–आर्म (डबल विशबोन क्वाइल स्प्रिङ) र पछाडि शक एब्जोर्बरहितको डेपेन्डेन्ड सस्पेन्सन राखिएको छ । फोटोनमा सुरक्षालाई सबैभन्दा बढी प्राथमिकतामा राखिन्छ । त्यसैले यसमा डुअल एअरब्याग, फ्रन्ट भेन्टिलेटेड डिस्क, ईबीडीसहितको एबीएस, सेन्ट्रल लकिङ र सिट बेल्ट वार्निङ जस्ता सुरक्षाका फिचर छन् । साथै, यसमा टिल्ट एन्ड टेलिस्कोपिक पावर स्टेरिङ, एअर कन्डिसनर, हिटर, इलेक्ट्रिकल्ली एड्जस्टेबल रियर भ्यु मिरर आदि छन् । नेपाली बजारका लागि टुनल्यान्ड ईको मूल्य ५९ लाख ५० हजार रुपैयाँ तोकिएको छ । ‘टुनल्यान्ड ईमा विश्वप्रसिद्ध ब्रान्डको पावर पर्फर्मेन्स र रिलायबिलिटी र ओरिजिनल रोबस्ट डिजाइनको बेजोड मिलन देख्न सकिन्छ,’ फोटोन नेपालका सेल्स हेड नविन आचार्यले भने, ‘हामीलाई विश्वास छ यसले फैलँदो पिकअप बजारको मागलाई सम्बोधन गर्नेछ ।’ नेपालको पहिलो १९ सिटर भ्यान, भ्यु सीएस२एल टुनल्यान्ड ईसँगै एमएडब्लु वृद्धिले नेपालकै पहिलो र एक मात्र १९ सिट क्षमताको भ्यान पनि सार्वजनिक गरेको छ । यसमा लगाइएको विश्वमै सबैभन्दा विश्वास गरिएको २.८ लिटरको कमिन्स् इन्जिनले ३६०० आरपीएमा अधिकतम ११० किलोवाट पावर र ३००० आरपीएममा ३३० एनएम टर्क उत्पन्न गर्छ जुन प्रतिस्पर्धीमध्येकै सबैभन्दा बढी हो । भ्यु सीएसएलमा डुअल एअरब्याग, ईबीडीसहितको एबीएस, फोल्डेबल सिट, क्यामेरसहितको रिभर्स सेन्सर, सेन्ट्रल लकिङ र चाइल्ड सेफ्टी लक, सिट बेल्ट वार्निङ, फ्रन्ट फग ल्याम्प, डे रनिङ लाइट जस्ता क्लासकै सबैभन्दा बढी फिचरहरु छन् । नयाँ भ्यु सीएसमा पावर स्टेरिङ, पावर विन्डो, एअर कन्डिसनर फ्रन्ट र रियर पनि उपलब्ध छ । नेपाली बजारका लागि भ्यु सीएस२एलको मूल्य ७२ लाख रुपैयाँ कायम गरिएको छ । ‘हाम्रो नयाँ भ्यानको मूल्य प्रतिस्पर्धी १६ सिट क्षमताको भ्यानको भन्दा कम भए पनि यसले दुई गुणासम्म बढी आम्दानी दिन्छ,’ फोटोन नेपालका सेल्स हेड नविन आचार्यले भने, ‘नेपाली बजारका लागि हामीसँग टुनल्यान्ड एस र भ्यु सीएस२ मात्र थिए । नयाँ पिक र भ्यानले कमिर्शियल भेहिकलको मागलाई सम्बोधन गर्ने अपेक्षा गरेका छौं । हामीलाई विश्वास छ विश्वासनीय र सस्तो भ्यु सीएस२एलले हालको १६ सिट क्षमताको बजारलाई १९ सिट क्षमताको भ्यानमा परिणत गर्नेछ ।’ विश्वकै सबैभन्दा तीव्र गतिमा अघि बढिरहेको ब्रान्ड सन् १९९६ मा स्थापना भएयता ९६ लाख थान गाडी विक्री गरिसकेको फोटोनको ब्रान्ड भ्यालु अहिले २३ अर्ब ४ करोड डलर रहेको छ । फोटोन मोटरमा बीआईएसी र डेमलरको ५०-५० प्रतिशत साझेदारी रहेको छ । साथै, संसारको नं १ ट्रान्समिसन सिस्टम निर्माता जर्मन कम्पनी जेडएफ र संसारको नं १ इन्जिन निर्माता अमेरिकी कम्पनी कमिन्ससँग पनि फोटोनको साझेदारी छ । विश्वका विभिन्न २७ स्थानमा रहेका नकडाउन फ्याक्ट्रीबाट उत्पादित फोटोनका सवारीसाधन एक सय १० मुलुकमा उपलब्ध छन् । विश्वको कमर्शियल भेहिकल बजारमा १७ प्रतिशत बजार हिस्सा रहेको फोटोनले पिकअप र भ्यानबाहेक हेभी ड्युटी ट्रक र इलेक्ट्रिक बस भित्र्याएर नेपाली बजारमा आक्रामक रुपमा प्रस्तुत हुने लक्ष्य एमएडब्लु वृद्धिले लिएको छ ।

हुन्डाईले ‘फेष्टिभ डिलाइट’का विजेता शाह र अधिकारीलाई हस्तान्तरण गर्यो गाडी

काठमाडौं । हुन्डाई अटोमोबाइल्सको नेपालका लागि एक मात्र आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले एक कार्यक्रम बिच हुण्डाई फेष्टिभ डिलाइट २०७६ का बम्पर विजेताहरुलाई पुरस्कृत गरेको छ । हुन्डाईले कार्यक्रममा विजयीहरुः नागेश्वर प्रसाद शाह (कुपन नं.१२७२)लाई भेन्यु एस तथा शालिकराम अधिकारी (कुपन नं. ३२९) लाई सान्ट्रो मग्ना हस्तान्तरण गरेको हाे । लक्की ड्र को विजेताहरुको छनौट २९ जुन, २०२० मा हिमालय टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो । बम्पर लक्की ड्र को विजेताहरुका साथै दुबई भ्रमण जित्ने १० भाग्यशाली विजेताहरुको छनौट कार्यक्रमका मुख्य अतिथि कञ्जुमर आई नेपालकी अध्यक्ष विमला खनालले गरेका थिए । १० भाग्यशाली विजेताहरु भरत सिंह पौडेल (कुपन नं.३९७), चन्द्र मणी पौडेल (कुपन नं. २७५), श्रीजेश घिमिरे (कुपन नं. ९९६), महेश्वर लाल सिंह (कुपन नं. ९९९), कृष्ण प्रकाश पौडेल शर्मा (कुपन नं. ९४४), राजु शाह (कुपन नं. ७६), दल बहादुर बि. क.(कुपन नं. ७४४), बिजय अग्रवाल, गणेश हार्डवेर (कुपन नं. ७१६), एनआईसी एसिया बैंक लि. (सी/ओ) निर्भीक सापकोटा (कुपन नं. ११५८), र खातु इन्टर्न्याश्नल प्रा. लि. (कुपन नं. ३५) ले दुबई भ्रमण जितेका थिए । हुण्डाई फेष्टिभ डिलाइट २०७६ अन्तर्गत हुन्डाईका भाग्यशाली खरिदकर्ताहरुले एक थान सान्ट्रो मग्ना, एक थान भेन्यु एस, १० जोडीलाई दुबई भ्रमण सहित स्क्राच कार्ड मार्फत नगद छुटपनि प्राप्त गरेका थिए । सबै हुन्डाईका गाडीहरुमा ३ वर्ष वारेन्टी, ४ वर्ष फ्रि सर्भिसिङका साथै निःशुल्क सवारी कर भुक्तानी सहित उपलब्ध छन् । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले नेपाल भरी १३ शोरुमहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुण्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोबाइल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करोडाैं ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ ।